निर्णय नं. ३३७ – अंश
निर्णय नं.३३७ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्रि क्षत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२० सालको पहिलो रिभिजन...
निर्णय नं.३३७ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्रि क्षत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
२०२० सालको पहिलो रिभिजन दे.फु.नं.२५२
निवेदक : धनाई गन्गाई समेत
विरुद्ध
विपक्षी : मंगलु महत्त्व गन्गाई
मुद्दा : अंश
(१) जग्गाको दर्ता भोग गरेको भन्ने कुरा प्रतिवादी जिकिरबमोजिम नै समर्थित भएमा र वादीले बण्डा पाउने सबुद केही गुजार्न नसकेमा अंशको दावी पुग्न नसक्ने ।
नौचा १ आदावारी १ सोहल १ समेत मौजा ३ को ७० सालको मेठबन्दीमा पनि निज ठकनुको नाउँ देखिएको र अरुका नाउँबाट सरेर आएको पनि श्रेस्ताबाट नदेखिएको र जि.प.ले दाखेल गरेको ९८ सालको बिलेबन्दीमा पनि निज ठकनुकै नाउँ भएको भन्ने समेत मो.बि.मालले १४।८।१७ मा जवाफ दिएको देखिएको समेतबाट पहिले दुगु त्यसपछि कुढानु र त्यसपछि ठकनुका नाउँमा दर्ता सरेको भन्ने वादीको भनाइ समर्थित नभई ६५।६६ सालमा आई जग्गा आवाद गरी ७० सालमा ठकनुका नाउँमा जग्गा दर्ता भई भोग गरेको भन्ने प्रतिवादीहरूको जिकीर समर्थित हुन आएको छ ।
(प्रकरण नं. १२)
(२) ठकनुले दर्ता गरेको जग्गाको निज वादीले बण्डा पाउन सक्ने सबुद कुनै पनि गुजार्न नसकेको र ७० साल अघि दुगुका नाउँमा दर्ता रहेको प्रमाण केही भए सो समेत लिई छलफलमा उपस्थित हुनु भनी निज वादीलाई ०२३।३।२४।६ का आदेशानुसार सुनाई दिएको र ०२३।६।२८।६ का आदेसानुसार समय दिएकोमा समेत त्यस्तो केही सबुद वादीले ल्याउन नसकेकोले अंश पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन ।
(प्रकरण नं. १३)
निवेदक तर्फवाट : एडभोकेट श्री कृष्णप्रसाद घिमिरे
प्रतिवादी तर्फबाट : सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट श्री कृष्णप्रसाद पन्त
फैसला
१. बुढाबाजे दुर्गाको छोरा जेठा कुधानु माहिला लक्ष्मण कान्छा छगौरी र कुढानुको छोरा जेठा अन्यायीका केकुं धनाई मनाईका बाबु ठकनु माहिला ठकनु कान्छा लेदबु औ लक्ष्मणको छोरा ढीलाई छगौरीको छोरा मेरो बाबु लुहाई हुन । सगोलैमा बसी बुढा बाजे दुगुका आर्जनको निज मर्दा जेठाबाजे कुढानुका नाउँमा दर्ता सरेको मौजे कटहरी मौजाको अं. १७ विगहा जग्गा र हाँडा भाडासमेत सगोलैबाट भोगी आएको । बाजेहरू मरी जेठाबाजे कुढानुका नाउँमा दर्ता भएको जग्गा निजको छोरा ठकनुका नाउँमा दर्ता सरेको थियो । ठकनु लेदबु ढिलाई र मेरो बाबु लुहाई समेत मरेपछि करिब १० वर्ष जती भयो म ससुरालीमा गई बसी अन्यायवालाहरू सँग मानुसम्म छुट्टिएको । सम्पति सगोलैमा राखी आयस्ता फाँट लागी १२ सालतक खाई आएको । १३ साल देखि मेरो आयस्ता फाँट नदिई रोकेका र फाँट पाउँदैन भनी नदिएको, अंश पनि नदिएकोले अन्यायवालाहरूबाट फाँट लिई माहिला बाजे लक्ष्मणको अपुताली परेको । जेठा कुढानुका सन्तान अन्यायीहरू र कान्छाको सन्तान म भएकोले २ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत वादी ।
२. मैले अंश दिनु पर्ने होइन । केकुं धनाई मनाईले ३ भागको १ भाग अंश दिनु पर्ने हो भन्ने ठकनुको प्रतिवादी ।
३. जीजुबाजे दुगुका शेषपछि सयकडौं वर्ष अघि नै भिन्न भईसकेको हुँदा वादीलाई अंश दिनु पर्ने होइन । बाबा ठकनु काका लेदाई ठकनुहरू ६५।६६ सालमा मझारेमा आई केही जग्गा अबाद गरी ७० साल देखि आफ्ना नाउँमा कटहरी मौजे मौजामा केही जग्गा र कटहरी मौजे सोहलमा केही जग्गा औ आदाबारीमा केही जग्गा दर्ता गराई भोगी आउनु भएको । बाबा ठकनु ११ सालमा परलोक भए पछि हामीहरूले जग्गा भोगी आएको छौ भन्ने समेत केकं धनाई मनाईको प्रतिवादी ।
४. वादी प्रतिवादी ८ पुस्ता भईसकेको वादी प्रतिवादीकै लेखाईबाट देखिन आएको । प्रतिवादीको ६ जाना साक्षीले भिन्न भईसकेको हुँदा अंश दिनु नपर्ने भनी किटान साथ बकेका समेतबाट अघि नै भिन्न भईसकेको सिद्ध भएकोले अंश दिनुपर्ने ठहर्दैन भन्ने मो.बि अमिनीको ०१४।९।११।४ को फैसला ।
५. अघि नै अंश बण्डा भएको भए निस्सा प्रमाण दिन सक्नुपर्ने नसकेकाबाट समेत अंश नभएका प्रष्टै देखिएकै हुँदा शुरु ईन्साफमा चित्त बुझेन भन्ने वादीको अपील परेकोमा मुल पुर्खा दुगु भई निजको ३ छोरामा छगौरीको नाती वादी र कुढानुको नाती प्रतिवादी केकुं धनाई मनाई भएका र कुढानुको माइलो छोरा प्रतिवादी मध्ये ठकनु भएकोले ठकनु ३ पुस्ता र केकुं धनाई मनाई र यो वादी तीन पुस्ता भित्रका काका भतिजा देखिन आएको । यो साल मितिमा बण्डा भई वादीहरुको फाँटमा यो यति परेको भनी बण्डापत्र देखाउन प्रतिवादीले नसकेको अथवा बिदेशमा छुट्टिएको भए त्यसको पनि कुनै लिखत हुनु पर्ने सो भएको नदेखिएकोले अघि नै छुट्टि भिन्न भईसकको रहेछन् भन्न नहुने । वादी दाबी फरेब भए प्रतिवादी मध्येकै ठकनुले अंश दिनु पर्ने भनी प्रतिउत्तर दिनु नपर्ने । दुगु कुढानुको आर्जन होइन पछिको आर्जन भन्ने सबुद केही नदेखिएकाले दुगुका छोरा कुढानु लक्ष्मण छगौरी समेतको ३ भाग लाग्नेमा लक्ष्मण मरी निजको सन्तान नभएकाले २ भाग लाग्नेमा आधा वादीले र कुढानुको भाग आधामा आधा ठकनुले आधा ठकनुको छोरा केकुं धनाई मनाईले पाउने समेत ठहर्छ भन्ने मो.बि.अपीलको १५।१२।२७।६ को फैसला ।
६. छुट्टिसकेको अंशियारले आर्जन गरेको सम्पतिमा अरुको हक नलाग्ने समेत हुँदा अपीलको ईन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी केकुं धनाई मनाईको अपील ।
७. प्रतिवादी ठकनु अंश दिनमा मञ्जुरै भएको र अपीलबाट धनाइ भनाइ केकुंले अंश दिईसकेको पक्का प्रमाण दाखेल गर्न नसकेकाले ईन्साफ मो.बि.अपीलको मनासिव छ भन्ने सर्वोच्च अदालत पूर्व दौडाहा सिंगलबेञ्चको १५।९।२०।१ को फैसला ।
८. सो इन्साफमा चित्र बुझेन । दोहर्याई पाउँ भन्ने धनाई मनाईको निवेदन परेकोमा ०१५ साल चैत्र मसान्तपछि छिनिएको भए एकपटक डिभिजन बेञ्चबाट दोहोर्याई हेरी दिनु भने हुकुम बक्सेको छ भनी श्री ५ महाराजधिराजको सचिवालय ईमलिया बरबट्टा कन्चनपुर सवारी क्यापबाट ०१९।११।४।७ मा लेखी आएको र केकुं धनाई मनाईले चढाएको अर्को निवेदनको ब्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा एकपटक फुल बेञ्चबाट ईन्साफ जाँची ऐन सवालबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी बिभागबाट २०।२।२१।३ मा लेखी आएकोसमेत हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय भु.पु. प्रधान न्यायाधीशज्यूबाट ०२०।५।१९।४ मा आदेश भएको ।
९. प्र.कटहरी मौजे मौजाको अं.१७ बिगा चानचुन जग्गा बुढा बाजे दुगुका आर्जनको निज मर्दा जेठा बाजे कुढानुका नाउँमा दर्ता सरेको भन्ने वादी दाबी भएकोमा दर्ता बुझिंदा मौजे सोहल कालाबन्जारमा जग्गा विगाहा २।। । खरिद भई ९६ साल देखि ठकनुका नाउँमा दर्ता भएको भन्ने पटवारी विश्वलाल दासले रिपोर्ट दिएको र मौजे सोहलवामा कठ्ठा ३ मौजे आदाबारीमा कठ्ठा ४४ मौचे नौचामा विगाहा १०।।३।।२ समेत ७० सालमा ठकनुका नाउँमा दर्ता देखिएको । अरुका नाउँबाट सरेर आएको श्रेस्ताबाट नदेखिएको भन्ने मो.वि.मालबाट जवाफ आएको समेत भई त्यसबाट वादीको उपरोक्त लेखाई समर्थित हुन सकेको देखिएन । वादी लेख दाबीबमोजिम जग्गा ७ साल अघि दुगुका नाउँमा दर्ता रहेको प्रमाण केही भए सो समेत लिई छलफल गर्ना निमित्त उपस्थित हुनु भनी वादीको वारेसलाई सुनाइ यथोचित समयको अर्को पेशीको तारेख तोकी सो तारेखमा पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०२३।३।२४।६ को आदेश ।
१०. यसमा प्रतिवादी निवेदन धनाई समेतको वा.सन्तलाल श्रेष्ठ, प्र.ठकनुको मुद्दा सकार गर्ने सदी गंगाईको वा.कृष्णकुमार, र विपक्षीको वादीको वा.रामबहादुर समेतलाई रोहवरमा राखी गत आश्विन १४ गते पेश भई निवेदक तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट श्री कृष्णप्रसाद घिमिरे र प्रतिवादी ठकनुको सकार गर्ने सदी गन्गाई तर्फबाट विद्वान सिनियर एडभोकेट श्री कृष्णप्रसाद भण्डारी र वादी तर्फबाट विद्वान एडभोकेट श्री कृष्णप्रसाद पन्तहरूले गर्नु भएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादीले प्रतिवादीबाट अंश पाउने हो होइन ? भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आएको छ ।
११. बुढाबाजे दुगुका आर्जनको निज मर्दा जेठाबाजे कुढानुका नाउँमा र पछि निजका छोरा ठकनुका नाउँमा दर्ता सरेको कटहरी नोचाको अ.१७ विगाहा जति र हाँडा भाडा समेत सगोलैबाट भोगेकोमा अंश नदिएकोले दिलाई पाउँ भन्ने समेत वादीको मुख्य जिकीर भएकोमा बाबा ठकनुको जेठो छोरा म केकुं माईला म धनाई कान्छा मनाई र बाजे छगौरीका छोरा लुहाईका छोरा वादी मंगलु भएकोले ठकनु हाम्रो काका र वादी मंगलु ४ पुस्ताका दाजु नाता पर्छ जीजुबाजे दुगु र बाजे कुढनु छगौरी लक्ष्मण समेत सबै भारत जिल्ला मुनिया थाना दुआडी मौजे सिकटियामा बस्नु भएको रहेछ । जीजुबाजे दुगुका शेषपछि साल मितिको थाहा छैन सयकडौं वर्ष अघि नै ३ दाजु भाइ भिन्न भिन्न बसी आएकोमा उहाँहरूको शेषपछि बाजे छगौरीको छोरा लुहाई सिकटियामै बस्नु भएछ । हाम्रा बाबा ठकनु र लेदाईहरू बाजे कुढानुका शेषपछि साल मिति सम्झना छैन ५० वर्ष भयो होला भिन्दा भिन्नै बसी जग्गा जमिन नभएबाट बाबा ठकनु काका ठकनु लेदाईहरू ६५।६६ सालमा बिदेशबाट मझ्यौरामा आई केही जग्गा अबाद गरी ७० सालमा आफ्नो नाउँमा केही जग्गा नोचामा र केही जग्गा आदारबारीमा दर्ता गराई भोगी आउनु भएको बाबा ठकनु ११ सालमा परलोक भएपछि जग्गा हामीले भोगेका छौ । अं.३० वर्ष भयो होला वादी आई अर्कोको भैंसी चराई बसेको र हाल ससुरालीको घरमा घरज्वाई बसेको छ अंश दिनुपर्ने होइन भन्ने प्र.केकुं धनाई मनाई समेतको भनाइ रहेछ ।
१२ मो.बि.मालबाट आएको ७० सालको मोठ उतारबाट प्र.कटहरी मौजे सोहल ४८ नं.का रैती ठकनु महत्त्वका नाउँका भन्ने जनिई जग्गा विगाहा ।३।। उ कटहरी मौजे आदाबारी ३४ नं.को रैती ठकनु महत्त्वका नाउँको भन्ने जनिई जग्गा विगाहा ।।१ प्र.कटहरी मौजा नौचाको भन्ने जनिई जग्गा विगाहा १०।।३।२ दर्ता भएको देखियो । नौचा १ आदाबारी १ सोहल १ समेत मौजा ३ को ७० सालको मेठ बन्दिमा पनि ठकनुको नाउँ देखिएको र अरुका नाउँबाट सरेर आएको पनि श्रेस्ताबाट नदेखिएको र जि.प्र.ले दाखेल गरेको ९८ सालको बिलेबन्दीमा पनि निज ठकनुकै नाउँ भएको भन्ने समेत मो.वि.मालले १४।८।१७ मा जवाफ दिएको देखिएको समेतबाट पहिले दुगु त्यसपछि कुठानु र त्यसपछि ठकनुका नाउँमा दर्ता सरेको भन्ने वादीको भनाइ समर्थित नभई ६५।६६ सालमा आई जग्गा आवाद गरी ७० सालमा ठकनुका नाउँमा जग्गा दर्ता भई भोग गरेको भन्ने प्रतिवादीहरूको जिकीर समर्थित हुन आएको छ ।
१३. प्रतिवादीका साक्षी ६ जनाले वादी प्रतिवादी छुट्टि भिन्न भईसकेका हुन । अंश दिनु पर्ने होइन । किटानी साथ बकी दिएका देखिएको र घरज्वाई बसेको भन्ने कुरामा वादी स्वयं सावित देखिएको । ठकनुले दर्ता गरेको जग्गाको निज वादीले बण्डा पाउन सक्ने सबुद कुनै पनि गुजार्न नसकेको र ७० साल अघि दुगुका नाउँमा दर्ता रहेको प्रमाण केहि भए सो समेत लिई छलफलमा उपस्थित हुनु भनी निज वादीलाई ०२३।३।२४।६ का आदेश अनुसार सुनाई दिएको र ०२३।६।२८।६ का आदेशानुसार समय दिएकोमा समेत त्यस्तो केहि सबुद वादीले ल्याउन नसकेकाले अंश पाउँ भन्ने वादीको दावी पुग्न सक्तैन ।
१४ तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट वादीको दावी नपुग्ने ठहराई ०१४।९।११।४ मा मोरङ बिराटनगर अमिनीबाट भएको इन्साफ मनासिव छ । वादीले अंश पाउने ठहराएको मो.बि.अपील र डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु ।
तपसील
मोरङ बिराटनगर अपीलका ०१४।–१२।२७।४ का फैसला र ०१५।१।१२ का लगतबमोजिम देहायका प्रतिवादीलाई गर्ने गरेको जनही दण्ड रु.५।–पाँच रूपैयाँ नलाग्ने हुनाले बाँकी भए लगत काटी दिनु असुल भएको भए फिर्ता दिन भनी मोरङ जिल्ला अदालतमा लेखी पठाउनका श्रे.अ.त.मा लगत दिनु …………….१
केकु महत्त्व गन्गाई –१, धनाई गन्गाई –१, मनाइ गन्गाई १
मो.वि.अमिनीका ०१४।९।११।४ का फैसलाले लिने गरेको देहायबमोजिम नलाग्ने हुँदा फिर्ता लगत कट्टा गरी दिनु भन्ने समेत ०१४।१२।२७।४ को मो.वि.अपील को फैसलाबमोजिम १५।१।१२ मा लगत दिएको देखिनाले सोबमोजिम गर्नु पर्दैन मो.वि.अमिनीका ०१४।९।१२।४ का फैसलाबमोजिम लगत कायम राखी असुल भईसकेको कलम फिर्ता भईसकेको भए पनि पुनः कानूनबमोजिम असुल गर्नु भनी मोरङ जि.अ.मा लेखी पठाउन का श्रे.अ.त.मा लगत दिनु ……………..२
वादी मगलु गंगाईलाई गर्ने गरेको दण्ड भा.रु.१० को ने.रु.१२।८८ को कलम १, वादीका देहायका साक्षीहरूलाई जनही भा.रु.१ दरले गर्ने गरेको कलम १, प्र.वरियाती मौजे वरियाती बस्ने कुुसुमलाल गन्गाई रु.१, प्र.कटहरी मौजे म झोरा बस्ने धमेश्वर गन्गाई रु.१, प्र.वरियाती मौजे वरियातीको कुस्माहा बस्ने धनीलाल गन्गाई के रु.१
उक्त मो.वि.अपीलका १४।१२।२७ का फैसला र ०१५।१।१२ का लगतले झुठ्ठा वके वापत भनी प्रतिवादीका साक्षी देहायका मानिसलाई गर्ने गरेको जनही भा.रु.१ एक जरिवाना नलाग्ने हुँदा असुल भईसके जति फिर्ता बाँकीको लगत काटी दिनु भनी ऐ.ऐ…………….३
प्र.कटहरी मौजे पसादेव बस्ने मनिदास गोप १, ऐ.मधुरा बस्ने देवम गन्गाई १, ऐ.ऐ.बस्ने अधिकलाल केवट १, ऐ.पकरी बस्ने मुगाई केवरथ १
इन्साफ उल्टीमा देहायका मानिसहरूको रेकर्ड राख्ने गरेको मो.वि.अपीलको फैसला उल्टी भएकोले सो रेकर्ड राख्नु पर्दैन भनी हालको कोशी अञ्चल अदालतमा लेखी पठाई दिनु …………………….४
हाकिम सुब्बा चन्द्र जं थापा (हाल जि.न्या.) १ वि.निल पाक्रम सिंह मो.वि.अपीलको सुब्बा शेरमान गुभाजु हाल वहाल नभएकोले केहि गर्न पर्दैन ………………..५
प्रतिवादी केकु गन्गाई १, धनाई १, लनाई गन्गाई १ समेत जना ३ के डिभिजन बेञ्चको ०१५।९।२०।१ को फैसला जलेश्वर अमिनी तह सिलको ०१५।१।२२।१ को लगतबमोजिम भा.रु.१।। का दरले गर्ने गरेको दण्ड नलाग्ने हुँदा दण्ड ०१५।१।२६ मा मो.वि.अपीलमा धरौट राखेको सदर स्याहा भईसकेको भए पनि कानूनबमोजिम फिर्ता दिनु भनी कोशी अञ्चल अदालतमा लेखी पठाउन का श्रे.अ.त.मा लगत दिनु ……..६
मो.वि.ई.अ.को ०१९।११।२।५ को पर्चाबमोजिम वादीलाई बण्डा छुट्टयाई दिई वादीसँग दशौंद रु.१७२।८७ लिने गरेको सो कायम हुने हुँदा उक्त रु.१७२।८७ वादी मगलु गंगाईलाई फिर्ता दिनु भनी मोरङ जि.अ.मा लेखी पठाउन ऐ……………………..७
मो.वि.ई.अ.का ०१९।११।२ को पर्चाबमोजिम वादीको भागमा छुट्टयाई दिएको जग्गा वादीका नाउँमा दर्ता दाखेल खारेज भईसकेको भए सो कट्टा गरी दिनु भनी जिमदार पटवारीलाई पुर्जि गरिदिनु भनी मोरङ जि.अ.मा लेखी पठाउन ऐ …………………….८
निवेदक प्रतिवादी केकुं मनाइ धनाई जना ३ निजहरू तर्फबाट रहेको विद्वान एडभोकेटको सर्वोच्च अदालत नियम २४ बमोजिम पाउने वकिल फि.रु.२०। बिस रूपैया वादी मंगल गंगाईबाट भराई पाउँ भनी कोर्टफि ऐन, २०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केहि नलिई भराई दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ……………………..९
नियमबमोजिम मिसिल बुझाई दिनु …………………. १०
इति सम्