May 24, 1971
Created by nepalarchives

निर्णय नं. ६७३ – जवरजस्ती करणी

निर्णय नं. ६७३             ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६ सालको फौ.फु.नं. ६२३ फैसला भएको मिति...

निर्णय नं. ६७३             ने.का.प. २०२९

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री जयदेव भट्ट

सम्वत् २०२६ सालको फौ.फु.नं. ६२३

फैसला भएको मिति :   २०२८।२।१०।२ मा

पुनरावेदक : श्री ५ को सरकार

विरुद्ध

विपक्षी   : नारायणसुन्दर श्रेष्ठ समेत

मुद्दा : जवरजस्ती करणी

(१) कस्तोमा जवरजस्ती करणी गरेको ठहराउन नमिल्ने ।

          पम्फा क्षेत्रीनी जवरजस्तीमा परेकी हो होइन भनी छुट्याउने तरिकामध्ये जनानालाई जवरजस्ती करणी गर्न कसैले खोज्दछ भने जनानाले आफ्नो बेमञ्जुरी प्रकट गर्न सकेसम्म उपाय रचेको हुनुपर्छ । त्यसो गर्दा चाहे लोग्ने मानिसलाई घाउ चोट चिन्ह पुर्‍याएको होस् चाहे हल्ला गरी अरुलाई गुहार बोलाएको होस् चाहे कुनै केही गरी लोग्ने मानिसको काम बासनालाई अर्कोतिर मोडी निजको इन्द्रिय केही क्षणलाई भए पनि बेकम्मा पारिदिएको होस् । यस मिसिलमा हेर्दा न लोग्ने मानिसलाई कुनै चोट पुर्‍याएको देखियो न गुहारसमेतको अरु कुनै काम गरेको देखियो । अस्पतालको पत्रबाट पम्फाको हाइमेन च्यातिएको भनी १७।५।०२२ को पत्रमा लेखिएकोले वारदात भएको १७ गते रातदेखि नै प्रहरी साथमा परेको यी व्यक्तिहरूको प्रथम समागममा कुनै छेद भई रगत वा पानीहरू जाँचमा देखिन सकेन । वीर्य वा रज जाँचमा नदेखिएको यस्तो सभा भए गए सो भनिएको छ । त्यसरी कन्या जाली पहिले नै च्यातिएको पनि हुन सक्ने हो, नारायणसुन्दरको पिसाव गर्ने अंगमा छाला खुइलेको एउटै घाउ देखिन्छ । अरु करणी गरेको केही प्रमाण देखिन्न भनी अस्पतालको पत्रमा लेखिएकोले नारायणसुन्दरको शरीरबाट करणी गरेको चिन्ह जाँच गराउन सकेको छैन । निज मुख्य गवाहा पंफा क्षेत्रीनी सुतेको भित्र रेष्टराँमाथि २ तलाको चोटामा कोही मानिस माथि आएको आवाज सुन्ने वित्तिकै उठी भाग्न लाग्नुपर्ने कारण देखाइँदैन । एकजना जनानालाई निजको मञ्जुरीवेगर टुकीको बत्ती निभाई आफ्नो पाइण्ट फुकाल्ने पंफाको अन्डरवेरको इँजार फुकाल्ने चुडाल्ने कामसमेत गरी जवरजस्ती गरेको भनी यो उजूर परेको भए पनि जनानाले बेमञ्जुर गर्दा गर्दै कसैको सहायता नलिई बर्ष १४ पुगेकीलाई एक्लै करणी गर्न सक्यो होला भनी विश्वास गर्न पनि गाह्रो हुन्छ । होटेलभित्रको वारदातमा अरु मद्दतगार पनि बोलाउन सकी निज नारायणसुन्दर श्रेष्ठबाट आफू बच्न सकिन्छ । साथै गएको देवबहादुरले मेरो नारीमा समाती पख म पनि गर्छु भनेकाले निजको हात छुटाई सडकमा निस्केँ भनी उजूर परेको देवबहादुरले करणीको आशय गरेको नठहरिई फैसला भएको कुरामा निजले करणीको आसयले पक्रेको हो भनी प्रस्तुत पुनरावेदनमा जिकिर नगरेकोबाट पंफाले झुट्टा कुरा भनेको प्रमाणित हुन्छ । झुट्टाको साथमा भनेको अर्को कुरा साँचो हो भनी कुन प्रमाणले भन्न सकिएको छ, वारदातमा भित्र रेष्टुराँको चोटा भनिएको भए पनि भित्र रेष्टुराँमा आएको ६ दिनजति मात्र भएको र त्यसअघि पाटनढोकाको गोपाल श्रेष्ठको होटेलमा काम गरेकी थिएँ भनी बयान गरेकी एक होटेलबाट अर्को होटेलमा सरेकी निज पंफाले नयाँ होटेलमा बस्न इच्छा प्रकट नगरेको पनि हुन सक्छ । यस्तो नानाप्रकारको तर्कले जे जे कुरा देखिए पनि वास्तवमा अस्पतालको पत्रबाट पिसाव गर्ने ठाउँमा फोहोर पनि देखिएको भन्ने हुँदा निज जनानालाई कुनै मद्दतवेगर एकैजना लोग्नेमानिसले जबरजस्ती करणी गरेको भनी ठहराउन नमिल्ने हुँदा जवरजस्ती करणी गरेको नठहर्‍याएको शुरुको सदर गरेको इन्साफ बागमती अञ्चल अदालतको मनासिव ठहर्छ । मिसिल नियमबमोजिम बुझाइदिनु ।

 (प्रकरण नं. १५)

फैसला

          न्या. हेरम्वराज

          १.   महापालभित्रको रेष्टुराँमा खाना बनाउने काम गरी बसेकी २ तल्लामाथि चोटामा टुकी बाली सुती निदाएकी अवस्थामा नारायणसुन्दर माथि आएको आवाज सुनी भाग्न लाग्दा मेरो हात समाती बत्ती निभाई मेरो अंडरवेरको इजारसमेत निजले फुकाली जबरजस्तीसँग करणी गरी निज उठेपछि म कराउँदै भाग्न लाग्दा अर्को देबबहादुरले समाई निजको हात छुट्याई सडकमा निस्कँदा पुलिस साथ आई दरखास्त गर्न आएकी छु कारवाही गरिपाउँ भन्नेसमेत पंफा क्षेत्रीनीको जाहेरी दरखास्त ।

          २.  जवरजस्ती करणी लिएको हो होइन जाँची पठाइदिनु भन्ने ल.पु.डि.एस.पि.अफिसले ल.पु.अस्पताललाई लेखेको पत्र ।

          ३.  पंफालाई जाँची हेर्दा हाइमेन च्यातेको र पिसाव गर्ने ठाउँमा फोहर पनि देखिएको इत्यादिले गर्दा करणी गरेको हो जस्तो बुझिन्छ । नारायणसुन्दरलाई जाँची हेर्दा पिसाव गर्ने अंगमा छाला खुइलेको त्यसबाहेक अरु करणी गरेको प्रमाण देखिन्न भन्नेसमेत ल.पु.अस्पतालको जवाफ ।

 

          ४.  पंफालाई मैले जवरजस्ती करणी गरेको हुँ कानूनले जो ठहर्छ भन्नेसमेत नारायणसुन्दरले प्रहरीमा गरेको ठाडो कागज ।

          ५.  ०२२।५।१८।६ मा भएको मुचुल्का ।

          ६.  नारायणसुन्दरउपर जवरजस्ती करणीको ३ नं.र १० नं. बमोजिम कारवाही चलाउनु पर्ने देखिएकोले सादर अनुरोध गरिन्छ भन्नेसमेत प्रहरी प्रतिवेदन ।

          ७.  दरखास्तमा लेखिएबमोजिम नारायणसुन्दरले जबरजस्ती करणी गरेकोले सजाय गरिपाउँ भन्नेसमेत पम्फाले अदालतमा गरेको बयान ।

          ८.  पम्फालाई मैले जवरजस्ती करणी गरेको छैन प्रहरीले कुटपिट गरी जवरजस्ती कागज गराएको हो भन्नेसमेत नारायणसुन्दर श्रेष्ठको बयान ।

          ९.  पंफाको उमेर जाँच गरी पठाइदिनु भन्ने लेखेबमोजिम जाँची हेर्दा उनको उमेर १४।१६ को बीचको बुझिनाले सुचित गरिन्छ भन्ने ल.पु.अस्पतालको पत्र ।

          १०.  बुझिएसम्मका प्रमाणबाट नारायणसुन्दरले राजीखुसीबाटै पंफाको करणी गरेको ठहर्छ जबरजस्ती करणी गरेको भन्ने दावी पुग्न सक्दैन भन्नेसमेत ०२२।९।११।१ को फैसला ।

          ११.  जवरजस्ती करणी गरेमा नारायणसुन्दर प्रहरीमा सावित भएकोबाट समेत पुलिस रिपोर्ट बमोजिमको हक इन्साफ होस् भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन ।

          १२.  पंफाको बेमञ्जुर भए नारायणकृष्णले पंफाको हात समाई इजार फुकाउँदा रुनु कराउनु हल्ला गर्नुपर्ने १०।१५ मिनेटसम्म नकराई करणी गर्दासम्म चुप लागिरहने पंफालाई वेमञ्जुरी जबरजस्ती करणी गरेको ठहरिनुपर्ने भन्ने पुनरावेदन जिकिर मनासिव देखिएन । इन्साफ शुरुको मनासिव छ भन्नेसमेत बागमती अञ्चल अदालतबाट ०२५।१२।२९।६ को फैसला ।

          १३.  मुख थुनी करणी गरेको भन्ने कुरामा नारायणसुन्दर श्रेष्ठ सावित भई प्रहरीमा कागज गरिदिएको समेत प्रमाणबाट नारायणसुन्दरलाई सफाइ दिएको अञ्चल अदालतको फैसला बदर गरी निजलाई कानूनबमोजिम नै सजाय दिलाउने समेतको हक इन्साफ हुन सादर अनुरोध गरिन्छ भन्नेसमेत श्री ५ को सरकारको पुनरावेदन ।

          १४. प्र.नारायणसुन्दर मौका प्रहरीमा जबरजस्ती करणी गरेको अभियोगमा सावित भएको पंफाको लुगा फाटेको र हाइमेन च्यातिएको भन्ने डाक्टरको जाँच प्रतिवेदनले मौकाको सावितलाई समर्थन गरेको देखिएकाले छलफल निमित्त निज नारायणसुन्दरलाई अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम नोटीस म्याद पठाई हाजिर हुन आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चका ०२७।१०।१४।४ को आदेश ।

          १५. यसमा डिभिजन बेञ्चका आदेशबमोजिम झिकाएको प्र.नारायणसुन्दर श्रेष्ठलाई रोहवरमा राखी निजतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे र सरकारी अधिवक्ता श्री हरगोविन्द सिंह प्रधानले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा पम्फा क्षेत्रीनी जवरजस्तीमा परेकी हो होइन भनी छुट्याउने तरिकामध्ये जनानालाई जवरजस्ती करणी गर्न कसैले खोज्दछ भने जनानाले आफ्नो बेमञ्जुरी प्रकट गर्न सकेसम्म उपाय रचेको हुनुपर्छ । त्यसो गर्दा चाहे लोग्ने मानिसलाई घाउ चोट चिन्ह पुर्‍याएको होस् चाहे हल्ला गरी अरुलाई गुहार बोलाएको होस् चाहे कुनै केही गरी लोग्ने मानिसको काम बासनालाई अर्कोतिर मोडी निजको इन्द्रिय केही क्षणलाई भए पनि बेकम्मा पारिदिएको होस् । यस मिसिलमा हेर्दा न लोग्ने मानिसलाई कुनै चोट पुर्‍याएको देखियो न गुहारसमेतको अरु कुनै काम गरेको देखियो । अस्पतालको पत्रबाट पम्फाको हाइमेन च्यातिएको भनी १७।५।०२२ को पत्रमा लेखिएकोले वारदात भएको १७ गते रातदेखि नै प्रहरी साथमा परेको यी व्यक्तिहरूको प्रथम समागममा कुनै छेद भई रगत वा पानीहरू जाँचमा देखिन सकेन । वीर्य वा रज जाँचमा नदेखिएको यस्तो सभा भए गए सो भनिएको छ । त्यसरी कन्या जाली पहिले नै च्यातिएको पनि हुन सक्ने हो, नारायणसुन्दरको पिसाव गर्ने अंगमा छाला खुइलेको एउटै घाउ देखिन्छ । अरु करणी गरेको केही प्रमाण देखिन्न भनी अस्पतालको पत्रमा लेखिएकोले नारायणसुन्दरको शरीरबाट करणी गरेको चिन्ह जाँच गराउन सकेको छैन । निज मुख्य गवाहा पंफा क्षेत्रीनी सुतेको भित्र रेष्टराँमाथि २ तलाको चोटामा कोही मानिस माथि आएको आवाज सुन्ने वित्तिकै उठी भाग्न लाग्नुपर्ने कारण देखाइँदैन । एकजना जनानालाई निजको मञ्जुरीवेगर टुकीको बत्ती निभाई आफ्नो पाइण्ट फुकाल्ने पंफाको अन्डरवेरको इँजार फुकाल्ने चुडाल्ने कामसमेत गरी जवरजस्ती गरेको भनी यो उजूर परेको भए पनि जनानाले बेमञ्जुर गर्दा गर्दै कसैको सहायता नलिई बर्ष १४ पुगेकीलाई एक्लै करणी गर्न सक्यो होला भनी विश्वास गर्न पनि गाह्रो हुन्छ । होटेलभित्रको वारदातमा अरु मद्दतगार पनि बोलाउन सकी निज नारायणसुन्दर श्रेष्ठबाट आफू बच्न सकिन्छ । साथै गएको देवबहादुरले मेरो नारीमा समाती पख म पनि गर्छु भनेकाले निजको हात छुटाई सडकमा निस्केँ भनी उजूर परेको देवबहादुरले करणीको आशय गरेको नठहरिई फैसला भएको कुरामा निजले करणीको आसयले पक्रेको हो भनी प्रस्तुत पुनरावेदनमा जिकिर नगरेकोबाट पंफाले झुट्टा कुरा भनेको प्रमाणित हुन्छ । झुट्टाको साथमा भनेको अर्को कुरा साँचो हो भनी कुन प्रमाणले भन्न सकिएको छ, वारदातमा भित्र रेष्टुराँको चोटा भनिएको भए पनि भित्र रेष्टुराँमा आएको ६ दिनजति मात्र भएको र त्यसअघि पाटनढोकाको गोपाल श्रेष्ठको होटेलमा काम गरेकी थिएँ भनी बयान गरेकी एक होटेलबाट अर्को होटेलमा सरेकी निज पंफाले नयाँ होटेलमा बस्न इच्छा प्रकट नगरेको पनि हुन सक्छ । यस्तो नानाप्रकारको तर्कले जे जे कुरा देखिए पनि वास्तवमा अस्पतालको पत्रबाट पिसाव गर्ने ठाउँमा फोहोर पनि देखिएको भन्ने हुँदा निज जनानालाई कुनै मद्दतवेगर एकैजना लोग्नेमानिसले जबरजस्ती करणी गरेको भनी ठहराउन नमिल्ने हुँदा जवरजस्ती करणी गरेको नठहर्‍याएको शुरुको सदरगरेको इन्साफ बा.अं.अदालतको मनासिव ठहर्छ । मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जयदेव भट्ट

 

इति सम्वत् २०२८ साल जेष्ठ १० गते रोज २ शुभम् ।