निर्णय नं. ४१८ – लेनदेन
निर्णय नं. ४१८ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२४ सालको दे.फु.नं. ७३ वादी...
निर्णय नं. ४१८ ने.का.प. २०२५
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
०२४ सालको दे.फु.नं. ७३
वादी : डि.गौरीनारायण गिरी
विरुद्ध
निवेदक : गजेन्द्रराज गौतम
मुद्दा : लेनदेन
(१) दोहोरा निर्णय दिई रहन नपर्ने ।
वादी दावीको कमलको हरहिसाब समेतमा वादी कदमकुमारी राणा प्रतिवादी डि. गौरीनारायण गिरी भएको लेनदेन मुद्दाबाटै आज यस बेञ्चबाट निर्णय भएकोले यसबाट दोहोरो निर्णय दिई रहनु नपर्ने हुँदा यस मुद्दामा केही गर्नु नपर्ने ठहराई छिनेको २२।८।२७।१ को डिभिजन बेञ्चको मनासिव छ ।
(प्रकरण नं. १२)
वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे, अधिवक्ता श्री सुधानाथ पन्त
प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा
फैसला
१. श्री ज.राम शम्शेरसँग कर्जी माग्द २।१०।२७ गते भा रु. ६०००१ जग्गा दृष्टि बोली पारी र ऐ २९ गते रु. १२००० कपालीको बोली पारी रुपैयाँ दिई आफ्नो स्वस्नी कदमकुमारीका नाममा लिखित गराई लिनु भएको उहाँहरूको मर्जि बमोजिम गजेन्द्रराज चतुरभुजलाल सु.पर्सुराम सुवर्णबहादुर शाह मु.तेजप्रसाद पाध्या समेत उहाँहरूको कारिन्दा समेत मानिसको भर्पाई समेतबमोजिम गैसकेको हिसाबको रु. कटाई रु. ५५२५ बाँकीको मात्र नालेस दिनु पर्नेमा ११९२४१।। साँवा व्याज भराई पाउँ भन्ने कदमकुमारीले नालिस दिनु भएछ । कारीन्दाहरू समेतलाई बुझाएको कलमको भरपाई देखाउने सुनाउने जो गर्नुपर्ने गरी रु. ९०७६६।।द्र को दिएको मिति देखि फैसला भएका मितिसम्म व्याज लगाई कदमकुमारीको दावीमा मिनाहा गरी पाउँ । नपाए दिलाई भराई पाउँ भन्ने समेत वादी ।
२. जगतलाल गिरीले मेरो भर्पाई गराई चिठ्ठी समेत लिई दिएको रु. ५००० जनकपुर बैंकमा जम्मा गराई दिएको रसिद मसँग हुनाले फुर्सत पाउँ भन्ने समेत सु. पर्सुरामको र नगदी रु. १६१।। र लकडी समेतको भर्पाई ३ मैले गरी दिएको भन्ने समेत चर्तुभुजलालको वादीसँग रु. २११५९।। व्याज वापत आएको छ । वादी झुट्टा हो भन्ने समेत राम शम्शेर, कदमकुमारीको र वादीसँग मैले बुझेको नगदी साँवा समेतको भर्पाइ तहविलबाट गरी दिई तहवीलमा आम्दानी बाँधी काम चलाउन गरेको हो भन्ने समेत तेजप्रसादको ज. साहेबले लाए अह्राएबमोजिम वादीसँग रुपैयाँ बुझी ल्याई तहविलमा मुकरर रहेको कारिन्दा मु.तेजप्रसादलाई बुझई भर्पाई लिएको छु । १०,००० को कलम नानीसाहेबमा बुझँई मैले भपाई गरी दिएको छु भन्ने मु.गजेन्द्रराजको समेत प्रतिवादी।
३. वादीले पेस गरेको भपाई मैले गरी दिएको हुँ भन्ने समेत गेजेन्द्रराजको स्याहा नक्कल सनाखत गराउँदा मैले नक्कल सारी दिएको भन्ने समेत चतुर्भुजको बयान ।
४. ६।१।११।७ को भाखापत्र मैले गरी दिएको सद्दे हो । ४।१०।१० गते पनि भाखापत्र गरी दिएको छु भन्ने समेत गौरीनारायणको र गजेन्द्रराजले पेश गरेको कागजको हकमा अ.बं. १०३ नं. ले मैले जवाफ दिन नपर्ने । चिठ्ठीको हकमा मैले लेखेको हुँ भन्ने समेत राम शम्शेरको बयान ।
५. सुवर्णबहादुरले म्यादै गुजारेको ।
६. रामकुमारी वादी भएको मुद्दाबाट हिसाब कट्टीम¬ट्टी भई रामकुमारीले यो वादीबाट रु. १२१४५।। भरी पाउने ठहरी आजै फैसला भएकाले यसबाट केही गर्न नपर्ने भनी ०१६।८।५ मा रा.का.दे.पै. बाट भएको फैसला ।
७. सोउपर चित्त बुझेन भन्ने वादी गौरीनारायणको पुनरावेदन परेकोमा रामकुमारी वादी भएको मुद्दामा शुरुको इन्साफ मनासिव ठहरी आजै फैसला भएकोले यसबाट दोहरो निर्णय नगरी रहन नपर्ने भन्ने का.जी.अ.को ०२१।५।११।४ को फैसला ।
८. सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
९. रामकुमारी भन्ने कदमकुमारीको फिराद परेको लेनदेन मुद्दामा लाग्ने बिगोमा भर्ना गरी पाउँ वा भराई पाउँ भन्ने दावी स्विकार गरी कारवाई गर्नलाई तत्कालै आ.बं. १०८ नं. ले फिरादपत्र दर्ता नहुने वा दर्ता भए पनि कारवाई चलाउन नपर्ने हुनाले उक्त मुद्दामा प्रतिउत्तरको जिकीर मिलान भर्ना गराई पाउँ भन्ने दावीमा कायम गरी इन्साफ हुने सक्ने भई कोर्टफी सवालले कोर्टफी नलागेको जलेश्वर अमिनमा दायर भई का.द.अ. मा सरुवा भएको र दाखिल भएको कलम प्रतिवादी कादमकुमारीबाट वादी गौरी नारायनलाई मिन्हा दिनु पर्ने ठहरेकोले अड्डाबाट भरी भराउ गरेको नहुनाले डं.स. २१ नं. ले दसौंद बिसौंद लाग्दैन । जति भर्ना हुन सक्ने हो सबै व्यहोरा खोली आजैका मितिमा फैसला भएको छ । यो मुद्दामा कोर्टफी तथा दसौंद बिसौंद नलाग्ने हुनाले यो मुद्दाको दावी लागी पक्षहरूलाई यथासम्भव सुविधा दिन निमित्त प्रतिउत्तरपत्रको विचार गरी प्रतिवादी गौरीनारायण भएकै मुद्दामा ठहर गर्न कुनै बाधा देखिंदैन । यस मुद्दाको कारवाईलाई समावेस गरी उक्त मुद्दामा ठहर भएको भनी यस मुद्दामा केही नगर्ने गरेको ई.अ. को फैसला सदर गरी जिल्ला अदालतले फैसला गरेको मनासिव छ भन्ने डिभिजन बेञ्चको ०२२।८।२७।१ को फैसला ।
१०. सोउपर चित्त बुझेन । दोहर्याई पाउँ भन्ने वादी गौरीनारायण र गजेन्द्रप्रसादको निवेदन पर्न आएकोमा न्यायीक समितिबाट यसमा वादी रामकुमारी भन्ने कदमकुमारीको र प्र.डि. गौरीनारायणको लेनदेन मुद्दामा वादी प्रतिवादीको निवेदन परेकोमा दोहोर्याउने आदेश बक्सनु पर्ने भनी सिफारीस गर्ने ठहराई निर्णय पर्चा भएकोले सोही सम्बन्धितको यो मुद्दा हुँदा यसमा पनि दोहर्याउने आदेश बक्सनु पर्ने भनी सिफारिश गरेको व्यहोरा जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धार ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको २४।६।२।२ को हुकुम प्रमांगी ।
११. बक्स भई आएका हु.प्र. बमोजिम गर्ननिमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको दुइ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय का.मु.प्र.न्या. ज्यूको ०२४।६।५।५ को आदेश ।
१२. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २०२५।४।२९।१ मा पेश भई निवेदक, प्रतिवादी डि.गौरीनारायण तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र निवेदक गजेन्द्रराज तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले प्रतिवादी कदमकुमारी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीको कलमको हर हिसाब समेतमा वादी कदमकुमारी राणा प्रतिवादी डि. गौरीनारायण गिरी भएको लेनदेन मुद्दाबाटै आज यस बेञ्चबाट निर्णय भएकाले यसबाट दोहरो निर्णय दिई रहनु नपर्ने हुँदा यस मुद्दामा केही गर्नु नपर्ने ठहराई छिनेको २२।८।२७।१ को डिभिजन बेञ्चको मनासिव छ । निवेदक गजेन्द्रराजले कोर्टफी राखेको देखिँदा अरु केही गर्नु परेन । निवेदक, वादी डि.गौरीनारायणको कार्टफी लिन छुट भएको देखिएकोले शुरुमा लाग्ने कोर्टफी रु.१० को कोर्टफी ऐन १७ को दफा १९।२ बमोजिम सयकडा १० ले रु. १० कोर्टफी लाग्छ वारेस हुँदा असुल गर्न का.श्रे.अ.त. लगत दिई नियमबमोजिम मिसील बुझाई दिनु ।
इति सम्वत् २०२५ साल भाद्र १९ गते रोज ३ शुभम् ।