October 22, 1992
Created by nepalarchives

निर्णय नं. ४६८० – उत्प्रेषण

निर्णय नं. – ४६८०   ने.का.प. २०५० (क)        अङ्क १   विशेष इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल...

निर्णय नं. ४६८०   ने.का.प. २०५० (क)        अङ्क १

 

विशेष इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्बत २०४९ सालको नि.नं.२३११

आदेश मिति २०४९।७।६।५

 

निवेदक      : का.जि.का.न.पा.वडा नं. २७ घ६१ इन्द्रचोक काठमाडौं बस्ने श्रीमती सरला रानी    रौनियार

विरुद्ध

विपक्षी : श्री सचिव, श्री ५ को सरकार अर्थ मन्त्रालय, हरिहर भवन काठमाडौं समेत ।

मुद्दा : उत्प्रेषण ।

(१)   नेपाल अधिराज्यको संविधानको धारा १२ (२) (ङ) ले कुनै पेशा, रोजगार उद्योग र व्यापार गर्ने स्वतन्त्रता सबै नागरिकलाई प्रदान गरेको देखिन्छ । सो सन्दर्भमा आयकर ऐन, २०३१ को दफा २१ को देहाय (क) लाई हेर्दा सो दफा ले निवेदिकाको कुनै रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रतामा कुनै बन्देज लगाएको पाइन्न । सो दफाले दम्पति रहेको अवस्थामा पत्नीले कुनै व्यापार पेशा उद्योग, रोजगार गर्न पाउदैन भनी निषेध नगरेको ।

(प्र.नं. ८)