January 6, 1978
Created by nepalarchives

निर्णय नं. १०९६ – अंश

निर्णय नं. १०९६     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र सम्वत् २०३४ सालको दे.पु.नं. ९९ आदेश भएको...

निर्णय नं. १०९६     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र

सम्वत् २०३४ सालको दे.पु.नं. ९९

आदेश भएको मिति : २०३४।९।२२।६ मा

पुनरावेदक : जि.मि. बहादुरगञ्ज ५ नं. गा.पं. वार्ड नं. ३ बस्ने जनकलाल गिरीसमेत

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने पवित्रा गिरी सन्यासीसमेत

मुद्दा : अंश

(१)   न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १५ उपदफा ३ अनुसार अनुमति प्रदान गरेकोबाट नै सीमित रही हेर्नु पर्ने ।

(प्रकरण नं.  ९)

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना

उल्लेखित मुद्दा :    

फैसला

            न्या. हेरम्बराज : उपरोक्त मुद्दा म.क्षे.अ.बाट २०३९।९।५ मा कानूनी त्रुटिपूर्ण फैसलागरेको हुँदा पुनरावेदन को अनुमतिपाउँ भन्ने निवेदनमा पुरनावेदनको अनुमति दिने गरी डिभिजन बेञ्चबाट २०३४।४।२।१ मा आदेश भई पुनरावेदनमा दर्ता भई प्रस्तुत मुद्दा पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको तथ्य यसप्रकारछबज्रलालको ३ श्रीमती जेठीबाटजनकलाल,जिपालाल २भाइले पिता माता परलोकभई भाइलिई श्रीमतीतर्फ कृष्णलालको पिता गोपीलाल,भई वहाँ परलोकभएको बाजेबज्रलालका ५ भाइ छोरामध्ये जेठी कान्छीतर्फ ४भाइ जीवितहुनुहुन्छ विपक्षी पवित्रा गिरी बज्रलालकी कान्छीपत्नी भएको वहाँतर्फबाट विपक्षी हेमलाल र तुलाराम हुन । विपक्षी पवित्रा गिरी सौतेनीआमा र हेमलाल,तुलाराम भाइ हुन । कृष्ण गिरीको पवित्रा गिरी बजै तथा विपक्षीहरू काका हुनुहुन्छ । गोपीलालको मानसिक असन्तुलनकोकारण व्यवहार मा बसी विपक्षीले लाएअहएको कामकाज गर्दैआएको बज्रलालकी ३ श्रीमतीमा जेठी,माहिली परलोकभई कान्छी विपक्षी पवित्राको हातमा तालासाँचो खटनपटनईत्यादी गरीआएकोमा आफ्नुतर्फको सन्तानलाईमात्र खानलाउन दिई हामीहरूलाई वास्ता नगरेकोहुँदा अंशछुट्याई दिनुहोस्भन्दा नदिई २०३१।४।२०गते घरबाटनिकाला गरि दिएकोले विपक्षीबाट चलअचल सम्पत्तिको तायदाती लिई ६ भागमा ३ भाग अंश दिलाईपाउँ भन्नेसमेत फिराद ।

            ३.    हामीहरूको बीच १९९४।७।४।३ मा अंशबण्डा भई वादी भिमलाल, जनकलालको अंश निजहरूकी आमा सुन्दरकुमारीले र वादी कृष्ण गिरीको पिता गोपीलालको भाग पनि पिता बज्रलालले र हाम्रो भाग म पवित्रा गिरीले बुझी घरसारमा लिखतगरी बण्डापत्र भएको छ । यसरी अंशबण्डा भई आफ्ना अंशको जग्गा दर्ता नामसारी खरीद बिक्री समेत गरी आएको र वादीहरूले ७ नं. फाराम छुट्टाछुट्टै भरेको छ र स्वयं कृष्ण गिरीको आमा मधुमायाले अंशमा दावी नगर्नु भएकोबाट पनि अंश पाइसकको भन्ने देखिने रजिष्ट्रेशन गरिरहन नपर्ने अकाट्य प्रमाणलाई वास्ता नगरी अनाहकमा दिएको फिराद खारेज गरी पाउँ भन्ने समेत संयुक्त प्रत्यूत्तर ।

            ४.    वादी मध्ये कृष्ण गिरीले म.स.गो.मा दिएको निवेदनबाट वादी जनकलाल, भीम लाल अघि २९।३० वर्ष भयो आफूले पाउने अंश भाग लिई छुट्टिएको वादी कृष्ण गिरीले विष्णुप्रसादलाई  कृष्ण गिरीकी आमा मधुमायाले विष्णु पुरीलाई जग्गा बिक्री गर्दा खास मेरै हक भोगको भनी लिखत गरेको मधुमायाले समेत अंशमा दावी लिनु पर्नेमा नलिएको १९९४।७।४ मा अंशबण्डा भई आफ्ना नाउँमा ७ नं. फाराम भरी आफ्ना अंश भागको जग्गा बिक्री गरेको समेत हुँदा अंश पाउँ भन्ने वादीहरूको दावी झुटो ठर्हछ भन्ने समेत महोत्तरी जिल्ला अदालतको फैसला उपरोक्त फैसला उपर चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन परेकोमा इन्साफ महोत्तरी जिल्ला अदालतको मनासिव ठर्हछ भन्ने समेत मध्येमाञ्चल क्षेत्रीय अदालतबाट २०३३।९।९।५ मा फैसला भएको रहेछ ।

            ५.    जिल्लाअदालतबाट जुन कानूनी अमान्य १९९४ सालको बण्डापत्रलाई वैधमानी फैसला गरेकोछ सोही बण्डापत्रलाई क्षेत्रीयअदालतको पनि कानूनी मान्यता दिई शुरुको इन्साफ सदर गरेकोछ, उक्त ०९४ सालको अंशबण्डापत्र भएकोभन्ने कागज जुन हो सोकागज हामीहरूलाई देखाई अ.बं. ८७ नं. को प्रकृयाअपनाई कारवाहीचलाई निर्णयमा पुग्नुपर्ने शुरु देखि सो अंशबण्डाको कागज हामीहरूलाई सुनाउने अ.बं. ७८ नं. को प्रकृयानअपनाई कानूनी त्रुटीपूर्ण फैसला गरेकोहुँदा पुनरावेदनको अनुमतीपाउँ भन्नेसमेत वादीहरूको निवेदन ।

            ६.    यसमा घरसारको १९९४।७।४।३ को बण्डापत्र सम्बन्धी पक्षलाई नसुनाई प्रमाण लगाएको अ.बं.७८ नं.को प्रत्यक्षतः कानूनी त्रुटी भएको देखिन्छ । लिखतलाई प्रमाणमा लिँदा कानूनी प्रकृया पूर्ण गर्नुपर्ने बाध्यता जस्तो सार्वजनिक विषयको प्रश्नमा कानूनी त्रुटी भएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत डिभिजन बेञ्चको २०३४।४।२।१ को आदेश ।

            ७.    विपक्षी प्रतिवादी तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले मिति १९९४।७।४।३ को बण्डापत्रलाई पुनरावेदक तर्फबाट अ.बं. ७८ नं.ऐन बमोजिम सुनाउनु पर्ने कानूनको प्रकृया शुरु अदालतदेखि सुनुवाई गरेन त प्रत्यक्षतः कानूनी त्रुटी छ भन्ने जिकिर लिएको देखिन्छ, उक्त १९९४ सालको वण्डापत्र बमोजिम मेरो पक्ष पुनरावेदकतर्फको पिता पति समेतले आफ्नो भाग बण्डामा परेको जग्गाहरूको ७ नं.फाराम भरी भूमिप्रशासन कार्यालयमा समेत पेश गरेको साथै वादी मध्येकै कृष्ण गिरीले म.स.गो.मा दिएको निवेदनमा वादी जनकलाल भीमलाल अघि २९।३० वर्ष भयो आफूहरूले पाउने अंश भाग लिई छुट्टिएको वादी कृष्ण गिरीले विष्णुप्रसादलाई र कृष्ण गिरीको आमा मधुमायाले विष्णु पुरीलाई जग्गा बिक्री गर्दा समेत खास अरू कसैको हक नलाग्ने मेरै हक भोगको भन्ने समेत लिखतमा लवज पारी बिक्री गरेको हुँदा उक्त ९४ सालको बण्डापत्रलाई मान्यता दिई सकेकोले समेत अंशबण्डा भएको छैन भन्ने र अ.वं. ७८ नं. बमोजिम हामीलाई सुनाएको छैन भन्ने पुनरावेदकहरूको जिकिर युक्तिसंगत नहुँदा इन्साफ क्षेत्रीय अदालतको सदर हुनुपर्ने भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            ८.    प्रस्तुत मुद्दामा पक्ष विपक्षीको वारेसलाई रोहवरमा राखी विपक्षतर्फको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाको बहस समेत सुनी हेर्दा पुनरावेदन जिकिर बमोजिम मिति १९९४।७।४।३ को बण्डापत्र वादी पुनरावेदकहरूलाई अ.बं. ७८ नं.ऐन बमोजिम सुनाई मात्र निर्णय दिनुपर्ने हो हैन ? विषयमा समेत निर्णय दिनुपर्ने देखियो ।

            ९.    निर्णयतर्फ हेर्दा म.क्षे.अ.बाट २०३३।९।९।५ मा फैसला भएको २०३३सालको देवानी सिङ्गल नम्बर १३६/४६९ को मिसिल ठहरगर्दा १९९४।७।४।३ को बण्डापत्रलाई मात्र प्रमाण गराएको नभई अरूलाई जग्गा बिक्री गरेको र अंश भाग लिई छुट्टिएको कुराको निवेदन दिएको तथा ७ नं.फाराम समेत अलग अलग भरेको कारण देखाउँदै वादीले अंश नपाउने ठहराएको देखिन्छ १९९४ सालको बण्डापत्र भनी पेश गरेको लिखतमा हेर्दा रजिष्ट्रेशन पारित नभएको बाट उक्त कागजलाई प्रमाण लिन हुने देखिँदैन, उक्त कागजलाई प्रमाण लिएकोबाट अंश पाउने नपाउने कुराको ठहरमा असर पर्ने भयो भन्ने आधार देखाई पुनरावेदनको अनुमति प्रदान गरेको देखिँदैन उसमा पनि धेरै कुराको प्रमाण लगाएकोमा एउटा प्रमाण कच्चा भए पनि ठहरमा फरक पर्ने देखिएन, न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १५ उपदफा ३ अनुसार अनुमति प्रदान गरेको बाट नै सीमित रही हेर्नु पर्ने हुनाले अरू प्रमाणलाई र ठहरलाई केही विचार गर्नु मिलेन, १९९४।७।४।३ को बण्डापत्र भनेको लिखत सद्दे किर्तेमा सुनाई रहन पर्ने देखिदैंन, प्रस्तुत पुनरावेदन पत्रको जिकिर पुग्न सक्दैन कोर्टफी रही पुनरावेदन दर्ता भएको हुँदा अरू केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३४ साल पौष २२ गते रोज ६ शुभम् ।