निर्णय नं. १०५ – जग्गा बाली लुटपिट
निर्णय नं. १०५ ने.का.प. २०१७ फुलबेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री कालीप्रसाद...
निर्णय नं. १०५ ने.का.प. २०१७
फुलबेञ्च
का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
फुल नं. १०
निवेदक, प्र. : नरमान थापा क्षेत्री
विरुद्ध
विपक्षी, वादी : नरहरि गोतामे
मुद्दा : जग्गा बाली लुटपिट
(१) प्रधान न्यायाधीशको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान मुलुकी ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएमा खड्गनिसाना भएको मुद्दा दोहर्याई हेर्ने विषयको अधिकारको व्यवस्था नभएमा प्रधान न्यायालय ऐन ननिस्कदैं मुद्दा दोहर्याउन आदेश दिन नमिल्ने ।
प्रधान न्यायाधीशले प्रधान न्यायालय ऐन ननिस्कदैं यो मुद्दा दोहर्याउने आदेश दिनु भएको । उहाँको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान, मुलुकी, ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएको । सो बाहेक खड्गनिसान भएको मुद्दा दोहर्याई हेर्ने विषयमा अधिकारको व्यवस्था नभएको हुनाले त्यस तर्फबाट मुद्दा दोहर्याउन अधिकार छ भनी निवेदन गर्न सक्दैन ।
(प्रकरण नं. १६)
(२) २०१४।१।१० मा भएको शाही आदेश। कस्तो मुद्दा दोहर्याई हेर्नु भन्ने बारे ।
सम्वत् २००७ साल बैशाख १ गते देखि सम्वत् ०७ साल फाल्गुन ६ गते तक खडगनिसाना १/२ छापेबाट सदर भई फैसला भएको र सम्वत् ०७ साल फाल्गुन ७ गते देखि ०१२ साल चैत्र मसान्त तक सदर मामिला निक्सारी र सो मामिला निक्सारी समावेश भएको । प्रधान न्यायालयबाट फैसला भएको दोहर्याई पाउँ भन्नेले आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा बिन्तिपत्र प्रमांगीको ६ नम्बरको अवधी नघाई बिन्तिपत्र दिएकोमा पं्रधान न्यायालयले कारवाई चलाई सकेको वा मौकैमा तोक आदेश नगरी स्थगित राखेकोमा पछि खारेज गर्ने गरेको मुद्दा मामिला मध्ये अघि खड्ग निसाना १/२ छापेबाट वा प्रधान न्यायालयबाट दोहर्याई हेर्दा अघिल्लो फैसला सदर भई सकेकोमा बाहेक १ पटक सम्म अदालतले म्याद थामी कानून बमोजिम दोहर्याई दिनु भनी १४।१।१० को शाही आदेश ।
(प्रकरण नं. १६)
(३) कस्तो मुद्दा १४।१।१० को शाही आदेश अन्तर्गत नपर्ने ।
प्रस्तुत मुद्दा प्रधान न्यायालयबाट फैसला भएपछि हुकुम प्रमांगी बमोजिम दोहरी प्रधान न्यायालयकै इन्साफ सदर गरी ०७ सालमा खड्ग निशाना फैसला भएको देखिनाले शाही आदेश अन्तर्गत दोहर्याई हेर्न समेत मिल्दैन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : प्लीडर पुरेन्द्र्रकुमार मैनाली
विपक्षी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा ।
फैसला
१. यसमा बनेपा खाल्सी भन्ने खेत ।१४।४।४ को ९८।९९।२००० समेत साल ३ को बाली जि. बखतबहादुरलाई तिरी निजले बाली कुतमा पजनी गरी २००१।१।२९ मा बाहाली पुर्जी जारी दिएबाट जग्गा मेरो हक भएको । ०२ जेठ ७ गते हेर्न जाँदा सो खेतमा लगाएको गहुँ बाली मु. नरमान समेतका ७ जनाको हुल भई गहुँ बाली लगेकोले गहुँ छ्वालीको गरी विगो रु. १६।८० भराई पाउँ भन्ने समेत नरहरिको वादी ।
२. सो जग्गामा वादीले लगाएको बाली हामीले खाएको हैन । हामीले लगाएको बाली खाएको हुँ । सो खाल्सी खेत साबिक जगतमानको भई निजले ९२ सालदेखि ९८ सालतकको बाली बाँकी राखेबाट बाली कुत तिरी बाहालीसमेत ९७ साल बैशाख २९ गते जि. बखतबहादुरले दिएकोले जग्गा मैले भोग गरेपछि जगतमानले म समेतको नाउँमा जालसाजी मुद्दा लगाएको आखिरी टुंगो नलाग्दै अनेत्र पजनी गर्नै नहुने हुनाले वादीको दाबी झुट्टा हो भन्ने समेत मु. नरमान समेतको प्रतिवादी ।
३. बुझिएसम्मबाट ९२ सालदेखि २००० साल तकको रसिद प्रतिवादी तर्फबाट पेश हुन आएको जग्गा विषयमा जगतमानसँग मुद्दा परी प्रतिवादी मु. नरमानकै ठहरी ०२।३।२५ मा आखिरी फैसला समेत भएकोले वादीले लगाएको बाली प्रतिवादीले लुटेको भन्न नमिल्ने र उही जग्गाको वादी प्रतिवादीलाई दोहरा रसिद दिएमा तालुकदारलाई सरकारको तजबीजबाट सजायँ गर्ने भन्ने समेत ०२।११।११ को काभ्रेपलाञ्चोक अदालतको फैसला ।
४. इन्साफमा चित्त बुझेन भन्ने समेत वादी जि. खतबहादुरको अपील ।
५. मुद्दा तहकिकात भएपछि जो मोही ठहर्छ । उसैबाट असुल गर्नु पर्ने सो बमोजिम नगरी वालीमा पजनी गरेको सदरै हुन नसक्ने हुनाले समेत वादीबाट पेश भएको रसिद सद्दे किर्तेमा तहकिकात गर्न नपर्ने हुँदा शूरुले गरेको इन्साफ मुनासिब भन्ने समेत ०३।१०।११ को अपील दोस्राको फैसला ।
सो इन्साफ उपर वादी नरहरि र जि. बखतबहादुरको अपील परेबाट सो रसिदहरू सद्दे किर्तेमा तहकिकात हुँदा प्र. मु. नरमानबाट पेश दाखिल भएको ९८।९९।२००० सालको रसिदहरूमा लागेको छाप र हस्ताक्षर समेतमा ८४।१०।१३ को र ८४।१२।१० को सक्कल रसिदमा जि. बखतबहादुरले गरेको हस्ताक्षर र मुद्राको छाप लागेको र निजै नरमानले ९८।९९।२००० सालको बाली बुझाएको भनी पेश गरेको सक्कल रसिदको हस्ताक्षर र मुद्राको छाप समेत नमिली फरक परेकोले सो रसिद किर्ते हुँदा शुरु अपीलको इन्साफ गल्ती ठहर्छ भन्ने समेत ०५।९।१५ को फैसला।
६. प्रधान न्यायालय पहिलाको इन्साफमा चित्त बुझेन भन्ने समेत मु. नरमानको बिन्तिपत्रमा भएका हुकुम प्रंमागी बमोजिम जाहेर हुँदा इन्साफ प्रधान न्यायालय पहिलाको मुनासिब भन्ने समेत ०७।३।२५ को खड्गनिसाना फैसला ।
७. इन्साफमा चित्त बुझेन भन्ने समेत नरमानको हकमा भुवनबहादुरको निवेदन परेकोमा इन्साफ जाँची ऐन सवाल बमोजिम गर्नु भन्ने समेत ०८।६।५ को प्रधान न्यायाधीशको आदेश । प्रतिवादीबाट दाखिल भएको रसिद झेलबाट जि. बखतबहादुरले दिएको । अपीलको सहीछाप भिडाउँदा मिलेको र जगतमानसँगको मुद्दा प्रधान न्यायालयमा दायर छदैं वीचमा गरेको पजनी सदर नहोस भन्ने प्रतिवादीले जिकिर लिएको । वादीले पनजीमा लिनु भन्दा पछि ०२।३।२५ मा यही जग्गाको हक कायम गरी प्र. न्या. बाट फैसला भएको देखिएकोले समेत वादीले लिएको बदर गरी प्रतिवादीको हक सदर ठहर्याई अपीलले छिनेको मुनासिब भन्ने समेत ९।४।२।५ को प्रधान न्यायाधीशज्यूको फैसला ।
८. खड्गनिसाना उल्टाई गरेको इन्साफमा चित्त बुझेन भन्ने वादी नरहरिको र नरहरिले जितेको जग्गा ०७।८।२३ मा मैले राजिनामा गराई दिएको नरहरिको उजुरबाट मुद्दा डिभिजन बेञ्चमा पेश हुने भएकोले मलाई समेत राखी कारवाई गरी पाउँ भन्ने लालदासको निवेदनमा मिसिल झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने समेत प्र. न्या. डिभिजन बेञ्चको ११।३।१ को आदेश ।
९. खड्गनिसाना उल्टी भई प्रधान न्यायाधीशबाट ९।४।२।५ मा फैसला भएको । शुरु अपीलबाट जिती न्यायालयबाट हराएको भए दोहर्याई हेर्नु भन्ने का. मु. प्रधान न्यायाधीशको नाउँमा ०७।१२।२६ मा भएको अख्तीयारीपत्र । अन्तरिम विधान मुलुकी ऐन सवाल बमोजिम काम गर्नु भन्ने प्रधान न्यायाधीशका नाउँमा लालमोहर भएको । प्रधान न्यायालय ऐन जारी नहुँदै बेगर अख्त्यारले दोहर्याएको मुद्दा दोहरिएको पनि अघिकै फैसला सदर छ । सो बाहेक अघिको इन्साफ उल्टी वा केही उल्टी भएजति फुलबेञ्चमा राख्ने फैसला नभई कारवाई चली राखेको । डिभिजन बेञ्चमा राखी ऐन सवाल बमोजिम गरी किनारा लगाई दिनु होला भनी प्रधान न्यायालयलाई लेखी पठाउने गरी गृह मन्त्रालयले पेश गरेको प्रस्ताव परामर्श दातृ मण्डलबाट पास भई १०।४।५ मा श्री ५ महाराजाधिराजबाट पनि स्वीकृत भएको भन्ने एटर्नी जनरलले १०।१२।८ मा लेखी पठाउनु भएको । शुरु र अपीलबाट जितेको झगडियालाई प्रधानन्यायालयबाट हराएको भएमात्र प्रधानन्यायालयले दोहर्याई हेर्न पाउने । सो बमोजम नभई न्यायालयको इन्साफ सदर भई ०७ साल आषाढमा खड्गनिसाना फैसला भइसकेको देखिनाले सो फैसला दोहर्याई हेरी इन्साफ गरेको प्रधान न्यायाधीशको ९।४।२।५ को फैसला खारेज गरी दिने खड्गनिसानाबाट भएको फैसला कायम राखी दिनु भन्ने समेत प्रधान न्यायालय डिभिजन बेञ्चको ०१२।११।२९।२ को फैसला ।
१०. नरहरि जैसीसँगको जग्गा वाली लुटपीट मुद्दा दोहर्याई पाउँ भन्ने भुवनबहादुर समेतले चढाएको बिन्तिपत्र बारे लेखी पठाउनु भएको ०१३।२।३।४ को पत्र समेत प्राप्त भई श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा उपरोक्त मुद्दा भु. पू. प्र न्यायाधीशले हेर्न हुने नहुने हेरे छिनेको के रहेछ अख्त्यारी समेत हेरी हेर्न पाउने हेरे छिनेका भए सो बदर गर्ने गरेको ०१२।११।२९ को मितिको फैसला दोहर्याई हेर्न लगाउन लेखी पठाई दिनु भन्ने हुकुम बक्से बमोजिम लेखी सूचना गरी पठाएको छु भन्ने १४।५।१६।१ को श्री ५ महाराजाधिराजका प्रमुख निजी सचिवालयको चिठ्ठी ।
११. शाही आदेशानुसार मुद्दा दोहर्याई पाउँ भन्ने समेत १४।२।१५।३ को नरमान थापा समेतको निवेदन । शाही आदेशानुसार अघिको फैसला सदर भएको वा नभएको भनी रिभ्यु गर्ने नगर्ने तर्फ र ०७ सालको खड्गनिसाना दोहर्याई पाउने विषयको एटर्नि जनरल मार्फत आएको पत्रको व्यहोराबाट ७ सालको खड्गनिसाना उल्टी वा केही उल्टी भएको मुद्दा फुलबेञ्चमा राखी निर्णय गर्नु पर्ने । सो बमोजिम राखी निर्णय गरेको नदेखिएकोले सो समेतको निर्णय गरी यो मुद्दा रिभ्यु गर्ने नगर्ने निर्णय गर्नालाई समेत फुल कोर्टमा पेश गर्नु भन्ने समेत १४।८।१४।६ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
१२. मिसिलबाट हुकुम प्रमांगीले दोहर्याई हेर्नुपर्ने हुन आएको र एटर्नी जनरल मार्फत लेखी आएको शाही निर्णयबाट भु. पू. श्री प्रधान न्यायाधीशज्यूबाट खड्ग निशाना उल्टी फैसला गरेजति फुलबेञ्चमा राखी निर्णय गर्नुपर्ने हुँदा फुलबेञ्चमा पेश गर्नु भन्ने समेत १४।११।१७।६ को फुल कोर्टको निर्णय ।
१३. वादी नरहरि समेतलाई छलफलमा झिकाई पेश गर्नु भन्ने समेत ०१६।३।३० को फुलबेञ्चको आदेश ।
१४. मिसिलहरू झिकाई पेश गर्नु भन्ने समेत ०१६।७।२४ को फुलबेञ्चको आदेश ।
१५. पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदकको वा. भुवनबहादुर विपक्षीका वा. इश्वरीलाल गणेशबहादुर वा. मीनबहादुर समेतलाई राखी निवेदक तर्फका विद्वान वकिल प्लीडर पुरेन्द्रकुमार मैनाली विपक्षी तर्फका सिनियर एडभोकेट देवनाथप्रसाद बर्माको बहस समेत सुनी बुझ्दा ।
१६. प्रस्तुत मुद्दा ०१२।११।२९ मा डिभिजन बेञ्चबाट खारेजी फैसला भएको । दोहर्याई पाउँ भन्ने निवेदन पर्दा उपरोक्त मुद्दा भु. पू. प्रधान न्यायाधीशले हेर्न हुने हेरी छिनको वा हेर्न नहुने हेरी छिनेको के रहेछ ? अख्त्यारी समेत हेरी हेर्न पाउने हेरे छिनेको भए सो बदर गर्ने गरेको १२।११।२९ को मितिको फैसला दोहर्याई हेर्न लगाउनु भन्ने १४।५।१६ मा हुकुम प्रमांगी भई आएको र १४।१।१० मा मुद्दा दोहर्याउने विषयमा भएको शाही आदेश अन्तरगत पनि दोहर्याई पाउँ भन्ने निवेदकको निवेदन परेकोले यी दुबै विषयबाट समेत यो मुद्दा माथि उल्लेख गरिए अनुसार यस बेञ्चबाट निर्णय हुनु पर्ने देखिनाले पैले हुकुम प्रमांगी बमोजिम दोहरिने नदोहरिने तर्फ विचार गर्दा, प्रधान न्यायाधीशले प्रधान न्यायालय ऐन ननिस्कदैं यो मुद्दा दोहर्याउने आदेश दिनु भएको । उहाँको नियुक्तिमा नेपाल अन्तरिम शासन विधान मुलुकी ऐन सवाल बमोजिम काम गर्नु भन्ने लालमोहर भएको । सो बाहेक खड्गनिसाना भएको मुद्दा दोहर्याई हेर्ने विषयमा अधिकारको व्यवस्था नभएको हुनाले त्यसतर्फबाट मुद्दा दोहर्याउने अधिकार छ भनी निवेदन गर्न सक्दैन । १४।१।१० मा प्रकाशित शाही आदेश अन्तरगत मेरो मुद्दा दोहरिन सक्ने हो भनी निवेदक तर्फको विद्वान प्लीडर पुरेन्द्रकुमारले जिकिर लिनु भएको हकमा पनि उल्लेखित शाही आदेशमा सम्वत् २००७ साल बैशाख १ गते देखि सम्वत् ०७ साल फाल्गुन ६ गते तक खड्गनिसाना १/२ छापेबाट सदर भई फैसला भएको र सम्वत् ०७ साल फाल्गुन ७ गतेदेखि ०१२ साल चैत्र मसान्त तक मामिला निक्सारी र सो मामिला निक्सारी समाबेश भएका प्रधान न्यायालयबाट फैसला भएको दोहर्याई पाउँ भन्नेले आफ्नो काबु बाहरिको परिस्थितिले गर्दा बिन्तिपत्र प्रमांगीका ६ नम्बरको अवधि नघाई बिन्तिपत्र दिएकोमा प्रधान न्यायालयले कारवाई चलाई सकेको वा मौकैमा तोक आदेश नगरी स्थगित राखेकोमा पछि खारेज गर्ने गरेको मुद्दा मामिला मध्ये अघि खड्गनिशाना १/२ छापेबाट वा प्रधान न्यायालयबाट दोहर्याई हेर्दा अघिल्लो फैसला सदर भईसकेकोमा बाहेक १ पटकसम्म पनि दोहर्याई नहेरिएका त्यस्ता मुद्दा मामिला जतिका हकमा सर्वोच्च अदालतले म्याद माथि कानून बमोजिम दोहर्याई दिनु भनी १४।१।१० को शाही आदेशमा लेखिएको । प्रस्तुत मुद्दा प्रधान न्यायालयबाट फैसला भएपछि हुकुम प्रमांगी बमोजिम दोहरी प्रधान न्यायालयकै इन्साफ सदर गरी ०७ सालमा खड्गनिशाना फैसला भएको देखिएकोले शाही आदेश अन्तर्गत दोहर्याई हेर्न समेत मिल्दैन । यो निवेदन तामेलीमा राख्नु । नियम बमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् २०१७ साल पौष ६ गते रोज ३ शुभम् ।