निर्णय नं. ४२३ – बाली
निर्णय नं. ४२३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री राज इश्वरी जङ्गबहादुर सिंह २०२४ सालको दे.फु.नं....
निर्णय नं. ४२३ ने.का.प. २०२५
फुल बेञ्च
प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री राज इश्वरी जङ्गबहादुर सिंह
२०२४ सालको दे.फु.नं. ७८
पुनरावेदक : डोर नरसिं राण समेत
विरुद्ध
विपक्षी : गोपीकृष्ण रौनियार
मुद्दा : बाली
(१) तत्काल प्रचलित बालीको झगडाको २० नं.–बाली मुद्दामा मुद्दा पर्दापर्दैको अवस्थालाई सम्म “मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” मान्न पर्ने जग्गा मुद्दा परी मामिला फैसला भएमा–सो मुद्दा धेरैपछि दोहरिएमा त्यस बीचको समयलाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली” भन्न नमिल्ने ।
बालीका झगडाको २० नं. हेर्दा, झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली जतिमा सो मामिला छिनिएका १ वर्ष भित्र नालेस दिनु पर्ने उक्त ऐनमा व्यवस्था भएको पाइन्छ । कस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नुपर्ने हो ? भन्ने हकमा शुरु तहदेखि पुनरावेदन तहसम्म मुद्दा चल्दै रही अन्तिम रुपले मामिला फैसला नभएसम्मको लागि र पर्चा समेत भई दोहोरिने भई दायर भएमा सो टुङ्गो नलागेसम्मको लागि अर्थात् मुद्दा पर्दापर्दैको अवस्थालाईसम्मा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नु पर्ने हुन आउँछ । किनकि पहिले अन्तिम फैसला भईसकेको धेरै समयपछि पुनः मुद्दा दोहरिने भएकोमा सो बीचको समयमा मामिला फैसला भई जग्गामा हक छुट्टिई जितेको नाताबाटै जित्नेले जग्गा भोग गर्ने हुनाले यस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टिई रहेको बाली भन्न मिल्ने देखिन आउँदैन ।
(प्रकरण नं. १९)
(२) मिलापत्र गरी दावी छाडेको कलममा बिगो भरी नपाउने–उक्त मिलापत्रमा चित्त नबुझ्नेको भागमा दामासाहीले पर्न आउने जति मात्र भरी पाउने ।
त्यस्तो १ पटक मिलापत्र गरी दावी छाडी सकेको कलमको बली बिगो भरी पाउँछ भन्न नमिल्ने भएकाले मिलापत्रमा चित्त नबुझाई दोहर्याउने डोरनरसिंको हकमासम्म निजको भागमा दामासाहीले पर्न आउने जतिमात्र निजसँग वादीले भरी पाउने देखिन आउँछ ।
(प्रकारण नं. २०)
पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ
वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
फैसला
१. जिल्लै पर्सा प्रगन्ना नोरंगीयातर्फ बालुवा मौजे हरिसपुवनिया १ ऐ प्रगन्ना सिधमास पूर्व मौजेहरदासपूर १ समेत २ मेरो मौजा अमानत हुन गएको प्र.को बाजेले बाँकी बुझाउँछु जिमीदारी पाउँ भनी बिन्ती चढाई लिएको टाँस मुकर भएको बडावड हुँदा सरकारी लिएको र अरु नम्बरी समेत पाउँ भन्ने बिन्ती चढाई माग पनि नभएकोमा नम्बरी जग्गा समेतको बाली प्र. का बाबु छउन्जेल निजले र निज मरेपछि प्र.ले दखल भोग चलन गरी बाली खाने गरेको कुरामा उजुर चलेमा मुद्दा टुंगो नलाग्दै किशोर नरसिं मर्दा जीतनरसिंले मुद्दा सकार गरी जीतनरसिं मर्दा यी प्रतिवादीले सकार गरेको र १९९६ सालसम्मको बाली प्रतिवादीबाट भरी पाउने भैसकेको १९९७ सालदेखि २००७ सालको तकको बाली झगडियाले खाएको २००७।१०।५ गते मुद्दा किनारा भई मेरै सदर थामी पाउने फैसला खड्गनिशाना सदर भएकोले नालेस दिएको छु । जम्मा बिगाहा १७१।।३।।।४ मध्ये घर बासवाला बिगाहा =।।।२ बाहेक बाँकी १७१।।।३०२ मध्ये धान रवि हुने १२८।।ऽ।।। ३ र हरिसखु बनियाको खर बाली हुने बिगाहा १४।२,४ आँप कटहर बगैंचावाला बिगाहा ४ भएको बिगाहा २५ पर्ति राखेको निजको गल्तीबाट रहन गएकोले त्यसको पनि बाली पाउनु पर्ने हो । तेजारथमा धितो लेखिएको बिगाहा ३८।२।x२००२ सालमा बन्दोबस्त भई २०१ साल तकको सो जग्गाको र बाँकी जग्गाको २०७ साल तकको बिगाहा १२८।।ऽ।।।३ माथि बिगाहा सालाखाला धान मन २० र रवि चना गहुँ मन १० र वा खरवाला बिगाहा १४।२ऽ४ मा खरवाला १०० आँप कटहरवाला बिगाहा ४ माफि बिगाहा मोल रु.१५०। हुने भई सो दरले १९९७ सालदेखि २००१ सालसम्मको जम्मा धान मन २५७०।।।८ र रवि मन १२८५।९ खरवोला १४३६ आँप कटहरको मोल रु.६००। ले साल ५ को धानमन १२८५४।।। रवि मन ६४२।७।५ खरवोला ७१८० आँप कटहरको मोल रु.३०००। हुनु र २०२ सालदेखि तेजारथ घरवास पर्तिवालाबाहेक बाँकी बिगाहा १०८।।ऽ।।।२० मध्ये धान खेती मन ९०ऽ३।।३ को सो दरले २००७ साल तकको धान मन १८०३।।।२।। रवि मन ९०१।।।८।।। खरवोला बिगाहा १४।२ऽ४ के खरवोला १४३६ आँप कटहरवाला बिगाहा ४ के मोल रु. ६००।६ वर्ष को हुने धान मन १०८२२।।।५ रवि मन ५४११।।। खरे बोझा ८६१६ आँप कटहरको मोल रु. ३६००। हुने भई सो बालीको बजार भाउले हुने जम्मा मोल रु. १४७३४०। हुन्छ सो र पर्ति राखेको बिगाहा २५ को पनि बाली ऐनले पाउनु पर्ने र थात्रो पारी दिएका घर खाट भकारी समेत जस्ताको तस्तै तयार गराई पाउँ वा खर्च दिलाई पाउँ २००७ सालको मालपोत विरगन्ज गोश्वारामा दाखिल गरेकोले २००६ साल तकको लाग्ने पोत जति कट्टा गरी बाँकी निजबाट दिलाई भराई पाउँ भन्ने समेत गोपीकृष्ण रौनियारका २००८।४।१२।६ को फिरादपत्र ।
२. वादीको जिम्दारी छँदा मालपोत बाँकी राखेमा जिजु बुबा किशोर नरसिंले सो २ मौजा बक्साई पर्सा मालबाट चलन पाई १९९४ सालदेखि २००३ सालसम्म निज जिजु बुबाका अंश पाउने म समेत अंशियार सबैले सगोलमा र ०४ साल देखि पद्मनरसिंलाई १ भाग मलाई १ भाग गरी पुरा २ भाग र डोरनरसिंलाई २० को १७ चित्तनरसिं राधाकुमारीलाई ६ खण्डको १ खण्डले भाग २ खिलेन्द्र नरसिं भद्रकुमारीलाई ७ खण्डको १ खण्ड पाउने भाग २ गरी जम्मा ७ बण्डा लगाई भोगी आएको अघि प्रधान न्यायालयले गरेको इन्साफ सदर हुनु पर्ने हुँदा यो वादीको बाली बिगोमा उजुर पुग्न नसक्ने आयस्ता दर बिगो समेत सबै थोक चढाई झुट्टा दावी गरी निजको जिम्दारी सकार गरी लियो भन्ने इवी गरी सर्वस्व गराउन खोजेको सरासर देखिएकै छ । माथि लेखिएबमेजिम किशोर नरसिंको अंश हक खानेका नाउँमा नालेस दिनु पर्ने हो सो पनि दिन नसकी म १ जनाका नाउँमा मात्र नालेस दिई दुख दिएको वादीले देखाएको प्रतिवादीका पाला देखि नै पर्ति रहेको जंगल किनाराको जमिन आवादै हुन नसक्ने भई पर्ति रहेको घरको हकमा वादीको दावी पुग्न नसक्ने । अरु खात समेत पनि हामीले चलन गरेकै । नभएको आँप झरी जाने हुँदा आयस्ता नहुने हुँदा वादीका झुट्टा दावाबाट अलग गराई पाउँ भन्ने समेत खड्गनरसिं राणाको प्रतिउत्तरपत्र ।
३. विरगन्जतर्फको जग्गा भतिजा खड्गनरसिंले काम चलाई आएको २००३।९।१४।१ मा बण्डा हुँदा सो ठाउँको बिगाहा ३०।द्र।।४ मेरो भागमा परेकोमा खड्गनरसिंले छुट्ट्याई नदिएकाले मैले जग्गा समेत चलन नपाएको अहिलेसम्म आयस्ता बाली समेत मैले केही खाएको छैन अंशमा पाएको र दाबाको जग्गा हो होइन मलाई थाहा छैन । बण्डा छुट्टिनु भन्दा अघि देखि नै आयस्ता बाली खाएको छैन । तिर्न बुझाउनु पर्ने होइन भन्ने समेत पद्मनरसिं राणाको २०१२।१०।३।३ को बण्डा सवाल ।
४. २००३।९।१४ गते हामीहरूको अंशबण्डा भएको हो । वादी दावीको जग्गा ३ सालसम्म गोश्वाराबाटै भाग भएको र सो बण्डापत्रका मिति देखि हामीहरूको भागमा नपरेकोले हामीले भोगेको छैन भन्ने समेत राधाकुमारी राणाको वा.डोरनरसिंको २०१२।८।२४ को बण्डा सवाल ।
५. हामीहरूको २००३ साल पौष १४ गते बण्डा भएको । झगडा परेको हरिखुनी र हरिदासपुर समेत मौजा हामीहरूका भागमा नपरेकोले हामीले भोगेको छैन । वादीले लेखिएको उब्जा दर सबै झुट्टा हो भन्ने समेत भद्रकुमारीको हकमा समेत खिलेन्द्र नरसिं राणाको २०१२।८।२४ को बण्डा सवाल ।
६. २००३ सालसम्म हामीले सगोलबाटै खाई आएको । त्यसपछि हाम्रो भागमा सो जग्गाहरू नपरेकोले भोग गरेको छैन । बण्डा पछिको तिर्न बुझाउन पर्दैन भन्ने समेत चित नरसिं राणाको २०१२।८।२४।६ को बण्डा सवाल ।
७. पर्सा मालका १९९४ साल श्रावण २२ गतेका बहालीबमोजिम भोग गरी आएको उब्जनीका हकमा हामीले पर्ति पारेको नभई जंगल किनाराको पर्ति रहेको वादीकै बयानाट देखिने हुँदा बण्डापत्रबाट हरिदास सोह्रना जिम्दारी मेरो भागमा परेको छ । वादीले लेखी दिएको उब्जा दर सबै झुट्टा हुन भन्ने समेत डोर नरसिं राणाको २०१२।८।२४ को बण्डा सवाल ।
८. जग्गा वादीको हक पुग्ने भई २००७।१०।५ गतेका खड्गनिशाना फैसला भएको वर्ष दिन भित्र वादीले नालेस गरेको देखिएको । बालीका झगडाका २० नं. वादीको उजुर लाग्ने नै देखिएको । पर्ति रहेको जग्गाको बाली भराई दिन मनासिव नपर्ने । खड्गनिशाना फैसला मुताविक बिगाहा १२८।।ऽ।।३ मात्रको वादीले बाली भरी पाउने मनासिवै देखिनाले २००६ सालसम्मको मालपोत प्रतिवादीहरू तर्फबाट बुझाएको देखिएकोले मालापोत कटाई खुद बालीको बिगो रु. ६०४०७ऽ मा प्र.हरूबाट वादीले बिगो पाउने घर बेहोरी भकारी आदि तयार गर्न खर्च पाउँ भन्नेतर्फलाई भोग चलन गर्नु भन्ने वादीलाई सूनाई दिनु भन्ने फैसलामा लेखिएकोले भराई पाउँ भन्ने उजुर पुग्न सक्तैन भन्ने समेत तत्कालीन कलैया अमिनीको २०१३।४।२९।२ को फैसला ।
९. सो इन्साफमा चित्त बुझेन भन्ने समेत गोपीकृष्ण रौनियारको २०१३।७।५।१ को पुनरावेदन ।
१०. जसले जग्गा बाली भोग चलन गरेको छ उसैले बाली तिर्नु पर्ने हुँदा मलाई लाग्ने नसक्ने भन्ने समेत पद्म नरसिंको २०१३।१०।४ को पुनरावेदन ।
१२. मुद्दै नपरेको सालको समेत बिगो बाली भराउन नहुने भराउने गरेको समेत इन्साफ उपर चित्त बुझेन भन्ने समेत खड्गनरसिं राणा १ डोर नरसिं राणा १ समेत २ को २०१३।१०।१५ को पुनरावेदन ।
१३. खड्गनिशाना लगायतबाट पटक–पटक फैसला भईसकेका कुरामा पनि दिनु नपर्ने भन्ने अपीलाट खड्गनरसिंको जिकीर गराई सोह्रै आना बेठीक देखिन आएको हरीसखुवनीको जग्गा बिगाहा ८०।२।३ को बिगाहा १ मा धान मन १२ का दरले ९६४ का दरले जम्मा धान मन ४८२२।। को बिक्री दर कं.रु. ६।। ले जम्मा मोल कं रु. ३१३४६। रवि चनाको हुने जम्मा रु. ३२१।२।। का दरले जम्मा मन १६०६।।=।। को बिक्री दर मन १ के कं.रु. ६ ले हुने जम्मा मोल कं.रु. ९६३९।= र तेजारथवाला बिगाहा २८।२। कट्टि गरी बाँकी बिगाहा ४२।३ को २००२ साल देखि २००७ सालतक वर्ष ६ को धान मन १२ का दरले जम्मा धान मन ३०२५। को हुने मोल कं.रु. १९३३३।।। रवि चना मन १६८ साल ६ को मन १००८ को बिक्री कं.रु. ६०।४८ समेत हरीसखुवनितर्फ जम्मा बाली बिगो कं.रु. ६६७००। र मौजे हरदासपुरको बिगाहा ४८ऽ३।। को धान मन १४ का दरले वर्ष १ को धान मन ६७४ का दरले ११ वर्षको जम्मा धान मन ७४१४ का बिक्री जम्मा कं.रु.४८१९१ रवि गहुँ मन ४ का दरले साल १ को उब्जा मन १९३ का दरले वर्ष ११ को मन २१२३ को मोल कं.रु. १३७९९।। रवि चना मन २१२३ को बिक्री कं रु. १२३८। समेत जम्मा बाली बिगो कं.रु. ७४७२८।। समेत दुवै मौजाको बाली बिगो कं.रु. १४१४२८ मा बटैया फाँट कट्टा गरी आधी कं.रु. ४०७१४ हुन आउने त्यसमा मालपोत कट्टा गर्नलाई अपीलाट गोपीकृष्णको कागज गराउँदा जम्मा बिगाहा १७१।।।३।।४ को पोत कं.रु.८३८।।।–। का दरले बुझाई आएको छु जग्गा बिगाहा १२८।।ऽ।।।३ऽ को दामासाहीले कं रु. ६५८ का दरले हुन्छ भनी कागज गरी दिएकाले ११ वर्षको कं.रु. ७२४२।।।– कट्टा हुँदा बाँकी जम्मा कं.रु. ६५७९२।।।
।। हुन आउने हुँदा प्र. खड्गनरसिं समेतले तिर्न बुझाउन पर्ने ठहर्छ भन्ने समेत तत्कालीन कटहर वन अपीलको २०१४।३।४।२ को फैसला ।
१४. सो इन्साफ उपर चित्त बुझेन भन्ने समेत राधाकुमारी राणा १ खडगनरसिं राणा १ डोरसिं राणा १ समेतको २०१४।५।१६ को पुरनावेदन ।
१५. जग्गमा झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली जतिमा सो मामिला छिनिएको १ बर्ष भित्र नालेस नदिए लाग्न सक्तैन भन्ने तत्कालिन प्रचलित बालीको झगडाको २० नं. ऐनमा लेखिएको प्रस्तुत बाली मुद्दाको शुरु जग्गा बाली मुद्दाको मिसिल हेर्दा, बालीको दावा नपुग्ने ठहराई १९९९।१०।११ मा प्रधान न्यायालयबाट अन्तिम फैसला भएकोमा २००४।१०।२३ का प्रमांगीले दोहरिएको देखिएकोले २००४ सालसम्मको बालीलाई जग्गामा झगडा पर्दा हक नछुट्टि रहेको बाली खाएको भनी भन्न र उक्त ऐनबमोजिम दावा लग्ने भन्ने समेत नमिल्ने देखिएको हरिखुनीको जग्गा बिगाहा ४३।।१।१ र हरिदासपुरको ४६।।ऽ।। भन्दा बढी जग्गा प्रतिवादीले खाएको सबुद वादीले दिन नसकेकोले छलफललाई पार्वतीलाई अ.बं. २०२ नं. र स.अ. नियमावलीबमोजिम झिकाई मुद्दा सकार गरे गराई आएपछि नियमबमेजिम पेश गर्नु भन्ने २०२४।१०।१२।६ को डिभिजन बेञ्चको आदेश ।
१६. प्रतिवादी खड्गनरसिंको बाजे क.क किशोरनरसिंसँग मौजे हरिसखुनी र हरिदासपुर समेत २ मौजाको जग्गा मुद्दा पर्दा १९९४ सालदेखि १९९६ साल तकको बाली उसै मुद्दा पर्दाबाटै भरी पाउने ठहरी फैसला भएको र १९९७ सालदेखि २००७ सालतकको बाली पनि रोक्का नभई झगडीयाले खाएको सो मुद्दा २००७ साल माघ ५ गते किनारा भई सो जग्गाहरू मेरै सदर थामी पाउने फैसला खडगनिशाना सदर भएकोले सो फैसला भएका १ वर्ष भित्र बाली खोजी नालेस दिई लिन पाउने ऐन भएकोले २००७ सालतक वर्ष ११ को बाली दिलाई पाउँ भन्ने समेत माग लिई वादीले प्रस्तुत फिराद गरेको देखिन आयो । तत्काल प्रचलित बालीका झगडाको २० नं. मा जग्गामा झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली जतिमा भने सो मामिला छिनिएका १ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने उल्लेख भएको पाइन्छ । जुन जग्गाको बाली पाउँ भनी उजुर गरेको छ, सो जग्गा मुद्दा १९९९, साल माघ १५ गतेका तोक फैसलाले प्रतिवादीहरूको जित भई छिनी अन्तिम भईरहेको २००४।१०।१३ मा भएका हुकुम प्रमांगीले मुद्दा दोहरी फेरि २००७।१०।५ मा मात्र जग्गा वादी गोपीकृष्णको ठहरी फैसला भएको देखिन आयो । शुरु देखि पुनरावेदन तहसम्म मुद्दा चल्दाचल्दै मामिला किनारा नभएसम्म मात्र झगडा पर्दापर्दै भन्न सकिन्न । किनभने मुद्दा दोहोरिएपछि अदालतले बाली रोक्का राख्न पनि सक्ने नै भएको र अन्तिम तवरले मुद्दा छिनिई जित्नेले भोग गर्दाको अवस्थाको बाली पछि मुद्दा दोहोरिएपछि जित्ने हार्ने र हार्ने जित्ने पनि हुन सक्ने । फेरि हार्नेले मुद्दा दोहराई माग्ने भई कुन बेलाको बाली कसले खाएको ठिक भन्न पनि नमिल्ने हुँदा अन्तिम तहको अदालतबाट जिती पाएको पक्षले जितेको नाताबाट खाएको बाली पछि धेरै समयबाट दोहोरिदा मुद्दा उल्टिन गएमा कुन बेलाको हार्ने कुन बेलाको जित्ने हुन गई समाजमा स्थायित्व नआई मुद्दाको अन्याय भन्ने नै नरहने हुँदा दोहोरिएपछि मात्रको अवधि बाली भराई दिन कानूनोचित हुँदा २००५।६।७ सालको राधाकुमारी र खड्गनरसिं बाहेक अरु अंशियारबाट बाली भराई दिनु पर्ने ठहर्छ । १९९९ सालदेखि २००४ साल तक ५ बर्षसम्म अन्तिम भईरहेको मामिलालाई झगडा पर्दापर्दै भन्न मिल्दैन । तसर्थ, १९९७ सालदेखि २००४ साल तक ८ वर्षसम्म २००४ साल तक वर्ष ८ को बाली बिगोको हकमा वादीले प्रतिवादीहरूबाट भराउने गरेको इन्साफ तत्कालीन शुरु कलैया अमिनी कटहरवन अपीलको केही गल्ती ठहर्छ । उक्त फैसला सदर गरेको माननीय सहयोगी न्या.श्री वासुदेव शर्मासँग मेरो राय सहमत नभएकोले स.अ.नियमावली, २०२१ को नियम ३३ बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री नयनबहादुरको राय र यिनै वादी प्रतिवादीहरूका यही बाली भराई पाउँ भन्ने जग्गा मुद्दा पर्दा जग्गा वादी गोपीकृष्ण रौनीयारको ठहरी स.अ.फुल बेञ्चबाट २०२४।९।२५ मा अन्तिम निर्णय भईरहेको प्रमाण मिसीलबाट देखिएको झगडा परेको जग्गाको बाँडी खाएमा प्रतिवादीहरू सावित देखिँदा त्यस्तो वादीका हकको जग्गाको बाली उठेदैन प्रतिवादीहरूबाट नभराई दिँदा जग्गा मुद्दाका फैसला वादीको हकमा निष्कृत हुन गई न्योयोचित नपर्ने र जग्गा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म बालीमा हक नछुट्टिएको नै सम्झनु पर्ने हुँदा पुनरावेदक राधाकुमारीको हकमा २००३।९।१४ गतेका खण्डापत्रमा निजको भागमा यो झगडा परेका जग्गाहरू परेको नदेखिँदा २००२ सालसम्मको सगोल रहँदाका अवस्थामा दामासाहिले बराबर भराउने गरेको मनासिवै र २००३ साल देखि २००७ साल तकको बालीमा हकमा निज राधाकुमारीबाट भराउन नमिल्ने र खड्गनरसिंका हकमा प्रतिवादीले जग्गाका दावी र वादीले बालीको दावी छाडी २०२१।४।२३।६ मा मिलापत्र भईसकेको हुनाले निज पुनरावेदक राधाकुमारी र खड्गनरसिं बाहेकका अरु अंशियारहरूबाट सम्म भराई दिने गरेको तत्कालीन कटहर वन अपीलको इन्साफ मनासिव ठहर्छ । माननीय सहयोगी मा.न्या.श्री नयनबहादुरज्यूसँग राय सहमत नहुँदा स.अ.नियमावली, २०२१ को नियम ३३ (ख) बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.वासुदेव शर्माको राय भएको २०२४।१२।१९।२ को डिभिजन बेञ्चको फैसला ।
१७. यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही २०२५।१।८।३ मा पेश भई पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले र वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा २०२४।१२।१९ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिली पेश हुन आएकोमा वादीले कुन कुन सालको बाली बिगो प्रतिवादी क–कसबाट के–कति भरी पाउने हो ? भन्ने कुराको निर्णय दिनु पर्ने भएको छ ।
१८. यसै बालीको जग्गा मुद्दा पछि जग्गामा वादी गोपीकृष्णको दावी पुग्न नसक्ने गरी वादीलाई हराई कटहर वन अपीलबाट १९९८।४।६।५ मा फैसला भएकोमा निज वादीको पुनरावेदन परी भारादारी पहिलाबाट वादीलाई जिताई कटहर वन अपीलको उल्टी गरी १९९८।९।२२ मा जाहोरी फैसला गरेको जाहेर हुँदा प्रधान न्यायालयका तालुकवाला श्री ले.ज. आनन्द शम्सेरबाट इन्साफ कटहर वन अपील कै सदर गरी १९९९।१०।११ मा तोक फैसला भएको र सो उपर चित्त बुझेन भन्ने पुनः वादीको बिन्ती चढाईबाट २००४।१०।१३ मा हुकुम प्रमांगी भई मुद्दा दोहोरी जाहेर हुँदा इन्साफ भारादारी पहलिाको मनासिव ठहरी २००७।११।५।५ मा खड्गनिसानाबाट जग्गा मैले जितेकोले १९९७ सालदेखि २००७ साल तकको बाली बिगो प्रतिवादीले खाएको भराई पाउँ भनी तत्काल प्रचलित बालीका झगडाका २० नं. को आधारमा २००८।४।१२।६ मा वादीले प्रस्तुत नालेस दायर गरेको रहेछ ।
१९. उक्त बालीका झगडाको २० नं.हेर्दा झगडा पर्दा मामिला फैसला नभई हक नछुट्टि रहेको बाली जतिमा सो मामिला छिनिएका १ वर्ष भित्र नालेस दिनुपर्ने उक्त ऐनमा व्यवस्था भएको पाइन्छ । कस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली मान्नु पर्ने हो ? भन्ने हकमा शुरु तहदेखि पुनरावेदन तहसम्म मुद्दा चल्दै रही अन्तिम रुपले मामिला फैसला नभएसम्मको लागि पर्चा समयमै दोहोरिने भई दायर भएमा सो टुंगो नलागेसम्मको लागी अर्थात् मुद्दा पर्दा पर्दैको अवस्थालाईसम्म मामिला फैसला नभइ हक नछुट्टि रहेको बाली मान्नुपर्ने हुन आउँछ । किनकि पहिले अन्तिम फैसला भईसकेको धेरै समयपछि पुनः मुद्दा दोहोरिने भएकोमा सो बीचको समयमा मामिला फैसला भई जग्गामा हक नछुट्टि जितेको नाताबाटै जित्नेले जग्गा भोग गर्ने हुनाले यस्तो अवस्थालाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली भन्न मिल्ने देखिन आउँदैन । त्यसकारण प्रस्तुत बाली दावीको जग्गा मुद्दामा प्रधान न्यायालयका तालुकवाला श्री ले.ज. आनन्द सम्शेरबाट १९९९।१०।११ मा भएको तोक फैसला उस बखत अन्तिम भई छिनिएपछि पुनः दोहर्याई दिने हुकुम प्रमांगी भएको २००४।१०।१३ तक बीचको समय अर्थात् १९९९ सालदेखि २००४ साल तक वर्ष ६ को हकमा मुद्दा फैसला भई जिती पाएका नाताबाटै प्रतिवादीले जग्गा भोग गरी बाली खाएको र सो अवधिभर कुनै किसिमले पनि मुद्दा दायर र चालु नरहेको अवस्थालाई मामिला फैसला नभई हक नछुट्टि रहेको बाली भन्न नमिल्ने र ९७।९८ साल वार्ष २ को हकमा पनि २००४ सालमा पुनः मुद्दा दाहरिनुभन्दा अघिको अवस्थाको भएको समेत हुनाले उक्त बालीको भगडाको २० नं. अन्तर्गत मामिला छिनिएको १ वर्ष भित्र नालेस दिन पाउने अवस्थाको कुरो नदेखिएको समेत हुँदा २००४।१०।१३ को हुकुम प्रमांगीले दहोरिएपछि २००७।१०।५।५ मा खडगनिशाना भई छिनिंदा तक २००५।६।७ साल वर्ष ३ को सम्म बाली बिगो वादीले भरी पाउने देखिन्छ ।
२०. अब सो बली बिगो वादीले क–कसबाट भरी पाउने हो भन्नेतर्फ हेरेमा प्रतिवादी खड्गनरसिं र पेट बोलीबाट बुझिएका चित्तनरसिं, डोरनरसिं, राधाकुमारी, खिलेन्द्रनरसिं, भद्रकुमारी, पद्मसिं समेतबाट भरी पाउने गरी कटहर वन अपील समेतबाट फैसला भईराखेको र उक्त कटहरवन अपीलको इन्साफ उपर प्रतिवादी खड्गनरसिं, डोरनरसिं, राधाकुमारी ३ जनाको पुनरावेदन परेकोमा प्रतिवादी खड्गनरसिंले जग्गामा र वादी गोपीकृष्णले सो जग्गाको बाली बिगोमा दावी छाडी दिने गरी जग्गा मुद्दा यही फुल बेञ्चमा र यो बाली मुद्दापट्टि डिभिजन बेञ्चमा एकै मिति २०२१।४।२३।६ मा निज खड्गनरसिं गोपीकृष्णहरूले मिलापत्र गरेको समेत देखिन आयो । यो बाली मुद्दा पट्टिको मिलापत्रको पुछरमा हाजिर नहुने प्रतिवादीहरू बाहेक गरी भन्ने लेखेका भए पनि जग्गा र बाली दुवै मुद्दाको मिलापत्रमा मिलेको व्यहोरामा उपरोक्त उल्लेख भएबमोजिम प्रतिवादी खड्गनरसिंले जग्गामा र वादी गोपीकृष्णले बाली बिगोमा दावी छाडने गरी मिलेको भन्ने बोली परेको खड्गनरसिंको हकमासम्म भन्ने बोली नपरेकोले जग्गा मुद्दा पट्टि उसबखत दोहर्याउने निवेदन भईराखेको प्रतिवादी खडगनरसिंले पूरै जग्गामा र वादी गोपीकृष्णले सो जग्गाको पूरै बाली बिगोमा दावी छाडी मिलेको प्रष्ट हुन्छ । डोरनरसिंको हकमा खड्गनरसिंले मात्र जग्गामा हक छोडी मिलापत्रमा गरेको सम्बन्धमा चित्त बुझेन भन्ने निज डोरनरसिंको निवेदन परी उक्त मुद्दा दोहर्याई दिनु भन्ने २०२२।७।२६।५ को हुकुम प्रमांगी बक्स भई आई खड्गनरसिंले डोरनरसिंको हक जाने गरी गरेको मिलापत्र डोरनरसिंको हकमा सदर हुँदैन । हु.प्र. बमोजिम मुद्दा दाहर्याई दिने भन्ने २०२३।८।३।६ को फुल बेञ्चबाट आदेश भई निज डोरनरसिंको हकमासम्म दोहोरिई पहिले कै इन्साफ कायम भई जग्गा मुद्दा पट्टि २०२४।९।२५।२ को फुल बेञ्चबाट फैसला भएको हुनाले निज डोरनरसिं बाहेक अरुका हकमा वादीले पूरै बाली बिगोमा दावी छाडी प्रतिवादी खड्गनरसिंसँग मिलापत्र गरी सकेको कायमै मान्नुपर्ने हुँदा त्यस्तो १ पटक मिलापत्र गरी दावी छाडी सकेको कलमको बाली बिगो भरी पाउँछ भन्न नमिल्ने भएकाले मिलापत्रमा चित्त नबुझाई दोहर्याउने डोर नरसिंको हकमासम्म निजको भागमा दामासाहीले पर्न आउने जतिमात्र निजसँग वादीले भरी पाउने देखिन आउँछ ।
२१. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम २००५।६।७ साल वर्ष ३ को कटहर वन अपीलले कायम गरी राखेको हिसाबबाट हुने रु. १७९४३।। बिगो अंकको झगडा परेको जग्गा भाग बण्डामा परेको नदेखिएका राधाकुमारी, चित्त नरसिंबाहेक अरु ५ जनाको दामासाहीबाट प्रतिवादी डोर नरसिंको भागमा पर्न आउने जम्मा भा.रु. २३५८८।।। को हालको साटिंदा भा.रु.१००। को ने.रु. १३५। ले हुने ने.रु. ४८४४।७३ मात्र वादीले निज प्रतिवादी डोर नरसिंबाट भरी पाउने र १९९७ सालदेखि २००४ सालतक वर्ष ८ को बाली बिगो भरी नपाउने गरी २०२४।१२।१९।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री नयनबहादुरज्यूले व्यक्त गर्नु भएको राय मनासिव समेत ठहर्छ २००५।६।७ सालको बाली बिगो खड्गनरसिं र राधा कुमारीसम्मलाई बाहेक गरी अरु डोरनरसिंमेत पेटबोलीबाट बुझिएका प्रतिवादी सबैसँग भरी पाउने ठहराउनु भएको मा.न्या.श्री नयनबहादुरको र राधाकुमारी र मिलपत्र गर्ने खड्गनरसिंबाहेक अरु सबैको हकमा कटहर वन अपीलको पूरै इन्साफ सदर गर्नु भएकोमा समेत मा.न्या.श्री वासुदेवको रायसँग यो बेञ्च सहमत भएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी गोपीकृष्ण रौनियार के कटहर वन अपीलको २०१४।३।४।२ को फैसलाबमोजिम देहायका प्रतिवादीबाट भराई दिने गरेको देहायबमोजिम बिगो र त्यसको दसौंद बिसौंद समेतको लगत काटी दिनु भनी हालको पर्सा जिल्ला अदालतमा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु ……………….१
प्रतिवादी चित्तनरसिं राणा १ खड्गनरसिंराणा १ डोरनरसिं राणा १ खिलेन्द्रनरसिं राणा १ राधाकुमारी राणा १ पद्मनरसिं राणा १ भद्रकुमारी राणा १ समेत जना ७ बाट भराई दिने गरेको बिगो भा.रु.३५८८७ मध्ये मिलापत्र गर्ने खड्ग नरसिंको भागमा पर्ने जतिको लगत कट्टा गरी दिन डिभिजन बेञ्चको २०२१।४।२३।६ को आदेशबमोजिम २०२५।१।१४।६ मा लगत दिई सकेको देखिँदा निज खड्गनरसिंको भागमा पर्ने रु. ५१२६।।।।१ कटाई बाँकी निज खड्गनरसिंबाहेक अरु ६ जनाको भागमा पर्न आउने बाँकी रु.३०७६०।–।३ को पनि लगत कट्टा गरी दिने कलम १ ऐ ऐ प्रतिवादी ७ जनाबाट भराई दिने गरेको बिगो भा.रु. २९९०५।।।ऽ।१ मध्ये मिलापत्र गर्ने खड्गनरसिंको हकमा पर्ने जतिको लगत कट्टा गरिदिन २०२१।४।२३।६ को डिभिजन बेञ्चको आदेशबमोजिम २०२५।१।१४।६ मा लगत दिइसकेको देखिँदा निजको भागमा पर्न आउने भा.रु.४२७२।। कटाई बाँकी अरु ६ जनाको भागमा पर्न अउने भा.रु. २५६३३।।ऽ१ को लगत कट्टा गरी दिने १
प्रतिवादी राधाकुमारी राणा के कटहर वन अपीलको २०१४।३।४।२ को फैसलाले गर्ने गरेको जरिवाना भा.रु. १ को हालको टसही दरले ने.रु. १।३५ नलाग्ने हुँदा असुल भएको फिर्ता बाँकी भए लगत कट्ट गरी दिनु भनी ऐ ऐ………२
वादी गोपी कृष्णको मुद्दा सकार गर्ने पार्वतीदेवी के प्रतिवादी डोरनरसिं राणाबाट भरी पाउने ठहरेको बिगो ने.रु. ४८४४।७३ भराई पाउँ भनी दण्ड सजायको ४२ नं. ऐनको म्याद ३ वर्ष भित्र दर्खास्त दिएमा ऐनबमोजिम वादीबाट दसौंद प्रतिवादीबाट बिसौंद लिई भराई दिनु भनी ऐ. ………………….३
कटहर वन अपील का.मु.सु.महन्तलाल हाल नोकरीमा बहाल नहुनाले इन्साफ केही उल्टीमा केही गर्न परेन…..४
नियमबमोजिम मिसिल बुझाई दिनु …………………५
इति सम्वत् २०२५ साल जेष्ठ १८ गते रोज ६ शुभम् ।