February 29, 1988
Created by nepalarchives

निर्णय नं. ३३१८ – थकाली लूय गरिपाउँ ।

निर्णय नं. ३३१८ ने.का.प. २०४४ अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् ०४३ सालको दे.पु.नं....

निर्णय नं. ३३१८ ने.का.प. २०४४ अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् ०४३ सालको दे.पु.नं. ५९०

मुद्दा : थकाली लूय गरिपाउँ ।

 

निवेदक/प्रतिवादी:ल.पु.जि.ल.पु.न.पं. वडा नं. ९ मम्पि महाविहार बेलाछे ध्याको बस्ने इन्द्रमुनीको छोरा बेखामुनी ब्रम्हाचार्य भिक्षु ।

ऐ.ऐ बस्ने कुलमानसिंको छोरा सानुकाजि ब्रम्हाचार्य भिक्षु ।

ऐ.ऐ बस्ने वडा नं.१४ मंगलबजार बस्ने कुलमान सिंहको छोरा बाबुकाजी ब्रम्हाचार्य भिक्षु ।

ऐ.ऐ वार्ड नं.९ पम्पि महाविहार वेलाछे घ्याको बस्ने दमकल भन्ने तुयुरत्न शाक्य ।

ऐ.बस्ने आशाकाजिको छोरा आशाराम शाक्य ।

विरुद्ध

विपक्षी/वादी: ल.पु.न.पं. वार्ड नं.९ थम्पि महाविहार बस्ने बज्रराज बम्हाचार्य भिक्षु ।

ऐ.ऐ बस्ने वेखाराम ब्रम्हाचार्य भिक्षु ।

ऐ.ऐ बस्ने सूर्यमान ब्रम्हाचार्य भिक्षु ।

फैसला भएको मिति: २०४४।११।१७।२ मा

   नाय लूय गर्नु पर्नेलाई सो बमोजिमको सूचना दिएको कुनै सबूद नआएको खाली मौखिक सूचना दिएको भन्ने जिकिर भए पनि त्यसलाई मान्यता दिन नमिल्ने हुँदा आफैंले गरेको व्यवस्था विपरीत नाय लूय गरेको रीतिस्थिति विपरीत देखियो जहाँ सम्म २०३४ मा नै सो काम भई त्यस पछि अरु कर्मकाण्ड भइसकेको भन्ने हकमा पनि सो को कुनै सबूद प्रतिवादीको तर्फबाट पेश नभएकोले वादीको यो फिराद अदलको म्याद नाघेको भन्न नमिल्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

उल्लेखित मुद्दाःX

फैसला

न्या.हिरण्येश्वरमान प्रधानः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार देखिन्छ ।

२.  हामी वादी प्रतिवादीहरू संयुक्त भएको, याम्पि महाविहार समेत ७ विहार सगोलमै रहेको, पछि याम्पि विहार अलग हुँदा सो विहारमा चुडाकर्म गरी सकेका सबै हामी दाजु भाइहरूमा परम्परा रीतिस्थिति बमोजिम उमेरको ज्येष्ठताको क्रमले सबैभन्दा जेठो १ नं. थपा, अजु सो भन्दा कम उमेरको २ नं., सो भन्दा कम उमेरको ३ नं. को क्रमले ५ जना सम्म थपा आजु थकाली स्थविर हुने नं. ६ को गुभाजु भई काम गर्ने त्यसपछि सदस्यहरू मैले क्रमैले प्रमोशन हुँदै जाने स्थिति थियो । सो बमोजिम मूल थकाली ज्ञान मुनीको अवस्थासम्म रीतिस्थिति सुचारु रुपले चली आएको, त्यसपछि थपा आजु हुने बाबुकाजी आशाकाजी पनि परलोक हुँदा ज्येष्ठताको क्रमबाट थपा आजु हुनुपर्ने हुँदा म बज्रराजको उमेर बढी भएको हुँदा मूल थपा आजु हुनलाई विधि विधान गर्नु पर्दा अशान्ति नहोस् भन्ने उद्देश्यले शान्ति सुरक्षाको लागि वागमती अञ्चलाधीशको कार्यालयमा निवेदन दिई सो कार्य सम्पन्नार्थ जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्रहरी समेत खटिएकोमा मिति २०३५।३।९ को बिहान पूजा आजाको अवस्था विपक्षीहरू समेत ३०३५ जवानको हुल भई प्रहरीकै सामान्नेमा जग्यशाला र पूजाका सामानहरू जुत्ताले हानी विगारी वादी मध्येका सुर्जमान र बज्रराज समेतका जवानहरूलाई समेत कुटपिट गरी सुनको गहना लुटपिट गरी रितिस्थितिमा खलल पारेको र ज्येष्ठताको डरले हामी वादी मध्येका बज्रराज मूल थकाली थपा आजु म सूर्यमान २ नं. थपा आजु ३ नं. थपा आजुमा विपक्षी बेखामुनी ४ नं. थपा आजुमा सानुकाजि पुन थापा, आजुमा पाहिला भन्ने चन्द्र ज्योति ६ नं. को गुभाजुमा पण्डित भन्ने जगज्योति हुनुपर्नेमा विपक्षीहरूले  अनाधिकार रीतिस्थितिकै उल्लंघन हुने गरी मिति ०३५।३।९ मा गरेको कार्य हाम्रो परम्परा विपरीत हुँदा अदलको महलको १० नं. बमोजिम सजायँ गरी रितिस्थिति बमोजिम हामीहरू थकाली ल्वीं गरी थपा आजु हुन पाउँ भन्ने समेत व्यहोराको २०३५।८।१८ को संयुक्त फिरादपत्र ।

३.  हाम्रो तर्फबाट मिति २०२४।११।१५ मा नायो लूय र मिति २०३५।२।२० मा थपा आजु लूय गरी थपा आजु समेत भइसकेको हुँदा उल्लिखित मितिबाट ३५ दिन भित्र उजूर गर्नु पर्ने सो नगरी मिति २०३५।३।९ को वारदात देखाई गुज्रेको हदम्याद थमाउन झुठ्ठा व्यहोराको विन्तिपत्र चढाई बक्स भएको हुकुम प्रमाड्डीको सुविधा वादीहरूले पाउन नसक्ने हुँदा वादी दावी अदलको महलको १२ नं.को हदम्याद भित्रको नहुँदा खारेज हुने स्पष्ट छ । अदलको महलको १२ नं. विपरीतको दावी अ.बं. १८० नं. बमोजिम खारेज गरिपाउँ हाम्रो रितिस्थिति अनुसार नायो आजु भइसकेको व्यक्ति मात्र थपा आजु हुन पाउने र नायो हुन पाउने व्यक्ति नायो हुन नमानी त्यागी बसेमा पछि फेरि नायो हुन नसक्ने र निज भन्दा मुनिको व्यक्ति क्रमानुसार नायो हुने विहारको रीतिस्थिति परम्परा हो । वादी बज्रराज समेतलाई सम्झाउँदा बुझाउँदा पनि परम्परा अनुसार नायो लुप गर्न मन्जूर नगरेको र वादीहरू नायो । आजु हुन नमानी त्यागी बसेको कुरा बौद्ध समाज सुधार समिति र प्र.जि.अ.को कार्यालय समेतमा हामीले दिएको उजूरी र कारवाहीबाट प्रष्ट हुन्छ । त्यसपछि थपाजु बाबुकाजी नाय लुय गर्नु पर्ने बज्रराज र सुर्जमान बेटाजु बस्नु पर्ने बेखाराम समेतलाई नाथ लुया कार्य गर्न बोलाउँदा नआई त्यागी बसेकोले मिति ०३४।११।१५ का दिन ल.पु.न.पं. का प्रधान पञ्च श्री बुद्धिराज बज्राचार्य वडा नं. ९ का वडाध्यक्ष श्री पूर्णमान व्यञ्जनाकार र बौद्ध समाजका अध्यक्ष, उपाध्यक्ष समेतका पदाधिकारीहरू समेतको रोहवरमा थपाजु बाबुकाजी बज्राचार्य भिक्षुको स्थान सम्मानपूर्वक राखी क्रमानुसार नायो लूय गर्नु पर्ने आशाकाजी म प्रतिवादी मध्ये म बेखामुनी, म साुनकाजि, म बाबु काजीलाई प्राचीन पुरोहित सिद्धिराज नकबहीको मुल अचार्यत्वमा नायो लूय स्थविरारोहण गर्ने र म तुयरत्नलाई बेटाजु राख्ने कार्य सम्पन्न भई थपाजुमा ४ आजुमा आशाकाजि बेखामुनी सानुकाजी बाबुकाजि बेटाजुमा म तुयुरत्न भएको हो । ०३४।११।१६ का दिन बालकहरूको चूडाकर्म कार्य पनि विधिपूर्वक नै सकेको छ। तुयुरत्न र आशाराम आजु भएको पनि छैन । परम्परा रितिस्थिति तथा ऐन विपरीत मिति ०३४।११।१५ को नायो लूय कार्य बदर गर्ने र वादीहरू फेरि नायो लूय हुनसक्ने अवस्थै नहुँदा वादी दावी खारेज गरी भइरहेको हामी आजु थपा आजु र बेराजुहरूलाई आजु थपा आजु र बेठाजु कायमै गरिपाउँ भन्ने समेत व्यहोराको जना ५ को संयुक्त प्रतिउत्तरपत्र ।

४.  मिति २०३५।३।१६ को निर्णय प्रतिवादीहरूले आफ्ना मानिस मिलाई आफूहरू देखा नपरी हामीलाई जानकारी नै नदिई जालसाजीबाट खडा गरिएको निर्णय हो । मिति २०३४।११।१५ को मुचुल्का हाम्रो हकबाट हामीलाई वञ्चित गर्ना निमित्त प्रतिवादीहरू र मुचुल्कामा लेखिएका व्यक्तिहरू समेत भई जालसाजबाट खडा गरेको हुँदा प्रतिवादीहरूलाई सजायँ गरिपाउँ मिति २०२९।१२।१ र २०२९।१२।१८ को निर्णय सद्दे हुन् । मिति ०३९।१२।१८ को निर्णय बमोजिम हामीलाई सूचना नदिएको भन्ने समेत व्यहोराको सुर्जमनी भन्ने सुर्जेमानले गरेको बयान ।

५. मिति २०३४।११।१५ को मुचुल्का सद्दे हो । जालसाजी भनेकोमा वादीलाई सजायँ गरिपाउँ । मिति २०२९।१२।१ र २०२९।१२।१८ को लिखतलाई वादीले नै सद्दे भनेको र परम्परा अनुसार मौखिक सूचना दिएको थियो । मिति २०३५।३।१६ को लिखत निर्णयको हकमा जालसाजी हो भनी वादीले गरेको बयान झुठ्ठा हुँदा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वा.स.प्र.पुण्यरत्नको बयान ।

६.  मिति २०३५।३।१९ को निर्णय कागज सद्दे साँचो हो । निर्णयलाई जालसाजी भनेकोमा वादीलाई सजायँ गरिपाउँ भन्ने पेट बोलीका प्रतिवादी आनन्द वीर बज्राचार्यको बयान ।

७. मिति ०३४।११।१५ को मुचुल्का र २०३५।३।१६ को निर्णय कागज जालसाजी नभई सद्दे होजालसाजी गरेको भए बौद्ध समाज उपर समयमै जालसाजीमा नालिस गर्नु पर्ने, हाल जालसाजी भनी झुठ्ठा बयान गर्ने वादीलाई नै सजायँ गरिपाउँ भन्ने हर्षरत्न समेत ७१ जवानको वारिश भई आफ्ना हकमा समेत बुद्धिराज बज्राचार्यले गरेको बयान ।

८.  मिति २०३३।३।१६ को वादीले पेश गरेको लिखत सद्दे हो मिति ०३४।११।१५ को कागजमा मेरो सहिछाप नहुँदा कागजलाई नामाकरण गर्न असमर्थ छु भन्ने विद्याभूषण बज्राचार्यको बयान ।

९.  मिति २०३५।३।१६ को निर्णय र मिति २०३४।११।१५ को मुचुल्का धार्मिक परम्परा अनुसार भएको निर्णयलाई जालसाजी गरी खडा गरेको भन्ने दावी उचित नभई जालसाजी भन्न नमिल्ने । मिति २०२९।१२।१ र २०२९।१२।१८ को निर्णयलाई वादीले नै सद्दे भनी स्वीकार गरेकोमा मिति २०२९।१२।१८ को निर्णयमा वादी मध्येका सूर्यमान समेत भई निजकै सभापतित्वमा भएको सूचना दिने भन्ने हकमा को कसले दिने भन्ने उल्लेख भएको नदेखिँदा सभापतित्व गर्ने व्यक्तिलाई नै जानकारी छैन भन्न मिल्ने देखिएन मिति ०३५।३।१६ को निर्णय र ०३४।११।१५ को मुचुल्का साँचो ठहर्छ । मिति ०३४।११।१५ को मुचुल्काको आधारमा भएको थकाली ल्वी गरी थपा आजु समेत भएको वादी दावी बमोजिम कानुन विपरीत भएको नदेखिँदा प्रतिवादीहरूलाई अदलको महलको १० नं. बमोजिम सजायँ नहुने र वादी दावी बमोजिम वादीहरू थकाली ल्वी गरी थपा आजु हुन नपाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३८।९।२८ को ल.पु.जि.अ.को फैसला ।

१०. धार्मिक रीतिस्थिति परम्पराको प्रतिकूल कार्य गरे गराएका परम्परागत नियममा खलल पुर्‍याएको नामालुम तथा थपा आजु हुने हुन्, हाम्रो हो भन्ने कुरालाई विपक्षीहरूले स्वीकार गरेको प्रष्ट छदैको, अवस्थामा अदलको १० नं. समेतको प्रतिकूल हुने गरी ललितपुर जिल्ला अदालतबाट भएको निर्णय कानुन प्रतिकूल हुँदा वादी दावी बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको वादी बज्रराज समेत ३ जनाको वागमती अञ्चल अदालतमा परेको संयुक्त पुनरावेदनपत्र।

११. यम्पि महाविहारमा ५ जना थपा आजु कायम भइसकेको कायम भएको थपा आजु परलोक भएमा अरु थपा आजु हुने परम्परा फिरादबाटै स्वीकार भएको हाल कायम रहेको थपा आजुहरू थपाजु लुप गरेको बदर गरिपाउँ भन्ने फिराद दावी नभएको हाल कायम थपाजुहरूको थपा आजु लुप गरेको बदर गर्न मिल्ने नदेखिएको, ५ जना भन्दा बढी थपा आजु र अर्को गुभाजु पनि हुनसक्ने फिराद दावी लिन नसकेको, फिरादीहरूलाई पनि थकाली ल्वी गरी थपा आजु हुन दिँदा सामाजिक रीतिस्थिति विपरीत हुन जाने देखिएको, थकाली ल्वी गरी थपाजु हुन पाउँ भन्ने फिराद दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ र वादीहरूले जालसाजी भनी दावी लिएकोमा वादीको दावी नै पुग्न नसक्ने ठहरिएकोले सो हकमा पनि इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०४०।११।२६ को फैसला ।

१२. अ.बं.८२, १८४(क), १८५ नं. अदलको १०, १२ नं. कीर्ते कागजको ३ नं. प्रमाण ऐन, २०३१ को दफा ९८ र ५४ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू समेतको विपरीत भएको वागमती अञ्चल अदालतको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको संयुक्त निवेदनपत्र ।

१३. मिति ०३४।११।१५ को मुचुल्का र मिति २०३५।३।१६ को निर्णय पम्पी महाविहार सुधार  समितिबाट भएको देखिँदा अनाधिकार निर्णय गरेको मान्नु पर्नेमा अनाधिकार निर्णयलाई सदर गरेको बा.अं.अ. को इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।७।६ को आदेश ।

१४. यम्पि महाविहार सुधार समितिको मिति २०२९।१२।१८ को निर्णयको दफा ३ र ४ मा उल्लेख भए बमोजिम नायो लूय गर्ने सूचना दिनु पर्ने र सूचना पाउनेले ७ दिन भित्र जवाफ दिएपछि समितिले अर्को व्यक्तिलाई सूचना दिनु पर्ने कार्यविधि निर्धारण भएकोमा सो निर्णयको सूचना वादीहरूलाई दिन पर्नेमा सूचना दिएको कुरा मिसिलबाट नदेखिएको मौखिक सूचना दिएको भन्ने जिकिरलाई मान्यता दिन मिल्ने नभएको, लिखित सूचना दिनु बेगर अर्को थपाजु नियुक्त गर्न सक्ने स्थिति समेत देखिन नआएको मिति २०३४।११।१५ को मुचुल्का र मिति २०३५।३।१६ को निर्णयको वादीहरूको थपाजु आजु गुभाजु हुने हक समाप्त भएको भन्ने जिकिरमा कुन निर्णय वा शर्तले त्यसमा बसेका व्यक्तिहरूलाई थम्पि महाविहारका रिक्त थपाजु आजु गुभाजुहरु नियुक्त गर्ने अधिकार प्राप्त भएको हो सो उल्लेख नभएको, सो गर्ने अधिकार थम्पी महाविहार सुधार समितिलाई भएकोमा सो मिति २०३४।११।१५ को मुचुल्का र मिति २०३५।३।१६ को निर्णय थम्पि महाविहार सुधार समितिबाट भएको नदेखिँदा उक्त मुचुल्का र निर्णय अनाधिकार रुपमा हुन गएको देखिएको, यस्तो अनाधिकार निर्णयको आधारमा रिक्त रहन आएको थपाजु आजु गुभाजुहरूको पदस्थापना गरेकोलाई मान्यता दिई गरेको शुरु अदालतको फैसलाई सदर गर्ने गरेको बा.अं.अ.को फैसला समेत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३४।४।१५।४ को क्षेत्रीय अदालतको फैसला ।

१५. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।४।१५ को फैसलाबाट सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटिपूर्ण भएको हुँदा सो फैसला उपर न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख) को आधारमा पुनरावेदन गर्ने अनुमति पाउँ पुनरावेदनको सुनुवाई भई क्षेत्रीय अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।

१६. यसमा वादीले बयान गर्दा मिति २०३४।११।१५ को मुचुल्का र मिति २०३५।३।१६ को निर्णयलाई अनाधिकार भएको हो भनी भन्न नसकेको स्थितिमा रीतिस्थिति अनुसार भएको उक्त लिखतहरूको मुल्याङ्कन गर्नु पर्नेमा नगरी वादीको दावी जिकिर भन्दा बाहिर गई उक्त मिति २०३५।३।१६ को निर्णय र मिति २०३४।११।१५ को मुचुल्कालाई अनाधिकार भन्दै उक्त निर्णय मुचुल्कालाई प्रमाणमा नै नलिई वादी दावी बमोजिम थकाली लूय गरी थपा आजु हुन पाउने ठहराएको क्षेत्रीय अदालतको मिति २०४३।४।१५ को निर्णयमा अ.बं.१८५ नं. समेतको त्रुटी हुँदा यस्तो सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर त्रुटी देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति ०४३।५।२२।१ को यस अदालतको आदेश ।

१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री चण्डेश्वर श्रेष्ठ र श्री पिताम्बर सिलवाल विपक्षी वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री रामगोपाल श्रेष्ठ र श्री यादवप्रसाद खरेल समेतको बहस जिकिर सुनी मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा निर्णय दिन पर्ने देखिन आयो ।

१८. यसमा यम्पि विहारको मिति २०२९।१२।१८ को निर्णय थकाली लूय गर्ने सम्बन्धी सबैको सम्पत्तिबाट व्यवस्था गरेको देखियो । सो निर्णयमा भएको व्यवस्थाबाट  कुनै व्यक्तिको नाम लूय गर्नु पर्ने अवस्था परे नाय लूय गर्नु पर्नेलाई समितिबाट सूचना दिने र सो सूचना पाई नाय लूय गर्ने इच्छा नभए सो कुराको सूचना ७ दिन भित्र दिने र सो सूचना पाए पछि निज मुनिको व्यक्तिलाई सूचना दिने भन्ने व्यवस्था भएको, तर ज्ञानमुनि पछि नाय लूय गर्नु पर्ने बर्जराज समेतलाई सो बमोजिमको सूचना दिएको कुनै सबूद नआएको खाली मौखिक सूचना दिएको भन्ने जिकिर भए पनि त्यसलाई मान्यता दिन नमिल्ने हुँदा आफैंले गरेको व्यवस्था विपरीत नाय लूय गरेको रीतिस्थिति विपरीत देखियो । जहाँसम्म २०३४ मा नै सो काम भई त्यसपछि अरु कर्मकाण्ड भइसकेको भन्ने हकमा पनि सो को कुनै सबूद प्रतिवादीको तर्फबाट पेश नभएकोले वादीको यो फिराद अदलको म्याद नाघेको भन्न नमिली इन्साफ क्षेत्रीय अदालतको मनासिब ठहर्छ । कोर्ट फी रही मुद्दा दायर भएको देखिँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बर प्रसाद सिंह

 

इतिसम्वत् २०४४ साल फागुन १७ गते रोज २ शुभम् ।

