July 22, 1985
Created by nepalarchives

निर्णय नं. २३४३ – कुटपीट

निर्णय नं. २३४३    ने.का.प. २०४२      अङ्क ४   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं.    ...

निर्णय नं. २३४३    ने.का.प. २०४२      अङ्क ४

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको फौ.पु.नं.     ५८५।५८९

मुद्दा : कुटपीट ।

 

पुनरावेदक/वादी:का.प.जि.सांमा गा.पं.वार्ड नं. ६ बस्ने विसु भन्ने विष्णु बहादुर खड्का ।

विरूद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने सानो कान्छा खड्का समेत ।

पुनरावेदक/प्रतिवादी:का.प.जि. सामा गा.पं. वार्ड नं.६ जनागाल उग्रतारा वडा नं. १ बस्ने वीर बहादुर खड्का क्षेत्री ।

का.प.जि.सामा गा.पं. वार्ड नं. ६ बस्ने सानु कान्छो खड्का ।

ऐ.ऐ बस्ने यादव खड्का ।

ऐ.ऐ बस्ने जेठो भन्ने जयराम खड्का ।

ऐ.ऐ बस्ने नानीकाजी थापा क्षेत्री ।

ऐ.ऐ बस्ने माहिलो भन्ने कृष्ण बहादुर खत्री ।

ऐ.ऐ बस्ने माहिलो भन्ने सोम बहादुर खड्का ।

विरूद्ध

विपक्षी/वादी:ऐ.ऐ. बस्ने रामचन्द्र खत्री ।

ऐ.ऐ बस्ने विसु भन्ने  विष्णु खड्का ।

फैसला भएको मिति:२०४२।४।७।२ मा

     घा चोटहरूको एक्सरे नगराउँदैमा मौकामा भएको सो घा जाँच केश फाराममा उल्लिखित घा खतलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने ।

(प्रकरण नं.१५)

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः प्रस्तुत मुद्दामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ ।

२.    २०३३ साल कार्तिक ११ गतेका दिन १०/११ बजेको समयमा टिकाबहादुरको धान काट्ने खेतमा थिएँ । भात खाई मिसिन लिई मिनबहादुरको घरबाट जंगलतर्फ खेतमा आएको अवस्था मेशिन खेतमा नपुर्‍याउँदै हामीहरूको घर निजकै गौंडा बाटोमा पुग्नासाथ विपक्षीहरूले के सल्लाह गरी बसेका  रहेछन् । अन्यायवाला वीर बहादुरका छोरा पुष्करबहादुर र सुशिलबहादुर समेतले हामी विसु खड्का समेतलाई लठ्ठीले हानी कुटपीट गर्न थाले किन यसो गर्छौ भन्दा तेरो सन्तान निर्मूल पार्नुपर्छ भनी कुटे । हामीले ठूलो स्वरबाट कराउँदा गाउँका मानिस र रामचन्द्र सहकुल बहादुरसमेत हुलमुल नगर ज्यानै मर्ला भन्दा हामीलाई कुटपीट गर्न आँटे । डरले ६ नं. वडामा कृष्ण बहादुरको घरमा गई लुकी बस्यौं । अन्यायवालाहरू लखेट्दै गएबाट भित्रबाट बाहिर झिकी लाठी ढुङ्गा फलामे डण्डीले कुटपीट गरे । नोक्सान तर्फ यकीन भएपछि कानुन बमोजिम दावी गर्ने नै छौं । कुटपीटतर्फ कुटपीटका ९,