September 10, 2014
Created by nepalarchives

निर्णय नं. ९२६९ – अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री  दीपकराज जोशी फैसला मिति : २०७१।५।२५।४ 067-CI-1669   मुद्दा : अंश चलन ।...

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री  दीपकराज जोशी

फैसला मिति : २०७१।५।२५।४

067-CI-1669

 

मुद्दा : अंश चलन ।

 

पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने श्यामगोपाल श्रेष्ठको संरक्षक ऐ.. बस्ने श्रीमती इन्द्रकुमारी श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने यशोदादेवी श्रेष्ठको मु.. गर्ने ऐ.. वडा नं. ३२ पुतलीसडक बस्ने ज्योति श्रेष्ठ

 

०६८-CI-०८४२

पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने यशोदादेवी श्रेष्ठको मु.. गर्ने .. वडा नं. ३२ पुतलीसडक बस्ने ज्योति श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० बस्ने श्यामगोपाल श्रेष्ठको संरक्षक ऐ.. बस्ने श्रीमती इन्द्रकुमारी श्रेष्ठ

 

§  आफ्नो कानूनबमोजिमको अंश हकको सम्पत्ति शेषपछिको बकसपत्रको लिखत गरिदिएको स्थिति छ भने त्यस्तो अवस्थामा लिखतको अस्तित्वलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको मान्यता यथावत् रहेको मान्नुपर्ने हुन्छ र त्यस्तो बकसपत्रको लिखत बकसपत्र दिनेको मृत्यु भएपछि क्रियाशील भई त्यस्तो अंशहकको सम्पत्ति शेषपछिको बकस पाउनेमा सर्ने ।

(प्रकरण नं. )

 

वादीका तर्फबाट : विद्वान्वरिष्ठ अधिवक्ता पन्नामान तुलाधर तथा विद्वान्अधिवक्ता बच्चु खड्का

प्रतिवादीका तर्फबाट : विद्वान्वरिष्ठ अधिवक्ताहरू  हरिहर दाहाल र बालकृष्ण न्यौपाने

अवलम्बित नजिर :

§  नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२

सम्बद्ध कानून :

§  प्रमाण ऐन, २०३१ को दफा ५४

 

सुरू तहमा फैसला गर्ने : 

मा.जि.न्या.श्री शान्तिराज सुवेदी

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री ठाकुरप्रसाद शर्मा

मा.न्या.श्री टंकबहादुर मोक्तान

                  

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६७।१०।९ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य ठहर यस प्रकार रहेको :

फिरादीका बाजे जगतबहादुर गोर्खाली श्रेष्ठका तीन अंशियार छोराहरूमा जेठा कृष्णबहादुर, माहिला मेरा पिता स्व. हरिगोपाल श्रेष्ठ, कान्छा कृष्णसागर गोर्खाली श्रेष्ठ भएकोमा बाजे जगतबहादुर २०३० सालमा, बज्यै कृष्णकुमारी २०३२ सालमा परलोक भएपछि पिता तीन भाइहरूका बीच मिति २०३४।९।२५ मा अघि नै छुट्टिई चल सम्पत्ति बाँडी सकेको अचल सम्पत्तिको हकमा आशिंकरूपमा केही घर जग्गाहरू बन्डा भएको, बाँकी केही घर जग्गाहरूसमेतको अचल सम्पत्तिहरू बन्डा भएको, बाँकी केही घर जग्गाहरूसमेतको अचल सम्पत्तिहरू अबन्डा राखी बन्डापत्र भएको थियो उक्त मिति २०३४।९।२५ मा भएको घरसारको बन्डापत्र ऐनका म्यादभित्र रजिस्ट्रेसन हुनपर्नेमा म्यादभित्र पारित नभई पिताका तीन भाइछोराहरूबीच विवाद खडा भई काठमाडौं जिल्ला अदालतमा नालिस परी फैसला भई काठमाडौं जिल्ला अदालतको मिति २०३६।७।१३ को पत्रानुसार मिति २०३६।७।१३ मा .नं. २०२९ बाट काठमाडौं मालपोत कार्यालयबाट बन्डा पारित भएको रजिस्ट्रेसन मुताबिक पिता स्व. हरिगोपाल श्रेष्ठसमेतले आआफ्नो भागमा परेका जग्गा, घर अंशियारहरूले संयुक्त भोग चलन गर्दै आएकोमा जेठो बाबु कृष्णबहादुर २०३८ सालमा परलोक भई हक खाने दीपक नानीकाजी श्रेष्ठ छन् भने पिता हरिगोपाल श्रेष्ठ मिति २०४७।२।२२ मा परलोक भई विपक्षी यशोदादेवीका छोरा कोही नभई पिता हरिगोपालका तर्फबाट अंश हक खाने फिरादी श्यामगोपाल श्रेष्ठ विपक्षी यशोदादेवी श्रेष्ठसमेत अंशियार छौं भने कान्छा बाबु कृष्णसागर गोर्खाली जीवित नै हुनुहुन्छ पिता हरिगोपाल श्रेष्ठ आमा कृष्णकुमारीबीच १९९६ सालमा विवाह भई २००६ साल कार्तिक गते मेरो जन्म भएको दूधे बालक रहेको अवस्थामा २००७ सालमा आमा परलोक हुनुभयो आमा कृष्णकुमारी  मेरो पिता हरिगोपालको एकमात्र सन्तान भएको अवस्थामा विपक्षी यशोदादेवी श्रेष्ठ मेरो पिताबीच २०११ सालमा विवाह भयो फिरादी २०३८ साल माघ महिनादेखि मानसिक रोगले पीडित भई बौलाहा एवम् पागलपनको कडा रोगले ग्रस्त हुँदै गएँ पिता मिति २०४७।२।२२ मा परलोक हुनुभयो हामीहरूबीच पैतृक सम्पत्ति भाग बन्डा नभएकोमा विपक्षी यशोदादेवीसमक्ष मेरो संरक्षक श्रीमती इन्द्रकुमारी श्रेष्ठसमेत भई विपक्षीसँग बारम्बार अंश दिनुस् भन्दा अंश दिन्न जे गर्नुपर्छ गर भनेकाले विपक्षी प्रतिवादी यशोदादेवी श्रेष्ठ श्यामगोपाल श्रेष्ठ अंशियार भएको फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी भागको एक भाग अंश मलाई दिलाई चलन चलाई पाउँ भन्नेसमेत व्यहोराको श्यामगोपाल श्रेष्ठको एकाघरकी श्रीमती संरक्षक इन्द्रकुमारी श्रेष्ठको फिराद दावी

पति हरिगोपाल श्रेष्ठले आफू जीवित भएको अवस्थामा फिरादीले भनेबमोजिम पाउने अंशबापतको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० चिकमुगलको कि.नं. १०१८ को  क्षेत्रफल जग्गा सो जग्गामा बनेको तले पक्की झिंगटी छानाको घर, जग्गा दिई अंश छोडपत्र गराई मिति २०३९।४।१५ गते .नं. ३१२ को अंश छोडपत्र मालपोत कार्यालय, काठमाडौंमा पारित गरी लिइसकेको हुँदा फिरादीको फिराद दावी मउपर लाग्न सक्तैन भन्नेसमेत व्यहोराको प्रतिवादी यशोदा श्रेष्ठको प्रतिउत्तर

श्यामगोपालको काका यशोदाको देवर भएकाले छोडपत्रको कागज भएको मलाई थाहा हुनुपर्ने थिय कसरी मालपोत कार्यालयमा पास भयो, वादी श्यामगोपाल पागल भएकाले जालसाजी गरेको होला भन्नेसमेत व्यहोराको  कृष्णसागर गोर्खालीले अदालतमा गरेको बयान

जालसाजी घोषित गरी सजाय गरिपाउँ भनी दावी लिएकोमा उक्त अंश छोडपत्र कागज जालसाजी गरेको नठहरी वादी दावी झुट्ठा ठहरी आज जालसाजी मुद्दामा फैसला भएको वादीले मिति २०३९।४।१५ मा अंश बुझी लिई अंश छोडपत्रको कागज गरेको सो कागजउपर वादीको .बं. ३२ नं.बमोजिम कुनै उजुरी नपरी अंश पाएको जग्गा आफ्नो नाममा दाखिल खारेज गरी भोगसमेत गरेको देखियो वादीले बाबुसँग अंश पाई दा.खा. गरी भोगसमेत गरेको देखिँदा अंश दिलाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०५१।२।२५ को फैसला

सुरू काठमाडौं जिल्ला अदालतले वादी दावी झुट्ठा ठहर्याएको फैसलामा चित्त बुझेन आफू बसेको घर जग्गालाई अंशबापत प्राप्त गरेको घर जग्गा भोग गरेको आधार बनाउन मिल्दैन अंश जस्तो नैसर्गिक हकलाई पागलपनले ग्रसित भएको बेला छोडपत्रको कागज गराई अंश हकबाट वञ्चित गराउन मिल्दैन मुलुकी ऐन तथा प्रमाण ऐनसमेतको प्रतिकूल भएकाले उक्त फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र

मिति २०३८।१२।६ को सिफारिस मैले गरी दिएको हुँ सोमा भएको सही मेरो हो मकहाँ जाँच गर्न आउँदा निज श्यामगोपाल श्रेष्ठको मानसिक सन्तुलन ठीक नभएकाले मैले जाँच गरी भएको सत्य कुराको सिफारिस गरिदिएको हुँ भन्नेसमेत व्यहोराको डा. केशरमान मल्लले पुनरावेदन अदालतमा गरेको बयान

वादीले आफू २०३९ सालभन्दा अघिदेखि बहुलाएको भनेको सम्बद्ध प्रमाणहरूको स्रोत यथार्थताका सम्बन्धमा समेत जो बुझ्नुपर्ने बुझी ती प्रमाणहरूसमेतको मूल्याङ्कनका अधीनमा .बं. २४ नं. बमोजिम प्रतिवादीले पेस गरेको मिति २०३९।४।१५ को लिखत जालसाजी नठहरेको कारण सो लिखतउपर उजुर नपरी दाखिल खारेज गरेको भन्नेसम्मको आधारमा दावी पुग्न नसक्ने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला .बं. १८५ नं. अनुरूप नदेखिँदा उक्त फैसला बदर गरिदिएको अब वादी प्रतिवादीले दिएको प्रमाणहरूको समेत उचित मूल्याङ्कन गरी कानूनबमोजिम निर्णय हुनको लागि रूजु रहेका पक्षहरूलाई तारिख तोकी मिसिल सुरू काठमाडौं जिल्ला अदालतमा पठाइदिने ठहर्छ भन्ने मिति २०५४।५।३१ को पुनरावेदन अदालत, पाटनको फैसला

अंश बन्डापत्रको लिखत मालपोत कार्यालयले कानूनबमोजिम नै पारित गरेको भन्नेमा विपक्षी साबित भएको स्थितिमा अंश छोडपत्रको लिखत किर्ते जालसाजी, करकापबाट खडा गरेको ठहर्न सक्तैन अंश छोडपत्रको लिखत सद्दे भने दोहोरो अंश पाउने कानूनमा व्यवस्था छैन विपक्षीको अंशमा दावी लाग्न नसक्ने हुँदा पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी काठमाडौं जिल्ला अदालतको फैसला कायम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन

विधिवत् रजिस्ट्रेसन पारित भएको लिखतलाई बलियो आधारबिना मान्यता नदिनेतर्फ विचार गर्नु औचित्यपूर्ण हुँदैन रजिस्ट्रेसन पारित हुने बखतमा मानसिक अवस्था विक्षिप्त थियो भन्ने विषयमा विचार विमर्श मूल्याङ्कन नै गर्नुपर्ने भए पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १४ अन्तर्गत पुनरावेदन अदालत स्वयम्ले मूल्याङ्कन गरी  निर्णय गर्नुपर्नेमा नगरेकाले पुनरावेदन अदालत, पाटनको फैसला न्याय प्रशानस ऐन, २०४८ को दफा १४ ले कानूनी त्रुटि विद्यमान देखिँदा छलफलको लागि अदालती बन्दोवस्तको २०२ नं.बमोजिम विपक्षी झिकाउनु भन्ने यस अदालतको आदेश

मिति २०३९।४।१५ को अंश छोडपत्रको लिखत मालपोत कार्यालय, काठमाडौंबाट .नं. ३१२ मा पारित भै वादी श्यामगोपाल श्रेष्ठको नाममा दाखिल खारेज भएको मोठ स्रेस्ताको कागजात तथा वादी श्यामगोपाल श्रेष्ठको सम्बन्धमा धुलिखेल कारागार शाखा तथा मानसिक अस्पतालसमेतको कागजातको मूल्याङ्कन तथा विवेचना गरी निर्णय दिनुपर्ने अवस्था देखिन आएको न्याय प्रशासन ऐन, २०४८ को दफा १४ को खण्ड () को व्यवस्थाबमोजिम मुद्दामा इन्साफ गर्नुपर्ने प्रश्नसँग सम्बद्ध प्रमाणहरू तल्लो अदालतले बुझ्न छुटाएको रहेछ भने आफैँले बुझी निर्णय गर्न सक्ने अधिकार पुनरावेदन सुन्ने अदालतलाई भएको पाइन्छ उक्त कानूनी व्यवस्थाबमोजिम सुरू जिल्ला अदालतले बुझ्नुपर्ने प्रमाण बुझ्न छुटाएको देखिएमा स्वयम् पुनरावेदन अदालत, पाटनले बुझी फैसला गर्नुपर्नेमा पक्षलाई अनावश्यक हैरानी हुने गरी फैसला गर्न सुरू जिल्ला अदालतमा पठाउने गरेको पुनरावेदन अदालत, पाटनको फैसला नमिलेकाले सो फैसला बदर हुन्छ अब जे जो बुझ्नुपर्छ बुझी निर्णय गर्नु भनी रूजु रहेको पक्षलाई पुनरावेदन अदालत, पाटनको तारिख तोकी तारिख गुजारेको पक्षलाई सोही अदालतबाट झिकाउनु भनी मिसिल पुनरावेदन अदालत, पाटनमा पठाइदिनु भन्ने सर्वोच्च अदालतको मिति २०५९।५।१० को फैसला

सर्वोच्च अदालतको फैसलामा उल्लेख भए अनुसार तारिख गुजारी बसेका प्रत्यर्थी प्रतिवादीहरूलाई झिकाई पेस गर्नु भन्नेसमेत मिति २०६०।२।५ को पुनरावेदन अदालत, पाटनको आदेश

यसमा वादीले मिति २०३९।४।१५ मा अंश छोडपत्र पारित गरि लिँदा होस् ठेगाना नभएको भन्ने पुष्टि हुन नआएकाले अंश दिलाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको काठमाडौं जिल्ला अदालतको मिति २०५१।२।२५ को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६१।५।१ को फैसला

पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त बुझेको छैन फिरादी पारिवारिक घातप्रतिघात कारण २०३८ साल वैशाखदेखि मानसिक रोगले पीडित भै असाध्यै भएपछि तत्काल कार्यरत नापी शाखा, धादिङमा बिदा स्वीकृतका लागि निवेदन गरेको कुरा मिसिलबाट देखिएको मिति २०३८।१२।६ मा डाक्टरले जाँच गरेपछि मानसिक अस्पताल जान सिफारिस गरेको डाक्टरकै सिफारिसमा मिति २०३९।११।१७ देखि मिति २०४०।२।२५ सम्म धुलिखेल कारागारमा बसेको थिएँ पिताको मिति २०४७।२।२२ मा परलोक भएकाले बन्डा नभएका कारण अंश दिन अनुरोध गर्दा विपक्षीले अंश दिन इन्कार गरेकाले प्रस्तुत मुद्दा दायर गर्नुपरेको हो प्रतिउत्तर फिराउँदा विपक्षी यशोदादेवीले पिता हरिगोपाल गोर्खाली जीवित अवस्थामा छँदा काठमाडौं महानगरपालिका वडा नं. २० कि.नं १०१८ को सोमा भएको तले पक्की घर लिई अरूमा अंश छोडपत्र गरिदिएको भनी उल्लेख गरेबाट मात्र अंश छोडपत्रको कागजबारे थाहा हुन आएको हो सोउपर छुट्टै किर्ते जालसाज मुद्दा दायर गरी लगाउमा बसेपछि उक्त लिखत .बं. ७८ नं. बमोजिम देखाई सुनाई बयान गराई फैसला गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी फिरादीको विषयवस्तु भन्दा बाहिर गै फैसला गरिएको

उक्त लिखतमा विपक्षी सौतेनी आमा निजकै माइतीतर्फका भवानीशंकर साक्षी बस्नाले पनि उक्त लिखत जालसाज भएको प्रमाणित हुन आउँछ काठमाडौं जिल्ला, पुतलीसडक स्थित जग्गा सोमा बनेको पक्की घर तथा अन्य थुप्रै जग्गाहरू पैतृक बन्डा बाँकी रहेकोमा जग्गा सोमा भएको घर लिई बन्डा छोडपत्र गरेको भनी गरिएको उक्त लिखतका पछाडि कुनै न्यायसङ्गत आधार छैन मिति २०३९।४।१५ मा अंश छोडपत्र हुँदा वादी बहुलाएको वा पागलबाट ग्रसित भएको कुरा मिति २०३८।१२।४ नापी शाखा धादिङमा दिएको निवेदन डाक्टरको सिफारिसबाट प्रमाणित भैरहेको सो बखत गराइएको अंश छोडपत्र लिखतको मान्यता नपाउनेमा पनि सोलाई आधार मानी अंश जस्तो नैसर्गिक हकबाट वञ्चित गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा , २६ दफा ५४ समेतको त्रुटिपूर्ण हुँदा दोहोर्याई हेरी उल्टी गरी वादी दावीबमोजिम अंश दिलाई पाउँ भन्नेसमेत वादीको तर्फबाट यस अदालतमा पर्न आएको मिति २०६१।१२।१८ को निवेदन

प्रमाण ऐन,२०३१ को दफा १८ बमोजिम अदालतमा उपस्थित भै डा. केदारमान मल्लले गरेको बकपत्र एवम् अन्य साक्षी प्रमाणको मूल्याङ्कन नगरी वादी दावी पुग्न नसक्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६१।५।१ को फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ बमोजिम प्रमाणको मूल्याङ्कनले त्रुटि भएको देखिन्छ यस परिप्रेक्ष्यमा न्याय प्रशासन ऐन, २०४८ को दफा१२()() बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको भन्ने सर्वोच्च अदालतबाट मिति २०६२।११।१२ मा भएको आदेश अनुरूप पुनरावेदन दर्ता भएको

यी वादीको अंश छोडपत्र लिखत गराउँदा निजको संरक्षक नराखी विपरीत स्वार्थ भएका प्रतिवादी स्वयम् साक्षी बसेको क्रियाले मान्यता प्राप्त गर्न नसक्ने हुँदा अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराई भएको पुनरावेदन अदालत, पाटनको मिति २०६१।५।१ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरिदिएको अब वादी प्रतिवादीबीच बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी अंशबन्डाको २०, २१, २२, २३ नं. बमोजिम वादी प्रतिवादीबाट लिई कानूनबमोजिम फैसला गर्नु भनी मिसिल पुनरावेदन अदालत, पाटनमा पठाइदिनु भन्नेसमेत व्यहोराको सर्वोच्च अदालतको मिति २०६६।७।११ को फैसला

यसमा सम्मानित अदालतबाट पुनः निर्णय गर्नु भनी प्राप्त प्रस्तुत मिसिल सहितको पुनरावेदन दुनियावादी देवानी पुनरावेदन दर्ता दायरीमा दर्ता गरी मिसिल नियमानुसार गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६६।१०।१४ को आदेश

पुनरावेदक वादी श्यामगोपाल श्रेष्ठको संरक्षक इन्द्रकुमारी श्रेष्ठले पेस गरेको मिति २०६७।१।३० को  तायदाती फाँटवारी प्रत्यर्थी वादी यशोदादेवी श्रेष्ठको मु.. गर्ने ज्योति श्रेष्ठले पेस गरेको मिति २०६७।२।१८ को तायदाती फाँटवारी मिसिल संलग्न रहेको

वादीले कति अंश पाउने हो भन्नेतर्फ विचार गर्दा, सर्वोच्च अदालतको उपरोक्त फैसला अनुसार वादी प्रतिवादी दुबै पक्षबाट अंशको फाँटवारी दाखिल गराउने यस अदालतको मिति २०६७।१।७ को आदेशउपर कुनै पक्षको उजुरी नपरी सो आदेश अन्तिम भै रहेको आदेशानुसार दुबै पक्षबाट फाँटवारी दाखिल भएको अवस्था विद्यमान देखिँदा दाखिल भएका फाँटवारीबाटै वादीले भागको भाग अंश पाउने देखियो प्रतिवादीले यशोदादेवी श्रेष्ठको मु.. गर्ने ज्योति श्रेष्ठले पेस गरेको फाँटवारीमा उल्लिखित यी वादी तथा प्रतिवादीका पिता हरिगोपाल श्रेष्ठ, कृष्णसागर श्रेष्ठ चिनियाँ प्रधानसमेतको नाममा संयुक्त दर्ता रहेको भनिएको जग्गाको हकमा वादी प्रतिवादीका पिता पति हरिगोपालका अंश भागबाट वादीले अंश पाउने वादीले पेस गरेको फाँटवारीको प्रकर() प्रतिवादीले पेस गरेको फाँटवारीको प्रकरण को सम्पत्तिका हकमा प्रतिवादी यशोदादेवी श्रेष्ठको अंश भागबाट वादीले भागको भाग अंश पाउने साथै वादीले पेस गरेको फाँटवारीको प्रकर()() मा उल्लिखित सम्पत्तिको हकमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा ठहरेबमोजिम हुने देखिन आयो अतः प्रतिवादी यशोदादेवी श्रेष्ठको मु.. गर्ने प्रत्यर्थी ज्योति श्रेष्ठले प्रतिवादी यशोदादेवी श्रेष्ठबाट प्राप्त गरेको शेषपछिको बकसपत्रको हकमा सुरू काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा ठहरेबमोजिम हुने गरी वादी प्रतिवादीले पेस गरेको फाँटवारीमा उल्लिखित दर्ता प्रमाणित भएका सम्पत्तिबाट माथि उल्लेख गरेबमोजिम वादीले प्रतिवादीबाट भागको भाग अंश पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६७।१०।९ को फैसला

विपक्षी यशोदादेवीको मृत्यु भइसकेको विपक्षी ज्योति श्रेष्ठले नजिकको हकदारको हैसियतले मुद्दा दायर गरेकी छन् अंशियारको हैसियतले सकार गरेको छैन त्यस्तै गरी ज्योति श्रेष्ठले यशोदादेवीको शेषपछि बाँकी रहन आउने सम्पत्ति मात्र पाउने स्पष्ट हुँदाहुँदै यशोदादेवीको नाउँमा नरहेका सम्पत्तिहरूबाट समेत तायदातीमा उल्लेख भएका सम्पत्तिबाट विपक्षी ज्योति श्रेष्ठले भाग पाउने गरी पुनरावेदन अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेकाले बदर गरी एकमात्र अंशियार कायम गरी अंश दिलाई पाउँ भन्नेसमेत व्यहोराको वादीका तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र

विपक्षीका पतिले आफ्ना पिताबाट मिति २०३९।४।१५ मा अंश छोडपत्रको लिखतबाट कि.नं. १०१८ को जग्गा घरसमेत प्राप्त गरिसकेका छन् त्यसलाई मान्यता नदिई दोहोरो अंश पाउने गरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेकाले खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पक्षको यस अदालतमा परेको पुनरावेदनपत्र

नियमबमोजिम पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री पन्नामान तुलाधर तथा विद्वान् अधिवक्ता श्री बच्चु खड्काले, अंशियार यशोदादेवीको मृत्यु भइसकेको , बकसपत्र पाउने ज्योति श्रेष्ठले मुद्दा सकार गर्न पाउने होइन ससर्त शेषपछिको बकसपत्र भएको अवस्था हुँदा बकसपत्र पाउनेले अंशियारको स्थान ग्रहण गर्ने होइन भनी तथा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल श्री बालकृष्ण न्यौपानेले एक पटक अंश लिई अंश छोडपत्रको कागज रीतपूर्वक गरिसकेका वादीले पुनः अंश पाउने होइन मानसिक अवस्था ठीक नभएको भनी पहिले आफूले घर जग्गा उपभोग गरिसकेपछि हाल आएर अंश लिएको छैन भनी भन्न मिल्दैन अतः वादीले दुई पटक अंश पाउने गरी भएको फैसला त्रुटिपूर्ण भनी गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छैन भनी निर्णय दिनुपर्ने देखिन आयो

. यसमा यी वादी प्रतिवादीका बाबु लोग्नेको मृत्यु भई दुईजना अंशियार मात्र रहेको अवस्था देखिएको प्रतिवादी यशोदादेवीले २०४९ सालमा शेषपछिको अष्टलोह बकसपत्र गरी ज्योति श्रेष्ठलाई दिएको यशोदादेवी श्रेष्ठको मृत्युपछि ज्योति श्रेष्ठले मुद्दा सकार गरी लिएको देखिन्छ वादी श्याम गोपाल श्रेष्ठले अंश छोडपत्रको कागज गरी अंश लिई बसेको भन्नेतर्फ हेर्दा निजको मानसिक अवस्था ठीक नभएको कारण मानसिक अस्पतालमा जान मिति २०३८।१२।६ मा नै डाक्टरले सिफारिस गरेको देखिएकोबाट मिति २०३९।४।१५ मा अंश छोडपत्रको लिखत पारित गर्दा निजको मानसिक स्थिति ठीक नभएको अवस्था देखिन आउँछ यस्तो अवस्थामा अंश छोडपत्रको कागज गर्दा संरक्षकलाई रोहबरमा राखी कागज भएको पनि नदेखिएको हुँदा त्यस्तो कागजको मान्यता नहुने भएकाले त्यस्तो कागजको आधारमा निज वादीले पाउने अंशबाट वञ्चित गर्नु न्यायोचित नहुने भएको हुँदा वादीले दुई भागको भाग अंश पाउने नै देखिन्छ

. त्यस्तै गरी प्रतिवादी ज्योति श्रेष्ठलाई यशोदादेवी श्रेष्ठले आफ्नो अंश सम्पूर्ण नै शेषपछिको बकसपत्र गरी दिएको अवस्था भएको निज ज्योति श्रेष्ठले यशोदादेवी श्रेष्ठको मृत्युपछि मुद्दा सकार गरेको देखिन  आउँछ आफ्नो कानूनबमोजिमको अंश हकको सम्पत्ति शेषपछिको बकसपत्रको लिखत गरिदिएको स्थिति भने त्यस्तो अवस्थामा लिखतको अस्तित्वलाई अन्यथा प्रमाणित नगरेसम्म लिखतको मान्यता यथावत् रहेको मान्नुपर्ने हुन्छ त्यस्तो बकसपत्रको लिखत बकसपत्र दिनेको मृत्यु भएपछि क्रियाशील भई त्यस्तो अंशहकको सम्पत्ति शेषपछिको बकस पाउनेमा सर्दछ यसै सम्बन्धमा यसै सर्वोच्च अदालतबाट मथुरा चिपालु वि. मनोज चिपालु(नेकाप २०५६, नि.नं. ६७२९, पृष्ठ ३९२) भएको मुद्दामा शेषपछिको बकसपत्र दिनेको मृत्यु भएपछि निजको हक बकसपत्र पाउनेमा सर्ने भन्ने सिद्धान्तसमेत प्रतिपादित भएको सन्दर्भमा यशोदादेवीले

आफ्नो अंश अष्टलोह शेषपछिको बकसपत्र गरिदिएको निजको मृत्यु भई बकसपत्र पाउने ज्योति श्रेष्ठले मुद्दा सकार गरेको देखिएको हुँदा यशोदादेवीको अंशहकको सम्पत्ति ज्योति श्रेष्ठले पाउने नै हुन्छ

. अतः वादी प्रतिवादीका पिता पति हरिगोपालका अंश भागबाट वादीले अंश पाउने वादीले पेस गरेको फाँटवारीको प्रकर() प्रतिवादीले पेस गरेको फाँटवारीको प्रकरण को सम्पत्तिका हकमा प्रतिवादी यशोदादेवी श्रेष्ठको अंश भागबाट वादीले भागको भाग अंश पाउने साथै वादीले पेस गरेको फाँटवारीको प्रकर()() मा उल्लिखित सम्पत्तिको हकमा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा ठहरेबमोजिम हुने गरी पुनरावेदन अदालत, पाटनबाट मिति २०६७।१०।९ मा भएको फैसला मिलेकै देखिँदा उक्त फैसला सदर हुने ठहर्छ वादी प्रतिवादी दुबै पक्षको पुनरावेदन जिकिर पुग्न सक्तैन प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू

 

उक्त रायमा सहमत छु

न्या. दीपकराज जोशी

 

इति संवत् २०७१ साल भदौ २५ गते रोज शुभम्

इजलास अधिकृत : सुमनकुमार न्यौपाने