निर्णय नं. १३३५ – मुद्दा सकार गरिपाउं भन्ने
निर्णय नं. १३३५ ने.का.प. २०३७ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल मानीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको...
निर्णय नं. १३३५ ने.का.प. २०३७
फुल बेञ्च
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
मानीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३५ सालको निवेदन नम्बर ७२१
आदेश भएको मिति : २०३५।१२।१७।६ मा
निवेदक : श्यामबहादुर पन्त समेत
विरूद्ध
विपक्षी : उपेन्द्रलाल श्रेष्ठ समेत
विषय : मुद्दा सकार गरिपाउं भन्ने
(१) यसमा ०३५।९।५ बाट ०३५।१०।२५ को तारेख तोकिएको सो तारेखमा हाजिर हुने म्याद छँदै ०३५।९।९ मा वादी मध्येको रत्नकुमारीको मृत्यु भएकोले म्याद तारेख गुज्रेको नभई तारेखमा हाजिर हुनुपर्ने ०३५।१०।२५ गतेकै दिन मुद्दा सकार गरिपाउँ भन्ने निवेदन पर्न आएकोले मुद्दा सकार गराई कानुन बमोजिम गर्नुपर्ने ।
(प्रकरण नं. २)
१. आमा रत्नकुमारी स्वर्ग भयो तारेख नगुज्री सकार गर्ने व्यवस्था ऐनमा नभएको समेत हुँदा तारेखका दिन मुद्दा सकारको लागि निवेदन गरेको थियो ३५ दिनभित्र निवेदन परेको नदेखिँदा कानुन बमोजिम गर्नु भनी सर्वोच्च अदालतबाट आदेश भएको छ रजिष्ट्रारको उक्त आदेश त्रुटिपूर्ण भएको छ सो आदेश बदर गरी मुद्दा सकार गर्न दिनु भन्ने आदेश पाउँ भन्ने प्रस्तुत निवेदनको व्यहोरा पेश भयो ।
२. यसमा ०३५।९।५ बाट ०३५।१०।२५ को तारेख तोकिएको सो तारेखमा हाजिर हुने म्याद छँदै ०३५।९।९ मा वादी मध्येकी रत्नकुमारीको मृत्यु भएकोले म्याद तारेख गुज्रेको नभई तारेखमा हाजिर हुनुपर्ने ०३५।१०।२५ गतेका दिन मुद्दा सकार गरिपाउँ भन्ने निवेदन पर्न आएकोले मुद्दा सकार गराई कानुन बमोजिम गर्नु ।
न्यायाधीश, न्यायाधीश न्यायाधीश
इति सम्वत् २०३५ साल चैत्र १७ गते रोज ६ शुभम् ।