निर्णय नं. १०३५ – लेनदेन
निर्णय नं. १०३५ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्मामाननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ८५...
निर्णय नं. १०३५ ने.का.प. २०३४
डिभिजन बेञ्च
सम्मामाननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ८५
फैसला भएको मिति : २०३४।२।११।३ मा
पुनरावेदक : दाङ ज.म.वि.कि.गा.पं. वार्ड नं.६ विजोरी बस्ने बामदेव उपाध्याय
विरुद्ध
विपक्षी : ऐ.ऐ.हापुर नयाँ बगाले बस्ने सालिकराम उपाध्याय
मुद्दा : लेनदेन
(१) पहिले परेको मुद्दाको हदम्याद गुमाएपछि त्यो दावी समर्थन गराउन अर्को ऐनको सहारा लिन हुन्छ भन्न नमिल्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लेखित मुद्दा :
फैसला
न्या. हेरम्बराज : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत वादी वामदेव उपाध्यायको निवेदनमा अनुमति दिने ०३३।८।१७।५ को डिभिजन बेञ्चका आदेशानुसार यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : शालिकरामले मबाट रु.४००१। कर्जा लिई ०१९।२।२४।४ मा हापुरफेदी मौजाको बिगाहा ३ ऐ कैदा मौजाको जग्गा बिगाहा १ऽ२ ऐ लामिडाडाको बिगाहा ऽ१ समेत ४ऽ३ मलाई राजिनामा गरिदिएको, म्यादमा पास गरी नदिएकोले कपाली हुन आएको र जग्गा आसामीले भोग गरी आउनु भएको, रुपैयाँ माग्दा नदिएकोले भा.रु.४००१। सैकडा २९ ले हुने रु.५५६१।३९ र ब्याज रु.५५५५।२३ समेत जम्मा रु.११,११६।६२ दिलाई पाउँ भन्ने समेत वादी ।
३. वादीमा उल्लेखभएको ज.बि.४ऽ३ मिति ०२९।२।२४ मा राजिनामा गरिदिएको पारित नहुँदै म्याद छँदै सो जग्गा मध्ये आधी २ऽ१।। भा.रु.१९००। मा कृष्णप्रसादलाई वादीले बुझी लिई राजिनामा गराउन लगाउनु आफ्नो छोरा भागवतलाई पठाई ०१९।३।१७ मा भागवतलाई साक्षी राखी कृष्णप्रसादलाई र बाँकी आधी बिगाहा २द्र१।। पनि रु.३३००। टिकादेवीबाट बुझी लिई आफ्नो घरमा बोलाई ०२१।३।३२ गते वादीलाई साक्षी राखी टिकादेवीका नाउँमा राजिनामा गरिदिएको छु । सो व्यवहार खतम भई सकेपछि वादीका हकको जग्गा बिगाहा १५।।२ऽ२ थैली रु.२४०००। वादीलाई बुझाइ एकाघरकी आमा तुलसा उपाध्यायनीका नाउँमा पास गराई लिएको हुँदा रुपैयाँ तिर्न पर्ने बाँकी छैन भन्ने समेत प्रतिवादी ।
४. तमसुक दरपिठ भरपाई गराएको देखिन आएन । जग्गा भोग गर्न नपाएकोमा साँवा ब्याज समेत प्रतिवादीबाट भरी पाउनेठर्हछ भन्ने दाङदेउखुरी जि.अ.को ०२९।९।२२।६को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा प्रतिवादीले वादीलाई बुझाएको लिखत बेगर मौखिक भनाइसम्मलाई ऐनले मान्यता दिन नहुने, नमिल्ने हुनाले शुरुको इन्साफ मनासिव छ भन्ने समेत राप्ती अञ्चल अदालतको फैसला ।
६. राप्ती अञ्चलअदालतको फैसलाउपर प्र.को पुनरावेदन परेकोमा वादीले प्र.बाट राजिनामा लिएपछि रजिष्ट्रेशन पासनहुँदै त्यो राजिनामाको जग्गामध्ये अघि २द्र१।। भा.रु.१९००। मा कृष्णप्रसादलाई राजिनामा दिँदा वादीकै छोरा भागवत साक्षी बसेका र बाँकी आधी ज.बि. २द्र१।। पनि रु.३३००। मा टिकादेवीलाई ०२१।३।३२ मा राजिनामा दिँदा वादी आफै साक्षी बसी वादीकै घरमा राजिनामा दिए लिएको भन्ने र आफूले राजिनामा लिएको जग्गा कृष्णप्रसाद टिकादेवीलाई आफू र आफ्नो छोरा साक्षी राखी राजिनामा गराई आफ्नो रुपैयाँ असूल गरिसकेका छन् भनी प्र.का साक्षीहरूले बकपत्र गरेको देखिएकोमा पनि ०२२।३।३१ मा धनी हुने प्रतिवादीको आमा तुलसा उपाध्यायनी ऋणी यिनै वादी भई रु.२४०००। मा ज.बि.१५।२ऽ२ को राजिनामा पास गरेको देखिएकोबाट वादी दावीको ०१९।२।२४ को भा.रु.४००१।को राजिनामापास नगराई कपाली गराएको र सो लिखतकै जग्गा ०१९।३।१७ मा कृष्णप्रसादलाई र ०२१।३।२२ मा टिकादेवीलाई राजिनामा दिई आफ्नो थैली असुल गरी लिएकोभन्ने मिसिलप्रमाणबाट देखिएकोले वादी दावीको ०१९।२।२४ को लिखतबमोजिमको भा.रु.४००१। को सैकडा ३९ ले हुने रुपैयाँ र सो को सयकडा १० ले हुने ब्याजसमेत प्र. ले तिर्न बुझाउन पर्ने भनी ठहराएको इन्साफ मिलेको देखिएन, तिर्नु बुझाउनुपर्ने ठहराएको दाङदेउखुरी जि.अ.को इन्साफ सदर गरी गरेको राप्ती अं.अ.को फैसला गल्तिठर्हछ भन्ने समेत ०३३।२।२९।६ को सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला ।
७. उक्त इन्साफउपर पुनरावेदन गर्ने अनुमतिपाउँ भनी वादीको निवेदन परेकोमा लेनदेन व्यवहारको ५ नं. को अभावमा थैली असुल गरी लिएको भनी निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटी गरी निर्णय गरेको देखिन्छ । न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको ०३३।८।१७।५ को डि.बेञ्चको आदेश ।
८. पुनरावेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले साहु असामीको ५ नं. अनुसार तमसुक दरपिठ र भरपाई बेगर तमसुक बमोजिमको साँवा ब्याज भरी नपाउने ठहराएको इन्साफ सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको बदर भई शुरु जिल्ला अदालत राप्ती अञ्चल अदालतको इन्साफ सदर हुनु पर्दछ समेत बहस गर्नु भयो ।
९. विपक्षी प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले वादीले राजिनामा लिएको जग्गा बिगाहा ४ऽ३ को लिखत पास नहुँदै सो राजिनामा उल्लेख भएको जग्गा मध्ये आधी जग्गा कृष्णप्रसादलाई र आधी जग्गा टिकादेवीलाई राजिनामा दिँदा वादी आफैं र छोरा साक्षी बसी रुपैयाँ असुल गरी सकेका छन् भन्ने उक्त लिखत प्रमाणबाट सिद्ध गर्दछ । तसर्थ, क्षे. अदालतको इन्साफ सदर गरिनु पर्छ भन्ने समत बहस प्रस्तुत गर्नु भयो ।
१०. यसमा धनी बामदेव ऋणी शालिकराम भएको २०१९।२।२४।४ मा फेदी मौजाको ज.बि.३ ऐ.१ऽ२ र लामिडांडा मौजाको द्र१ जग्गासमेत राजिनामाको कागज लेखिएको रहेछ । सोही कागजको प्रमाण देखाई लिखतपास नभएको कारणले लिखतका मितिदेखिको ब्याजसमेत लगाई साँवाब्याज भराइपाउँ भन्ने दावी भएकोमा पास गर्ने म्यादभित्रै २०१९।३।१७ गते आधी जग्गा शालिकरामले कृष्णप्रसादलाई राजिनामा गरेकोमा भागवत पाध्या साक्षी बसेको र आधी जग्गा टिकादेवी उपाध्यानीलाई २०२१ साल आषाढ ३२ गते शालिकरामले राजिनामा गरेकोमा वामदेव साक्षी बसेको परिवन्दबाट रुपैयाँ बुझाइसकेको हो भनी प्र. शालिकरामको जिकिर भएकोमा साक्षी बस्दैमा मैले रुपैयाँ बुझेको ठहर्ने कानून छैन भन्ने समेत वादी वामदेवको पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदनपत्रमा जिकिर गरेकोरहेछ ।
११. प्रस्तुत मुद्दामा वामदेवको रुपैयाँ बुझेको छैन भनी दावी गर्न पाउने हो होइन भनी निर्णय गर्नु परेको देखिन्छ । शालिकरामको राजीनामा लिखत भएकै बखतमा जतिकै बल भएको भएमात्र त्यस्तो लिखतबमोजिम भरिभराउ गर्नुपर्ने हो । राजीनामा लिएको रजिष्ट्रेशन पास हुन नसकेको अवस्थामा रजिष्ट्रेशन ६ नं. अनुसार कपाली हुने व्यवस्था देखिन्छ । तर, कपाली हुने अवस्था नपुग्दै असामीले केही जग्गाहरू अरूलाई दिएकोमा लेनदेन व्यवहारको ऐनले दोहरामा दावी लाग्नु पर्ने हो । त्यो लिखत भएको थाहा पाउने कारण वादीको छोरा भागवत र वादी आफैं लिखतमा साक्षी बसेकोले पर्नगएको छ । दोहरामा दावी गर्ने अवस्था चुकाए पछि कपालीमा दावी गर्ने हक हुन्छ हुँदैन भनी प्रश्न उपस्थित भएको छ । तत्काल प्रचलित साहुअसामीको ऐनले दोहरातर्फ उजूर गर्ने हदम्याद नाघेपछि पनि कपालीतर्फ उजूर गर्ने हदम्याद रहन्छ । पहिले परेको मुद्दाको हदम्याद गुमाएपछि त्यो दावी समर्थन गराउन अर्को ऐनको सहारा लिन हुन्छ भन्न मिल्दैन । किनभने अघिल्लो ऐनले हक गुमी सकेपछि आफ्नो काममा जग्गा नरहनेलाई ऐनले सहारा दिनसक्दैन । त्यसकारणले दोहरातर्फ दावी नगरेकोबाट कपालीतर्फ दावी गर्ने हक वादीको देखिदैन ।
१२. अतःमाथि उल्लेख भए बमोजिम वादी दावी नपुग्ने ठहरेकोले तपसीलका कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
शुरु दाङदेउखुरी जिल्ला अदालतका २०२९।९।२२।६ र राप्ती अञ्चल अदालतका २०३०।७।२३।५ र सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३३।२।२९।६ का फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन । सम्पूर्ण लगत कट्टा गरी देहयाका कुरामा देहाय बमोजिम गर्नु भनी दाङदेउखुरी जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा तहसिल फाँटमा लगत दिनु ………………१
वादी बामदेव उपाध्याय के शुरु फिराद गर्दा राखेको कोर्टफी रु.४६४।६७ यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु ६८।७० समेत जम्मा रु.५३४।३७ फिर्ता पाउँ भनी वादीको दर्खास्त परेमा कोर्टफी ऐन, २०१७ को दफा ११ बमोजिम वादीलाई फिर्ता दिने कलम १
प्रतिवादी शालिकराम उपाध्यायको राप्ती अञ्चल अदालतमा पुनरावेदन गर्दा धरौट राखेको कोर्टफी रु.४६४।६७ कोर्टफी रु.६९।७० र रा.अं.अ.दालतका फैसला उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु.६९।७१ समेत जम्मा रु.६०४।०८ फिर्तापाउँ भनी प्र.को दर्खास्तपरेमा कोर्टफी ऐन, २०१७ को दफा ११ बमोजिम प्र.लाई फिर्तादिनु…२
मेरो सहमति छ ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३४ साल जेष्ठ ११ गते रोज ३ शुभम् ।