June 14, 1966
Created by nepalarchives

निर्णय नं. ३१९ – जग्गा

निर्णय नं. ३१९            ने.का.प. २०२३ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री सुरेन्द्रबहादुर...

निर्णय नं. ३१९            ने.का.प. २०२३

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

न्यायाधीश श्री सुरेन्द्रबहादुर क्षेत्री

न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

२०१९ सालको पहिलो डिभिजन दे.फु.नं.१६६

निवेदक      : तिर्थराज उपाध्याय

विरुद्ध

प्रतिवादी : ऐटन कृष्णबहादुर ठकुरी समेत

मुद्दा : जग्गा

(१)   कस्तो अवस्थाको कस्तो लिखित सद्दे या जालसाजी के हो ? भन्नेतर्फ अदालतले विचार गर्नु नपर्ने ।

            सट्टा पट्टा भनेको लिखित ऐनबमोजिम रजिष्ट्रेशन पास भएको नदेखिएको र उसमा पनि झगडा परेको खेत मुरी ।८ वादीको लोग्नेको हकको भन्ने दर्ता भोग तिरो समेतको प्रमाण बेगर ती लिखितहरूका आधारमा मात्र झगडा परेको जग्गा वादीको हक ठहर्न सक्ने अवस्था नहुनाले ती लिखतहरू सद्दे या जालसाजी के हो भन्नेतर्फ विचार गर्न परेन ।

(प्रकरण नं. १६)

फैसला

      १.     लोग्ने हिरादत्त अर्ध लठेब्रोसँग मेरो ५ वर्षको उमेरमा विवाह गरी दिएका । लोग्नेका अंशको आम्बोटे खेत ।१६ र मकैको बिउ पाथि २ जाने पल्लो बारीमा घर गरी बसी भोगी आएका प्र.कृष्णबहादुरले तेरा दाजु तुलप्रसादसँग सो आधी घर बारी खेत राजिनामा गरी लिएको छु । पञ्चायतमा हिरादत्त, पद्मनाथ समेतको झगडा परी डिसमिस भएको छ । तेरो हक छैन भनेकाले सो लिखतहरू बदर गरी पाउँ भन्ने समेत वादी ।

      २.    तुलप्रसादका हक भोग तिराको खेत मुरी ८ मो.रु.६००।मा स्वास्नी फणिन्द्र लक्ष्मीलाई ०७।९।२५ गते राजिनामा पास गरी दिई तालुकदार मु.जयबहादुर मार्फत रु.७ तिरो बुझाउने गरी र पाखो रु.९५।मा ०७।२।९ गते राजिनामा गरी दिएबाट भोग गरी आएको छु । वादीको लोग्ने हिरादत्तले पशुपति पञ्चायतमा उजुर गरेकोमा समेत पैरवी गर्न नसकी डिसमिस भएको छ भन्ने समेत कृष्णबहादुर ठकुरीको र तुलप्रसादको जिम. चित्र गुप्त मार्फत तिरो गर्नु पर्ने आम्बोटे खेत मुरी ८ रु.३००।। मा ०७।९।२५ गते राजिनामा गरी लिई भोगेकी छु । वादीको खेत मुरी १६ नभई मुरी ८ निजले नाउँसारी गरी भोगेको छुट्टै छ । बारी पनि निज तुलप्रसादबाट मेरो लोग्नेले राजिनामा गरी लिई भोगेको छ भन्ने समेत फणिन्द्र लक्ष्मी समेतको प्रतिवादी ।

      ३.    प्र.हिरादत्त समेतले शुरु म्याद गुजारेको ।

      ४.    म्यादतर्फ सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०११।९।२९।२ मा थामि आएकोले केही विचार गरी रहनु नपर्ने । पाखातर्फ शिवप्रसादका नाउँमा दर्ता देखिएको छोरा तुलप्रसादले बिक्री गरेको देखिँदा सदरै हुने र खेततर्फ पनि २००० सालमा खडानन्द समेत ७ मोही दर्ता भएको ०८।२।२५ मा सातै जना मोहिको पृथकपृथक नाम खुलाई हिरादत्तका नाउँमा ८ मुरी र प्र.फणिन्द्र लक्ष्मीका नाउँमा २४ मुरी माटो खुलाई नुवाकोट मालमा आफै हाजिर भई दर्ता गरेको भन्ने नु.मालको जवाफबाट देखिएकोले समेत लिखत बदर गरी पाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत अपील पहिला फाँटको ०१२।१२।१०।६ को फैसला ।

      ५.    प्रतिवादीहरूले तुलप्रसादको हक पुग्ने निस्सा कुनै देखाउन नसकि म्यादै गुजारी बसेको समेतबाट सो ०८ सालमा लोग्नेको सहिछाप गराएको र मेरो खेत मुरी ८ फणिन्द्र लक्ष्मीको नाउँमा घुसाई दर्ता गरेको ऐनले सदर नहुने । बारीको हकलाई पनि रु.१७ तिराको उपल्लो बारी लोग्नेले ०१।१०।२२ मा सप्तनाथ अधिकारीबाट राजिनामा गराई लिए । ०७ सालसम्म हामीले भोगि आएको सो खेत बारी तुलप्रसाद समेत कसैले भन्न नसकेको हुनाले समेत अपील पहिलाको इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको अपील ।

      ६.    पाखाको हकमा प्र.को दाता तुलप्रसादको बाबु शिवप्रसादको नाउँमा ९५ सालमै दर्ता भएको भन्ने दर्ता उतारबाट देखिएको र तुलप्रसादको हक लाग्ने होइन भन्ने निज तुलप्रसादका हकदारहरूको उजुर नपरेकोले समेत पाखोतर्फ वादी दावा झुठ्ठा ठहराएको इन्साफ अपील पहिलाको मनासिव । खेततर्फ तुलप्रसादको र निजको बाबुको नाउँमा समेत दर्ता भएको नदेखिएको र यो लिखत प्रमाणले मेरो हक भएको भनी ऐनबमोजिमको पक्का सबुद प्रमाण दिन गुजार्न समेत नसकी शुरु म्यादै गुजारी बसेको हुनाले समेत ७।९।२५।४ मा पास भएको ने.रु.३००।को राजिनामा र दर्तासमेत बदर हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल उच्च अदालत सिंगलबेञ्चको ०१७।३।२४।५ को फैसला ।

      ७.    मध्यमाञ्चल उच्च अदालतबाट हद मुनि गरी हराएकोले सर्वोच्च अदालतबाट दोहोर्‍याई दिने प्रमांगी पाउँ भन्ने समेत प्रतिवादीको वा.कृष्णबहादुरले श्री ५ महाराजधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा ब्यहोरा साँचो भए दोहोर्‍याई ऐन सवालबमोजिम गर्नु भन्ने समेत ०१८।२।२०।६ मा बक्स भई आएको हुकुम प्रमांगीको ब्यहोरा समेत श्री माननीय का.मु.मुख्य प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्नु भन्ने ०१८।५।७।४ को आदेश ।

      ८.    पाखातर्फ म.उ.अ.को इन्साफ मनासिव भएको र आम्वोटे खेत मुरी ८ फणिन्द्र लक्ष्मीले राजिनामा गरी लिएको बदर गर्ने गरेको म.उ.अ.को इन्साफ मनासिव हो कि भन्न प्रतिवादीको दाताका नाउँमा दर्ता नदेखिएकोले भने मनासिव जस्तो देखिन्छ । तर २००० सालको मोठमा खडानन्द समेत सात मोही भनी लेखिएको, ०८।२।२५।६ मा सातै जना मोहीको पृथकपृथक नाउँ जनाई माटो मुरी समेत खुलाई दर्ता गराएको र आआफै हाजिर भई दर्ता गराएको भन्ने समेत नुवाकोट मालको जवाफ भएकोले वादीको १६ मुरी रहेनछ भन्ने सिद्ध हुन आएको, सोह्र मुरी भए ८ मुरी मात्र दर्ता गराउन नपर्ने समेतबाट आम्बोटे खेत मुरी ८ प्र.फणिन्द्र लक्ष्मीको ठहराएको शुरु अ.पै.इ.को इन्साफ मनासिव छ । प्र.फणिन्द्र लक्ष्मिको राजिनामा र दर्ता समेत बदर गर्ने गरी वादी ललितादेवीको ठहराएको म.उ.अ.सिंगलबेञ्चको इन्साफ गल्ति ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०१६।४।८।२ को फैसला ।

      ९.    दर्ता उतारबाट आम्बोटे खेत मुरी ८ फणिन्द्र लक्ष्मीको दर्ता भनेको तुलप्रसादको र निजको बाबुको नाउँमा समेत दर्ता नदेखिएको र यो लिखत प्रमाणले मेरो हक भएको भनी सबुद प्रमाण दाखिल गर्न नसकी शुरु म्यादै गुजारी बसेको समेतबाट प्रतिवादीको हक नदेखिने हुँदा इन्साफ दोहोर्‍याई पाउँ भन्ने समेत वादी ललितादेवीले दिएको निवेदन पत्रमा प्रतिवादीले तुलारामबाट राजिनामा गरी लिई हक भएको भन्ने निज तुलारामका नाउँमा दर्ता नै नभएकोमा डिभिजन बेञ्चबाट राम्रो विचार नभई फैसला भयो भनी निवेदिकाले रोहवरमा निवेदन समेत गरेकोले व्यवहोरा साँचो भए प्रतिवादीलाई राजिनामा दिने दाताको नाउँमा दर्ता नभएको भए अन्याय परैकै जस्तो देखिनाले दोहोर्‍याई हेर्न निस्सा दिएको छ । दुबै थर झगडिया राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०१९।५।७।५ को श्री माननीय प्रधान न्यायाधीशज्यू को आदेश ।

      १०.    २००० सालको मोठ उतार भनी पठाएको दर्तामा खिच्यात तुप्चे आम्बोटे १।६४ म.को.ते.का चौतफिले खाएको हो । मोहि ख.जगन्नाथ उपाध्याय भट्टराई रविलाल उपाध्याय अधिकारी समेत ७ मोहीको हो । मोही निजैहरू खेत १।१० धान ४५।घ्यू २।७५ चार दाम ।५ भनी त्यस मुनि ०८।२।२५।६ मा सो खेत मध्येका मोहि फणिन्द्र लक्ष्मीज्यू, रामनाथ उपाध्याय भट्टराई, निलकण्ठ पाध्या अधिकारी, लिलादेवी हाल चुडामणि, खडगबहादुर, हिरादत्त, मानबहादुर समेत ७ मोही लेखी पृथकपृथक माटो समेत उल्लेख भएको देखिएको । खेत १।१० मा लेखिएका मोही ख.जगन्नाथ रविलाल समेत ७ मोहीमा २ जनाको नाउँ लेखी अरु ५ जनाको नाउँ खुलेको देखिएन । ०८ सालमा मोहि खुलेकोमा साविक कस कसका ठाउँमा को को के ब्यहोराले कुन कुन मोही भएका हुन ? जम्मा खेत मुरी १।१० भन्नेमा कच्चाबाट १+१+१५ देखिन आउँछ । बायाँतर्फ कैफियत जनिएको २ कलमको खारेज भनेका खेतहरू ०८ सालको मोही खोलिएको मध्ये वा बेगल के हुन आएको ? दर्ता उतारबाट स्पष्ट नखुलेको उस बखत देखियो । श्रेस्ता १।१ गरी हेरी सो सबै स्पष्ट खुलाई उतार समेत सम्लग्न गरी १५ दिन भित्र पठाई दिनुहोला भनी नु.माल प १.नं.लाई लेखी पठाई आएपछि पेश गर्नु भन्ने समेत २०२०।११।६।३ को फुल बेञ्चको आदेश ।

      ११.    वादीले प्रमाण दिएको वादीको लोग्ने हिरादत्तले सत्यनाथबाट गराई लिएको भनेको ९९।१०।२।६ को राजिनामा र रबिलाल पाध्या, हिरादत्त पाध्या २ जनाले गरेको भने २००१ साल म.२२ गते रोज १ का सट्टा पट्टा लिखत प्र.फणिन्द्र लक्ष्मी, कृष्ण बहादुरहरूलाई र प्रतिवादीले प्रमाण दिएको ०५।०६ सालको अर्धकट्टी रसिद वादीलाई सुनाउन सक्कल दाखेल गराई पेश गर्नु भन्ने ०२२।१।२९।३ को फुल बेञ्चको आदेश ।

      १२.   वादीबाट पेश भएको सो ९९।१०।२।६ को राजिनामा र ०१ साल म २२ गते रोज १ को सट्टापटा लिखत जालसाजी हो भन्ने प्रतिवादी सद्दे नै हो भन्ने वादी समेतको र प्र.बाट भएको ०५।६ सालको अर्धकट्टी रसिद जालसाजी हो भन्ने वादी, सद्दे नै हो भन्ने प्रतेवादीहरूको बयान ।

      १३.   ०११।६।३ का आदेशबमोजिम २००० सालको मोठमा जगन्नाथ रबिलाल समेत ७ मोही भन्ने लेखिएको । अरु ५ जनाको नाउँ नखुलेको । ती ५ जना को हुन ? सो सहित सोधिएका कुराको प्रष्ट जवाफ र २००० सालमा मोठ खडा हुँदा यो खलाको हाल मोही यो यो भन्ने के आधारमा जानकारी गरी मोठमा हाल मोहीको नाउँ खुलाइएको हो ? त्यस्तो कुनै लगत श्रेस्ताहरू छ भने त्यसको उतार सहित पठाई दिनु भनी प.१ नं.नुवाकोट माललाई लेखी पठाई सो आएपछि पेश गर्नु भन्ने फुल बेञ्चबाट भएको ०२२।१०।१।६ को आदेश ।

      १४.   यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२३।२।२५।३ मा पेश भई निवेदक वादी तर्फबाट विद्वान ल्पीडर श्री ठाकुरप्रसाद खरेलले र प्रतिवादी तर्फबाट विद्वान श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा पाखा पट्टीको हकमा आफूलाई हराएको मध्यमाञ्चल उच्च अदालतको फैसला उपर अपील उजुर नगरी पहिले नै वादीले चित्त बुझाई सकेको देखिएकोले विचार गरी रहनु परेन । खेत पट्टीको हकमा तुलप्रसादबाट फणिन्द्र लक्ष्मीले राजिनामा गराइ लिए दिएको सदर गरी डिभिजन बेञ्चबाट भएको फैसलाउपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा दोहर्‍याई दिने आदेश भएको देखिएकोले झगडा परेको खेत मुरी ८ वादीको हक पुग्ने हो होईन ? तुलप्रसादले फणिन्द्र लक्ष्मीलाई गरी दिएको राजिनामा सदर हुने नहुने के हो ? भन्ने कुराको मुख्य निर्णय दिनु पर्ने हुन आएको छ ।

      १५.   मेरो लोग्नेको हकको खेत मुरी १६ मध्ये खेत मुरी ८ दर्तै नभएको । तुलप्रसादबाट फणिन्द्र लक्ष्मीका नाउँमा २००७।९।२५।४ मा राजिनामा गराई लिएको सदर हुनै नसक्ने भन्ने निवेदक पक्षको मुख्य जिकीर भएकाले दर्ता के कस्तो रहेछ ? भन्नेतर्फ हेरेमा, २००० सालको मोठमा प.१ नं.खिचेत तुप्चे आम्बोटे १।६४ म को टिका चौतर्फि लेखिएको, हा.मोही खडानन्द उपाध्याय भट्टराई रबिलाल अधिकारी समेत ७ मोहीको हा.मोही निजैहरू खेत १।१० के धान ४५। घ्यु २।७५ चाठे ।५ भन्ने लेखी दर्ता भएको, त्यसमा ७ मोही सबैको नाउँ नखुलेको र पछि ०८।२।२५।६ मा नाउँसारी हुँदा कृष्णबहादुरको फणिन्द्र लक्ष्मी खेत २४ रामनाथ पाध्या खेत २३ निलकण्ठ पाध्या खेत ८।५ चुडामणी जैसी खेत १२ खडगबहादुर सापकोटा खेत ।५ वादीको लोग्ने हिरादत्त पाध्या खेत ।८ मानबहादुर सापकोटा खेत ।१२।१० भन्ने जनाई नाउँसारी दर्ता गरेको समेत देखिन आयो । तुलप्रसादको हकमा निजको हकको खेत मुरी ।८ फणिन्द्र लक्ष्मीलाई २००७।९।२५।४ मा राजिनामा गरी दिएको हुँदा सो राजिनामा खेत मुरी ८ समेत खेत मुरी २४ फणिन्द्र लक्ष्मीको नाउँमा दता हुन गएको भन्ने प्रतिवादीतर्फको भनाइ भएको र सो फणिन्द्र लक्ष्मीको दर्ता खेत ।१४ को बायाँ पट्टी ०७।९।२५।४ को राजिनामा बमोजिम खेत ।८ भन्ने जनिएको समेत देखिन आएको छ ।

      १६.    सो नाउँसारी दर्ता कसरी गराएको रहेछ भन्नेतर्फ पहिले नै अपील पहिलाबाट बुझिएकोमा मोहीहरू आफै हाजिर भई दर्ता गराएको भनी नुवाकोट मालले जवाफ दिएको देखिन्छ । यदि खेत मुरी ।१६ नै आफ्नो हकमा भए वादीको लोग्ने हिरादत्त स्वयं मालमा उपस्थित भई दर्ता गराउँदा खेत ।१६ नै आफ्नो नाउँमा दर्ता नगराई खेत मुरी ।८ मात्र दर्ता गराउनु पर्ने कारण मिसिलबाट कुनै देखिंदैन । खेत १६ नै आफ्नो लोग्नेको हक भई भोग तिरो गरेको रसिद र दर्ता समेतको आधारीत सबुद प्रमाण वादी तर्फबाट कुनै गुज्रन आएको समेत छैन । त्यसको बिपरीत खेत मुरी ।८ को ०।५।६ सालको तिरो जिमुवाल चित्रगुप्तले तुलप्रसादबाट बुझि गरी दिएको सक्कल अर्धकट्टी रसिदहरू प्रतिवादी तर्फबाट पेश भएको छ । सो रसिदहरू वादीलाई सुनाउँदा जालसाजी भने पनि त्यस कुराको तथ्य सबुद कुनै गुजार्न नसकेकोमा पनि सो सालको तिरो तिरेको रसिद आफू तर्फबाट पेश गर्न सकेको समेत देखिन आएन । तुलप्रसादका ०७।९।२५।४ का राजिनामाबमोजिम खेत मुरी ।८ फणिन्द्र लक्ष्मीका नाउँमा नाउँसारी दर्ता गराएकोमा राजिनामा भएको मितिले ऐनको म्याद भित्र उजुर गरी बदर गराउन समेत वादीले नसकी सो दर्ता आजसम्म कायमै रहेको समेत देखिएको छ । सप्तनाथले हिरादत्तलाई गरी दिएको भन्ने ९९।१०।२ को रु.६५ को राजिनामा रबिलाल पाध्या हिरादत्तले गरेको भन्ने ०१ सालको सट्टा पट्टा लिखत वादी तर्फबाट पेश हुन आएको ती लिखितहरू सुनाउँदा जालसाजी हो भन्ने प्रतिवादीहरूको बयान भएको हकमा सट्टापट्टा भनेको लिखत ऐनबमोजिम राजिष्ट्रेशन पास भएको नदेखिएको र उसमा पनि झगडा परेको खेत मुरी ।८ वादीको लोग्नेको हकको भन्ने दर्ता भोग तिरो समेतको प्रमाण बेगर ती लिखतहरूका आधारमा मात्र झगडा परेको जग्गा वादीको हक ठहर्न सक्ने अवस्था नहुनाले ति लिखतहरू सद्दे या जालसाजी के हो ? भन्नेतर्फ विचार गर्नु परेन ।

      १७.   हाल नुवाकोट माल मार्फत भई आएको जि.चित्रगुप्तको ०२२।१२।१९।६ को कागजमा हिरादत्तको खेत ।१६ मध्ये कृष्णबहादुरलाई राजिनामा गरी तुलप्रसादको राजिनामाको कट्टी गरी बाँकी भन्ने लेखिएकोले सो के हो ? भन्ने तर्क उठेको हकमा सोही कागजको शिर व्यहोरामा २००० सालको मोठ हुँदा म जिम्माबाल पनि नभएकोले उस बखतको मोही यो यो भनी मलाई थाहा छैन । २००१ साल देखि मात्र जिम्मा बाली दामकाम गरेको हुँदा आफूले दामकाम गरे देखि उठाउने गरेको मोही जग्गाको फाँट तपसीलमा खुलाई लेखी दिएको छु भन्ने लेखी पहिलेको कुरा आफूलाई जानकारी नभएको अवस्था देखाई राखेको र निज जि.चित्रगुप्त आफैले सो खेत मुरी ।८ को ०५।६ सालको तिरो तुलप्रसादबाटै बुझि लिई गरी दिएको रसिद पेश हुन आएको, त्यसमा हिरादत्तको हस्ते तुलप्रसाद भन्ने जनाएको समेत नभई सोहीमा नै तुलप्रसादको नाउँ लेखिएको समेत देखिएको र निज जिमुवाल चित्रगुप्त आफू जिमुवाल भईसके पछि ०७ सालमा तुलप्रसादले मेरो हकको भनी खेत मुरी ।८ फणिन्द्र लक्ष्मीलाई राजिनामा दिई निज फणिन्द्र लक्ष्मीका नाउँमा नाउँसारी दर्ता गराएकोलाई स्वीकारै गरी तिरो असुल गर्ने गरेको पनि देखिन आएकोले समेत हिरादत्तको खेत ।१६ मध्ये खेत ।८ तुलप्रसादले राजिनामा गरी दिएको भन्ने निज जिमुवाल चित्रगुप्तको हालको लेखाई उपरोक्त कारणहरूबाट समर्थित हुन आएको छैन ।

      १८.   तसर्थ, उपरोक्त कारणहरूबाट खेत मुरी ।१६ नै वादीको लोग्नेको हक भएको भन्ने कुरा प्रमाणित हुन नआएकोले मेरो लोग्नेको हक खेत ।१६ मध्ये खेत ।८ तुलप्रसादले फणिन्द्र लक्ष्मीलाई राजिनामा गरी दिएको बदर गरी पाउँ भन्ने समेत वादीको दावी जिकीर पुग्न सक्दैन । वादी दाबी पुग्न नसक्ने र तुलप्रसादले फणिन्द्र लक्ष्मीलाई गरी दिएको राजिनामा सदर कायमै हुने समेत ठहर्‍याई १९।१०।८।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

निवेदक वादी ललिता देवीको सकार गर्ने प १ नं.नु.ई तुप्चे बस्ने तीर्थराज उपाध्याय के डिभिजन बेञ्चका फैसलाले दण्ड गरेको नदेखिएकोले इन्साफ दोहर्‍याएमा अ.बं २०४ नं.ऐ २०३ नं.ले रु.१ । र प्रतिवादीबाट पेश भएको रसिद थान २ जालसाजी भन्ने निजको दाबी कायम हुन नआएकोले २ थान रसिदमा खुलेको जम्मा बिगो अंक रु.५५।५१।१ को ठहरे प्रतिवादीहरूके कीर्ते कागजको १० नं.सयकडा २५ ले हुने रु.३८८ को दण्ड सजायको १८ नं.ले आधी रु.१९४ समेत रु.२।९४ जरिवाना हुन्छ । हाजिर हुँदा असुल गरी का.श्रे.अ.त.मा लगत दिनु ……………………. १

प्रतिवादी १ नं.नुवाकोट तुप्चे बस्ने अ‍ैट कृष्णबहादुर ठकुरी १ ऐ बस्ने फणिन्द्र लक्ष्मी ठकुर्नी १ जना २ को निजहरू तर्फबाट रहेका विद्वान एडभोकेटको सर्वोच्च अदालत नियम २४ बमोजिम पाउने वकिल फि रु.२०।वादी ललिता देवीको सकार गर्ने तीर्थ राज पाध्याबाट भराई पाउँ भनीकोर्ट फि ऐन ०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ.ऐ ………………….२

नियमबमोजिम मिसिल बुझाई दिनु ………………… ३

 

इति सम्वत् ०२३ साल जेष्ठ ३२ गते रोज ३ शुभम ।