April 18, 1972
Created by nepalarchives

निर्णय नं. ६६८ – अंश

निर्णय नं. ६६८       ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह सम्वत्...

निर्णय नं. ६६८       ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह

सम्वत् २०२६ सालको दे.फु.नं. ८४

फैसला भएको मिति : २०२९।१।६।६

निवेदक    : जि.रुपन्देही तप्पे हाटी मौजे पपनी बस्ने विश्वनाथ मिश्र समेत

विरुद्ध

विपक्षी     : ऐ.ऐ.बस्ने शंकरप्रसाद मिश्र

मुद्दा : अंश

(१)  तायदाती लिने अवस्थाको अंश मुद्दा नभएमा त्यस तहबाट हदमाथि नहुने ।

          जहाँसम्म अंशसम्बन्धी मुद्दा हदमाथि भन्ने लुम्बिनी अञ्चल अदालतको फैसलामा उल्लेख छ त्यसको सम्बन्धमा न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ को दफा २ ले संशोधित मूल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (क) मा तायदाती नआएको अंश मुद्दा भन्ने उल्लेख छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूबाट तायदाती लिई अंश दिलाइपाउँ भन्ने वादीको दावी नभई यो यो कित्ता जग्गाको आधी मेरो अंश छुट्याई दिलाइपाउँ भनी नालिस भई जग्गाको फाँट खुलाई दावी गरेको देखिनाले तायदाती लिने अवस्थाको यो मुद्दै नहुँदा त्यस तहबाट हदमाथि हुने त कुरै भएन ।

 (प्रकरण नं. १७)

फैसला

    प्र.न्या.रत्नबहादुर बिष्ट

     १.   पुरुखा रमेश्वरको २ छोरामध्ये जेठा मेरो बाजे कोदे कान्छा विपक्षीका बाबु ससुरा जगमोहन कोदैका छोरा मेरो बाबु जगदेव बाजेहरू सगोलमा बस्दा आर्जन गरेको जग्गासमेत परिवारका नाममा दर्ता गराई भोगचलन गरिआएकोमा २००० सालमा बाजेहरू भिन्द हुँदा मौजे पनतीको बिगाहा २४।ऽ।।।३ र वेतौलियाको ६ऽ१।। समेतमा आधी आधी आफ्ना आफ्ना नाउँमा दर्ता गराई र बाँकी वेतौलियाको विपक्षीका नाममा दर्ता रहेको जिमदारी हिस्सा ३।।। को जग्गा विगाहा ११।।।२,२ वेतौलियाको मेरा बाबु राजदेवका नामको जिं हिस्सा द्र।। को विगाहा २द्र२ र वसन्तपुरको नम्वरी विगाहा ।।।१ऽ३ समेत सगोलैबाट आवाद गरी उपजासम्म खाने बन्देज अनुसार खाइआएकोमा बाबुबाजेसमेत परलोक हुनुभएकोले र ०१९ सालको बाली विपक्षीहरूले नदिएकाले आफ्ना आफ्ना नाउँमा जग्गा दर्ता गराई अंश छुट्याइपाउँ भन्नेसमेत वादी ।

     २.   ९२ सालमा छुट्टी भिन्न भएका हुँ पत्नीको २४ऽ१।।।४ र वेतौलियाको विगाहा ।।१.२ समेतमा २ भगको १ भाग कोदै देवराजले र १ भाग जगमोहन विश्वनाथले र मौजे वेतौलियाको नम्वरी विगाहा ६ऽ१।। मध्ये २ऽ४।।।२ हाम्रा बाबु ससुरा जगमोहनले बाँकी ३।।।१।।३ कोदैले र वसन्तपुरको नम्वरी ।।।१ऽ३ र वेतौलियाको सिर विगाहा ११।।।१।।२ जिं हिस्सा ३।। जगमोहन विश्वनाथले र वेतौलियाको जिं ऽ।। हिस्साको सिर विगाहा २ऽ१।।४ कोदै देवराजले समेत भोग गर्ने गरी बण्डापत्र भएको छ सो बण्डामा चित्त नबुझेको भए अंशबण्डाका ५१ नं.का म्यादभित्र बाबुबाजे जीवित छँदै उजूर हुनुपर्ने त्यसो हुँदा बण्डा लिनुदिनु पर्ने बाँकी छैन वादी दावी झुठ्ठा हो भन्नेसमेत प्रतिवादी ।

     ३.   अंशियार भएकोमा मुख मिलेको अंशको जम्मा जग्गा विगाहा ४५ऽ२।१ देखिन आएको सो जग्गामध्ये धेरैजसो जग्गा बण्डाचुण्डा गरी मानु छुट्टी ९२ सालदेखि नै भिन्न भई बसेको देखिन आएको वादीले दावी गरेको १४।।।ऽ। जग्गा बण्डा भएका प्रमाण प्रतिवादीले दाखिल गर्न नसकेका अंशबण्डाका ३२ नं.ले दावी नलाग्ने भन्नालाई रीतपूर्वकको अंशबण्डा भएको नदेखिएकोले अंशबण्डाको ३५ नं.म्यादभित्र यो दावी दायर भएकोले वादी दावीमा लेखिएको जग्गा विगाहा १४।।।ऽ। मध्ये आधि ७।२।.।२ जग्गा वादीले पाउने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालत भैरहवाको ०२२।१।२१।२ को फैसला ।

     ४.   उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन परेकोमा बण्डा भएको लिखत र अंशबण्डाको लिखतसमेत रीतपूर्वकको कतैबाट देखिन नआएको विनालिखत अंशबण्डा भएको मानी कुनै जेथामा मात्र हकबेहक गर्न मिलेन घरायसमा विनालिखत बण्डा गरेको भए वादीले अबण्डा भनेको चिजमा पनि घरायसमै मिलिजुली खानु भोग गर्नुपर्ने नमिली अदालतबाट हकबेहक गराउनु परे अंशबण्डा नै रीतपूर्वक गरी वा अदालतबाट गराई माग्ने दावी गरी मात्र हक बेहक गराउनु पर्ने हुँदा सोबमोजिम नगरी अदालतबाट हक बेहक हुन सक्दैन अदालतमा कानूनबमोजिम अंशबण्डा गरिपाउँ भनी नालिस गर्नु भन्ने लुम्बिनी अञ्चल अदालतको ०२२।८।१४।२ को फैसला ।

     ५.   उक्त अञ्चल अदालतको फैसलाउपर चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन ।

     ६.   घरसारमा आधि आधि बाँडफाँड गरी पटवारी श्रेस्तामा आफ्नु आफ्नु जग्गा आफ्ना परिवारका नाउँमा दाखिल दर्ता गराई विश्वनाथका नाउँमा दर्ता रहेको वेतौलिया जिमिदारी ३।।। समेत दर्ता साविकबमोजिम राखी दुवै अंशियारले बाँडी खाने गरेको भनी दावी गरेको जग्गामा अघि मेरो अंश छुट्याई चलन चलाई पाउँ भन्ने व्यहोराको दावी पुर्‍याउनलाई अघि नै बण्डा गरिसकेको भनेकोमा कानूनको रीत पुगेको लिखत बण्डापत्र देखाउन नसकेकोले यो दावी गरेको जग्गाहरूलाई बण्डा भई बाँकी रहेको अबण्डा प्रमाणित हुँदैन त्यस्तो प्रमाण नपुर्‍याई गरेको यस्तो फिरादबाट हकबेहक हुन सक्दैन भन्नेसम्म ठहर गरेको अञ्चल अदालतको मनासिव छ कानूनबमोजिम अंशबण्डा गरिपाउँ भन्ने नालिस गर्नु भनी अञ्चल अदालतको फैसालमा लेखेको हकमा अदालतबाट त्यसरी सुनाइरहन आवश्यक देखिँदैन भन्नेसमेत २०२४।४।९।२ को डिभिजन बेञ्चको फैसला ।

     ७.   सोउपर चित्त बुझेन दोहर्‍याइपाउँ भन्ने प्रतिवादीहरूको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा समुच्चा अंश भागको दावा लिई यो मुद्दा उठेको नभई सगोलबाट आवाद गरी उब्जासम्म बाँडी खाने गरेको भनी केही जग्गा जिमिदारीमा सम्म दावा लिएको देखिँदा अरु भइसकेको भनेको अबण्डाको विषयमा विचार गरिरहन नपर्ने, जुन बण्डा नभई सगोल रहेको भनिएको जग्गा जिमिदारी हो, सो वादी दावीबमोजिम सगोल रहेको हो वा प्रतिवादी जिकिरबमोजिम अघि ९२ सालमै बण्डा भइसकेको समेत के हो ? मुख्य त्यस कुराको निर्णय दिनुपर्ने देखिन्छ र त्यो पनि अघि ९२ सालमा भएका बण्डापत्र लिखतबमोजिम नै आफ्नो आफ्नो व्यवहार चल्दै गएको स्पष्ट छ । तर वादीले भने सो जग्गा गोश्वारा रहे राखेको लिखतको पक्का सबूद कुनै दाखिल गर्न सकेको देखिँदैन, वेगर दर्ता तिरो लिखत कबुलियत त्यसै मुखका भनाइका भरले जग्गा वादीसमेतको सगोल भन्न पनि मिलेन । ९२ सालको अंशबण्डा लिखत रजिष्ट्रेशन पास नभएको भन्ने हकमा त्यसबारे मुख्य भिन्न हुनेको ज्यू छँदै उजूरवाजुर नपरेको, सम्बन्धीत दुवै पक्षले त्यसै लिखत मान्यता दिई भोग तिरो गरेको, सो जग्गा खुद वादीकै लेखाइले पनि प्रतिवादीका नाउँमा दर्ता भएको देखिएको र धेरै पुरानो कुरासमेत भएकोले यस्तो अवस्थाको लिखत घरसारकै मात्र भए पनि ०३ साल आषाढ ९ गतेको सनदले अमान्य हुने भन्न नमिल्ने, यससम्बन्धमा अघि पनि निर्णय भइसकेको पनि निवेदकले उल्लेख गरेमध्ये वादी इन्द्रगोपाल श्रेष्ठको र प्र.कैलाश श्रेष्ठसमेतको अंश मुद्दामा फुल बेञ्चबाट भएको निर्णय हेरिएमा पनि यस्तै घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग विक्री व्यवहारसमेत गरिसकेको अब पास गर्नालाई ऐनको म्याद पनि नाघिसकेको हुँदा पास गर्न नमिल्ने देखिएकोबाट बण्डा गरिसकेको सो व्यवहार बदर गर्न मनासिव नपर्ने हुँदा फेरि अंश गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने फैसला भई ने.का.प. ३१० निर्णय नं. ६३ मा प्रकाशित भई रहेको देखिनाले त्यसबाट पनि उक्त ९२ सालको वडापत्र लिखत बदर हुन्छ भन्न नमिल्ने हुन आएको प्रमाण परिवन्द समेतबाट यस मुद्दामा लाग वादीको दावी नै नभएको समुच्चा अंशमा समेत बाधा असर पर्न जाने गरी गरेको सर्वोच अदालतको निर्णय मिलेको देखिएन, दोहर्‍याउने आदेश बक्सनुपर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२५।१२।१९।३ हुकूम प्रमांगी ।

     ८.   बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राज दरवारमा जनरल विभागमार्फत पठाइदिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

     ९.   १९९२ साल जेष्ठ २५ गते रोज ७ मा घरायसमा भएको भन्ने बण्डापत्र सक्कलै दाखिल गर्न ल्याउनु भनी तारिखमा रहेको निवेदक वा.स.प्रतिवादी विश्वनाथ मिश्रलाई ऐनबमोजिम तारिख तोकी दाखिल गराई सो बण्डापत्र कागज वादी पक्षलाई देखाउन सुनाउन नियमबमोजिम पेश गर्नु भन्नेसमेत २०२६।१०।१६।५ को फुलबञ्चको आदेश ।

     १०.  मलाई वारेस दिने झगडिया शंकरप्रसादलाई नै झिकाई बयान गराइपाउँ भन्ने वारिस मकरमान श्रेष्ठको बयान ।

     ११.   १९९२ सालमा बण्डापत्र खडा भएकै छैन त्यसकारण यो कागज सद्दे होइन । उक्त लिखतमा बाजे कोदैका नाममा लागेको ल्याप्चे सहिछाप ऐ.रेखा प्रष्ट नदेखिने भएको निजको हो होइन भन्न सक्दिन । उक्त लिखतमा मेरो बाबु राजदेवको नामको अगाडि लेखिएको लेखात्मक सहिछाप अरु कुनै नदेखेको हुनाले यसै भन्न सक्दिनँ भन्नेसमेत शंकरप्रसाद मिश्रको बयान ।

     १२.  मैले पेश गरेको ९२ साल जेठ २५ गतेको बण्डापत्रको सम्बन्धमा वादी शंकरप्रसादले गरेको बयान पढी बाँची सुनी पाएँ । उक्त बण्डापत्र भएको हो र सद्दे साँचो हो भन्नेसमेत विश्वनाथ मिश्रको बयान ।

     १३.  वादीले हो होइन भनेको १९९२ साल जेष्ठ २५ गते रोज ७ को घरायसको बण्डापत्र लिखतमा लेखिएका लेख्ने वखत साक्षीहरूको बयान गराउन निजहरूलाई ऐनबमोजिम समाहृवान जारी गरी झिकाई र उक्त लिखतमा कोदै भित्रको नाममा लागेको ल्याप्चे सहिछापको रेखा प्रष्ट बुझिने नबुझिने के कस्तो छ विशेषज्ञ झिकाई रजिष्ट्रारको सामने जनाई कारणसहित विशेषज्ञको प्रतिवेदन लिई प्रतिवादी वा.समेत विश्वनाथको बयानमा प्रमाण दिएको १९९९ साल वैशाख ३० गते रोज ३ मा जग्गाको वाली उठाएकोमा राजदेवको सहिछाप परेको कबुलियत भनेको सक्कल कागज रुपन्देही मालबाट झिकाई रुल नियमबमोजिम पेश गर्नु भन्नेसमेत २०२७।७।७।६ को फुल बेञ्चको आदेश ।

     १४.  १९९२ साल जेठ २५ गते रोज ७ को सक्कल बण्डापत्र यस बेञ्चबाट देखाई सुनाउँदा देखी सुनी पाए सो बण्डापत्रको अन्तर साक्षीमा म र हरि किसुनसमेत साक्षी बसी सहिछाप गरिदिएको हुँ बण्डापत्र सद्दे साँचो हो भन्नेसमेत हरिकिसुनको वा भई आफ्ना हकमा समेत होस् भन्ने महमद पठानको बयान ।

     १५.  यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०१८।१२।२५।६ मा पेश भई निवेदक प्रतिवादीहरू तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले र वादी तर्फबाट विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हाले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा रू.२४४८। मात्र विगो कायम भएको हुँदा न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ को दफा २ ले संशोधित मूल ऐनको दफा ८ को उपदफा (२) खण्ड (क) र खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांश अनुसार अञ्चल अदालतउपर पुनरावेदन नै लाग्न नसक्ने हुँदा डिभिजन बेञ्चले पुनरावेदन सुनी निर्णय गरेको बदर हुनुपर्छ भनी वादीतर्फको विद्वान अधिवक्ताले प्रारम्भीक आपत्ति व्यक्त गर्नुभएकोले यो मुद्दा हदमाथि या मुनिको के हो भन्नेतर्फ नै सर्वप्रथम विचार गर्नुपर्ने भएको छ ।

     १६.  लुम्बिनी अञ्चल अदालतको फैसलाउपर कुन आधारमा पुनरावेदन दर्ता हुन आएको रहेछ भन्नेतर्फ हेर्दा लुम्बिनी अञ्चल अदालतको ०२२।८।१४।२ को फैसलामा अंशसम्बन्धी मुद्दा हदमाथि हुँदा सर्वोच्च अदालतमा पुनरावेदन गर्नु भनी सुनाइदिएको आधारमा प्रतिवादीहरूको पुनरावेदन दर्ता भई डिभिजन बेञ्चबाट निर्णय भएको मिसिलबाट देखिन्छ ।

     १७.  जहाँसम्म अंशसम्बन्धी मुद्दा हदमाथि भन्ने लुम्बिनी अञ्चल अदालतको फैसलामा उल्लेख छ त्यसको सम्बन्धमा न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ को दफा २ ले संशोधित मूल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (क) मा तायदाती नआएको अंश मुद्दा भन्ने उल्लेख छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूबाट तायदाती लिई अंश दिलाइपाउँ भन्ने वादीको दावी नभई यो यो कित्ता जग्गाको आधि मेरो अंश छुट्याई दिलाइपाउँ भनी नालिस भई जग्गाको फाँट खुलाई दावी गरेको देखिनाले तायदाती लिने अवस्थाको यो मुद्दै नहुँदा त्यस तहबाट हदमाथि हुने त कुरै भएन ।

     १८.  नालिस भई यो यो जग्गाको आधि अंश दिलाइपाउँ भनी फाँट खुलाई वादीले दावी गरेको भए पछि दावी गरेको जग्गाको मोल विगोबाटै हदमाथि मुनि के हो भनी छुट्याउनुपर्ने हुन्छ । वादीले नालिसमा दावीको जग्गाको मोल विगो नखुलाएको भए पनि शुरुले फैसला गर्दा अ.बं.७४ नं. बमोजिम तिरोको हिसावले मोल विगो रू.२४४८। कायमै गरेकोलाई निवेदक प्रतिवादीहरू समेतले मानी सोही मोल विगोको हिसावले शुरु र अञ्चल अदालतहरूउपर पुनरावेदन दर्ता गर्दा कोर्टफी ऐन, २०१७ बमोमिज लाग्ने कोर्टफी दाखिल गरेको देखिनाले मोल विगो रू.२४४८। नै कायम मान्नुपर्ने हुन आयो ।

     १९.  शुरु र अञ्चल दुई अदालतको राय नमिलेकोमा उपरोक्त न्यायप्रशासन विविध व्यवस्था ऐन को दफा ८ को उपदफा (२) खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशअनुसार रु. ३ हजार माथि मोल विगो भएमात्र अञ्चल अदालतउपर पुनरावेदन लाग्न सक्ने देखिन्छ, रू.२४४८। मात्र विगो कायम भइरहेको प्रस्तुत मुद्दा उपरोक्त दफाअनुसर हदमुनिको हुने भई अञ्चल अदालत उपर पुनरोदन लाग्न नसक्ने प्रष्ट हुन्छ ।

     २०.  तसर्थ हदमाथिको गराई प्रतिवादीहरूको पुनरावेदन दर्ता गरी ०२४।४।९।३ को डिभिजन बेञ्चले सो पुनरावेदन सुनी इन्साफ ठहर गरेकोसमेत मिलेको देखिएन । निवेदक प्रतिवादीहरूको लुम्बिनी अञ्चल अदालतउपर सर्वोच्च अदालतमा दिएको पुनरावेदन हदमुनिको मुद्दा भई लाग्न नसक्ने हुँदा सो पुनरावेदन नै खारेज हुने ठहर्छ । पुनरावेदन नै खारेज हुने ठहरेकोले अरु कुरा विचार गरिरहनु परेन । पुनरावेदक प्रतिवादी विश्वनाथ मिश्र, सूर्यनाथ मिश्र सारदा मिश्र, यिनीहरूले लुम्बिनी अञ्चल अदालतका उपर पुनरावेदन दिँदा उक्त अदालतमा ०२२।९।१८।१ मा दाखिल गरेको कोर्टफी रू.१७।६९ र मुद्दा दोहर्‍याउँदा ०२६।२।२८।३ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.११।८० उपरोक्त उल्लेख भएबमोजिम पुनरावेदन नै खारेज भएकोले नलाग्ने हुँदा फिर्ता दिनु भनी कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

न्या.वासुदेव शर्मा,

न्या. बब्बरप्रसाद सिंहह

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल वैशाख ९ गते रोज ६ शुभम् ।