May 1, 1994
Created by nepalarchives

निर्णय नं. ६०२२ – लिखत बदर

निर्णय नं. : ६०२२   ने.का.प. २०५२ अङ्क ६   संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५१ सालको...

निर्णय नं. : ६०२२   ने.का.प. २०५२ अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

सम्वत् २०५१ सालको दे.पु.नं. : २०७१

फैसला मिति : २०५१//१८/

मुद्दा : लिखत बदर ।

 

पुनरावेदक/प्रतिवादी:सुर्खेत जिल्ला वीरेन्द्र नगर नगरपालिका वडा नं. ५ बस्ने गणेश प्रसाद गैह्र ।

विरुद्ध

प्रत्यर्थी/वादी:दैलेख जिल्ला डाँडा पराजुल गा.वि.स. वडा नं. ५ बस्ने कृष्ण बहादुर शाही ।

ऐ.ऐ बस्ने कृष्ण बहादुर शाही ।

ऐ.ऐ बस्ने बाल कुमारी शाही ।

ऐ. बस्ने प्रेम बहादुर शाही ।

ऐ. बस्ने खगेन्द्र बहादुर शाही ।

 

    प्रतिवादी रण बहादुरको नाममा दर्ता भएको जग्गा निजको निजी आर्जनको हो भनी जिकिर लिन सकेको र अन्य हक श्रोतबाट प्राप्त भएको भन्ने सबूद समेत दिन सकेको देखिदैन । पिता माता भाईहरु सगोलमा छंदाछदै अंश वण्डाको १९ नं. छोराले विक्री गरेकोमा आकिर्षित हुने नदेखिने ।

(प्र.नं. १३)

पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री एकराज भण्डारी ।

विपक्षी तर्फबाटःX

अवलम्बित नजीरःX

फैसला

न्या. ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत सुर्खेतको मिति २०५०//८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पर्न आएको पुनरावेदन समेतको संषिप्त तथ्य यस प्रकार रहेछ ।

२.   विपक्षी मध्येका रण बहादुर शाही हामी कृष्ण बहादुर बाल कुमारीका छोरा र हामी प्रेम बहादुर खगेन्द्र बहादुर दाजु हुन हामीहरुका बीचमा अंशवण्डा भएको छैन । हामी कृष्ण बहादुर बाल कुमारीले सगोलको आर्जन कमाईबाट विपक्षी रण बहादुरका नाउँमा सुर्खेत साविक कटकुवा गा.पं. वडा नं. ४ हाल वी.न.पा. वडा नं. ५ मा पर्ने कि.नं. ६३३ को ज.वि. ०२३४ जग्गा खरीद गरी राखेका थियौ घरको मुख्य व्यवहार गर्न बाबु म फिरादी कृष्ण बहादुर हुँदाहुँदै उक्त जग्गा मेरो र अरु अंशियारको मञ्जुरी नलिई आफूखुस गर्न नपाउने जग्गा मध्ये पूर्व दक्षिण तर्फको ०० मुल्य रु. ६०,०००/– मा गणेश प्रसाद गैरेलाई मिति ०४८//१ मा राजिनामा गरी दिएकोले लेनदेन व्यवहारको १० नं. को म्याद भित्र फिराद गरेका छौं ६ अंशियार हुँदा ४ भागको लिखत बदर गरी हाम्रा नाउँमा दा.खा. दर्ता गरी पाउँ भन्ने कृष्ण बहादुर समेत जना ४ को फिराद पत्र ।

३.   कारोबार चलाउन आवश्यकता भएकोले प्र.मध्येका गणेश प्रसाद गैरेलाई जग्गा राजीनामा गरी दिएको हुँदा मञ्जुरी पनि नलिएको कारणबाट यो उजुर गरेको हुँदा झुठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र. रणबहादुर शाहीको प्रतिउत्तर पत्र ।

४.   दाता रण बहादुर शाहीका नाउँमा दर्ता भएको सुर्खे वीरेन्द्र नगर न.पा. वडा नं. ५ को कि.नं. ६३३ को ज.वि. ०२३४ मध्येबाट मैले पूर्व दक्षिण तर्फ ज.वि. ०० जग्गा मिति ०४८//१० मा पारित गरी लिएको हुँ सो जग्गा अंशवण्डाको १९ (२) नं. बमोजिम आफूखुस गर्न पाउने भएको हो लिखत बदर हुने होइन भन्ने समेत प्र. गणेश प्रसाद गैरेको प्रतिउत्तर पत्र ।

५.  प्र. रणबहादुरको दैलेख मूल घर भै सुर्खेतमा जग्गा खरिद गरी बसेकोले सो ठाउँको निज मुख्य हुने हुँदा ०२३४  मध्ये आधा भन्दा घटी ०० मात्र प्रतिवादी गणेश प्रसादलाई विक्री गरेको कानून सङ्गत नै हुँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत ०५०//७ को सुर्खेत जिल्ला अदालतको फैसला ।

६.   सुर्खेत जिल्ला अदालतबाट मिति २०५०//७ मा लिखत बदर नहुने ठहर्‍याई भएको फैसलामा चित्त बुझेन दावी बमोजिम लिखत बदर गरी पाउने भन्ने समेत दावी कृष्ण बहादुर समेतको पुनरावेदन पत्र ।

७.  यसमा सगोलको सम्पत्तिबाट हाम्रो मञ्जुरी वेगर दिएको राजीनामाबाट हाम्रो माग बदर होस् भन्ने वादी दावी रही राजीनामा गरी दिएको जग्गा मेरो एकलौटी हो भन्ने प्रतिवादीको जिकिर पनि नरहेको र वादी मध्ये सगोलका बाबु हुँदा हुँदै प्रतिवादी छोरालाई अंशवण्डाको १९(१) नं. बमोजिम व्यवहार चलाउने अख्तियारको रुपमा लिई भएको फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने ०५०//३ को आदेश ।

८.   ६ अंशियार मध्ये पुनरावेदक वादी ४ अंशियारहरुको हक जति ६ खण्डको चार खण्ड राजीनामा लिखत बदर हुने र वादीहरुको नाउँमा दर्ता समेत हुने ठहर्छ । फिराद दावी बमोजिम लिखत बदर गर्नु पर्नेमा सगोलको छोराले गरेका व्यवहारमा लाग्न नसक्ने मुलुकी ऐन अंशवण्डाको महलका १९(१) नं. लगाई विक्री व्यवहार सदर हुने र लिखत बदर तर्फ वादीहरुको फिराद दावी पुग्न नसक्ने ठहर्‍याई शुरु जिल्ला अदालतले गरेको ०५०//७ को इन्साफ त्रुटीपूर्ण देखिँदा उल्टी हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत सुर्खेतको फैसला ।

९.   पुनरावेदन अदालत सुर्खेतको फैसलामा भित्त बुझेन सो फैसला बदर गरी पाउँ भन्ने पुनरावेदक प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।

१०.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री एकराज भण्डारीले रण बहादुरबाट मैले राजीनामा पारित गरी लिएको हो । बादीहरुले आफ्नो भाग बदर गरी पाउँ भनी दिएको दावी नपुग्ने ठहरी शुरु सुर्खेत जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत सुर्खेतले बदर गरी दिए उपर प्रस्तुत पुनरावेदन सम्मानित अदालत उपर पर्न आएको छ । हाम्रो दाता घरको कारोबार गर्ने मुख्य व्यक्ति हुन उनले आफ्नो नाउँबाट जग्गा खरीद बिक्री गर्दछन् । यस्तो मुख्य व्यक्तिले चलमा सबै र अचलमा आधासम्म बिक्री व्यवहार गरेको सदर हुनु पर्नेमा पुनरावेदन अदालत सुर्खेतले ६ भागको ४ भाग बदर गरेको त्रुटीपूर्ण हुँदा पुनरावेदन अदालत सुर्खेतको उक्त फैसला बदरभागी छ । तसर्थ अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाइनु पर्छ भनी गर्नु भएको बहर समेत सुनियो ।

११.  प्रस्तुत मुद्दामा पुनरावेदन अदालत सुर्खेतको फैसला मिलेको छ छैन ? सो को निर्णय दिनु परेको छ ।

१२.  निर्णय तर्फ विचार गर्दा यस्मा हामी अंशियारहरुको मञ्जुरी नलिई गरेको बिक्री व्यवहारबाट हाम्रो हक जान नसक्ने हुँदा हाम्रो भाग जति बदर गरी पाउँ भन्ने फिराद दावी र कारोबार चलाउने आवश्यकता भएकोले गणेश प्रसाद गैरेलाई राजीनामा गरी दिएको हुँदा मञ्जुरी पनि नलिएको कारणबाट यो झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने प्र. रण बहादुर शाहीको तथा दाता रण बहादुर शाहीका नाउँमा दर्ता भएको कि.नं. ६३३ को ज.वि. ०२३४  मध्येबाट पूर्व दक्षिण तर्फबाट ज.वि. ०० जग्गा पारित गरी लिएको हुँदा अंशवण्डाको १९(१) नं. अनुसार बदर हुनु पर्ने होइन भन्ने समेतको प्रतिवादी गणेश प्रसाद गैरेको प्रतिउत्तर जिकीर भएकोमा वादी दावी नपुग्ने ठहरी शुरुबाट भएको फैसला बदर गरेको पुनरावेदन अदालत सुर्खेतको फैसला उपर प्रस्तुत पुनरावेदन परेको देखियो ।

१३.  विवादित जग्गा प्रतिवादी रण बहादुरको नाममा दर्ता रहेको निजको पिता बादी कृष्ण बहादुर, आमा बाल कुमारी तथा भाईहरु प्रेम बहादुर र खगेन्द्र बहादुर समेत सगोलमा रहे भएकोमा विवाद देखिँदैन । प्रतिवादी रण बहादुरको नाउँमा दर्ता भएको जग्गा निजको निजी आर्जनको हो भनी जिकिर लिन सकेको र अन्य हक श्रोतबाट प्राप्त भएको भन्ने कुराको सबूद समेत दिन सकेको देखिँदैन । पिता माता भाईहरु सगोलमा छँदाछँदै अंशवण्डाको १९ नं. बमोजिम छोराले बिक्री गरेकोमा आकर्षित हुने देखिँदैन । तसर्थ लेनदेनको १० नं. अन्तर्गत दाबी भएको र अंशियारहरु ६ जना भएको देखिँदा शुरु फैसला उल्टी गरेको पुनरावेदन अदालत सुर्खेतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन अदालतको फैसला सदर भएकोले केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने ।

 

इति सम्वत् २०५१ साल वैशाख १८ गते रोज २ शुभम् ।