June 3, 1975
Created by nepalarchives

निर्णय नं. ९०२ – जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

निर्णय नं. ९०२            ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३०...

निर्णय नं. ९०२            ने.का.प. २०३२

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र

सम्वत् २०३० सालको दे.फु.नं. १४७

फैसला भएको मिति :      २०३२।२।२०।३

निवेदक : चितवन खैरेनी गा.पं.सहलाली बस्ने श्यामबहादुर पन्त क्षेत्रीसमेत

विरुद्ध

विपक्षी : चितवन नारायणगढ बस्ने डि.कोमलप्रसाद श्रेष्ठसमेत

मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

(१)   फैसलाबाट हुकूम कायम भएको जग्गामा बीचको मानिसले कब्जा गरी खिचोला गरेको छ भने सो व्यक्ति उपर जग्गामा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने दावीको नालिस अ.बं.८२ नं. ले लाग्न नसक्ने नहुने ।

(२)   ऐन लागाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठाउन आवश्यक नदेखिने ।

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट      : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली, अधिवक्ता कृष्णप्रसाद घिमिरे

उल्लिखित मुद्दा : (नि.नं.५८३, रणीवर वि.जानकिदत्त, दे.फु.नं. ७४ उमाकुमारी वि.सिताराम

फैसला

     प्र.न्या. रत्नबहादुर विष्ट

      १.     प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

      २.    तथ्य यस प्रकार छ : हामी रत्नकुमारी अंवा कुमारीको लोग्ने हामी श्यामबहादुर भैरबहादुरको बाबु खड्गबहादुरले ०१५।१।४।४ मा रु.५००१ मा कि.नं.१९।२०।२१ को जग्गा बिगाहा १६, २।४ श्यामकृष्णलाई बिक्री गरेको निखनाई पाउँ भन्ने मुद्दा परी हामीहरूले निखनी लिन पाउने ठहरी ०२२।२।२२ को फुल बेञ्चबाट फैसला भई निखनी ०२२।१२।३० मा बहाली पाएको जग्गा चलन गर्न जाँदा बिगाहा ६।।१।।४ सम्म भोगचलन गर्न पाई बाँकी जग्गा बिगाहा ९।।१ हाम्रो हक भोग तिरोको जग्गा हो भनी निम्न व्यक्तिहरूले निम्न लेखिए बमोजम खिचोला गरी चलन गर्न दिएनन् । हाम्रो २० नं.कित्तामा अठसट्टा श्रेस्तामा नदिई सो पूर्व ठेडके सो दक्षिण २१ नं.कित्तामा तिजकित्ता सो पूर्व पर्ति सो दक्षिण किल्ला लेखिएको छ । हाम्रो जग्गाको सडक छेउछाउको जग्गा व्यापार खातिर महत्वपूर्ण हुन आई बजारलाई नरसडक लाईनका घडेरीको लोभ लालचामा परी हाम्रो जग्गा कब्जा गरेका हुन् । निम्न दावीअनुसार गरिपाउँ भन्नेसमेत वादीहरुको फिराद दावी रहेछ ।

१.     कि.नं.२० मध्य पूर्व मोहनलाल समेतले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको त कठ्ठा जग्गामा केदारकुमारले आँपको बगैंचा लगाई पक्का घर बनाई बसेको पक्का घर बनाएमा ऐनबमोजिम गरी जग्गा चलन चलाई पाउँ ।

२.    पूर्व मुक्ति समेतले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ५ कठ्ठा जग्गामा श्यामकृष्ण र निजको भानिज मोहनलाल भई दक्षिणतर्फ बाटो खुलेको बन्द गरी बारघेर गरी टिनको छाना भएको पक्का गोदाम घर बनाउँदै रही भोगचलन गरेकाले घर हटाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

३.    पूर्व वसन्तलालले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ।द्र कठ्ठा जग्गामा श्यामकृष्णले आफ्ना भानिज मुक्तिलाल चुकेलाई उचाली निजले बारघेर गरी तरकारी घारी, गोठ बनाई भोगेकोले गोठ हटाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

४.    पूर्व श्रीधर शमशेरले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रका ५ कठ्ठा जग्गामा श्यामकृष्ण बसन्तलाल चुकेले बारघेर गरी गोठ बनाई भोगेकोले गोठ हटाई जग्गा चल चलाई पाउँ ।

५.    पूर्व जितबहादुरले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ५ कठ्ठा जग्गामा श्रीधर शमशेरले ईन्टरप्राईजेज कम्पनीको भनी पक्का घर भान्छा बनाउन थाली हालै तयार भईसकी भोगचलन गरेको सो कम्पनीको नाम नजानेको हाकिमले चलन नछाडेकोले घर उठाउन लगाई जग्गा चलन चलाई पाउँ ।

६.    पूर्व उदयकुमारले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ५। कठ्ठा जग्गामा होटलवाला जीतबहादुर, भक्त श्रेष्ठले मुद्दा पर्दा पर्दै कच्चाघर त्यसपछि पक्का घर बनाई हालै तयार भएको घरमा बसी भोगचलन गरेकोले घर हटाउन लगाई चलन चलाई पाउँ ।

७.    पूर्व तुल्सीले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको आठ कठ्ठा जग्गामा उदय कुमार, सूर्यनारायणले तारले घेरी कब्जा गरी चलन गरेकोले खिचोला मेटाई पाउँ ।

८.    पूर्व जे.वि.स्टोरवालाले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको आठ कठ्ठा जगामा तुल्सी शाहले फुसको घर बनाई खिचोला गरेकाले घर हटाई जग्गा चलन चलाई पाउँ ।

९.    पूर्व मैयाँदेवीले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको २ कठ्ठा जग्गामा जे.वि.स्टोरवाला जीतबहादुर खत्रीले कच्ची घर बनाई भोग गरेकोले घर हटाई खिचोला मेटाई पाउँ ।

१०.    कि.नं.२१ मध्ये पूर्व लक्ष्मीनारायणले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको दुई कठ्ठा जग्गामा मैयाँदेवीले घेर बेर कब्जा गरेकीले खिचोला मेटाई पाउँ ।

११.    पश्चिम मैयाँदेवीले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ३ कठ्ठा जग्गामा लक्ष्मीनारायणले हाल पक्का घर बनाई मिठाईको दोकान राखेकोले घर हटाई खिचोला मेटाई जग्गा चलन पाउँ ।

१२.   पश्चिम लक्ष्मीनारायणले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको ३ धुरमा विष्णुप्रसादले कच्ची घर बनाई भोगेकोले घर हटाई खिचोला मेटाई जग्गा चलन पाउँ ।

१३.   पश्चिम लक्ष्मी नारायणले खिचोला गरेको जग्गा र हामीले भोग गरेको जग्गासमेत ४ किल्ला भित्रको ३ धुरमा चन्द्रबहादुरले भोग गरी बसी खिचोला गरेकोले खिचोला मेटाई पाउँ ।

१४.   पूर्व बाटो समेत ४ किल्ला भित्रको ४ धुरमा बामदेवले हामीले मुद्दा जिती पाएपछि पक्काघर बनाउन लागि हाल तयार गर्दै रही बसेकोले घरबाट उठाउन लगाई जग्गा चलन चलाई पाउँ ।

१५.   पश्चिम लक्ष्मीनारायणले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको पाँच धुरमा चक्रबहादुरले पक्का घर बनाउन थाली हालसम्म तयार पार्दै रही डेरी फारमलाई भाडामा दिई भोगचलन गरेकोले घर हटाउन लगाई खिचोला मेटाई चलन चलाई पाउँ ।

१६.    पूर्व बाटोसमेत ४ किल्ला भित्रको अं.१ कठ्ठामा खनपनारान, ज्ञानबहादुर श्रेष्ठले हालै घर तयार गरी बसेकोले घर उठाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

१७.   पूर्व बाटोसमेत ४ किल्ला भित्रको अं.१ कठ्ठामा टेकबहादुरले कच्चि घरसमेत बनाई बसेकोले ऐ.ऐ.।

१८.   पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.३ कठ्ठामा चन्द्रमानले हाल कच्चि घर तयार गरी बसेकोले ऐ.ऐ.।

१९.    पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.१ कठ्ठामा लक्ष्मीनारान नोछुले हाल फुसको घर बनाई बसेकोले ऐ.ऐ.।

२०.   कि.नं.२० मध्ये पूर्व बाटोसमेत ४ किल्ला भित्रको अं.६ कठ्ठामा सूर्यनारायण पियाले तारले घेरी पक्का घरको जग्गा बनाई जग्गामा बाली लगाई भोगचलन गरेकोले खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२१.   पूर्व बाटोसमेत ४ किल्ला भित्रको अं.५ कठ्ठामा गणेशजङ्ग बुद्धिजङ्ग रायमाझीले पक्का गोदाम घर बनाउन लगाई हालै तयार गरी भोग गरेकोले घर हटाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२२.   पूर्व बाटो समेत ४ किल्ला भित्रको अं.५ कठ्ठामा सूर्यनारायणले तारले घेरी भोगचलन गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ ।

२३.   पूर्व सूर्यनारायण गणेशजङ्गसमेतले खिचोलाको जग्गासमेत ४ किल्ला भित्रको अं.बिगाहा १ मा.डि.कोमलप्रसादले हाम्रो नम्बरी भनी खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ ।

२४.   कि.नं.२१ मध्ये पूर्व सूर्यनारायणले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको अं.३ कठ्ठामा उपेन्द्रलाल, माणिकलाल श्रेष्ठले कच्चि घर हालै तयार पारी पक्का घरको जगसम्म बनाई भोगचलन गरेकोले घर उठाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२५.   पूर्व सूर्यनारायणले खिचोला गरेको जग्गासमेत ४ किल्ला भित्रको अं.५ धुरमा धर्मश्रेष्ठले कच्चा घर हालै तयार पारी खिचोला गरेकोले ऐ.ऐ.।

२६.   पूर्व नारायणगढको घोलसमेत ४ किल्ला भित्रको अंं.बिगाहा ३ मा सूर्यनारायण चामुनारानहरूले हकसफा मुद्दा चल्दा चल्दै मिल घर गोदाम घर समेतको पक्का घर बनाउँदै हालै तयार भई भोगचलन गरेको हाम्रो नम्बरी भएकोले घर हटाउन लगाई खिचोला मेटाई जग्गा चलन चलाई पाउँ ।

२७.   पूर्व नारायणगढको घोलसमेत ४ किल्ला भित्रको अं.१।। बिगाहामा भक्त श्रेष्ठले पक्का घर बनाउन थाली हालै तयार पारी मेरो नम्बरी भनी खिचोला गरेकोले ऐ.ऐ.।

      ३.    निम्न दफाहरूमा लेखिएका सालमितिदेखि हामीहरूले भोगचलन गरी घर बनाई बसी आएकोमा घर बनाउनेको ६।२१ जग्गा मिच्नेको १८ नं. को म्याद भित्र उजूर गरी सफाई लिन सकेनन् । हामीले पर्ति जमीन आवाद बसोबास भोग गरिरहेको राप्ती दुनजग्गा बिक्री वितरण कमिशनबाट हाम्रा बसोबासको तथ्याङ्कनसमेत लिई नापी २० सालमा हाम्रा नाममा दर्ता गरी दिने निर्णय गरी आवाद गरेकै सालदेखि तिरो तिर्ने गरी दर्ता भएको हो नापीसवालका ३५ दिन म्याद भित्र र नागरिक अधिकार ऐनको म्याद भित्र उजूर गरी हाम्रा दर्ता बदर गराउन किन सकेनन् हुँदै नभएको ठेडेकेको उत्तर तर्फ साँध देखाई हाम्रा जग्गामा झुठ्ठा दावी गरेका हुन भन्ने समेत समुह जिकिरका साथ वादी दावीको निम्न दफाहरुमा निम्न प्रतिवादीहरुको निम्न लेखिएबमोजिम प्रतिउत्तर जिकिर रहेछ ।

१.     ९६ साल देखि आई पक्का घर समेत गराई बसेको घरवारीमा बगैंचा समेत लगाएको ८।१३।।। जग्गा मेरो हो कमिसनबाट मेरो नाममा नापी नक्सा भएको छ भन्नेसमेत केदारकुमार ।

२.    कठ्ठा ७ पर्ति हुँदा १६ सालदेखि आवाद गरी ३ कठ्ठामा घर बनाई भोग गरी आएको मेरो हो म पहाड गएको विरामी भएकोले पर्ति मूल्य लिई दिई कमिशनबाट पूर्जी लिन बाँकी रहेको छ भन्ने समेत मोहनलाल श्रेष्ठ र मेराउपर झुठ्ठा दावा गरेको भन्ने श्यामकृष्ण ।

३.    वादीले दावी गरेको जग्गा घर दाजु बसन्तलालको हो यथार्थ विवरण उहाँबाटै हुने हुँदा मैले भन्नु केही छैन भन्ने सुवितलाल चुके ।

४.    कठ्ठा ४,२ पर्ति हुनाले १६ साल मैले आवाद गुलजार गरी पक्कि छर बनाई भोग गरेको छु कमिशनबाट २१ सालमा बसोबास कायम भई तथ्याङ्क र नक्सा समेत भएको छ बेरामी भई चलानी पूर्जि लिन पाएको छैन भन्ने वसन्तलाल चुके ।

५.    कम्पनीको नाम नजानेको हाकिमले हामीलाई चलन गर्न नदिएको भन्ने दावीमा लेखिएको हुनाले निज हाकिमको नाउँमा नालेस गरे हुनेमा मेरो नाममा नालेस गरेकोले फुर्सत पाउँ भन्ने श्रीधर शमशेर ।

६.    जग्गा कठ्ठा ३।।।४ चेतनारायणको हक भोगको हो वादी दावीको साथ मिल्दैन मेरो नाममा जग्गा घर छैन १४ साल देखि चेतनारानका कठ्ठा ३।।।४ र पूर्व श्रीनारानको पक्किघर पश्चिम चेतनारानहरुको घरबास जग्गा छैन भन्नेसमेत जीतबहादुर  पिया ।

७.    यो दफाको दावीका घर घडेरी जग्गा छुट्टि भिन्न भएको भतिजा श्रीनारान र भाइ पञ्चकुमारले आवाद गुलजार गरी पक्कि घर बनाई कमिसनबाट प्रतिमूल्य तिरी चलानी पूर्जिसमेत पाई दर्ता भई तिरो तिरी भोगचलन गरेको छु भन्ने उदयकुमार पिया ।

८.    दावीको ४ किल्ला भित्रको जग्गा मेरो नाममा दर्ता समेत केही छैन पूर्व पश्चिम दक्षिण कमलप्रसादको घरबास जग्गा उत्तरसडक पर्ति ४ किल्ला भित्रको धूर ७ जग्गा मेरो भाइ पुष्पबहादुरको नाममा दर्ता भई घरबास गरी भोग गरेको छु भन्ने तलसी साहु ।

९.    मेरो अघि देखिको घरबास कमिसनबाट मेरो नाममा कठ्ठा १।। भएकोमा २० सालमै घर बनाई टिनको छाना राखी तयार भएको छ भन्ने जीतबहादुर क्षेत्री ।

१०.    १५ सालमा मैले आवाद गरी जग्गा कठ्ठा १,३ कमिशनले तथ्याङ्क लिई नापी नक्सा समेत गरी ०२२।११।१३ मा नं. १० मा मेरो नाममा दर्ता छ भन्ने मैयाँ  देवी ।

११.    बाबु चन्द्रलालको नामबाट नाप जाँच भई धूर ६ भएको कमिशनबाट बाहाली लिई पक्कि सिमेन्टको भवन २३ साल चैत्र १ गते सम्पन्न भई होटल राखेको छु भन्ने लक्ष्मीनारान श्रेष्ठ ।

१२.   कमिशबाट तथ्याङ्क नापी नक्सा हुँदा १०।। धुर भएको जग्गा १८ साल देखि धूरी खडा गरी बसेको पहिले कच्चि घर भएकोमा पछि पूर्जि पाइसकेपछि सिमेन्टीका घर समेत बनाएको भन्ने वामदेव ।

१३.   प्रति हुँदा १८ सालमै मैले आवाद गरी धुरी खडा गरी बसेको कमिशनबाट तथ्याङ्क लिई नापी नक्सा गरी प्रति मूल्य बैङ्कमा जम्मा गरको विरामी भई पहाड गएकोमा पूर्जि लिन बाँकी रहेको धुर १८ मेरो बासोबास भएको फुसको घर बनाई भोगी आएको छु भन्ने चक्रबहादुर ।

१४.   १८ धुर म तपनारानका र १,३ ज्ञानबहादुरको हो वादीको ४ किल्ला र जग्गाका अंक समेत मिल्दैन उक्त घर बारीमा १९ साल देखिन पक्कि घर बनाई बसोबास गरी आएको जग्गा हो भन्ने तपनारान ज्ञानबहादुर ।

१५.   १,७ऽ।। जग्गा मेरो हो वादीको ४ किल्ला लेखाईमा पश्चिम किल्ला मेल खादैन १९ साल देखिन मेरो घरबास छ भन्ने टेकबहादुर ।

१६.    १ऽ२।। मैले बसोबास गरी१९ साल देखि घर बनाई बसेको छु भन्ने चन्द्रमान कर्माचार्य ।

१७.   कि.नं.२३ मध्येको जग्गा विगाहा १,२ मैले डि.कमलप्रसादसँग राजीनामा गरी लिई ऐ मध्येबाट बीचको कठ्ठा ३।। मैले पनि बुद्धिजंगलाई राजीनामा गरिदिएको बाँकी मेरो हकको जग्गा बुद्धिजंग देखि उत्तर पश्चिम केही जग्गामा पक्का घरको जग्गा समेत राखेको र उत्तरतर्फ बुद्धिजंग देखि दक्षिणको जग्गा मेरै चलन भोग भई दखिन सडक लाईनमा पक्कि घर २ समेत बनेको हुँदा हाम्रो भन्ने वादी झुठ्ठा हो भन्ने सूर्यनारान पिया ।

१८.   यो दफाको कित्तामा सूर्यनारानको प्रतिवादीमा प्रष्ट उल्लेख भएको ।

१९.    ०१५ साल अघि देखि घरबास गरी आएको मेरो नाममा दर्ता भएको ऽ३।।।४ कित्ता १ र कठ्ठा ६ को कित्ता १ समेत मेरो हो वादी दावीको ४ किल्ला मिल्दैन २००५ सालमा जि.कालिदासबाट भर्ता पर्तामा पाई मेरो नाममा दर्ता भोग भई रहेको नं.२३ को जग्ग विगाहा २।।।२ऽ४ हो त्यसमध्ये सूर्यनारानलाई जग्गा विगाहा १ऽ२ राजीनाम दिएको छु भन्ने डि.कोमलप्रसाद ।

२०.   कठ्ठा १,३ जग्गा मध्ये रमाकान्तलाई ९ धुर जग्गा राजीनामा पास गरिदिएको बाँकी १४ धुरमा १९ साल देखि घरबास गरी रहेको छु कमिशनबाट नापी दर्ता पनि भएको छ । वादी दावीमा किल्ला मिल्दैन भन्ने माणिकलाल श्रेष्ठ कठ्ठा ऽ१।।२ को १ कित्ता धुर ६। एक कित्ता १६।१८ साल देखि आवाद बसोबास गरी कमिसनबाट ०२० सालमा तथ्याङ्क भई चलनी पाई कठ्ठा ऽ१।।२ मा फुसको घर र धुर ६। मा पक्कि जग लगाई घर बनाउँदै रहेको मेरो जग्गा हो धुर १० बदनलालले धुर १० कृष्णधरले लिई घरबास गरी बसेको छ भन्ने उपेन्द्रलाल ।

२२.   अं.६ धुर जग्गामात्र हो वादी दावीको किल्ला मिल्दैन २० सालदेखि घरबास गरी बसि आएको छु भन्ने धर्म श्रेष्ठ भनेको बमैलाल खड्गी ।

२३.   मिल बनेकोसमेत जग्गा ७९ सालको नापीमा गुमानसिंका नाममा दर्ता भएको कि.नं.२६ को जग्गा निजबाट तारानाथको हक तारानाथबाट सूर्यनारानको दाजु कोमलप्रसादले राजीनामा पास गरी लिई हक हुन आएको उद्योग विभागबाट मिल दर्ता भई मिल राखेको हो २६ नं. को साथ पुरानो थारसौ पश्चिम टेकनाथको उत्तर खड्रै छ भन्ने समेत सूर्यनारान पिया ।

२४.   ०९ सालको नम्बरी टेकनाथको दर्ता कि.नं.२७ र नरबहादुरको दर्ता कि.नं.२८ को हो दर्ता पर्ताबाट काका विलबहादुर पियाले सकार गरी तिरो भोग गरी आएको जग्ग हो वादीको २१ नं. को होइन भन्ने केदारकुमार समेत र जग्गा खाने कमाउने विलबहादुर समेतका नाउँमा नालेस नगरेको वादीका २१ नं. को हाम्रो जग्गा देखि पश्चिम साँधमा डि.कमलप्रसादको र सूर्यनारान बुद्धिजंग समेतको पुरानो २३ नं. को तिरो चलिरहेको ९ सालको नम्बरी जग्गा भई सो पश्चिम पट्टि वादीको छ भन्ने भक्तकुमार । वादी दावीको १२ दफाको कलमको विष्णुप्रसाद १३ दफाको कलमको चन्द्रबहादुर १९ दफाको लक्ष्मीनारान नोछु २१ दफाको गणेश जंग बुद्धिजंग रायमाझीहरुले म्यादै गुजारी प्रतिवादी नदिएको ।

      ४.    खडगबहादुरबाट राजीनामा लिई मैले भोगी आएको जग्गा सर्वोच्च अदालतबाट हक निखन्न पाउने ठहरी अन्तिम निर्णय भएको साल देखि श्रेस्ताबमोजिम पाएको जग्गा मैले भोग छाडी सकेको थिएँ हाल मैले कुनै जग्गा पनि भोगेको छैन भन्ने श्यामकृष्णको बयान । प्र.डि. कोमलप्रसादले ०५ साल जितबहादुरले १४ साल भक्त श्रेष्ठले ११ सालमा सूर्यनारानले १० सालमा र १९ सा. नम्बरी जग्गाहरु लिई घरबास समेत गरी मिलघर समेत बनाई भोगी आएको अरुले २०।९।१९ को रा.दु.ज.वि. कमिशनका निर्णयानुसार दिइएको तथ्याङ्कबाट १० साल भन्दा अगावै देखि लेखिएको जग्गाहरुमा घर बनाई बसोबास गरी भोगी आएको प्रतिवादी कसैले पनि श्यामकृष्णबाट हक छुटाई लिएको सबूद गुजार्न नसकेकोबाट र प्रतिवादीहरुको जग्गामा रा.दु.ज.दि.व्य.ऐन, २०२५ को दफा १२ को उपदफा १ (क) र (घ) अनुसार लेखिएबमोजिम भोग बसोबास देखिँदा लेखिएको प्रतिवादी उपरको वादी दावी कानूनी हदम्याद भित्रको देखिँदैन निखन्न पाउँ भन्ने मुद्दाबाट निखन्न पाउने ठहरेको जग्गा चलन गर्न जाँदा चलन गर्न नपाएकोमा उसैबखत चलन चलाई दिने अड्डाले सोही व्यहोराको कागज गराई चलन गर्न नदिनेहरुलाई पक्री अड्डामा बुझाउनु पर्छ भन्ने दण्ड सजायको ४३ नं.३ दफामा उल्लेख भएअनुसार चलन गर्न नदिनेका हकमा भए गरेको छ भन्ने सबूद पेश गर्न नसकेको कतिपय प्रतिवादीहरुले पक्कि घर बनाइने तर्फ मुख मिलेको ती प्रतिवादीउपर सो बनाइएको घरसमेत उठाई पाउँ भन्ने कोर्टफी नरहेको घर दावी तर्फ केही नबोली जग्गातर्फ मात्र बोल्नु पनि अ.बं.७२ नं. ले कानूनीधित्त नहुने निखनी पाउँ भन्ने मुद्दासँग सम्बन्धीत व्यक्तिहरुका उपर अ.बं.८२ नं. ले हक दायित्व देखिन नआएको प्र.श्यामकृष्ण बाहेक अरुका हकमा चलन चलाइपाउँ भन्ने तर्फ अ.बं.८२ जग्गा खिचोलातर्फ ज.मी.को १८ घरतर्फ घर बनाउनेको ११ नं. को हकम्याद भित्रको उजूरी नदेखिएको समेत हुँदा खारेज हुने र श्यामकृष्णको हकमा खिचोला गरे भन्ने दावी सर्वोच्च अदालतको ०२२।२।२२ को फैसला अनुसार ज.मि.को १८ नं.ऐनको म्याद भित्र देखिन आए तापनि निजले जग्गा भोग गरिरहेको छ वा छैन भन्ने कुरा निजको प्रतिवादीमा प्रष्ट नखुलेतर्फ बयान गराउँदा वादी दावीको जग्गा भोगी आएको छैन भनी बयान गरेको बारे निजउपर वादीहरुको झुठ्ठा उजूर गरेको ठहर्छ भन्ने समेत राप्ती दून विकास क्षेत्रको जग्गा विक्री वितरण कमिशनको ०२६।५।१६।२ को फैसला ।

      ५.    सो उपर चिक्त बुझेन भन्ने वादीहरुको पुनरावेदन ।

      ६.    प्रतिवादी लेखाइबाट १९।२० साल देखी घर बनाई बसेको भन्ने र गोदाम बगैंचा कम्पाउन्ड मिल आदि बनी भोगचलनमा रहेको भन्ने समेत लेखिएको देखिएको र वादीले पनि आफ्नो फिरादपत्रमा घर बनाएको हो भन्ने कुरा स्वीकारै गरेको देखिन्छ र घर बनाउनेको ११ नं.मा जग्गा मिची घर बनाएकोमा घर तैयार भएको मितिले १ वर्ष भित्र नालेस नदिए लाग्न सक्तैन भन्ने उल्लेख भएको तर वादीले आफ्नो फिरादपत्रमा घर तयार भएको साल मिति किटान गरी हदम्याद भित्र भन्न र सो कुराको सबूद दिन पेश गर्न वादीले सकेको मिसिलबाट देखिन आएन । नक्सा हेर्दा नारायणी नदी गंगा देखी पूर्व पट्टि र प्रतिवादीहरुको घरहरु देखि दक्षिणतर्फ प्र.नं. ६८ मा वादीहरुको जग्गा भन्ने लेखिएको देखिन्छ किल्ला पनि सो न.नं. ६८ मा नै मिल्न आएको देखिन्छ र नदीसँगै वादीको जग्गामा कुनै विवाद छैन न.नं.१७।६३ को ठेडकै को कित्ता देखि दक्षिण नदी पूर्वको वादीको दर्ता मिलानको जग्गामा पनि कुनै विवाद नक्साबाट देखिएन, वादीको दावी गराई चलन चलाई पाउँ भन्ने तर्फ निखनाइ पाउँ भन्ने मुद्दासित सम्बन्धीत व्यक्तिहरुकाउपर अ.बं. ८२ नं. ले हक दायित्व देखिन नआएकाले समेत चलन चलाई पाउँ भन्ने तर्फ अ.बं. ८२ जग्गा खिचोला तर्फ ज.मिको १८ घर बनाउनेको ११ नं. बमोजिम श्यामकृष्ण बाहेक अन्य प्रतिवादी उपरको उजूरी हदम्याद नाघेको देखिँदा खारेज हुने र प्रतिवादी श्यामकृष्ण उपर खिचोला गरे भनी दावी गरेको पनि ठहर्ने सबूद नहुँदा सो कलममा वादीले झुठ्ठा दावी गरेको ठहर्छ भन्ने समेत राप्ती दून विकास क्षेत्रको जग्गा बिक्री वितरण कमिटीले गरेको इन्साफ मुनासिव छ भन्ने ०२७।८।२९।२ को डिभिजन बेञ्चको फैसला ।

      ७.    प्रस्तुत मुद्दा दोहर्‍याई दिने बारे बक्स भएको हुकूम प्रमांगीमा उद्धृत न्यायिक समितिको सिफारिस व्यहोरामा फुल बेञ्चबाट ०२२।२।२२ गते वादीहरुले निखन्न पाउने ठहरी फैसला भई ०२२।१२।३० मा बहाली पाएको र सो फैसलाबमोजिम जितिपाएको जग्गामा चलन छाडी नदिई खिचोला गरे चलन चलाई पाउँ भनी प्रस्तुत मुद्दाको फिराद ०२३।१२।२३ मा दायर भएको देखिएकोले घर बनाउनेको ११ नं.बमोजिम १ वर्ष भित्र निवेदक वादीले उजूर गर्नु पर्ने अवस्था छैन किनकी फुल बेञ्चबाट ०२२।२।२२ मा निखन्न पाउने ठहरेपछि मात्र कि.नं.१९।२०।२९ को जग्गामा वादीहरुको हक पुग्न आयो त्यस अघि वादीहरुलाई हक प्राप्त भइसकेको थिएन र त्यसतो उजूर गर्ने निजलाई उसबखत प्रयोजन गर्न पनि होइन घर बनाउनेको ११ जग्गा मिच्नेको १८ नं. को हदम्याद भित्र प्रस्तुत मुद्दाको नालेस नपरेको भन्ने प्रश्नै उपस्थित हुन आउँदैन निखनाई पाउँ भन्ने मुद्दा सँग सम्बन्धीत वा असंबन्धीत जे जस्ता व्यक्तिहरु हुन निखन्न पाउने ठहरेको जग्गामा चलन नछाड्ने जतिको उपर वादीले दावी गर्न पाउनेमा दुवै पक्षको सबूद प्रमाणको मूल्याङ्कन गरी ठहरेबमोजिम इन्साफ गरी दिनु पर्ने प्रस्तुत मुद्दामा अ.बं. ८२ नं. ले हकदैया नपुग्ने भनी खारेज गर्नु न्यायोचित देखिँदैन । सबै कुरा प्रष्ट देखिने गरी नखुलेको नक्सालाई आधार मानी ठहर निर्णय गर्न उचित देखिँदैन भन्ने समेत उल्लेख भएको ।

      ८.    जितबहादुरको प्रतिवादीमा खुलाएको चेतनारान, उदयकुमारको प्रतिवादीमा खुलाएको श्रीनारान, पञ्चकुमार, तुलसीसाहुको प्रतिवादीमा खुलाएको पुष्पबहादुर, सुर्यनारान प्रतिवादीमा खुलाएको बुद्धिजंग भक्तकुमारको प्रतिवादीमा खुलाएका विलबहादुरहरुलाई अ.बं.१३९ नं.बमोजिम पेटबोलीबाट बुझ्ने र अर्काे नक्सा गराउने दुवै पक्षको साक्षी बुझ्ने समेत ०३०।६।९।३ को फुल बेञ्चबाट आदेश भएको ।

      ९.    ऽ३।।।४ जग्गा १४ सालमा आवाद गरी सोही सालमा फुसको घरसमेत बनाई रा.दु.ज.वि.कमिसनले पूर्जि दिई १।१ मेरो नाममा दर्ता छ अरु प्रमाण जोशी इन्द्रलालको हो भन्ने चेतनारानको बयान ।

      १०.    ऽ।।।१ जग्गा दाजु चेतनारानले मलाई रु.९९। मा राजीनामा दिएकाले मेरो नाममा दर्ता छ भन्ने इन्द्रलालको बयान ।

      ११.    ऽ१।१ जग्गा दाजु चेतनारानले दानपत्र गरी दिई ३३ सालमा पक्कि घर बनाई भोगेको छु भन्ने प्र्रभातकुमारको बयान ।

      १२.   १३।१४ साल देखि आवाद गरी कमिशनबाट पूर्जि पाएको पहिले कच्ची घर र २० सालमा पक्कि घर बनाएको छु भन्ने श्रीनारानको बयान ।

      १३.   २० साल देखि पक्की घर समेत बनाई बसोबास गरेको २२।११।१३ मा कमिशनबाट पूर्जि पाएको छु भन्ने पञ्चकुमारको बयान ।

      १४.   (धुर जग्गा) २२।११।१३ मा कमिशनबाट पूर्जि पाई भोगेको छु भन्ने पुष्पबहादुरको बयान ।

            १५.   सूर्यनारानबाट ३। कठ्ठा जग्गा २० साल आषाढमा राजीनामा लिई सोही सालमा पक्कि घर बनाई बसेको छु भन्ने समेत बुद्धिजंगको बयान ।

            १६.    ७९ सालको नम्बरीको कि.नं.२८ उकास हुँदा जग्गा विगाहा ५ चानचुन जीहर्ष खनालले १५।१।१५ मा बहाली दिई तिरो चलाई भोगचलन गरी आएको छु १४ सालमा पक्कि एक तले घर समेत बनाएको छु भन्ने विलबहादुरको बयान ।

            १७.   उपरोक्त ०३०।६।९।३ का फुलबेञ्का आदेश बमोजिम ०३१।८।२१।६ मा पुनः अर्काे नक्सा भएको र म्यादमा हाजिर भएका साक्षीहरुको बकपत्र पनि भएको ।

            १८.   वादीतर्फको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले लेख कानूनी रुपमा हक स्थापित भएपछि ऐनको हदम्याद भित्र मेरो पक्षहरुले उजूर गरेको छैन त्यसकारण हदम्याद नाघेको भनी डिभिजन बेञ्चले खारेज गरेके मिलेको छैन हाल भएको नक्सामा मेरो पक्षको दावीको कित्ताको ४ किल्ला भिडाउँदा न.नं.१० देखि ३७ सम्म न.नं.३८।३९।२०० न.नं.१ देखि ९ सम्म न.नं.१३८ देखि १५१ सम्मका कित्ताहरु मेरो पक्षको दावीको कि.नं.२०।२१ को जग्गालाई प्रतिवादीहरुले मिची जवरजस्ती घर बनाएको प्रष्टै देखिन्छ सो कित्तामा साँध लेखिएको ठेडकेको १७ नं.कित्ता नं.८० देखि १२९ सम्म उत्तर तर्फमै कि.नं.२० मा ठेडकै सो दक्षिण भन्ने किल्ला लेखिएकोमा हाल नक्सामा ठेड्कैको जग्गा दक्षिणतर्फ देखाउन लगेबाटै मेरो पक्षको जग्गामा झुठ्ठा दावी गर्न गएको समेत हुँदा मेरो पक्षको दावी कायम हुनुपर्छ भन्ने समेत प्रतिवादीहरु तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले वादीको कि.नं.२ को जग्गा न.नं. १८८।४३।४२।४१।४०।२००। ४४।१८।१८६ को र कि.नं.२१ को न.नं.३८।३९।१९१ मात्र हो दर्ताको किल्ला यिनै किल्लाहरुमा भिड्छ कि.नं.२० को साधँमा लेखिएको ठेडके न.नं.१९० को हो वादीको जग्गा मिची मेरो पक्षहरुले घर बनाएकोसमेत हैनन आफ्नो केही जग्गा नदिई लेखाई चालु पूर्जा हुन गएकोलाई छाडी मेरो पक्षको जग्गामा झुठ्ठा दावी गर्न आएको नक्साले प्रष्ट बताउँछ भन्ने समेत र प्रतिवादी तर्फबाटै विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले निखनाई पाउँ भन्ने मुद्दामा फैसला भई हक स्थापित भए पछि मात्र नालेस गर्न हदम्यादको गणना हुने भन्ने हो भने पनि फैसला भएको मितिले घर बनाउनेको ११ नं. को म्याद भित्र उजूर परेको छैन धेरै जनाले छुट्टा छुट्टै जग्गा मिची घर बनाए भन्ने समेत कुरामा अ.बं.७२ नं. ले एउटै नालेस लाग्न पनि सक्तैन नालेस खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

            १९.    यसमा डिभिजन बेञ्चले हदम्याद नाघेको भन्ने आधारमा निर्णय गरेको देखिएकाले नालेस गर्ने हदम्याद बारेमा कुन मिति देखि सुरु भई कति म्याद हुने हो भनी विचार गर्दा डिभिजन बेञ्चको फैसलामा अ.बं.८२ जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं.प्रयोग गरेको देखियो, वादीले पनि फिरादपत्रमा हदम्याद बारे जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं.उल्लेख गरेको देखियो । प्रस्तुत मुद्दामा ज.मि.को १८ नं.घर बनाउनेको ११ नं. को हदम्याद सुरु हुने मिति र अवधि कायम गर्नु पर्ने देखिन आयो ।

            २०.   यो मुद्दा दायर हुन भन्दा अघि वादीहरुले प्रतिवादी श्यामकृष्ण उपर हक निखनाई पाउँ भनी फिराद गरेको मुद्दा २०१५ सालमा सुरु भई ०२२।२।२२ मा फुल बेञ्चबाट अन्तिम किनार भएको मिसिलबाट देखियो । सो अवधि भित्रको झगडा परेको अवस्था हुने नै हुनाले त्यस अवस्थामा झगडा परेको जग्गालाई एकरुपबाट अर्काेरुपमा एकाको हकबाट अर्काको हकमा वा चलनमा हेरफेर गरेको छ भने त्यो सदर गर्न मिल्ने देखिँदैन किनभने फिराद परेको अवस्थामा विवादास्पद बस्तुको रुप हक वा चलनमा विचार हुँदा हुँदै अदालतले पुग्ने निष्कर्षलाई अर्कोतिर पन्छाउन सक्ने हुनाले त्यसतो रुपान्तरहरुलाई अदालतले मान्नु उचित हुँदैन ने.का.प.२०२८ भाग १३ अङ्क १ मा प्रकाशित नि.नं. ५८३ रणवीर विरुद्ध जानकीदत्तको जग्गा मुद्दामा पर्दापर्दैको बीचमा दर्ता गराएकोलाई प्रमाणित मान्न नमिल्नेसमेत २०२७।६।८ को फुल बेञ्चबाट र दे.फु.नं. ७४ उमाकुमारी क्याल विरुद्ध सिताराम क्याल समेतको अंश मुद्दामा अंशमा मुद्दा पर्दापर्दै बीचमा अरु अंशियारहरुसँग अंश गरी बण्डापत्र खडा गरिएकोलाई मान्यता दिन नमिल्नेसमेत ०२७।१।२२।३ को फुल बेञ्चबाट निर्णय भएको पनि देखियो । अदालतमा मुद्दा परी राखेकै अवस्थामा विवाद बस्तुको रुपान्तर गरिएको भन्ने कुरामा मुद्दा किनारा भई हक कायम नभएसम्म अ.बं.८२ नं. ले उजूर लाग्न नसक्ने अवस्थामा पर्न आउने र मुद्दा किनारा भएपछि उजूर गर्न नपाउने भएमा अदालतको फैसला निष्क्रिय हुन जाने समेत हुनाले डिभिजन बेञ्चको तर्क अनुसार जग्गा कब्जा गरेको घर तयार भएको मितिबाटै जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं. को हदम्याद सुरु हुने भन्न मिल्ने देखिँदैन दे.फु.नं.१२४ पार्वती गुरुङ्ग विरुद्ध चन्द्र सिं कुयरको जग्गाखिचोला मुद्दामा पनि हदम्यादसम्बन्धी यस्तै प्रश्न उठेकोमा ०३०।३।२९ को फुल बेञ्चबाट निर्णय हुँदा पहिले परेको रिट निवेदनमा ०२२।७।२२।३ को फुल बेञ्चबाट निर्णय भएपछि जग्गामा खिचोला उठाएको पनि जग्गा पजनीको १७ जग्गा मिच्नेको १८ नं. को म्याद भित्रै नालेस परेकोमा हदम्याद नाघेको भन्ने प्रश्न उठ्न नसक्ने समेत सिद्धान्त कायम भएको समेत हुँदा प्रस्तुत मुद्दामा जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं. को हदम्याद शुरु हुने मिति र अवधि निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट अन्तिम निर्णय भएको ०२२।२।२२ नै कायम हुने देखिन्छ । जग्गा चलन चलाई पाउँ भन्ने कुरामा निखनाई पाउँ भन्ने मुद्दासँग असम्बन्धित व्यक्ति उपर अ.बं.२८ नं. ले उजूर लाग्न नसक्ने भन्ने डिभिजन बेञ्चको तर्कको हकमा फैसलाबाट हक कायम भएको जग्गामा बीचको मानिसले कब्जा गरी खिचोला गरेको छ भने सो व्यक्ति उपर जग्गा खिचोला मेटाई चलन चलाइपाउँ भन्ने दावीको नालेस अ.बं.८२ नं. ले लाग्न नसक्ने हुँदैन, झगडा परी राखेको अन्तिम फैसला भएको मितिले जग्गा मिच्नेको १८ घर बनाउनेको ११ नं. को हदम्याद शुरु हुने कुरा माथि व्यक्त भई सकेको छ त्यसकारण निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट अन्तिम फैसला भएकोमा उक्त ऐनको म्याद भित्रै नालेस परेको जति कलममा हदम्याद नाघेको समेत भनी डिभिजन बेञ्चले खारेज गरेको मिलेको देखिएन ।

      २१.   प्रस्तुत मुद्दा फुल बेञ्चबाट फैसला गर्न नमिल्ने भन्ने प्रतिवादीतर्फबाट उठाइएको तर्कमा ऐनको उल्लेख गरी खारेजी ठहर गरेको र कुनै कलममा हार जित गरेको व्यहोरा डिभिजन बेञ्चको फैसलाबाट पनि देखिएको छ, कार्यविधी ऐनको सिलसिलाले खारेज भएकोमा तल्लो अदालतको राय प्रकट हुन नपाउने हुनाले इन्साफ के हुने हो भनी तल्लो तहमा पठाउने निर्णय मुनासिव हुन आउँछ तर ऐन लगाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठाउन आवश्यक देखिँदैन ।

      २२.   वादीको फिरादमा १९।२०।२१ नं. को कित्ता हक सफा गरी लिएको भनी लेखेको लाई निर्विवाद रहेकोले प्रतिवादीहरुको विरोधबाट कुन ठाउँमा सो जग्गा रहेको छ भनी यकिन गर्नु परेको छ । दर्ताको जग्गा यकिन गर्नलाई सर्वप्रथम दर्तामा लेखिएको किल्ला लाइन भिडाउनु पर्छ यदी किल्ला छैन या जस्तो भिडाउन मिसिलको रोहबाट कुनै बाधा पर्छ भने भोगको नाताले साँध कायम गर्नुपर्छ प्रस्तुत मुद्दामा ७९ सालको नापीको अठसट्टामा लेखिएकोले किल्लालाई मान्न नमिल्ने बाधा नदेखिएकोले उक्त किल्लामा कुन जग्गा मिल्ने रहेछ भनी भिडाउनु परेको छ । १९ नं. कित्तामा वादी प्रतिवादीहरुको झगडा नदेखिएकोले २०।२१ नं.कित्तालाई यस ठाउँमा पर्ने रहेछ भनी ठहराउनु परेको छ ।

      २३.   उक्त २०।२१ नं.कित्ताको ७९ सालको अठसट्टा दर्ताको किल्ला हेर्दा २० नं.कित्तामा नदी गंगा सो पूर्व ठेडकै दक्षिण भन्ने र २१ नं.कित्तामा सो पूर्व प्रति सो दक्षिण भन्ने किल्ला लेखिएको छ । २० नं. कित्ताको साँध नदी गंगा रहेको नक्साबाट देखिएकै छ, २० नं. कित्ताको ठेडके दक्षिण भन्ने किल्ला न.नं. १९० को भन्ने प्रतिवादी र न.नं. ८० देखि १२९ सम्मको भन्ने वादी भई मुख्य यहि किल्लामा विवाद उठेकोमा बीचको जग्गा साँध देखि दक्षिणको ठेडकेको कि.नं. १७ को जग्गा कि.नं.२० को साँध लेखिएको दर्ताबाट देखिन आउँछ । त्यसतो जग्गा वादीले देखाएको न.नं. ८० देखि १२९ सम्ममा मिलान हुन आएकोले त्यसैलाई कायम मान्नु पर्ने हुन आएको छ ।

      २४.   प्रतिवादीले हालको न.नं.३०।३१।३२।३३।३४।३५।३७।१९३ लाई साविक कि.नं.२३ को भनेकोमा कोमलप्रसादबाट सूर्यनारानले गराई लिएको भनेको राजीनामामा पूर्व बाटो उत्तर उपेन्द्रलालको साँध दक्षिण मूल रोड पश्चिम मेरै हकको जग्गा र श्यामकृष्णले राजीनामा लिएको पाखो भन्ने लेखिएको ४ किल्ला उक्त २३ नं. दर्तामा लेखिएको नरजंग सो दक्षिण पूर्व भन्ने किल्लासंग नभिडेको र उक्त कित्ताहरुमा   २३ नं.कित्ताको दर्तामा लेखिएको नरजंग सो दक्षिण पूर्व वादीले प्रतिवादीको कि.नं.२३ को जग्गा न.नं.१९५।५५।५१ का भनी छुट्टै देखाएको समेत हुँदा उक्त कित्ताहरु साविक कि.नं २३ को भन्ने प्रतिवादी जिकिर समर्थित हुन आएन ।

      २५.   अर्को न.नं.१३८।१४९।१४८ साविक कि.नं.२६ को भन्ने र न.नं.१५१ कि.नं.२८ को भन्ने प्रतिवादी जिकिर भएकोमा कि.नं.२६।२७ र २८ क्रमशः एकअर्काको साँध राखी दर्ता कि.नं.२६ को अर्को साँध पुरानो धार सो पश्चिम भन्ने लेखिएकोमा नक्साबाट पुरानो धार न.नं.१५१ को साँधसम्ममात्र भएको देखिन आएकोले कि.नं.१३८।१४९ ।१४८ कि.नं.२६ को भन्ने प्रतिवादी जिकिर मिलेको देखिएन न.नं.१५१ को हकमा पुरानो धारको किल्ला भित्रै पर्ने हुँदा त्यसमा वादीको दावी पुग्न सक्तैन ।

      २६.   वादी दावीको कि.नं.२० को साँध लेखिएको ठेडकैको कि.नं. १७ को जग्गा न.नं.८० देखि १२९ सम्मको देखिन आएपछि त्यसदेखि दक्षिणको झगडा परेको हालको न.नं.१ देखि ३७ सम्म र न.नं.३८।३९।२०० को जग्गा कि.नं.२० को उक्त कि.नं.देखि पूर्व र प्रति सो दक्षिण दर्ताको किल्ला मिल्न आएको न.नं.१३८ देखि १५० सम्मको जग्गा कि.नं.२१ को वादीहरुको हकको देखिन आउँछ । यी दुवै कित्ता २०।२१ नं.मा २ किल्लामात्र दर्तामा लेखिएकोले बाँकी २ किल्ला पनि यकिन गरी ४ किल्ला कायम गरी दिनु परेको छ । २१ नं. को साँध पूर्वपट्टि स्कूलेको नम्बरी दर्ता आवादी र घोल देखिएकोले त्यसदेखी पश्चिम र दक्षिण पट्टि पुरानो धारको किल्लाले न.नं.२६ को कायम हुने न.नं.१५१ को जग्गा देखिँदा त्यसदेखी उत्तर कि.नं.२१ को र कि.नं.२० को हकमा पूर्वपट्टि २१ नं.कित्ता पर्ने हुँदा त्यस देखि पश्चिम, दक्षिणपट्टि न.नं.३३।३४ समेतको साँधको पूर्व पश्चिम बाटो पर्ने हुँदा सो बाटो देखि उत्तर कि.नं.२० को किल्ला कायम हुन्छ ।

      २७.   राप्ती दून जग्गा विक्री वितरण कमिशनबाट तथ्याङ्क लिई हामीहरुको नाउँमा नापी नक्सा भएको भन्ने जिकिर लिई प्रतिवादीहरु कसैले चलनी पूर्जि लिन सम्म बाँकी रहेको भनेको कसैले चलन पाइसकेको भनी चलनी नक्कल पेश गरेको र उक्त कमिशनको दर्ता मिल्न भिड्न आएकोसमेत भए पनि ती सबै जग्गाहरु कुनै वादीको साविक कि.नं.२० को दर्ता किल्ला भित्रै पर्ने नक्साबाट देखिन्छ वादीहरु र श्यामकृष्णको बीचमा हक निखनाई पाउँ भन्ने मुद्दा चल्दा चल्दैको अवस्थामा अदालतको विचाराधीनमा रहेको अर्काको साविक दर्ताको जग्गा लाई प्रति भनी उक्त कमिशनबाट आफ्नो नाममा नापी दर्ता गरे गराएको पनि मिसिलबाट देखिन आएको छ, त्यसरी मुद्दा पर्दापर्दै विवाद बस्तुको रुप हक वा चलनमा रुपान्तर गरिएकोलाई अदालतले मान्नु उचित नहुने माथि नै व्यक्त भइसकेको हुँदा उक्त किसिमको दर्तालाई कायम मान्न मिलेन ।

      २८.   हाम्रो जग्गा कब्जा गरी प्रतिवादीहरुले घर बनाएको सो घर उठाई पाउँ भनी वादीमा दावी लिएका घरहरु मध्ये न.नं.१५१ विलबहादुरको घर भएको कित्ता प्रतिवादीको दर्ताको कायम हुन आएकोले सो कलममा र अरु देहायका कित्ताहरुमा देहायका प्रतिवादीले बनाएको भनेको घरको हकमा देहायमा उल्लेखित प्रमाणहरुबाट सो घरहरु हक निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट ०२२।२।२२ को मिति पछि घर बनाउने को ११ नं. को म्याद भित्र वादीहरुको नालेस नपरेको समेत हुँदा सो घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरबारीको परिभाषा भएको जति जग्गा घरबारी देखिएकोले सो समेतको कलममा वादीको दावी पुग्न सक्तैन नालेस खारेज हुने ठहर्छ ।

            वादी दावी १ दफाको हालको ३१।८।२१।६ को न.नं.१ को जग्गामा प्रतिवादी केदारकुमारको घर भएको देखिएको, सो घर यो सालमा बनाएको भनी वादीमा साल खुलाउन नसकेको र प्रतिवादी केदारकुमारले ९६ सालदेखि आई पक्का घर बनाई बसेको भन्ने जिकिर लिएकोलाई वादीले खण्डन नगर्न पनि नसकेको समेत हुँदा उजूर गर्न हद नाघिसकेको कलम १ वादी दावी ५ दफाको कलमको हालको न.नं.४ को जग्गामा प्रतिवादी श्रीधर शमशेरले बनाएको भनेको घर देखिएको सो घर अघि नै बनाई इन्टरप्राईजेज कम्पनीको नामबाट भोगेको भनी प्रतिवादीले नक्सामा जिकिर लिएको प्रतिवादीका साक्षीले १७ सालमै घर बनाएको भनी बकसपत्र गरेकोबाट ऐ ऐ १ वादी दावी ९ दफाको हालको न.नं.१३ को कलममा प्रतिवादी जितबहादुर क्षेत्रीको घर देखिएको सो घर २० सालमै बनाई टिनको छाना राखेको भन्ने निज जितबहादुरको जिकिर भएको पछि मात्र बनेको भन्ने वादीले नसकेको प्रतिवादीका साक्षीको बकाइबाट प्रतिवादीकै भनाई समर्थित हुन आएकोबाट ऐ ऐ १ वादी दावीको १५ दफाको हालको न.नं.२० मा प्रतिवादी चक्रबहादुरको घर देखिएको वादीमा पक्का घर बनाउन थाली हाल तयार पार्दै रही डेरी फारामलाई भाडामा दिएको भन्ने दावी लिएकोमा २० सालमै घर बनाएको भन्ने प्रतिवादी चक्रबहादुरको जिकिर भएको प्रतिवादीको साक्षीले अघि नै पक्कि घर बनेको भनी बकेको ऐ ऐ १, वादी दावी १६ दफाको हालको न.नं.२१ मा प्रतिवादी तपनारानको र न.नं.२२ मा प्रतिवादी ज्ञानबहादुरको घर भएको देखिएको सो घरहरु हालै तयार गरी बसेको भन्ने वादी दावी भए पनि प्रतिवादीहरुले १९ सालदेखि नै पक्कि घर बनाई बसेको भन्ने जिकिर लिएको हालै बनेको भन्ने सबूद वादीले गुजार्न नसकेको समेत हुँद ऐ ऐ १, वादी दावी १७ दफाको हालको न.नं.२३ मा प्रतिवादी टेकबहादुरको पक्कि घर समेत देखिएको सो घर यो सालमा बनाएको भनी वादीमा किटान गर्न नसकेको र प्रतिवादी टेकबहादुरले १९ साल देखि मेरो घरबास छ भन्ने जिकिर लिएको समेतबाट ऐ ऐ १, वादी दावी १८ दफाले हालको न.नं.२५ मा प्रतिवादी चन्द्रमान कर्माचार्यको फुसको घर २ देखिएको सो घर यो मितिमा तयार गरेको भनी वादीले किटानी गर्न नसकेको प्रतिवादी चन्द्रमानले १९ सालदेखि घर बनाई बसेको भन्ने जिकिर लिएको समेतबाट ऐ ऐ १, वादी दावी २१ दफामा अं.पाँच कठ्ठा जग्गामा गणेशजंग बुद्धिजंग रायमाझीले पक्का गोदाम घर बनाउन लगाई हालै तयार गरी भोग गरेको भन्ने वादी दावी भएकोमा निज गणेश बुद्धिजंगहरुले प्रतिवादी नै नदिएको भए पनि वादी दावी कि.नं.२० को कलममा प्रतिवादी सुर्जेनारान पियाले साविक कि.नं.२३ मध्येको विगाहा १२ कोमलप्रसादबाट राजीनामा लिई ३।। कठ्ठा बुद्धिजंगलाई राजीनामा दिएको भनी प्रतिवादीमाउल्लेख गरेकोले पेटवोलीबाट बुद्धिजङ्ग बुझिएकोमा सूर्यनारायणबाट २० साल आषाढमा राजीनामा लिई सोही सालमा पक्की घर बनाई बसेको भनी बयान गरेको हालको नि.नं.३१।३२ मा निज बुद्धिजङ्गको घर भएको नक्साबाट देखिएको वादीमा उल्लेख किल्लाबाट वादी दावी २० दफाकै जग्गाको साँधमा २१ दफाको जग्गा भएको देखाएको वादी दावी २१ दफाको जग्गा र प्रतिवादी बुद्धिजंगले घर बनाएको भनेको जग्गा फरक हो भन्न र न.नं.३१।३२ मा भएको घर हालै मात्र तयार गरेको भन्ने सबूत गुजार्न वादीले नसकेकोसमेत हुँदा निज बुद्धिजङ्गले २० सालमै बनाएको कायम मान्नु पर्ने देखिन आएको ऐ.१ वादी दावी २४ दफाको हालको नि.नं.१४५ मा मणिकलालको फुसको घर देखिएको १९ सालदेखि घरबास गरी बसेको भन्ने प्रतिवादी मणिकलालले जिकिर लिएको हालै तयार गरेको भन्ने वादी दावी भए पनि त्यस कुराको सबूत गुजार्न वादीले नसकेकोबाट १९ सालमै बनाएको कायम हुन आएको ऐ.ऐ.१ वादी दावी २६ दफाको कलममा न.नं.१४९ मा सूर्यनारान पियाको मिल घर समेत देखिएको मिल घर गोदाम घर हालै तयार गरेको भन्ने वादी दावी भए पनि २०१७ सालमै उद्योग विभागमा मिल दर्ता गराई मिलको ईजाजत लिई मिल घर बनाएको भन्ने प्रतिवादी सूर्यनारायण पियाले जिकिर लिएको प्रतिवादीका साक्षीहरूले ०१७ सालमै मिल बनेको भनी बकेको मिल १ चलाउन ईजाजत दिएको वीरगन्ज गोश्वाराको ०१७।४।१२।४ को पत्र नक्कल मिसिलमा पेश भइराखेको समेतबाट १७ सालमै मिल घर बनेको देखिन आएको ऐ.ऐ.१ वादी दावी ११ दफाको कलममा हालको न.नं.१५ मा घर समेत देखिएको प्रतिवादी लक्ष्मीनारायण श्रेष्ठले हालै पक्का घर बनाई मिठाई दोकान राखेको घर हटाई पाउँ भन्ने वादी दावी भएकोमा पक्की सिमेन्टको भवन ०२२ साल चैत्र १ गते सम्पन्न भई होटेल राखेको भन्ने प्रतिवादी लक्ष्मीनारनको प्रतिवादीमा उल्लेख गरेको निजका साक्षीको बकाइबाट सो कुरा समर्थित हुन आएको ऐ.ऐ.१ वादी दावी ३ दफामा पाँच कठ्ठा जग्गा श्यामकृष्णले आफ्नो भानिज मुक्तिलाल चुकेलाई दिई निजले गोठ बनाई बसेको भन्ने र ४ दफामा पाँच कठ्ठा जग्गा बसन्तलाल चुकेले गोठ बनाई भोगेको भन्ने दावी लिएकोमा सो जग्गा घर दाजु बसन्तलालको हो मेरो होइन भनी मुक्तिलाल चुकेले र मैले पक्की घर बनाई बसेको छु भन्ने बसन्तलाल चुकेको प्रतिवादी दिएको यो कलममा गोठ बनाई भोगेको भन्ने वादीको मुख्य दावी भएकोमा नक्साबाट गोठ देखिन नआई न.नं.३ मा घर भएको देखिन आएको सो घर उठाई पाउँ भन्ने यो मुद्दामा दावी नभएकोले त्यसतर्फ यस मुद्दामा विचार गरिरहनु परेन ।

            देहायका कित्ताहरूमा देहायको प्रतिवादीले बनाएको घर उठाई पाउँ भन्ने वादी दावी भएकोमा सो घरहरू निखनाई पाउँ भन्ने मुद्दामा फुल बेञ्चबाट अन्तिम निर्णय भएको मिति ०२२।२।२२ भन्दा पछि यो मुद्दा पर्नुभन्दा अघि बीचको अवधिमा बनेको देहायमा उल्लेख प्रमाणहरूबाट देखिन आएको घर तयार भएको मितिले घर बनाउनको ११ नं. को म्याद १ वर्ष भित्रै यो नालिस पर्न आएको र सो घर बनेको जग्गा वादीको दर्ता हकको ठहर्न आएकोले आफ्नो हक नपुग्ने जग्गामा घर बनाएको देखियो । पञ्चकिर्ति मोल यति हो भनी वादीले त्यसबारे केही नखुलाएकोले घर बनाउनेको ४ नं. अनुसार गर्नु भनी दुबै पक्षलाई सुनाई दिने ठहर्छ ।

            वादी दावी २ दफाको हालको न.नं.२ मा प्रतिवादी मोहनलालको घर ४ देखिएको सो कित्तामा पक्का गोदाम घर बनाउँदै रही भोगचलन गरेकोले घर उठाई पाउँ भन्ने वादी दावी भएकोमा १६ सालदेखि जग्गा आवाद गुलजार गरी ३ कठ्ठामा घर बनाई बसेको भन्नेसम्म प्रतिवादी मोहनलालले जिकिर लिएको सो घर अगावै यो साल मितिमा बनाएको भनी खुलाउन र त्यस कुराको सबूत गुजार्न प्रतिवादी मोहनलालले नसकेकोबाट वादी दावीअनुसार पछिमात्र बनेको देखिन आएको कलम १

            वादी दावी ६ दफाको कलममा पक्का घर बनाई हालै तयार गरेको सो घर हटाउन लगाई पाउँ भन्ने प्रतिवादी जितबहादुर उपर वादीको दावी भएकोमा सो जग्गा दाजु चेतनारानको हकको हो मेरो जग्गा घर छैन भनी जितबहादुर उपर वादीको दावी भएकोमा सो जग्गा दाजु चेतनारानको हकको मेरो जग्गा घर छैन भनी जितबहादुरले प्रतिवादी दिएको चेतनारान पेटवोलीबाट बुझाएकोमा ऽ३।।।४ जग्गा १४ सालमा आवाद गरी सोही सालमा फुसको घर समेत बनाई बसेको छु । अरू इन्द्रलाल पिया प्रभातकुमारको हो भनी निज चेतनारानले र इन्द्रलाल प्रभातकुमार पनि पेटवोलीबाट बुझिएकोमा ऽ।।।१ चेतनारानले मलाई राजीनामा दिएको भनी इन्द्रलालले र द्र१।१ जग्गा दाजु चेतनारनले मलाई दानपत्र दिई २३ सालमा पक्की घर बनाई भोगेको छु भन्ने प्रभातकुमारले बयान गरेको नक्साबाट हालको न.नं.६ मा चेतनारानको गोठ औं न.नं.७ मा प्रभात कुमारको पक्की घरसमेत भएको नक्साबाट देखिएको चेतनारानको हकमा सोगोठ बनाएतर्फ आफ्नो बयानमा कुनै जिकिर लिन नसकेको प्रभातकुमारको हकमा ०२३ सालमा पक्की घर बनाएको भनी आफैले भनेको समेतबाट ऐ.ऐ.१

            वादी दावी ८ दफाको कलममा तुलसी साहुले फुसको घर बनाएको हटाई पाउँ भन्ने वादी दावी भएकोमा तुल्सी साहुले सो जग्गामा भाइ पुष्पबहादुरले घर बास गरेका भन्ने प्रतिवादी दिएको पुष्पबहादुर पेटवोलीबाट बुझिएकोमा ९ धुर जग्गा कमिशनबाट पुर्जि पाई भोगेको छु भन्ने बयान गरेको न.नं.११ मा कच्ची घरसमेत भएको देखिएको सो घरतर्फ पुष्पबहादुरले बयानमा कुनै पनि जिकिर लिन नसकेकोले ऐ.ऐ.१

            वादी दावी १२ दफाको कलममा हालको न.नं १४ मा घरसमेत नदेखिएको प्रतिवादी विष्णुप्रसादले पक्की घर बनाई बसेको घर उठाई पाउँ भन्ने वादीको दावी भएकोमा विष्णुप्रसादले प्रतिवादी नै नदिएकोबाट सो घर पछिनै बनाएको कायम हुन आएको ऐ.१

            वादी दावी १४ दफाको कलममा हालको न.नं.१९ मा पक्की घरसमेत देखिएको हकसफा मुद्दा जिती पाएपछि पक्की घर बनाउन थाली हालै तयार गर्दै रही भोगेकोले घर उठार्र्ई पाउँ भन्ने वादी दावी भएकोमा १८ साल देखि धुरी खडा गरी बसेको रा.दु.ज.वि.वि.कमिसनबाट र पुर्जि पाई सकेपछि कच्ची घर भत्काई पक्का घर बनाएको भन्ने वामदेवको प्रतिवादी जिकिर भएको निजले पाएको भनेको पुर्जिको मिति ०२२।११।१४ को देखिएको वादी दावी अनुसार पछिनै बनाएको देखिन आएको ऐ.१

            वादी दावी १९ दफाका कलममा हालको न.नं.२६ मा घरसमेत देखिएको लक्ष्मीनारान नोछुले हालै फुसको घर बनाई बसेको सो घर हटाई पाउँ भन्ने वादीको दावी भएकोमा निज लक्ष्मीनारान नोछुले प्रतिवादी नदिएको हुँदा ऐ.ऐ.१

            वादी दावी २४ दफाको कलममा न.नं.१३९ मा पक्की घरसमेत देखिएको प्रतिवादी उपेन्द्रलालले कच्ची घर हालै तयार गरी पक्की घरको जग्गासम्म बनाएको घर उठाई पाउँ भन्ने वादी दावी भएकोमा जग्गा लगाई पक्की घर बनाउँदै रहेको भन्ने उपेन्द्रलालले प्रतिवादी दिएको हुँदा ऐ.ऐ.१

            वादी दावी २५ दफाको कलममा न.नं.१४७ मा पक्की घरसमेत देखिएको प्रतिवादी धर्मश्रेष्ठ भनेको धर्म खड्गीले कच्चा घर हालै तयार पारी खिचोला गरेकोले घर उठाई पाउँ भन्ने वादीको दावी भएकोमा २० सालदेखि घरबास गरी बसेको छु भन्ने प्रतिवादीमा जिकिर लिएको पक्की घरको हकमा ०२१ सालदेखि बनाउन सुरु गरी ०२२ साल भित्र समाप्त गरेको भन्ने प्रतिवादीकै साक्षीले बकेको हुँदा ऐ.ऐ.१

            वादी दावी २६ दफाको कलममा न.नं.१४८ मा फुसको घरसमेत देखिएको सो कित्तामा बनाएको घर हटाउन लगाई पाउँ भन्ने सूर्यनारान पिया उपर वादीको दावी भएको सो फुसको घरतर्फ प्रतिवादी सूर्यनारान पियाले कुनै जिकिर लिन नसकेको हुँदा ऐ.ऐ.१

            प्रतिवादी उदयकुमार उपरको वादी दावी ७ दफाको कलममा उदयकुमारको पेटवोलीबाट बुझिएको श्रीनारान पियाको न.नं.८ मा र पञ्चकुमारको न.नं.९ मा घर भएको प्रतिवादी मैयादेवी उपरको वादी दावी १० दफाको कलममा न.नं.१२ मा मैयादेवीको घर भएको प्रतिवादी सूर्यनारन उपरको वादी दावी दफा २० का कलममा न.नं.३०।३३ मा सूर्यनारानको घर भएको डि.कोमलप्रसाद उपरको वादी दावी २३ दफाको कलममा न.नं.१० घर भएको न.नं.१५० चेतनारानले मेरो भनेको कित्तामा पनि घर भएको नक्साबाट देखिन आएको भए पनि ती कलमहरूमा घर उठाई पाउँ भन्ने वादी दावी नभएकोले घर र ती घरका साथमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को परिभाषा (ङ) मा पर्ने जति जग्गामा हाल यस मुद्दाबाट विचार गर्नु परेन । यो मुद्दा परि सकेपछि श्यामकृष्ण मुक्ति २ जनाले घर ग्यारेज बनाउन लागेको रोक्का गरिपाउँ भनी अदालतमा दर्खास्त दिन जाँदा लिई दिएन भनी वादी श्यामकृष्णले चढाएको निवेदनपत्रमा ल्याएको दर्खास्त किन फिर्ता गरेको हो ऐनले जे गर्नुपर्छ गरी नतिजा जाहेर गर्नु भन्ने हुकूम प्रमांगी बक्स भएकोमा रोक्का गरिदिनुपर्छ भन्ने कानून नभएकोले रोक्का गरिदिन नमिल्ने भनी चितवन जि.अ.ले जाहेर गरेकोमा कानूनबमोजिम गर्नु गराउनु भन्ने हुकूम प्रमांगी भएको अहिलेसम्म घर बनाउन रोक्का नभएकोले हामीले जितेको जग्गामा घर बनाई बाटो निकाससमेत घर बनाउन रोक्कासमेत गरिपाउँ भनी अर्को निवेदन दिएकोमा पनि कानूनबमोजिम गर्नु गराउनु भन्ने हुकूम प्रमांगी बक्स भएको कलममा वादी परेको अवस्थामा ती घरहरू माथि दावी नपरेको समेत हुँदा दावी बेगर यस मुद्दाबाट इन्साफ ठहर गर्न मिलेन ।

            अब जग्गा खिचोलाको दावीतर्फ प्रतिवादी श्याकृष्ण, मुक्तिलाल चुके उदयकुमार पिया तुल्सी साहु, भक्तकुमार जितबहादुर पिया चामुनारानहरूले आफ्नो नाममा घर जग्गा छैन भनी जग्गामा दावीनै नगरेकाले निजहरूको खिचोला गरेको ठहर्दैन । प्रतिवादी केदारकुमार श्रीधर शमशेर जितबहादुर क्षेत्री, चक्रबहादुर, तपनारान, ज्ञानबहादुर, टेकबहादुर, चन्द्रमान कर्माचार्य बुद्धिजङ्ग, मणिकलाल, लक्ष्मीनारान श्रेष्ठ न.नं.१४९ को कलममा सूर्यनारान पियाहरूले घर बनाई जग्गामा खिचोला गरे भन्ने वापतमा निजहरूले घर बनाएकोमा म्याद भित्रको उजूर नभएको कारणले नालिस दावी खारेज हुने ठहरेको घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरबारीको परिभाषा भए जति जग्गा बाहेक अरू जग्गा वादीको दर्ता हकको देखिएकोले प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ वादी दावी १२ दफा न.नं.१४ को कलमको प्रतिवादी विष्णुप्रसाद वादी दावी १३ दफाको कलमको प्रतिवादी चन्द्रबहादुर वादी दावी १९ न.नं.२६ को कलमको प्रतिवादी लक्ष्मीनारान नोछुहरूले प्रतिवादी नै नदिएको र वादी दावी २ दफा न.नं.२ को कलमको प्रतिवादी मोहनलाल वादी दावी ६ दफा न.नं.६।७ को कलमको प्रतिवादी चेतनारान प्रभातकुमार वादी दावी ८ दफा न.नं.११ को कलमको प्रतिवादी पुष्पबहादुर वादी दावी १४ दफा न.नं.१९ को कलमको बामदेव वादी दावी २४ दफा न.नं.१३९ को कलमको उपेन्द्रलाल वादी दावी २५ दफा न..नं १४७ को कलमको धर्मलाल खड्गी वादी दावी २६ दफा न.नं.१४८ कलमको सूर्यनारान पियाले वादीको जग्गामा घर बनाएको समेत ठहर्न आएकोले जग्गामा पनि खिचोला गरेको ठहर्छ । वादी वादी ३।४ दफा न.नं.३ को कलमको बसन्तलाल चुके वादी दावी ६ न.नं.५ को कलमको इन्द्रलाल पिया वादी दावी ७ दफा न.नं.८ को टोक्सनको श्रीनारान न.नं.९ को कलमको पञ्चकुमार वादी दावी १० दफा न.नं.१२ को कलमको मैयादेवी वादी दावी २३ दफा न.नं.१० को कलमको डि. कोमलप्रसाद नं. १५० को कलमको चेतनारान वादी दावी २० दफा न.नं.३०।३३ कलमको सूर्यनारान पियाहरूको उपरको वादीको जग्गामा घरतर्फ दावी नभए पनि जग्गा वादीको घर दर्ताको देखिन आएकोले दावी नभएको घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा (ङ) मा घर बारीको परिभाषा भए जति जग्गा बाहेक सो कित्ताको अरू जग्गामा ती प्रतिवादीले र न.नं.१३८ को कित्तामा प्रतिवादी सूर्यनारानले खिचोला गरेको ठहर्छ, अरू तपसील बमोजिम गर्नु ।

तपसील

वादी रत्नकुमारी पन्त, अम्बाकुमारी पन्त, भैरवबहादुर पन्त, श्यामबहादुर पन्त जना ४ को न.नं. १.४।१३।२०।२१।२२।२३।२५।३१।३२।१४५।१४९।१५ को कलममा घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरवारीको परिभाषा भएको जति जग्गा म्याद नाघेको कारणले वादीको उजूरी खारेज र न.नं.३।५।८।९।२।१०।१५।३०।३३ को कलममा घर उठाइ पाउँ भन्ने वादीको दावी नभएकोले घर र ती घरका साथमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को परिभाषा (ङ) मा पर्ने जति जग्गामा यस मुद्दाबाट विचार गर्नु नपर्ने ठहरेको भए पनि ती कलमको बाँकी जग्गा र अरू झगडा परेको जग्गासमेतमा प्रतिवादीहरू खिचोला गरेको ठहरेकोले वादीले नालिस गर्दा सुरुमा राखेको कोर्टफी रु.७८४। सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१२३।६० मुद्दा दोहर्‍याउँदा राखेको कोर्टफी रु.७९।४० समेत जम्मा रु.९८७ देहाएका प्रतिवादीबाट बराबर दरले गराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.जि.अ.तहसिलमा लगत दिनु ………………….१

केदारकुमार प्रधान १, श्रीधर शम्शेर ज.व.रा. १,

जितबहादुर क्षत्री १, चक्रबहादुर क्षत्री १ तपनारान श्रेष्ठ १ ज्ञानबहादुर श्रेष्ठ १ टेकबहादुर के.सी.१चन्द्रमान श्रेष्ठ १ बुद्धिजङ्ग रायमाझी १ मणिकलाल श्रेष्ठ १ सूर्यनारान पिया १ लक्ष्मीनारान श्रेष्ठ १ चन्द्रबहादुर श्रेष्ठ १ विष्णुप्रसाद शर्मा १ लक्ष्मीनारान नोछु १ मोहनलाल श्रेष्ठ१ चेतनारान पिया १ प्रभातकुमार पिया १ इन्द्रलाल पिया १ पुष्पबहादुर ङयाचे १

बामदेव शर्मा १ उपेन्द्रलाल श्रेष्ठ १ धर्मलाल खड्गी १ बसन्तलाल चुके १ श्रीनारान पिया १ पन्चकुमार पिया १ मैयाँदेवी श्रेष्ठ १ डि.कोमलप्रसाद श्रेष्ठ १

वादी ऐ.ऐ. चितवन नारायणगढ मौजाको नदी गंगा सो न.नं. ८० देखि १२९ सम्मको ठेड्केको जग्गा सो दक्षिण कि.नं.२१ कित्ता सो पूर्व न.नं.३३।३४ समेतको साँधको पूर्व पश्चिम बाटो सो उत्तर यति ४ किल्ला भित्रको वादीहरूको साविक कि.नं.२० को र २० नं. कित्ताको पूर्वप्रति सो दक्षिण स्कूलको नम्बरी दर्ता अवादी र घोलसो पश्चिम पुरानो धारको साँधको न.नं. १५१ को जग्गा सो उत्तर यति ४ किल्ला भित्रको न.नं. १३८ देखि १५० सम्मको जग्गा साविक कि.नं.२१ को वादीहरूको ठहर्न आएकोले कि.नं. २० को किल्ला भित्रको न.नं. ३८।३९।२०० मा विवाद नभएको र अरू झगडा नपरेको कलम बाहेक देहायका प्रतिवादीहरूले खिचोला गरेको ठहरेको देहायबमोजिम जम्मा जग्गा बिगाहा ७।।।२।।।३।।। के वादीले खुलाएको बिगहा १ के मोल रु.२०००। का दरले मोल बिगो रु.१५२९१ पर्ने जग्गा चलन चलाई पाउँ भनी दण्ड सजायको ४३ नं. को म्याद २ वर्षभित्र दरर्खास्त दिएमा सैकडा २।५० दस्तुर लिई कानूनबमोजिम गरी चलन चलाई दिनु भनी चितवन जि.अ.लाई लेखी पठाउन ऐ.ऐ.२

देहायका प्रतिवादीहरूउपरको दावीको देहायका कलममा देहायका प्रतिवादीहरूले बनाएको घर र भूमिसम्बन्धी ऐन, ०२१ को दफा २ को (ङ) मा घरवारीको परिभाषा भएको जति जग्गामा वादीको नालिस खारेज हुने ठहरेकोले सो बाहेक गरी बाँकी जग्गासम्म चलन चलाई दिने कलम १

 

साविक ०३१।८।२१।६

   प्रतिवादीको नाम        कि.नं.   को न.नं.      वि.       कट्टा        धुर

केदारकुमार प्रधान          २०     १            ०         ८          

श्रीधर शमशेर ज.ब.रा.      २०     ४           ०         ३          

जितबहादुर क्षेत्री           २०     १३          ०         १          

चक्रबहादुर क्षेत्री            २०     २०          ०                     १८।।

तपनारान श्रेष्ठ             २०     २१          ०                     १४।

ज्ञानबहादुर श्रेष्ठ            २०     २२          ०                     १६।।

टेकबहादुर के.सी.          २०     २३          ०         १           १२

चन्द्रमान श्रेष्ठ              २०     २५         ०         १           १६।।

बुद्धिजङ्ग रायमाझी         २०     ३१          ०         १           १३।।

ऐ.ऐ.                    २०     ३२          ०         १           १५

मणिकलाल श्रेष्ठ            २१      १४५        ०         ६          

सूर्यनारायण पिया          २१      १४९         ०                     १०।।

लक्ष्मीनारान श्रेष्ठ           २०     १५          ०                     ९

 

      देहायकमा प्रतिवादीउपरको दावीको देहायका कलममा नक्साबाट घर समेत भएको देखिएकोमा घर उठाई पाउँ भन्ने वादीको दावी नभएकोले घर र ती घरका साथमा भूमिसम्बन्धी ऐन, ०ं२१ दफा २ को परिभाषा (ङ) मा पर्ने जति जग्गामा हाल यस मुद्दाबाट विचार गर्नुनपर्ने ठहराएका हुँदा सो बाहेक गरी बाँकी जग्गासम्म चलन चलाई दिने ऐ……………………२

बिगाहा कठ्ठा धुर कि.नं. को नक्सा न.०३१।८।६

  प्रतिवादीको नाम      साविक कि.नं. न.नं.        वि.             कट्टा     धुर

बसन्तलाल चुके        २०           ३           –                            –              १५

इन्द्रलाल पिया          २०           ५           –                            –             

श्रीनारान पिया          २०           ८           –                            –              १२

पञ्चकुमार             २०           ९           –                            –              २।।।

मैयादेवी श्रेष्ठ           २०           १२          –                            –              १३।।।

डि.कोमलप्रसाद श्रेष्ठ      २०           १०          –                            –              ८।।

चेतनारान पिया         २१           १५०         –                            ११

सूर्यनारान पिया         २०           ३०          –                            ११–             २१

ऐ.ऐ.                 २०           ३३          ६             ३

 

देहायका प्रतिवादी उपरको दावीको देहायका कलममा पुरै चलन चलाई दिने ऐ……………३

साविक ०३१।९।३१

प्रतिवादीको नाम           कि.नं.         को न.नं.      वि.         कठ्ठा     धुर

मोहनलाल श्रेष्ठ            २०            २            ०          ३.        १५

चेतनारान पिया            २०            ६            ०          १.        ६

प्रभातकुमार पिया          २०            ७           ०          १.        ६

पुष्पबहादुर दयाछे          २०            ११           ०                    ९

विष्णुप्रसाद शर्मा           २०            १४           ०                    १८।

वामदेव शर्मा              २०            १९           ०                    १८।।

लक्ष्मीनारान नोछु          २०            २६           ०          १         ९

उपेन्द्रलाल श्रेष्ठ            २१            १३९          ०                    १३

धर्म खड्गी                २१            १४७         ०                    ५

सूर्यनारान पिया            २१            १४८          १.                    १।।।

सूर्यनारान पिया            २१            १३८          २.          १७        ९।।

चन्द्रबहादुर श्रेष्ठ            २१                         ३.

नम्बर नखुलेको            २१                         ,,                                       

राप्तीदुन विकास क्षेत्रको ज.वि.वि.कमिशनका अध्यक्ष हाल जि.न्या.जनकमान श्रेष्ठको इन्साफ उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा सूचना दिनु ……………………….४

नियमबमोजिम मिसिल बुझाई दिनु ……………………५

 

हामीहरूको सहमती छ ।

 

न्या. हेरम्बराज र

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३२ साल जेष्ठ २० गते रोज ३ शुभम् ।