January 2, 1968
Created by nepalarchives

निर्णय नं. ४०२ – जग्गा जालसाजी

निर्णय नं.  ४०२     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी ०१९ सालको पहिलो डिभिजन दे.फु.नं....

निर्णय नं.  ४०२     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री लोकराज जोशी

०१९ सालको पहिलो डिभिजन दे.फु.नं. २१९

निवेदक      : लालो लोघ समेत

विरुद्ध

विपक्षी : जि. अम्विकाप्रसाद तिवारी

मुद्दा : जग्गा जालसाजी

(१)   कस्तो रसिदहरू प्रमाण लिन नमिल्ने ? खजहनी मालमा बयान गर्दा ४ सवालको जवाफमा रसिद कहिले पनि दिएको छैन भन्ने र अघि पोत बुझाउने गरेकोमा रसिद लिने रीतिरिवाज नभएकोले मानेका पनि थिएनौ हाल प्रकाशित भएका गजेट मुताविक र पटवारीले सुनाउनु भएको उर्दि पुर्जि मुताविक रसिदको पनि आवश्यक पर्ने भएकोले रसिद माग्ने गरेको भन्ने औ ५ सवालको जवाफमा कुनै किसिमको निस्सा प्रमाण दिएको छैन भन्ने ६ सवालको जवाफमा कागजी प्रमाण केही छैन भन्ने उल्लेख गरेको देखिएको र सोही मुद्दामा अदालतमा नालिस दिन जानु भनी मालले प्रचार गरी सुनाएको आधार अदालतमा नालिस दर्ता हुन आएको यो मुद्दा भएकाले उपरोक्त उल्लेख भएबमोजिम वादीहरू आफैले पहिले मालमा गरेको बयान लेखाईबाटै पछि अदालतमा नालेस गर्दा मात्र प्रमाण दिन पेश गर्न ल्याएका उक्त रसिदहरू प्रमाणमा लिन मिल्ने देखिन आएन ।

(प्रकरण नं. १३)

(२)   कस्तो कुरालाई प्रमाणीक मान्न नमिल्ने ? बुटवल अपीलमा बयान गर्दा हामीहरू समेतका रैतिहरूले उखडामा कमाएको भन्ने कुरा स्वीकार गरी लेखेको भन्ने निवेदक, वादीहरूको जिकीर भएको हकमा निजहरूबाट पेश भईराखेको सो २००१।१०।२६।५ को गिरीराजको बयान नक्कल हेर्दा, ८ सवालको जवाफमा देहायका मानिसहरूले देखाएबमोजिम जग्गा उखडामा कमाई आएको भन्ने लेखेको र त्यसमा नाउँ भिडाउँदा यो मुद्दाका निवेदक, वादीहरू मध्ये कुनैको नाउँ मिल्न भिड्न आएको समेत देखिन्छ तापनि सो बयान भएको मुद्दाको मिसिलै झिकाउन ०२१।५।३१।३+२०२३।३।३१।६ को फुल बेञ्चहरूबाट आदेश भई धेरै पटक लेखापढी हुँदा समेत सो मिसिल पत्ता लागि आउन नसकेको र फैसलाको नक्कल समेत निवेदक, वादीहरूले पेश गर्न पनि नसकेकोले सो मुद्दामा आखिरी के ठहर निर्णय भयो ? वादीहरूले उखडामा जोतेको कायम भयो भएन ? सो यकिन हुन नसकेको र जि.अम्बिकाप्रसादले पोत दिलाई पाउँ भन्ने मुद्दामा नालेस दिँदा यी वादीहरू उपर दावी गरेको नहुनाले वादीहरूका हकमा गिरीराजले गरेको उक्त २००१।१०।२६।५ को बयानलाई निज अम्वीकाप्रसादले स्वीकार गरेको भन्न पनि नमिल्ने समेत हुँदा जि.गिरीराजले उपरोक्त बयानमा लेखेकोसम्म कुरालाई प्रमाणीक मान्न मिलेन ।

 (प्रकरण नं. १४)

निवेदक, वादी तर्फबाट : अधिवक्त श्री इच्छाहर्ष

फैसला

            (१)    अघि धेरै वर्ष देखि कच्चि बिगाहा १ को रु.२ का दरले पोत लिने दिने कबुलमा उखडा जग्गा कमाई साल सालको पोत तिरी आएको रसिद दिएको थिएन । २००९ सालको पोतको टायममा उखडा जग्गाको रसिद देउ भन्दा नदिँदा धरौट राखी मुद्दा चलेकोमा हक बेहक गरी आए पछि ठहरेबमोजिम हुने भनी खजहनी मालले पर्चा गरेकोले नालेस गर्न आएका छौं । उखडा जग्गा कायम गरी पाउँ भन्ने समेत वादी ।

            (२)   वादीहरूलाई जग्गा जोत्न दिएको छैन । रेशमीराजले जिमिदारी लिलाममा सकार गरेपछि मुद्दा चली जिमिदारी थामी पाएको रेशमरीाज, गिरीराज समेतले अघिको मिति पारी जालसाजी रसिद बनाएका हुँ भन्ने समेत प्रतिवादी ।

            (३)   वादी राम अघारे कुर्मी, लालेलोध, सुद्ध, हरदत तिवारी, रामधनी कोहार, हस्मत बुजरा, महावीर माली, करमुल्ला मुसलमानहरूले पेश गरेको रसिद वादीलाई सुनाउँदा मालमा बयान गर्दा सबुद छैन भनी बयान गरेको रसिद भए मालमा चलेको मुद्दामा पेश गर्नु सक्नु पर्ने नसकेकाले जालसाजी हो भन्ने प्रतिवादी अम्बिकाप्रसादको र सद्दे हो भन्ने भगेलु चमार, देव राज गिरीराज समेतको बयान ।

            (४)   रसिद जालसाजी हो भन्ने प्रतिवादीले सबुद गुजार्न नसकेकोले सद्दे ठहर्छ । वादीहरू रैति नै होइन भन्ने प्रतिवादीले नसकेको र वादीहरू तितीखाम मौजामा बसेकामा प्रतिवादी सावित भएको । जग्गा नकमाई बेइलममा रहे बसे हुन भन्न नमिल्ने । कोई बेगल मौजाका भए पनि एउटा मौजाकाले अर्को मौजामा आई खेती कमाई गर्न हुँदैन भन्ने कानून नभएको । वादी दावीका जग्गा उखडामा कमाई आएको भनी साक्षीहरूले बकेको समेत प्रमाणबाट वादी दावीका जग्गा वादीहरूले उखडामा कमाएको ठहर्छ भन्ने समेत तौलीहवा अमिनिको ०१६।४।६।३ को फैसला ।

            (५)   घरसारको रसिद अघि चलेको मुद्दामा मालमा पेश नगरेको ऐनले प्रमाण लाग्न नसक्ने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपील ।

            (६)    मैले मालमा बयान गर्दा प्रमाण दिन नसकेको रसिद प्रमाण नलाग्ने र जग्गा जमिनको कुरामा का.जी.लिखतको पक्का प्रमाण बेगर अर्काको शिर जमिदारी जग्गा उखडामा जोते कमाएको भन्न उचित नपरेकोले वादीको उजूर झुठ्ठा ठहर्छ भन्ने समेत ०१६।५।२३।३ को बुटवल अपीलको फैसला ।

            (७)   रसिद लेखिएका साल मितिमा नै पुरानो देखिन आयो भने त्यस्तो रसिद जालसाजी कसरी ठहर्ने ? इन्साफमा चित्त बुझेन भन्ने समेत वादी राम अघारे, भगेलु चमार,लालेलोध, मोल कहुँ अहिर, कल्लु लोहार, रल्लुचमार, बुध्यु अहिर, लौचल अहिर, चिन गुद चमार, हरदत्तेवारी हसमत कुजुडा, नरेश अहीर, सुर्जवली अहीर, दुःखी चमार, तेससर चमार, सुध्यमर, छविलाल अहीर, गयापासीक, रामधनी कोहार, महावीर माली, त्रिवेणी चमार, करमुल्ल मुसलमानहरूको अपील ।

            (८)   अ.बं.२२१ नं.ऐनमा वादी प्रतिवादीमा नलेखिएको साक्षी बुझ्न हुँदैन भन्नेसम्म लेखिएको । अघिको मुद्दामा प्रमाणमा नलेखिएको प्रमाणको कागज पछि वादी प्रतिवादी परी प्रमाण दियो भने प्रमाण लाग्दैन भन्ने लेखिएको छैन भन्ने अपीलाटको मुख्य जिकीर भएकोमा अपीलाटहरूको वारेस भई आफ्नो हकमा समेत ०१०।८।१६।३ मा आफैले वादी बयान गर्दा अघि पोत बुझाउने गरेकोमा रसिद लिने रीतिरिवाज नभएकाले मागेको पनि थिएन भन्ने ४ सालको जवाफमा र सबुद के छ भनी सोधनी भएको कागजी प्रमाण केही छैन भन्ने समेत ६ सवालको जवाफमा बयान दिएको देखिएकोले र रेशमीराजले लिएको बदर भई अम्बिकाले पाएदेखि ०८ साल तकको रसिद पेश गर्न नसकेकाले समेत अपीलाटहरूको अपील जिकीर पुग्न सक्तैन । इन्साफ बुटवल अपीलको मनासिव छ भन्ने समेत डिभिजन बेञ्चबाट भएको ०१९।५।१३।४ को फैसला ।

            (९)    सो इन्साफमा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादीहरूको निवेदन परेको पेश हुँदा ०१ सालमा नै त्यस बेलाको जिमिदारले हामीलाई उखडामा कमाएका रैती भनी स्वीकार गरी बयान गरेको बजाफता नक्कल मसँग छ । अघि मुद्दा पर्दा मालमा रसिद दाखेल नगरेको भनी डिभिजन बेञ्चबाट हामीले कमाएको जग्गा नै हरण गरी फैसला गरी दिँदा उचित न्याय पाएनांै भनी निवेदकले रोहवरमा जिकीर समेत गरेको र रीतपूर्वकको १ सालको बजाफता नक्कल दाखेल गर्छु भनेकोले व्यहोरा साँचो भए र बजाफता नक्कल दाखेल गर्छन भने अन्याय परेकै जस्तो देखिनाले दोहर्‍याई हेर्न निस्सा दिएको छ । दुवै पक्ष राखी फूलबेञ्चमा पेश गर्नु भन्ने माननीय भु.पू.प्रधान न्यायाधीशज्यूबाट भएको ०१९।७।३०।५ को आदेश ।

            १०.    अम्बिकाप्रसाद तिवारीको र गिरिराज उपाध्याको जग्गा खिचोला मुद्दामा ०१।१०।२६।५ मा गिरिराज उपाध्याले गरेको बयानको नक्कल भनी निवेदक, वादी तर्फबाट नक्कल पेश गरेकोले सो मुद्दामा आखिरी फैसला कहाँबाट कुन साल महिना मितिमा भएको हो ? पक्षबाट खुलाई दर्खास्त लिई उक्त मुद्दाको मिसिल प्रमाण निमित्त झिकाई पेश गर्नु भन्ने ०२१।५।३१।३ को फुल बेञ्चको आदेश ।

            ११.    १०।२६।५ मा गिरिराजले बुटवल अपीलमा गरेको बयानको बाजाफता नक्कल पेश भईरहेको भएपछि प्रमाणमा खोजी भएको उक्त बयान भएको मिसिल सो बुटवल अपीलका तत्कालीन श्रेस्ताहरूबाट जरुरै पत्ता लाग्नु पर्नेमा सिर्फ अघि भएको आदेशबमोजिम लेखापढी हुँदा जग्गा मुद्दाको नाउँ नमिलेको कारणले मात्र श्रेस्तामा नभिडी पत्ता लाग्न नसक्नुको सम्भव देखिन आएको समेत हुँदा जो हेर्नु पर्ने डायरी श्रेस्ताहरू राम्रोसँग हेरी उपरोक्त उल्लेख भएबमोजिम मुद्दाको नाम भिडाई वादी गिरिराज पाध्या प्रतिवादी अम्बिका प्रसाद तिवारी समेत भएको ०१।१०।२६।५ मा निज वादी गिरिराज पाध्याले बुटवल अपीलमा बयान गरेको मुद्दाको मिसिल तदारुख साथ खोजी पत्ता लगाई पठाई दिनु भनी माथि उल्लेख गरिएको सबै व्यहोरा खुलाई लुम्विनी अञ्चल अदालतलाई पुनः लेखी पठाई सो मिसिल झिकाई आएपछि प्रमाणमा राखी पेश गर्नु भन्ने ०२३।३।३१।६ को फूलबेञ्चको आदेश ।

            १२.   यसमा तारेखमा रहेका निवेदक, वादीहरूको वा.समगैलु चमार विपक्षी, प्रतिवादीको वा.शिवनारायण रोहवरमा रही ०२४।९।१४।६ मा पेश भई निवेदक, वादीहरू तर्फबाट विद्वान अधिवक्ता श्री इच्छा हर्षले गर्नु भएको बहस समेत आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीको जग्गा निवेदक, वादीहरूले उखडामा कमाई आएको हो होइन भन्ने कुरा मुख्य निर्णय दिनु पर्ने भएको छ ।

            १३.   निवेदक, वादीहरू मध्ये राम अघोर समेतका ८ जनाले साविक जिमीदार रेशमीराजको पालामा पोत बुझी गरी दिएको भनी केही सालका रसिदहरू यो मुद्दाको फिरादपत्रमा प्रमाण दिन पेश गरी राखेको । त्यसतर्फ हेरेमा यो मुद्दामा दावी लिएकै जग्गाको पोत बुझी दिएन बुझाई पाउँ भन्ने सम्बन्धमा पहिले सि.तां.गो.मा निवेदन दियो । मुद्दामा रसिद पेश गर्न मध्येको वादी राम अघारे कुर्मीले अरु वादीहरूको वारेस भई आफ्नो हकमा समेत ०१०।८।१६।३ मा खजहनी मालमा बयान गर्दा ४ सवालको जवाफमा रसिद कहिले पनि दिएको छैन भन्ने र अघि पोत बुझाउने गरेकोमा रसिद लिने रीतिरिवाज नभएकोले मागेका पनि थिएनौं । हाल प्रकाशित भएको गजेट मुताविक र पटवारीले सुनाउनु भएको उर्दि पुर्जि मुताविक रसिदको पनि आवश्यक पर्ने भएकोले रसिद माग्ने गरेको भन्ने औ ५ सवालको जवाफमा कुनै किसिमको निस्सा प्रमाण दिएको छैन भन्ने ६ सवालको जवाफमा कागजी प्रमाण केही छैन भन्ने उल्लेख गरेको देखिएको र सोही मुद्दामा अदालतमा नालेस दिन जानु भनी मालले पर्चा गरी सुनाएको आधार अदालतमा नालेस दर्ता हुन आएको । यो मुद्दा भएकाले उपरोक्त उल्लेख भएबमोजिम वादीहरू आफैले पहिले मालमा गरेको बयान लेखाईबाटै पछि अदालतमा नालेस गर्दा मात्र प्रमाण दिई पेश गर्न ल्याएको उक्त रसिदहरू प्रमाणमा लिन मिल्ने देखिन आएन ।

            १४.   साविक जिमीदारको छोरा अम्बिकाप्रसादले उखडा पोत समेत बुझाउनु पर्दैन भनी खिचोला गर्‍यो भन्ने सम्बन्धमा उजुर गरी २००१।१०।२६।५ मा त्यस बेलाको जिमीदार गिरीराज पाध्याले बुटवल अपीलमा बयान गर्दा हामीहरू समेतका रैतीहरूले उखडामा कमाएको भन्ने कुरा स्वीकार गरी लेखेको भन्ने निवेदक, वादीहरूको जिकीर भएको हकमा निजहरूबाट पेश भईराखेको सो २००१।१०।२६।५ को गिरीराजको बयान नक्कल हेर्दा, ८ सवालको जवाफमा देहायका मानिसहरूले देहायबमोजिम जग्गा उखडामा कमाई आएको भन्ने लेखेको र त्यसमा नाउँ भिडाउँदा यो मुद्दाका निवेदक, वादीहरूमध्ये कुनैको नाउँ मिल्न भिड्न आएको समेत देखिन्छ तापनि सो बयान भएको मुद्दाको मिसिल झिकाउन ०२१।५।३१।३०२३।३।३१।६ को फुल बेञ्चहरूबाट आदेश भई धेरै पटक लेखापढी हुँदा समेत सो मिसिल पत्ता लागी आउन नसकेको र फैसलाको नक्कल समेत निवेदक, वादीहरूले पेश गर्न पनि नसकेकोले सो मुद्दामा आखिरी के ठहर निर्णय भयो ? वादीहरूले उखडामा जोतेको कायम भयो भएन ? सो यकिन हुन नसकेका र जि.अम्बिकाप्रसादले पोत दिलाई पाउँ भन्ने मुद्दामा नालेस दिदा यी वादीहरू उपर दावी गरेको नहुनाले यी वादीहरूका हकमा गिरीराजले गरेको उक्त २००१।१०।२६।५ को बयानलाई निज अम्बिकाप्रसादले शिवकार गरेको भन्न पनि नमिल्ने समेत हुँदा जि.गिरीराजले उपरोक्त बयानमा लेखेकोसम्म कुरालाई प्रमाणिक मान्न मिलेन ।

            १५.   तसर्थ, प्रमाणीक लिखत सबुदको अभावमा निवेदक, वादीहरूको दावी जिकीर साँचो ठहराउन न्यायसंगत नहुने समेत हुँदा निवेदक, वादीहरूको दावी पुग्न नसक्ने ठहराएको बुटवल अपीलको सदर गरी ०१९।५।१३।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक, वादी देहायका मानिस के इन्साफ दोहर्‍याएमा डिभिजन बेञ्चबाट भएको ०१९।५।१३।४ को फैसलाबाट गर्ने गरेको जनही रु.१६ को दरले जम्मा दण्ड रु. ३।५२ को अ.बं.२०४ नं.सयकडा १० ले रु.।३६ छत्तिस पैसा जरिवाना हुन्छ भगेल चमार हाजिर हुँदा असुल गरी र अरुको वारेस हुँदा असुल गर्न का.श्रे.अ.त.मा लगत दिनु …………………….१

लालेलोध मरी सकार गर्न झिगुर लोध के ।१।३, मोलहुँ अहीर के ।१।३, कंलु चमार के ।१।३, बुघु अहीर के ।१।३, लौचन अहीर क ।१।३, चिनगु चमार के ।१।३, हरदत्त तेवारी के ।१।३, हसमत कुजरा मरी सकार गर्न सौक्त अली कुजरा के ।१।३, नरेस अहीर के ।१।३, सुर्जलाल अहीर के ।१।३ दुखी चमार के ।१।३ तमेसर चमार के १।३ सुधुहर के ।१।३ छविलाल अहीर के १।३ गयापाछी के ।१।२ राम धनी कोहार के ।१।२ याहावीर माली भरी सकार गर्न गमलु माली के ।१ तिर्बेनी चमार के ।१।२ करंल्ला मुसलरमान के ।१।२ भगेलु चमार के ।१।२ कालु लुहार के ।१।२ राम अधारे कुर्मी के ।१।२

नियमबमोजिम मिसिल बुझाई दिनु ……………………..२

 

इति सम्वत् २०२४ साल पौष १८ गते रोज ३ शुभम्