May 18, 1966
Created by nepalarchives

निर्णय नं. ३३२ – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ३३२                 ने.का.प. २०२३ डिभिजन बेञ्च न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत २०२२ सालको रीट नम्वर ९५ निवेदक      : लखपति तिउराइनी विरुद्ध...

निर्णय नं. ३३२                 ने.का.प. २०२३

डिभिजन बेञ्च

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री सुरेन्द्रबहादुर बस्नेत

२०२२ सालको रीट नम्वर ९५

निवेदक      : लखपति तिउराइनी

विरुद्ध

विपक्षी : रूपन्देही उखडा ट्राइवुनल अफिस समेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   मुद्दा पर्दा पर्दैको अवस्था गरेको वा गर्न आँटेको भन्ने निवेदन नभएका उत्प्रेषणको आदेश जारी गर्न नमिल्ने खारेज हुने ।

            रुपन्देही अदालतमा मुद्दा दायर रहेकै बखतमा उखडा अधिकारीले किसान किसानका बीचमा जोताहा सम्बन्धित हक बेहकको मुद्दा पर्दा पर्दै दर्ता गरेको वा गर्न आँटेको भन्ने उखडा अधिकारी उपरमा यो निवदेनपत्र पर्न आएको नहुँदा निवेदननपत्र खारेज हुने ठहर्छ ।

(प्रकरण नं. ७)

निवदेनक तर्फबाट : वकिल इच्छाहर्ष बज्राचार्य

आदेश

            १.     रोगाईबाट १ विगाहाको १२ का दरले तिनैगरी सासु जिताहाले नै कमाई १८ सालको नापिमा समेत सासुकै नाउँमा सुरक्षित किसानमा दर्ता भएको सासु परलोक भएपछि सासुको मैले काजक्रिया गरी धनमाल सबै बुझी ताल्चा मारेकीमा विपक्ष अवधराजीले ताल्चा खोली बसेकीले विपक्ष उपर अपुताली र जग्गा खिचोलमा २१ साल माघ १६ गते परासी इलाका अदालतमा नालेस गरेकी छु । मैले फाराम दाखिल गर्न जाँदा विपक्षहरुले आई फाराम भरी सकेकोले तपाईसँग लिनु भएन भने अ.बं.८९ नं.ले पहिले परेको मुद्दा किनारा नगरी अर्को मुद्दा सरहको मेरो हकको जग्गालाई विपक्षीलहरुले फाराम भरी दाखिल गर्न नहुने सोही ८९ नं.ले पछि परेको वातिल गरी लिनु वा उखडा नियमावली दफा १० बमोजिम फारामको दर्ताको कारवाई नगर्नु भनी रोक्का गर्नुपर्ने गरी दिएनन । म्याद भित्रै तुरुन्तै उखडा अधिकारी ११ नं.छिपागढ अफिसमा उजुर दिए मलाई तारेखमा राखी विपक्षी टाइबुनल अपिसमा पठाई दिए । त्यहाँबाट पनि रुपन्देही जिल्ला अदालतमा सारिएको दायरै छ । मेरो म्याद भित्र परेको उजुरीलाई म्यादभित्र परेको छैन भनी गैरकानूनी तरिकाबाट अपिलको म्याद समेत नलाग्ने गरी ०२२।६।६ मा रुपन्देही उखडा टाइबुलनबाट खारेज गरी दिएको छ । नेपाल संविधान धारा १५ र ७१ अनुसार सर्वोच्च अदालतमा निवेदन गर्न आएकी छु । निवेदिकाको सम्पत्ति कानूनी अधिकार बेगर अपहरण नहुने गरी उत्प्रेषण या आज्ञा वा आदेश जुन उपयुक्त हुन्छ।, जारी गरी उक्त विपक्ष ट्राईबुनलको २२।६।६ को पर्चा बदर गरी यो निवेदन किनारा नभएसम्म उखडा ऐन ४ दफा बमोजिम क्षतीपूर्तिको कारवाई स्थगित राखी पाउँ भन्ने लखपति तिउराइनीको निवेदनपत्र रहेछ ।

            २.    यो जग्गा र अपुतालीमा समेत ई.अ.परसीमा विपक्षी मध्ये अवधराजी तिउराइनी उपर नालिस दिएको मुद्दा ट्राईबुनलमा सारीयो र सो ट्राईबुनलबाट हाल जि.अ.रुपन्देहीमा सारिएको छ भन्ने समेत निवदेनमा उल्लेख भएको हुनाले लेखिएबमोजिमको मुद्दा दायर भएको छ, छैन वादी प्रतिवादीको रीतपूर्वकको नक्कल साथै राखी किन ट्राईबुनलबाट जि.अ.रुपन्देहीमा सारिएको हो ? त्यसको प्रष्ट जावाफ पठाई दिनु भनी रुपन्देही जि.अ.मा लेखी पठाई सो प्राप्त भएपछि पेश गर्नु भन्ने ०२२।९।१९ मा डिभिजन बेञ्चको आदेश ।

            ३.    लेखी आएको नक्कल सारी यसैसाथ पठाई अनुरोध गरेको छु । उखडाबाट किन प्राप्त भयो ? भन्ने बारेमा अपुताली मुद्दा हुँदा तेरो मेरो पर्न आएकोले अदालदतबाट कारवाई गर्न नपर्ने भनी आदेशसाथ प्राप्त हुनआएको भन्ने रु.जि.अ.बाट जवाफ प्राप्त भएको रहेछ ।

            ४.    रु.जि.अ.का उपर्युक्त जवाफ साथ निम्नलिखित कागज नक्कल दाखिल भएको रहेछ :

(१)    लखपति तिउराइनीले अवधराजी तिउराइनी समेत उपर जग्गाको खिचोला मेटाई अपुताली मेरो हक सदर थामिपाउँ भनी इ.अ.परासीमा दिएको फिराद नक्कल ।

(२)   अवधराजी तिउराइनीको समेतको प्रतिउत्तर नक्कल ।

            ५.    निवेदिका लखपति तिउराइनीको पक्षबाट रहनु भएको विद्वान वकिल इच्छाहर्ष बज्राचार्यले बहस गर्नु भएको ।

            ६.    यसमा रोगाईबाट सासुले कमोत गर्न लिनु भएको जग्गा उहाँ ०२१।४।३१ मा कालगतिले परालोक हुनु भएबाट मेरो हक हुन अएकोलाई विपक्षले अवधराजी र जोगी न्यावारीले बकसपत्रबाट हाम्रो हक हुन आएको भनी खिचोला गरे । उक्त खिचोला मेटाई अपुतालीको २ नं.बमोजिम मरो हक सदर गरीपाउँ भन्ने लखपति तिउराइनीको फिरादपत्र इ.अ.परासीमा दर्ता भई अपुताली मुद्दा हुँदा तेरो मेरो पर्न आएकोले अदालतबाट कारवाई गर्नुपर्ने भनी आदेश साथ प्राप्त हुन आएको भन्ने जि.रुपन्देही जिल्ला अदालतमा दायर हुन गएको भन्ने कुरा रु.जि.अ.को जवाफ र लखपतिको वादी नक्कल समेतबाट देखिन आएकोले किसानको हक सम्बन्धि मुद्दा रुपन्देही जिल्ला अदालतमा दायर रहेछ । उखडासम्बन्धी नियमा १० अन्तर्गत दर्ता हुन नपर्ने भन्ने निवेदिकाको निवेदनपत्रमा लेखिएको जिकीरलाई अवधराजी तिउराइनी तुमुल्ल मुसलमाननी समेत २ जनाले दाखिल गरेको फाराम विवरणको जग्गा मेरो हकको भन्ने लखपति तिउराइनीको उजुर परी आएको देखिँदा तिउराइनीलाई म्याद दिई निज हाजिर भएकीले बयान दिंदा जग्गा उखडा हो । सासु मरी मेरो हक हुन आएको । डोरमा मैले फाराम दाखिल गरेकी छैन भन्ने बयान दिएकी । उखडा जग्गामा हक हुने व्यक्तिले उखडा ऐन, २०२१ को दफा ५ को उपदफा १ अनुसार विवरण फाराम दाखिल गर्नुपर्ने सो अनुसार लखपतिले फाराम दाखिल गरेको नदेखिएको । उपदफा १ बमोजिम विवरण पेश गर्नुपर्ने व्यक्तिले म्याद भित्र पेश नगरेमा निजको यस उपदफा बमोजिम उजुर गर्न पाउने छैन भन्ने उपदफा ४ मा लेखिएको देखिँदा सो ऐन अनुसार लखपतिको उजुर नलाग्ने हुँदा यो उजुरी बयानबाट हक बेहकमा कारवाही तहकिकात गर्न नपर्ने । उजुरी खारेज हुने ठहर्छ भन्ने रूपन्देही उखडा ट्राईबुनलबाट मुद्दा तहकिकात किनारा भएको देखिन्छ । तर सो उखडा ट्राइवुनलको फैसलामा निवेदीकाको विपक्षको नाउँमा जग्गा दर्ता गर्नु भनी किटी लेखेको नभई ऐनबमोजिम गर्नु भन्ने मात्र लेखिएको रहेछ ।

            ७.    ने.का.प. ०२२ भाग ७ अंक ८ को उखडासम्बन्धी नियमहरू, २०२१ को दफा १० मा अन्तिम निर्णय नभएसम्म जग्गा दर्ता नहुने कुनै जग्गाको सम्बन्धमा हक बेहकसम्बन्धी खिचोला उठेमा अन्तिम निर्णय नभएसम्म त्यस्तो जग्गा किसानको नाउँमा दर्ता गरिने छैन भन्ने लेखेको रहेछ । रूपन्देही अदालतमा मुद्दा दायर रहेकै बखतमा उखडा अधिकारीले किसान किसानका बीचमा जोताहा सम्बन्धित हक बेहकको मुद्दा पर्दा पर्दै दर्ता गरेको वा गर्न आँटेको भन्ने उखडा अधिकारी उपरमा यो निवेदनपत्र पर्न आएको नहुँदा निवेदनपत्र खारेज हुने ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।

 

इति सम्वत् २०२३ साल जेष्ठ ५ गते रोज ४ शुभम् ।