August 27, 1968
Created by nepalarchives

निर्णय नं. ४६० – अंशदपोट

निर्णय नं.  ४६०     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसादसिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज २०२४ सालको दे.फु.नं. ४९ निवेदक : का.ई....

निर्णय नं.  ४६०     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसादसिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री हेरम्बराज

२०२४ सालको दे.फु.नं. ४९

निवेदक : का.ई. कालिमाटी बस्ने मचानानी जोशीनी समेत

विरुद्ध

विपक्षी : चि.इ.टिष्टुङ पालुङ कृष्णखाल बस्ने मैया जोशीनी

मुद्दा : अंशदपोट

(१)   तारिख गुजारी थमाउने म्याद बाँकी नभएमाअ.बं. ५५ नं. बमोजिम कारवाई गर्न नपर्ने ।

            तारिखमा दोश्रोपटक पारी गुजारेको अब थमाउने म्याद समेत बाँकी नदेखिनाले अ.बं.५५ नं. बमोजिम केही कारवाही गर्न परेन ।

(प्रकरण नं. ११)

फैसला

      १.     जेठाजु राधाकृष्णको र मेरो २०१०।२।२३ गते का.पो.र. मार्फत अंशबण्डा पास भएको सो बण्डापत्रमा अरु बण्डा गर्नुपर्ने केही छैन भए पत्ता लगाउनेले एकलौटी खानु भन्ने लेखिएको छ । निज जेठाजुकी स्वास्नी सन्तकुमारीका नाउँमा दर्ता भएको डुवु खेत कित्ता १ लाए कुवु खेत १ ठपनारायणसमेतका नाउँमा दर्ता भएको गणेश गुठीको निज जेठाजु मोही भई कमाएको गुठी जग्गा १ कालिमाटी ताहाचलको घर १ समेत दवाए छपाएको पत्ता लगाई नालेस गर्न आएको छु । एकलौटी मेरो हक गरिपाउँ भन्ने वादी ।

      २.    दावीको जग्गा मलाई चाहिदैन भनी अंश नलिई छोडेकी हुँ, धर्म व्यवहारबाट काम चल्ने भएकोले मञ्जुर कागज नभएको हो । स्वास्नी सन्तकुमारीका नाउँमा पेवा गरी मोहीया दर्ता गरिदिएको दान दातव्यको ४ र ४ (क) नं. ले आफु खुस गर्न पाउने पेवाको जग्गा भएकोले उजूर लाग्न नसक्ने भन्नेसमेत प्रतिवादी ।

      ३.    सो जग्गा सगोलको आर्जन भन्ने प्रतिवादी सावित छन् । लिखत बेगर मौखिक धर्म व्यवहारलाई मान्यता दिने कानूनी व्यवस्था देखिंदैन । वादी दावीको ४ कित्ता बण्डा गरेको नदेखिएको र अंशियारको जिउ छँदै उजूर परेकोले बण्डा गरिदिनुपर्ने गरीनदिइ छिपाएको वादीले एकलौटी खान पाउने ठहर्छ भन्नेसमेत चिसापानी इ.अ. को फैसला ।

      ४.    हामीहरूले असत गरी अंशदपोट गरी खाएको कतैबाट देखिन आउँदैन । रघुरामभक्तलाई ११ सालमा राजीनामा गरिदिएको २ कित्ता जग्गासमेत अंशदपोट ठहराई वेइन्साफ भएकाले इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीहरूको पुनरावेदन ।

      ५.    यस मुद्दामा सन्तकुमारीको साहू जो रघुरामभक्त पेट बोलिबाट बुझाउनु पर्ने हो निजै रघुराम भक्तले यसै साथ रहे परेको जालसाजी मुद्दामा आफ्नो भएको सवै सबूद प्रमाण खुलाई प्रतिवादी दिन नपाएकोले नबुझी किनारा गर्न नहुने भन्ने जिकिर पुग्न नसक्ने र धर्म व्यवहारबाट भएको सत्य कुरालाई मान्यता दिएन भन्ने पुनरावेदन जिकिर भएकोमा केही प्रमाण बेगर धर्म व्यवहारको कुरालाई मान्यता दिन कानूनले नमिल्ने । सन्तकुमारीको एकलौटी हकको जग्गा हो भन्ने कुराको सबूद प्रतिवादीहरूले गुजार्न नसकेका समेतबाट इन्साफ सुरुको मुनासिव ठहर्छ भन्ने तत्कालिन काठमाडांै जि.अ.पहिलाको २०।५।१०।२ को फैसला ।

      ६.    खास मेरी जेठी स्वास्नी सन्तकुमारीको नाउँमा दर्ता भई दाईजो पेवा भएको रघुराम भक्तलाई बेचेको जग्गासमेत अंशदपोट ठहराई अन्यायपूर्ण फैसला भएकाले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी राधाकृष्णको पुनरावेदन ।

      ७.    सन्तकुमारीको दाइजो पेवा भन्ने तर्फ दाइजो पेवाको सबूदको केही नभएको र धर्म व्यवहारबाट काम चल्ने भएकोले लिखत नभएको भन्ने प्रतिवादी जिकिरको कुरा कानूनले प्रामाणिक हुन नसक्ने हुनाले समेत दपोट ठहराई वादीको एकलोटी हक हुने ठहराएको सुरुको सदर गरी का.जि.अ.पै.ले छिनेको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चको २०२१।१०।२९।५ को फैसला ।

      ८.    म मचानानीको हकको कालिमाटीको घर जग्गा र म रघुरामले किनेको २ कित्ता जग्गा अंशदपोट गरी खाए भन्ने मैया जोशीनीको वादी भएको हामीलाई अ.बं.को १८१ नं. बमोजिम झिकाउदै नझिकाइ फैसला भएकोले मुद्दा दोहर्‍याइ पाउँ भन्नेसमेत मचानानी रघुराम भक्त २ जनाको र इन्साफमा चित्त बुझेन दोहर्‍याइ पाउँ भन्ने प्रतिवादी राधाकृष्ण गोविन्दकृष्ण २ जनाको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा गुठीमा दर्ता भएको कित्ता १ र कालिमाटीको ताहाचलको घरको हकमा सर्वोच्च अदालतको निर्णय मिलेकै देखिएको र दुवु खेत ।१६ लायकुवु खेत ।१६ को हकमा सन्तकुमारीको नाउँमा दर्ता र निज सन्तकुमारीले २०११।९।१५ मा रघुराम भक्तलाई राजीनामा गरिदिइ रघुराम भक्तको नाउँमा दर्ता समेत भइसकेको छ भनी गोविन्दकृष्ण समेतले प्रतिवादीमा लेखेको देखिएको र निज सन्तकुमारी गोविन्दकृष्ण समेतको सगोलको सम्पत्तिमा हक पुग्ने हकवाला देखिएको र त्यस्ता हक पुग्नेले आफ्नो हक देखाइ कसैलाई बेचबिखन दान बकस दिएको चित्त नबुझ्ने अवस्था हेरी तत्कालिन साहू आसामीको ८ नं. जग्गा मिच्नेको २१ नं.जग्गा मिच्नेको ३४ नं. दान दातव्यको १५ नं. को हदम्याद भित्र उजूर नगरे उजूर नलाग्ने व्यवस्था भएको उक्त उल्लेखित जग्गा सन्तकुमारीकै नाउँमा दर्ता भएको र दर्तावालाले विक्री गरेको देखिएको यस स्थितिमा दावा गर्नेले उक्त उल्लेखित जग्गा, जग्गा पजनी मिच्नेको ऐनको हदम्याद लिई उजूर गर्नुपर्नेमा अंशियारको नाउँमा मात्र दपोटको संज्ञा दिई अंशबण्डाको ४६ नं. को हदम्याद लिई गरेको उजूर लाग्न नसक्ने देखिएको र यिनै वादीले यिनै प्रतिवादी र जग्गा राजीनामा गरी लिने रघुराम भक्त समेतको नाउँमा नालेस लिएको जालसाजी मुद्दामा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गर्ने आजै पर्चा भएकोले उक्त २ कित्ता दापोट ठहराएको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिएकोले दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइ दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका सचिवालयबाट लेखी आएको २०२३।९।७।५ को हुकुम प्रमांगी ।

      ९.    बक्स भइआएका हु.प्र. बमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने मा.का.मु.प्र.न्या.ज्यूबाट भएको ०२३।९।१४।५ को आदेश ।

      १०.    यसमा यिनीहरूको फो.फु.नं.१४ को जालसाजी मुद्दामा आजै भएको आदेशबमोजिम छलफलको निमित्त प्रतिवादी राधाकृष्णसमेतलाई झिकाई यो मुद्दा पनि साथै पेश गर्नु भन्ने ०२५।३।१।६को फुल बेञ्चको आदेश ।

      ११.    तारिखमा रहेका रघुराम भक्तको वा.बलभद्र मिश्र र विपक्षी वादी मैया जोशीनीको वा.भिमबहादुर श्रेष्ठसमेत रोहवरमा रही गत २०२५ साल भाद्र ८ गते पेश भई आज निर्णय सुनाउने तारिख तोकिई पेश हुन आएको प्रस्तुत मुद्दामा मु.राधाकृष्ण जोशी र मैंया जोशीनीको बण्डापत्र ०१०।२।२३।६ मा रजिष्ट्रेशन पास भएकोमा दपोट गरेको घर जग्गा भनी फाँट खुलाई मैया जोशीनीले फिराद गरेको यो अंशदपोट मुद्दामा दावी गरेको घर जग्गाहरू दपोट हुन हैनन अंश दपोटको उजूर लाग्ने हदम्याद छ छैन भनी मुख्यतया निर्णय गर्नु परेको छ । मचानानीले जालसाजी मुद्दा खारेज होस भनी चलाएको मुद्दा २०२१ साल माघ २९ गते रोज ५ मा सर्वोच्च अदालत डिभिजन बेञ्च लगायतबाट सुरु अदालतको खारेजी फैसला सदर भएको मुद्दामा समेत जिकिर लिई यो अंशदपोट मुद्दामा सन्तकुमारीको पेवामा हक लाग्ने भनी मचानानी र सन्तकुमारीसँग राजीनामा लिएको सदर हुने भनी रघुराम भक्तले जिकिर गरेको कुरामा समेत यिनै वादीले फिराद गरेको जालसाजी मुद्दामा रघुराम भक्तले राजीनामा गराई लिई भनेको कित्ता २ को हकमा उजूर गर्ने हदम्याद भित्रै पर्ने भई राजीनामा जालसाजी ठहरेको दपोटतर्फ निवेदक प्रतिवादी राधाकृष्ण जोशीको वा.समेतको गोविन्दकृष्ण जोशीले ०२५ सालको जेष्ठ २५ गतेको तारिख दोश्रोपटक तारिख गुजारेको अब थमाउने म्यादसमेत बाँकी नदेखिएकोले अ.बं.५५ नं. बमोजिम केही कारवाही गर्नपरेन । तामेलीमा राख्न नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२५ साल भाद्र १२ गते रोज ३ शुभम् ।