निर्णय नं. १०४७ – अंश
निर्णय नं. १०४७ ने.का.प. २०३४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश...
निर्णय नं. १०४७ ने.का.प. २०३४
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३३ सालको दे.फू.नं.४०
फैसला भएको मिति : २०३४।५।३।६ मा
निवेदक : कपिलवस्तु जिल्ला घनौरा मौजा पिपरी बस्ने झिन्नु कुर्मी समेत
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने जिमिदार कुर्मी
मुद्दा : अंश
(१) मुद्दा परी फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा अ.बं. ८६ नं. बमोजिम उजूर परेको नभएपछि डिसमिस मिलापत्र खारेज जे जस्तो भएको छ सो सम्बन्धित पक्षकोलागि सदैव मान्यता गर्नुपर्ने हुन आउने ।
(प्रकरण नं. १४)
(२) अघि नै यिनै वादी प्रतिवादीहरू प्रतिवादी र वादी भई परेको अंश लिई दिई मुद्दामा मिलापत्र भई अंश मुद्दा किनारा भएकोमा पुनःअंश छुट्याई पाउँ भन्ने कुराको प्रस्तुत फिरादपत्र अ.बं. ८५ नं. ले लाग्न नसक्ने ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
उल्लेखित मुद्दा : वादी कौसल्या पाध्यानी प्रतिवादी देवकुमारीको अंश मुद्दा
फैसला
न्या. झपट सिंह रावल : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३२।८।३१।४ मा भएको निर्णय दोहराई पाउँ भन्ने निवेदक प्रतिवादीहरूको परेको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने बक्स भई आएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : मुल पुर्खा हरनारायणको जेठा कलानाथ, माहिला पृथ्वीपाल, साहिला जँगमोहन, काहिँला हनिवन्त, कान्छा कासिराम समेत ५ दाज्यू भाइ भएको कल्याननाथबाट वासुदेव समेत ४ दाजु भाइ पृथ्वीपालको कुनै छोरा नभएको जंगमोहनबाट राम आधारे रामवरण भएको राम आधारेको सेष दत समेत रामवरणको राम सुगम समेत भएको निवन्तबाट म समेत ४ दाजु भाइ भएको वसिरामबाट झिन्नुराम शंकर समेत ३ भाइ भएकोमा सगोलमा वसी भोग चलन गरी आएको १५।१६ वर्ष भयो, भारतको जग्गामा भाग शान्ति १।४ का हिसाबले छुट्याई भोगी आएको नेपाल कपिलवस्तु जिल्लाको मौजे पिरी मध्येको पैत्रिक जिमिदारी जग्गा द्रौपतीका नाउँमा दर्ता भई सो जग्गाको आयस्ता बाँडी भोगी आएको म समेतको अंशियार १।४ भएकोमा अंशबण्डा लेखी दर्ता गराउन भन्दा दिन्न भनी जवाफ दिएकोले पिप्रा मौजाको जग्गा मध्ये द्रौपती समेतको नाउँमा दर्ता भएकोले के कति छ सोको तायदाती लिई अंशबण्डा गराई अंशबण्डा छुट्याई पाउँ भन्ने समेत वादी जिमिदारी कुर्मीको फिराद ।
३. सुखनाले वादी र हामी रामप्यारे झिन्नु समेत १६ जनाका नाउँमा नालेस दिएको अंश मुद्दामा ०१८।८।२७ मा घरसारमा भएको कागज अनुसार लिने दिने सर्तमा ०१७।९।९ मा मिलापत्र भई वादी जिमिदार १, गोवर्धन १, हरिहर १, अधिन १ समेत ४ ले पिपराको जग्गामा अंश नलिई निजले हाम्रो हक गरी भारत धनोरा मौजाको लिए पाएको म राामप्यारे झिन्नु समेत ४ जनाले पिपराको जिमिदारी जग्गा मध्ये आधी र भारतको दोहरिया खुर्द मध्ये आधी समेत गरी पाएको अरू अंशियारले पनि केही भारतको केही पिरिको समेत गरी लिए पाए अनुसार भारतको कचहरीमा हाम्रा नाउँमा दर्ता हुने र यस अधिराज्यको क.ब.मालमा दर्खास्त परी म रामप्यारेको नाउँमा दर्ता भई भोग चलन गरी आएको निजहरूले लेखिए अनुसार पिपरिका पाएको जग्गा पनि दर्ता गराई अंशको जग्गा छुट्टि भिन्न रहे बसी आएकोमा दोहरो अंश लिनको लागि झुटो उजूर गरेको भन्ने समेत प्रतिवादी झिन्नु कुर्मी रामप्यारे कुर्मीको प्रतिउत्तरपत्र ।
४. वादी प्रतिवादीहरू समेतको अंशियारहरूले आ–आफ्नो हक अंश लिनु दिनु गरी सकेको र जुन मौजामा जग्गा जमिनको लागि वादी दावा परेको छ सो सम्पत्ति प्रतिवादी समेतका अंशियारहरूले अंश पाएको देखिएको ०१७।८।२७ को घरसारको अंशबण्डाको कागज र ०१७।९।९को मिलापत्र भारतका बस्ति सीविल कोर्टले पनि प्रमाणित गरी मान्यता पूर्ण भनी स्वीकार गरेको समेत देखिँदा पिरि मौजाको सम्पत्ति मध्येबाट अंश दिलाई पाउँ भन्ने वादी दावा नपुग्ने ठर्हछ भन्ने ०२६।११।१८ को कपिलवस्तु जिल्ला अदालतको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. वादी सुखमा प्रतिवादी यिनै जिमिदार कुर्मि समेतको अंश मुद्दामा भएको ०१७।९।९।६ को मिलापत्रमा उल्लेख भएको घरसारको बण्डापत्रमा जिमिदार १, हरिहर १, गोवर्धन १, अधिन १ ले भारतको जग्गा लिने कुरा लेखी मिलापत्रमा पनि घरसारको कुराको संकेत गरी मिलापत्र गरेको देखिएकोले पिरिको जग्गाको अंश पाउँ भन्ने वादी दावी नपुग्ने ठहराई शुरुले गरेको इन्साफ मनासिव छ भन्ने ०२९।२।१८ को लुम्बिनी अञ्चल अदालतको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा मिलापत्रमा ०१७।८।२७ को कागजको कुरालाई पनि उल्लेख गरेको देखिएको भारततर्फ मुद्दा परी सो ०१७।८।२७ को कागजलाई किर्ते जालसाजी भनी दावी लिएकोमा नठहरी सो कागजलाई मान्यता दिई बस्तिको देवानीको न्यायाधीशवाट निर्णय भएको देखिएकोले शुरुको सदर गरेको लुम्बिनी अं.अ.को इन्साफ मनासिवछ भन्ने ०३१।२।१८ को पश्चिमाञ्चल क्षे.अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्राप्त भई दर्ता भएको भन्ने वादी जिमिदार कुर्मीको पुनरावेदन रहेछ ।
९. बण्डापत्र घरसारमा भई लिने दिने शर्तमा मिलापत्र भएको भन्ने देखिदा बण्डापत्र रजिष्ट्रेशन पास नभएको प्रस्टै छ । पास गर्नुपर्ने बण्डापत्र पास नगरिकन सदर हुन्छ भन्ने तर्क उठाउनै सकिदैन । सुखनार जिमिदार कुर्मीको ०१७।९।९ को मिलापत्र प्रमाणमा लिएको देखिन्छ त्यो मिलापत्र वादी पक्ष रहेको देखिन नआएकोले सो मिलापत्रको शर्त वादीले पालन गर्नुपर्छ भन्ने मनासिव देखिदैन, वादीले अंश बुझी सकेको कुनै पनि लिखत देखाउन सकेको देखिदैन, बण्डापत्र घरायसमा गरेको सो व्यहोरा मिलापत्रको शर्त भित्र राखेको नभई आफ्नो व्यहोरामामात्र लेखेको देखिन आएकोले वादीले अंश पाउनु पर्ने बाँकी नै देखिँदा क्षे.अ.को इन्साफ उल्टी हुनेठर्हछ भन्ने ०३२।८।११।४ को डि.बेञ्च फैसला ।
१०. निवेदक प्रतिवादी झिन्नु कुर्मि, रामप्यारेतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले अघि परेको अंश मुद्दामा मिलापत्र गर्न घरसारमा अंश भाग छुट्याएको शर्तनामा गरी मिलापत्रमा सो शर्तनामाको मिति समेत उल्लेख गरी अदलतमा मिलापत्र गरी सो मिलापत्र बमोजिम जग्गा दाखिल खारेज समेत गरी सकेको त्यस्तो मिलापत्र गर्ने सर्तनामा पारित गर्नुपर्ने होइन र भारतको अदालतबाट समेत मान्यता दिएकोमा मिलापत्र गर्ने सर्तनामालाई रजिष्ट्रेशन पारित नभएको बण्डापत्र भनी अघि नै अंश भइसकेको वादीलाई अंश दिने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंहले सुखनाको वादी दावीसम्म छोडी मिलेको मिलापत्रबाट वादीको अंश छुटेको भन्न मिल्दैन, प्रस्तुत मुद्दाको वादी प्रतिवादी अघि मिलापत्र भएको मुद्दामा प्रतिवादी भएको हुँदा निजहरूको आपसमा बण्डा लिने दिने मिलापत्र भएको नै हुँदा वादीको अंश बाँकी छ भन्ने प्रष्टै छ, वादीले अंश पाउने गरेको डिभिजनको इन्साफ सदर हुनुपर्छ, अंश लिनु दिनु गरेको जुनकसुकै कागज पनि रजिष्ट्रेशन पारित हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
११. यसमा निर्णय तर्फ विचार गर्दा म र प्रतिवादी समेतको हकको पैत्रिक सम्पत्ति भारत र यस नेपाल कपिलवस्तु अन्तर्गत समेत भएकोमा भारतको भाग शान्ति १।४ हक भोग गरी भोगी आएको कपिलवस्तु अन्तर्गत पिरी मध्येको कारनी द्रौपती समेतको नाउँमा दर्ता भएको जग्गा कति छ सो को तायदाति लिई अंशबण्डा गरी अंश छुट्याई पाउँ भन्ने समेत वादी जिमिदार कुर्मिको फिराद, अंश छुट्याई बण्डापत्र गरी पाउँ भन्ने सुखनाले यो वादी र हामी समेत उपर नालेस दिएको मुद्दामा लिनु दिनुपर्ने लिने दिने सर्तको ०१७।८।२७।२ को घरसारमा भएको कागज अनुसार मिलापत्र गरी पाउँ भन्ने निवेदन परी घरसारको कागज अनुसार लिने दिने सर्तमा मिलापत्र भई यो वादी र हामी समेतले अंशको जग्गा लिई दिई छुट्टि बसी आएकोमा दोहरा अंश लिनको लागि झुटो फिराद दिएको हुँ भन्नेसमेत प्रतिवादीले उल्लेख गरेको पाइन्छ ।
१२. मिलापत्र भएको भनेको प्रमाण निमित्त आएको वादी सुखना कुर्मिनीको र प्रतिवादी प्रस्तुत मुद्दाको वादी जिमिदार कुर्मि प्र.झिन्नु कुर्मि, रामप्यारे कुर्मिसमेत भएको अंशमुद्दामा जसले जहाँ जहाँ जे जति लिन पाउने लिए दिएको हो सो सबै विवरण खुलाई घरसारमा मिली ०१७।८।२७ मा कागज भई सोकागजको नक्कलसमेत विन्तिपत्रसाथ यस अदालतमा आएको होला, यो चलिरहेको मुद्दा यो सरहदका जेथाबाट अंशपाउँ भन्ने दावी छाडी मिली जानमा म वादीको र उपरोक्त लेखिएबमोजिम मिली लिईदिई घरसारमा कागज भई विन्तिपत्रसाथ नक्कलसमेत राखी विन्तिपत्र दिएको र यो मुद्दामा वादीले सरहदको जेथाबाट अंशपाउँ भन्ने दावी छाडेकोले दावीबाट फुर्सद पाई मिली जान हामी प्र.को पनि चित्तबुझी मिलापत्र लेखी इ.अ.तौलिहवामा चढायौं भनी ०१७।९।९ मा मिलापत्र भएको देखियो र सो मिला पत्रमा उल्लेख गरेको ०१७।८।२७ को कागज भनेको निवेदनसाथ पेशभएको कागजको नक्कलहेर्दा सुखनाले फिराद गरेको अंशमुद्दामा अव झगडा नगरौं मिलीजुली बसौं भनी घर सारमा मिलापत्र लेखी लियौंदियौं यही बमोजिम इलाकाअदालतमा मिलापत्र गरी लिउँला भन्ने समेत कुरा उल्लेख गरेको सो कागजको व्यहोरा मिति समेत उल्लेख गरी अंश लिनु दिनु भइसकेको भनी मिलापत्र भएको भन्ने मिलापत्रको लेख व्यहोराबाट देखिन आउँछ ।
१३. वादीतर्फका विद्वान व.अ.ले वादीले अंश पाएको भन्ने बण्डापत्र पास भएको छैन जहाँसम्म बण्डापत्र पास हुँदैन तबसम्म वादीले अंशछुट्टाई पाउनुपर्छ त्यस्तोमा अंश पाउनसक्ने वादी कौशिला पाध्यायनी प्र.देवकुमारी पाध्यायनीको दे.फु.नं.१०१ को अंश मुद्दामा सिद्धान्त प्रतिपादित गरी स.अ.फुल बेञ्चबाट ०३१।५।२१।६मा निर्णय भएको छ भनी जिकिर लिनु भएको स.अ.डिभिजन बेञ्चले पनि वादीले छुट्याई पाउने ठहराई फैसला गरेको छ ।
१४. जुन नजीर भनी विद्वान व.अ.ले उक्त मुद्दाको नजीर पेश गर्नुभएको छ, सो मुद्दामा अशिंयारका बीच अघि मुद्दा परी मिलापत्र भएको देखिँदैन, प्रस्तुत मुद्दामा अघि अंशमुद्दा परी मिलापत्र भएको देखिन्छ, यस्तो तथ्य नै फरक भएको मुद्दाको नजीर प्रस्तुत मुद्दामा लाग्ने देखिनआएन, अघि मिलापत्र हुँदा घरसारमा भएको भनेका सोकागज पास नभएको भन्ने हकलाई मुद्दा परी फैसला डिसमिस, मिलापत्र खारेज भएका मुद्दामा अ.बं.८६ नं. बमोजिम उजूरपरेको नभए पछि डिसमिस मिलापत्र खारेज जे जस्तो भएको छ सो सम्बन्धितपक्षको लागि सदैव मान्यता गर्नुपर्ने हुनआउने र त्यसरी माथि लेखिएबमोजिम अघि नै यिनै वादी प्र.हरू प्रतिवादी सुखना वादी भई परेको अंशमुद्दामा लिइदिई मिलापत्र अंशमुद्दा किनारा भएकोमा पुनःअंश छुट्याइपाउँ भन्ने कुराको प्रस्तुत फिरादपत्र अ.बं.८५ नं.ले लाग्न नसक्नेहुनाले फिरादपत्र खारेज हुनेठर्हछ । शर्तको लिखत रजिष्ट्रेशन पास हुनु पर्ने वा नपर्ने भन्नेतर्फ विचार गर्नुपरेन । वादीले अंश पाउन नसक्ने भनी सुरुको सदर गरेको अं.अदालतको इन्साफ मनासिव ठहराई प.क्षे.अदालतले गरेको फैसला उल्टाई वादीले अंश पाउने ठहराएको स.अ. डिभिजन बेञ्चको ०३२।११।८।४ को इन्साफ मिलेको देखिएन, तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
वादी जिमिदार कुर्मिकोमाथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ उल्टी भएकोले देहायको कलममा देहाय बमोजिम गर्नु भनी का.जि.अ.त.मा लगत दिने……………….१
स.अ.डि.बे.को ०३२।८।११ को फैसलाले वादीलेराखेको कोर्टफी सुरुमारु.२५।पहिले पुनरावेदनमा रु.२५।दोश्रो पुनरावेदनमा रु.२५।अनुमति पाईगरेको पुनरावेदनमा रु.२५।समेतजम्मा रु.१००।कोर्टफी देहायका प्र.बाट बराबरका दरले भराईदिने गरेकोमा हाल सोबमोजिम गर्नुपरेन व्यहोराजनाई लगतकट्टा गरीदिने कलम…………………….२
प्र.वासुदेव कुर्मि १, प्र. शेष दत्त कुर्मि १, प्र. राम सुभाग ऐ.१, प्र.झिन्नु कुर्मि १, प्र. राम प्यारे १, प्र.द्रौपदी ऐ १,
प्रतिवादी देहायका मानिसकै निजहरूले मुद्दा दोहराए वापत राखेको कोर्टफी रु.२।५० हार्ने वादीबाट भरी पाउने हुनाले भरी पाउँ भनी नेपाल कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्ष भित्र देहायका प्रतिवादीहरूको दर्खास्त परे कानूनको रीत पुर्याई वादी जिमिदार कुर्मिबाट देहायका प्रतिवादीलाई बरावरका दरले भराई दिनु भनी क.ब.जि.अ.मा लेखी पठाउन कानूनबमोजिम का.जि.अ.त.मा लगत दिने, १ प्र.झिन्नु कुर्मि १, प्र. रामप्यारे कुर्मि १
हामीहरूको सहमती छ ।
प्र. न्या. नयनबहादुर खत्री,
न्या. प्रकाशबहादुर के.सी.,
न्या. सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री हेरम्बराजको राय
१४. प्रस्तुत मुद्दामा म सहितको डिभिजन बेञ्चबाट ०३२।८।११।४ मा निर्णय हुँदा वादीले अंश छुट्याई पाउने भई मेरो राय व्यक्त भइसकेको र सो राय परिवर्तन गर्नुपर्ने अवस्था नदेखिएकोले फिरादपत्र खारेज गर्ने गरेको सहयोगी माननीय न्यायाधीशहरूको रायसँग मेरो सहमत हुनु नसकेकोले मेरो छुट्टै राय व्यक्त गरेको छु ।
इति सम्वत् २०३४ साल भाद्र ३ गते रोज ६ शुभम् ।