निर्णय नं. २९७ – लिखत पास
निर्णय नं.२९७ ने. का.प २०२२ फुल बेञ्च प्रधान न्यानायधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री बाशुदेव शर्मा दे.फु.नं.२२९ निबेदेक, वादी :...
निर्णय नं.२९७ ने. का.प २०२२
फुल बेञ्च
प्रधान न्यानायधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
न्यायाधीश श्री बाशुदेव शर्मा
दे.फु.नं.२२९
निबेदेक, वादी : पं.सोमनाथ
विरुद्ध
विपक्षी, प्रतिवादी : कोमलकुमारी शाह
मुद्दा : लिखत पास
(१) रजिष्ट्रेशनको ५ नं.– जुनसुकै व्यहोराका कागज पनि पास हुन सक्ने ।
लिखतको प्रथम शर्त मुद्दामा मेरो जीत भई अन्तिम किनारा लागे पछि मात्र दिने भन्ने कुराको शर्त लेखिएकोबाट मुद्दामा जीत भए मात्र पाउने हार हुन गएमा पनि पाउने भन्ने नलेखिएकोबाट दुवै अवस्था उत्पन्न हुन सक्ने भई शेषपछिको बकसपत्र जस्तो निश्चित शर्त भएको भन्न नमिल्नेमा पनि शेषपछिको बकसपत्रमा हक प्राप्त हुने समय तर्फ मात्र शर्त जस्तो हुने लिखत ऐन बमोजिम पास हुने तर्फ केही बाधा उत्पन्न हुने शर्त रहेको पाइदैन । तर यस लिखतमा सो मुद्दा हाल सर्वोच्च अदालतमा दायर हुनाले सो किनारा लागेपछि मात्र पास गरी दिने छु भनी दोश्रो शर्त रहेको पनि देखिन्छ । त्यसबाट डिभिजन बेञ्चको फैसलामा उल्लेख भए बमोजिम उसै दिन वा मुद्दाको अन्तिम फैसला नभएमा ६ महिना भित्र पनि पास गरी दिने इच्छादाताको नभई अनिश्चित देखिएको हुनाले समेत सोही कागजबाट नै हक प्राप्त भई हाल्ने भन्ने देखिन नआएको र वादी दावीको लिखत शर्तनामा कायम गरी पास गर्ने ठहराए तर्फमा प्रतिवादीको निवेदनबाट दोहरिएको पनि देखिन नआएकाले समेत रजिष्ट्रेशन का ५ नं. का ऐनले अरु बेबहारको समेत जुनसुकै कागज पत्र पनि पास हुन सक्ने हुनाले लिखतमा लेखिएको बोलीबाट अर्को बकसपत्र लेखिदिनु पर्ने नै भन्नु पर्ने हुनाले सो लिखतपास हुने ठर्हछ ।
(प्रकरण नं.१२)
निवेदक, वादी तर्फबाट : एडभोकेट कृष्णप्रसाद भण्डारी, एडभोकेट कुसुुम श्रेष्ठ
प्रतिवादी तर्फबाट : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, एडभोकेट कृष्णप्रसाद घिमिरे
फैसला
१. यसमा बिराटनगरको जग्गा जिमिदारी सिद्धिपुर ईटहरीको मुद्दा छिनिएपछि पास गरिदिने गरी नम्बरी विगाहा १४।।३। र सोही जग्गामा बनेको पक्की १ तले घर भान्सा घर समेत र बगैचा लगापात समेत मुद्दा बिषयको र भईपरी आएको काम गरी दिए वापत भनी ०१५।७।२१ मा लेखिदिनु भएको बकसपत्र पास गरी नदिएकोले पास गरी पाउन भन्ने समेत वादी ।
२. वादीले दावी गरेको कागज शर्तनामा मात्र भई हक छोडी दिई नसकेको ऐन विरुद्ध हुनाले पास हुनै नसक्ने मुद्दाहरूमा वारिस वसी देउ भन्दा पनि वसी दिएन अरु काम कारवाई गरी दिएको पनि छैन । बुबासँग झगडा परी रहेको मुद्दामा जम्मै काम गरी दिन्छु भनी कागज लेखाएको हुँ । काम केही नगरेकाले सो कागज फिर्ता देउ भन्दा च्याती सकेको छु भनेका थिए । सो दिन्छु भनेको घर जग्गा दिन मञ्जुर छैन भन्ने समेत प्रतिवादी ।
३. लिखत हेर्दा मुद्दा बिषयको काम र भैपरी आएको काम समेत गरी दिएवापत बक्सिस लेखी दिँया भन्ने माथी र सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लागेपछि पास गरी दिनेछु भन्ने व्यहोरा लेखिएको हुनाले त्यस्तो लिखतलाई शर्तनामा भन्न नमिल्ने र सर्वोच्च आलतको मुद्दा किनारा लागी सकेको फैसला नक्कल समेतबाट देखिएको हुनाले वादीलाई गरी दिएको बकसपत्र र रजिष्ट्रेशनका ३ नं.बमोजिम प्रतिवादीले पास गरी दिनै पर्ने ठर्हछ भन्ने समेत रा. का.ई.अ.दे.पै. को ०१७।१।९ को फैसला ।
४. शर्तनामाको लिखत वादीले मबाट लेखाई लिएपनि हक छोडेको लिखत नभई मुद्दा जीत भएपछि दिने भन्ने श्रद्धाबाट अर्को हक छोडेको लिखत गराउनु पर्ने । बकस भनेको खुसीले दिएमात्र पाउने । कर नलाग्ने हुँदा त्यस्तो शर्त कागज शुरु अदालतबाट पास गरी दिनै पर्छ भनी फैसला गरेकोले चित्त बुझेन भन्ने समेत प्रतिवादीको अपील ।
५. रजिष्ट्रेशनको ९ नं. ले लिखत भएको मतिले ६ महिना म्याद भएको । यो लिखत अन्तिम फैसला भएपछि पास गर्ने कुरा लेखिएको । म्याद नलेखिएको त्यस्तो लिखतलाई ६ महिना म्याद लाग्छ भन्न नहुने । रजिष्ट्रेसनको ११ नं.बमोजिम पास गरी नदिए ३५ दिन भित्र नालिस गरी डिग्री गर्नु पर्नेमा १५।९।२२ गते डिसमिस भएको । ०१६।४।२२ मा मात्र नालिस दायर भएको देखिनाले खारेज हुने ठर्हछ भन्ने समेत जिल्ला अदालत काठमाडौं दोश्रोको ०१८।९।१७।१ को फैसला ।
६. डिसमिस भएको मितिले ३५ दिन भित्र नालिस दिनु पर्ने भन्ने यस्तो नलाग्ने अर्थ झिकी खारेजी फैसला गरेको हुनाले चित्त बुझेन भन्ने समेत वादीको अपील ।
७. सर्वोच्च अदालतबाट डिसमिस भएको ०१५।९।२२।३ को मिति पछि नालिस गर्ने म्याद भित्रै फिराद दर्ता हुन आएकोले रजिष्ट्रेशनका ५ नं. का ऐनले व्यवहारको समेत जुनसुकै कागजपत्र पनि पास हुन सक्ने हुनाले लिखतमा लेखिएको बोलिबाट अर्को बकसपत्र लेखिदिनु पर्ने नै भन्नु पर्ने हुनाले यो लिखत पास हुने ठर्हछ । दे.पै. का फैसलाले उक्त लिखतलाई बकसपत्र ठहराएकोमा लिखतमा तत्काल हक छाडी दिने गरी बकसपत्रको बोली परेको नदेखिने हुनाले बकसपत्रसम्म ठहराएको सुरुको केही गल्ती र पास नहुने खारेज गर्ने ठहराएको काजी.अ.दो. का इन्साफ गल्ती ठर्हछ भन्ने समेत डिभिजन बेञ्चको ०१९।४।१५।२ को फैसला ।
८. उक्त डिभिजन बेञ्चको फैसलाको आधार लिंदा विपक्षीले अर्को बकसपत्र गरी नदिएमा मेरो तर्फबाट कसरी उस तर्फबाट अर्को बकसपत्र लेखाई लिने हो त्यस तर्फ यो यति दिन भित्र सो गर्ने भन्नेबाटो देखाई फैसला हुनु पर्ने । सो नभई अन्धकार भित्र पारी फैसला भएकोले दोहर्याई पाउँ भन्ने समेत वादीले दिएको निवेदनपत्रमा व्यहोरा साँचो भए डिभिजन बेञ्चको फैसला सच्चाउन मिल्छ मिल्दैन ? कानूनी प्रश्नको समाधान गर्न दोहर्याई हेर्न निस्सा दिएको दिएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०१९।९।५।५ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
९. सर्वोच्च अदालत संशोधन नियमावली, ०१८ को संशोधीत नियम ६३ को उपनियम ४ मा डिभिजन बेञ्चले गरेको फैसलामा अथवा भएको वा गैरकानूनी भएको भन्ने प्रधान न्यायाधीशलाई लागेमा निजले त्यसरी अन्याय भएको वा गैरकानूनी भएको भन्ने आफूलाई लागेको कुरा उल्लेख गरी त्यसको निस्सा दिए फुल बेञ्चले एक पटक मात्र दोहराउन हुन्छ भन्नेसम्म उल्लेख भएको पाइन्छ । सो बमोजिम अन्याय वा गैरकानूनी भएको भनी निस्सा भएको प्रस्तुत मुद्दामा नदेखिएकोले उक्त नियम ६३ को उपमियम ४ को डिभिजन बेञ्चको फैसला उपर मुद्दा दोहरिएकोमा फुल बेञ्चले खारेज गरी दिएकोले फुल बेञ्चबाट इन्साफ जाँच गरी दिन भन्ने हुकुम प्रमांगी पाउँ भन्ने समेत वादीको वा.केशरजंग शाहले श्री ५ महाराजाधिराजको जुनाफमा चढाउनु भएको बिन्तिपत्रमा कानूनी सिद्धान्त समेतबाट यो मुद्दामा दोहर्याउने आदेश नियम ६३।४ बमोजिम रीत पुगी भएको मानी हारजीतको फैसला गर्नु पर्ने गरेको नदेखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख निजी सचिवालयबाट २१।४।१४।४ मा लेखि आएको व्यहोरा समेत श्री माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवै फुल बेञ्चमा पेश गर्नु भन्ने ०२१।४।१९।२ को आदेश ।
१०. यसमा तारेखमा रहेका निवेदक, वादी सोमनाथको वारेस केशरजंग र प्रतिवादीकोमलकुमारीको वारेस बलबहादुर समेतलाई राखी गत माघ १६ गते पेश भई निवेदक, वादीतर्फबाट बि.एडभोकेट कृष्णप्रसाद भण्डारी तथा विद्वान एडभोकेट कुसुम श्रेष्ठले र प्रतिवादी तर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आजको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा वादी दावीको लिखत बकसपत्र भने वादी र शर्तनामा मात्र भई हक छोडी दिन सकेको भन्ने प्रतिवादी भएको डिभिजन बेञ्चबाट कायम गरेमा चित्त बुझेन भन्ने निवेदक, वादीको जिकिर हुनाले त्यस तर्फ बिचार गर्दा, मिसिल सामेल रहेको वादी वादीको १५।७।२१ को लिखतमा नम्बरी जग्गा बिगाहा १५।४।३ मा सोही जग्गामा भएको पक्की १ तले घर भान्साघर समेत र बगैंचा लगापात समेत तपाँईलाई बकस लेखी दिएँ । मेरो विराटनगरको जग्गा जिमिदारी सिद्धपुर ईटहरीको मुद्दा मेरो जीत भई अन्तिम फैसला भएपछि मात्र दिने शर्त हुँदा र सो मुद्दा हाल सर्वोच्च अदालतमा दायर हुनाले सो किनारा लागे पछि मात्र पास गरी दिनेछु भन्ने लेखिएको ।
११. ऐनले रजिष्ट्रेशन पास गर्नु पर्ने कागज लिनेदिने २ थर कागज भएको मितिले ६ महिनाभित्र अड्डामा गए पास गरी दिने रजिष्ट्रेशनको ९ नं. मा र सो म्याद नाघेमा ऐ.११।१२ नं.बमोजिम नालिस उजुर समेत गरी पास गराउने कानूनी व्यवस्था पाइन्छ ।
१२. दान दातव्यको ७ नं.बमोजिम कसैले कसैलाई ऐन बमोजिमको रीतपुर्याई आफ्नु हक छोडी उसको हक पग्ने गरी लिखित पत्र गरी दिएको रहेछ भन्ने लिखत बमोजिम पाउने र तत्काल हक छोडिदिने र त्यस पछि खान पाउने शर्त समेत राखी २ किसिमसँग बकस दिने व्यवस्था भएको । सर्वोच्च अदालतमा परेको मुद्दा अन्तिम किनारा भएपछि मात्र खान पाउने शर्त गरी दिएको बकसपत्र शेषपछिको बकसपत्र सरह मानी पास हुन पर्छ भन्ने निवेदक तर्फको जिकिर भएको । तत्काल हक छोडे सरहको यो लिखत नभएको र शेषपछि खान पाउने गरी शर्त राखी दिन पाउने र सोही अनुरुपको हो कि भन्न पनि शेषपछि खान पाउने शर्त राखिदिएकोमा दाताको मृत्यु पछि हक पुग्ने जाने र कसैको मृतकालको प्रभावले निश्चित नै भईरहेको हुँदा शेषपछिको बकसपत्रको हक प्राप्त हुने शर्त निश्चित शर्त भन्नु पर्ने । तर यस लिखतको प्रथम शर्त मुद्दामा जित भएमात्र पाउने । हार हुन गएमा पनि पाउने भने नलेखिएबाट दुवै अवस्था उत्पन्न हुन सक्ने भई शेषपछिको बकसपत्र जस्तो निश्चित शर्त भएको भन्न नमिल्नेमा पनि शेषपछिको बकसपत्रमा हक प्राप्त हुने समय तर्फ मात्र शर्त जस्तो हुने लिखत ऐन बमोजिम पास हुने तर्फ केही बाधा उत्पन्न हुने शर्त रहेको पाइदैन । तर यस लिखतमा सो मुद्दा हाल सर्वोच्च अदालतमा दायर हुनाले सो किनारा लागेपछि मात्र पास गरी दिनेछु भनी दोश्रो शर्त रहेको पनि देखिन्छ । त्यसबाट डिभिजन बेञ्चको फैसलामा उल्लेख भए बमोजिम उसै दिन वा मुद्दाको अन्तिम फैसला नभएमा ६ महिना भित्र पनि पास गरी दिने इच्छा दाताको नभई अनिश्चित देखिएको हुनाले समेत सोही कागजबाट नै हक प्राप्त भई हाल्ने भन्ने देखिन नआएको र वादी दावीको लिखत शर्तनामा कायम गरी पास गर्ने ठहराए तर्फमा प्रतिवादीको निबेदनबाट दोहराएको पनि देखिन नआएकोले समेत रजिष्ट्रेशनका ५ नं. का ऐनले अरु व्यवहारको समेत जुनसुकै कागजपत्र पनि पास हुन सक्ने हुनाले लिखतमा लेखिएको बोलीबाट अर्को बकसपत्र लेखिदिनु पर्ने नै भन्नु पर्ने हुनाले सो लिखत पास हुने ठर्हछ भन्ने समेत ठहर्याएको बेठिक भन्ने नमिलेकोले इन्साफ १९।४।५ २ को डिभिजन बेञ्चको मनासिव छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक, वादी पं.सोमनाथ पाध्या के यस अघीको डिभिजन बेञ्चको फैसलाले निजलाई जरिवाना भएको नदेखिँदा अ.बं.२०४ नं. ले रु.१। जरिवाना लाग्छ वारेस हुँदा असूल गर्नुका का.श्रेष्ठ अ.त. मा लगत दिनु ……………….१
मिसिल नियम बमोजिम बुझाउनु ……………….२
बक्स भई आएक हुकुम प्रमांगी बमोजिम जाहेर गर्न यो फैसलाको २ प्रतिलिपि श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारमा पठाई दिनु …………………..३
इति सम्वत् ०१२ साल माघ २० गते रोज ३ शुभम् ।