February 13, 1992
Created by nepalarchives

निर्णय नं. ४४०३ – गुठी जग्गा दर्ता गरी पाउँ

निर्णय नं. ४४०३    ने.का.प. २०४८      अङ्क ११   पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ...

निर्णय नं. ४४०३    ने.का.प. २०४८      अङ्क ११

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४५ सालको दे.पु.इ.नम्बर १०४

फैसला भएको मिति: २०४८।११।१।५ मा

निवेदक/प्रतिवादी : हरिहरपुर गा.वि.स. वडा नं. ८ बस्ने ज्वालाप्रसाद तिवारीसमेत

विरुद्ध

विपक्षी/वादी : वलरामपुर गा.वि.स. वडा नं. ४ बस्ने लक्ष्मणदास गिरी

मुद्दा : गुठी जग्गा दर्ता गरी पाउँ

(१)    भेषधारीको आफ्नो हक पुग्ने जग्गासम्म गुठी कायम हुन सक्ने ।

(प्रकरण नं. २०)

(२)   दरिएकोवा दर्ताभन्ने शब्दले दर्तावालाको आफ्नो एकलौटी हकभोग भएको दर्ताको जग्गा सम्झनु पर्ने र सगोलका जग्गा दर्ताकै कारणबाट अरु अंशियारहरुको हक समाप्त हुन्छ भनी सम्झन नमिल्ने ।

(प्रकरण नं. २०)

निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास र विद्वान अधिवक्ता हरिहर      दाहाल

विपक्षी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

फैसला

प्र.न्या.विश्वनाथ उपाध्याय

१.     सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।१।१४ गतेको निर्णय सहितको मिसिल पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाड्डी बक्स भए बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :

२.    ज्वालाप्रसाद तिवारीको दाजु झिनु भन्ने वलिभद्र तिवारी मौजा शिवपुरको निवासी हुनुभएको निज वलिभद्र वैष्णव भेषधारी सन्त हुनुभएको निजसंगबाट मैले मन्त्र दिक्षा लिई मुडी मुडाई भेषधारी चेला भई निज गुरु वलिभद्रजिद्वारा निर्मित सोही शिवपुरी मौजामा गाउँ देखि पश्चिमतर्फ श्रीराम जनाकी मन्दिर, जसमा श्रीरामजानकी तथा हनुमानको मूर्ति स्थापित छ, सो मन्दिरमा गुरुजीको साथ रही पूजा आजा र गुरुको सेवा समेत गरी आएकोमा गा.पं. वकडिया अन्तर्गत १३१२ विघा वलिभद्रको एकलौटी हक भएको जग्गामा गुठी नराखी जग्गाको तिरो भरो गरी आयस्ताबाट देवदेवताको पूजाआजा धर्मकर्म चलाई आएको सो मन्दिरको मा आउने साधु सन्तहरुलाई दान दातव्य आदि दिने गरी आएको, गुरु वलिभद्रको २०३४ साल चैत्र २ गते मृत्यु (साविक पेज नं. ६९२) भएको हुँदा भेषधारीको रितिरिवाज अनुसार गुरुजीको समाधि मैले गरी काजकृया दान पुण्य समेत मैले गरेको, वलिभद्रको चेला भएकोले गुठीको ११ नं. अनुसार जग्गा बिगाहा १३१२ मेरो नाममा दर्ता गरिपाउँ भन्ने समेत फिराद दावी ।

३.    वलिभद्रको एकलौटी हक भोगको १३१२ विघा जग्गा म निजको चेला भएको हुँदा मेरो नाममा दर्ता गरिपाउँ भन्ने दावी झुट्टा हो । १३१२ बिगाहा जग्गाको मोल रु. १०४४००।र २ बिगाहा जमीनमा भएको कलमी आपको बगैंचाको मूल्य रु. ८०,०००।समेत जम्मा मोल रु. १,८४,४००।पर्नेमा मोल बिगो रु. १५,००१।मात्र देखाई कोर्टफी दाखिल गरी दायर भएको हुँदा बेरीतसंग दायर भएकोले खारेज हुनुपर्ने । वलिभद्र तिवारी पूर्ण गृहस्थी मानिस हुन । वादीलाई दाजु वलिभद्रले कहिले पनि रामजानकी मन्दिरमा बस्न दिएको छैन । रामजानकी मन्दिरको निर्माण गरी पूजा आजा गर्ने वैष्णव भेषधारी हुनुपर्दछ । यसरी वैष्णव सम्प्रदायको सन्तसंग दिक्षा लिएर मात्र वैष्णव भेषधारी हुन्छ । दिक्षा प्राप्त गरेकोलाई मात्र दिक्षा दिने अधिकार हुन्छ दाजु वैष्णव भेषधारी नभै गृहस्थ रामजानकी भक्त हुनुन्थ्यो । दाजु भाइको बीच बण्डा भएको छैन । जग्गा दाजु वलिभद्रको नाममा दर्ता थियो । हामीहरुको नाममा एक धुर पनि जग्गा छैन । यी वादीले म घनश्यामबाट २५ बोरा चामल मागेकोमा मैले एक मन मात्र दिएको चित्त नबुझी रिसाई हामी उपर नालेश उजूर गरेका हुन । दाजु वलिधद्र गृहस्थी भक्तमात्र हुनुहुन्छ, यी यस्ता व्यक्तिको चेला नै हुन सक्दैन । यी वादी वलिभद्रका चेला नै नभएको हुँदा अनाधिकार नालेश गरेकोले अ.बं. ८२ नं. बमोजिम खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर जिकिर रहेछ ।

४.    वादी प्रतिवादीका साक्षिहरुको बकपत्र मिसिल सामेल रहेछ ।

५.    वलिभद्र तिवारी भेषधारी साधु भएको र निजको चेला यी वादी लक्ष्मीदाश देखिन आएकोले निजको अंश भाग सम्मको ४११ बिगाहा जग्गा नरम गरम मिलाई वादी लक्ष्मणदाश गिरीले दर्ता गराई पाउने ठहर्छ भन्ने समेत कपिलवस्तु जिल्ला अदालतको मिति २०३७।१०।९।५ को फैसला रहेछ ।

६.    शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफ उपर वादी प्रतिवादीको दुबै पक्षको प.क्षे.अ.मा पुनरावेदन परेकोमा यी वादी लक्ष्मण दाश वलिभद्रका भेषधारी चेला हो होइन भन्ने विवाद उठेकोमा अ.बं. ८० नं. बमोजिमको प्रक्रिया नअपनाई इन्साफ गरेको देखिँदा बदर गरिदिएको छ । कानुन बमोजिम जो जे बुझ्नु पर्ने बुझी निर्णय गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको प.क्षे.अ. को मिति २०३९।४।२५।२ को फैसला ।

७.    वलिभद्र तिवारी मन्त्र लिई साधु भएको होइनन् गृहस्थ साधु हुन् । वादी लक्ष्मण दाशलाई वलिभद्रले मन्त्र दिएका हुन् । प्रतिवादीहरु सगोलका साख्य दाजु भाई हुन् । रामजानकी मन्दिर सगोलबाट बनाई पूजाआजा समेत गरिआएका थिए । अंशवण्डा भएको छैन भन्ने समेत प्रतिवादीको वा. रामसुगम पासीको बयान रहेछ ।

८.    वलिभद्र तिवारी भेषधारी साधु हुनुहुन्थ्यो । महन्त राममनोहर दाशबाट शिक्षा दिक्षा ग्रहण गरी साधु हुनुभएको हो । मलाई भेषधारी साधु श्री वलिभद्र तिवारीले नै मन्त्र दिई वहाँको चेला भई रामजानकी मन्दिरमा पूजाआजा गरी गुरुकै साथ बस्ने गरेको हुँदा गुरु चेलाको नाता कायम गरिपाउँ भन्ने समेत लक्ष्मणदाशको बयान रहेछ ।

९.    मर्ने भेषधारी वलिभद्रको नामको जग्गामा निजले स्थापना गरेको रामजानकी मन्दिर गुठीको ठहर्छ र सो जग्गाको आयस्ताबाट गुठीको ११ नं. अनुसार पूजा आजा चलाई तिरो तिरी शेष बाँकीसम्म वलिभद्रका चेला लक्ष्मीदाशले खान पाउने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु (साविक पेज नं. ६९३) जिल्ला अदालतको मिति २०४१।१।४।२ को फैसला रहेछ ।

१०.    शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी वलिभद्र भेषधारी नभएको हुँदा निजको नामको सम्पूर्ण जग्गा हाम्रो हक दर्ता कायम गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको प.क्षे.अ. मा पुनरावेदन परेको रहेछ ।

११.    वादी दावीको जग्गा मन्दिरकै पूजाआजा समेतको लागि आयश्रोतको रुपमा रहेको जग्गा हो, यस कुरामा विवाद छैन । तर उक्त जग्गाको सम्बन्धमा गुठीको ११ नं. मा गुठी नराखी भन्ने उल्लेख भएकोमा शुरु जिल्ला अदालतको फैसलामा गुठी ठहर्छ भनिएको हदसम्म चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको प.क्षे.अ. मा पुनरावेदन परेको रहेछ ।

१२.   वलिभद्र तिवारीले श्रीरामजानकी मन्दिर बनाई सो को वरिपरी बगैंचा लगाएको र यही जग्गाको आयस्ताबाट मन्दिरको पूजाआजा चलाई आएको देखिन्छ । मन्दिर अगाडि वलिभद्रको समाधि रहेको पनि देखियो । यस्तो स्थितिमा वलिभद्र तिवारीको नामको जग्गा निजको हकदारमा नभई श्री रामजानकी मन्दिरका नाममा दर्ता हुनेभयो । पूजाआजा तिरो तिरान गरी शेष आयस्ता चेला लक्ष्मण दाशले खान पाउने ठहर्छ । शुरु जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने समेत प.क्षे.अ.को मिति २०४२।२।३०।४ को फैसला रहेछ ।

१३.   पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा गुठीको ११ नं. समेतको त्रुटि भएको हुँदा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरुले यस अदालतमा निवेदन दिएकोमा प्रतिवादीहरुले विवादित जग्गा निजहरुको समेत अंश हक लाग्ने भन्ने जिकिर लिएकोमा क्षेत्रीय अदालतको निर्णयमा त्यसतर्फ बोलिएको पाइएन, यसबाट मुख नमिलेको कुरामा निर्णय भएको नदेखिएको अ.बं. १८४ (क), १८५ नं. को त्रुटि भएको छ । अर्कोतर्फ प्रस्तुत जग्गा गुठी राखेको भन्ने कुराको कुनै लिखित प्रमाण भएको पनि देखिँदैन । यस्तो अवस्थामा विवादित जग्गा श्रीरामजानकी मन्दिरको नाममा दर्ता गर्ने गरी गरेको प.क्षे.अ. को निर्णयमा प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेञ्चको मिति २०४२।६।१६।४ को आदेश ।

१४.   मुलुकी ऐन गुठीको महलको ११ नं. मा भेषधारीले लिखत गरी गुठी राखेको नभए पनि मठ मन्दिरको निर्माण गरी देव देवताको पूजाआजा काम चलाउने गरी भेषधारीले आफ्नो सम्पत्ति गुठी राख्न सक्ने नै भएको हुँदा भेषधारी वलिभद्रको नाम दर्ताको विवादित जग्गा श्रीरामजानकी मन्दिरका नाममा दर्ता भई गुठी कायम हुने भई वलिभद्रले स्थापना गरेको देवी देवताको सनातन धर्म अनुसार पूजाआजा तथा सो मन्दिरमा आउने भेषधारी साधु सन्त अभ्यागतहरुलाई भोजन दान आदि धर्म कीर्तिहरु गरी गुठीको जग्गाको तिरो तिरान गरी वादी लक्ष्मणदाशले गुठी चलन पाउने गरी गरेको शुरुको सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि नहुँदा सोही इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको फैसला ।

१५.   मिति २०४४।१।१४ गतेको निर्णय त्रुटिपूर्ण हुँदा पूर्णइजलासबाट दोहोर्‍याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी प्रतिवादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा पूर्णइजलासबाट दोहोर्‍याई हेरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

१६.    नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री कमलनारायण दाश र श्री हरिहर दाहालले वादीले वलिभद्र भेषधारी हो भन्ने देखाउन सकेको छैन, निजले मठ स्थापना गरिबसेको भनी (साविक पेज नं. ६९४) जिकिर लिनसकेको छैन । भेषधारीले धारण गर्नु पर्ने नाम जस्तो नामको जग्गा निजको हकदारमा नभई श्रीरामजानकी मन्दिरका नाममा दर्ता हुने भयो । पूजा आजा तिरो तिरान गरी शेष आयस्ता चेला लक्ष्मण दाशले खान पाउने ठहर्छ । शुरु जिल्ला अदालतको इन्साफ मनासिब छ भन्ने समेत प.क्षे.अ. को मिति २०४२।२।३०।४ को फैसला रहेछ ।

१७.   पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा गुठीको ११ नं. समेतको त्रुटि भएको हुँदा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरुले यस अदालतमा निवेदन दिएकोमा प्रतिवादीहरुले विवादित जग्गा निजहरुको समेत अंश हक लाग्ने भन्ने जिकिर लिएकोमा क्षेत्रीय अदालतको निर्णयमा त्यसतर्फ बोलिएको पाइएन, यसबाट मुख नमिलेको कुरामा निर्णय भएको नदेखिएको अ.बं. १८४(क), १८५ नं. को त्रुटि भएको छ । अर्कोतर्फ प्रस्तुत जग्गा गुठी राखेको भन्ने कुराको कुनै लिखित प्रमाण भएको पनि देखिँदैन यस्तो अवस्थामा विवादित जग्गा श्रीरामजानकी मन्दिरको नाममा दर्ता गर्ने गरी गरेको प.क्षे.अ. को निर्णयमा प्रमाण ऐनको दफा ५४ समेतको त्रुटि भएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजनबेञ्चको मिति २०४२।६।१६।४ को आदेश ।

१८.   मुलुकी ऐन गुठीको महलको ११ नं. मा भेषधारीले लिखत गरी गुठी राखेको नभए पनि मठ मन्दिरको निर्माण गरी देव देवताको पूजा आजा काम चलाउने गरी भेषधारीले आफ्नो सम्पत्ति गुठी राख्न सक्ने नै भएको हुँदा भेषधारी वलिभद्रको नाम दर्ताको विवादित जग्गा श्रीरामजानकी मन्दिरका नाममा दर्ता भई गुठी कायम हुने भई वलिभद्रले स्थापना गरेको देवी देवताको सनातन धर्म अनुसार पूजा आजा तथा सो मन्दिरमा आउने भेधारी साधुसन्त अभ्यागतहरुलाई भोजन दान आदि धर्म कीर्तिहरु गरी गुठीको जग्गाको तिरो तिरान गरी वादी लक्ष्मणदाशले गुठी चलन पाउने गरी गरेको शुरुको सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि नहुँदा सोही इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको फैसला ।

१९.    मिति २०४४।१।१४ गतेको निर्णय त्रुटिपूर्ण हुँदा पूर्णइजलासबाट दोहोर्‍याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी प्रतिवादीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रमा पूर्णइजलासबाट दोहोर्‍याई हेरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

२०.   नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री कमलनारायण दाश र श्री हरिहर दहालले वादीले वलिभद्र भेषधारी हो भन्ने देखाउन सकेको छैन, निजले मठ स्थापना गरी बसेको भनी जिकिर लिन सकेको छैन । भेषधारीले धारण गर्नु पर्ने नाम जस्तो वलिभद्र दाश भन्ने पनि निजले धारणा नगरी आफ्नो जात थरमा दाशनलेखी तिवारी नै लेख्ने गरेकोबाट निज वलिभद्र वैष्णव धर्मको अनुसरण गरी गृहस्त जीवन बिताई रहेका भन्ने प्रष्ट हुन्छ । विवादित जग्गा वलिभद्रको स्वआर्जनको जग्गा नभई पूर्खौली जग्गा हो । यो जग्गामा वलिभद्रको एकलौटी हक नभई सबै अंशियारहरुको हक लाग्ने सगोलको सम्पत्ति हो । वादी प्रतिवादीहरु दाजु भाइ नाताका एकासगोलका अंशियार हुन । उनीहरु बीच अंशबण्डा भएको ठोस सबूद वादीले पुर्‍याउन सकेको छैन । प्रतिवादीहरुका नाममा विवादित जग्गा बाहेक अरु कुनै सम्पत्ति छैन । यसर्थ विवादित जग्गालाई गुठी कायम गर्न मिल्दैन भन्ने र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले वलिभद्रले विवादित जग्गाहरुको आयस्ताबाट पूजाआजा चलाई आएको कुरामा कुनै विवाद छैन । सो जग्गाहरु निज वलिभद्रका नाम दर्ता छ यस स्थितिमा गुठीको ११ नं. अनुसार सो जग्गामा निजको शेषपछि (साविक पेज नं. ६९५) निजको चेला लक्ष्मण दाशको हक लाग्छ समाधि भनेको साधुको हुन्छ । गृहस्थको हुँदैन । मन्दिर अगाडि वलिभद्रको समाधि रहे भएकोमा विवाद छैन । साक्षी सरजमीनका व्यक्तिहरुले पनि वलिभद्र भेषधारी भएको र निजको चेला यी वादी हुन भनी किटानी बकपत्र गरी राखेका छन् । घनश्याम तिवारीको पत्निको नाममा १०० कित्ताभन्दा बढी जग्गा दर्ता छ । यसर्थ विवादित जग्गा गुठी कायम हुनु पर्ने भनी बहस गर्नु भयो ।

२१.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ हेर्दा यस्मा वलिभद्र तिवारीले आफ्नो दर्ताको जग्गामा रामजानकी मन्दिर स्थापना गरी आफ्नो वैष्णव भेषधारी सन्त भई उक्त रामजानकी मन्दिरको पूजा आजा दान, दातव्य जस्ता धर्म कर्मको लागि आफ्नो हक दर्ताको जग्गाको आयस्ताबाट गरी आउनु भएको मैले गुरुबाट मन्त्र दिक्षा लिई गुरुको साथ रही आएको चेला हुँ । गुरुको मृत्यु पश्चात गुठीको ११ नं. अनुसार गुरुको नाम दर्ताको जग्गा उक्त रामजानकी मन्दिरको गुठी कायम हुने भई साविक देखि गुरुले चलाई आए बमोजिमको पूजा आजा दान धर्म गरी शेष कसर खान पाउने गरी उक्त जग्गा मेरो नाममा दर्ता गरिपाउँ भन्ने वादी दावी र वलिभद्र वैष्णव भेषधारी नभई गृहस्थ रामजानकी भक्त हुनुहुन्थ्यो । हामी दाजुभाइ बीच अंशबण्डा भएको छैन । गृहस्थ व्यक्तिको चेला हुनै नसक्ने हुँदा यी वादी वलिभद्रका चेला होइनन् हामीहरुको सगोलको जग्गा दाजु वलिभद्रका नाममा दर्तासम्म भएको हुँदा वादी दावी झुट्टा हो भन्ने प्रतिउत्तर जिकिर भएकोबाट सर्वप्रथम वलिभद्रको नाम दर्ताको जग्गा वलिभद्रको निजी हकको हो वा प्रतिवादीहरु समेतको हकको जग्गा हो त्यसतर्फ विचार गर्नुपर्ने हुन आयो । वलिभद्रको नाम दर्ता रहेको जग्गा प्राणवतिको नामबाट दर्ता नामसारी भई आएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । सो अनुसार यी प्रतिवादीहरुका नाममा पनि पिता पूर्खाको पालाको पैतृक सम्पत्तिको रुपमा सगोलको जग्गा दर्ता नामसारी भएको भन्ने वादीले देखाउन नसकेको र वलिभद्र तथा अन्य प्रतिवादीहरुका बीच अंशबण्डा भएको देखिने लिखत वा अन्य कुनै प्रमाण पेश हुन नसकेको समेतबाट वलिभद्रको नाममा दर्ता रहेको विवादग्रस्त १३१२ बिगाहा जग्गा सगोलको जग्गा सम्झनु पर्ने देखिन्छ । मुलुकी ऐन गुठीको महलको ११ नं. मा भेषधारीले गुठी नराखी आफ्नो आफ्नो नाममा दरिएको वा आफ्नो हक पुग्ने जग्गाको पोत तिरो तिरी बाँकी रहेको आफूले खान पाउने आयस्ताबाट देव देवताको पूजा आजा धर्म सदावर्त इत्यादि काम चलाउने गरी राखेको वा काम चलाई आएका जग्गा ती मरी सकेपछि तिनका चेलाले लागेको पोत तिरी बाँकी रहेको आयस्ताबाट साविक बमोजिमको काम चलाई शेष बाँकी रहेमा सो शेषसम्म खान हुन्छभन्ने उल्लेख भएबाट भेषधारीको आफ्नो हक पुग्ने जग्गा सम्म उक्त बमोजिम गुठी कायम हुन सक्ने देखिन्छ । गुठीको ११ नं. मा भेषधारीको नाममा दरिएको वा दर्ता रहेको वा निजको हक पुग्ने जग्गाको आयस्ता निजको मृत्यु पछि चेलाले पूजा आजा चलाई खान पाउने व्यवस्था भएकोले वलिभद्रका नाममा दर्ता रहेको सबै जग्गा गुठी हुनु पर्ने भन्ने वादीको जिकिरको हकमा गुठी सम्बन्धी उर्पयुक्त कानुनमा प्रयोग भएको दरिएकोवा दर्ताभन्ने शब्दले दर्तावालाको आफ्नो एकलौटी हक भोग भएको दर्ताको जग्गा सम्झनु पर्ने र सगोलको जग्गा दर्ताकै कारणबाट अरु अंशियारहरुको हक समाप्त हुन्छ भनी सम्झन नमिल्ने हुँदा वादीको यो जिकिर मनासिब देखिएन । वलिभद्र भेषधारी हुन् वा होइनन् भन्ने प्रश्नको हकमा मिति २०४०।७।२८ गतेमा भएको नक्सा मुचुल्कामा न.नं. १ मा रामजानकी मन्दिर न.नं. २ मा फुसको घर न.नं. ६ मा वलिभद्रको समाधि न.नं. ५ मा हनुमानजीको स्थान भन्ने उल्लेख भएको पाइन्छ यसबाट रामजानकी मन्दिरको अगाडि वलिभद्रको समाधि देखिएको र यस्तो समाधि गृहस्थाश्रममा रहेका हिन्दूको हुने नभई भेषधारी साधुहरुकै हुने भएको र केनार अहिर सन्तुकुमारी, रामसुगन अहिर, राम सोहरन कुर्मी, विश्वनाथ कुर्मी समेतले वलिभद्र भेषधारी सन्त हुन र यी वादी (साविक पेज नं. ६९६) लक्ष्मण दाश वलिभद्रका चेला हुन् भनी किटानी बकपत्र गरी दिएकोबाट वलिभद्रले भेषधारण गरी सकेको र निजले लक्ष्मण दाशलाई चेला बनाइराखेको देखिन्छ । यसरी भेषधारण गरी सकेको वलिभद्रको दर्ता मध्येको निजको अंश भागको जग्गा जति अर्थात ३ खण्डको १ खण्डमा पर्ने जम्मा ४११ जग्गा प्रतिवादीहरुको नाममा दर्ता गरेको बदर भई गुठीको ११ नं. बमोजिम रामजानकी मन्दिरको गुठी कायम हुने ठहर्छ ।  यसरी ३ खण्ड मध्ये १ खण्ड मात्र रामजानकी मन्दिरका नाममा गुठी कायम हुने हुँदा रामजानकी मन्दिरबाट बगैंचा समेतको जग्गाको वस्तुस्थिति हेर्दा मन्दिर बगैंचा समेतको जग्गा गुठी भित्र पर्नु पर्ने देखिँदा मन्दिर र बगैंचाले चर्चेको जग्गा र नपुग बाँकी अरु कित्ता नम्बरको जग्गा समेतबाट ४११ जग्गा गुठी कायम हुन्छ । अतः माथि उल्लेख गरिए बमोजिम वलिभद्र भेषधारी भएको यी वादी लक्ष्मणदाश वलिभद्रका चेला देखिँदा वलिभद्रको नाममा दर्ता रहेको १३१२ जग्गा मध्ये वलिभद्रको अंश हकको ४११ जग्गा गुठीको ११ नं. बमोजिम रामजानकी मन्दिरको नाममा गुठी कायम हुने र साविक बमोजिमको पूजा आजा लगायतका काम चलाई शेष बाँकी रहेसम्म खान पाउने गरी यी वादी लक्ष्मणदाशले चलन पाउने ठहर्छ । वलिभद्रका नाममा दर्ता रहेको १३१२ समुच्चा जग्गा गुठी कायम गरेको शुरु तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४४।१।१४ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ठहर्छ । कोर्टफी राखेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.रुद्रबहादुर सिंह,

न्या.ओमभक्त श्रेष्ठ,

न्या.केशवप्रसाद उपाध्याय,

न्या.लक्ष्मणप्रसाद अर्याल

 

इति सम्वत् २०४८ साल फागुन १ गते रोज ५ शुभम् ।