December 9, 1979
Created by nepalarchives

निर्णय नं. १२९० – दर्ताबदर समेत

निर्णय नं. १२९० ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३५ सालको दे.पु.नं. ९१ फैसला भएको मिति...

निर्णय नं. १२९० ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् ०३५ सालको दे.पु.नं. ९१

फैसला भएको मिति : ०३६।८।२३।१ मा

पुनरावेदक : भ.पु.जि. यालाछे ब्यासी बस्ने हाकुराम भन्ने न्हुछेबहादुर बासुकला

विरूद्ध

विपक्षी : ऐ.ऐ. बस्ने कर्णबहादुर बासुकला

मुद्दा : दर्ताबदर समेत

(१)  नापी भई दर्ता भएको दिनले मुलुकीऐन जग्गामिच्नेको १८ नं. को २ वर्ष नघाई परेको उजूरी खारेज हुने ।

(प्रकरण नं. ११)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लिखित मुद्दा : पुनरावेदक सम्माती गोसाईको मु.स.गर्ने नविन्द्रनाथ गोसाई थारूको विरूद्ध श्यामलाल थारू भएको जग्गा खिचोला मुद्दा निर्णय मिति ०३३।३।२६।६ ने.का.प.०३३ को नि.नं. ९६५

फैसला

          न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति ०३४।९।१५।६ का फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको निवेदन परी डिभिजन बेञ्चका ०३५।४।२० का आदेशानुसार पुनरावेदनको अनुमति प्राप्त गरी लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारका रहेछ :

          २.   ०८ सालको नापीमा काशिनाथ बासुकलाका नाउँमा भ.पु. लुकुण्डोल मौजाको सि.नं. १०५।३२३ न.नं. ४।१४ मा दर्ता भएको जग्गा रोपनी १०।।द्र मध्ये रोपनी १। मेरो बाबु कमलबहादुरका नाउँमा ०९।१२।२९ मा नाउँसारी भई ०११ सालमा बाबु परलोक भएपछि ०१९।२।२३ मा नाउँसारी गरी मेरा नाउँमा भइसकेपछि उक्त खेत विपक्षीले समेत कमाई बाली असूल गर्ने लगत कापीमा सहिछाप गरी बुझाएको छ, ०२१ साल देखिको बाली बाँकीमा यस अदालतमा नालिस परी कारवाही चलिरहेको छ । ०२२ सालमा नापी हुँदा मेरो १। छुट्टै देखाई नापी गर्नुपर्नेमा नदेखाई अरू जग्गामा घुसाई ०२३।४।७ मा दर्ता गराई ल्याए भन्ने ०२५।३।५ गते प्रमाणका मानिसद्वारा सुनी गई हेर्दा भ.पु.झौखेल गा.पं.वार्ड नं. ८(ग) कि.नं. ५११, ५२५, ५३४ र ५३७ मा प्र.न्हुछेबहादुरले ५१४२ कि.नं. ५१०।५१३ मा प्र.रामचन्द्रले १९ प्र.तुल्सीभक्तले कि.नं. ५००, ५२६ बाट २६ र प्र.मानकुमारीले ५०४, ५२७ बाट २१०० समेत दर्ता गराएको रहेछ । विपक्षीहरूले झुठ्ठा व्यहोराबाट गराएको दर्ता बदर गरी न्हुछेबहादुरबाट १३ तुलसीभक्तबाट .।।। रामचन्द्रबाट .।।। पुनकुमारीबाट .।।। मेरो छुट्याई उक्त जग्गा रोपनी १११२ मेरै हक कायम गरिपाउँ भन्ने समेत ०२५।४।६ को फिरादपत्र ।

          ३.   वादी दावाको जग्गा मैले कमाएको छैन मैले आफ्नु हकबाट ०२२।१०।३ मा कि.नं. ५११, ५३४, ५२५, ५३७ को जग्गा दर्ता गरेको ०२३।४।१७ मा दर्ता गरेको ०२५।३।५ मा थाहा पाएको भनी २ वर्ष गुज्री सकेपछि डायर हुन नसक्ने नालिस म्यादभित्रको हुँदा खारेज गरिपाउँ भन्ने समेत हाकुराम भन्ने न्हुछेबहादुरको प्रतिउत्तर रहेछ ।

          ४.   अन्य प्र.तुल्सीभक्तसमेतले प्रतिवादी नदिई शुरू म्यादै गुजारी बसेको रहेछन् ।

          ५.  वादीको साविक बमोजिम १५ वादीको हुनेमा साविक र हालको क्षेत्रफलको अनुपातमा हाल सर्भेको ठहर उक्त नम्बरको प्र.न्हुछेको दर्ताबाट ०१२३ प्र.तुल्सीभक्तको दर्ताबाट ०३ प्र.मानकुमारीको दर्ताबाट ०३ र प्र.रामचन्द्रको दर्ताबाट ०३ समेत जम्मा १५ जग्गा वादीको हक ठहर्छ भन्ने समेत शुरू भक्तपुर जिल्ला अदालतको ०३०।३।३१ को फैसला रहेछ ।

          ६.   उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी र प्र.न्हुछेबहादुरको पृथकपृथक पुनरावेदन परेकोमा प्र.न्हुछेबहादुरको ०० जग्गा बढी भएको उतारबाट देखिएकोले नपुग वादीलाई दिलाई दिनुपर्ने नदिई गएको भन्ने वादी जिकिर बमोजिम जग्गा रोपनी ०२ को हकमा शुरूको इन्साफ केही गल्ती देखिएको नपुग ०२ र शुरूले प्र.न्हुछेको दर्ताबाट वादीको कायम गरी दिने ठहराएको ०१२३ समेत प्र.न्हुछेबहादुरको दर्ताबाट जम्मा रोपनी ११ वादीको हक कायम गरी दिने र अरूमा शुरूको इन्साफ मनासिव ठहराई मिति ०३१।४।१६ मा बागमती अञ्चल अदालतबाट फैसला भएको रहेछ ।

          ७.  उक्त इन्साफ उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्र.न्हुछेबहादुरको निवेदनमा म.क्षे.अ.बाट कानून बमोजिम गर्नु भन्ने आदेश भएको रहेछ । उक्त मुद्दा दोहर्‍याई पाउँ भन्ने विषयमा प्र.न्हुछेबहादुरको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्रका बक्स भएका हु.प्र.अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रस्तुत मुद्दामा इन्साफ शुरू भक्तपुर जिल्ला अदालतको सदर बागमती अञ्चल अदालतको फैसला मिलेको देखिएन भन्ने समेत गरी ०३४।९।१५।६ मा फैसला भएको रहेछ ।

          ८.   उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको ०३४ सालको नि.नं. ७४३ मा प्र.हाकुराम भन्ने न्हुछेबहादुरको र नि.नं. ४७७ मा वादी कर्णबहादुरको निवेदन परेकोमा प्रतिवादीको नि.नं. ७४३ को निवेदन डिभिजन बेञ्च समक्ष पेश हुँदा नापी भएकै मिति ०२२।२।५ लाई हदम्यादको गणना गर्नुपर्नेमा जग्गाधनी प्रमाणपूर्जा वितरण भएको मिति ०२३।१२।४ ले हदम्यादको गणना गरेको मुलुकी ऐन जग्गामिच्नेको महलको १८ नं. को व्यवस्थाको प्रत्यक्षतः गम्भीर त्रुटि गरेको देखिनआउँछ । यो प्रश्न सार्वजनिक महत्वको पनि हुनाले न्या. प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत र नि.नं. ७४७ को वादीको निवेदनमा उक्त मुद्दा पेश हुँदा साथै पेश गर्नु भन्ने समेत ०३५।४।२० मा आदेश भई प्रस्तुत मुद्दा पेश हुन आएको छ ।

          ९.   आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई तारिखमा रहेका पुनरावेदक प्रतिवादी हाकुराम भन्ने न्हुछेबहादुर बासुकलालाई रोहवरमा राखी निजतर्फका विद्वान अधिवक्ता गंगाप्रसाद उप्रेतीको र विपक्षी वादी वर्णबहादुर बासुकलातर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस समेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा शुरूको सदर गरेको म.क्षेत्रीय अदालतको इन्साफ ठीक बेठीक के हो ? त्यस कुराको निर्णय दिनु परेको छ ।

          १०.  प्रस्तुत मुद्दामा वादी कर्णबहादुर बासुकलाले जग्गाधनी दर्ता प्रमाणपूर्जामा उल्लेख भएको मिति ०२३।४।४ बाट नालिस गर्ने हदम्याद आरम्भ हुने भनी मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. ले निर्देश गरेको २ वर्ष भित्र ०२५।४।६ मा फिरादपत्र डायर गरेको देखिन्छ । शुरू मिसिल संलग्न मेन्टिनेन्स नापी शाखा भक्तपुरको पत्रबाट २०२२।२।५ मा विवादग्रस्त जग्गाहरूमा नापी शुरू भई मिति ०२२।२।३१ मा नापी समाप्त भएको भन्ने समेतका कुरा उल्लेख भएको पाइन्छ । विवादग्रस्त जग्गा मिति ०२२।१०।३ मा नापी दर्ता भएको भन्ने प्रतिवादी हाकुराम भन्ने न्हुछेबहादुर बासुकलाको प्रतिउत्तर जिकिर समर्थित हुन आउँदछ । यस्तै प्रश्न समावेश भएको अर्थात नापी भएका मितिबाट हदम्याद आरम्भ हुने भनी पुनरावेदक सम्माती गोसाइको मु.स.गर्ने नमिन्द्रनाथ गोसाई विपक्षी श्यामलाल थारू भएको जग्गा खिचोला मुद्दामा फुल बेञ्चबाट मिति ०३३।३।२६।६ मा सिद्धान्त प्रतिपादित भएको कुरा पनि ने.का.प.०३३ साल नि.नं. ९६५ बाट देखिन आउँछ ।

          ११.  माथि व्यक्त गरिएका आधारहरू समेतबाट प्रस्तुत मुद्दामा विवादास्पद जग्गाको मिति ०२२।२।५ मा नापी आरम्भ भई प्रतिवादी हाकुराम भन्ने न्हुछेबहादुर बासुकलाले ०२२।१०।३ मा दर्ता गराएको देखिएको र सो नापी दर्ताको मितिबाट मुलुकी ऐन जग्गा मिच्नेका १८ नं. को हदम्याद २ वर्ष नघाई मिति ०२५।४।६ मा मात्र प्रस्तुत फिराद परेको देखिँदा वादीको हदम्याद नघाई परेको फिरादपत्र खारेज हुने ठहर्छ । लेखिएनुसार खारेज हुने फिरादपत्र लिई कार्यवाही किनारा गरेको शुरूको इन्साफ मनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला गल्ती ठहर्छ तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

माथि इन्साफखण्डमा लेखिएबमोजिम वादीको फिराद नै खारेजहुने ठहरेकाले बागमती अं.अदालतका मिति ०३१।४।१६।४ को फैसला बमोजिम प्रतिवादी न्हुछेबहादुरबाट वादी कर्णबहादुरलाई भराउने गरेको कोर्टफी रू.१०। को लगत कट्टा गरी सो धरौटी रू.१०। नहुछेबहादुरलाई नै फिर्ता खर्च लेखी दिन का.जि. अ.त.मा लगत दिनु …………………१

शुरू भक्तपुर जिल्ला अदालतका ०३०।३।३१ का फैसला र बागमती अञ्चल अदालतका मिति ०३१।४।१६ तथा मध्यमाञ्चल क्षेत्रीय अदालतमा मिति ०३४।९।१५ का फैसला बमोजिम वादी दावी अनुसार प्रतिवादीहरूका जग्गाबाट कट्टा गरी वादीलाई दिलाउने गरेकोमा वादी दावा नै खारेज हुने ठहरेकाले उपरोक्त फैसला बमोजिमको कुनै कार्य पनि गर्नु परेन तत्सम्बन्धमा लेखी पठाएको भए सो अनुसार नगर्न भनी सम्बन्धित कार्यालयलाई पत्र लेखी पठाउनु……………………२

प्रतिवादी हाकुराम भन्ने न्हुछेबहादुर बासुकलाके निजले बा.अं.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१०। र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० समेत जम्मा ११।५० एघार रूपैयाँ पचास पैसा भराई पाउँ भनी वादी कर्णबहादुरको जेथा देखाई कोर्टफी ऐनका म्यादभित्र दरखास्त परे दस्तूर केही नलिई वादीबाट प्र.न्हुछेबहादुरलाई भराई दिनु भनी का.जि. अ.त.मा लगत दिनु………………..३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. घनानाथ पन्त

 

इति सम्वत् ०३६ साल मार्ग २३ गते रोज १ शुभम् ।