निर्णय नं. ४७९६ – आदेश संशोधन गरी पाउँ
निर्णय नं. ४७९६ ने.का.प. २०५० (ग) अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा संम्वत २०५०...
निर्णय नं. ४७९६ ने.का.प. २०५० (ग) अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
संम्वत २०५० सालको नि.नं.१९५१
निवेदक : जि.रुपन्देही बोगाडी गा.वि.स.वडा नं. ५ वस्ने सुरजु अहिर ।
विरुद्ध
विपक्षी : प क्षे. अ. पोखराको हाल पुनरावेदन अदालत बुटवल समेत ।
विषय : आदेश संशोधन गरी पाउँ ।
(१) यसमा यस अदालतबाट मिति २०५…….।६।१७ गते फैसला हुँदा प. क्षे. अ. पोखराको मिति २०४७।१०।२७ मा गरेको फैसला वादी दावी भन्दा बाहिर गई गरेको देखिंदा उक्र फैसला उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ कानून बमोजिम गर्नु भनी पुनरावेदन अदालत पोखराको नाउँमा परमादेशको आदेश समेत जारी गरिएको भनी लेखिएकामा हाल न्या प्र.ऐन, २०४….. लागू भई प.क्षे.अ. पोखरा बिघटन भई सकेको र रुपन्देही जिल्लाको प्रादेशिक क्षेत्राधिकार पुनरावेदन अदालत बुटवलमा परेकोले मिति ०५०।६।१७ गतेको फैसलामा पुनरावेदन अदालत पोखरा भनी लेखिन गएकोमा सर्वोच्च अदालत निमावली, २०४९ को नियम (७१) बमोजिम पुनरावेदन अदालत पोखराको सट्टा पुनरावेदन अदालत बुटवल भनी संशोधन गरिदिएको छ ।
इति संम्बत २०५० साल पुष २१ गते रोज ४ शुभम्