निर्णय नं. ३२९ – हक कायम गरी पाउँ
निर्णय नं. ३२९ ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी २०२२ सालको फु नं.१४१ वादी...
निर्णय नं. ३२९ ने.का.प. २०२३
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
२०२२ सालको फु नं.१४१
वादी : जगतलाल ध्याको श्रेष्ठ समेत
प्रतिवादी : हर्षबहादुर श्रेष्ठ
मुद्दा : हक कायम गरी पाउँ
(१) राजिनामा लिखतको चार किल्ला नापीनक्सामा दुरुस्त मिल्न भिड्न नआए राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई फरक बेगल भएमा ।
धनी हर्षबहादुर ध्वालु श्रेष्ठ ऋणी हर्षबहादुर प्रजापति भएको रु.६०१।–को ०४।६।२५ को ०४।७।३ गते रजिष्ट्रेशन पास भएको राजिनामा हेर्दा, श्री ५ को सरकार गुठी तहसिल अड्डामा मोहिया दर्ता भएको सो जग्गामा साल १ को तिरो धान ४।७।६ गहुँ ।११।५।६ नगदी रु.२।४९ तिरी बुझाउनु पर्ने श्री त्रिपुरेश्वर महादेव गुठीको ८६।८७ खला नं.को जस्तीको खेत रोपनी २।१ जग्गा राजिनामा गरी दियौं भन्ने लेखिएको र भ.पु.पैल्हा मालबाट दिएको जवाफमा हेर्दा, न.नं.२२९ को मोठ लगतको उतार यसैसाथ पठाई दिएको छ । खोलो कट्टी भएको लगतबाट देखिएको भन्ने जवाफ आई मिसिल सामेल रहेको पनि देखिन आयो । प्रतिवादीले हर्षबहादुर प्रजापतिबाट राजिनामा गरी लिएको उक्त राजिनामामा कुनै पनि किल्ला नलेखिएको भए पनि सिं सिं कुमालबाट हर्षबहादुरले गराई लिएको राजिनामाको जग्गा प्रतिवादीले लिएको हुनाले सिं सिं कुमालले गरी दिएको राजिनामा हेर्दा, पुर्व बिर्ता रैकर पश्चिम रैकर खोला उत्तर रैकर बिर्ता देखि रैकर छाप्रो भन्ने लेखिएको सो किल्ला ८० सालको नक्सामा भिडाईदा झगडा परेको जग्गामा दुरुस्त मिल्न नआएको । उस्मा पनि प्रतिवादीले राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता २६८ नं.मा २६९ नं.पूर्व २६६ नं.पश्चिम भन्ने र २७७ नं.मा २८० नं.पूर्व २७८ नं.पश्चिम भन्ने लेखिएको सो किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई उक्त किल्लाको र गुठीको जग्गाको नम्बर जनिएको जग्गा झगडा परेको ठाउँ देखि फरकै बेग्लै भएको वादी का २२९ नं.मा जोडिदै नजोडिएको प्रष्टै देखिएकोले वादीको २२९ नं.को जग्गामा साँध मिलेको मेरो उक्त गुठीको जग्गा भन्ने प्रतिवादीको जिकीर पुग्न सक्ने देखिएन ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : प्लीडर श्री सुधानाथ
विपक्षी तर्फबाट : प्लीडर श्री ठाकुरप्रसाद
फैसला
१. अघि म जगतबहादुका नाउँमा मात्र दर्ता भएको कालीबहादुर २ पठ्ठी ६६२ नं.सिंखागीको साल १ को धान २।१० गहुँ ९ घ्यू रु.३६।–लागेको १३ नं.कटुन्जे मौजाका जिममावाल ढुंडीराज मार्फत भ.पु मालमा तिरो तिर्नु पर्ने उक्त मौजेको नं.२२९ को अ.खेतरोपनी २ हाल अंश भाग बण्डा भएबाट मेरो छोरा जगतलालको नाउँमा दर्ता हुन गएको रोपनी र बाँकी म जगतबहादुरका नाउँमा दर्ता कायम रहेको रोपनी १ समेत जग्गाको दक्षिणतर्फको सँधियार अन्यायवाला हर्षबहादुर भएकोले हाम्रा नाउँको दर्ता उक्त जग्गा रोपनी २ हाल नापी हुँदा अं रोपनी १ जति निज अन्यायवालाले देखिन तर्फबाट चापी लिएको थाहापाई नापी डोरमा उजुर परी अन्याय परी अन्यायवाला झिकी बुझेमा उजुरवालाको जग्गा रोपनी १ मैले घुसाई नाप नक्सा गराएको छैन मेरो हकको श्री ५ स.गुठीमा बाली बुझाउनु पर्ने जग्गा रोपनी १ र भ.पु.मालमा तिरो बुझाउनु पर्ने साविक नं.२३५।२३७।२४० को कित्ता १ न.नं.२३६ को १ न.नं.२३६ को १ न.नं ११९ को १ समेत कित्ता ४ समेत ५ कित्ता जग्गा एकै चकला भएकोले उक्त जग्गा मात्र नाप नक्सा गरी दिएको हो भनी कागज गरी दिई रसिद समेत पेश गरी दिएको तेरो मेरो भन्ने उजुर भएको हुँदा बाँडफाँटमा गई नालिस दिई हक बेहक छुट्याई आएका बखत श्रेस्ता दर्ता गर्ने र ३५ दिन भित्र बाँड फाँटमा उजुर गर्न जानु भन्ने समेत सुनाई दिने भनी ०१६ साल श्रावण १५ गते भ.पु.स.२ नं.ले डोरबाट पर्चा खडा गरी दिएकाले नालिस गर्न आएको छु श्री ५ सरकार गुठीमा बाली बुझाउनु पर्ने जग्गा रोपनी १ भनी नापनक्सा गराएको जग्गा त्यस ठाउँमा अर्थात मेरो जग्गाको साँधमा छँदैछैन ने.रु.७८।७५ मोल बिगो कायम हुने जग्गा खिचोला गरी नापनक्सा गराएको बदर गरी सो जग्गा रोपनी १ झिकी हाम्रो नाउँमा बाँकी रहेको उक्त नम्बरको जग्गामा थपी साविकबमोजिम पुर्व बिर्ता पछि दक्षीण रैकर उत्तर खोला यति ४ किल्ला भित्रको रोपनी २ नै कायम गरी हाम्रो अंश बण्डाबमोजिम जगतबहादुरको नाउँमा १।। रोपनी र म जगतलालको नाउँमा ।। रोपनी कायम गरी पाउँ भन्ने समेत वादी ।
२. १३ नं.कटुन्जे मौजाको गोपालदास मानन्धरको जग्गा भन्दा पछि पट्टी जोडिएको धनराज, कृष्ण चन्द्र समेतको बिर्ता जग्गाको मोहियानी हक मैले त्यस भन्दा पछि पट्टी कै रैकर जग्गा हर्ष माया लक्ष्मी नारायणसँग राजिनामा गराई लिएको र यो रैकर भन्दा उत्तर वादीहरूका जग्गा भन्दा दक्षिन पट्टीको चापुरेश्वर महादेव गुठीको जग्गा २ साल मानिस सिं सिं कुमालसँग हर्षबहादुरले लिएको ०४ सालमा निज हर्षबहादुरबाटै मैले राजिनामा गराई लिई भोग तिरो गरी आएको छु । कृष्ण चन्द्र समेतको बिर्ताको उत्तर छेउमा र यो वादीको हाल दावा गरेको जग्गा समेत हुन भन्ने खोलासँग जोरिएको सो खोला पूर्वबाट अघि सिधै पछि बहेकोमा हाल सिधा पश्चिम नगई पूर्वबाट दक्षीण हानि जाडाकृष्ण चन्द्रको बिर्ता हाम्रो मोहियानी हकको जग्गा र यी वादीहरूका दर्ताका जग्गामा समेत खोला लागी बेसाबुद भएको हुँदा यी वादीहरूले साल १ खोला कट्रिको दर्खास्त दिई जाँच गराई कायम जग्गाकोसम्म बाली तिर्ने गरी आएको थिएँ भन्ने सुनेको छु । ८ सालका नापीको कित्ता नम्बरका हकमा उस बखत यी जग्गा मैले नकमाएको हुँदा कति कति नम्बरका कित्ता भई नापी भएको थियो । सो दाताहरू जान्लान् सर्भेबाट भए गरेको नापी नक्सा कायम राखी पाउँ भन्ने समेत प्रतिवादी ।
३. वादीले ०१५ सालको साबुत बाली मालमा तिरे बुझाएको पेश गरेको रसिद नक्कलबाट देखिनाले ०१५ सालमा खोलाले खाएको भए साबुत बाली तिर्न नपर्ने तिरेकोबाट सो जग्गा खोलाले खाएको भनी भन्न पनि मिल्ने नदेखिनाले दाबीबमोजिम वादीको जग्गामा साँधन जोडेको अन्तै ठाउँको प्रतिवादीले न.नं.२६८ को ल्याई भिडाई खिचौला गरेको ठहर्छ भन्ने समेत ई.अ.भक्तपुरको फैसला ।
४. धर्म लोप हुने गरेको नाजायज इन्साफ मनासिव भन्न नहुने भन्ने प्रतिवादीको अपील ।
५. कुमारी चोक गोश्वारा तहविल बुझेमा आएको उतारबाट २६८ नं.को १ ठहर भन्ने जनी आएकोबाट श्री त्रिपुरेश्वर महादेव गुठीको जग्गा दर्ता देखियो सो जग्गा यस ठाउँमा छ र वादीले सो जग्गा भोगी त्यसैको जग्गा २६८ नं.को तिरो भरो गरेको छ भनी जग्गा जग्गा यस जिल्ला अदालतबाट नक्सा हुन गएको अवस्थामा जरुरत देखाउन सक्नु पर्ने नसकेको सो नोक्सानको १ नं.जनिएकोमा गुठीमा तिरो भरो गरी भोग चलन गरेको छु भन्ने प्रतिवादीले जिकीर लिई नक्सामा जनिएको खोला कट्टी मिन्हा लिएको जग्गाको ०१५ सालको बाली बुझाउने यामनाघि सकेपछि ०१६।२।३१ मा जिम्मा वाललाई वादीले तिरो भरो गरी प्रतिवादीको श्री त्रिपुरेश्वर गुठीको कि.नं.२६८ नं.को १।।। जग्गालाई मेरो भनी वादीले झुटा दावी गरेको ठहर्छ भन्ने समेत का.जि.अ.दो.को फैसला ।
६. शुरुको इन्साफ सदर राखी पाउँ भन्ने समेत वादीको अपील ।
७. २२९ नं.को जग्गाको हक कायम गरी पाउँ भन्ने वादी मेरै हकको हो भन्ने समेत प्रतिवादी भएकोले भक्तपुर सर्भे नापी २ नं.डोर मौजा नं.१३ बाट नापी नक्शा भएको उक्त नं.का जग्गाहरूको सकलै नापीनक्सा मुचुल्का समेत भ.पु.सर्भे गोश्वारा समेतबाट र वादीको उक्त नं.को जग्गा कुन कुन सालमा खोला कट्टी भएको रहेछ कुन सालदेखि जग्गा पुरा भई तिरो भरो गर्ने गरेको रहेछ । सो बारेको जवाफ भ.पु.मालबाट समेत जवाफ लिई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
८. मुद्दा किनारा गर्नलाई हेर्नु पर्ने आवश्यक परेको सो नक्शा बम्बईबाट झिकी पठाई दिनलाई जो जसलाई लेख्नु पर्छ लेखी १३ नं.कटुंजे मौजाको ८० सालको र ०१६ सालको भक्तपुरको सर्भेको नक्सा मुद्दा पेश हुने दिन सर्वोच्च अदालतमा पठाई दिनु । कुनै कर्मचारी अन्यत्र काज गएकै कारणले मुद्दालाई प्रमाण निमित्त चाहिने नक्सा नपठाई मुद्दा रोकि राख्न मिल्दैन भनी सर्भे विभागले दिएको व्यहोरा समेत देखाई डाइरेक्टर अर्थ मन्त्रालय सर्भे विभागमा लेखी नक्सा झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
९. आज मुद्दा पेश हुँदा सर्भे गोश्वाराबाट आएको ८० सालको १३ नं.कटुन्जे मौजाको नक्साबाट २६८ नं.२२९ नं.को जग्गा भिन्दा–भिन्दै ठाउँमा देखिएको २६८ नं.को जग्गा साँध २२९ नं.को साधसँग मिलेको नदेखिनाले छलफलमा प्रतिवादीहरूलाई १५ दिने म्याद दिई झिकाई आएपछि सो सर्भे गोश्वाराको उपरोक्त नक्सा समेत मुद्दा पेशी हुने दिनमा आउने प्रबन्ध मिलाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
१०. प्रतिवादीका नाउँमा १।।। श्री त्रिपुरेश्वर गुठीको जग्गा दर्ता देखियो । सो जग्गा नक्सामा १ नं.जनिएको हो भनी प्रतिवादीले जिकीर लिएकोमा सो हैन यो यस ठाउँमा छ भनी वादी पक्षले देखाउन सकेको देखिएन । खोला छेउको जग्गा समेत देखिएको र प्रमाण निमित्त आएको वादी इन्द्र गोपाल प्रतिवादी हर्षबहादुर समेत भएको तिरो दपोट मुद्दामा १३ नं.मौजा कटुन्जे भुई जि.खेत माटो मुरी । १७ अन्यायवालाका नाउँमा मोहियानी दर्ता भएको आधा मेरो आधा अन्यायीको हकको जग्गा साँधको श्रेस्ता अड्डामा खडा छँदाछदै कि नं.२२९ समेतको जग्गा खोलो लाएको भनी तिरो दपोट गरी हर्षबहादुरसँग किनेको गुठीमा तिरो गर्ने जग्गा समेत यहि १७ मुरी बिर्ताको ४ किल्लामा घुसाई आएको भन्ने समेत दावी गरेकोमा माल समेत बुझि कि नं.२२९ मा साविक रोपनी २ को हाल ।३ भन्ने जवाफ दिएको भनी १४।३।३२ को भ.पु.अदालतको फैसलामा उल्लेख गरी वादीले झुट्टा उजुर गरेको ठहराई छिनेको इन्साफ मध्यमाञ्चल उच्च अदालत समेतबाट ०१८।१।२० मा सदर भई किनारा भएको देखिएको समेतबाट अपीलाटहरूको जिकीर पुग्न सक्तैन इन्साफ काठमाडौं जिल्ला अदालत दोश्राले ०१८।११।१४।४ मा ठहराई छिनेको मनासिव ठहर्छ भन्ने समेत स.अ.डिभिजन बेञ्चको फैसला ।
११. एकपटक मुद्दा दोहोर्याई हेरी दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत जगतबहादुर समेतको निवेदनपत्र ।
१२. न्यायीक समितिबाट यसमा वादीका जग्गाको हकमा वादीले जहाँ देखाएको छ प्रतिवादीले पनि उँही देखाएको हुँदा कहाँ रहेछ भन्ने कुराको शंका उपशंका गरी रहन परेन । प्रतिवादीले दावी गरेको त्रिपुरेश्वर गुठीको जग्गाका हकमा ८० साल सर्भेमा नाप नक्सा मै मोठ लगत भईसकेकोमा ०२ सालमा सिं सिं कुमालसँग हर्षबहादुर प्रजापतिले र ४ सालमा हर्षबहादुर प्रजापतीबाट, हर्कबहादुर ध्याको श्रेष्ठले राजिनामा गरी लिँदा सर्भेको नाप नक्साको नम्बर रहँदा किल्ला र सधियारवाला व्यक्तिको नाम समेत नदेखाई बिर्ता रैकर खोलो छाप्रो भन्नेसम्म साँध किल्ला लेखी लेखेको देखिँदा सो राजिनामाको किल्ला लेख्दा दर्ताको किल्ला र सरजमिनमा गई हेरि बुझि लेखेको भन्ने देखिन नआउने र माटो तिरो को अंकबाट सो राजिनामाको जग्गा ८० सालको सर्भे दर्ता मोठबमोजिमको नं.२७७।२६८ को २ कित्ता गरी जग्गा रोपनी २।/।३ लिएको भन्ने सिद्ध हुन आउँछ ।
१३. न.नं २२९ मा दर्ता भएको मेरो खेत रोपनी २ को दक्षीण पट्टीबाट १।। जति जग्गा प्रतिवादीले हाल सर्भे नापि हुँदा च्यापे भन्ने मुख्य वादीको दाबी भएकोमा वादीहरूको जग्गा भन्दा दक्षिण पट्टी ०२ सालमा सिं सिं कुमालसँग हर्षबहादुरले र निज हर्षबहादुरबाट ०४ सालमा मैले राजिनामा लिएको त्रिपुरेश्वर महादेव गुठीको जग्गा भोग तिरो गरी आएको छु । कृष्णचन्द्र समेतका बिर्ताका उत्तर छेउमा र यो वादीको हाल दाबी गरेको जग्गा समेत हुनु भन्ने खोलासँग जोरिएको सो खोला अघि पूर्वबाट पश्चिम बहेकोमा हाल दक्षिण जाँदा कृष्णचन्द्रको बिर्ता हाम्रो मोहियानी हकको जग्गा र वादी दर्ताका जग्गा मा समेत खोलो लागि बेसाबुद हुँदा वादीहरूले खालो कट्टीको दर्खास्त दिई कायमी जग्गाकोसम्म बाली तिर्ने गरेको भन्ने सुनेको छु । खोलाले बगर हुन गई वादीको जग्गा घट्ने भएको हुँदा साँध मिलेको मेरो जग्गा घट्ने भएको हुँदा साँध मिलेको मेरो जग्गाले चाप्यो भनी उजुर दिएको हो भन्ने समेत प्रतिवादीको जिकीर देखिँदा मुख्य प्रतिवादीका लेखाईबमोजिम दुबैको जग्गा एकै साँधमा भए नभएको र वादीका दाबीबमोजिम जग्गा च्यापेन च्यापेको के रहेछ भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आएको छ । टिपोट किताप सामेली दुबै पक्षको दर्ता उतार हेर्दा, वादी दाबीको न.नं २२९ को जग्गाको सिमानामा नं.२३० देखि पुर्व नं.२२८ देखि पश्चिम भन्ने र प्रतिवादी दाबीका जग्गाको दर्ता उत्तारको न नं.२६८ को सिमानामा २६९ नं.पूर्ब २६६ नं.पछि कित्ता १ के १३ र न नं.२७७ को सिमानामा २८१ नं.पूर्व २७८ नं. पछीको १।।/३।। भन्ने उल्ल्ेख भएको पछि प्रतिवादी जिकिरबमोजिम वादीका जग्गा देखि दक्षिण पट्टी प्रतिवादीले राजिनामा लिएको गुठीको जग्गा भए पक्काको साथ अर्कोसँग जरुर मिल्नु पर्ने मिल्न आउँदैन । ८० सालको सर्भे नक्सा झिकाई हेर्दा, पनि वादी दाबीको २२९ को जग्गा छुट्टै र गुठीको दर्ता उतार को उपरोक्त २७७ र २६८ नं.समेत उल्लेख भएको कित्ता जग्गा छुट्टै देखिन आएबाट वादीको जग्गासँग मेरो गुठीको जग्गा साँध मिलेको भन्ने प्रतिवादी भनाइ निराधार देखिन्छ । अर्को कुरा यिनै प्रतिवादी उपर ईन्द्रलालले दिएको दपोट मुद्दाको प्रतिवादीमा वादी पक्राउको ३ जग्गा मध्ये कुन–कुन नम्बरका हुन । अरु जग्गा खोलामा परी खोलो बगर भई दाबीको भएको जग्गा अध्यावधी जगतबहादुरले खाईरहेको सो जगतबहादुरले खाई रहेको दावीको भन्दा दक्षिण मेरो २३५।२३७।२४०।२३६ नं.का घर गुठी समेत भएको रैकर जग्गा भन्ने लेखेकोबाट वादीको साधमा २६८ नं.को जग्गा आफैले देखाउदैन । सो भन्दा उत्तर पट्टीको १। को हर्षबहादुर कुमालसँग राजिनामा गराई लिएको त्रिपुरेश्वर गुठीको जग्गा भन्ने समेत उल्लेख गरेकोबाट जगतबहादुर भन्दा दक्षिणमा २६८ नं.को जग्गा देखाउँछ । तापनि उक्त लेखिए बमोजिम मेरो रैकर २३५ नं. समेतको जग्गा भन्ने लेख लवजबाट उही को उहि प्रतिवादीलेख लवज मिल्न आउँदैन र दक्षिणमा त्रिपुरेश्वर गुठी जग्गा छ भन्ने कुरा पनि मिल्न आउँदैन सिं सिं को राजिनामाबाट हर्कबहादुरको र हर्कबहादुरका राजिनामाबाट मेरो हक भएको भन्ने प्रतिवादी लेख भएको टिपोट किताप सामेल सिं सिं को राजिनामा नक्कलबाट उत्तर किल्ला बिर्ता रैकर भन्ने देखिन्छ । रैकर भन्ने दाबी वादीको जग्गालाई माने पनि बिर्ता भन्ने अर्को कुन हो ? त्यो पुष्टि हुन आउँदैन । अर्थात जिल्ला अदालतबाट भएका झगडा परेको जग्गाको नक्सामा बिर्ता जग्गा भन्ने उत्तर पट्टी देखिंदैन वादीको जग्गा खोलाले बेसाबुद भएको भन्ने प्रतिवादी र दपौट मुद्दाबाट वादीको जग्गा मात्र बाँकी देखिएको भन्ने कुरा उल्लेख गर्दै सर्वोच्च अदालतबाट फैसलामा बुँदा लेखिएतर्फ पनि सो दपोट मुद्दामा वादीवाला सामेल देखिंदैन र खोलो लागेपनि पछि साबुद हुनसक्ने र पछि साबुद भई साबुद बाली तिरे बुझाएको भन्ने वादी लेखाई भएकोमा पनि ०१४ साल वर्ष १ मात्र खोलो कट्टी मिन्हा भएको मालको जवाफबाट देखिएको मुख्य कुरा वादी दाबीको जग्गासँग प्रतिवादी जिकिरको गुठी जग्गा साँध मिलेको नभई उल्लिखित दर्ता उतार ८० सालको सर्भे नक्सा समेतबाट प्रतिवादी जिकिरको जग्गा छुट्टाछुट्टै देखिएकोमा वादीको जग्गा खोलो कट्टी मिन्हाको आधारलेसम्म वादीको जग्गा सबै आफ्नो जग्गा छ भनी प्रतिवादीले पक्रन गएको देखिन आएको समेतको प्रमाण परिबन्दबाट सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन । दोहोर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहोर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट लेखी आएको ।
१४. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णय २ दुई प्रतिलिपि नं.७ न्या.स.०२१।४।१३।३ का हुकुम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राज दरबार रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१५. भक्तपुर सर्भे नापी भएको र ८० सालको नक्सा र ट्रेस समेत सर्भे गोश्वाराबाट झिकाई नियमबमोजिम पेश गर्नु भन्ने फुल बेञ्चको आदेश ।
१६. तारेखमा रहेको वा.समेतको निवेदक जगतबहादुरलाई र विपक्षीको हर्षबहादुरलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर श्री सुधानाथले र विपक्षी तर्फबाट रहनु भएको विद्वान वकिल प्लीडर श्री ठाकुरप्रसादले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको जग्गामा वादी प्रतिवादीमा कसको हक हो र प्रतिवादीले खिचौल गरे नगरेको समेत के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१७. न नं.२२९ को अ.खेत रोपनी २ हाल अंश भाग बण्डा भएबाट मेरो छोरा जगतलालका नाउँमा दर्ता हुन आएको रोपनी ।। रं बाँकी म जगतबहादुरका नाउँमा दर्ता कायम रहेको रोपनी १ ।। समेत जग्गाको दक्षिणतर्फको सधियार अन्याय हर्षबहादुर भएकोले हाल नापी हुँदा अं.रोपनी १ऽ जति दक्षीण तर्फबाट चापि लिएको ने.रु.७८।७५ मोल बिगो कायम हुने जग्गा खिचोला गरी नाप नक्सा गराएको बदर गरी म जगतबहादुरको नाउँमा १।। रोपनी र म जगतलालको नाममा ।। रोपनी कायम गरी पाउँ भन्ने समेत वादीहरूको जग्गा भन्दा दक्षिण पट्टीको त्रिपुरेश्वर महादेव गुठीको जग्गा २ सालमा सिं सिं कुमालसँग हर्षबहादुरले लिएको ०४ साल हर्षबहादुरबाट मैले राजिनामा गराई लिई भोग तिरो गरी आएको छु । ८० सालको नापीको कित्ता नम्बरका हकमा उस बखत यी जग्गा मैले नकमाएको हुँदा कति नम्बरका कित्ता भई नापी भएको थियो सो कुरा दाताहरू जान्ला मलाई कोनै केहि थाहा छैन भन्ने समेत प्रतिवादी भएकोमा श्री ५ स.गु.त.डो.बाट ०१७।५।२९।३ मा पठाएको मोठको नक्कल हेर्दा, त्रिपुरेश्वर महादेव गुठी १३ नं.कटुन्जे २६८, २६९ नं.पूर्व २६६ पश्चिम कित्ता १ के १= २७७, २८१ नं.पुर्व २७८ नं.पश्चिमको १=। भन्ने उल्लेख भएको र धनी हर्षबहादुर घ्यालु श्रेष्ठ ऋणी हर्षबहादुर प्रजापति भएको रु.६०१ को ०४।६।२५ को ०४।७।३ गते रजिष्ट्रेशन पास भएको राजिनामा हेर्दा, श्री ५ सरकार गुठी तहसिल अड्डामा मोहीयानी दर्ता भएको सो जग्गामा साल १ को तिरो धान ४।७।६ गहुँ ११।५।६ नगदी रु.२।४९ तिरो बुझाउनु पर्ने श्री त्रिपुरेश्वर महादेव गुठीको ८६।८७ खला नं.को जस्तीको खेत रोपनी २।१ जग्गा राजिनामा गरी दियौं भन्ने लेखिएको र भ.पु.पहिला मालबाट दिएको जपाफमा हेर्दा, न.नं.२२९ नं.को मोठ लगतको उत्तार यसैसाथ पठाई दिएको छ खोलो कट्टी हकमा ०१४ सालको मात्र खोला कट्टी भएको लगतबाट देखिएको भन्ने जवाफ आई मिसिल सामेल रहेको पनि देखिन आयो । प्रतिवादीले हर्षबहादुर प्रजापतिबाट राजिनामा गरी लिएको उक्त राजिनामामा कुनै पनि किल्ला नलेखिएको भए पनि सिं सिं कुमालबाट हर्षबहादुरले गराई लिएको हुनाले सिं सिं कुमालले गरी दिएको राजिनामा हेर्दा, पूर्व बिर्ता रैकर पश्चिम रैकर खोला उत्तर रैकर बिर्ता दक्षिण रैकर छाप्रो भन्ने लेखिएको सो किल्ला ८० सालको नक्सामा भिडाउँदा झगडा परेको क्षेत्र जग्गामा दुरुस्त मिल्न नआएको उसमा पनि प्रतिवादीले राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता २६८ नं.मा २६९ नं.पूर्व २६६ नं.पश्चिम भन्ने र २७७ नं.२८१ नं.पुर्व २७८ नं.पश्चिम भन्ने लेखिएको सो किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई उक्त किल्लाको र गुठीको जग्गाको नम्बर जनिएको जग्गा झगडा परेको ठाउँ देखि फरकै बेग्लै भएको वादीका २२९ नं.मा जोडिदै नजोडिएको प्रष्टै देखिएकोले वादीको २२९ नं.को जग्गामा साँध मिलेको मेरो उक्त गुठीको जग्गा भन्ने प्रतिवादीको जिकीर पुग्न सक्ने देखिएन उसमा पनि उता भ.पु.पहिला मालबाट दिएको जवाफमा ०१४ सालको मात्र खोलो कट्टी भएको भन्ने उल्लेख भएको प्रतिवादीका भनाइबमोजिम वादीहरूले साल बसाली खोलो कट्टीको दरखास्त दिएको भन्ने नदेखिएबाट खोलो लागि बेसाबुद भएको भन्ने कुरा निराधार देखियो । वादी ईन्द्रलाल प्रतिवादी हर्षबहादुर भएको तिरो दपोट मुद्दामा यही प्रतिवादी हर्षबहादुरले दिएको ११।११।२० गतेको प्रतिवादीमा जगतबहादुरले खाई भोगी राखेको डोब बाँकी भन्दा दक्षिण मेरो २३५ । २२७,२४०,२३६ नम्बरका घर धुरी समेत भएको रैकर जग्गा भन्ने प्रष्टै लेखिएको गुठीको जग्गा त्यस ठाउँमा छ भनीलेख्न नसकेको देखिएकोबाट पनि उक्त गुठीको जग्गा वादीको साँधसँग जोरिएको भन्ने देखिन नआएको हुनाले समेत प्रतिवादीको जिकीर पुग्न सक्ने देखिएन । अतः प्रतिवादीले खिचोला गरेको समेत ठहराई छिनेको ई.अ.भक्तपुर ईन्साफ मनासिव छ । काठमाडौं जि.अ.दोश्रोको ईन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन देहायको कलंममा देहाएबमोजिम गर्नु ।
तपसील
प्रतिवादी हर्षबहादुर के वादीबाट कोर्टफी रु.।९० भराउने र रु.९।५६ फिर्ता दिने भनी का.जि.अ.को ०१८।११।२४ को फैसलाले गर्ने गरेकोमा सोबमोजिम गर्न पर्दैन शुरु ई.अ.भ.पु.का ०१७।१०।११ का फैसला को लगत कायम गर्नु भनी भ.पु.जि.अ.लाई सूचना गर्न का.श्रे.अ.त.मा लगत दिन ………………….१
वादी जगत लाल १ जगतबहादुर श्रेष्ठ के यस अदालतमा राखेको कोर्टफी रु.१।५० नलाग्ने हुँदा उक्त रु.१।५० प्रतिवादी हर्षबहादुरबाट भरी पाउँ भनी कोर्टफी ऐ नं.०१७ को १५।११ कानूनबमोजिम ५ वर्ष भित्र दर्खास्त गरेमा कानूनको रीत पुर्याई केही दस्तुर नलिई भराई दिनु भनी ऐ.ऐ……………………..२
इन्साफ उल्टीमा का.जि.अ.दो का.न्यायाधीश विश्वनाथको रेकर्ड राख्न रजिष्ट्रार अफिसमा लेखी पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु…………………….३
इति सम्वत् ०२३ साल भाद्र २४ गते रोज ६ शुभम् ।