October 11, 1966
Created by nepalarchives

निर्णय नं. ३३६ – लिखत पास

निर्णय नं. ३३६                  ने.का.प. २०२३ प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री कालीप्रसाद उपाध्याय सम्वत् २०२२ सालको दे.फु.नं. १५१ निवेदक      :...

निर्णय नं. ३३६                  ने.का.प. २०२३

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

सम्वत् २०२२ सालको दे.फु.नं. १५१

निवेदक      : पद्मनारायण तामाङ

विरुद्ध

विपक्षी : जगतप्रसाद मैनाली

मुद्दा : लिखत पास

(१)   तत्काल प्रचलित अदालती बन्दोबस्तको ६३ नं.दरपिट गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने मिसिलबाट गुज्रेको म्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद थामिन सक्ने अवस्थाको देखिएमा हदम्याद नाघी दर्ता भएको भनी खारेज हुन नसकी इन्साफ गर्नुपर्ने ।

            तत्काल प्रचलित अ.बं.६३ नं.का ऐनबमोजिम दरपीठ गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने नगरी अदालतले त्रुटी गरेको र उपरोक्त मिसिलबाट गुजे्रको हदम्याद थामिन सक्ने अवस्था देखिएकाले हदम्याद नाघी दर्ता भएको भनी फिराद खारेज हुन नसकी ईन्साफ गर्नुपर्छ ।

(प्रकरण नं. १०)

(२)   खारेजी ऐनको रीत नपुगेको भनी भएमा जिकीर सबुदबाट हुनजाने निस्कर्षमा पुगेको नदेखिए सबुद बुझ्ने काम हुनुपर्ने । गैरकानूनी गरे वापतको प्रतिकृया नदेखिएमा अपील तहमा जिकीर गर्न सकिने कुरा लोप हुन जाने अ.बं.६१ नं.मा भएको व्यवस्थाबाट तल्लो अदालतलमा इन्साफ गर्न मिसिल फर्कि जाने देखिने ।

(प्रकरण नं. १०)

            दर्ता गर्दा ऐनको रीत नपुगेको भनी खारेज भएकोले कारवाईको प्रसङ्गबाट हुन गएको खारेजीलाई अमान्य गरे पनि जिकीर सबुदबाट हुन जाने निष्कर्षमा यो मुद्दा पुर्‍याइएको देखिएन । सबुद बुझ्ने काम पनि हुनैपर्छ । गैरकानूनी गरेको वापतमा हुन जाने प्रतिकृयाहरू केहि नभएकोले तत्सम्बन्धी अपील तहमा जिकीर गर्न सकिने कुराहरू पनि लोप हुन जान्छ । उसमा पनि अ.बं.६१ नं.का ऐनमा खारेज भई मिसिल फर्केकोमा गर्ने व्यवस्था भएकोबाट तल्ला अदालतमा इन्साफ गर्न निमित्त माथिल्ला तहबाट मिसिल जाँदो रहेछ भनी देखिएकै छ । तसर्थ, डिभिजन बेञ्चका फैसलाबमोजिम किनारा गर्न निमित्त मिसिल जिल्ला अदालतमा पठाईएको मुनासिवै छ ।

(प्रकरण नं. १०)

(३)   मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न नमिल्ने । तत्कालको अ.बं.१७२ हालको अ.बं.१३३ नं.बमोजिम मनासिव माफिकको कागज गराउन सकिने ।

            कारणबस दर्ता भईसकेको फिरादपत्रमा दरपिठगरी फिर्ता गर्दा आउने जवाफ लिनु परेको छ भने तत्काल प्रचलित अ.बं.१७२ नं.को अ.बं.१६३ नं.को प्रयोग हुन सक्छ । मनासिव माफिकको कागज गराउन सकिन्छ । मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न हुँदैन ।

(प्रकरण नं. ११)

निवेदक तर्फबाट : प्लीडर श्री दोजराज

फैसला

            १.     अन्यायवालाले मेरो बाबुबाट मोरु ९०८।५० कर्जा लिई लिखतमा लेखिएको ४ किल्ला भित्रको जग्गा राजिनामा गरी दिएको पास गरी नदिएको हुनाले निजलाई सजाय गरी पास गराई पाउन भन्ने समेत ०१६।३।३।४ को जगतप्रसाद मैनालीको फिरादपत्र । वादीबाट मो.रु.९०८।५० लिनु खानु गरी लिखत गरी दिएको होइन । भए मौकामै पास गराउनु सक्नु पर्ने म्याद नाघेपछि फिराद दर्ता भएकोले ईन्साफ नभई खारेज हुनु पर्ने भन्ने समेत ०१७।३।४।६ को पद्यनारायण तामाङको प्रतिउत्तरपत्र ।

            २.    रजिष्ट्रेशनका ११ नं.का ऐनको म्याद ६ महिना नाघेको ३५ दिन भित्र फिराद दर्ता भएको नदेखिनाले खारेज हुने ठहर्छ भन्ने समेत ०१७।४।२७।५ को का.प.ई.अ.को फैसला ।

            ३.    म्याद नाघेको भनी दरपिठ गरी दिएको भए बाबु मरी ०१६।२।२० मा कृया बस्नु परेको ब्यहोरा जनाई उजुर गर्ने थियो खारेज गरेकोमा चित्त बुझेन भन्ने समेत ०१७।८।२६।१ को जगतप्रसादको अपीलपत्र ।

            ४.    ३५ दिन भित्र नालेस दिनु पर्नेमा ३७ दिनको दिनमा नालेस परेकाले शुरुले खारेज गरेको मनासिव छ । नालेस दिएकै अवस्था दरपिठ गरी दिएको भए अ.बं.८४ नं.को थाम्ने म्याद बाँकी नै देखिएकोमै अड्डाको गल्तीले झगडीयाको म्याद जान नसक्ने हुँदा २ दिन कटाई आजका मितिले ३३ दिन भित्र नालेस दिनेबारे म्याद थामी माग्न निवेदन दिएमा कानूनबमोजिम हुने भनी अपीलाटलाई सुनाई दिने भन्ने समेत ०१९।६।१।२ को तत्कालीन काठमाडौं जिल्ला अदालत पहिलाको फैसला । अ.बं.६३ नं.को ख्याल विचार नराखी दोहोरो कारवाही चलाउने फैसला हुँदा चित्त बुझेन । यसैबाट ईन्साफ गरी पाउँ भन्ने समेत ०१९।७।२।५ को जगतप्रसादको अपीलपत्र ।

            ५.    एकपटक मुद्दा चली सकेपछि पुनः नालेस गर्न पाउने गरी फैसला भएकोमा चित्त बुझेन भन्ने समेत ०१९।७।५।१ को पद्मनारायणको अपीलपत्र ।

            ६.    यसमा २ दिन हदम्याद नघाई ल्याएको फिरादपत्र ०१६।३।३ मा दर्ता गरी ०१७।४।२७ मा मात्र नालेस परेकोले खारेज हुने भनी ई.अ.ले.खारेजी फैसला गरेको देखियो ।

            ७.    म्याद नघाई ल्याएको फिरादपत्रमा अ.बं.६३ नं.बमोजिम फिरादपत्र पर्नासाथ दरपीठ गरी दिनु पर्ने । सो रीत नपुर्‍याई मनासिव माफिकको कारण नभएको भनी हदम्याद नाघेकोले नालेस नलाग्ने भनी ठहर गरी दिएको भए वादीले अ.बं.८४ नं.का समेत ऐनबमोजिम हदम्याद थमाउन पाउने थियो । उक्त ऐनबमोजिम नगर्नु ई.अ.का.प.को गल्ती देखिएको र मिसिलबाट सो ६३ नं.को रीत नपुर्‍याएको देखिएकोले सोबमोजिम रीतपुर्‍याउन लाउनु पर्नेमा सो नगरी खारेज गरेको सदर गर्नु जि.अ.को गल्ती देखिएकोले उक्त दुबै अदालतले कानूनको रीत नपुर्‍याराई गरेको खारेजी फैसला बदर गरिएको छ । उक्त मिसिल सामेल रहेको ०१६।३।३ को फिरादपत्रमा साविक अ.बं.६३ नं.र हालको अ.बं.३९ नं.को रीत पुर्‍याई कानूनबमोजिम किनारा गरी दिनु भनी वादीलाई तारेख तोकी यो मिसिल ई.अ.का.प.अदालतमा पठाई दिनु । प्रतिवादीलाई चाहिएका बखत झिकाउने हुँदा तारेख टुटाई दिनु भन्ने समेत ०२०।२।४ को डिभिजन बेञ्च को फैसला ।

            ८.    उक्त ईन्साफमा चित्त बुझेन । दोहोर्‍याई पाउँ भनी पद्मनारायण तामाङले ०२१।४।८।५ मा श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तीपत्रमा वादी जगतप्रसाद मैनालीका प.ई.कोटति माल मध्येका नपुरसँगको रु.१००१।को र रु.९०८।५० को लिखत पास मुद्दा २ (दुई) सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०२०।६।२।४ मा भएको फैसलाहरू दोहोर्‍याई पाउँ भन्ने ऐ कोर्टति माल मध्ये पोखरी गाउँ बस्ने प्रतिवादी पद्मनारायण तामाङको बिन्तीपत्र पर्न आएकोमा न्यायीक समितिबाट यसमा उल्लिखित २ (दुई) मुद्दा मध्ये रु.००१।को ०१५।७।२९ को राजिनामा पास गरी पाउँ भन्ने मुद्दातर्फ सर्वोच्च अदालतको फैसलामा ०१६।३।३ को फिरादपत्रमा साविक अ.बं.६३ नं.र हालको अ.बं.३९ नं.को रीत पुर्‍याई कानूनबमोजिम किनारा गरी दिनु भन्ने लेखिएको सोबमोजिम गर्दा फिरादपत्र दरपिठ गरी फिर्ता दिनु पर्ने हुन आउँछ । त्यसरी फिर्ता दिँदा सो ऐनको बिपरीत हुन जाने देखिन्छ । सो अ.बं.६३ नं.ऐन यस प्रकार छ । ऐ.ऐ.मा हद लेखिएकोमा सो हद भित्र नालेस दिए हेर्नु सो हद नाघे पछि अड्डामा ल्याएकोमा भए हद नाघेको हुनाले तेरो नालिस लाग्दैन । सो हद भित्र दिन नपाएको ऐनबमोजिमको कारण भए प्रमाण समेत पुर्‍याई आजको १५ दिन भित्र ल्याउनु भनी पिठमा लेखी छाप लगाई यसकारणले फिर्ता बुझी लिएको भनी बुझी लिनेको भरपाई गराई फिर्ता दिनु । सो १५ दिन भित्र नल्याए उजुर नसुन्नु । हद भित्र नालेस दिन नपाएको कारण लेखी सो १५ दिन भित्र ल्यायो र बुझ्दा ऐनबमोजिमको कारण ठहरे दर्ता हुने भनी पर्चा खडा गरी राखी पहिले कारणको सबुद बुझी ठहर्‍यो भने नालिस दरी हेर्नु । ऐनबमोजिमको कारण रहेनछ भने तेरो उजुर लाग्दैन भनी पिठमा लेखी सहिछाप गरी भरपाई गराई दिई सो भरपाईहरू ऐनबमोजिम गरी राख्नु । सो ऐनका उल्लिखित कुराबाट दर्ता नहुदै फिर्ता दिने कुरा हो । यसरी दर्ता भई प्रतिवादी परी मिसिल खडा भईसकेको अवस्थाको फिरादपत्र मिसिलबाट झिकी हद नाघेकोले लाग्दैन । हद भित्र दिन नपाएको ऐनबमोजिमको कारण भए प्रमाण पुर्‍याई आजका १५ दिन भित्र ल्याउनु भनी फिर्ताको कारवाही गर्नु मिल्ने देखिंदैन । मिसिलबाट ठहरेबमोजिम सर्वोच्च अदालतबाटै किनारा गर्नुपर्ने देखिन्छ । त्यसकारण साविक अ.बं.६३ नं.र हाल को अ.बं.३९ नं.को रीत पुर्‍याई कानूनबमोजिम गर्नु भनी शुरु अदालतमा पठाउने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन ।

            ९.    निवेदक पद्मनारायण र विपक्षी वादी जगतप्रसादलाई रोहवरमा राखी पेश गर्न ल्याएकोमा गत आश्विन ४ गते पेश भई निवेदक पद्मनारायण तर्फका वकिल प्लीडर श्री दोजराजले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकि पेश हुन आएकोमा प्रतिवादी पद्मनारायणले गरेको १५।७।२९।६ को लिखत पास गरी पाउँ भनी ०१५।३।२।४ मा का.प.अदालतमा जगतप्रसादले फिराद दर्ता गरेकोमा २ दिन म्याद नाघी दर्ता भएकोमा फिरादबाट ईन्साफ गर्न नमिल्ने भनी ईलाका तथा जिल्ला अदालतबाट ठहर गरेकोमा ईन्साफ गर्नु निमित्त शुरु अदालतमा पठाउन पर्ने ठहराई डिभिजन बेञ्चबाट फैसला भएको रहेछ । त्यसकारणले नालेस गर्ने हदम्याद गुज्रेको थमाउने म्याद भित्रै फिरादपत्र दर्ता गरेकोमा ईन्साफ हुने भएमा तल्लो अदालतमा पठाउनु हुन्छ हुँदैन भनी प्रस्तुत मुद्दामा निर्णय गर्नु परेको छ ।

            १०.    आषाढ २० गते बाबु मरेको हुनाले म्याद नाघ्न गएको हो भन्ने वादी तर्फबाट लेखाई र बहस भएको र सुजैकान्तसँगको लिखत पास मुद्दामा आषाढ २० गते देवीप्रसाद मरेको भनी सर्वोच्च अदालतको तारेखमा हकदारले साकार गर्ने मुद्दा चलाएको भनी देखाईएको छ । तत्काल प्रचलित अ.बं ६३ नं.का ऐनबमोजिम दरपिठ गरी हद नाघी ल्याएको फिराद फिर्ता गर्नुपर्ने नगरी अदालतले त्रुटी गरेको र उपरोक्त मिसिलबाट गुज्रेको हदम्याद थामीन सक्ने अवस्था देखिएकाले हदम्याद नाघी दर्ता भएको भनी फिराद खारेज हुन नसकी ईन्साफ गर्नुपर्छ । त्यस निमित्त सर्वोच्च अदालतबाटै शुरु फैसला गर्दा बाधा उपस्थित हुन्छ । वादी प्रतिवादीको दावी जिकीर बुझी पहिले छिनी सकेको भन्ने समेतका कारणले यो मुद्दा खारेज गरेको छन । दर्ता गर्दा ऐनको रीत नपुगेको भनी खारेज भएकोले कारवाहीको प्रसंगबाट हुन गएको खारेजीलाई अमान्य गरे भनी जिकीर सबुदबाट हुन जाने निष्कर्षमा यो मुद्दा पुर्‍याईएको देखिएन । सबुद बुझ्ने काम पनि हुनै पर्छ । गैरकानूनी गरेको वापतमा हुन जाने प्रतिकृयाहरू केही नभएकोले तत्सम्बन्धी अपील तहमा जिकीर गर्न सकिने कुराहरू पनि लोप हुन जान्छ । उसमा पनि अ.बं.६१ नं.का ऐनमा खारेज भई मिसिल फर्केकोमा गर्ने व्यवस्था भएकोबाट तल्ला अदालतमा ईन्साफ गर्न निमित्त माथिल्ला तहमा मिसिल जाँदो रहेछ भनी देखिएकै छ । तसर्थ, डिभिजन बेञ्चका फैसलाबमोजिम किनारा गर्न निमित्त मिसिल जिल्ला अदालतमा पठाइएको मुनासिवै छ।

            ११.    अ.बं.६३ प्रयोग गरी फिरादपत्र दरपिठ गर्ने समय दाखिल गर्न ल्याउँदाका अवस्थामा हो । यदि कारणबस दर्ता भईसकेको फिरादपत्रमा दरपिठ गरी फिर्ता गर्दा आउने जवाफ लिनु परेको छ भने तत्काल प्रचलित अ.बं १७२ हालको अबं १३३ नं.को प्रयोग हुन सक्छ । मनासिव माफिकको कागज गराउन सकिन्छ । मिसिलबाट फिरादपत्र थुतेर फिर्ता गर्न हुँदैन ।

            १२.   प्रस्तुत मुद्दामा २०।६।२।४ का डिभिजन बेञ्चका फैसलाबमोजिम मिसिल जिल्ला अदालतमा गएपछि फिरादपत्रलाई नै दरपिट गरी फिर्ता गरेकोमा फेरि फिरादपत्र पर्न आई २१।७।१७ मै अर्को फैसला भैसकेको देखिएकोले अब फेरी नालिस गर्ने हदम्याद भित्रै फिरादपत्र दायर गर्न नसकेकोले अरु म्याद थप पाउने व्यहोरा के छ भनी सोधनी गरी कारवाही गरे पनि वादीले जो लेख्नु भन्नु पर्ने कुरा लेखी फिराद दायर गरी सकेकोमा थप अर्को बेहोरा लेखाउन प्रयोजन देखिएन । तसर्थ, नयाँ फिरादपत्र दर्ता गरेकोबाट ऐनबमोजिम कारवाही किनारा हुन सक्छ।

            १३.   यिनै पक्ष विपक्ष १००१। को लिखत पास मुद्दा आजैका मितिमा फैसला भएको छ।

            कोर्टफी रही दर्ता भएको देखिनाले दोहर्‍यायमा निवेदक प्रतिवादीलाई केही गर्नु परेन । नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

इति सम्वत् २०२३ साल आश्विन २५ गते रोज ३ शुभम् ।