May 30, 1969
Created by nepalarchives

निर्णय नं. ४८४ – चोरी

निर्णय नं.  ४८४    ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको स.अ....

निर्णय नं.  ४८४    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री लोकराज जोशी

सम्वत् २०२५ सालको स.अ. फौज्दारी फुल नम्बर २२

 निवेदक : वाग्लुङ जि.कुदुले पं.अन्तर्गत कुटुलेछाप घर भएको ताराप्रसाद सापकोटा जैशी

विरुद्ध

विपक्षी :  श्री ५ को सरकार

मुद्दा : चोरी

(१)   इन्कार रहन नसक्ने गरी जोरजुलुम कुटपिट गरेको नदेखिएमागाउँ घरमा र प्रहरी अफिसर समक्ष अभियुक्तले भनेको कुरा डरको कारणबाट भनेको भन्न नहुने ।

            उस्मा पनि दासे खोलामा पुगेपछि जोष्टे ओडारमा चोरीको माल खोज्यो, सो ठाउँमा पाइएन । मैले धनमाल यसठाउँमा राखेको भिमबहादुरलाई भनेको थिएँ । निजले लग्यो होला भन्ने र थानामा अफिसरले सोधपुछ गर्दा चोरीमा साविती भई भनी दिएँ । तर सो कुरा प्र.पं.दलबहादुर समेतले कुटेको समेत डरका मारे भनेको हुँ भन्ने ताराप्रसादको बयान भएकोमा आफ्नु कसूर नभए अदालतमा आई ईन्कार गर्न सकेसरह गाँउ घरमा र प्रहरी अफिसरसँगसमेत इन्कारै रहन नसक्ने किसिमको जोरजुलुम कुटपिट भएगरेको नदेखिएकोले डरका मारे उक्त कुराहरू भनेको भन्ने भनाई प्रतित देखिँदैन ।

 (प्रकरण नं. २७)

(२)   कुनै व्यक्ति कुनै अभियोगमा सावित भएको कसूरदारसँग अपराध गरिएको भनेको समयमा संगसाथ रहेकानिज (सँग साथ रहने) लाई झुठ्ठा पोल गर्नपर्ने कारणको अभावमानिज (सँग साथ रहने) निर्दोषी भन्न नहुने ।

            नन्दलालसँग सो रात मेरै एकैसाथ रहेबसेको र नन्दलालले झुठ्ठा पोल गर्नुपर्ने ईवी कारण नदेखिएकोबाट पनि ताराप्रसादलाई निर्दोषी भन्न मिल्ने देखिन आउँदैन ।

(प्रकरण नं. २७)

(३)   चोरीको बिगो बढी भनेर तल्लो अदालतले गरेको निर्णयमा पुनरावेदन नगरी बसेमा चोरी भएको भनिएको नगदी पनि रहेको स्थिति दस्तखतमा खुलाउन नसकेमासो दुवै बढी बिगो र नगद चोरी भएको भन्न नहुने ।

            चोरी भएको बिगोतर्फ दरखास्तवाला पूर्णकुमारले रु.७०००।२० को धनमाल चोरी गरेको भन्ने मध्ये गहना र भारतीय नोटलाई बढी लेखेको ठहराई तत्कालिन पाल्पा जिल्ला अदालतले निर्णय गरेउपर वादीको पुनरावेदन नपरेको र नेपाली नगदी रु.२४००। चोरी भएको सुड्केसमा नै राखेको थियो भन्ने पूर्णकुमारको दरखास्तमा नलेखिएको अन्यत्र यस ठाउँमा यसरी राखेको भन्ने पनि नखुलेको समेतबाट नेपाली नगदी (मुद्रा) रु.२४००। पनि चोरी भएको भन्ने दरखास्तवालाको भनाई प्रतित देखिएन । सो रु.२४००। पनि बाहेक गरी नम्वर खुद्रा गरी ने.नोट २०००। र सो राखेको सुड्केससम्म चोरी भएको देखिन आउँछ ।

(प्रकरण नं. २९)

निवेदक तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

पूर्णकुमार तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल, का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज

उल्लेखित मुद्दा :

फैसला

            मा.न्या.लोकराज जोशी

            १.     यही ०१९ साल भाद्र १९ गतेको रात भात खाइसकेपछि म पसल कोठीका र पछाडि धनसारको कटेरामा आमा भाउजू समेत सुतेका अवस्था सो रात नमालुम कुन टायममा हो मेरा दोकान घरको वायाँतर्फ रहेको झ्याल र पछाडि पट्टीको पालीको ढोकाको साँचो फुकालीएको गाह्रो तर्फ केही खोलिएको ऐ भोलिपल्ट २० गतेको विहान उठी हेर्दा चोरी भएको शंका लागि हेर्न जाँदा निम्न लेखिएबमोजिमको धनमाल समेत चोरी भएकोले पञ्चायत गई जाहेर गरेमा प्र.प.दलबहादुर समेतले चोरेको खोज तलास गर्दा दले भन्ने नन्नलाल कुमाललाई पक्राउ गरी सोधनी गर्दा मैले मात्र चोरी गरेको हैन ताराप्रसाद सापकोटा जैसी समेत भई चोरी गरेका हौं सो चोरी लगेको धनमाल सहितको बाकस समेत दासे खोलाका घाटमा राखेको हो त्यहीं होला भनेकोले हेर्न जाँदा धनमाल सहितको बाकस नहुँदा नन्दलाललाई सोधनी गर्दा ताराप्रसादले कहाँ राख्यो मलाई थाहा भएन भन्ने जवाफ गरेकाले निज ताराप्रसादलाई पक्राउ गरी सोधनी गर्दा अन्त राखेको छु, तिमीलाई भन्न केही खाचो छैन भनी जवाफ गरे, जि.पु.ई. आ.कं.थानामा गई मद्दत मागी ल्याई पुलिसको साथले बुझाउन ल्याउँदा कुस्मा थानामा नलानुहोस तपाईको रुपिया समेतको बाकस दासे खोलाको ढाडमा राखेको छ भनी पुलिसका रोहवरमा भनेकोले गई हेर्दा धनमाल समेतको बाकस नहुँदा मेरो धनमाल समेत पचाई खाने उद्योग गरे जम्मा चोरी भएको बिगो रु.७०००।२० निजहरूबाट दिलाई भराईपाउँ भन्नेसमेत पूर्णकुमारको जाहेरी दरखास्त ।

            २.    दलबहादुर खत्री क्षेत्रीको घरमा हामी बसेको हेर्न भनी आई निजका घरमा अन्दाजी रातको ११ बजेसम्म बसी ताहाँबाट सवै फर्की गौरी मगरनीको घरमा गई बसी गीत गाई अरु आफ्नो घरतर्फ गएको र म पनि घर जान भनी गएकोमा निज ताराप्रसादले मलाई चुरोट लिन जाउ भनी लिई आएपछि दरखास्तवाला पूर्णकुमारको घरमा आई पुगेपछि तैंले कमलको घर पेटीमा बसी तरुनी पनि हेर अरु मानिस आए नआएको पनि हेर मैले चुरोट चोरी झिकी ल्याउँला भनी निज ताराप्रसाद दरखास्तवालाको तगारोबाट भित्र पसी निजको घरको दक्षिण पट्टीको पालीबाट चढी दक्षिउपट्टीको झ्यालमा आग्लो लागेको रहेनछ र सो झ्यालबाट भित्र पसी छालाको बाकस सुडकेस घरभित्रबाट ल्याई पालिमा राखी आफू तल ओरलेपछि सो बाकस झिकी निज ताराप्रसादले बाँधेको पटुकामा निजले बाँधी पोको पारी दासे खोला गएँ त्यस भित्र के के थियो ताराप्रसादले र मैले पनि हेरिंन । सोही खोलाको ओडारमा राखी ताराप्रसादकै गोठमा आई सुतेपछि पनि पाँच रुपैंया दिउँला भन्थ्यो चोरेको धनमाल मैले लिएको पनि छैन भन्नेसमेत नन्दलालको कागज ।

            ३.    दलबहादुर क्षेत्रीका घरमा हामी बसेको हेर्न भनी आई ऐ रातको २ बजेको टायम हुँदो हो हामी सवै त्यहाँबाट उठी गौरी मगरनीको घरमा गई बसी गीत गाई अन्दाजी ४ घडी रात बाँकीमा त्यहाँबाट उठी नन्दलाल र म मेरो गोठ कटेरामा गई सुतेपछि विहान अन्दाजी ६ बजे या ७ बजेको हुँदो हो म उठेको नन्दलाल सुतेकै हुनाले मैले उठाई सकेपछि निजलाई अंश दिएपछि निज धान काट्न भनी गएको हो नमालुम के कागजमा हो प्रधानपञ्च दलबहादुरले सहिछाप गराए पछि कुस्मा तर्फ लगेकोले कुस्मा थानका अफिसर जवानहरूसँग पनि सो बीचमा कागज गराएको साविती कागज होला भनी चोरी गरेको हुँ भनेको हुँ, मैले चोरी गरेको होईन भन्नेसमेत ताराप्रसादको कागज ।

            ४.    ताराप्रसादसँग मेरो भेटधाट भएकै होइन किन त्यस्तो भन्यो निजै जान्ला, निजहरूले चोरी गरे नगरेको मलाई थाहा छैन भन्नेसमेत काले भन्ने भिनबहादुरको कागज ।

            ५.    चोरी गरेको अभियोगमा नन्दलाल कुमाललाई चोरीको १६ नं. ले र ताराप्रसाद सापकोटालाई चोरीको १८ नं. ले सजाय गरिनु पर्ने भन्नेसमेत प्रहरी प्रतिवेदन ।

            ६.    अफिसले सोधपुछ गर्दा चोरी गरेको भनी डरका मारे भनें थानामा अफिसरले मलाई कुटपिट केही गरेका थिएनन्, बाटामा दलबहादुरले जबरजस्ती साबित गराई कागज गराइसकेको हुँदा सोही कागज बमोजिम कुस्मा थानामा पनि साबित भएको हुँ चोरी गरेको होइन थानामा मुखले साबित भए तापनि साबित कागज गरिदिएको छैन, नन्दलाल कुमाल र म संगसंगै छौं । मेरो गोठमा राती भिन्ना भिन्नेै ओछ्यानमा हामीहरू सुतेकोले म निदायको अवस्थामा निज नन्दलाल चोरी गर्न गएको भए भगवान जानोस मैले थाहा पाएर निज नन्दलाल पनि चोरी गर्न गएको होईन दलबहादुर समेतले मलाई साह्ै नै कुटपिट गरेका र मेरो दाहिने हातको बुढी औलामा र दाहिने कोखामा पेचिसले च्यापी साह्ै नै कष्ट दिएकोले कष्ट खप्न नसकी निज दलबहादुरसँग म साबित भएको हुँ, वास्तवमा चोरी गरेको होईन भन्नेसमेत ताराप्रसादको बयान ।

            ७.    लेखिएबमोजिम चोरी गर्ने भन्ने थाहा नपाई चुरोट लिन जाउँ भनेबाट चुरोट लिन जाने होला भनी साथ लागी गएको माथि ३ सवाल बमोजिम तारप्रसादले चोरी बाकस झिकी ल्यायी ओडारमा राखेको ओडारबाट फर्की गोठतर्फ आउँदा तँलाई रु.पाँच दिउँला भनेको सम्म थियो, मैले केहि लिए खाए पाएको समेत छैन भन्नेसमेत नन्दलालको बयान ।

            ८.    सो राती पनि निजहरूले चोरी बदमासी गरे नगरेको समेत मलाई केही थाहा छैन भन्नेसमेत भवदत्तको बयान ।

            ९.    चोरी भएछ भन्ने हल्ला गरेको सुनेको सम्म हुँ अरु मलाई केही थाहा छैन भन्नेसमेत गौरी मगरनीको बयान ।

            १०.    धामी बसेको हेरी सकेपछि ताराप्रसाद, नन्दलाल, मीनबहादुर, लुरेसमेतको मानिसहरू हिडे कहाँ गए, मलाई थाहा छैन भन्नेसमेत दलबहादुरको बयान ।

            ११.    चोरी भएछ भन्ने कुरा मैले सुनेको हुँ भन्नेसमेत जगतबहादुरको बयान ।

            १२.   बाकस सोही ओडारमा भनी निज नन्दलालले भनेकोले त्याहाँ भेला भएका मानिस सो ओडारतर्फ गए म आफ्नु डेरामा गएँ भन्नेसमेत बलबहादुरको बयान ।

            १३.   कुस्मा छानामा पनि चोरी गरेको हुँ भनी ताराप्रसाद र नन्दलाल साबिति भए ताराप्रसादलाई कुटपिट गरेको र नन्दलाललाई सिकाई पोल्न लाएको समेत होईन भन्नेसमेत दलबहादुरको बयान ।

            १४.   ताराप्रसादले मलाई बाकस राखेको कुरा भन्दै नभनेकोले पछि मलाई निजले किन पोल्यो निजै जान्ला भन्नेसमेत मीनबहादुरको बयान ।

            १५.   प्रतिवादी नन्दलालले निजका साबिती बयान बमोजिम चोरी गरेकै रहेछ भन्ने स्वसिद्धै छ, कुस्मा थानामा पुर्‍याइएमा थानामा अफिसरले सोध्दा चोरी गरेको हुन भनी मौखिक साबित भई दिएका हुन, सो बखत मलाई कुटपिट समेत कसैले केही गरेको थिएनन् भन्ने आफै ताराप्रसादले अदालतमा गरेको बयानमा पनि लेखाएकै देखिएको पुलिसले थानामा नकुटेका अवस्था पनि चोरी गरेको साबित भएकै भन्ने देखिएको तेश्रो रु.७०००।२० बिगो भएको चोरीमा लिनु खानु गरेका नभई त्यसै साबित भए होलान भन्ने कुरा पत्यार लायक नदेखिएकोले स्वेच्छाले साबित भएका भन्नु पर्ने र अरु प्रमाण परिवन्दबाट पनि चोरी गरेको होइनन भन्ने देखिन नआएको समेत हुँदा चोरी गरेकै देखिन आएको उल्लेख भएका सवै प्रमाण परिवन्दबाट समेत पूर्णकुमारको दरखास्त बमोजिमको बिगो रु.७०००।२० को धनमाल प्रतिवादीले ताराप्रसाद, नन्दलालले चोरीका ३ नं. बमोजिम नकवजनी चोरी गरेकै ठहर्छ । बुझिएका सर्जमिनबाट पनि मीनबहादुरलाई शंका नगरेका निजले चोरीको धनमाल लगेको समेत ठहर्दैन भन्नेसमेत इलाका अदालत बाग्लुङको फैसला ।

            १६.    सफाई दिलाई पाउँ भन्नेसमेत ताराप्रसादको पुनरावेदन ।

            १७.   शुरुका बुँदा प्रमाण परिवन्दबाट चोरी वारदात ठहराएको इन्साफ इलाका अदालत बाग्लुङको मुनासिव देखियो । चोरीको धनमाल बिगोको हकमा दरखास्तवाला पूर्णकुमार ५।७ हजार मौज्दात रहने हैसियतका भन्ने सरजमिनको लेखबाट देखिएको हुनाले समेत दरखास्तमा दावी गरिएको भारती नोट रु.१५००। रु.१६५। गरगहना साँचो नलगाएको खाली बाकसमा रहेको भनी लेखेको बाहेक बाँकी रु.४४३५।२० को धनमाल सहितको सुडकेश बाकस चोरी गरेको ठहर्छ, सो भारती नोट रु.१५००। र रु.१६५ को गहना चोेरी भएको ठहर्छ भन्नेसमेत जिल्ला अदालत पाल्पाको फैसला ।

            १८.   इन्साफ उल्टाई मलाई फुर्सत दिलाई पाउँ भन्नेसमेत ताराप्रसादको पुनरावेदन ।

            १९.    प्रतिवादी ताराप्रसादलाई साबिति नन्दलालले पोलेको भनी निजलाई दोषी ठहराई सजाय गरेको देखियो, साबिति नन्दलालले पोलेको कुराको अरु स्वतन्त्र प्रमाणबट परिपुष्टी हुन आएको देखिँदैन र वादीले प्र.ताराप्रसादले सो वारदात गरेको भन्ने कुरा पूर्णरुपले स्थापित गर्न सकेको पनि देखिँदैन । त्यस्को बिपरित मिसिलबाट लंगडो देखिएको ताराप्रसादले छाना चढी नगदी रु.२४००। को वजनदार बाकस चोरी गरी लगेको भन्ने कुरा अनप्रतितको देखिने, प्रतिवादीलाई बेरीतसँग थुने भन्ने मुद्दाका थुनिएको ठहरी छिनिए उपर चोरी मुद्दाका दरखास्तवाला पूर्णकुमार जोशीको अपील नपरेको र यसै सम्बन्धको कुटपिट मुद्दामा आजै झगडीया झिकाउने आदेश भएको समेतबाट वादी श्री ५ को सरकार तर्फको सरकारी वकिललाई अ.बं.२०२ नं.स.अ.नियमावली बमोजिम छलफछमा झिकाई नियमबमोजिम पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको आदेश ।

            २०.   थानाका अफिसरले कुटपिट केहि गरेको थिएनन् भनी अदालतमा समेत पुलिस अफिसर कहाँ साबित भएको हुँ भनी लेखिएकोमा पनि नन्दलालले अपील उजूर नगरी चित्त बुझाई बसेकोले समेत प्र.ताराप्रसादको अपील जिकिर पुग्न सक्तैन । तसर्थ प्रतिवादी ताराप्रसादले चोरी गरेको ठहराई तत्कालिन पाल्पा जिल्ला अदालतले गरेको इन्साफ मुनासिव ठहर्छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।

            २१.   मुद्दा दोहर्‍याई फुल बेञ्चले हक इन्साफ गरिदिनु भन्ने प्रमांणी बक्स पाउँ भन्नेसमेत ताराप्रसादको निवेदन ।

            २२.   निवेदक ताराप्रसादले लंगडो हुँ भनी निवेदनमा जिकिर लिएको देखिंदा कुन किसिमको लंगडो हो रु.२४००। नगदी मुद्रा समेत चोरी भएको देखिएको छ त्यति बोझ थामी घरको पालीबाट तल ओर्लन सक्ने नसक्ने के हो अथवा त्यसै पनि पाली चढ्न नसक्ने के हो त्यस किसिमको लंगडो हो भने चोरी गरेको प्रमाण पुग्न नआउने हुन्छ । यसै मुद्दाको जरियाबाट उठेको कुटपिट थुनछेक मुद्दामा कुटपिट गरेको र बेरीतसँग थुनछेक गरेको पनि देखिएकोले यतिकै कुराबाट सर्वोच्च अदालतको निर्णय मिलेको भन्ने देखिएन । उक्त उल्लेखित बिषयमा जो बुझ्नु पर्ने बुझी निर्णय गर्नाको निमित्त दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आएको ।

            २३.   बक्स भइआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियम रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई पेशिको सूचना महान्यायाधीवक्ताको कार्यालयमा दिई फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि नं.७ न्या.स. २१।४।१३।३ का हुकुम प्रमांगी बमोजिम जाहेर गर्नु श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल बिभाग मार्फत पठाई दिनु भनी फाँटमा बुझाई दिनु, निवेदक थुनामा रहेको भन्ने कुरा निवेदनबाट देखिंदा निज छुट्नु भन्दा अगाडि फैसला भएमा निणर्यको सूचना निवेदकलाई दिनु, हुकुम प्रमांगी सहितको स.अ.तो.नं.३२९ को निवेदनपत्र समेत यसैसाथ छ भन्नेसमेत माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।

            २४.   ०१९ साल भाद्र १९ गते चोरी भएको घरको पाली चोरी भएका बखत कति फुट अग्लो छ सो पालीमा जोडिएको भन्ने बाड्डो (परखाल) कति फुट अग्लो छ र सो बान्नुबाट पालीमा जान कति फुट अग्लो पर्छ सो समेत देखिने गरी नाप देखाई ओभरसियरद्वारा नक्सा गरी पठाई दिनु भनी तारिखमा रहेका पक्षहरूलाई वाग्लुङ्गमा हाजिर हुन जानु भनी तारिखसमेत तोकी दुबै पक्ष राखी अर्को नजिकको प्रधानपञ्च वा उपप्रधानपञ्च समेत राखी अ.बं.१७१ नं. को रीत पुर्‍याई पठाउनु भनी वाग्लुङ जिल्ला अदालतमा पठाई दिनु र यस मुद्दामा सम्बन्धित प्रमाणको मिसिलहरू समेत झिकाई उक्त काम तामेल भईआएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२४।९।१३।६ को फुल बेञ्चको आदेश ।

            २५.   तारिखमा रहेको निवेदक ताराप्रसादलाई र पूर्णकुमारको वारेस अश्विनीकुमारलाई रोहवरमा राखी निवेदकतर्फको विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ र पूर्णकुमार तर्फको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद का.मु.सरकारी विद्वान अधिवक्ता श्री इन्द्रराज पाण्डेले गर्नुभएको बहससमेत सुनी निर्णय तारिख तोकिएको प्रस्तुत मुद्दामा ०१९ साल भाद्र १९ गतेको रात पूर्णकुमार जोसीको घरबाट धनमाल चोरी भएको हो भन्ने कुरा मौका तहकिकातमा बुझीएको सर्जमिनको भनाइबाट देखिएको र चोरी गर्न ताराप्रसादको संगसाथमा गई सुडकेस बाकस चोरी ल्याएमा दले भन्ने नन्ललाल कुमालले अदालतमा समेत साविती बयान गरे अनुसार निजलाई चोर ठहराई निर्णय भएकोमा पुनरावेदन समेत नगरेकोले पूर्णकुमारको घरको धनमाल चोरी भएकोमा नन्दलालको संगसाथमा गई ताराप्रसादले चोरी गरेको हो होईन भन्नेसम्म निर्णय गर्नुपर्ने देखिन आएको छ ।

            २६.   पूर्णकुमारको जाहेरी दरखास्तमा ०१९ साल भाद्र १९ गतेको रात भात खाइसकेपछि म पसल कोठीमा पछाडि धनसारको कटेरामा आमा भाउजू समेत सुतेका अवस्था सो रात नमालुम कुन टायममा हो मेरो दोकान घर वायाँतर्फ बन्द भइरहेको झ्याल र पछाडि पट्टीको पालीको ढोकाको साँचो फुकासिएको गाह्रो तर्फ केही खोलिएको ऐ भोलिपल्ट २० गतेको विहान उठी चोरी भएको शंका लागी हेर्न जाँदा निम्न लेखिएबमोजिम ७०००।२० को धनमाल समेत चोरी भएको नन्दलाल कुमाल र ताराप्रसादबाट बिगो दिलाई भराई चोर जवान २ लाई सजाय गरिपाउँ भन्नेसमेत उल्लेख गरी दावा गरेकोमा नन्दलालले अदालतमा बयान गर्दा दलबहादुरको घरमा धामी बस्ने हेर्न जाँउ भनी गएको अन्दाजी आधा रातसम्म तहाँ बसी गौरी मगरनीकहाँ गई गीत गाई अन्दाजी डेढ घण्टा जति तहाँ बसी ताराप्रसाद जैसी र म गोठतर्फ जान भनी आएको पूर्णकुमारको घरमा आईपुगेपछि निजको घर आडको कमल भन्ने गुरुङस्यानीको घरको पेटीमा बस मानिस आएको हेर भनी निज पूर्णकुमारको घरमा पसी चुरोट झिकि ल्याउछु भनी निजको घर उधो पट्टि पाली पट्टि चढि उधो पट्टिको झ्यालमा आग्लो लगाएको रहेछ खोली भित्र पसी काँधमा बाँधी पोको पारी लिई बाहिर आए । दुबैजना दासेखोला गए, सुडकेस बाकस रहेछ खोलेको थिएन, के के थियो मलाई थाहा भएन । तहिं सो सुडकेस बाकस राखी निज ताराप्रसाद र म गोठमा गई सुतें भन्नेसमेत लेखाएको र ताराप्रसादले बयान गर्दा ०१९ साल भाद्र १९ गते बेलुका नन्दलाल मेरो गोठमा आएको थियो । दलबहादुरको घरमा धामी बस्ने कुरा सुनी सो ठाउँमा जान हिड्यौं । धामी बसेको देखि रातको १२।१ बजेको समय सम्म धामी बसेको हेरी म नन्दलाल समेत गौरी भन्ने मगरनीको घरमा गई ताहाँ गीत गाउन लागेकाले त्यहाँ विहानको ४ बजेसम्म बसी त्यहाँबाट नन्दलाल र म मेरो गोेठमा गयौं । घाम लाग्दासम्म हामी दुवैजना सुत्यौ भन्नेसमेत लेखाएको देखिन्छ ।

            २७.   सो चोरी गरेमा ताराप्रसाद इन्कार रहेको भए पनि सो रात नन्दलाल संगै दलबहादुरको घरमा धामी बसेको हेर्न र गौरी मगरनीको घरमा गीत गाउन गई ताहाँबाट साथै ताराप्रसादको गोठमा आई सुतेको भन्ने दुबैजनाको भनाई मिलेको, ताराप्रसादको बयान १ ठाउँमा म सुतेका बखत नन्दलाल गई चोरी गरेको भए जान्दिन भनेको छ तापनि त्यसै बयानमा साथै सुतेको नन्दलालले पनि चोरी गरेको होइन भनी साबितीलाई उम्काई आफू निर्दोष बच्ने किसिमको भनाई गरेको पनि देखिएको र नन्दलाल एक्लै गई चोरी गर्ने उसको विचार भए गौरी मगर्निका घरबाट निस्केपछि अरु मीनबहादुर समेत आफ्नु घर तर्फ गएसरह नन्दलाल पनि आफ्नो घर जान्छु भनी ताराप्रसाद लगायत सवैसँग छुट्टिई एक्लै गई चोरी गरे पनि हुने ताराप्रसादको गोठमा गई सुत्ने भान पारी सुती मात्र पछि चोरी गर्न आउने अवस्था नपर्ने र धामी बसेको हेर्दा गीत गाँउदा समेत रात धेरै नै गइसके पछि गोठमा गई सुतेको मानिस निन्द्राबाट ब्यूँझी चोरी गर्न आई चोरी गरी उसै ठाउँमा सुत्न समयाभावले नसक्ने सम्भव देखिएको समेतबाट निजहरू सो भाद्र १९ गते रातभर संगसाथै रहेभएकोले नन्दलालले मात्र चोरी गरेको भन्न मिल्दैन । उस्मा पनि दासे खोलामा पुगेपछि जोष्टे ओडारमा चोरीको माल खोज्यौं, सो ठाउँमा पाईएन । मैले धनमाल यस ठाउँमा राखेको मीनबहादुरलाई भनेको थिएँ, निजले लग्यो होला भन्ने र थानामा अफिसरले सोधपुछ गर्दा चोरीमा साविती भई भनी दिएँ । तर सो कुरा प्र.पं.दलबहादुरसमेतले कुटेको समेत डरका मारे भनेको हुँ भन्ने ताराप्रसादको बयान भएकोमा आफ्नो कसूर नभए अदालतमा आई इन्कार गर्न सकेसरह गाँउ घरमा र प्रहरी अफिसरसँग समेत इन्कारै रहन नसक्ने किसिमको जोरजुलुम कुटपिट भए गरेको नदेखिएकोले डरका मारे उक्त कुराहरू भनेको भन्ने भनाई प्रतित देखिँदैन । नन्दलालसँग सो रात मेरै एकैसाथ रहेबसेको र नन्दलालले झुठ्ठा पोल गर्नुपर्ने इबि कारण नदेखिएको बाट पनि ताराप्रसादलाई निर्दोषी भन्न मिल्ने देखिन आउँदैन ।

            २८.   निवेदक ताराप्रसादले म लंगडो छु, त्यस्तो चोरी गर्न कसरी सक्थें भनेको कुरामा राम्रो छानविन नभएको भन्ने तर्क उठेको हकमा जिल्लाबाट भइआएको नक्साबाट पूर्णकुमारको दरखास्तमा भिडाउँदा यसै ठाउँमा यसै ठाउँबाट यसरी चढे ओर्लेको भन्ने प्रष्ट हुन नसकेकोलाई ६।७ बर्ष पछि भएको नक्सा हुँदा घरको कुनै भाग बदलिन सक्ने अवस्थाले त्यस्तो हुनसक्ने भै नक्साबाट कुनै मद्दत पाइएन अन्य श्रोतको विचार गर्दा निज ताराप्रसादको एउटा खुट्टा लंगडो भए पनि त्यो खुट्टाले जमीन छुने र अर्को खुट्टा र लठ्ठिको सहारा समेतले हिंडडुल काम काज गर्नसक्ने देखिएको त्यसरी हिंड्डुल गर्नसक्ने व्यक्तिले व्यवहारमा परी आउने हरबखत गर्नुपर्ने कामकाज गर्दा अभ्यास परी पाली भनेको जमिनबाट केही मात्र रहने ठाउँमा उक्लन ओर्लन नसक्ने संभव नदेखिएकोले उक्त तर्क तथ्यपूर्ण देखिएन ।

            २९.   चोरी भएका बिगोतर्फ दरखास्तवाला पूर्णकुमारले रु.७०००।२० को धनमाल चोरी गरेको भन्ने मध्ये गहना र भारतीय नोटलाई बढी लेखेको ठहराई तत्कालिन पाल्पा जिल्ला अदालतले निर्णय गरेउपर वादीको पुनरावेदन नपरेको र नेपाली नगदी रु.२४००। चोरी भएको सुडकेसमा नै राखेको थियौं भन्ने पूर्णकुमारको दरखास्तमा नलेखिएको अन्यत्र यस ठाँउमा यसरी राखेको भन्ने पनि नखुलेको समेतबाट नेपाली नगदी (मुद्रा) रु.२४००। पनि चोरी भएको भन्ने दरखास्तवालाको भनाई प्रतित देखिएन । सो रुपैंया २४००। पनि बाहेक गरी नम्वरी खुद्रा गरी ने.नोट २०००। र सो राखेको सुडकेससम्म चोरी भएको देखिनआउँछ ।

            ३०.   तसर्थ निज ताराप्रसाद समेत भई चोरी गरेको ठहराएको ०२२।५।१४ को सर्वोच्च अदालतको डिभिजन बेञ्चको ईन्साफ मुनासिव छ । बिगोतर्फ केही मिलेको देखिएन । अरु तपसील बमोजिम गरी नियमबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

तपसील

प्रतिवादी देहाएका मानिसको उपरोक्त उल्लेख भएबमोजिम चोरी भएको बिगो रु.२०३५।५० कायम भएकोले नकबजनी चोरी हुँदा चोरीको १२ दफा १४।१७ नं. ले बिगोको देढी रु.३०५२।८० का दरले मात्र जरिवाना हुनेमा जि.अ.पाल्पाको ०२१।६।२ को फैसलाले रु.६६५२।८० का दरले दण्ड गर्ने गरेको देखिंदा बढी सजाय भएको देहाए बमोजिमको जरिवाना असूल भइसकेको भए फिर्ता दिनु नभएको भए लगत काटी दिनु भनी तत्कालिन जि.अ. पाल्पाको हाल लुम्बिनी अञ्चल अदालतबाट सूचना गर्न का.श्रे.अ.त.मा लगत दिनु …………………………..१

पर्वत फोर्सेठाटो खोरीयामा बस्ने भन्ने चन्द्रलाल कुमाल के रु.३६००।, पर्वत कुउले धाव बस्ने ताराप्रसाद सापकोटा के रु.३६००।

निवेदक ताराप्रसाद सापकोटा के पुनरावेदन गरेमा भनी जि.अ.पाल्पाको फैसलाले गरेको जरिवाना रु.६६५।२८ मध्ये रु.३६०। र २२।५।१४ का डिभिजन बेञ्चका फैसलाले गर्ने गरेको जरीवाना रु३३२।६४ मध्ये रु.१८० समेत जम्मा रु.५४०। नलाग्ने हुँदा असूल भइसकेको भए फिर्ता दिनु नभएको भए लगत काटी दिनु भनी जि.अ.बाट गरेको जरीवानाका हकमा लुम्विनी अञ्चल अदालतमा सूचना गर्न र स.अ. डिभिजन बेञ्चबाट भएको जरीवानामा लेखिएको बमोजिम गर्न समेत का.श्रे.अ.त.मा लगत दिनु ………………………२

निवेदक ताराप्रसाद के विन्ती पत्र चढाई मुद्दा दोहर्‍याएमा स.अ.डिभिजन बेञ्चको फैसलाले लाग्ने रु१५२।६४ र कैद दिन २।। साडे दूई को अ.बं.२०४नं. ले सयकडा १० ल जरिवाना रु१५।२७ कैद घण्टा ६ लाग्छ निज ताराप्रसादलाई रु.जु हुँदा कानूनबमोजिम असूल गर्न का.श्रे.अ.त. मा लगत दिनु…………………….३

दरखास्तवाला पर्वत फोर्स दोकान घर बस्ने पूर्णकुमार जोशीले भरी पाउने ठहरेको भनी जि.अ. पाल्पाका ०२१।६।२।५ का फैसलाले लगत कसेको रु.४४३५।३० को लगतकाटी दिनु, माथि उल्लेख भएबमोजिम भरी पाउने ठहरेको बिगो रु.२०३५।२० भरी पाउँ भनी खं.संका ४२ नं. का म्याद ३ बर्ष भित्र दरखास्त गरे प्र.नन्दलाल ताराप्रसाद २ जनाबाट बराबरका दरले भराई दरखास्त वालाबाट दशौंद लिनु प्रतिवादीलाई दण्ड भएकोले बिशौद लिनु पर्दैन भनी सम्बन्धित जिल्ला अदालतमा सूचना गर्न लुम्वीनी अञ्चल अदालतमा सूचना दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु………………४

माननीय प्रधान न्यायाधीश ज्यूको ०२५।१।१२ को आदेशबमोजिम यो निर्णयको प्रतिलिपि श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा पठाई दिनु…………….५

मा.न्या. श्री भगवतीप्रसाद सिंह र मा.न्या.श्री नयनबहादुरको समर्थन

 

उक्त रायमा सहमत छौं ।

 

 

इति सम्वत् २०२६ साल जेष्ठ १७ गते रोज ६ शुभम् ।