October 26, 1998
Created by nepalarchives

निर्णय नं. ६६९३ – लुटपिट

निर्णय नं. ६६९३                           ने.का.प. २०५६             अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५१ सालको फौ.पु....

निर्णय नं. ६६९३                           ने.का.. २०५६             अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा

सम्वत् २०५१ सालको फौ.पु. नं. १११८

फैसला मितिः २०५५।७।९।२

मुद्दाः लुटपिट ।

पुनरावेदक/वादीः जि. सप्तरी राजविराज न.पा. वडा नं. ३ वस्ने कृष्णप्रसाद अग्रवाल

विरुद्ध

विपक्षी/प्रतिवादीः जि. सप्तरी व्रम्हपुर गा.वि..वार्ड नं. २ बस्ने देवीलाल मण्डल

§  वादीले जुन जग्गामा लुटपिट भाये भनी दावी लिएको छ सो जग्गाको स्रोत लिलामी सकार भएको र उक्त लिलाम सम्बन्धी सम्पुर्ण कारवाही र सो जग्गाको दा.खा. समेत वदर भैसकेको स्थितिमा जुन आधारबाट वादीले आफ्नो हक भोगको भनी दावी रहेको सो आधार नै वदर भै कि.नं. ४३१ को जग्गामा वादीको हकदैया भएको नदेखिएकोले फिराद दावी गर्न पाउने हक वादीलाई भएको नहुँदा शुरुको फैसला उल्टी गरी फिराद खारेज हुने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव देखिँदा सदर हुने ।

(प्र.नं. )

पुनरावेदक वादी तर्फबाटःX

विपक्षी प्रतिवादी तर्फबाटःX

अवलम्बित नजिरः ह्य

फैसला

न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत राजविराजको मिति २०५०।११।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

.     मेरा नाउँ दर्ताको गा.पं. व्रम्हपुर वार्ड नं. () कि.नं. ४३१ को ०१० जग्गामा ०४६ सालको धानवाली लगाई पाकि सकेपछि विपक्षीहरु आई मिति ०४६।९।२५ का दिन विहान ८,८।३० बजेको वखत वल जवरजस्ती काट्न कुटन लगाई आफ्नो घर लगेको हुँदा विगो रु १२१० दिलाई लुटपिटका ४ नं. बमोजिम प्रतिवादीहरुलाई सजाय समेत गरी पाउँ भन्ने वादी दावी ।

.     प्र.देवी लाल मण्डल र राम कुमार मण्डलले मिति ०४७।१।२१ मा तामेल भएका इतलायनामाको म्याद गुजारी बसेको ।

.     यसमा प्रतिउत्तर नै नफिराई स्वीकार गरी बसेको हुँदा वादी दावी अनुसार प्रतिवादीहरुले लुटपिट गरेको ठहर्छ भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको मिति ०४७।३।२१ को फैसला

.     शुरुले मेरो प्रतिउत्तर पर्नु अघि नै एकतर्फी म पुनरावेदककै हकको जग्गाको वाली पुनरावेदकले नै लुटेको भनी गरेको फैसलामा चित्त वुझेन अन्याय पूर्ण फैसला उल्टी गरी इन्साफ पाउ भन्ने समेत पु.वे. प्रतिवादकिो प्रतिउत्तर सरहको पुनरावेदन जिकिर ।

.     वादीले आफ्नो जग्गाको वाली प्रतिवादीले लुटपिट गरे भनी दावी लिएकोमा सो वादी दावीको कि.नं. ४३१ को जग्गामा वादीको दर्ता नदेखिनुका साथै हकदैया समेत भएको नदेखिएकोले लुटपिट तर्फ फिराद  दावी गर्न पाउने हक वादीलाई भएको नहुँदा वादीको फिराद दावी खारेज हुने ठहर्छ । शुरु सप्तरी जिल्ला अदालतको मिति २०४७।३।२१ को फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पू.वे.. राजविराजको फैसला ।

.     वादीको जग्गा म वादीले लिलाम सकार गरी लिइ सोही बमोजिम जग्गा दर्ता भै जग्गाधनी दर्ता प्रमण पूर्जा समेत प्राप्त गरको मेरो हकभोगको दर्ता हो । विपक्षीले लिलामी वदर गराएको भएतापनि दर्ता वदर गराउन सक्नु भएको छैन । मेरो नाउँमा भएको दर्ता कायम रही जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत मेरो नाममा रही रहेको अवस्थामा उक्त जग्गामा मेरो हकदैया नै छैन भनी फिराद खारेज गर्ने ठहराएको पुनरावेदन अदालत राजविराजको इन्साफ त्रुटिपूर्ण हुँदा वदर गरी शुरु इन्साफ कायम गरी पाउँ भन्न वादीको यस अदालतमा पर्न आएको पुनरावेदन ।

.     नियम बमोजिम मुद्दा पेशी सूचमिा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल कागज अध्ययन गर्दा मेरो कि.नं. ४३१ को जग्गाको २०४६ सालको धानवाली विपक्षीले लुटपिट गरेकोले आवश्यक कार्वाही गरी पाउँ भन्ने फिराद दावी शुरु  .जि.अ ले प्रतिवादीले प्रतिउत्तर नै नफिराई दावी स्वीकारेकोले लुटपिट ठहर्छ भनी गरेको फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा पू.वे.. राजविराजले दावीको जग्गामा वादीको हककैया नै स्थापित भएको नदेखिएको भन्ने आधारमा शुरु फैसला उल्टी गरी फिराद खारेज हुने ठहर गरेको फैसला उपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएकोले पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा हेरी निर्णय दिनु परेको छ ।

.     निर्णय तर्फ विचार गर्दा मेरो नाउँ दर्ताको कि.नं. ४३१ को ज.वि. १० जग्गाको २०४६ सालको वाली मिति २०४६।९।२५ मा विपक्षीले लुटपीट गरेकोले वाली दिलाई सजाय गरी पाउँ भन्ने फिराद दावी भएकोमा प्रतिवादीले प्रतिउत्तर सरहको पुनरावेदनमा दावीको जग्गामा वादीको हकदैया नै छैन भन्ने जिकिर लिएको पाइन्छ । दावीको जग्गामा वादीको हकदैया पुग्ने नपुग्ने के रहेछ भनी हेर्दा यिनै वादी प्रतिवादीका विच लेनदेन मुद्दा पर्दा यिनै वादी प्रतिवादीका बीच यी वादीले भराई पाउने ठहराएको विगो वापत दावीको कि.नं ४३१ को जग्गा सप्तरी जिल्ला अदालतबाट लिलामी सकार गरी लिएको देखिन्छ तर लिलामी उपर प्रतिवादीले लिलाम वदर गरी पाउन निवेदन गरेकोमा सगरमाथा अंचल अदालतबाट मिति २०४७।५।१ मा सप्तरी जिल्ला अदालतको लिलाम सम्बन्धी सम्पूर्ण कारवाही र मालपोत कार्यालय सप्तरीको जग्गा दा.खा. र दर्ता गर्ने कारवाही समेत वदर गरिदिएको प्रमाणको यि नै वादी प्रतिवादी बीच चलेको विगो मुद्दाको मिसिलबाट देखिन आयव । उक्त आदेश बदर गराउन वादीले पूर्वान्चल क्षेत्रिय अदालत र सर्वोच्च अदालतमा समेत निवेदन गरेकोमा सर्वोच्च अदालतबाट समेत मिति २०४९।४।१५ मा सगरमाथा अंचल अदालतकव मिति २०४७।५।१ को आदेशलाई नै सदर गरेको प्रमाणको मिसिलबाट देखिन्छ । वादीले जुन जग्गामा लुटपिट भयो भनी दावी लिएको छ सो जग्गाको स्रोत लिलामी सकार भएको उक्त लिलाम सम्बन्धी सम्पुर्ण कारवाही र सो जग्गाको दा.खा. समेत वदर भैसकेको स्थितिमा जुन आधारबाट वादीले आफ्नो  हक भोगको भनी दावी गरेको सो आधार नै वदर भै कि.नं. ४३१ को जग्गामा वादीको हककैया भएको नदेखिएकोले फिराद दावी गर्न पाउने हक वादीलाई भएको नुहँदा शुरुको फैसला उल्टी गरी फिराद खारेज हुने ठहराएको पुनरावेदन अदालत राजविजारको फैसला मनासिव देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक वादी तारेखमा नहुँदा फैसलाको जनाउँ पुनरावेदकलाई दिई मिसिल नियमानुसार  वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति सम्बत् २०५५ साल कार्तिक ९ गते रोज २ शुभम् ……….