September 12, 1989
Created by nepalarchives

निर्णय नं. ३८१७ – हक कायम समेत

निर्णय नं. ३८१७     ने.का.प. २०४६            अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल...

निर्णय नं. ३८१७     ने.का.प. २०४६            अङ्क ५

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको दे.पू.इं.नं. ६५

फैसला भएको मिति :      २०४६।५।२७।३ मा

निवेदक/वादी :      बडुनिस्सा मियाको मु.स. गर्ने का.न.पं. वडा नं. २९ ठमेल बस्ने मदिना बाबु मियासमेत

विरुद्ध

निवेदक/प्रतिवादी : का.न.पं. वडा नं. १९ यटखा दमाईटोल बस्ने पूर्णकुमारी खड्गीसमेत

संयुक्त इजलासबाट निर्णय मिति : २०४३।१२।२२

मुद्दा : हक कायम समेत

§  घर र त्यसले चर्चेको लगापातसम्म भोगबन्धकी कायम भई अदालतको फैसला बमोजिम भोगबन्धकी लिखत पास भएको अवस्थामा सो लिखत पास मुद्दाको फैसलाले जग्गा पास गर्न नहुने भनेको जग्गालाई समेत भोगबन्धकीमा दिएको भनी स्वीकार गर्न नमिल्ने ।

(प्रकरण नं. २३)

निवेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ

निवेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त तथा विद्वान अधिवक्ता श्री बाबुराम गिरी

फैसला

     प्र.न्या. धनेन्द्रबहादुर सिंह :     श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट २०४३।१२।२२ मा भएको निर्णय दोहराई पाउँ भनी दुवै पक्षको बिन्तिपत्र र यसबारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४४।९।२ को पत्र तथा पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४४।९।७ मा लेखी आएको व्यहोरा सम्माननीय प्रधानन्यायाधिशज्यू समक्ष पेश हुँदा भएको मिति २०४४।११।१४ गतेको आदेशानुसार लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :

      २.    मेरो हकभोगको घर जग्गा विपक्षी शुभरत्नको बाबु जीतबहादुर खड्गीलाई रु. ४२५।मा मिति २००४।४।२१ मा घरसारमा भोगबन्धकी गरी दिई नालेश परी फैसला बमोजिम २००६।१।८ मा रजिष्ट्रेशन पास गराएको निज साहू परलोक भएपछि थैली बुझाउन जाँदा लिई नदिएकोबाट निखनी पाउन भूमिप्रशासन कार्यालयमा नालेश दिएकोमा निखन्न पाउने गरी मिति २०२९।५।२६ मा निर्णय भएको सो उपर पुनरावेदन परी भएको फैसला उपर उत्प्रेषणको निवेदन परी भएका आदेश बमोजिम हक कायमतर्फ नालेश गर्न मिति २०३९।९।१५ मा सूचना पाएको सो बन्धकी घर जग्गा घर भत्की पाताल भएको र विपक्षीहरुको लोग्ने बाबु जीतबहादुरले बेनिस्सा भनी आफ्नो नाम दर्ता गरी मेनुका रावल र पूर्णमानलाई बिक्री गरी दिएकोमा मेरो फिराद परी मुलतवी रहेको छ । मेरो भोगबन्धकी घरजग्गा नापी हुँदा स्वयम्भू डल्लु गा.पं. वडा नं. १ कि. नं. १९ मा १२ क्षेत्रफल भएको जग्गा मेरो हक कायम भई धरौटी थैली बुझ्न लगाई बन्धकी निखनाई मेरो नाममा दर्ता गरी सो जग्गा अदालतबाटै चलन समेत पाउँ भन्ने बडु निसाको फिरादपत्र ।

      ३.    वादीले उल्लेख गरेको जग्गा वादीको होइन । हामीहरुका पूर्खाकै हकभोगको जग्गा हुँदा रैकरमा परिणत भई बिक्री गरेको हो बन्धकी जग्गा बाटोमा परिसकेकोछ । वादीले हक कायमतर्फ उजूर दिने हदम्याद नाघी सकेको हुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको शुभरत्न र पूर्णकुमारी खड्गीको संयुक्त प्रतिउत्तरपत्र ।

      ४.    वादीले आठ आना दशदाम भोगबन्धकी दिएको २००४ सालको लिखतबाट देखिँदा सो लिखतमा भए जति जग्गा जीतबहादुरको दर्ता मध्येको वादीको भोगबन्धकी कायम हुने हुनाले त्यति जग्गामा वादीको हक कायम हुने भई निखनी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.जि. अ.को मिति २०४०।६।१० गतेको फैसला ।

      ५.    काठमाडौं जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन सो फैसला बदर गरी न्याय पाउँ भनी वादीको र काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन सो फैसला बदर वातिल गरी न्याय पाउँ भनी प्रतिवादी समेतले बागमती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र।

      ६.    भोगबन्धकी दिँदाका अवस्थामा कायम रहेको जग्गासम्म निखन्ने गरी हक कायम हुने समेत ठहराएको शुरुको इन्साफ मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०४१।७।२१ गतेको फैसला ।

      ७.    बागमती अञ्चल अदालतको फैसलामा चित्त बुझेन उक्त फैसला बदर गरी मेरो हक कायम गरी बन्धकी निखनाई मेरा नाममा दर्ता गरी कानुन बमोजिम हक इन्साफको लागि पुनरावेदन गर्ने अनुमति पाउँ भनी बन्दु निसा मियाले मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदनपत्र ।

      ८.    कि.नं. १९ को जग्गा मध्ये कता पट्टीको जग्गा भोगबन्धकीको भई हक कायम हुने हो सो समेत नबोलेकोबाट बागमती अञ्चल अदालतको फैसला अ.बं. १९२ नं. समेतको त्रुटि देखिएकोले कानुनी रुपले त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. सिंगलबेञ्चको मिति २०४२।२।१७ गतेको आदेश ।

      ९.    बागमती अञ्चल अदालतले गरेको फैसलामा चित्त बुझेन प्रत्यक्षतः उक्त फैसला कानुनको त्रुटि भई जित्ने हार्ने, हार्ने जित्ने भएकोले पुनरावेदनको लागि अनुमति पाउँ भनी पूर्णकुमारी खड्गी समेतले श्री मध्यमाञ्चल क्षेत्रीय अदालतमा दिएको निवेदनपत्र ।

      १०.    विवादको कि.नं. १९ को जग्गा मध्ये कता पट्टीको जग्गा वादीको हक कायम हुने हो फैसलामा उल्लेख नभएकोले वादी प्रतिवादी बीचमा हक निश्चित गरिएको नदेखिँदा बागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) र (ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०४२।२।१७ गतेको आदेश ।

      ११    बन्दु निसाले जीतबहादुरलाई लम्बाई हात ११ र गज हात ७ को घर र सो घरका चारैतर्फको अन्दाजी आठ आना दुई पैसा दुई दाम जग्गा समेत भोगबन्धकी दिएको कुरामा विवाद नदेखिएको हाल सो घर नभएको भन्ने हुँदा हिसाबबाट सो घरले ओगटेको जग्गा दुई पैसा देखिनाले भोगबन्धकी गएको कूल जग्गा ०२ नौ आना दुई दाम हुन आयो । विवादित जग्गा १२ एक रोपनी दुई पैसा देखिँदा भोगबन्धकी लिखतमा उल्लेख भएको जग्गा भन्दा बढी नै जग्गा देखिन आयो । सो भोगबन्धकी फछ्र्यौट भई वादीले जग्गा प्राप्त गरी सकेको छ भन्ने प्रतिवादी तर्फबाट जिकिर लिई पुष्ट्याई गर्नसकेको देखिँदैन । भोगबन्धकी लिए दिए भनेको जग्गा विवादित जग्गा बाहेकको जग्गा हो भन्न सकिने भरपर्दो एवं ठोस आधार पनि केही छैन । लिखतमा उल्लिखित किल्लाबाट विवादित जग्गा भित्र नै भोगबन्धकीको जग्गा पर्ने तथ्यको खण्डन हुनसकेको छैन । आफ्नो स्ववासी जग्गा दर्ता गराएको भन्ने प्रतिवादीको जिकिर हुँदा स्ववासी जग्गा र भोगबन्धकी जग्गा समेत मिसाई प्रतिवादीले दर्ता गराएको मान्नु पर्ने भयो । भोगबन्धकी लिखतबाट उत्तर दक्षिण बारी र पूर्वतर्फ बाटो रहेको देखिन्छ । नक्साबाट विवादित जग्गाको उत्तर पूर्व बाटो रहेको देखिएको र भोगबन्धकी लिखतको उत्तरतर्फको किल्लामा बारी भन्ने हुँदा सो बाटोसम्म भोगबन्धकी लिखतको जग्गा नपर्ने भई प्रतिवादीतर्फको स्ववासी जग्गा रहेछ भन्नु पर्ने हुँदा विदादित १२ जग्गाको दक्षिणतर्फबाट ०×–२ जग्गा भोगबन्धकीको जग्गा रहेछ भन्ने देखिन आयो । तसर्थ विवादित जग्गा मध्ये दक्षिणतर्फबाट ०२ नौ आना दुई दाम जग्गामा वादीको हक कायम भई सो जग्गा वादीले दर्ता गराउन पाउने निखनी लिन पाउने र चलन चलाउन पाउने समेत ठहर्छ शुरुको सदर गरेको बा.अं.अ.को इन्साफ नमिल्दा केही उल्टी हुन्छ भन्ने म.क्षे.अ.को मिति २०४२।८।१२।४ को फैसला ।

      १२.   विवादित कि.नं. १९ क्षेत्रफल १२ मध्ये दक्षिणतर्फबाट क्षेत्रफल ०२ मलाई जिताएको हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको जति सदरै गरी बाँकी उत्तरतर्फको ०२ जग्गाको हक जति मात्र मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मलाई हराएको हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय बदर गरी पाउन पुनरावेदन गर्ने अनुमतिको आदेश पाउँ भनी वादी बन्दु निसा मियाले यस सर्वोच्च अदालतमा दिएको निवेदनपत्र ।

      १३.   न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम वादी बन्दु निसा मियालाई पुनरावेदन गर्ने अनुमति प्रदान भएको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१०।२।४ को आदेश ।

      १४.   मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।८।१२।४ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी शुभरत्न खड्गी र पूर्णकुमारी खड्गीको सर्वोच्च अदालतमा दिएको निवेदनपत्र ।

      १५.   न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम प्रतिवादी शुभरत्न खड्गी र पूर्णकुमारी खड्गीलाई पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४२।१०।२।४ को आदेश ।

      १६.    भोगबन्धकी लिखतको घर जग्गा यो विवाद परेको कि.नं. १९ को जग्गा हो होइन ? भन्ने विचार गरिएमा विपक्षीले भोगबन्धकी लिएको कुरा इन्कार गर्न नसकेको कि.नं. १९ को जग्गा भोगबन्धकी खाने जीतबहादुरले मिति २०२३।४।५ मा रैकरमा परिणत गराएको जग्गा हो । भोगबन्धकी लिखतको चार किल्लाबाट कि.नं. १९ पूर्व र दक्षिणको ४ किल्ला क्रमशः बाटो र बारी मिल्न आएकोले विपक्षीले पास भोगबन्धकी बमोजिम भोगेको घर भएको जग्गा र लगापात समेत यही विवादको कि.नं. १९ मा रहेको भन्ने मान्नु पर्ने देखिन आएको छ । कति भोगबन्धकी कायम हुने भनी विचार गरिएमा प्रतिवादीको लोग्ने जीतबहादुरले भोगबन्धकी लिखत पास गरिपाउँ भनी दिएको फिरादमा फुसको घर र सो घरको चारैतर्फ ०२ जग्गा समेत भोगबन्धकी हो भनी दावी गरेकोमा मिति २००५।३।३० मा रा.का.दे.पै. बाट जग्गाको निस्सा वादीले पेश गर्न नसकेकोले पास गर्न नहुने १९९३।४।१७ मा पास गरी लिएको तमसूक बमोजिम घर र त्यसको लगापातसम्म कायम गरी पास हुने ठहराएको फैसला अपील तेश्राबाट मिति २००५।९।६ मा मनासिब भन्ने ठहर भइरहेकोले सो ठहर बमोजिम पास भएको भोगबन्धकीबाट वादीले घर र त्यसले चर्चेको लगापात प्रतिवादी कालो गनेलाई भोगबन्धकी दिएको मान्नु पर्ने हुन आएकोले विवादको कि.नं. १९ मध्ये भोगबन्धकी लिखत बमोजिमको घरले चर्चेको जग्गा र सो घरले चर्चेको लगापातसम्म भोगबन्धकीको कायम हुने ठहर्छ । भोगबन्धकी लिखतमा घर ११ हात लम्बाई र ७ हात चौडाई भन्ने उल्लेख भएको लगापात यति भन्ने उल्लेख भएको देखिँदैन । घरको बलेसी भित्रको जग्गालाई लगापातको रुपमा लिनु पर्ने बलेसीभित्र ३ फुट जग्गासम्म पर्ने भएकोले चारै तर्फको बलेसी हिसाब गर्दा लम्बाई चार हात र चौडाई चारहात बढ्न जाने भई घर र बलेसी समेत जम्मा लम्बाई १५ हात र चौडाई ११ हात पुग्ने हुँदा त्यसको इन्च फुटमा हिसाब गर्दा लम्बाई २२फुट चौडाई १६फुटको हुने भई जम्मा ३७१.२५ वर्गफिट जग्गा चन्द्रकुमारी क्षेत्रीको जग्गाबाट उत्तरतर्फ कि.नं. १९ को पूर्वबाट पश्चिमसम्म उक्त क्षेत्रफलको जग्गासम्म भोगबन्धकीको जग्गा भन्नु पर्ने देखिएकोले सो हदसम्मको जग्गामा वादीको हक कायम भई निखनी पाउने ठहर्नेमा शुरु र अञ्चल अदालतले निखनी पाउने ठहराएको जग्गामा घरको क्षेत्रफल समेत थपी ०२ मा वादीको हक कायम हुने ठहराई निखनाई पाउने ठहराएको क्षेत्रीय अदालतको इन्साफ गल्ती ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१२।२२ गतेको फैसला ।

      १७.   श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम सर्वोच्च अदालतको निर्णय दोहराई दिनु हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयको मिति ०४४।९।७ को पत्रसाथ प्राप्त हुँदा दोहराउन सिफारिश जाहेर गरेको न्यायिक समितिको पर्चाको प्रतिलिपिमा मिति २००६।१।८ मा रजिष्ट्रेशन पास भएको भोगबन्धकी कागज, रा.का.दे. को मिति २००५।३।३० गतेको फैसला र सो अड्डाको मिति २००५।१२।२९ गतेको पुर्जीमा जग्गा रोपनी ।।.।।२ आठ आना दश दाम कायम गरी पास गर्नु भन्ने लेखिए बमोजिम कायम गरी पास भएको लिखत नक्कलमा उल्लेख भएको देखिन्छ । यसबाट वन्दु निसा मियाँको ।।.।।२ जग्गामा हक रहेका स्पष्ट हुन्छ । सो पास भएको कागज बदर नभएसम्म उक्त व्यहोरामा लेखिएको कुरा मान्नु पर्ने बाध्यता हुन्छ । भोगबन्धकी साहु जीतबहादुरले पास गरिपाउँ भनी दिएको फिरादपत्रबाट बन्धकीमा पाएको जग्गाको क्षेत्रफल सोही भोगबन्धकी कागजमा लेखिएकोलाई स्वीकार गरेको देखिन्छ । ऐन बमोजिम पास भएको कागजमा उल्लेख भएकोलाई मान्यता नदिई अर्कै तर्क गरी भोगबन्धकीमा गएको जग्गाको क्षेत्रफल ३७१.२५ वर्गफुट भनी फैसलामा उल्लेख भएको मनासिब नदेखिनाले सर्वोच्च अदालत संयुक्त इजलासको फैसला अ.बं. १८४(क) नं. , प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि भएकोले मिलेको देखिँदैन भन्ने समेत उल्लेख भएको रहेछ ।

      १८.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री चन्देश्वर श्रेष्ठले घर र जग्गा प्रतिवादीहरुका लोग्ने बाबु जीतबहादुरले भोगबन्धकी लिएको होइन भनी प्रतिवादीहरुले भन्न सकेको छैन । भोगबन्धकी लिखतमा जग्गा पास नभए पनि सो लिखतमा लेखिएको जग्गा वादीको हो भन्ने कुरा प्रतिवादीहरुको लोग्ने तथा बाबुले स्वीकार गरेको लिखत पास मुद्दाबाट देखी राखेको छ । भोगबन्धकीको घर जग्गाको साँधतर्फ प्रतिवादीहरुको जग्गा रहे भएको कुनै प्रमाण छैन । भोगबन्धकीको कुरालाई गुम गरी प्रतिवादीहरुले बेनिस्साको भनी दर्ता गराएको प्रमाणबाट देखी राखेको छ । तसर्थ सो दर्ता गराएको कि.नं. १९ को जग्गा वादीको भोगबन्धकीको घर जग्गा भन्ने देखी राखेको छ । सो सबै जग्गामा वादीको हक कायम हुनुपर्दछ । ३७१.२५ वर्ग फुट जग्गामा सम्म हक कायम गरेको संयुक्त इजलासको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो । निवेदक प्रतिवादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुधानाथ पन्त तथा विद्वान अधिवक्ता बाबुराम गिरीले भोगबन्धकीको घर जग्गा बाटोमा परी सकेकोले बाँकी छैन । वादीले दावी गरेको जग्गा प्रतिवादीहरुको दर्ता हक भोगको जग्गा हो, सो दर्ता उपर म्यादभित्र उजूर गर्नसकेको छैन । तसर्थ विवादको जग्गामा वादीको दावी लाग्ने अवस्था छैन । तसर्थ वादीले झुठ्ठै उजूर गरेको ठहर हुनुपर्दछ । ३७१.२५ वर्गफिट जग्गामा वादीको हक कायम हुने ठहराएको संयुक्त इजलासको इन्साफ मिलेको छैन भन्ने समेत बहस गर्नुभयो ।

      १९.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      २०.   यस्मा निर्णयतर्फ हेर्दा वादी बन्दु निसा मियाले फिराद गर्दा जीतबहादुर खड्गीलाई रु. ४२५।मा लम्बाई हात ११ गज हात ७ को कच्ची पराले घर र सो घरको चारैतर्फ अं. ।।.।।२ बारी समेत मिति २००४।४।२१ मा भोगबन्धकी लिखत गरी दिएको सो लिखत रजिष्ट्रेशन गरिपाउँ भनी साहू जीतबहादुरले म उपर रा.का.दे.अ. मा फिराद गरी सो भोगबन्धकी लिखत पारित हुने ठहरी मिति २००५।३।३० का फैसला र मिति २००५।१२।२९ गते पुर्जी बमोजिम जग्गा रोपनी ।।.।।२ आठ आना दश दाम कायम गरी भोगबन्धकी लिई भोगी आएको उक्त जग्गामा बनेको घर पाताल भइसकेको अदालतको निर्णयबाट पारित भएको भोगबन्धकी लिखतको घर जग्गा दबाई गुम गरी जीतबहादुरले मिति २०२३।५।४ मा स्वयम्भू मौजा हा.नं. १८३८ विवरण दर्खास्त तोकेबमोजिम बेनिस्साको भनी मिति २०२३।४।५।४ मा विजेश्वरी पुडकी सलाघर घडेरी १।।/ भनी दर्ता गरेछन् । जीतबहादुर स्वर्गे भनी विपक्षीहरुका नाममा नामसारी गरेछन् । यो जग्गा नाप नक्सा हुन आउँदा स्वयम्भू डल्लु गा.पं. वार्ड नं. १ कि.नं. १९ क्षेत्रफल १२ भएको छ । विपक्षीको लोग्ने बाबुलाई भोगबन्धकी लिखत रजिष्ट्रेशन गरिदिएको हाल नापीकोमा स्वयम्भू डल्लु गा.पं. वडा नं. १ कि.नं. १९ मा नाप नक्सा भएको क्षेत्रफल १२ घर पाताल जग्गा मेरो हक कायम गरी थैली बुझ्न लगाई भोगबन्धकी निखनाई मेरा नाममा दर्ता गरी चलन चलाई पाउँ भन्ने समेत दावी लिएको देखिन्छ । वादी दावीको कि.नं. १९ को जग्गा वादीको होइन । वादीको जग्गा बाटोमा परी सकेको छ । कि.नं. १९ को जग्गा हाम्रो हकको हो । साविक १९ को हाल कि.नं. १४२, १४३ को जग्गा यो विपक्षीले भोगबन्धकी दिएको भनेको जग्गा यो होइन । हाम्रो बिक्री गरी सकेको क्षेत्रफल १२ को जग्गामा वादीको हक कायम हुने होइन भनी प्रतिवादीले जिकिर लिएको पाइन्छ ।

      २१.   वादीले हक कायम गरी बन्धकी समेत निखनाई पाउँ भनी दावी लिँदा घरजग्गा र आठ आना दश दाम जग्गा समेतको भोगबन्धकी पास हुने ठहरी फैसला भएको भन्ने दावी लिएको छ । तर सो भोगबन्धकी लिखत पास हुने ठहरेको रा.का. देवानी पहिला फाँटको मिति २००५।३।३० गतेको फैसला हेर्दा बन्धकी दिएको घर जग्गा मध्ये घरको चारैतर्फको अं. रोपनी ।।.।।२ जग्गाको दर्ता निस्सा पेश गर्न नसकेको असामीको हक निस्सा बेगर ऐन सवालले पास गर्न नहुने हुनाले सो बाहेक गरी प्रतिवादीको बाबुले १९९३।४।१७ गतेमा पास गरी लिएको घर समेत वादीलाई भोगबन्धकी दिइएको देखिएकोले मिति १९९३।४।१७ गतेको तमसूक बमोजिमको घर र त्यसको लगापातसम्म कायम गरी सो मो.रु. ४२५।को लिखत पास हुने ठहर्छ भन्ने उल्लेख भएको र सोही इन्साफ सदर भई अपील पहिला फाँटबाट मिति २००५।९।६ मा फैसला भइराखेको देखिन्छ । प्रतिवादी तर्फबाट पेश भएको मिति २००६।१।८ मा पास भएको भोगबन्धकी लिखत हेर्दा जग्गा रोपनी ।।.।।२ बाहेक गरी घर र त्यसले चर्चेको लगापात कायम गरी पास भएको भन्ने समेत शीर व्यहोरामा उल्लेख भएको पाइन्छ । यसबाट वादीले दावी लिए बमोजिम ।।.।।२ आठ आना दुई पैसा दुई दाम जग्गा समेत भोगबन्धकी लिखत पास भएको भन्ने देखिँदैन । केवल घर र त्यसले चर्चेको लगापातसम्मको भोगबन्धकी लिखत पास भएको प्रमाणको लिखत पास मुद्दाको मिसिलबाट देखिन्छ । वादीले फिरादमा दावी लिँदा जग्गा समेत पास भएको भनी गलत तथ्यलाई आधार बनाई दावी लिएको देखिन आयो ।

      २२.   प्रतिवादीहरुको लोग्ने बाबु जीतबहादुर खड्गी अघिदेखि बिर्ता जानी भोगी आएको घर घडेरी गरी भनी जम्मा जग्गा १।।/ को विवरण भरी मिति २०२३।४।५।४ मा रैकरमा परिणत गराई दर्ता गराएको प्रमाण मिसिलबाट देखिन्छ । तत्पश्चात सो जग्गा नापीमा प्रतिवादीहरुको नाममा स्वयम्भू डल्लु गा.पं. वडा नं. १ कि.नं. १९ मा जग्गा रोपनी १२ दर्ता भएको र सोही जग्गा कित्ताकाट गरी कि.नं. १४२ मेनुका राउत र कि.नं. १४३ पूर्णमानलाई बिक्री भएको भन्ने लिखत बदर मुद्दाबाट समेत देखिन्छ । यसबाट समेत विवादित भोगबन्धकी घरजग्गाको साँधमा प्रतिवादीको अन्य जग्गा अवस्थित भएको भन्ने नै देखिन्छ । प्रतिवादीले रैकरमा परिणत गराई दर्ता गराएको तथ्यहरु प्रमाणको मिसिलबाट पुष्ट्याई भइराखेको पाइन्छ । घर र त्यसले चर्चेको लगापात भोगबन्धकी लिएको होइन भनी प्रतिवादीले भन्न सकेको छैन । वादी दावीको घरजग्गा बाटोमा परिसकेको प्रतिवादी जिकिर छ । तर बाटोमा परेको भन्ने सबूद प्रमाण केही देखिँदैन । तसर्थ घर र त्यसले चर्चेको लगापात भोगबन्धकी कायम रहेको देखिन्छ ।

      २३.   घर र त्यसले चर्चेको लगापातसम्म भोगबन्धकी कायम भई अदालतको फैसला बमोजिम भोगबन्धकी लिखत पास भएको अवस्थामा सो लिखत पास मुद्दाको फैसलाले अं. रोपनी ।।.।।२ आठ आना दुई पैसा दुई दाम जग्गा पास गर्न नहुने भनेको जग्गालाई समेत भोगबन्धकीमा दिएको भनी स्वीकार गर्न मिल्ने देखिँदैन । तसर्थ घर र घरले चर्चेको लगापातसम्म भोगबन्धकी कायम गरी सो घर र लगापातको नाप फुटबाट ३७१.२५ वर्गफिट जग्गा चन्द्रकुमारी क्षेत्रीको तर्फबाट कि.नं. १९ को पूर्वबाट पश्चिमसम्म उक्त क्षेत्रफलको जग्गामा वादीको हक कायम भई वादीले निखन्न पाउने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१२।२२ गतेको फैसला मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय :

            यस्मा प्रतिवादीको लोग्ने बाबु जीतबहादुर खड्गीलाई घर र घरको चारैतर्फको अं. ।।.।।२ बारी समेत भोगबन्धकी दिएको रा.का.दे.अ. का मिति २००५।३।३० गतेका फैसला र २००५।१२।२९ का पुर्जी बमोजिम भोगबन्धकी पारित भएको सो लिखतको घर जग्गा गुम गरी जीतबहादुरले मिति २०२३।५।४ मा स्वयम्भू मौजा हा.नं. १८३८ विवरण दर्खास्त तोक बमोजिम विजेश्वरी पुडकेसला घर घडेरी १।।/ भनी दर्ता गराएछन् । सो जग्गा नाप नक्सा हुँदा स्वयम्भू डल्लु गा.पं. वडा नं. १ कि.नं. १९ क्षेत्रफल १२ भएको छ । सो घर पाताल जग्गा मेरो हक कायम गरी थैली बुझ्न लगाई निखनाई चलन चलाई पाउँ भन्ने समेत वादीले दावी लिएको देखिन्छ । उक्त घर जग्गा भोगबन्धकी लिएकोमा प्रतिवादीले इन्कार गर्नसकेको छैन । सो घर जग्गा बाटोमा परी सकेको छ मात्र भनेको छ । यिनै प्रतिवादीहरुका लोग्ने तथा बाबु जीतबहादुरले उक्त भोगबन्धकी लिखत रष्जिट्रेशन पास गरिपाउँ भनी फिराद गरेकोमा जग्गामा असामीको हक निस्सा बेगर पास गर्न नहुने हुनाले घर र त्यसको लगापातसम्म कायम गरी सो रु. ४२५।को लिखत पास हुने ठहरी रा.का.दे.अ.प्र. बाट मिति २००५।३।३० मा फैसला भए उपर जग्गा समेतको लिखत पास हुनुपर्ने भनी निजै जीतबहादुरको अपील परेकोमा शुरु इन्साफ सदर भई अपील पहिला फाँटबाट मिति २००५।९।६ मा फैसला भइराखेकोबाट लिखतमा उल्लेख भए बमोजिम भोगबन्धकी घरको चारैतर्फको ।।.।।२ जग्गा समेत रहे भएको सो जग्गा प्रस्तुत मुद्दामा वादीको हो भन्ने कुरामा यी प्रतिवादीहरुको लोग्ने तथा बाबु जीतबहादुरले स्वीकार गरेको कुरा प्रमाणको लिखत पास मुद्दाको फैसलाबाट समेत देखिन्छ । प्रतिवादीहरुले गराएको दर्तातर्फ हेर्दा प्रतिवादीहरुका लोग्ने बाबु जीतबहादुरले रैकर परिणत गर्न विवरण भरी दर्खास्त दिँदा अघिदेखि बिर्ता जानी भोगी आएको निस्सा केही छैन भनी घर घडेरी भनी दर्ता गराएको देखिन्छ । तर साविक देखिको दर्ता तिरो भोगको जग्गा भन्ने निस्सा प्रमाण केही देखिँदैन । सोही जग्गा हाल नापीमा स्वयम्भू डल्लु गा.पं. वडा नं. १ कि.नं. १९ क्षेत्रफल १२ कायम भई प्रतिवादीहरुका नाममा दर्ता भएको पाइन्छ । प्रतिवादीहरुको लोग्ने बाबु जीतबहादुरले वादी बन्दु निसा मियासँग घर जग्गा भोगबन्धकी लिएको सो भोगबन्धकी कायमै रही रहेको देखिन्छ । सो भोगबन्धकी लिखत पास गरी नदिएकोले पास गरिपाउँ भनी यही वादी बन्दु निसा उपर यिनै प्रतिवादीहरुको लोग्ने तथा बाबु जीतबहादुर खड्गीले रा.का.दे.पै. मा मिति २००४।११।२४ मा दिएको फिरादपत्रमा अन्यायवालाले मसंग मो.रु. ४२५।कर्जा लिई पूर्व पश्चिम लम्बाई हात ११ गज हात ७ भएको २ तले कच्ची पराले घर र सो घरको चारैतर्फको अं. ।।.।।२ बारी समेत मिति २००४।४।२१ मा भोग बन्धकी लेखिदिएको पास गरी नदिएको मिति २००४।४।२१ गतेको भोगबन्धकी तमसूक पास गरिपाउँ भन्ने उल्लेख भएको छ । सो बन्धकी पास मुद्दा रा.का.दे. पहिलाबाट मिति २००५।३।३० मा फैसला हुँदा घरको चारैतर्फको अं. ।।.।।२ को जग्गाको दर्ता निसा वादीले पेश गर्न नसकेको असामीको हकको निस्सा बेगर ऐन सवालले पास गर्न नहुने हुनाले सो बाहेक गरी निज प्रतिवादीका बाबु रामज्यानले पदमेसंग १९९३।४।१७ मा पास गरी लिएको तमसूक बमोजिम घर समेत निज रामज्यानको छोरा प्रतिवादीले वादीलाई भोगबन्धकी दिएको देखिएकोले सो १९९३।४।१७ मा पास भएको तमसूक बमोजिम घर र त्यसको लगापातसम्म कायम गरी सो मो.रु. ४२५।को लिखत पास हुने ठहर्छ भनी फैसला भएको प्रमाणको लिखत पास मुद्दाबाट देखिन्छ । यसबाट घरको चारैतर्फको अं. ।।.।।२ जग्गा बाहेक गरी किटानी साथ सो जग्गा बन्धकी होइन भनी यही वादी बन्दु निसाको कायम रहने गरी फैसला भएको स्पष्ट देखिन्छ । यसरी घर र घरले चर्चेको लगापात वादीले प्रतिवादीहरुका लोग्ने तथा बाबु जीतबहादुर खड्गीलाई भोगबन्धकी दिएको कायम भइरहेको र सो बाहेकको ।।.।।२ जग्गा वादी बन्दु निसा मियाकै कायम रही रहेको देखिन्छ । सो भोगबन्धकी पास भएको घर र त्यसले चर्चेको लगापात तथा भोगबन्धकी लिखत पास नहुने ठहरी वादी बन्दु निसाकै हक कायम भइरहेको भोगबन्धकी लिखतमा उल्लेख भएको ।।.।।२ जग्गा अन्यत्र यो यस ठाउँमा छ भनी प्रतिवादीहरुले देखाउन सकेको छैन । प्रतिवादीहरुले दर्ता गराएको कि.नं. १९ को जग्गा होइन मात्र भनेको छ । यसरी होइन मात्र भनी सुख पाइने कुरा हुँदैन । लिखतको किल्ला तथा नक्सा प्रकृति समेतबाट वादीले प्रतिवादीको लोग्ने बाबु जीतबहादुरलाई भोगबन्धकी दिएको भोगबन्धकीको लिखतमा उल्लिखित घर जग्गा प्रतिवादीहरुका नाममा दर्ता भएको कि.नं. १९ को जग्गाभित्र रहे भएको मान्नु पर्ने हुन आयो । प्रतिवादीहरुका लोग्ने तथा बाबु जीतबहादुरले घर र जग्गा समेत भोगबन्धकी लिएकोमा जग्गा भोगबन्धकी कायम गराउन नसके पनि सो भोगबन्धकी लिखतमा उल्लेख भएको ।।.।।२ जग्गा वादीको हकको भनी स्वीकारी राखेको स्थितिमा सो घर र जग्गा समेत पर्ने गरी प्रतिवादीहरुले जुनसुकै व्यहोराले जहिलेसुकै रैकर परिणत गरी दर्ता गराई लिएको भए पनि वादीको हकमा असर पर्ने अथवा वादीको हक मेटिने गरी मान्यता दिन न्याय र कानुनले देखिँदैन । भोगबन्धकी लिखतको किल्लाबाट समेत विवादित जग्गाभित्र नै भोगबन्धकीको घर र त्यसको लगापात तथा सो लिखतमा उल्लिखित वादीको हकको ।।.।।२ आठ आना दुई पैसा दुई दाम जग्गा समेत पर्ने तथ्यको प्रतिवादीहरु तर्फबाट कुनै खण्डन हुनसकेको पनि छैन । त्यसरी भोगबन्धकी लिखत पास मुद्दाबाट भोगबन्धकी कायम भएको घर र घरले चर्चेको लगापात तथा स्वयं प्रतिवादीहरुका लोग्ने तथा बाबु जीतबहादुरले प्रस्तुत मुद्दामा वादीको हकको जग्गा भनी स्वीकारेको ।।.।।२ जग्गाको भोगबन्धकी लिखत पास नहुने ठहरी वादी बन्दुनिसा मियाकै हक कायम रही रहेको सो ।।.।।२ जग्गा समेतमा प्रस्तुत मुद्दाको वादी बन्दु निसा मियाको हक नपुग्ने भन्न मिल्दैन । यस स्थितिमा भोगबन्धकी कायम भएको घर र त्यसको लगापात तथा भोगबन्धकी कायम नभएको ।।.।।२ जग्गामा सम्म वादीको दावी बमोजिम वादीको हक कायम हुने देखिन आयो । तसर्थ विवादित १२ जग्गा मध्येको दक्षिणतर्फबाट ०२ नौ आना दुई दाम जग्गामा वादीको हक कायम गरी वादीले दर्ता गराउन पाउने गरी निखनी लिन र चलन चलाई पाउन समेत ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको मिति २०४२।८।१२ गतेको फैसला मनासिब छ । सर्वोच्च अदालत संयुक्त इजलासबाट जम्मा ३७१.२५ वर्गफिट जग्गामा सम्म वादीको हक कायम हुने ठहराएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । तर बहुमतको राय कायम हुने भई सो रायमा सहमत नहुँदा आफ्नो छुट्टै राय व्यक्त गरेको छु ।

 

इति सम्वत् २०४६ साल भाद्र २७ गते रोज ३ शुभम् ।