May 10, 1968
Created by nepalarchives

निर्णय नं. ४१० – जग्गा दर्ता

निर्णय नं.  ४१०     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२४ सालको दे.फु.नं. ४४ निवेदक     ...

निर्णय नं.  ४१०     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

०२४ सालको दे.फु.नं. ४४

निवेदक      : प्रेमबहादुर मल्ल दासु मल्ल

विरुद्ध

विपक्षी : दासु पाध्या

मुद्दा : जग्गा दर्ता

१.    पानी नपुगेको कारणले खेत आवाद नभएमा नक्साबाट पाखा देखिएमा पहिले नालेस दिँदा लेख्न नसक्ने वादीले सरेकको खेत र झगडा परेको पाखो जग्गाको बीचमा अर्को छुट्टै किल्ला देखिन आएमा र वादीको जग्गा अरु ठाउँमा छ भन्ने देखाउन नसकेकोमा वादीकै खेत दर्ता मध्येको भन्न नमिल्ने ।

            न. नं.८ को जग्गा खेत दर्ता मध्येको भनी वादीले दावी लिएकोमा नक्शाबाट पाखा देखिन आएको पानी नपुगी खेत आवाद नभएको भन्ने पछि नक्शामा वादीले जिकीर लिएको भए पनि पहिले नालेस दिँदा लेख्न नसकेको । सो कुरा कायम मान्न नमिल्ने र आफ्नो दावीको खेत मुरी ।१० दर्ता मध्येकै हो भनी वादीले पनि स्विकार लिई राखेको । न नं. २।३ को खेत ४ र झगडा परेको न.नं. ८ को पाखो जग्गाको बीचमा न.नं. ३० पाखो बारीको गरा कान्लो भन्ने नक्शामा जनिएकोबाट छुट्टै कित्ता देखिन आएको । वादीले प्रतिवादीको ठकुरी माफिकिको पाखो भनी देखाएको न.नं.७ लाई प्रतिवादी प्रेमबहादुरको रासवारको जग्गा हो भनेको । प्रेमबहादुरको हलदारको जग्गा अन्यत्र छ भन्ने देखाउन वादीले नसकेका समेत हुँदा सो झगडा परेको न.नं.८ को पाखो वादी दावीबमोजिम खेत मुरी ।१० दर्ता मध्येको रहेछ भन्ने मिल्ने देखिदैन ।

(प्रकरण नं. १५)

निवेदक तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे

फैसला

      १.     बाजे मनरथ बाबु नन्दलालका नाउँमा ११।२५ सालमा र ९९ सालको ३ महले मोठमा मेरो नाउँमा खेत दर्ता भई भोग गरी आएको जग्गा १७ सालको धान बाली मैले नै लगाई पाकी तयार भएकोमा अन्यायवालाहरूले यो जग्गा तिमीले चलनगर्न पाउँदैनौ । बिर्ता उन्मुलन ऐन, ०१६ बमोजिम स्याङ्गजा मालमा गइ हामी ठकुरी जातको तिरो माफिक जग्गा हो भनी दर्खास्त दिई हाम्रो गरी आएका छौं भनी हटक जवाफ भने गरेको मालमा गई नक्कल सारी हेर्दा, पूर्व भिमबहादुर खडाल क्षेत्रीको बारी, पश्चिम यमलालको र कान्छी आमा रुकिले मलाई बक्स दिएको खेतको साँध, उत्तर प्रेमबहादुरको खेत र दक्षिण मूल बाटो यति ४ किल्लाभित्रको खेत मुरी ।३।६।५ के तिरो रु. १।९० लागेको आफ्नो बोटेखेतलाई पाटे कलमको पाखा जग्गामा तिरो रु.।३७।२ लगाई पाउँ भनी दाजु विदेशमा गएको भन्ने झुठ्ठा व्यहोरा लेखी प्रेमबहादुरलाई दर्खास्त दिने लगाई दर्ता गराएछन । सो बदरगरी जग्गा मेरो हक सदर थामी पाउँ भन्ने समेत वादी ।

      २.    सो जग्गा हामी ठकुरी जातको १९२० सालको सनदले माफिकि बक्सेको हुनाले २५ सालको तेरीजमा ठकुरी माफिकी दर्ता जनिएको म दासु मल्लको हक भोगको पोत रु.।७५ मध्ये रु. ।७३।२ को जग्गा भई म्याद भित्र बिर्ता उन्मुलन ऐनबमोजिम विवरण दिएको हुँ । पाखो जग्गालाई खेत भनी वादीले झुठ्ठा दावी गरेको हो भन्ने समेत प्रेमबहादुर दासु मल्लको प्रतिवादी ।

      ३.    वादी दावीबमोजिम खेत दर्ता छैन भन्न प्रतिवादीले नसकी सो खेत न.नं. ३।४ को हो भनी नक्शामा प्रतिवादीले लेखेको । वादीले दावी गरेको जग्गा झगडा परेको जग्गाको साँधैमा भएको देखिन आएको न.नं. ५ को खेत हाल पाखो भन्ने कुरामा दुवै तिरको मुख मिलेको प्रतिवादीहरूको जग्गा न.नं. ७ मा वादीले देखाएकोमा होइन भन्न प्रतिवादीले नसकेको । न.नं. १९ को पूर्णयद खडा नन्द तीलकराम समेतको र न.नं. १७ को जीतबहादुरको न.नं. १६ को हर्कबहादुरसँग राजीनामा लिएको भन्ने समेत वरिपरी सबै रैकर र न.नं. १३ मा वादीको गोठ कोरटे तेरो देखिएको सो ठाउँमा प्रहरूको माफिकी जग्गा नदेखिएको धेरै सरजमिनले पनि वादीले नै भोगी आएको भनेको समेत हुँदा प्रतिवादीहरूले मालमा झुठ्ठा दर्खास्त दिएको ठहर्छ भन्ने समेत ०१०।४।११।४ को स्याङजा ई.अ.को फैसला ।

      ४.    अघि खेत दर्ताको भन्ने वादी आफैले पाखो ।२७ तिरोको जग्गा भनी दावा गरेको भएपछि खेत दर्ताको भन्ने कुरा सरासर झुट्टा देखिन आउने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन ।

      ५.    झगडा परेको न.नं. ८ को जग्गा खेत नभइ पाखो भन्ने देखिएको खेतबाट पानी नपुगी पाखो भएको भए वादीमा पनि सोही कुरा खुलाई लेख्नु पर्ने वादीको दर्ताको जग्गा न.नं. ४ को हो भनी प्रतिवादीले देखाएको न.नं. ४।३ दुवै मैले रुकीबाट बक्स पाएको भन्ने न.नं. ३ मात्र रोकीबाट बक्स पाएको भन्ने प्रतिवादी भई बकसपत्रमा यति जग्गा भन्ने नखुलेको नं. ३।४ दुवै कित्ता रुकिको भए एउटै मिलानको एउटै दर्ताको जग्गा २ कित्ता देखिनु नपर्नेबाट न.नं. ३ रुकिबाट पाएको र न.नं. ४ को वादीको आफ्नै देखिएकोलाई ३।४ नं. लाई एउटै गराई बाहिरको पाखो जग्गालाई दावी गरेको देखिएकोले न.नं. ८ को पाखो जग्गा वादीको खेत ठहर्दैन । शुरु इन्साफ गल्ती ठहर्छ भन्ने पाल्पा जिल्ला अदालतको ०२०।१२।२०।५ को फैसला ।

      ६.    मेरो मात्र खेतलाई पाखो गराएको नभई तिलकराम समेतको खेत दर्तालाई पनि पानी नपुगेको कारणबाट पाखो गराई खाएको र खेत दर्तालाई खेतै भन्नु पर्ने नक्शामा मात्र खेत भनी लेखेको जग्गा पाखो देखिएको भन्ने प्रश्न उठेकोले पानी नपुगी पाखो भएको भन्ने लेखाएको समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

      ७.    प्रतिवादीतर्फको दर्ता श्रेस्ता नभई घर धुरी शर्मा ठकुरी माफी भएको भन्ने जि.अ. को फैसलामा उल्लेख भएको वादीतर्फको दर्ता प्रमाण भएको र वादीको जनिएको न.नं. ३।४ बीचको न.नं.३५ को आली भन्ने वादी प्रतिवादीको नक्सा मुचुल्कामा सहीछाप परेको देखिएको र सवैजसो सरजमिनले वादीको भोगलाई नै समर्थन गरेको देखिएकोले प्रतिवादीहरूलाई अ.बं. २०२ नं. बमोजिम छलफलमा झिकाई पेश गर्नु भन्ने ०२१।८।२३।३ को डिभिजन बेञ्चको आदेश ।

      ८.    प्रतिवादी तर्फबाट निजको भन्न हुने कुनै हद किल्ला खुलेको दर्ता प्रमाण दाखिल हुन नआएकोमा पनि बुझिएका वादीका साक्षी तुल्सीराम चन्द्रकान्त र प.को साक्षी दुर्गबहादुरले पनि झगडा परेको जग्गामा वादीको भोग छ भनी बकपत्र गरेका र त्यस्तो अवस्थामा भोगलाई नै प्रमाणीक मान्नु पर्ने हुन आएकोले इन्साफ शुरु स्याङजा ई.अ. को मनासिव जि.अ.पाल्पाको गल्ती ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२२।१।६।१ को फैसला ।

      ९.    हामीहरूको झगडिया दासुको ज्वाई सु.वा केशवराज सर्वोच्च अदालतमा बहालै भएको । निजको ज्वाई मा.न्या. वासुदेव भएकाले म.सुं. बाट नाता पक्ष गरी हराएको भन्ने समेत उल्लेख गरी दोहर्‍याई पाउँ भनी प्रतिवादीहरूले चढाएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यो मुद्दा एक पटक फुल बेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने ०२३।५।२८।३ मा हुकुमको प्रमांगी बक्स भई आएकोमा नचिनेको १ व्यक्तिले निवेदन लेखी दिन्छु भनी लेखी दिएकोमा माननीय न्यायधीशलाई आक्षेप लाग्ने शव्द लेखिदिएछ । मैले जानी बुझी गरेको हैन । अब शब्द लेखिएतर्फ क्षमा माग्दछु भन्ने दासु मल्लले दर्खास्त दिएकोले नभएको झुट्टा लेखी व्यहोरा ढाँटी बिन्ती चढाएको भन्ने देखिन आएको । निवेदनपत्रमा जुन कुरा लेखी मुद्दा दोहरीने प्रमांगी भएको थियो, त्यो कुरा झुट्टा भएपछि निवेदकलाई त्यस निवेदनमा बक्स भएको हुकुम प्रमांगीको फायदा उठाउन दिन नमिल्ने समेत हुँदा यो मुद्दा दोहरीन नसक्ने भन्ने ०२३।९।२६।३ को फुल बेञ्चबाट आदेश भएको ।

      १०.    दोहर्‍याई पाउँ भन्ने प्रतिवादीहरूको अर्को निवेदनपत्र परेकोमा यसमा लेखिएको व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो हो भन्ने फुल बेञ्चबाट रुल नियमबमोजिम गरी एकपटक दोहर्‍याई हेरी निर्णय गरी दिनु भनी त्यहाँ पठाउन श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभागबाट ०२४।५।३२।४ मा लेखी आएको माननीय श्री का.मु.प्र.न्या. ज्यू समक्ष पेश हुँदा बक्स भई आएका हु.प्र.बमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने ०२४।५।५।२ मा आदेश भएको ।

      ११.    वादी दासु पाध्या र निजलाई बक्स लेखी दिने रुकी पाध्यानी यमलाल पाध्या समेत ३ जनाको ३ अंश भनेको आरुबोटे खेत ।१० दर्तामा ४ किल्ला खुले नखुलेको समेत के रहेछ स्याङजा मालबाट दर्ता उतार झिकाई सो दर्ताको खेत ।१० मध्ये न.नं.द २ यमलालको न.नं. ३ रुक्मीनाको न.नं. ४ वादीको भनी ०१८।११।११।१ को नक्सामा प्रतिवादीहरूले देखाएको सो तिनै कित्ता जग्गाको छुट्टा छुट्टै नाप ठहर अंश देखने गरी ४ किल्ला समेत खुलाई कानूनको रीत पुर्‍याई नापी गराई पठाई दिनु भनी मिसिल स्याङजा जि.अ.मा पठाई काम तामेल भई आए पछि पेश गर्नु भन्ने फुल बेञ्चको ०२४।१०।५।६ को आदेश ।

      १२.   यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही २०२५।१।२१।६ मा पेशभई निवेदक, प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनि आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको न.नं. ८ को जग्गा बाँकीको दावीबमोजिम खेत मुरी ।२० दर्ता मध्येको वादीको हकको हो होइन भन्ने कुराको निर्णय दिनुपर्ने भएको छ ।

      १३.   उक्त निर्णयको लागि झगडा परेको जग्गाको सम्बन्धमा साक्षी सरजमिनहरूको के कस्तो भनाई रहेछ भन्नेतर्फ हेरेमा नक्साका सरजमिन बखतबहादुर, अचुतप्रसाद, तुल्सीराम, चन्द्रकान्त, होमबहादुर समेत ५ जनासम्मले झगडा परेको न.नं. ८ को जग्गालाई खेत मुरी १०। दर्ता मध्येको वादीकै हकको भनेको देखिन्छ तापनि निजहरूकै भनाईमा न.नं. ४ को जग्गालाई पनि आफ्नो अंशबाट वादीले खाएको भन्ने लेखाएका भई वादीको दावीका निजहरूको भनाई मिल्न नआएको । अरु साक्षी सरजमिन कसैले पनि झगडा परेको समेत न.नं. ८ को जग्गा खेत मुरी ।१० दर्ता मध्येको वादीको हकको भन्ने किटान गर्न नसकेका र यता बिर्ता उन्मुलन भए पछि सो जग्गा दासु मल्लको ठकुरी माफिक बिर्ताको हो भनी निज दासु मल्लको हकमा प्रेमबहादुरले ०१७ साल जेष्ठमा स्याङ्जा मालमा विवरण दिई ०१८।१२।९।५ मा सरजमिन हुन जाँदा २२ जना सरजमिनले १९२० सालका सदनबाट पाई दासु मल्लले माफिकी जानी भोगी आएको जग्गा हो भनी किटान साथ लेखी दिएको समेत देखिन आउँछ ।

      १४.   उक्त ०१८।३।११।१ को नक्सामा वादी दावीको खेत मुरी ।१० दर्ता मध्ये रुकीय मल्ल र वादी समेत ३ जनाको हकमा अंश ३ भई खाई आएको न.नं.२ यमलालको न.नं.३ को रुकिको वादीलाई बक्स दिएको न.नं.४ वादीको भागको हो भनी प्रतिवादीले देखाएकोमा न.नं. २ यमलालको भागको हो भनी प्रतिवादीले देखाएकोमा न.नं.२ यमलालको भाग हो भन्ने कुरा वादीले पनि स्वीकारै गरेको र न.नं.३।४ को हकमा सो दुवै कित्ता रुकिको अंश भागको भई निजको मलाई बकस दिएको भन्ने वादीले जिकीर लिएको समेत भए पनि सो न.नं. २।३।४ को तीनै कित्ता जग्गा २४।१०।५।६ को फुल बेञ्चका आदेशबमोजिम छुट्टा छुट्टै नापी भई आएकोमा न.नं. २ मा माटो मुरी ।८।३।४ न.नं. ३ मा माटो मुरी ।८।११।३ न.नं. ४ मा माटो मुरी ।७।८।६ भएको भन्ने लेखिएको भई नापीको अनुपातमा सो तीनै कित्ता जग्गा छुट्टाछुट्टै ११ अंशको भन्न मिल्ने मिल्दोजुल्दो किसिमकै देखिन आएको र वादीको भनाईअनुसार न.नं.३।४।१। दुवै कित्ता रुकिकोमात्र भागको मानेका खण्डमा त्यसको नाप ठहर अंक जोड्दा माटो धुरी ।१६।१ हुन आउने भई एकै सरहका अंशियार यमलालको भागको न.नं.२ मा माटो मुरी ८।३।४ मार र रुकीको भागमा माटो मुरी ।१६।१ पर्न आउने गरी दुवैले जस्तो फरक पारी त्यस किसिमसँग भाग बण्डा छुट्याएको होला भन्ने नमिल्ने समेत हुनाले प्रतिवादीको भनाइबमोजिम न.नं.२ यमलालको न.नं.३ रुकिको न.नं.४ वादीको भागको रहेछ भन्ने कुरानै प्रष्ट हुन्छ ।

      १५.   सो भगडा परेको न.नं.८ को जग्गा खेत दर्ता मध्येको भनी वादीले दावी लिएकोमा नक्साबाट पाखा देखिन आएको । पानी नपुगी खेत अबाद नभएको भन्ने पछि नक्सामा वादीले जिकीर लिएको भए पनि पहिले नालेस, दिँदा लेख्न नसकेको । सो कुरा पनि कायम मान्न नमिल्ने र आफ्नो दावीको खेत मुरी ।१० दर्ता मध्य कै हो भनी वादीले पनि स्वीकार लिई राखेको न.नं. २।३ को खेत ४ र झगडा परेको न.नं.८ को पाखो जग्गाको बीचमा न.नं.३० पाखो बारीको गरा कान्लो भन्ने नक्सामा जनिएकोबाट छुट्टै कित्ता देखिन आएको वादीले प्रतिवादीको ठकुरी माफिकीको पाखो भनी देखाएको न.नं.७ लाई प्रतिवादी प्रेमबहादुरको हक सदरको जग्गा हो भनेको प्रेमबहादुरको हलदरको जग्गा अयन्त्र छ भन्ने देखाउन वादीले नसकेका समेत हुदाँ सो झगडा परेको न.नं. ८ को पाखो वादीबमोजिम खेत मुरी ।१० दर्ता मध्येको रहेको भन्ने मिल्ने देखिंदैन ।

      १६.    तसर्थ, उपरोक्त उल्लेखित प्रमाणहरू समेतबाट झगडा परेको न.नं.८ को पाखो जग्गा वादी दावीबमोजिम खेत मुरी ।१० दर्ता मध्येको खेत दर्ताको नाताबाट भोग गरी आएको मेरो हकको भन्ने वादीको दावी पुग्न सक्दैन वादीको दावी पुग्न नसक्ने समेत ठहराई तत्कालीन जिल्ला अदालत पाल्पाले ०२०।१२।२०।५ मा छिनेको इन्साफ मुनासिव ठहर्छ । सो जग्गा वादीको ठहराएको शुरु स्याङजा इलाका अदालतको सदर गरी ०२२।१।६।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु

 

तपसील

देहायका प्रतिवादीहरूले शुरु स्याङजा इ.अ. को १८।११।४ को फैसलाले लिने गरेको देहायबमोजिम दण्ड पाल्पा जि.अ. को ०२०।१२।२०।५ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा सो लाग्ने नै हुँदा जि.अ. पाल्पाको फैसलाबमोजिम लगत काटी शुरु स्याङ्जा इ.अ. को फैसलाबमोजिम लगत कायमैं राख्नु भनी डिभिजन बेञ्चको २२।१।६।१ को फैसलाबमोजिम २२।२।२२।६ को का.श्रे.अ.त.मा लगत दिएकोमा उक्त डिभिजन बेञ्चको फैसला र लगतबमोजिम गर्नु पर्दैन पाल्पा जि.अ. को फैसलाबमोजिमको लगत कायमै राखी सोअनुसार शुरु स्याङ्जा इ.अ. को फैसलाबमोजिमको लगत कट्टा गरी दिनु भनी स्याङ्गजा जि.अ.मा लेखी पठाउन का .श्रे.अ.त.मा लगत दिनु ……………………..१

दासु मल्ल ठकुरी के रु. १ प्रेमबहादुर मल्ल ठकुरी के रु. १

वादी दासु पाध्याके पाल्पा जि.अ.को २०।१२।२०।५ को फैसलाले दण्ड रु.३।१७ लाग्ने गरी सो मध्ये शुरु स्याङ्जा इ.अ. को १८।४।११ को फैसलाले लिने गरेको सलामी रु.१। कटाई बाँकी रु.२।१७ को हकमा लगत कसी असुल गर्ने भनी इ.अ. पाल्पामा २०।१२।२१।६ मा लगत दिएकोमा डिभिजन बेञ्चको २२।१।६।१ को फैसला र का.श्रे.अ.त.को २२।२।२२।६ को लगतले शुरु फैसलाबमोजिम सलामी रु.१। लाग्ने र पाल्पा जि.अ. को फैसलाबमोजिम दण्ड रु.२।१७ नलाग्ने फिर्ता दिने गरी गरेकोमा उक्त डिभिजन बेञ्चको फैसला र लगतबमोजिम गर्नु पर्दैन पाल्पा जि.अ. को २०।१२।२०।५ को फैसलाबमोजिम उक्त लगत कायमै राख्नु भनी हालको पाल्पा जि.अ. लाई लेखी पठाउन ऐ ………………..२

देहायका मानिस के पाल्पा जि.अ.को ०२०।१२।२०।५ को फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना डिभिजन बेञ्चको ०२२।१।६।१ को फैसला र का श्रे.अ.त.को ०२२।२।२२।६ को लगतले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा उक्त डिभिजन बेञ्चको फैसला र लगतबमोजिम गर्नु पर्दैन पाल्पा जि.अ.को फैसलाबमोजिम लगत कायमै राख्न भनी ऐ ऐ …………..३

प.४ नं.भिरकोट मग्यांसा जलेचर बस्ने चन्द्रकान्ता पाध्या के रु.२।, ऐ राहाले बस्ने भेघबहादुर भट्ट के रु. २। ऐ जवदी लसाल बस्ने जी.मु.तुलसीराम पाध्या के रु. २।

डिभिजन बेञ्चको ०२२।१।६।१ को फैसलाबमोजिम तत्कालीन पाल्पा जि.अ.का.न्या.झपट सिं रावलको इन्साफ उल्टीको रेकर्ड राख्ने गरेकोमा सोरेकर्ड राख्नु पर्दैन भनी सर्वोच्चअदालत जनरलविभागमा सूचना दिनु …..४

प्रतिवादी दासु मल्ल के निज तर्फबाट रहेका विद्वान अधिवक्ताको सर्वोच्च अदालत नियम २४बमोजिम भरी पाउने वकिल फी रु.१५। वादी दासु पाध्याबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ५ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु………………५

नियमबमोजिम मिसिल बुझाई दिनु ………………..६

 

इति सम्वत् २०२५ साल बैशाख २८ गते रोज ६ शुभम् ।