निर्णय नं. १२३४ – ज्यान
निर्णय नं. १२३४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको...
निर्णय नं. १२३४ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३४ सालको फौ.पु.नं. २१५ फैसला नं. ३५
फैसला भएको मिति : ०३६।२।४।६ मा
वादी : ई.श्यामप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार
विरूद्ध
प्रतिवादी : तुजु भन्ने सखरबहादुर तामाङ समेत
मुद्दा : ज्यान
(१) मार्ने मनसाय गरी कुटपिट गरी मारेको भन्ने कुरा कतैबाट पनि देखिन नआएमा कुटपिटबाट भएको चोटले मानिस मर्न गएमा ज्यान सम्बन्धी १३ नं. बमोजिमको कसूर अपराध मिल्न देखिन नआउने ।
(प्रकरण नं. ९३)
(२) कुटपिट चोटपिरबाट भवितव्य भई मरेको ठहराई ज्यानसम्बन्धी ६ नं. देहाय २ दफा बमोजिम सजाय गर्ने गरी भएको फैसला उपर अ.बं.१८६ नं. ले जाहेरी फैसला गर्नुपर्ने नदेखिने ।
(प्रकरण नं. ९४)
वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्साल
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री सिन्धुनाथ प्याकुरेल तथा श्री रामनाथ मैनाली
फैसला
न्या. त्रैलोक्यराज अर्याल : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३३।११।२३।१ मा भएको फैसलामा चित्त बुझेन, शुरू प्रहरी प्रतिवेदन बमोजिम नै सजाय हुनुपर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन र साधक समेत यस बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : मानबहादुर तामाङलाई पक्राउ गरी पठाउनु भन्ने आदेशानुसार निज मानबहादुरलाई पक्राउ गरी ०२९।९।१७ मा दाखिल गरी सकिएको र सोही सम्बन्धलाई गणेश अधिकारी, गणेश ढकाल, हरिप्रसाद समेतको सल्लाहले सामन्ती शोषक मुर्दाबाद, मानबहादुर तामाङ जिन्दाबाद, शोषक सामन्ती मार्नै पर्छ, नयाँ नेपालको सिर्जना गर्नु पर्छ भन्ने नारा जुलुस कर्णबहादुर तामाङ, गणेशबहादुर तामाङ, सिंहबहादुर तामाङ, अम्बिकाबहादुर सुवेदी, यदुनाथ पौड्याल, गोविन्दबहादुर श्रेष्ठ, खड्गबहादुर अधिकारी समेत भई गरेकोले कर्णबहादुरलाई पक्राउ गरी ०२९।९।२६ को पत्र साथ निज कर्णबहादुर तामाङलाई हथकडी समेत लगाई कं.कुलप्रसादको जिम्मा लगाई पठाएकोमा चिसाङ खोला आइपुगेको अवस्था नरबहादुर तामाङ, तुजू भन्ने सखरबहादुर, अम्बिकाबहादुर, गणेशबहादुर, सिंहबहादुर, बेनुप्रसाद, यदुनाथ, कैलाश गुरूङ, गोविन्दबहादुर, फोर भन्ने धनजित खड्गबहादुर समेतका ३०।३५ जना मानिसले कं.कूलप्रसाद र लक्ष्मीप्रसाद समेतलाई कुटपिट गरी मारी पानीमा फाली कर्णबहादुर तामाङलाई हथकडी समेत खोसी लगे भन्ने थाहा भएकोले सो ठाउँमा जादाँ अपराधीहरू भागी गइसकेकोले कूलप्रसाद र लक्ष्मीप्रसादलाई हेर्दा अलि–अलि ढुक्ढुकी भएको फेला परेकोले यसै साथ दाखिल गरेको छु, मार्ने नियतले कुटपिट गरी मर्यो भनी खोलामा फालेकोले अपराधी उपर कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०२९।९।२२।५ को हे.कं.भिमबहादुरको जाहेरी दरखास्त रहेछ ।
३. कं.कूलप्रसादलाई कुटपिट गर्ने व्यक्तिहरूलाई पक्राउ गरी ल्याउनु भनी खटाई पठाएकोमा खड्गबहादुर १ निजले प्रहार गर्न खोजेको छुरी १ धनजित तामाङ, सखरबहादुर तामाङ, यदुनाथ पौडेल, कैलाश गुरूङ, हरिप्रसाद र निजको साथबाट बरामत भएको अटोमेटिक चक्कु १ समेत पक्राउ गरी दाखिल गरेको छु भन्ने ०२९।९।२४ को इ.श्यामप्रसाद उपाध्यायको प्रतिवेदन रहेछ ।
४. २०२९।९।२२ मा भएको कं.कूलप्रसाद लक्ष्मीप्रसाद समेतको घा जाँच केश फाराम मिसिल साथ रहेछ ।
५. २०२९।९।२१ गते बिहान ६ बजे घरबाट धरान जान भनी चिसाङ्ग खोलामा आई मोटर पर्खिरहेको थिएँ । त्यसै बेला कुलप्रसादले कर्णबहादुरलाई लिएर आई पुग्दा पूर्व दक्षिण तर्फबाट अं.४०।५० जनाको जमात हातमा लाठी खुकुरी लिएर आएर धमाधम कुलप्रसादलाई कुटपिट गर्न लागी कुलप्रसादलाई किन कुटपिट गर्नु हुन्छ तपाईंहरूको मानिस कर्णबहादुरलाई लिएर जानुहोस् भन्दा झन् उग्ररूपबाट कुलप्रसादलाई कुट्न थाले कुटपिट गर्ने मैले चिनेका हरोबहादुर, बल तामाङ, गोरे घिसिँग तामाङ, कर्णबहादुर तामाङ, सखरबहादुर तामाङ, धनजित तामाङ, दिलबहादुर तामाङ, गणेशबहादुर तामाङ, जयबहादुर झपटे, गोले तामाङ, बलभद्र गोले तामाङ, रत्ने दमाई, भिउटे कामी, वीरबहादुर मगर, लामघारे कामीको छोरा जेठा काले, कामी बाजे मगर, पदामे मगर, अकले मगर, चरश मगर, मानबहादुर तामाङको जग्गा कमाउने जेठो राई, धनजित तामाङ, कितापसिं तामाङ, यदुनाथ पौडेल नाउँ नजानेको पौडेल आचार्य मानेको भाइ, माइला चौलागाई, पौडेल लोमाको छोरा नेप्टे माइला, ऐ.को छोरा, जेठो कलौरी तामाङनी, मानबहादुरको जाहान, गोविन्द नेवार, चाउरे दमाई, नगेन्द्रबहादुर, अम्बिकाबहादुर, नरबहादुर तामाङ, कैलास गुरूङ, टेकबहादुर तामाङ, सिंहबहादुर तामाङ, खड्गबहादुर अधिकारी, गणेशबहादुर समेत चिनेका र अरू नचिनेका १५।२० जना मानिस समेतले अब यसलाई पनि मार्नुपर्छ नत्र भने यसले भोलि हाम्रो पोल खोली दिन्छ भनी उक्त लेखिएका मानिस एक्कासी म तर्फ आइलागी कुटपिट गर्न शुरू गरे, यस यसले म माथि प्रहरी गरे भन्न सक्दिन तर निजहरूले मलाई समेत मार्ने मनसायले कुटपिट गरी बेहोस भएपछि छाडी गएछन । कर्णबहादुरलाई छुटाउनु पर्छ भन्ने कुराको मिटिङ्ग सिंहबहादुरको सरसल्लाह र खड्गबहादुर गणेशबहादुर समेत भई गाउँका मान्छेलाई भेला जम्मा गराई जुनसुकै अवस्था परेपनि कर्णबहादुरलाई प्रहरीको हातबाट खोस्नु पर्छ यी सामन्तीका दलालहरू हुन् भन्ने समेत कुराले सिधा जनतालाई उत्तेजना ल्याई रातमै उक्त घट्ना भएको ठाउँमा बाटो ढुक्न लगाएका भन्ने कुरा समेत मैले थाहा पाएँ । माथि लेखिएका व्यक्तिहरूले खड्गबहादुर गणेशबहादुरको इसारामा गाउँका सिधा साधा जनतालाई पटक–पटक कुटपिट गर्दै आइरहेकोले उक्त लेखिएको दिन समयमा मलाई समेत ज्यान मार्न उद्योग गरेतर्फ कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०२९।९।२४।१ मा लक्ष्मीप्रसाद कोइरालाले प्रहरी समक्ष गरेको कागज रहेछ ।
६. २०२९।९।२० गतेका दिन बेलुकी तुइसिंह भन्ने गणेशबहादुरको घरमा सरसल्लाह गर्ने दधिराम आचार्य, खगेन्द्र क्षेत्री, जुटबहादुर नेवार, जीवनकुमार राई, कर्णबहादुर तामाङ, हरिबहादुर तामाङ, भिउटे कामी, जयबहादुर दमाई, झपटे गोले, जेठो गोलेको छोरा माइलो, तेयसिं भन्ने गणेशबहादुर, नरबहादुर तामाङ, दिलबहादुर धनपति तामाङ, लामा माइलो, अम्बिकाबहादुर, नगेन्द्र सुवेदी, गोविन्द श्रेष्ठ, गोरे तामाङ, पदामे कान्छा चुहपा, माइला टेम्मा, मगर थरी माइलो, थरी जेठो, तामाङ, सिंहबहादुर तामाङ, चाउरे दमाई, टेकबहादुर दमाई माइलो, भुक्तान माइलो, हरिप्रसाद घिमिरे, यामबहादुर बोहोरा, दिलबहादुर क्षेत्री, खड्गबहादुर अधिकारी, गणेशबहादुर अधिकारी, गणेश ढकाल, पं.के.सी.जीवन धिमाल, राई काइला, जीवन राई, आचार्य माईला, चम्लागाई, रामबहादुर कामी, मनोजकुमार भट्ट समेत भई पहिला–पहिला पनि मिटिङ्ग गर्ने र मानिसहरूसँग एक रूपैयाँ चन्दा लिने कोषमा राख्ने गरेको र माओत्सेतुङको किताप पढ्नु पर्छ र कोषमा रहेको रूपैयाँबाट पछि गोली आउँछ र हामी लड्न पर्छ भन्दथे र मानबहादुर तामाङलाई पनि पक्राउ गरी जेलमा हाले कर्णबहादुरलाई पनि पक्राउ गरे निजलाई जेलमा हाल्छन् हामीहरूलाई पनि पक्राउ गरी जेलमा हाल्छन् हामीहरू कर्णबहादुरलाई खोसेर ल्याउनु पर्छ अरूलाई पनि पक्राउ गरेमा यसै गरी लान दिन हुँदैन पनि भन्थे र ०२९।९।२१ गते बिहान कर्णबहादुरलाई लान्छ भन्ने हेरी राखेका रहेछन् । हेरी राखेको मलाई थाहा भएन मोटरमा हाली चिसाङ्ग खोलामा आई पुगेपछि कुलप्रसादलाई माथि लेखिएका मानिसहरूले कुटपिट गरी कर्णबहादुरलाई खोसेर लगेछन् त्यसपछि लक्ष्मी कोइराला रवि उमाकान्तलाई कुटपिट गरौँ र कुलप्रसादलाई कुटपिट गरी खोलाको बगरमा फालेर आयौं मार्यो कि के भयो भन्थे म समेत र माथि लेखिएका मानिसहरू सबैले हमला गरेका थिए क–कसको चोट पर्यो म भन्न सक्दैन । माथि लेखिएका व्यक्तिहरू खम्बर खोलाको उत्तरपट्टि डाँडाको जंगलमा बस्ने गर्दछन यदि हामीहरूलाई पक्राउ गर्न आए गोली चलाएर पनि लड्छौं भन्दथे, माओवादी संस्थाको अफिस सिँगाई खोलाको किनारामा पक्का घरको कोठामा छ भन्थे । त्यसको लिडर विराटनगर बस्ने नाउँ गाउँ नचिनेको मानिस छ कम्युनिष्ट पार्टीको मुख्य काम कारवाही गर्ने गणेश ढकाल र गणेश अधिकारी हुन् मलाई संस्थामा मिटिङ्गमा सामेल गराउने कोशिस गर्दथे तर म संस्थाको सदस्य भएको छैन । मैले तिमीहरू कसरी संघर्ष गरेका भनेर सोध्दा चाहिने सरसामान चाइनाबाट आउँछ सामन्तीहरूलाई संघर्ष गर्नुपर्छ हामीहरूले हलो जोती कमाएको यी सामन्तीहरूले खाई दिन्छन् भन्दथे भन्ने समेत ०२९।९।२५ मा तुजु भन्ने सखरबहादुर तामाङले प्रहरी समक्ष गरी दिएको कागज रहेछ ।
७. २०२९।९।२० गते का दिन तोएसिंह भन्ने गणेशबहादुर तामाङको घरमा सरसल्लाह गर्ने दधिराम आचार्य, खगेन्द्र क्षेत्री, जुटबहादुर नेवार, जीवनकुमार राई, कर्णबहादुर तामाङ, हरिबहादुर तामाङ, भिउटे कामी, जयबहादुर दमाई, झपटे गोले, जेठो गोलेको छोरा माइलो तोएसिं, भन्ने गणेशबहादुर, नरबहादुर तामाङ, दिलबहादुर तामाङ, लामा माइला, अम्बिकाबहादुर, नगेन्द्र सुवेदी, गोविन्द श्रेष्ठ, गोरे तामाङ, पदामे कान्छा, मगर चुइपा माइला, टेमचा मगर, थरी साइँलो तामाङ, थरी जेठो तामाङ, सिंहबहादुर तामाङ, चाउरे दमाई, टेकबहादुर दमाई, विष्णु दमाई, माइलो मुक्तान माइला, हरिप्रसाद घिमिरे, यामबहादुर बोहरा, दिलबहादुर के.सी., खड्गबहादुर अधिकारी, गणेशबहादुर अधिकारी, गणेश ढकाल, बम के.सी., जीवन धिमाल, राई काईला, जीवन राई, आचार्य माइला चम्लागाई, माइला रामबहादुर कामी, मनोजकुमार भट्टराई समेत भएर पहिले–पहिले पनि मिटिङ्ग गर्ने गरेको र मानिसहरूसँग रू. १।१ चन्दा लिई कोषमा दाखिल गरेको र माओत्सेतुङ्गको किताप किन्नु पर्छ र पढ्नु पर्छ हातहतियार खोजी आएपछि लिए धनी वर्गहरूलाई मार्नु पर्छ भन्ने मिटिङ्ग गर्ने गरेको र ०२९।९।२१ गते हाम्रै साथी कर्णबहादुरलाई प्रहरीले पक्राउ गरेका छन् निजलाई विराटनगर लान लागेका छन् भन्ने थाहा पाई अघिल्ला रातमा नै हामीहरूले उक्त माथि लेखिएका सबै जना र गणेश अधिकारी, गणेश ढकाल समेत भई रातमा मिटिङ्ग गरी कर्णबहादुरलाई प्रहरीले लान लाग्दा हामीले बाटोमा गई घेरी खोसेर लिनु पर्छ प्रहरीलाई कुटपिट गरी मार्न पर्छ नत्र भने हाम्रो साथीलाई पक्राउ गरी लान्छ भोलि २१ गते हामी सबैले एक भई लाठी खुकुरी लिएर गएर कुटपिट गरी मानिस खोस्न पर्छ भन्ने मिटिङ्ग पास गरियो र भोलिपल्ट बिहान गणेश अधिकारी, गणेश ढकाल, युवनाथ पौडेल, हरिप्रसाद घिमिरे, कैलाश गुरूङ समेत बाहेकका अरू माथि लेखिएका सबै जना भई जम्मा भेला भई चिसाङ्ग खोलाको बगरमा गई भेला जम्मा भई बसेका थियौं बिहान ७।८ बजेको समयमा कुलप्रसादले कर्णबहादुरलाई लिएर आई पुगेर कुलप्रसादलाई म समेत सबैजना भई कुटपिट गरी कसैले छडी र कुखुरी प्रहार गरी काटी बगरमा फाली कर्णबहादुरलाई खोसी लियौं कुलप्रसादलाई मद्दत गर्न खोज्ने लक्ष्मीप्रसाद समेत अरू २ जनालाई पिटी त्यहाँबाट कर्णबहादुरलाई भगाई जंगलको छ टापु तर्फ गई बसेका थियौं । एक एक गरी घर आउँदा मलाई प्रहरीले पक्राउ गरेका हुन् म सखरबहादुर र खड्गबहादुर समेतका सबै जनाले कुट्ने काट्ने गरी कं.कुलप्रसादलाई मारेको ठानी फाली गएका हौं । माओत्सेतुङ्ग भन्ने माक्र्सवाद समर्थक पार्टीको अफिस हातहतियार कागजात समेत कहाँ छन् मलाई थाहा छैन भन्ने समेत ०२९।९।२५ मा धनजित तामाङले प्रहरी समक्ष गरिदिएको कागज रहेछ ।
८. कर्णबहादुर तामाङले प्रहरी चौकी लेटाङ्गमा थुनामा राखेका रहेछन निजलाई छोडाउन वा खोस्न पर्छ भन्ने मेरै साथी गणेश ढकाल, टेकबहादुर, नरबहादुर बम, केशी मनोजकुमार, सिंहबहादुर, धनबहादुर, खड्गबहादुर, धनजित, युवनाथ समेत र अरू नचिनेका २५।३० जना समेत भई ०२९।९।२० गतेको रात गणेशबहादुर तामाङको घरमा मिटिङ्ग गरी भोलि प्रहरीले कर्णबहादुरलाई विराटनगरमा लाँदैछ बाटामा नखोसी हुँदैन प्रहरीलाई कुटपिट गरी मारी फाल्नु पर्छ हाम्रो सिद्धान्त नै यही हो भनी सबै जना एक मत भई मिटिङ्ग पास भयो र आ–आफ्ना डेरा घरतर्फ गई भोलिपल्ट सबै साथी गई उक्त लेखिए बमोजिम चिसाङ्ग खोला बगरमा कुलप्रसादलाई कुटपिट गरी मर्न बाँच्न दोसाँद पारी फाली कर्णबहादुरलाई खोसी दिएछन् र सबै साथी आएछन् यस बारे मेरो पनि सहमति थियो म चाहिँ गइँन । माक्र्सवाद कम्युनिष्ट पार्टीको अफिस कहाँ छ मलाई थाहा छैन हातहतियार मलाई नदेखाएकोले देखेको छैन के गर्ने विचार छ साथीहरूको निजहरू नै जानून् भन्ने समेत ०२९।९।२५ मा हरिप्रसाद घिमिरेले प्रहरी समक्ष गरी दिएको कागज रहेछ ।
९. २०२९।९।२० गते म गणेश ढकाल टेकबहादुर तामाङ, नरबहादुर तामाङ, बम के.सी., मनोजकुमार भट्ट, सिंहबहादुर तामाङ, गणेशबहादुर तामाङ, धनबहादुर तामाङ समेत र अरू २५।३० जना भई गणेशबहादुर तामाङको घरमा मिटिङ्ग बोलाएकोले माथि लेखिएका मानिस र अरू २५।३० जना समेत भई माओत्सेतुङ्ग समर्थक माक्र्सवाद कम्यूनिष्ट पार्टीको तर्फबाट हामीले मिटिङ्ग गरेको हो सो मिटिङ्गमा सरकारी कर्मचारी मार्नु पर्छ अनि धनी वर्ग मार्नु पर्छ, हाम्रो जीवन हामीले जोतेर खानु पर्छ र हामीले क्रान्ति गरेर हाम्रो सत्ता बनाई गरीबको जगेडा गर्नु पर्छ भन्ने समेत इत्यादि मिटिङ्ग गरी त्यसको बाद हाम्रो साथी मानबहादुरलाई प्रशासनले थुनेको छ नारा जुलुस लगाएर मानबहादुरलाई छुटाउनु पर्छ भन्ने समेत पास भएको थियो । सो कुरा थाहा पाई कर्णबहादुरलाई पक्राउ गरेछन् कर्णबहादुरलाई खोसी लिनु पर्छ भनी सोही रातमा मिटिङ्ग भई हामी उक्त लेखिएका मानिस मध्ये म गइँन अरू नचिने चिनेका मध्ये २।४ जना बाहेक अरू साथी गई कर्णबहादुरलाई विराटनगर लान लाग्दा चिसाङ्ग खोलामा कुटपिट गरी मर्ने बाँच्ने दोसाँध पारी खोसी ल्याएछन् २०२९।९।२५ गते बिहानको कुरा हो उक्त काम गर्नेमा मेरो सहमत थियो तर म चाहिँ गइन । कम्युनिष्ट पार्टीको अफिस कहाँ छ मलाई थाहा छैन साथीहरूको भनाई बमोजिम म समेत त्यस पार्टीको समर्थक र अवैध काम गरी हिँड्न थालेको हुँ भन्ने समेत ०२९।९।२५।२ मा कैलाश गुरूङले प्रहरी समक्ष गरी दिएको कागज रहेछ ।
१०. २०२९ साल पौष २० गते म घरमा भएको मौका नरबहादुर तामाङ, खड्गबहादुर अधिकारी, हरिबहादुर घिमिरे समेतका ३०।३५ जनाले आज मिटिङ्ग गर्नु पर्छ भनी भनेबाट तोएसिंह भन्ने गणेशबहादुरको घरमा गई मिटिङ्ग गरी म सो मिटिङ्गमा म पनि थिएँ र दधिराम आचार्य पनि थिए अब हामीले धनी वर्गलाई मार्नु पर्छ गरीबको राज चलाउनु पर्छ हाम्रो साथी कर्णबहादुरलाई पुलिसले पक्रेको छ कर्णबहादुरलाई खोस्न भोलि सबैले जानु भनी मिटिङ्गमा पास भई आफू आफ्ना घरतर्फ गयौं भोलिपल्ट बिहान हाम्रो वास्ताले जान पाइँन । अरू साथी गएछन र कूलप्रसादलाई चिसाङ्ग खोलामा कुटेछन् मर्न बाँच्न दोसाँध भएपछि छाडी साथीहरू जङ्गलतर्फ गएछन, कर्णबहादुरलाई प्रहरीबाट खोसी लिएछन्, हामीहरूको मनसाय विचार यही हो धनी वर्गलाई कुटपिट गरी मार्ने हतियार उठाउने प्रहरीलाई मार्ने यस्तै कुराको विचारधारा काम समेत गर्ने निश्चित गरी हामीहरू लागेका हौं हतियार साथीहरूले कहाँ कहाँ राखेका छन थाहा छैन भन्ने ०२९।९।२५ मा यदुनाथ पौडेलले प्रहरी समक्ष गरिदिएको कागज रहेछ ।
११. ०२९ साल पौष २० गते नरबहादुर तामाङ, तोएसिं भन्ने गणेशबहादुर तामाङ, टेकबहादुर तामाङ, यदुनाथ पौडेल, हरिप्रसाद घिमिरे, सिंहबहादुर तामाङ, धनिजत तामाङ, गणेशबहादुर समेतका र अरू मैले नचिनेका मानिसको सबै भेटघाट गर्ने मिटिङ्ग गर्ने इत्यादी भइरहेको थियो । सो २० गते म समलिङ्ग तर्फ छु पारी खोलीटार भन्ने ठाउँमा धान हेर्न भनी गएको हुँ । ०२९।९।२१ गते म वारदात गर्न गइँन । वारदात गर्न माथि लेखिएका व्यक्ति गएछन र कुलप्रसादलाई कुटेछन निजहरू जङ्गलमा गई बसेका रहेछन भेट गर्न आउँदा प्रहरीले पक्राउ गरेका हुन कुटपिट गर्दा म थिइँन उक्त कुरा गर्नेमा सहमत मेरो पनि थियो । कुटपिट गर्नुपर्ने कारण कर्णबहादुरलाई पक्राउ गरेकोले असफल पारी खोस्न हो, मबाट बरामद भएको छुरी प्रहार गर्न बोकेको हुँ माओत्सेतुङ्गको अफिस कहाँ छ केही थाहा छैन भन्ने समेत ०२९।९।२५ मा खड्गबहादुर अधिकारीले प्रहरी समक्ष गरी दिएको कागज रहेछ ।
१२. २०२९ साल पौष २० गतेका दिन कर्णबहादुरलाई प्रहरीले पक्राउ गरी लगी रहेछन् सो कुरा गाउँमा थाहा भयो र नरबहादुरको घरमा मिटिङ्ग बोलाई मिटिङ्गमा हरिबहादुर तामाङ गोरे घिसिगं तामाङ, कर्णबहादुर कावा तामाङ, सखरबहादुर तामाङ, धनजित तामाङ, दिलबहादुर तामाङ, तोएसिं भन्ने गणेशबहादुर तामाङ, जयबहादुर राई, झपटे गोले तामाङ, बलभद्र गोले तामाङ, रत्ने दमाई, भिउटे कामी, वीरबहादुर मगर, लामघार कामीको छोरा जेठो, काले बाजे मगर, पदामे मगर, अकले मगर, चुरसा मगर, मानबहादुर तामाङको जग्गा कमाउने जेठो राई, धनबहादुर तामाङ, कितापसिं तामाङ, युवनाथ पौडेल, नाम नजानेको पौडेल, आचार्यको भाइ माइला चौलागाइर्, माइला लामाको छोरा नेप्टे माइला, ऐको छोरा जेठो कर्णबहादुरको कान्छी आमा कैराली तामाङनी, मानबहादुरको जाहान, गोविन्दे नेवार, चाउरे दमाई, नगेन्द्रबहादुर सुवेदी, अम्बिकाबहादुर सुवेदी, नरबहादुर पाखरिन, कैलाश गुरूङ, टेकबहादुर पाखरिन, सिंहबहादुर तामाङ अरू नाम नजानेको ३।४ जना र थरी जेठा तामाङ ऐ.को भाइ माइला समेत नरबहादुरको घरमा मिटिङ्ग गरी कर्णबहादुरलाई खोसी ल्याउनु पर्छ भनी मिटिङ्ग पास भयो र भोलिपल्ट बिहान ४ बजे नै उक्त माथि लेखिएका सिंहबहादुर तामाङ बाहेक सबै जना चिसाङ्ग खोलामा जानु पर्छ भनी सबै जना र खड्गबहादुर समेत भई हातमा लाठी खुकुरी छुरी समेत लिई चिसाङ्ग खोलामा गई बस्यौं । कुलप्रसादले कर्णबहादुरलाई हथकडी लगाई बिहान ७।८ बजे चिसाङ्ग खोला एकान्त ठाउँ आई पुगेपछि हामी सबै जनाले बाटोमा घेरी प्रहरीलाई धमाधम कुटपिट गर्न थाले, कसैले कर्णबहादुरका हातमा हथकडी खोसी लियांै प्रहरीलाई हामीले कुटपिट गर्दा मलाई नकुट ज्यान बचाई देउ बरू कर्णबहादुरलाई खोली दिन्छु भनी भन्थे । अब मरे होलान भनी बगरमा नै फाली हिँड्न लाग्दा कर्णबहादुरले पुलिस जिउँदै बस्छ भनेर फेरि कुटपिट गरी सबै फर्की म नारा जुलुस गरेको थाहा पाई कर्णबहादुरलाई पक्राउ गरेको हो, माक्र्सवादी कम्यूनिष्ट पार्टीको अफिस कहाँ छ थाहा छैन सदस्य बनेको छैन भन्ने समेत जिरा भन्ने पद्मबहादुर तामाङले ०२९।९।२५ मा प्रहरी समक्ष गरी दिएको कागज रहेछ ।
१३. २०२९ साल पौष २० गतेका रात कर्णबहादुरलाई पक्राउ गरी चौकीमा लगेका छन् मद्दत दिनुपर्यो जाउँ भनी रत्नबहादुर तामाङ, रत्नबहादुर दमाई खेरूवाका २ जना र कुमारीको काका तामाङ डुडेवाकाको भाइ समेत रात ११।१२ बजे आई भनेबाट म पनि निजहरूको साथ लागी कमलपुर गयौं । त्यहाँ नरबहादुर तामाङ हरिबहादुर तामाङ तोएसिं भन्ने गणेशबहादुर, काजीमान तामाङ, बलभद्र तामाङ, झपटे तामाङ, लिते तामाङ, कर्णबहादुर तामाङ, सखरबहादुर, धनजित तामाङ, बीलबहादुर तामाङ, जयबहादुर राई, वीरबहादुर मगर, लामघारेको छोरा जेठा, काले बाजे मगर, अकले मगर, चुस्सा मगर, मानबहादुरको जग्गा कमाउने जेठो राई, धनबहादुर तामाङ, युवनाथ पौडेल, बेणुप्रसाद पौडेल, देवीबहादुर आचार्य, चौलागाई नेप्टे माइला, काले जेठा कलोरी तामाङनी मानबहादुरको स्वास्नी गोविन्दे नेवार, चाउरे दमाई, नरेन्द्रबहादुर सुवेदी अम्बिकाबहादुर सुवेदी, खड्गबहादुर अधिकारी, नरबहादुर पाख्रिन, कैलाश गुरूङ, टेकबहादुर पाख्रिन, सिंहबहादुर, पद्मबहादुर तामाङ समेतका मानिस कर्णबहादुरको गोठमा भेला जम्मा भई बसेको रहेछन् ०२९।९।२१ गते बिहानपख चिसाङ्ग खोलामा गएर बस्नुपर्छ पुलिसलाई कुटी मार्नु पर्छ भन्ने सरसल्लाह भई त्यहाँबाट चिसाङ्ग खोला एकान्त ठाउँमा बसी ७।८ बजे कुलप्रसादले कर्णबहादुरलाई बाँधछाँद गरी ल्याए । हामीहरूले लाठी खुकुरी छुरा समेत लिएर आएका थियौं धमाधम कुलप्रसादलाई कुटपिट गरी मरे भन्ने भई त्यहाँ बगरै छाडी कर्णबहादुरलाइ हथकडी समेत खोली हामीले लिएर भाग्यौँ । अलिक पर गई कर्णबहादुरले लगाएको हथकडी ढुङ्गाले हानी खोली त्यहाँबाट जङ्गलतर्फ भाग्यौं म आफ्नै घरमा आएँ, नरबहादुरले भाग भन्ने खबर पठाएकोले मुढेवास भागी बसेको थिएँ फर्की घर आउँदा पक्राउ गरी ल्याएको हो नरबहादुर समेतले सामन्तीले हामीलाई मार्छ उनीहरूलाई अब हामीले नमारी हुँदैन, हाम्रो पार्टीमा लाग भनी भनेकोले म पनि हालसालै पार्टीमा लागेको छु सामन्ती मार्नु पर्छ कर्मचारी मार्नु पर्छ र अनि हाम्रो एकता कायम हुन्छ भनी मलाई निजहरूले भन्थे कर्णबहादुरलाई पक्राउ गरेछन् । मिटिङ्ग गरी खोस्न गई प्रहरीलाई सबैले कुटपिट गरेका हौं भन्ने समेत ०२९।९।२९ मा पदामे भन्ने पद्मबहादुर मगरले प्रहरी समक्ष गरी दिएको कागज रहेछ।
१४. मानबहादुरलाई पक्राउ गरेकोले नारा जुलुस गर्न पर्छ भनी मिटिङ्ग गरेका थियौं । प्रहरीले थाहा पाई कर्णबहादुरलाई पक्राउ गरी चौकीमा राखेका छन् सो कुरा हाम्रा साथीहरूले थाहा पाई खोसी लिनु पर्छ भनी नरबहादुरको घरमा ०२९।९।२० गते बुलेकी कर्णबहादुर, बलबहादुर, हरिबहादुर तामाङ, गोरे घिसिँग तामाङ, कर्णबहादुर ङावा तामाङ, सखरबहादुर तामाङ, धनजित तामाङ, वीरबहादुर तामाङ, गणेशबहादुर तामाङ, जयबहादुर, झपटे गोले, बलभद्र गोले, रत्नबहादुर दमाई, भिउटे भन्ने रत्नबहादुर कामी, वीरबहादुर मगर, लामघारे कामीको छोरा जेठो काले, बाजे मगर, पदामे भन्ने पद्मबहादुर मगर, अकले मगर मानबहादुरको जमीन जोत्ने जेठो राई, किताप सिंह, बल युवनाथ पौडेल, आचार्य माइला, चौलागाई नेप्टे माइला, ऐको छोरा जेठो काले कलौरी, तामाङनी मानबहादुरको जाहान गोविन्दे नेवार चाउरे दमाई, नगेन्द्रबहादुर सुवेदी, अम्बिकाबहादुर सुवेदी, खड्गबहादुर अधिकारी, नरबहादुर पाख्रिन, कैलाश गुरूङ, टेकबहादुर तामाङ, सिंहबहादुर तामाङ जिरा भन्ने पद्मबहादुर तामाङ समेतको व्यक्ति भेला भई भोलि बिहान बाटामा जानु पर्छ भन्ने सरसल्लाह ठीक भएपछि रातारात त्यहाँबाट कमलपुर गई कर्णबहादुरको गोठमा वसी भोलिपल्ट बिहान ४।५ बजे चिसाङ्ग खोला एकान्त ठाउँमा गई भेला भई बसेका थियौं । माथि लेखिएका सबैले लाठी खुकुरी चुपी छुरी लिएका थियौं, बिहान ७।८ बजेको समयमा कुलप्रसादले कर्णबहादुरलाई हथकडी लगाई ल्याएको देखी हामी सबैले कुलप्रसादलाई कुटी सख्त घाइते बनाई मर्यो होला भन्नेपछि कर्णबहादुरलाई खोसी जङ्गलतर्फ भाग्यौं सो ठाउँमा अरू २ जनालाई पनि कुटपिट गर्यौं म घर गाउँमा आउँदा प्रहरीले फेला पारी ल्याएका हुन मिटिङ्ग बराबर गाउँको स्कूलमा गर्छौं कागज पत्र केही छैन यस संघ संस्थामा १ वर्षे देखि काम गरी आएको छु हाम्रो नीति धनी वर्गलाई मार्ने सरकारी कर्मचारीलाई मार्ने जग्गा जमीन बाँडेर लिने एकता बढाउने हो भन्नेसमेत चुस्सा भन्ने मानबहादुरले ०२९।९।२९ मा प्रहरी समक्ष गरी दिएको कागज रहेछ ।
१५. मिटिङ्ग गरेको अभियोगमा कर्णबहादुरलाई प्रहरीले पक्राउ गरेछन सो कुरा हामीलाई थाहा भयो २०२९ साल पौष २० गतेका दिन बेलुकीपख नरबहादुरको घरमा कर्णबहादुर, बमबहादुर तोएसिं भन्ने गणेशबहादुर हरिबहादुर गोरे तामाङ कर्णबहादुर तामाङ सखरबहादुर धनजित तामाङ दिलबहादुर जयबहादुर राई झपटे गोले बलभद्र गोले रत्नबहादुर दमाई रत्नबहादुर कामी बाजे मगर पदामे भन्ने पद्य चुर्सा भन्ने मानबहादुर, मानबहादुरको जमीन जोत्ने राई जेठा घनबहादुर किताप सिंह युवनाथ पौडेल, आचार्य चौलागाई नेप्टे माइला, ऐको छोरा जेठो कलौरी, मानबहादुरको स्वास्नी, गोविन्दे नेवार, चाउँरे दमाई, नगेन्द्रबहादुर सुवेदी, खड्गबहादुर अधिकारी, नरबहादुर पाख्रिन, कैलाश गुरूङ, टेकबहादुर तामाङ, सिंहबहादुर तामाङ, अरू नचिनेका र जिरा भन्ने पद्मबहादुर तामाङ समेत भेला भई भोलि पुलिसलाई कुटपिट गरी कर्णबहादुरलाई खोसेर ल्याउनु पर्छ भन्ने निश्चय भएर कर्णबहादुर कै गोठमा गएर रात भर बस्यौं । भोलिपल्ट बिहान चिसाङ्ग खोलामा गई बसेका थियौं सबैको हातमा लाठी खुकुरी छुरी थियो । कुलप्रसादले चिसाङ्गमा कर्णबहादुरलाई ल्याई पुर्याएपछि हामी सबैले एक एक कुटपिट गरी मर्यो भन्ने भए पछि त्यहाँ नै छोडी कर्णबहादुरलाई लिएर भागेको कोही जङ्गलमा बसेका थियौं घर आउँदा पक्राउ गरी ल्याएका हुन पार्टी सम्बन्धी अरू कुरा मलाई थाहा छैन भन्ने समेत ०२९।९।२९ मा अक्कलमान मगरले प्रहरी समक्ष गरिदिएको कागज रहेछ ।
१६. कोशी अञ्चल अस्पताल विराटनगरको नयाँ बनेको सर्जिकलको वेड नं. ८ मा कुलप्रसादको लाश रहेको पूर्व सिरान पश्चिम गोडा भई उत्तानो परेको लाशलाई हरियो रंगको कमल ओडाएको कमल खोली हेर्दा दुवै गोडा पछारिएको दुवै हात शरीरमा लपेटी पसारिएको अर्ध मुठ्ठी पारेको टाउकोमा दाहिनेपट्टि ४ अमल चौडा २ इन्च गहिरो चोट र देव्रेपट्टि टाउकोमा ३ अमल चौडाई १ अमल गहिरो घाउको चोट र अन्यत्र शरीरमा घाउ चोट नदेखिएको आँखा बन्द मुख खुल्ला भएको समेत लाशजाँच मुचुल्का ठीक छ भन्ने समेत ०२९।१०।२।३ को लाश जाँच मुचुल्का रहेछ ।
१७. लाश पोष्टमार्टमको फाराम पनि मिसिलमा सामेल रहेछ । ०२९।१०।२।२ मा लाश बुझ्न यज्ञमणि उपाध्यायले गरिदिएको भरपाई मिसिल सामेल रहेछ ।
१८. २०२९।९।२१ गते म विराटनगर औषधी लिन भनी हिँडे साथमा बीच बाटाको जङ्गल हुँदा प्रहरी भनी कर्णबहादुरलाई लिई जानु भएकोले उनीहरूकै साथमा म पनि हिँडेको थिएँ । बीच बाटो चिसाङ्ग खोलाका बीचमा ढुङ्गा ओसार्ने मोटर ढुंगा लोड गरी रहेको हुँदा सो मोटरमा जान भनी बगरमा म समेतका कं.कुलप्रसाद समेत बसी रहेका थियौं त्यस मौकामा चिसाङ्ग खोलाको पूर्व जङ्गलबाट नरबहादुर तामाङ कर्णबहादुर भएको ठाउँमा आई पुग्यो र नरबहादुरको साथ खड्गबहादुर अधिकारी नाम नजानेको दमाई अरू देखे चिने नाउँ नजानेका ४०।५० जना लाठी खुकुरी समेत लिई आई कुलप्रसादलाई लाठीले २ लाठी हिर्काउनासाथ कुलप्रसाद लडे एकाएक सबैले लाठीले टाउकोमा जिउ आङ समेतमा धमाधम कुटपिट गरी मरणान्त अवस्था पारी पछि लक्ष्मीप्रसादले पुलिस नमार, मानिस लाने काम छ भने लैजाउ भनी भन्नु भयो र लक्ष्मीप्रसादलाई पनि कुटे, र मलाई पनि २ लाठी कुटेपछि नरबहादुर समेतका सबैजना कर्णबहादुरलाई लिई पुनः जंगलतर्फ भागे त्यसपछि लेटाङ प्रहरी चौकीमा आई कुलप्रसाद बेहोस भएको खवर गरिदिएँ भन्ने समेत ०२९।१०।९ मा पिउस कान्तीदासले प्रहरी समक्ष गरिदिनुभएको कागज रहेछ ।
१९. पूर्व सिंहबहादुर तामाङको जमीन पश्चिम गुमान सिंहको जमीन उत्तर करमर बोट घएरिको बोट दक्षिण मानबहादुरको जमीनको खेतमा लाने पानी कुलाको सँग यो ४ किल्ला भित्रको खोलो बगरमा घटना घटेको घटनास्थलको विवरण ।
२०. २०२९।९।२१ गते दिन मधुमल्ला गाउँको चुनाउ भएबाट चुनाउमा जान भनी म र लक्ष्मीप्रसाद समेत २ जना र विराटनगर जान भनि पिउस कान्तीदास समेत ढुङ्गा लोड गरेको मोटरमा जान भनी बसी रहेको अवस्थामा कुलप्रसादले कर्णबहादुरलाई लिएर आएको अवस्था माथि लेखिएको घटनास्थलमा कुलप्रसादलाई युवनाथ खड्गबहादुर समेत र निजहरूले पोलेको पक्राउ परेको सबै जनाले पोल गरेको सबै जनाले कुटपिट गरी मरणान्त अवस्था पारेपछि म ट्रकमा लुकी बसेँ नरबहादुर तामाङ, कैलाश गुरूङ, गोविन्द हरी तोएसिं भन्ने गणेशबहादुर मानबहादुरको ज्वार्इँ नरेन्द्रबहादुर भिउटे कामी, जयबहादुर राई, सखरबहादुर गोलेको छोरा दुई भाइ जेठो र माइलो दिलबहादुर समेत चिनेका र नचिनेका ५०।६० जना जति थिए लाठी खुकुरी समेत लिई आई कुटपिट गरेका हुन भन्ने समेत रोमहर्ष कार्की ।
२१. ०२९।९।२१ गतेका दिन म घरमा पेन्सन लिन जान भनी घटनास्थलमा म पनि मोटरमा चढी जान आई बसेको थिएँ सोही अवस्था कुलप्रसादले कर्णबहादुरलाई लिएर घटनास्थलमा आउनासाथ युवनाथ समेत र निजले पोल गरेका व्यक्तिले बराबर सबैले कुटपिट गर्न थाले मर्ने बाँच्ने दोसाँध भएपछि लक्ष्मीप्रसाद डाक्टरलाई समेत कुटे म गाडीमा चढेर गएको हुँ वारदात गर्न परेको र निजले पोलेका सबै जना हुन् भन्ने समेत डम्बरबहादुर राई ।
२२. कर्णबहादुरलाई पक्राउ गरी कुलप्रसादले विराटनगर लान चिसाङ्ग खोलामा पुर्याउँदा सखरबहादुर नरबहादुर खड्गबहादुर समेतका व्यक्तिले कुटपिट गरी बेहोस बनाई भनी के हेर्न जाँदा मरणान्त अवस्थामा रहेछ युवनाथ समेत पक्राउ परेका र निजहरूले पोलेका व्यक्तिहरूले वारदात गरी कर्णबहादुरलाई खोसी लगेका रहेछन् भन्ने समेत तुल्सीबहादुर राई ।
२३. कुलप्रसादलाई युवनाथ समेतका ५०।६० जनाले कुटपिट गरी मरणान्त पारेका छन् भनी खबर सुनेबाट हेर्न जाँदा कुलप्रसाद बेहोस अवस्थामा देखें क–कसले वारदात गरेछन भनी बुझ्दा पक्राउ परेको युवानाथ समेत निजहरूले पोल गरेको सबै जम्मा भई गरेको रहेछन् निजहरू बराबर यस प्रकारका मारपिट गर्ने खालका व्यक्तिहरू हुन भन्ने समेत उदयकुमार परियार ।
२४. ०२९।९।२१ गते कुलप्रसादलाई चिसाङ खोलामा कुटपिट गरी मरणान्त पारेको सुनी गई हेर्दा मरणान्त अवस्थाको देख्यौं र बोकाई लेटाङ्ग लगी त्यहाँबाट अस्पताल लगेको पक्राउ परेको युवनाथ समेत र निजले पोल गरेको सबै जना भई कुटपिट गरेकै लाग्छ । निजहरू यसप्रकार बद्चलनका हुन् भन्ने समेत टंकप्रसाद कोइराला समेत १० जवान ।
२५. ०२९।९।२१ गते म खेती खमारमा थिएँ पद्मबहादुर डोडीया किन भन्दा खरायो लखेटेको भन्ने फेरि सोद्धा कर्णबहादुरलाई छुटाउन हिंडेको भन्दथे केही छिनमा ५०।६० जना मानिस भागी पूर्व दौडी गएकै हो भनी पत्ता लगाउँदा कुलप्रसाद र लक्ष्मीप्रसादलाई कुटपिट गरी बेहोस बनाई भागेका रहेछन् पक्राउ परेका युवनाथ समेत र निजहरूको सबै जनाले कुलप्रसादलाई कुटेकै हुन् भन्ने समेत टेकबहादुर उदास ।
२६. ०२९।९।२१ गतेका दिन म खेती माथि युवनाथ समेतको मानिस दौडी पश्चिमतर्फ आएको हो भनी सोद्धा खरायो खेदेको भने, एकछिन पछि कुलप्रसादलाई कुटपिट गरी बेहोस तुल्याई पूर्व तर्फ भागेको देखेको हुँ भन्ने समेत माधवप्रसाद पौडेल ।
२७. ०२९।९।२१ गतेको बिहान कुलप्रसाद, लक्ष्मीप्रसाद डाक्टर समेतलाई पक्राउ परेका र अरू ५०।६० जना भई कुटपिट गरेको भनी सुन्यौँ भन्ने समेत डम्बरबहादुर गिरी समेत २७ जवान।
२८. पौष २१ गतेका दिन खमारमा धान दाउनी गरी रहेको अवस्थामा गणेशबहादुर तामाङ सुवेदी नरबहादुरको कान्छी आमा समेतका ४५ जना जति दौडी पश्चिमतर्फ खरायो खेद्न जाने भनी आएका थिए कुलप्रसादलाई कुटपिट गरी भागेका रहेछन् कुटपिट गरी हिँड्ने खराब चालचलनका मानिस हुन् भन्ने समेत रामबहादुर कामी ।
२९. ०२९।९।२० गते रातमा मेरो गोठमा नरबहादुर तोएसिं भन्ने गणेशबहादुर काजीमान जयबहादुर राई गोविन्द हरी नेवार गोरे तामाङ भिउटे कामी रत्ने दमाई भाइ मानबहादुर मगर अम्बिका सुवेदी नगेन्द्र सुवेदी श्रीमान तामाङ कर्णबहादुर कोइली जगन्नाथ आचार्य माइला समेत भई कर्णबहादुर नावालाई उठ उठ भन्न आई रातमा उठदैन भनी मैले भने र नरबहादुरले चुप्पी र गोविन्दले लाठी उठाउन थाले र कर्णबहादुरलाई लिएर गए भोलिपल्ट खोला तर्फ जाँदा कर्णबहादुरको गोठमा पक्राउ परेको युवनाथ समेत निजहरूले पोल गरेका अरू मानिस समेत दौडी खोला तर्फ आएको देखें मेरो भाइ कर्णबहादुरले मलाई भन्यो कि कुलप्रसादलाई कुटपिट गर्न थाले म भागेर आएँ भन्यो म घटनास्थल तर्फ गइँन भन्ने समेत रत्नबहादुर ङावा तामाङ ।
३०. ०२९।९।२१ गते बिहान कुलप्रसाद लक्ष्मीप्रसाद पिउस कान्तिदास समेतलाई चिसाङ् खोलामा कुटपिट गरी बेहोस पारेका छन् भनी हेर्न आउँदा बेहोस हालतमा रहेछन् उपचारको लागि विराटनगर पठाइयो कस–कसले कुटेछन् भनी बुझ्दा अम्बिका सुवेदी नगेन्द्र सुवेदी सिंहबहादुर नरबहादुर गणेशबहादुर कर्णबहादुर चुस्ता मगर अकले मगर पद्मबहादुर मगर भिउटे कामी पाँचथरे बुङोलिमगर लिम्बा थरी कान्छा थरी जेठा थरी माइला रत्ने भन्ने गोरे घिसिग च्याङ्वा कान्छा चाउरे दमाई सखरबहादुर जगन्नाथ बगरकी कान्छा लिपटेबहादुर बलभद्र गोविन्द हरी काजीमान खड्गबहादुर जिरा तामाङ रत्नमाया कर्णबहादुर कार्की कैलाश गुरूङ दिलबहादुर तामाङ घनजित युवनाथ हरिप्रसाद मानबहादुर दमाई हरिबहादुर लिम्बु कुन्तीकुमारी लिम्बू सिंहबहादुरको स्वास्नी मानबहादुरको स्वास्नी श्यामको स्वास्नी गणेशबहादुर अधिकारी जयबहादुर राई बम केशी समेतका व्यक्तिले कुलप्रसाद समेतलाई कुटपिट गरेका हुन माथि लेखिएका मानिसलाई सिकाउने समेत र कुटपिट गरी ल्याएका धनमाल डिल्लीबहादुर जुठबहादुर खगेन्द्र पौडेल बमबहादुर राई जीवन राई डम्बर सिं राई गणेश ढकाल समेतले लिने गर्दछ भन्ने समेत गोविन्दप्रसाद भण्डारी समेत ७९ जवान समेतका ०२९।९।२ गतेको सरजमीन मुचुल्का रहेछन् ।
३१. म उपरको सरजमीनको पोल सुनेँ म आफ्नो खानदानको इज्जतमा बसेको व्यक्ति रिसइवीले मलाई झुठ्ठा पोल गरेको हो भन्ने समेत डिल्लीबहादुर अधिकारीले ०२९।१०।१० मा प्रहरी समक्ष गरिदिएको कागज रहेछ ।
३२. ०२९।९।१९ गते धरान गई विरामी भएकोले २१ गते सम्म धरानमै बसी २२ गते आएको हुँ । हुलमुलमा मेरो नाम पनि सरजमीनमा लेखिएको हो मैले कं.कुलप्रसादलाई कुटपिट गरेको होइन भन्ने समेत ०२९।१०।२० मा हरिबहादुर लिम्बुले प्रहरी समक्ष गरिदिएको कागज रहेछ।
३३. कुलप्रसादलाई मैले कुटपिट गरेको होइन रिसइवीले झुठ्ठा पोल गरेका हुन् कर्णबहादुर समेतले कुटपिट गरे भन्ने सुनेको हुँ भन्ने समेत ०२९।१०।२० मा कुन्तीदेवी लिम्बुले प्रहरी समक्ष गरिदिएको कागज रहेछ ।
३४. कुलप्रसादलाई कुटपिट गरी बेहोस पारे पछि पक्राउ परेको कर्णबहादुरलाई भगाई लिई गएको भन्ने सखरबहादुर समेतका अभियुक्तहरू र लक्ष्मीप्रसाद समेतको बयान सरजमीनको भनाईबाट समेत सखरबहादुर धनजित हरिप्रसाद कैलाश गुरूङ युवनाथ खड्गबहादुर पद्मबहादुर मगर मानबहादुर मगर अकलमान र पक्राउ नपरेका हरिबहादुर गोरे घिसिङ्ग कर्णबहादुर बल दिलबहादुर तोएसिं भन्ने गणेशबहादुर जयबहादुर झपटे भन्ने गोले बलभद्र रत्नबहादुर दमाई रत्नबहादुर कामी वीरबहादुर लामघारे कामीका छोरा जेठो काले कामी बाजे मगर मानबहादुरको जग्गा कमाउने जेठो राई किताप सिं वेणुप्रसाद देवीबहादुर जगन्नाथ नेप्टे थरी लामा ऐको छोरा जेठो थरी लामा कलौरी मानबहादुरको श्रीमती गोविन्द हरि चाउरे नगेन्द्रबहादुर अम्बिकाबहादुर नरबहादुर टेकबहादुर सिंहबहादुर गणेशबहादुर दधिराम, खगेन्द्र क्षेत्री जुठेबहादुर जीवनकुमार जयबहादुर लामा साइँलो चुया साइँलो टेमा मगर टेकबहादुर दमाई माइलो मुक्तान माइलो यामबहादुर गणेश ढकाल बम के.सी.जीवन धिमाल साइँला राई रामबहादुर मनोजकुमार कर्णबहादुर ङावा धनबहादुर काजीमान लिते सिमल बोटेको छोरा च्याङ्बा फोमेन तमाङ समेतले कुलप्रसादलाई कुटपिट गरी निर्मम हत्या गरी मरेको भन्ने लाश जाँच मुचुल्का र पोष्टमार्टम फाराम समेतबाट सिद्ध हुन आएबाट उक्त लेखिएका व्यक्तिहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धीको दफा १३ को उपदफा (३) अनुसार सजाय हुन र हरिबहादुर कुन्तीदेवी सिंहबहादुरको श्रीमती श्यामजीको श्रीमती जयबहादुर राई डिल्लीबहादुर खगेन्द्र पौडेल पद्मबहादुर डम्बरसिं समेतलाई मुद्दा चलाउन सबूदको अभाव भएकोले निजहरूलाई हाजिर जमानतमा छाडिएको व्यहोरा समेत अनुरोध गरिन्छ भन्ने समेत ०२९।१०।२२ को प्रहरी अधिकृत तथा स.स.अ.को संयुक्त आरोपपत्र रहेछ ।
३५. ०२९।९।२१ गतेका दिन झापा दमक देवी चोन भन्ने ठाउँमा छु प्रहरीले कुटपिट गरी गराएको कागज हो, प्रहरीलाई कसले कुटे थाहा छैन चिसाङ् खोला ३ कोष टाढा पर्छ पार्टी खोलेको र नारा जुलुस गरेको कुनै कुरा थाहा छैन लक्ष्मीप्रसादसँग मेरो आमाको जग्गा विषयमा मुद्दा परेको छ इवीवाला हुनाले झुठ्ठा पोलेको हुन भन्ने समेत तुजु भन्ने सखरबहादुर तामाङले ०२९।१०।२।२ मा मोरङ् जिल्ला अदालतमा गरेको बयान रहेछ ।
३६. प्रहरीमा गरेको बयान राजीखुसीले गरेको होइन, कुटपिट गरी साविती कागज गराएको हुन पौष २१ गते घरदेखि २ माइल टाढा कामतमा छु, प्रहरीलाई चिसाङ् खोलामा कुटपिट गरी मारेको समेत कुनै कुरा थाहा छैन लक्ष्मीप्रसादसँग घरायसमा झगडा भएकोले झुठ्ठा पोल गरेको हुन सरजमीनले पनि झुठ्ठै लेखेको हुन भन्ने समेत ०२९।१०।२२ मा धनजित तामाङले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
३७. २०२९ साल पौष २५ गतेको प्रहरीमा गराएको कागज मैले आफ्नो राजीखुसीले गरेको होइन प्रहरीले सही गर भनेकोले सही गरेको हो मिटिङ्गमा बोलाउँदा गएको र त्यस कुरामा मेरो सहमति थियो भनी मैले भनेको कुरा लेखेका हुन् पौष २० गते दिनभर खमारमा र बेलुका घरमा छु २१ गते दिनरात वा.नं. ३ को घरमा छु गणेशबहादुरको घर कामतको घरबाट ४ कोष पर्छ निजलाई चिनेको पनि छैन मिटिङ्ग गरेको पनि थाहा छैन लक्ष्मीप्रसादसँग मेरो भनावैरी भएकोले झुठ्ठा पोल गरेको हुन् भन्ने समेत ०२९।१०।२३ मा खड्गबहादुर अधिकारीले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
३८. प्रहरीमा गरेको कागज मैले आफ्नो राजीखुसीले गरेको होइन पढी बाँची नसुनाइ सही गर भनेकोले डरको मारे सही गरेको हुँ सो कागजमा लेखिए बमोजिम मिटिङ्ग गरी प्रहरीमा कुट्नु पर्छ भनी पास गरेको र मेरो पनि सहमति भएको भन्ने कुरा सबै झुठ्ठा हो पौष २०–२१ गते स्कूलमा पढाउने काम गरेको छु स्कूलबाट गणेशबहादुरको घर ६ कोष टाढा पर्छ मिटिङ्ग गरे नगरेको मलाई थाहा छैन सरजमीन व्यहोरा सुनी पाएँ भनावैरी भएको रिसले झुठ्ठा पोल गरेको हुन यो यो सँग रिसईवी थियो भनी खुलाउन सक्तिन भन्ने समेत प्र.हरिप्रसाद घिमिरेले ०२९।१०।२३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
३९. प्रहरीमा गराएको कागज सुनी पाएँ । मिटिङ्ग गरेको र कुलप्रसादलाई मारेको हुन् मेरो पनि सहमत थियो भनी झुठ्ठा हो मैले नभनेको कुरा लेखी प्रहरीले सहीछाप गराएका हुन् पोहोर साल मानबहादुरको घरमा केटाकेटी पढाउने गरेको थिए पौष २१ गते धरानमा म नूनतेल लिन आई फर्की गएको २२ गते बास बसेको ठाउँमा प्रहरीले पक्राउ गरेको हुन मलाई किन पोल गरे खुलासँग भन्न सक्तिन । २० गते धनकुटाको बाटो र धरानमा चन्द्रबहादुरको घरमा बास बसेको हुँ, भन्ने समेत कैलाश गुरूङले ०२९।१०।२३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४०. २०२९ साल पौष २५ गतेमा प्रहरीले गराएको कागज सुनी पाएँ मिटिङ्ग गरेको र प्रहरीलाई कुटपिट गरेको कर्णबहादुरलाई छुटाई ल्याएको भन्ने समेत होइन बयान नखुलाई सही गर भनी प्रहरीले भन्दा डरको मारे सही गरिदिएको हुँ सबै कुरा झुठ्ठा हो पौष २० गते आफ्नै घरमा र भोलिपल्ट गाडी लिएर धान लिन गएको बेलुकी ३ बजे घर आएको छु लक्ष्मीप्रसादसँग भनाबोल भएको थियो, त्यसैले पोलेको होलान् भन्ने समेत युवनाथ पौडेलले ०२९।१०।२३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४१. प्रहरीमा गराएको कागज सुनी पाएँ म समेत भएर कुलप्रसादलाई कुटे मारेको समेत कुनै कुरा होइन पौष २१ गते कमलपुरमा गएको थिएँ प्रहरीमा मेरो साविती बयान लेखी नपढी नसुनाई सही गराएका हुन् कुलप्रसादलाई कसले कुटपिट गर्यो थाहा छैन लक्ष्मीप्रसादले किन पोलावट गरे थाहा छैन भन्ने समेत पदमे भन्ने पद्मबहादुर मगरले ०२९।१०।१३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४२. ०२९।९।२९ को कागज सुनी पाएँ मैले आफ्नो राजीखुसीले गरेको कागज होइन प्रहरीले पढेर बाची नसुनाई सही गर भनेकोले मात्र सही गरेको हो सो कागजमा लेखिए बमोजिम कुलप्रसादलाई कुटपिट गरेको कर्णबहादुरलाई छुटाई ल्याएको कुनै कुरा होइन पौष २१ गते म आफ्नै घरमा पराल बाँधी बसेको छु कुलप्रसादलाई कसले कुटपिट गरे थाहा छैन लक्ष्मीप्रसादसँग रिसइवी छैन किन झुठ्ठा पोल गरे थाहा छैन भन्ने समेत चूरसा भन्ने मानबहादुरको ०२९।१०।२३।२ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४३. प्रहरीमा गराएको मेरो बयान सुनेँ सो कागज मैले आफ्नो राजीखुसीले गरेको होइन म समेत भएर कुलप्रसादलाई कुटपिट गरेको कर्णबहादुरलाई छुटाई ल्याएको कुनै कुरा होइन पौष २१ गते आफ्नै घरमा छु प्रहरीले बयान नसुनाई मलाई सही गर भनेकोले गरेको सम्म हुँ । कुलप्रसादलाई कसले कुटपिट गर्यो मैले गरेको छैन, लक्ष्मीप्रसादले किन पोले थाहा छैन भन्ने समेत ०२९।१०।२३ को अकलमान मगरले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४४. कर्णबहादुरलाई पक्राउ गरी विराटनगरमा पठाउँदा कर्णबहादुरलाई छुटाउन कर्णबहादुरको भाइ हरिभक्त निजको दाजु कर्णबहादुर गणेशबहादुर अम्बिका सुवेदी कर्णबहादुरकै हरूवा र अरू थुप्रै मानिसले कुलप्रसादलाई चिसाङ खोलामा कुटपिट गरे भन्ने सुनेको थिएँ पौष २१ गते दिन भरी म आफ्नै खेतीमा थिएँ लक्ष्मीप्रसाद र मेरो आमाको जग्गा बाली सम्बन्धमा पञ्चायतमा उजूर गरेको थियो रिसईवीले झुठ्ठा पोल गरेको हो कर्णबहादुरसँग मेरो मिलेमतो छैन कर्णबहादुरको काकासँग ऋण निश्चित मुद्दा परेको छ भन्ने समेत ०२९।११।२ मा गाइन भन्ने नरबहादुर तामाङले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४५. मेरो घर मोरङ मधुमल्ला गा.पं.अन्तर्गत नभई झापा दमक गा.पं.वार्ड नं. ३ दोधारेमा छ, मधुमल्लामा जीवन धिमाल छ छैन मलाई थाहा छैन खास नाउँ मेरो जीवनकुमार हो बोलाउने नाम जीवन धिमाल भन्छन् मधुमल्ला गा.पं.र दमक एकै सीमाना जोडिएको छ २०२९ साल पौष २१ गते म आफ्नै घरमा छु, प्रतिवादी कसैलाई चिन्दिन कुलप्रसादलाई गाउँलेहरूले कुटपिट गरी मारे भन्ने हल्ला सुनेको छु, सखरबहादुर समेतले किन पोल गरे थाहा छैन मेरो घरबाट चिसाङ् खोला ४ कोष फरकमा पर्छ गणेशबहादुरको घरमा मिटिङ्ग भए नभएको थाहा छैन भन्ने समेत ०२९।११।१९ मा जीवनकुमार धिमालले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४६. २०२९।११।२४ मा नरबहादुर तामाङको घाजाँच भएको केशफाराम मिसिल सामेल रहेछ ।
४७. २०२९।१२।३ मा प्रतिवादी खड्गबहादुर अधिकारी सखरबहादुर तामाङ हरिप्रसाद घिमिरे समेतको घा जाँच भएको केश फाराम मिसिल सामेल रहेछ ।
४८. २०२९ साल पौष १८ गते दिदी विरामी हुनु हुन्छ भन्ने खबर आएकोले भद्रपुर वार्ड नं. २ रामचन्द्रको घरमा गई पौष २४ गते घरमा आएको हुँ तोएसिं भन्ने गणेशबहादुरको घरमा मिटिङ्ग भए नभएको थाहा छैन मिटिङ्ग गर्ने जुलुस नारा गर्ने कुनै काम गरेको थिइन, कुलप्रसाद लाई लेटाङ गाउँमा जनताले चिसाङ खोलामा कुटपिट गरी मारे भन्ने कुरा भद्रपुरमा सुनेको थिएँ को–को भई वारदात गरे मलाई थाहा छैन सखरबहादुर समेतले झुठ्ठै कुराको बयान लेखिदिएका होलान् मेरा व्यक्तिगत रिसईवी कुनै थिएन सरजमीन समेतको भनाई सुनेँ मैले कुनै कसूर वारदात गरेको छैन भन्ने समेत ०३०।२।१८ मा गणेश ढकालले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
४९. तुजु भन्ने सखरबहादुर धनजितलाई मैले चिनेको छैन मलाई किन पोल गरे मलाई थाहा छैन निजहरूसँग मेरो रिसईवी केही छैन सरजमीन व्यहोरा सुनी किन पोल गरे खुलाउन सक्तिन गणेशबहादुरको घरमा मिटिङ्ग भएको थाहा छैन म सो मिटिङ्गमा थिइँन भन्ने समेत ०३०।४।२४ मा जुटबहादुर तुहे खड्गीले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५०. ०२९ साल पौष २१ गते हाम्रो गाउँ पञ्चायतको चुनाव भएकोले गाउँघरमा नै थिएँ कुलप्रसादलाई कुटपिट गरे भन्ने कुरा सुनेको हुँ कसले कुटपिट गरी मारे मलाई थाहा भएन मिटिङ्ग भएको कुरा पनि थाहा छैन, मलाई किन पोलावट गरे, थाहा छैन रिसईवी केही छैन सरजमीनले किन पोले मलाई थाहा छैन भन्ने समेत ०३०।४।२४।४ मा ओमप्रसाद के.सी.ले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५१. कुलप्रसादलाई कुटपिट गरी मारे भन्ने कुरा धरानमा हल्ला सुनेको हुँ, यो मानिसले कुटपिट गरे भन्ने कुरा सुनिन २०२९ साल पौष २१ गते धरानमा छु, आई.ए.को परीक्षाको तयारीलाई प्राइभेट पढ्न गएको हुँ मलाई किन पोल गरे थाहा छैन रिसईवी केही छैन भन्ने समेत ०३० साल श्रावण २९ गते खगेन्द्रबहादुर खड्काले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५२. ०२९ साल पौष २० गते खेतमा गई बेलुका ४ बजे घर फर्की आउँदा लेटाङ्ग प्रहरी चौकीका हे.कं.भिमबहादुरले पक्राउ गरी थानामा लगे हवल्दारले ठिगुरीमा राखी कुटपिट पनि गरे मलाई के अभियोग लागेको छ भन्दा डि.एस.पी.कार्यालयमा पुगेपछि थाहा पाउलास् अहिले बताउने जरूरत छैन भनी रातभर थुनामा राखी भोलिपल्ट २१ गते कुलप्रसादलाई खटाई मलाई जिम्मा लगाई मेरो दुवै हातमा हथकडी लगाएको थियो ६ बजे थानाबाट हिँडाए गाडी भेट्न चिसाङ्ग खोलामा आइपुगेपछि राजमार्गमा ढुङ्गा बोक्ने ट्रक फेला पर्यो सो ट्रकमा चढी आउने भन्ने कुरा हुँदाहुँदै धनबहादुर घिसिङ्ग, दलबहादुर राई, टेकबहादुर पाख्रीन, रामबहादुर कामी, कर्णबहादुर ङावा, किताप सिंवल, तर बहादुर लिम्बु मैले चिनेका र अरू नचिनेका ३०।३५ जनाको हुल आए र पहिला धनबहादुर घिसिँगले ल ठोक् यसलाई पक्री लान पाउँदैनस् भनी भन्यो र दिलबहादुरले लाठीले पुलिसको खुट्टामा हान्यो पुलिसले समातेको हथकडीको सिक्री छुटी पुलिस लड्यो धनबहादुरले मलाई हथकडीको सिक्री समाई तानी पर तिर लगे थानामा कुटपिट गरेकोले आँखा सुन्निएको हुँदा धेरै टाढाको मानिस चिन्न सकिँन मेरा वरिपरिका मानिसलाई चिनेको मात्र हुँ, पुलिसलाई कुटपिट गर्दै थिए पुलिस मरे बाँचेको मैले थाहा पाउन सकिन केही बेरपछि धनबहादुर म भएमा आई ढुङ्गाले हथकडी भाँची लौ भाग जा भनी भनेकोले म भागी गएँ दिनभर जङ्गलमा बसी राति घर पुगें पुलिस मरेको कुरा थाहा भयो २।४ दिन जङ्गलमै लुकी बसें अनि भागी भारत सिलगढी भागें होटलमा नोकरी गरी बसें त्यसपछि मावली आई बज्यैको ५ तोला सुन लिई बयान समेत गर्न भनी विराटनगर आउन लाग्दा जयबहादुरले पक्री सुन समेत खोसी लिई डि.एस.पी.कार्यालयमा बुझाए धनबहादुर दिलबहादुरले शत्रु साधन गर्नुपर्ने हुँदा तँलाई छुटाउन आएको भन्थे गणेशबहादुरको घरमा मिटिङ्ग भएको मलाई थाहा छैन मिटिङ्गमा गएको पनि छैन नारा जुलुस पनि गरेको छैन भन्ने समेत ०३०।५।१९।३ भनी मिति लेखी कर्णबहादुर, बल तामाङले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५३. २०२९ साल पौष २० गते र २१ गते म आफ्नु घर विराटनगरमा छु पुलिसलाई कुटपिट गरे अरे भन्ने सम्म सुनेको हुँ कसले कुटपिट गरे जानकारी छैन म मिटिङ्गमा बसेको नारा जुलुस गरेको कर्णबहादुरलाई छुटाउन कुलप्रसादलाई कुटपिट गरेको कुरा छैन प्रहरीले कुटपिट गरी मलाई ल्याएको होलान् सरजमीनले किन शंका गरे मैले गरेको छैन भन्ने समेत ०३०।५।२८।५ मा दधिराम आचार्यले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५४. प्रतिवादी खड्गबहादुर नरबहादुरलाई अ.बं.११८ नं. को उपदफा ४ बमोजिम धरौट लिई कारवाई गर्नु भन्ने समेत ०३०।११।१५।३ को श्री सर्वोच्च अदालत सिङ्गलबेञ्चको आदेश रहेछ ।
५५. मधुमल्लामा पनि घर भएको र सो गाउँको चुनाव भएकोले ०२९ साल पौष १८ गते मधुल्ला गई हरिप्रसादको तर्फबाट प्रचार गर्ने कार्य गरी २२ गते चुनाव भएकोले २२ गतेको बेलुका घरमा आएको छु, मधुमल्लाबाट सेरूवा ७ कोष फरकमा पर्छ कुलप्रसादलाई कसले कुटी मारे थाहा छैन पोल गर्नेले किन पोल गरे थाहा छैन लक्ष्मीप्रसादले रिसले पोलेका हुन् सरजमीनले झुठ्ठा सरजमीन लेखेका हुन् भन्ने समेत ०३०।१२।६ मा गणेश अधिकारीले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५६. २९ पौष २१ गते मधुमल्ला गा.पं.वार्ड नं. ७ मा गोठ राखेको मंसीर महीना देखिनै सोही ठाउँमा छु माघ १० गतेतिर घरमा आएको हुँ गणेशबहादुरलाई चिनेको छैन निजको घरमा मिटिङ्ग भए नभएको मलाई थाहा छैन । कूलप्रसादलाई कसले कुटे मारे कुनै कुरा थाहा छैन कुलप्रसादलाई कुटी मारेको भन्ने कुरा पछि सुनेको थिएँ कसले कुटेछन् खुलाउन सक्तिन पोल गर्ने व्यक्ति र सरजमीनले पोलेको हकमा पुलिसहरूले धाक देखाई पोलाएको हुन् लक्ष्मीप्रसादले इवीवाला मानिस हुँदा झुठ्ठा पोलेको हुन गोठ राखी बसेको ठाउँबाट ८ कोष फरक पर्छ भन्ने समेत दिलबहादुर काउले तामाङले ०३०।१२।६।३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५७. वारदात समय मधुमल्ला बजार गा.पं. वडा नं. ८ दिदी भिनाजु पद्मबहादुर गौतम विरामी भएकोले पौष १९ गते गई चुनाव भएकोले चुनावमा बसेको अवस्था कुलप्रसादलाई कुटपिट गरे भन्ने सुनेको हुँ कस–कसले कुटे खुलाउन सक्तिन लक्ष्मीप्रसादले रिसइवीले पोलेको हो भनी दोषी छु भन्ने समेत अम्बिकाबहादुर सुवेदीले ०३०।१२।८ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५८. २९ साल पौष २१ गते खेती घर कमलपुरमा छु लेटाङ्ग गाउँमा नारा जुलुस भएको थाहा छैन प्रहरीलाई कसले किन कुटी मारे खुलाउन सक्तिन किन पोले थाहा छैन सरजमीनले झुठ्ठा पोल गरेका हुन भन्ने समेत ०३० साल चैत्र ८ गते काजीमान तामाङले मोरङ् जिल्ला अदालतमा गरेको बयान रहेछ ।
५९. वीर अस्पतालबाट सनीमायालाई मिति–मितिमा गरी दिएको टिकट थान ३ तीन सनीमायाबाट पेश भएको रहेछ ।
६०. २०२९ साल पौष २१ गते घरदेखि १२ कोष टाढा ससुरा विरामी हुनाले पौष १५ गते गई माघ १५ गते घर आएको हुँ कूलप्रसादलाई कुटपिट गरी मारे भन्ने सुनेँ कसले किन मारे थाहा छैन, प्रहरीले पोलाएकोहोला भन्नेसमेत लितेतामाङले ०३०।१२।१३ मा मो.जि. अ.मा गरेको बयान रहेछ ।
६१. २९ पौष २१ गते आफ्नै घर खेतीमा छु, लेटाङ ८ कोष टाढा पर्छ धनजित समेतले आफ्नो खुसीराजीले पोलावट गरेको होइन पुलिसको दवावमा परी लेखाएको होलान् लक्ष्मीप्रसादले समेतले रिसइवीबाट पोलेका हुन कुलप्रसादलाई कुटपिट गरे भन्ने सुनेको हुँ कसले कुटे मारे खुलाउन सक्तिन सरजमीन मनपरीसँग भएको छ भन्ने समेत ०३०।१२।१३ मा सिंहबहादुर तामाङले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
६२. २०२९ साल पौष २१ गते १० कोस टाढा घरमा छु कुलप्रसादलाई कुटपिट गरी मारे भन्ने सुनेको हुँ कसले किन मारे थाहा छैन प्रहरीले पोले पोलाएका हुन् लक्ष्मीप्रसादले रिस साधन गर्न पोलावट गरेको हो भन्नेसमेत नगेन्द्रबहादुर सुवेदीले ०३०।१२।१३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
६३. २०२९ साल पौष २१ गते घरमा छैन, पौष १२ गते आमा विरामी हुनाले धनकुटा गई माघ १६ गते घर आएको हुँ कूलप्रसादलाई कसले कुटे मारे थाहा छैन, किन पोले थाहा छैन लक्ष्मीप्रसादले रिसइवी लिएका थिए भन्ने समेत कलौरी तामाङनीले ०३०।१२।२०।३ मा मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
६४. २०२९ साल पौष २१ गते ताडी पञ्चायतमा वा.नं. ४ मा घरायसी काममा गएकोले उही छु कूलप्रसादलाई कसले कुटपिट गरी कसरी मारे थाहा छैन किन पोलावाट गरेको थाहा छैन लक्ष्मीप्रसादसँग इवी परेकोले झुठ्ठा पोलेका हुन भन्ने समेत ०३०।१२।२० मा तोएसिं भन्ने गणेशबहादुरले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
६५. २०२९ साल पौष २१ गते घर मै छु कुलप्रसादलाई कसले कुटी मारे मलाई थाहा छैन पोल झुठ्ठा हो, कारण खुलाउन सक्तिन भन्ने समेत २०३०।१२।२० मा झपटे गोले तामाङले मोरङ जिल्ला अदालतमा गरेको बयान रहेछ ।
६६. हरिबहादुर बल तामाङ, गोरे घिसिङ तामाङ, जयबहादुर राई, रत्ने भन्ने रत्नबहादुर दमाई, भिउटे भन्ने रत्नबहादुर कामी, वीरबहादुर मगर, लामगोर कामीको छोरा जेठो काले कामी बाजे मगर, मानबहादुरको जग्गा कमाउने जेठो राई, किताप सिंह वल तामाङ, वेणुप्रसाद पौडेल, देवीबहादुर आचार्य, जङ्गनाथ चौलागाई थरी लामाको छोरा नेप्टे थरी तामाङ ऐको छोरा जेठा थरी तामाङ, चाउरे दमाई, टेकबहादुर पाख्रिन तामाङ, जीवनकुमार राई, जयबहादुर दमाई, लामा साइँलो तामाङ, चूपा साइँलो मगर, टेमा मगर, टेकबहादुर दमाई, दमाई माइलो, मुक्तान माइलो तामाङ, यामबहादुर बोहोरा क्षेत्री, काइला राई रामबहादुर कामी, मनोजकुमार भट्टराई, कर्णबहादुर ङावा तामाङ, धनबहादुर लुङ्ग तामाङ, सिमल बोटेको छोरा च्याम्बा तामाङ, फोमेन तामाङ समेतले जारी भएको समाव्हानको म्याद गुजारी बसेको रहेछ ।
६७. तोएसीं भन्ने गणेशबहादुर तामाङ १, झपटे गोले तामाङ १, नगेन्द्रबहादुर सुवेदी समेतले जेथाजमानी राखी तारिखमा बसेको रहेछ ।
६८. कलौरी तामाङनीले ०३०।१२।२० मा रू.१०००। लिते तामाङले ०३०।१२।१३ मा रू.२००। सिंहबहादुर तामाङले ०३०।१२।१३ मा रू.१०००। सनीमाया तामाङनीले ०३०।१२।११।१ मा रू.१०००। बलभद्र गोले तामाङले ०३०।१२।११।१ मा रू.१०००। गोविन्दहरि श्रेष्ठले ०३०।१२।११ मा रू.१०००। अम्बिकाबहादुर सुवेदीले ०३०।१२।८ मा रू.१०००। काजीमान तामाङले ०३०।१२।८ मा रू.२००। दिलबहादुर तामाङले ०३०।१२।६ मा रू.१०००। गणेश अधिकारीले ०३०।१२।६ मा रू.१०००। खगेन्द्रबहादुरले ०३०।४।२९ मा रू.५००।, दधीराम आचार्यले ०३०।५।२८ मा रू.५००।, जुटबहादुर खड्गी वमप्रसाद के.सी.समेतले ०३०।४।२५।५ मा जनही रू.५००। का दरले १०००।, गणेश ढकालले ०३०।२।१८ मा रू.२०००। खड्गबहादुर अधिकारीले ०३०।११।२४ मा रू.१०००।, कर्णबहादुर वल तामाङले ०३०।५।१९ मा रू.१०००।, नरबहादुर पाख्रिन तामाङले ०३०।११।२५ मा रू.१०००। जीवनकुमार धिमालले ०२९।११।२६।६ मा रू.२०००। समेत धरौट राखी तारिखमा बसेका रहेछन् ।
६९. यो मिसिल विशेष अदालत विराटनगरमा सरूवा गरी दिने भन्ने समेत ०३१।२।३२ मोरङ जिल्ला अदालतको आदेश रहेछ ।
७०. ज्यान सम्बन्धमा निजहरूको के कस्तो भूमिका रहेको छ त्यसतर्फ विचार गर्नुपर्ने भई मिसिल कागजात अध्ययन गरी हेरिएमा प्रहरीमा साविती हुनेहरूमा पनि सबैले एक मिलान पोल गर्न सकेको र तथ्य खुलाई यो यसले यस ठाउँमा कुटपिट गरेको भन्न सकेको नदेखिने भन्ने देख्ने सरकार पक्षका गवाहीहरूले पनि निजहरू उपर पोल गरेको नदेखिएको पछि सरजमीनमा मात्र नाम खुलाई दिएको देखिएन चस्मदित गवाह तथा जाहेरीबाट नखुलेको पनि कुन आधारबाट थपिन आएको कसैबाट पुष्टि हुन नआएको र निजहरू अदालतमा इन्कारीमा रही आफ्नो सफाई साक्षीहरू समेत बकाएको देखिनाले तथ्यरहित हचुवा खालको पोलको आधारमा दोषी ठहर गर्न नमिल्ने हुँदा उपरोक्त कारण प्रमाणबाट सनीमाया तामाङनी १, कलौरी तामाङनी १, काजीमान तामाङनी १, लिटेबहादुर तामाङ १, जुटबहादुर १, झपटे गोले तामाङ १, वलभद्र तामाङ १, दधीराम आचार्य १, जीवनकुमार धिमाल १, गणेश अधिकारी १, गणेश ढकाल १, खगेन्द्रबहादुर खड्का १, वमप्रसाद के.सी १ समेतले सफाई पाउने ठहर्छ ।
७१. अभियुक्त मध्येका कर्णबहादुर तामाङले पोलको आधारमा पेटबोलीबाट बुझी तारिखमा रहेका धनबहादुर तामाङ १, दिलबहादुर राई १, नरबहादुर लिम्बु १, समेतका हकमा कर्णबहादुर बाहेक अरू कसैको पोल नदेखिएको र निजको पोलावटको पुष्टि कतैबाट आएको नदेखिनुको अतिरिक्त मौकैमा देख्ने सरकार पक्षको गवाहाहरूबाट पनि देखेको भन्न नसकेकोले कर्णबहादुरले आफ्नो साथी सहयोगीलाई बचाउन निमित्त झुठ्ठै पोल गरेको सिद्ध हुनाले निजहरूले पनि झुठ्ठा पोलबाट सफाई पाउने ठहर्छ ।
७२. अदालतमा इन्कार रहेता पनि प्रहरीमा सावित हुने अभियुक्तहरू तुजु भन्ने सखरबहादुर १, धनजित तामाङ १, हरिप्रसाद घिमिरे १, कैलाश गरूङ्ग १, युवनाथ पौडेल १, खड्गबहादुर अधिकारी १, जिरा भन्ने पद्मे तामाङ १, पदमे भन्ने पद्मबहादुर मगर १, मानबहादुर मगर १, अकलमान तामाङ १ समेतको हकमा अभियुक्त तुजु भन्ने सखरबहादुर तामाङ ०२९।९।२० मा कर्णबहादुरलाई प्रहरीको हातबाट खोसी लाने मिटिङ्गमा सामेल रही भोलिपल्ट आफू समेत गई खोसी ल्याएमा प्रहरीमा सावित भई अरू अभियुक्तहरूलाई पोल गरेको र निजलाई पद्मबहादुर तामाङ १, पद्मबहादुर पाख्रिन मगर १, मानबहादुर मगर १, अकलमान मगर १ समेतका अभियुक्तहरूले पोल गरेको र जाहेरीमा उल्लेख हुन साथै चश्मदित मौकामा देख्ने लक्ष्मीप्रसाद कोइराला रोमहर्ष कार्कीले पनि कुटपिट गरेको देखेँ भनी बकपत्र गरेको त्यसको अतिरिक्त अभियुक्त धनजित तामाङले निज स्वयं र सखरबहादुर, खड्गबहादुर भई कुटे भनेको भनी पोल गरेबाट निजको सावित कागजलाई पुष्टि गरेको देखिँदा निजको इन्कारी बयान प्रतितलायक देखिन आएन अभियुक्त धनजित तामाङको हकमा इन्कारी बयानको हकमा निज प्रहरीमा सावितीको अलावा अभियुक्त मध्येको सखरबहादुर, हरिप्रसाद घिमिरे, खड्गबहादुर अधिकारी, पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर, अकलमान समेतले पोल गर्नुको साथै मौकामा देख्ने लक्ष्मीप्रसाद कोइरालाले पनि मौकामा कुटपिट गरेको देखेको भनी लेखिदिएकोले निजको इन्कारी प्रतितलायक देखिन आएन ।
७३. अभियुक्त हरिप्रसाद घिमिरेको इन्कारी बयानको हकमा निज कर्णबहादुरलाई प्रहरीको हातबाट खोसी लाने मिटिङमा बसेकोमा मात्र सावित भई वारदातमा रहेमा इन्कार गरेको र वारदातमा गएको भन्ने कुरा मौकामै देख्ने लक्ष्मीप्रसाद समेत कतैबाट पनि पुष्टि हुन नआएको र इन्कारी आफ्नो साक्षी समेत पेश गरेको हुँदा निज वारदातमा सम्मिलित भएको नठहरी सफाई पाउने ठहर्छ ।
७४. अभियुक्त कैलाश गुरूङको इन्कारी बयानको हकमा निज मिटिङ्गमा भाग लिएन र वारदातमा सम्मिलित भएकोमा सावित वारदातमा गएको छैन भन्ने निजको कागज देखिएता पनि पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर र अकलमान मगर समेतले ओठबोलीमा पोल्नको अलावा मौकैमा देख्ने लक्ष्मीप्रसाद कोइराला, रोमहर्ष कार्की तथा खड्गबहादुर राई समेतले मौकैमा कुटपिट गरेको देखेको छु भनी पोल गरेको देखिनाले निजको प्रहरी तथा अदालतको इन्कारी मनासिव देखिएन ।
७५. अभियुक्त युवनाथ पौडेल वारदातमा गएकोमा प्रहरीमा इन्कार रही अदालतमा साफ इन्कारी भई लिएकोले कसो हो भनी हेरिएमा मिटिङ्गमा बसेकोमा सावित नै देखिएको हरिप्रसाद घिमिरे, खड्गबहादुर अधिकारी, पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर, अकलमान मगर समेतको अभियुक्तहरूले गोलबोलीमा पोल गरे पनि मौकैमा देख्ने रोमहर्ष लक्ष्मीप्रसाद कोइराला तथा डम्बरबहादुर राईले किटानीसाथ निज युवनाथले कुटपिट गरेको भनी लेखिदिएको र जाहेरीमा समेत उल्लेख भएको देखिनाले निजको इन्कारी विश्वास लायक देखिएन।
७६. अभियुक्त खड्गबहादुर अधिकारीले अदालतमा गरेको इन्कारी बयान मनासिव बेमनासिव के रहेछ भनी हेरिएमा निज वारदातमा गएको प्रहरीमा इन्कार रही मिटिङ्गमा रहे बसे सम्म साविती देखिएमा निज वारदातमा रहे भएको भन्ने कुरो गोलबोलीमा सखरबहादुर, हरिप्रसाद घिमिरे, युवनाथ पौडेल, पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर, अकलमान मगर समेतका अभियुक्तहरूले पोल्नुको अलावा अभियुक्त धनजित तामाङले म सखरबहादुर, खड्गबहादुर अधिकारी समेत कुटमार गरेको भनी किटानी पोल गरेकोमा पनि मौकैमा देख्ने रोमहर्ष कार्की, डा.पिउस कान्तिदास, लक्ष्मीप्रसाद कोइराला समेतले कुटपिट वारदातमा थिए भनी पोल गरेको समेत कारणले निजको इन्कारी बयान मनासिव देखिएन ।
७७. अभियुक्तहरू जिल्ला भन्ने पद्मबहादुर तामाङ १, पदमे भन्ने पद्मबहादुर मगर १, चुरसा भन्ने मानबहादुर मगर १, अकलमान मगर १ समेतको हकमा विचार गर्दा निजहरू मिटिङ्ग गरे र वारदातमा गएमा समेत प्रहरीमा सावित हुँदा निजहरू पनि अपराधमा सम्मिलित भएकै हुन् कि भन्नालाई मिटिङ्ग गरेको भनेमा कसैले नरबहादुरको घरमा मिटिङ्ग गरेको भन्छन् भने कसैले कर्णबहादुरको गोठमा भेला भएको भन्ने लेखिएको र सखरबहादुर समेतका अरू साविती अभियुक्तहरूले तोएसिं गणेशबहादुरको घरमा मिटिङ्ग गरेको भनेकोले निजहरूको लेखाई परस्पर बाझिन गएको देखिनेमा पनि वारदातमा यसले यसरी पिटेको कुटेको भन्ने नखुली वारदातमा सामेल रहेको भनी गोलबोलीमा सावित भई एक अर्कालाई परस्पर पोल गरेको देखिनाले निजहरूको सावितीकै मात्र भर गर्न नमिल्ने भई अरू प्रमाणतर्फ विचार गर्दा वादीतर्फको चश्मदित गवाहा भनिएका व्यक्तिहरू मध्ये लक्ष्मीप्रसादले प्रहरीमा गरेको कागजमा पद्मबहादुर, मानबहादुर, अकलमान समेतको नाम उल्लेख गरेको तर अदालतमा बकपत्र गर्दा निजहरू उपर कौनै पोल नभएको र निजले जानाजानी छाडेको हो कि भन्नलाई पनि अरू रोमहर्ष पिउस, कान्ति, डम्बरबहादुर समेतमा चश्मदित गवाहहरूको पनि पोल नहुनुको अलावा जाहेरीमा समेत निजहरूको नाम उल्लेख भएको नहुँदा उक्त सावितीलाई पुष्टि कतैबाट नभएकोले अरू सबूद प्रमाणको अभावमा सिर्फ सावितीकै भरमा दोषी ठहर गर्न नमिल्ने हुँदा निजहरूले सफाई पाउनेठहर्छ ।
७८. अभियुक्त मध्येको सिंहबहादुर तामाङ १, दिलबहादुर गोले तामाङ १, नरेन्द्रबहादुर समेतका उपर प्रहरीमा सावित हुने अभियुक्तहरूको पोलको साथै सिंहबहादुर उपर लक्ष्मीप्रसादको पोल र जाहेरीमा समेत नाम उल्लेख भएको दिलबहादुर उपर लक्ष्मीप्रसाद पोल र नरेन्द्रबहादुर सुवेदी उपर रोमहर्षको पोल देखिएकोले निजहरू पनि अपराधमा सामेल छन् कि भन्ने शङ्का देखिन आउँछ । तापनि त्यतिकै भरमा अपराधी नै ठहर गर्न नमिल्ने कारण के हो भन्ने प्रहरीमा सावित हुनेले पोल्दा ती अभियुक्तहरूले यो यस प्रकारले कुटेको छ भन्न सकेको नभई गोलबोलीमा निजहरू समेत भई कुटपिट गरेको भनेका छन् कहाँ कुन ठाउँमा कुटेको त्यो खुलाउन सकेको नदेखिने चश्मदित गवाहा भनेकाहरूबाट पनि त्यस कुराको पुष्टि नभई गोलबोली भई लेखेको देखिनेमा पनि सिंहबहादुर वारदातमा गएको छैन पद्मबहादुर तामाङले किटानी लेखेको र ४ जना चश्मदित मध्येबाट एक एक जनाले मात्र अनिश्चत पोल भएकोले निजहरू अदालतमा इन्कार रही सफाइमा निजहरूको साक्षीहरू समेतले बकपत्र गरेको मिसिलबाट देखिँदा एकजनाको हचुवा गोलबोलीमा पोलेकै आधारमा देखी ठहर गर्न न्यायोचित नहुने हुँदा निजहरूले सफाई पाउने ठहर्छ ।
७९. फरार रहेको प्रहरीले पक्राउ गरी ल्याएको कर्णबहादुर तामाङ तथा पछि म्यादमा अदालतमा उपस्थित हुन आउने अभियुक्तहरू ‘तोएसिं’ भन्ने गणेशबहादुर १, नरबहादुर पाख्रिन तामाङ १, अम्बिका सुवेदी १, गोविन्दहरि श्रेष्ठ १ समेत अदालतमा इन्कारी बयान गरी सफाईमा साक्षीहरू समेत बकाएको देखिनाले निजहरूले सफाई पाउने हो कि भन्नालाई मिसिल सामेल रहेको सबूद प्रमाणहरूको अध्ययन गरी हेरिएमा निज कर्णबहादुरले उक्त वारदात सम्बन्धमा निज विलकूल अज्ञात रहेको देखाउन प्रयास गरेको छ वास्तवमा वस्तुस्थिति निजलाई जतिको जानकारी अरूलाई हुन सक्ने स्थिति देखिँदैन किनभने अरूको हकमा वारदातमा रहे नरहेको विवाद रहे पनि निज निर्विवाद उपस्थित रहेको देखिन आउँछ । निज कुटपिट गरेमा इन्कार रहेता पनि मानबहादुर र अकलमानले निज उपर पोल गरेको देखिएको र निज कं.कूलप्रसादलाई एकपल्ट कुटपिट गरिसकेकोलाई पुनः कुटपिट गरे भन्ने पद्मबहादुर मगरको साविती कागजबाट देखिनुको अतिरिक्त मौकैमा देख्ने रोमहर्ष कार्की, लक्ष्मीप्रसाद कोइराला, डा.पिउसकान्ति दास, डम्बरबहादुर समेतले हथकडी माथि उठाई पिटेको भनी किटानी बकपत्र गरिदिएको देखिएको र लक्ष्मीप्रसाद कोइरालाको हकमा जाली फटाहा भनेता पनि आफू समेत घाइते भई झुठ्ठा पोल गर्नुपर्ने र अरूले झुठ्ठा पोल गर्नुपर्ने कुनै कारण देखाउन नसकेकोले समेत निजको इन्कारी प्रतितलायक नदेखिने ।
८०. अरू अभियुक्तको हकमा पनि निजहरू अदालतमा इन्कार रही आफ्नो सफाइमा साक्षीहरूको बकपत्र गराए पनि मौकैमा देख्ने भन्ने व्यक्तिहरू एकजनाले मात्र पोलेको नभई बढी व्यक्तिले किन पोल गर्नु परेको हो र प्रहरीमा सावित हुने अरू अभियुक्तहरूले किन पोलेको हो त्यसको कुनै पनि सन्तोषजनक कारणहरू देखाउन सकेको नदेखिँदा कसलाई क–कसले पोलेको छ भनी हेरिएमा तोएसिं भन्ने गणेशबहादुरलाई प्रहरीमा सावित हुने सखरबहादुर समेत १० जनाले पोल्नुको अतिरिक्त जाहेरीमा उल्लेख गरेको र लक्ष्मीप्रसाद कोइराला रोमहर्षले पोलेको र नरबहादुर तामाङले कुटपिट गरेको भनी किटानी अदालतमा पोलेको देखिने अभियुक्त गोविन्दहरि श्रेष्ठलाई सखरबहादुर धनजित तामाङ, पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर, अकलमान मगरले समेत पोल्नु अलावा मौकैमा देख्ने लक्ष्मीप्रसाद कोइराला, रोमहर्ष कार्की, डम्बरबहादुर राई समेतले देखेको भनी पोलेको देखिने अम्बिकाबहादुर सुवेदीलाई जाहेरीमा उल्लेख हुनुको साथै प्रहरीमा सावित हुने सखरबहादुर, धनजित, पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर, अकलमान मगर समेतका अभियुक्तहरूको अतिरिक्त रोमहर्ष कार्की, लक्ष्मीप्रसाद कोइराला समेत मौकैमा कुटेको देखेको भनी किटानी पोल गरेको र अभियुक्त नरबहादुर तामाङले निज उपर अदालतमा पोल गरेको देखिएको र अभियुक्त नरबहादुर पाख्रिन तामाङलाई निज इन्कारी रहेतापनि प्रहरीमा सावित हुने सखरबहादुर समेत सबै अभियुक्तहरूले पोल्नुको अतिरिक्त मौकामा देख्ने लक्ष्मीप्रसाद कोइराला, डा.पिउसकान्ति दास, रोमहर्ष कार्की र डम्बरबहादुर राई समेतले खुट्टामा हानेको भनी किटानी पोल गरेको देखिएकोले निज अभियुक्तहरूको इन्कारी बयान प्रतितलायक देखिन नआएकोले हालसम्म बुझिएको उपरोक्त कारण प्रमाण परिबन्दबाट तुजु भन्ने सखरबहादुर तामाङ १, धनजित तामाङ १, कैलाश गुरूङ १, युवनाथ पौडेल १, खड्गबहादुर अधिकारी १, कर्णबहादुर वल तामाङ १, तोयसिंह भन्ने गणेशबहादुर तामाङ १ गोविन्दहरी श्रेष्ठ १, अम्बिकाबहादुर सुवेदी १, नरबहादुर पाख्रिन तामाङ १ समेतका अभियुक्तहरूले कुटपिट गरेको चोट पिरले कूलप्रसाद मरेको ठहर्छ भन्नेसमेत शुरू विशेष अदालतको ०३१।५।१७।२ को फैसला ।
८१. कं.कुलप्रसादको मृत्यु कुटपिटको परिणाम स्वरूप भएको भन्ने कुरा निर्विवाद छ प्रहरी दावी अनुसार ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सबै अभियुक्तहरूलाई सक्रिय हुनुपर्ने भनी श्री ५ को सरकारको पुनरावेदन जिकिर भएकोले यो वारदातको रूप र मिसिल साथ रहेका प्रमाणबाट उक्त जिकिर मनासिव हो होइन भन्ने तर्फ विचार गर्दा ज्यान सम्बन्धीको १३ नं. मा कसैले अरूको ज्यान मार्ने गैर कुरा गर्दा उसै बखत वा ऐनका म्यादभित्र ज्यान मारे सो ज्यान मार्नेलाई र वारदात भइरहेको ठाउँमा गई अर्काको जिउमा हात हाली मार्नलाई संयोग पारिदिने नियतले पक्री समाती राख्ने समेतलाई देहायमा लेखिए बमोजिम सजाय गर्नुपर्छ भन्ने उल्लेख भई उक्त १३ को देहाय ३ नं. मा लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मार्ने गैह्र कुरा गरी ज्यान मारेमा एकजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा यसैको चोटले मारेको भन्ने प्रमाणबाट देख्न ठहर्न आए सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । सो बाहेक अरूलाई र यसैले मारेको त्यसैको चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसै उपर कुनै प्रमाणबाट देखिन ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ भन्ने लेखिएको पाइन्छ । सर्वप्रथम यस १३ नं. मा गरिएको व्यवस्था अनुसार कसैले अरूको ज्यान मार्ने गैर कुरा गर्दा भन्नाले यस मुद्दामा अभियुक्तहरूले कं.कूलप्रसादको ज्यान मार्ने कुरा गरेको हो भन्नलाई सो कुरा गर्नु भन्दा अघि कं.कूलप्रसादको ज्यान मार्ने अभियुक्तहरूको अभिप्राय भएको प्रमाणित हुनुपर्छ । यस सन्दर्भमा प्रहरीले प्रस्तुत गरेको अभियोगपत्रमा यस्तो किटानी प्रमाणले सो अभिप्राय भएको देखिने भन्ने कुरा स्पष्ट रूपमा खुलाएको देखिँदैन । वारदातको रूप विचार गर्दा पनि एक सह–ग्रामबासीलाई प्रहरीको कब्जाबाट छुटाउने प्रयास गर्दा कुटपिटको वारदात घटेको देखिन्छ । उक्त वारदात हुँदाका अवस्थामा कं.कूलप्रसादलाई ज्यान मार्ने किसिमबाट निज माथि घातक हतियारको प्रयोग भएको देखिँदैन निजलाई मार्ने मनसाय भए हुलमा भएको व्यक्तिहरूमध्ये घातक हतियार भएकाहरूले कूलप्रसाद माथि प्रहार गर्न कुनै बाधा थिएन । सो प्रहार नभएबाट नै निजलाई मार्ने मनसाय नभएको सिद्ध हुन्छ । ज्यान मार्ने मनसाय प्रमाणित भएपछि कसैको ज्यान मार्ने अन्तर्गत कं.कूलप्रसादको ज्यान मार्ने कुनै काम कुरा गर्ने प्रश्न आउँदैन । अतः ज्यानसम्बन्धीको १३ नं. को देहाय ३ अनुसारको स्थिति देखिँदैन । यस सम्बन्धमा श्री ५ को सरकारको पुनरावेदन जिकिर मनासिव देखिएन ।
८२. बहसको सिलसिलामा कुटपिटको चोटबाट कं.कूलप्रसादको ज्यान मरेको ठहरेको अवस्थामा पनि विशेष अदालतले ज्यान सम्बन्धीको १४ नं. लगाई सजाय गरेको मिल्दैन र भवितव्य ठहर्नु पर्छ भन्ने खड्गबहादुर अधिकारी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार प्रधानले तर्क प्रस्तुत गर्नुभयो । अब ज्यान सम्बन्धीको १४ नं. को कसूर ठहराई विशेष अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ भन्ने प्रश्नको सम्बन्धमा हेर्दा विशेष अदालतले गरेको तर्क यस प्रकार छ :
८३. अभियुक्तहरूको मूल उद्देश्य गाउँले साथी कर्णबहादुरलाई प्रहरी प्रशासनको हातबाट खोसी लैजाने भएकोमा प्रहरी कं.कूलप्रसादले निजको मकसद पूर्ण हुन नदिन अवरोध गरेकोमा रिस आकर्षमा हूल भई कुटपिट गर्दा सोही कुटपिटको चोट पिरले निज कं.कुलप्रसाद ०२९।१०।२ मा कानूनको म्यादभित्र मरेको देखियो यो तर्कको हकमा विचार गर्दा कं.कूलप्रसादले कर्णबहादुरलाई निजको कब्जाबाट छोडाउने अभियुक्तहरूलाई बाधा विरोध गरेको प्रमाण देखिन आउँदैन । रोमहर्ष कार्कीले अदालतमा गरेको बकपत्रबाट कं.कूल प्रसादलाई नरबहादुरले धकेले पछि एक दुई मुडकी हिर्काएको र त्यसपछि अरूले लठ्ठीले हानेको भन्ने देखिन्छ । सो काम गर्दा निजहरू को रिस उठ्ने केही काम कुलप्रसादले गरेको भनेको पाइएन ज्यान सम्बन्धीको १४ नं. मा उसै मौकामा उठेका कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा बिष ख्वाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मारेकोमा १० वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था गरिएको छ । यस वारदातको सन्दर्भमा हेर्दा वारदातकै मौकामा रिस उठी कं.कूलप्रसादलाई कुटपिट गरेको देखिन आउँदैन । बरू निजको हातबाट कर्णबहादुरलाई छुटाउने प्रयासमा भएको भन्ने सम्म स्वाभाविक हुन्छ । तसर्थ ज्यानसम्बन्धीको १४ नं. लाग्ने भनी वि.अ.ले गरेको तर्क मिलेको देखिएन ।
८४. अब ज्यान सम्बन्धीको नं. १३(३) का नं. १४ कुनै पनि यस मुद्दामा लाग्न नसक्ने भएपछि कुन दफा अन्तर्गतको यो वारदात कायम हुन सक्छ भन्ने विशेषतर्फ विचार गर्नु पर्यो कुटपिटको वारदात घट्नुको कारणतर्फ हेर्दा मुख्य कर्णबहादुरलाई प्रहरीले कुलप्रसादको कब्जाबाट छोडाउने प्रयास गर्नु देखिन्छ । प्रहरीको साथमा हातहतियार हुने भएकोले कर्णबहादुरलाई छोडाउने प्रयास गर्दा प्रहरीको सामना गर्न सक्ने अवस्था मिलाई जान स्वाभाविकै हुन्छ । साथै यस्तो अवस्थामा प्रहरीको सामना गर्न जान आँटेका व्यक्तिहरू उत्तेजित भई जाने स्थिति पर्छ सो उत्तेजित भिडले प्रहरीलाई मार्ने मनसाय नलिई केवल कर्णबहादुरलाई प्रहरीको हातबाट छोडाउने प्रयास गर्दा बल प्रयोग गरेको देखिन्छ । सो बल प्रयोगको कारणले कं.कूलप्रसाद घाइते भई कुटपिटको घटनाको १२ दिन पछि मरेको देखिन आउँछ । कुटपिटको वारदातमा प्रयोग गरिएको मुक्का लाठी इत्यादिको चोटबाट कं.कूलप्रसादको मृत्यु हुन सक्छ भनी अभयुक्तिहरूले सम्झनु पर्ने अवस्था देखिँदैन । तर सोही कुटपिटको परिणामस्वरूप १२ दिन पछि निज कं.कूलप्रसादको मृत्यु भएकोले ज्यान सम्बन्धीको ५ नं. अनुसार भवितव्य ठहर्छ ।
८५. उपर्युक्त भवितव्य ठहरेको अपराधी को–को हुन् भनी विचार गर्दा विशेष अदालतबाट सफाई पाउनेहरूको हकमा शङ्कारहित प्रमाण नभएकोले निजहरूलाई सफाई दिएको मनासिवै ठहर्छ ।
८६. अब पुनरावेदक अभियुक्तहरू मध्ये दोषी को–को हुन अथवा होइनन् भन्ने कुराको हकमा विचार गर्दा निजहरूले मुख्यतः निम्न प्रकारका जिकिर लिएको देखिन्छ ।
(१) कं.भिमबहादुरको जाहेरीमा उल्लेख भएका नाम निजले कसरी थाहा पाए ?
(२) वादी पक्षका गवहाहरूको बकाई परस्पर विरोधी छ ।
(३) प्रहरीमा गरेको बयानलाई प्रमाणमा लिन नहुने ।
(४) सह–अभियुक्तहरूको बयानमा एकरूपता छैन र निजहरूले अदालतमा इन्कारी बयान दिएका छन् ।
(५) ०२९।९।१० मा पिउस कान्तिदास पिउस कालीदासले डी.एस.पी.कार्यालयमा बयान गर्दा कुलप्रसाद बेहोस भएको खबर तत्काल लेटाङ्ग प्रहरी चौकीमा आई खबर गरी दिएँ भन्छन् तर जाहेरी दरखास्तमा निजहरूको नाम छैन ।
(६) ट्रक ड्राइभर क्लिनर र ढुङ्गा लोड गर्ने कुल्लीहरूलाई किन उपस्थित गराएनन् ?
(७) आफूलाई कुट्ने व्यक्तिलाई चिन्न नसक्ने चस्मदिद भनिएका गवाह लक्ष्मीप्रसादले प्रहरीमा ०२९।९।२४ मा कागज गर्दा ३९ जनालाई चिनेको भनी कसरी भन्न सके ?
(८) चश्मदिद भनिएका गवाहहरूले सबै अभियुक्तको नाम किटानी भन्न सकेका छैनन्।
(९) कर्णबहादुरले कं.कूलप्रसादलाई कुटेको भनी गवाहहरूले भनेका छैनन् ।
(१०) खड्गबहादुरले खुट्टामा हानेको भनी चश्मदिद गवाहले भनेका तर कं.कूलप्रसादको खुट्टामा चोट देखिँदैन ।
८७. पुनरावेदन जिकिरलाई समर्थित गर्दै चश्मदिद भनिएका गवाइहरू वास्तवमा घटनास्थलमा थिएनन् । प्रहरीमा भएको साविती कागज हुने शंकारहित स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेको छैन र सह–अभियुक्तका परस्पर पोल अभियुक्तहरूका विरूद्ध प्रमाण लाग्न नसक्ने भन्ने समेत अभियुक्त पुनरावेदकहरूको तर्फबाट विद्वान् अधिवक्ता श्री मोहनप्रसाद पौडेल र श्री नरेन्द्रकुमार प्रधानले र अधिवक्ता श्री गुरूप्रसाद बरालले बहस प्रस्तुत गर्नुभयो । तर केही चश्मदिद भनिएका गवाहहरू घाइते भएको देखिएको र अन्यत्र कहीँ कहीँ अर्कै कारणले घाइते भएको भन्ने देखिन नआएकोले निजहरू घटनास्थलमै रहेको र घाइते भएको सिद्ध हुन्छ । अब प्रत्येक पुनरावेदकहरूको हकमा विचार गर्दा निम्नानुसार देखिन ठहर्न आउँछ ।
(१) युवनाथ पौडेल वारदात गरेको प्रहरी समक्ष र अदालतमा समेत इन्कारी बयान गरेको छ । निज विरूद्ध लगाइएको प्रमाणमा सह–अभियुक्त हरिप्रसाद घिमिरे, खड्गबहादुर अधिकारी, पद्मबहादुर तामाङ, पद्मबहादुर मगर, मानबहादुर मगर, अकलमान मगर समेतले गरेको पोलको हकमा यी अभियुक्तहरू अदालतमा इन्कारी बयान गरेको देखिन्छ । तर यसको अतिरिक्त घटनास्थलमा घाइते भएको समेतका व्यक्तिहरूले पनि युवनाथले कुटपिट गरेको भनी लेखिदिएका छन् । यी चश्मदिद गवाहहरू मध्ये लक्ष्मीप्रसाद कोइरालाले आफूलाई कुट्ने व्यक्तिलाई चिन्न नसकी अरू व्यक्तिहरूलाई चिन्न सक्ने कुरा सन्देहजनक देखिएको र निजले अदालतमा बयान गर्दा युवनाथको नाम भन्न नसकेको भए पनि रोमहर्ष र डम्बरबहादुरले र चश्मदिद गवाहहरूको अदालतमा गरेको बकपत्र झुठ्ठा भन्न सकिने स्थिति देखिँदैन । तसर्थ निज युवनाथ पौडेल घटनास्थलमा उपस्थित रही कुलप्रसादलाई कुटपिट गरेको ठहर्छ ।
(२) तुजु भन्ने सखरबहादुर तामाङ प्रहरी समक्ष बयान गर्दा वारदात स्थलमा गई कर्णबहादुरलाई खोसी ल्याएमा सावित र अदालतमा इन्कारी बयान गरेको देखिन्छ । निजका प्रमाण लगाएको सह–अभियुक्तहरूले प्रहरी समक्ष गरेको कागजको हकमा हेर्दा निजहरूले अदालतमा इन्कारी बयान गरेको छ । चश्मदिद भनिएका गवाहहरू मध्ये लक्ष्मीप्रसाद कोइरालाले प्रहरी समक्ष गरेको कागजमा र अदालतमा गरेका बकपत्र समेतमा तुजु भन्ने सखरबहादुरको नाम लेखाई दिएको देखिन्छ । प्रहरीमा गरेको कागज अनुसार आफूलाई कुट्ने मानिसको नाम भन्न नसक्ने निज लक्ष्मीप्रसाद कोइरालाले प्रहरी समक्ष कागज गर्दा ३९ जनाको नाम लेखाएकोमा अदालतमा बकपत्र गर्दा केबल ९ जनाको नाम भनेकोले निजको बकपत्र भर गर्न सक्ने किसिमको देखिन आएन । सो बाहेक चश्मदिद भनेका गवाहहरू पिउस कान्तीदास, डम्बरबहादुर राई र रोमहर्ष कार्कीले कसैले पनि सखरबहादुरले कुटपिट गरेको भनी अदालतमा भनेको पाइँदैन । अतः अदालतमा इन्कारी हुने सह–अभियुक्तहरूले प्रहरीमा गरेको कागजको आधारमा दोषी ठहराउन नमिल्ने हुँदा निजले सफाई पाउने ठहर्छ ।
(३) कैलाश गुरूङ निज वारदात गरेमा इन्कारी छ । पद्मबहादुर समेत केही सह–अभियुक्तहरूले निजलाई प्रहरी समक्ष पोल गरेको छन् । ती सह–अभियुक्तहरूले अदालतमा इन्कारी बयान गरेका छन् । मौकामा देख्ने भनिएको लक्ष्मीप्रसाद कोइराला र रोमहर्ष कार्कीले पनि निजलाई पोलेको देखिँदैन । डम्बरबहादुर राईले पनि अदालतमा बकपत्र गर्दा नाम कसैको जान्दिन थाहा छैन भनी बयान गरेपछि पक्राउ गरेपछि नाम थाहा भएको भनी कैलाश गुरूङको नाम भनेको देखिए पनि निजले सरजमीन हुँदा नाम खुलाउन सकेको देखिँदैन । यस्तो स्थितिमा कैलाश गुरूङको विरूद्ध किटानी प्रमाण पेश भएको भन्न सकिने अवस्था देखिन आएन । अतः स्वतन्त्र किटानी प्रमाणको अभावमा कैलाश गुरूङलाई दोषी ठहराउन नमिल्ने हुँदा निजले सफाई पाउने ठहर्छ ।
(४) धनजित तामाङ केही सह–अभियुक्तहरूको प्रहरी समक्ष पोलेका यी सह–अभियुक्तहरू अदालतमा इन्कारी बयान गरेका चश्मदिद भनिएको लक्ष्मीप्रसाद कोइरालाले प्रहरी समक्ष भनेका ३९ जना मध्ये धनजित तामाङको नाम भनेको भए पनि अदालतमा भन्न नसकेको अरू कुनै प्रमाण निजका विरूद्ध नदेखिएकोले निजले वारदात गरेको ठहराउन मिलेन । निजले सफाई पाउने ठहर्छ ।
(५) नरबहादुर पाख्रिन तामाङ, निज नरबहादुर पाख्रिन तामाङले अदालतमा इन्कारी बयान दिएको देखिन्छ । केही सह–अभियुक्तहरूले निजलाई प्रहरी समक्ष पोली तिनीहरूले अदालतमा इन्कारी बयान गरेका छन् तापनि निज नरबहादुरलाई चश्मदिद भनिएका गवाहा लक्ष्मीप्रसाद बाहेक पिउस कान्तिदास र रोमहर्ष कार्की समेतले नरबहादुर तामाङले कं.कूलप्रसादलाई कुटपिट गरेको भनी स्पष्ट भनेका र डम्बरबहादुर राईले पनि अदालतमा निजको नाम भनेको देखिएकोले समेत निज नरबहादुर पाख्रिन तामाङले कुटपिट गरेको देखिन ठर्हन आउँछ ।
(६) अम्बिकाबहादुर सुवेदी निजलाई प्रहरीमा पोल्ने सह–अभियुक्तहरू अदालतमा इन्कारी बयान गरेका छन् । अदालतमा निजको नाम लेखाउने लक्ष्मीप्रसाद कोइरालाको बकपत्रको हकमा विचार गर्दा निजले प्रहरीले माग गरेको कागज अनुसार आफूलाई कुट्ने व्यक्तिलाई चिन्न सक्ने व्यक्तिले प्रहरीमा कागज गर्दा ३९ जनालाई चिनेको भनी लेखाएको त्यसै विश्वासलायक नहुनेमा पनि अदालतमा सिर्फ ९ जनाको मात्र नाम लेखाउनुबाट निजको बकपत्र पत्यारलायक देखिँदैन । यस बाहेक अदालतमा अम्बिकाबहादुरलाई दोषी भनी बकपत्र गर्ने रोमहर्ष कार्कीको बकपत्र हेर्दा पहिले अमृतबहादुर भनेको पाइन्छ । पछि अदालतबाट ध्यान आर्कषित गराउँदा मात्र अमृतबहादुर भनेको अम्बिकाबहादुर हुन् भनेको पाइन्छ । वास्तवमा निजले अम्बिकाप्रसादलाई घटनास्थलमा देखेको भए चिनिराखेको मानिसको लगत नाम लेखाउन नपर्ने थियो । यसबाट निज रोमहर्ष कार्कीको बकपत्र यस अभियुक्तको सम्बन्धमा शंकास्पद देखिन आउँछ । अतः निज अम्बिकाबहादुरको विरूद्ध शङ्कारहित किटानी प्रमाणको अभाव देखिँदा निजलाई दोषी ठहराउन मिल्दैन । सफाइपाउने ठहर्छ ।
(७) तोएसिं भन्ने गणेशबहादुर तामाङ निजलाई प्रहरीमा सावित हुने केही सह–अभियुक्तले पोलेको देखिन्छ । तर ती सह–अभियुक्तहरूले अदालतमा इन्कारी बयान गरेका छन् । यस बाहेक घटनास्थलमा उपस्थित रहेका लक्ष्मीप्रसाद कोइरालाले अदालतमा बकपत्र गर्दा पहिले यस अभियुक्तको नाम भनेको पाइँदैन । ६ जनाको नाम मात्र भनी अरूको नाम जानेको छैन भनेर भनेको र पछि मात्र अहिले नाम सम्झेको भनी यस अभियुक्तको नाम भनेको देखिन्छ । निज लक्ष्मीप्रसादले अदालतमा बकपत्र गर्दा अम्बिका सुवेदी र गोविन्द नेवारले मलाई कुटपिट गरेका हुन् भनी भनेको छ तापनि घटना घटेको ३ दिन पछि मात्र अर्थात ०२९।९।२४ मा प्रहरी समक्ष कागज गर्दा म वृद्ध अवस्थाको भएकोले यस माथि प्रहार गर्यो भन्न सक्तिन भनी भनेको देखिँदा आफूलाई कुट्ने मानिसलाई चिन्न नसक्ने लक्ष्मीप्रसाद कोइरालाले प्रहरी समक्ष ३९ जनाको नाम उल्लेख गरी अदालतमा ९ जनाको नाम भनेकोबाट निजको बकपत्र सन्देहजनक देखिन आउँछ । तसर्थ लक्ष्मीप्रसादले अदालतमा गरेको बकपत्रबाट यस अभियुक्तलाई दोषी प्रमाणित हुन सक्ने स्थिति देखिँदैन । रोमहर्ष कार्कीले पनि यो अभियुक्तलाई वारदातमा देखे चिनेको भनी भनेको छ तर यस अभियुक्तले कं.कुलप्रसादलाई कुन–कुन ठाउँमा कुटे भन्न सकेको देखिँदैन । तोएसिं भन्ने गणेशबहादुर तामाङ घटनास्थलमा उपस्थित रहेका देखिए बमोजिम निजले चोट छाडेको किटानी प्रमाण देखिँदैन । अतः निज तोएसिं भन्ने गणेशबहादुर तामाङले सफाई पाउने ठहर्छ ।
(८) गोविन्दहरि श्रेष्ठ, निजलाई केही सह–अभियुक्तहरूले प्रहरी समक्ष पोलेको तर निजहरू अदालतमा इन्कारी बयान गरेका छन् । चश्मदिद भनिएका गवाहहरू लक्ष्मीप्रसाद कोइरालाको भनाई संन्दिग्ध भए पनि डम्बरबहादुरले अदालतमा बकपत्र गर्दा निजको नाम लेखाउनुका साथै रोमहर्ष कार्कीले गोविन्दहरिले लाठीले चोट छाडेको देखेको भनी भनेको देखिँदा यस अभियुक्तका विरूद्धको पोल समर्थित हुन आएकै देखिन्छ । तसर्थ निजले कुटपिट गरेकै ठहर्छ ।
(९) कर्णबहादुर तामाङ, निज कर्णबहादुर तामाङलाई प्रहरीको कब्जाबाट छोडाउने प्रयासबाट कुटपिटको घटना भएको देखिँदा निज घटनास्थलमा नभएको प्रश्नै उठ्न सक्दैन निजले पनि कुलप्रसादलाई चोट छोडेको भनी लक्ष्मीप्रसाद कोइरालाको अतिरिक्त अरू चश्मदिद भनिएको रोमहर्ष कार्कीले निज कर्णबहादुरले लट्ठीले चोट छाडेको डम्बरबहादुर राई र पिउस कान्तिदास समेतले अदालतमा किटानी बकपत्र गरेको पाइन्छ । अतः निज कर्णबहादुर तामाङ दोषी छैन भन्न न्यायोचित हुँदैन । निजले कसूर गरेकै ठहर्छ ।
(१०) खड्गबहादुर अधिकारी, निज खड्गबहादुर प्रहरी समक्ष र अदालतमा समेत वारदात गरेमा इन्कारी बयान गरेको निजलाई प्रहरी समक्ष पोल्ने सह–अभियुक्तहरूले अदालतमा इन्कारी बयान गरेका चश्मदिद भनिएका गवाहहरू मध्ये लक्ष्मीप्रसाद कोइरालाले प्रहरी समक्ष गरेको कागजमा उल्लेख भए अनुसार आफूलाई कुट्ने व्यक्तिहरूलाई चिन्न नसक्ने भए पनि प्रहरी समक्ष ३९ जना व्यक्तिको र अदालतमा केवल ९ जना व्यक्तिको नाम लेखिएको देखिएकोले निजको बकपत्र विश्वासलायक नहुने र डम्बरबहादुर राईले निजको नाम भनेको देखिँदैन । गवाही रोमहर्ष कार्की र पिउस कान्तिदास समेतले निज खड्गबहादुरलाई वारदातमा देखेको भनी अदालतमा बकपत्र गरेको छैन तर यो अभियुक्तले कं.कुलप्रसाद माथि चोट छाडेको भनी भनेको पाइँदैन । तसर्थ कं.कूलप्रसादको मृत्यु भएको कारणमा यो अभियुक्तले केही गरेको प्रमाणित हुँदैन र निज खड्गबहादुरले अधिकारी सफाई पाउने ठहर्छ ।
८८ अब माथि उल्लेख भए अनुसार कुटपिटको वारदात गरी कसूर गरेको भनी अपराधी ठहरिएका अभियुक्तले गरेको कुटपिटको परिणामस्वरूप भवितव्यबाट कं.कूलप्रसादको मृत्यु हुन गएको ठहरेकोले सजायको हकमा विचार गर्दा कं.कुलप्रसादको कब्जाबाट कर्णबहादुरलाई छोडाउने प्रयासमा होस नपुर्याई गरेको कुटपिटबाट भवितव्य भई मृत्यु हुन गएको देखिने हुँदा ज्यान सम्बन्धीको ६ नं. को देहाय २ अनुसार दोषी ठहरेकोले प्रत्येक अभियुक्तहरूलाई जनही दुई वर्ष कैद र रू.५००। पाँचसय जरिवाना समेतको सजाय हुन्छ भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३३।११।२३।१ को फैसला ।
८९ उक्त फैसलामा चित्त बुझेन शुरू प्रहरी प्रतिवेदन दावी बमोजिम नै सजाय हुन भनी श्री ५ को सरकारको पुनरावेदन गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट साधक जाँचको निमित्त समेत यस बेञ्च समक्ष पेश हुन आएको छ ।
९० यसमा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित अधिवक्ता भैरवप्रसाद लम्सालले डिभिजन बेञ्चका आदेश बमोजिम विपक्षीहरू युवनाथ पौडेल, तुजु भन्ने सखरबहादुर तामाङ, कैलाश गुरूङ, धनजित तामाङ, नरबहादुर तामाङ, कर्णबहादुर तामाङ, गोविन्दहरि श्रेष्ठहरूलाई छलफल निमित्त नोटिस म्याद दिई झिकाइएको हुनाले अभियुक्त नरबहादुर तामाङ, कर्णबहादुर तामाङको तर्फबाट विद्वान अधिवक्ता सिन्धुनाथ प्याकुरेल, गोविन्दहरि श्रेष्ठका तर्फबाट विद्वान अधिवक्ता रामनाथ मैनालीहरूले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउन पेशी तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट मिति ०३३।११।२३ मा भएको निर्णय मिलेको छ छैन के रहेछ भनी निर्णय गर्नुपर्ने हुन आएको छ।
९१ यस सन्दर्भमा वादी श्री ५ को सरकार तर्फबाट पर्न आएको पुनरावेदनमा प्रहरीलाई मार्ने भन्ने सल्लाह गरी लाठी र खुकुरी समेत लिई धेरै मानिस भई गएको भन्ने धनजित तामाङ समेतको र मर्ने कं.कुलप्रसादले मलाई बचाई देउ बरू कर्णबहादुरलाई खोली दिन्छु भनेको भन्ने पदमे भन्ने पद्मबहादुरको कागज समेतबाट देखिन्छ । उपरोक्त बुँदाहरूबाट प्रस्तुत मुद्दाको वारदात ज्यानसम्बन्धी महलको ५ नं. बाट परिभाषित भवितव्य भित्र पर्ने नभई १३ नं. भित्रको वारदातै भन्ने प्रष्ट देखिन्छ । सो वारदात हुँदा देख्ने चश्मदिद लक्ष्मीप्रसाद कोइराला डा.पियुस कान्तिदास, रोमहर्ष कार्की र बमबहादुर भन्ने डम्बरबहादुर राईले वारदातमा देखेका प्रतिवादीहरूलाई बताई दिएका छन् । अतः उपर्युक्त बुँदा प्रमाणको आधारमा प्रहरी प्रतिवेदन दावी बमोजिम नै सजाय हुन अनुरोध छ भन्ने वादी पुनरावेदन जिकिर साथै विद्वान अभिवक्ताले पनि सोही कुरालाई पुष्टि हुने गरी बहस जिकिर गर्नुभएको छ ।
९२ प्रस्तुत मुद्दाको वारदात अपराधको हकमा वारदात स्थलमा रही कुटपिट गर्ने ठहरेका अभियुक्तहरूले गरेको कुटपिटबाट भवितव्य परी कं.कुलप्रसादको मृत्यु भएको ठहराई ज्यान सम्बन्धीको ६ नं. देहाय दफा २ अनुसार कैद जरिवाना गर्ने ठहर गरी पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट निर्णय गरेकोमा उपर्युक्त उल्लेख भए बमोजिम ज्यान सम्बन्धी ५ नं. को परिभाषित भवितव्य भित्र पर्ने नभई ज्यान सम्बन्धी १३ नं. बमोजिमको वारदात हुँदा प्रहरी प्रतिवेदन दावी अनुसार सजाय हुनुपर्दछ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर भएको हुनाले प्रस्तुत मिसिलको तथ्यबाट पुनरावेदन जिकिर बमोजिम ज्यान सम्बन्धी १३ नं. बमोजिमको कसूर वारदात हो होइन भनी विचार गर्नुपर्ने हुन आएको छ ।
९३ मिसिल साथ रहेको प्रहरी प्रतिवेदन अभियोगपत्रमा उल्लेख भएको व्यहोराबाट कर्णबहादुर भन्ने १ जना व्यक्तिलाई कं.कुलप्रसादले पक्राउ गरी ल्याउँदा बीच बाटोमा प्रतिवादीहरूले कुटपिट हुलदङ्गा गरी निज कर्णबहादुरलाई फुत्काई लगेको र सो हुलदङ्गा हुँदा भए परेको घा चोटको परिणामबाट कं.कुलप्रसादको मृत्यु ऐनका म्यादभित्र भएकोले ज्यान सम्बन्धी १३ नं. अनुसार सजायको माग दावी गर्ने प्रस्तुत अभियोगपत्र दायर हुन आएको र सोही अभियोगपत्रको माग दावी बमोजिम सजाय हुनुपर्दछ भनी वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन जिकिर भएको हुनाले ज्यान सम्बन्धी १३ नं. मा विचार गर्नुपर्ने हुन आयो । उक्त १३ नं. मा यसै महलको अरू नम्बर बमोजिम ज्यानमाराको बात नलाग्ने अवस्थामा बाहेक–कसैले अरूको ज्यान मर्ने गैह्र कुरा गर्दा उसै बखतमा ऐनका म्यादभित्र ज्यान मारेमा सो ज्यान मार्नेलाई देहायमा लेखिए बमोजिम सजाय गर्नु पर्छ भन्ने उल्लेख भएको छ । अभियुक्तहरूले मर्ने कुलप्रसादको ज्यान लिनु पर्ने कारण र नियत यस्तो थियो र सो कारणले ज्यानै मार्ने मनसाय गरी कुटपिट गरी मारेको हो भन्ने कुरा प्रहरी प्रतिवेदनमा पनि किटानी गरी उल्लेख भएको देखिँदैन । प्रहरी प्रतिवेदन तथा सङ्कलित प्रमाणको तथ्यबाट पक्राउ गरी लान लागेको कर्णबहादुरलाई छुटाउने उद्देश्यले भएका कृयाकलापको सन्दर्भमा हुल हुज्जत कुटपिट हुँदा पर्न गएको घा चोटबाट ऐनको म्यादभित्र कूलप्रसाद मर्न गएको देखिन आउँछ । मर्नुपर्ने कारणले मार्ने मनसाय गरी कुटपिट गरी मारेको भन्ने कुरा कतैबाट पनि देखिन नआएमा कुटपिटबाट भएको चोटले मानिस मर्न गएमा ज्यान सम्बन्धीको १३ नं. बमोजिमको कसूर अपराध मिल्न आउने देखिन नआएकोले वादी श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिर पुग्न सक्ने देखिन आएन ।
९४. अभियुक्तहरूले गरेको कुटपिटको चोट पिरबाट भवितव्य भई मरेको ठहराई ज्यान सम्बन्धी ६ नं. देहाय दफा २ बमोजिम सजाय गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट भएको जाहेरी फैसला उपर प्रतिवादीहरूको पुनरावेदन पर्न आएको नदेखिएको र जाहेरी फैसला गरेको हकमा अ.बं.१८६ नं. मा भएका व्यवस्था अनुसार मृत्युदण्ड सर्वस्व सहित जन्मकैद वा जन्म कैद हुने ठहराएको वा सो कसूरको अभियोग लागेकोलाई रिहाई दिनुपर्ने ठहराएको समेत नदेखिएकोले यस स्थितिमा अ.बं.१८६ नं. ले जाहेरी फैसला गर्नुपर्ने नदेखिएको हुनाले ऐनले गर्नुपर्ने जाहेरी फैसला भई आएकोबाट साधकमा दर्ता हुन आएको देखिन आएकोले साधक तर्फबाट पनि विचार गर्नु परेको हुँदा उपर्युक्त उल्लेख भए अनुसार वादी श्री ५ को सरकार तर्फबाट पर्न आएको पुनरावेदन जिकिर पुग्न नसक्ने भई इन्साफ पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मनासिव देखिन्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु भनी नियम बमोजिम मिसिल बुझाई दिनु ।
तपसील
देहायका प्रतिवादीहरू थुनामा रहेको देखिएको र निजहरूलाई यो मुद्दा बाहेक अरू मुद्दा बाहेक अरू मुद्दामा थुनामा परेको छैन र क्षे.अ.बाट गर्ने गरेको सजाय भुक्तान भइसकेको भए थुनाबाट छाडिदिनु भनी सम्बन्धी कारागार कार्यालयमा लेखी पठाउन लगत दिनु…..१
तुजु भन्ने सखरबहादुर तामाङ १,कैलास गुरूङ १, धनजित तामाङ १, युवनाथ पौडेल १, नरबहादुर पाख्रिन तामाङ १, गोविन्दहरी श्रेष्ठ १, कर्णबहादुर तामाङ १, खड्गबहादुर अधिकारी १, अम्बिकाबहादुर सुवेदी १, तोयसिंह भन्ने गणेशबहादुर तामाङ १
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३५ साल चैत्र २ गते रोज २ शुभम् ।