April 6, 1965
Created by nepalarchives

निर्णय नं. २७७ – लेनदेन जालसाजी

निर्णय नं.२७७            ने.का.प.२०२२ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी २०१३ सालको पहिलो रिभिजन दे.फु.नं.१ निवेदक     ...

निर्णय नं.२७७            ने.का.प.२०२२

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री लोकराज जोशी

२०१३ सालको पहिलो रिभिजन दे.फु.नं.१

निवेदक      : का.इ.ज्ञानेश्वर बस्ने बृ. ज. मोहनविक्रम शाह

विरुद्ध

विपक्षी : भगवतीप्रसाद उपाध्याय, सप्तरी नरधी विर्ता

मुद्दा : लेनदेन जालसाजी

(१)   लुटपिटको अवस्थाकस्तो अवस्थाको लाई लुटेको भनी भन्न नमिल्ने ।

            यदि सो बमोजिम नबुझाएको भए मेरो यो मानिस जिम्मा यस किसिमसँग राख्ने बन्दोबस्त गरी राखेको थिएँ भनी वादीले उल्लेख गर्न र त्यसको सबुद प्रमाण दिई गुजार्न समेत सक्नु पर्ने नसकेको र निज वादीले भोजप्रसादलाई वारिस दिंदा १५ दिन भित्रै आउने भन्ने लेखेको । सो बमोजिम मौजामा आउनु त परै रहोस् खेती र मालपोत असूल तहसिलको यामसम्म पनि मौजामा नआई बनारसबाट काठमाडौं आएको भन्ने फिरादपत्रमै लेखिएको । ठेक्का तोडेमा उजुर गरेको भन्ने पनि नदेखिएको । मालपोत तहसिल र खेतीको काममा यो व्यवस्था गरेको भन्ने पनि कतै उल्लेख गर्न नसकेको समेत हुनाले टाइममा वादी आफ्नो कबुलियत बमोजिम मौजाको काम सम्हाल्न नगए छोडेकोबाट प्रतिवादीहरू मजबुर भई मौजाको काम सम्हालेको देखिएकोले माथि उल्लेख भए बमोजिम बुझाईसकेको धान र कामतमा रहेको मालहरू चलन चल्ती गरेकोमा लुटेको भन्न मिलेन ।

(प्रकरण नं.१७)

(२)   लुटपिटको १।३ नं. ले कस्तो अवस्थालाई जनाउनेहातहाली जबरजस्ती गरी लिएको नदेखिए लुटपिटको १।३ नं.प्रयोग गर्नै नमिल्ने ।

            फ्नो सम्पती भए पनि अर्काको जिम्मा दिएपछि निजको मञ्जुरी बेगर लुटपिटको १।३ नं. ले हात हाली लिन नपाउने भन्ने डिभिजन बेञ्चको तर्कको हकमा तत्काल प्रचलित लुटपिटको १ नं. मा अर्काका हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हात हाली जबरजस्तीसँग खोसी लुटपिट समेत गरी लैजान वा कुनै किसिमसँग नोक्सान गराई दिन समेत हुँदैन भन्ने र ऐन ३ नं. मा आफ्नै हक पुग्ने धनमाल भए पनि अर्काको जिम्मा रहे भएकोमा सो जिम्मा लिने मानिसको मञ्जुरी लिई वा नालिस उजुर दिई आफ्नो हक गराए पछि मात्र लैजानु पर्छ भन्ने समेत उल्लेख भएको यस मुद्दामा सो बमोजिम हात हाली जबरजस्ती गरी लिएको नदेखिइ उपरोक्त लेखिए बमोजिम बुझी लिएको देखिएकोले उक्त ऐनहरूको प्रयोग गर्न मिल्ने देखिएन । तसर्थ, लुटपिट गरेको नठहराएको ०९।१२।५।३ को शुरु विराटनगर अमिनी (हालको मोरङ्ग जिल्ला अदालत) को मनासिव छ ।

(प्रकरण नं.१८)

प्रतिवादी तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल, प्लिडर कृष्णप्रसाद उपाध्याय

फैसला

      १.     प्रतापविक्रम, मोहनविक्रमको मोरङ्ग सिद्धनगर समेतको जग्गा जिमिदारी विर्ताको दाम काम गर्ने साविक कारिन्दाबाट राम्रो बन्दोबस्त भई फाइदा हुन नसकेकोले ठेक्का बन्दोबस्त गर्ने भएको थाहा पाई गई कुरा गर्दा सो काममा मलाई भर्ना गरी ०६।१।१६ गते दस्तखत गरी दिएकोले कामतमा आई केही दिन काम गर्दा ठेक्का लिन इच्छा भई ठेक्का सकार गर्दा पोतका हकमा निजहरूले बुझाउने गरी पहिला बर्ष ०६ सालमा धान मन ३५०० र ०७ सालसम्म बर्ष ३ मा साल १ को धान मन ४००० को दरले बुझाउने गरी जम्मा ४ बर्षको ठेक्काको हरेक साल पौष १ गते देखि आषाढ मसान्तसम्ममा बुझाउने गरी भाखा र खेतीलाई चाहिने जिन्सी चौतरिया साहेबहरूकै धानबाटहरूवा बटैयादारहरूलाई लहना खर्च बुझाई त्यसबाट असूल भएको साँवा व्याज मैले बुझाउने र असुल नभएको कर्जि बाँकीको साबुद तमसुक बुझाई दिने र खरिद भएको गोरुको मोल ४ बर्षको ठेक्का भित्र ४ किस्ता गरी मैले नै बुझाउने शर्तको लिखत पत्र भई मुख्य मालिक प्रताविक्रमबाट ०६।४।२० मा र ऐ माघ ६ गते मेरो नाउँमा दस्तखत गरी दिएकोले साविक कारिन्दाको पालाको जिम्मा लिई काम काज गर्दा म तर्फबाट काम काज गर्दा फाजिल हुन गएको नगद कं.रु.१०४४३। जिन्सी धान मन ३७०३ र ०७ सालमा सामयिक सरकारबाट ठेक्का भित्रको जग्गा विगाहा ९०।३।१ को धान रोक्का भई पं.भक्तलाल जिम्मा रहेकोले ०७ सालमा बुझाउने ठेक्काको धान मन ४००० मध्ये कती दिनु पर्ने हो त्यसको ठेगान पनि लागि नसकेको । यो साल उब्जा नभएकोले लगानी असूल नभई ०८ सालमा खेती गराउन थप कर्जिसमेत दिएको जस्तापरेमा मिन्हा दिउँला भन्ने मुख जवान बोल कवोल भएको । मिन्हालाई लेखा पढी भएको केही निकसा नआई प्र.अच्यतानन्दलाई पठाएको । सो टाईममा मेरो आमा बनारसमा सिकिस्त विरामी भई म जानु पर्दा मौजामा मौज्दात रहेको धान तौल गराई जंचाई देखाई दिनु । अरु बाँकी कारवाही म आई गरौंला भनी मेरो मानिस भोजप्रसादलाई वारेस गरी निज अच्युतानन्दको साथ लगाई म बनारस गएपछि वारेसलाई लिई निज अच्युतानन्द गई ०७ सालमा उब्जा नहुँदा खेतीलाई नपुग भई म तर्फबाट खरीद गरेको समेत ४८५५ मन मध्ये ०८ साललाई खेती खर्चहरूवा बटैदारलाई दिई बाँकी कामत कामतमा रहेको मौज्दात धान मन १००० निज वारेसले जंचाई दिंदा जाँची अच्यूतानन्द गएको । रोक्का भएको जग्गा विगाहा ९०।३।१ चलन गर्न नपाए पछि मैले दिनु पर्ने ०७ सालको ठेक्काको धानमा मिन्हा पाउन टुंगो लगाउन भनी चौतरियाहरूमा गएको बखत निज अच्यूतानन्दले चौतरियाहरूबाट के अडर लिई आई मेरो इवीवाला प्र.सनिचर समेतलाई साथ लिइ ०८ साल बैशाख २६ गतेका दिन देहायका मौजा कामतमा गई ठेक्का जग्गाबाट उब्जा भएको र मैले खरिद गरी राखेको देहाय बमोजिमको धनमाल मैले कुरुवा राखेका मेरो मानिसले मनाही गर्दा पनि नमानी भकारीमा राखेको र कामतमा रहेको सेपको समेत ताला तोडी देहायमा लेखिएको धनमाल लुटपिट गरी आफ्नो दखल कब्जा गराई मेरो नोकरलाई निकाली जग्गा जिरायतबाट समेत हटक गरी दखल चलन गरेको हुनाले नालिस दिएको छु । मैले पाएको ठेक्का जग्गामा उब्जा भएको अरु कुनै किसिमको हात हाली जबरजस्ती लुटपिट गर्ने गराउने गरी कब्जा गराई लिन नपाउने हुनाले सो लुटपिट गरी लिएको देहायमा लेखिए बमोजिमको धनमालको बिगो कं.रु.१३११४। लुटपिट गराउने चौ.प्रतापविक्रम, मोहनविक्रमबाट र सो कूराको अडर मानी लुटपिट गर्ने अच्यूतानन्द समेतबाट दिलाई भराई लुटपिट गर्ने गराउने र मद्दत दिने प्र.सनिचर समेतलाई सजाय गरी पाउँ भन्ने समेत भगवतीप्रसादको ०८।५।२५।२ को फिरादपत्र ।

      २.    वादीले अमानती पालाको काम गरेको कागजपत्र समेत कबुल सकारका टायम टायममा नबुझाएको हुनाले सो अमानती पालाको कागजपत्र र ठेक्का कामको ठेक्का अंक समेत बुझ्न र तहविल जाँच गर्न समेत भनी प्रतापविक्रमबाट मलाई खटाई पठाएबाट जिल्लामा गई दस्तखत देखाई नगदी जिन्सीको तहविल जाँच गराई अमानती बही समेत बुझाई विष्णु राजका पालाको र तिम्रा पालाको लगानी नगदी जिन्सी समेतको असामी रुजु गराई देऊ भनी यो वादीलाई भन्दा सो केही नगरी भागी मुग्लान जान लागेको थाहा पाई गभर्नर छेउ उजुर गरी निजलाई पक्राउ गर्न पठाएमा निज आएपछि बनारसमा आमा सिकिस्त विरामी भएको खबर आएको छ । म नगै हुँदैन मेरो सट्टा मेरा मानिस भोजप्रसाद बसी जम्मै देखाई दिने छन् भनी भोजप्रसादलाई वारेसनामाको कागज गरी दिएकोले निज भोजप्रसादको सकारनामा गराई मौजामा गई निजलाई र सरजमिन समेत राखी निजले झिकी तौल गराई दिएको मुचुल्का बमोजिम जम्मा धान मन ८८७।१ तौल गराई दिएको त्यस देखि बाहेक अरु मौज्दात छैन भनी नदेखाएको हुनाले सो तौल गराएको धान मौजा मौजाकै मुनहरमा राखी ताला बन्द गराई १५ दिनको छुट्टी लिइ गएको । वादी खेतीको टाइमसम्म नआएकोले चौतरिया सोहवमा लेखेमा काम कागज गर भन्ने अडर पाई वैशाख २३ गते देखि मौजामा आई तहसिलको काम सकिए पछि मात्र खेतीमा हात हाली भोजप्रसादले तौल गराई जचाए बमोजिम धानमा हात हाली खेतीको काममा लगाएको हुँ । लेखिए बमोजिम ८८७ ।। १ मन भएकोमा १००० मन धान भनी र सेप समेत तोडी देहाय बमोजिमको धनमाल लुटपिट गरी आफ्नो कब्जा गरी नोकरहरूलाई निकाली दियो भनी झुट्टा नालिस परेको हो । चौतरीय सोहवहरूले लुट्नु भनी अह्राएको र मैले लुटेको समेत होइन भन्ने समेत व्यहोराको ०८।९।२९।१ को प्र.अच्यूतानन्दको प्रतिउत्तर ।

      ३.    हामीहरूको मोङ जिमिदारी समेत काम काज गर्नालाई विष्णु राजलाई भर्ना गरी पठाएकोमा निजले राम्रो काम नगरेकोले सो वादीलाई भर्ना गरी पठाएको । ०६ साल देखिलाई पहिला बर्ष धान मन ३५०० र ०७ साल देखि ०९ साल तकलाई सालको धान मन ४००० का दरले बुझाउने गरी ठेक्का कबुल सकार गरी कागजपत्र ठेक्काको रुपैंया समेत आषाढ मसान्त तकमा चुक्ति बेमाखं बुझाउने गरी काम काज गर्न पठाएकोमा निजले विष्णु राजबाट बुझी लिएको नगदी जिन्सी र ६।७ साल समेतको प्रमाणिक लगत बमोजिमको हरहिसाब वासिल बाँकी डपोट समेत टायममा नुबुझाएको २ पटक गरी बैंकबाट कमिशन समेत भनी रु.५६४१४ र मोहनविक्रमलाई कं.रु.१०००सम्म बुझाई अरु आम्दानी खर्चको स्याहा श्रेस्ता समेत केही नबुझाएको र ०७ सालमा जग्गा समेत बाझो राखी मुग्लान भागी जान लागेको खबर आएकोले निजले कामकाज गरेको वासिल बाँकी स्याहा श्रेस्ता बुझ्न र जाँच बुझु गर्नालाई हाम्रो मानिस ख.अच्यूतानन्दलाई खटाई पठाएमा वादी मुग्लान जान लागेको कारिन्दाले थाहा पाई गभर्नरसँग उजुर गरी वादीलाई मुग्लान जान नदिई स्याहा श्रेस्ता नगदी जिन्सी बुझाउ भनेमा बनारसमा आमा विरामी भएको नगै हुँदैन सबै काम मेरो वारेस भई भोजप्रसादले देखाई जंचाई दिन्छ भनी भोजप्रसादलाई वारेसनामा गरी गएकोले हाम्रो कारिन्दालले निज भोजप्रसादको सकारनामा गराई निजलाई साथमा लिई सरजमिन राखी भोजप्रसादबाटै भकारी खोलाई नाप जाँच गर्दा मुचुल्का बमोजिम निस्कन आएको धान मन ८८७ ।।१ हाम्रो कारिन्दाले लिई ८ सालको खेतीलाई काम चलाएको हो । गोरु खरिद गरेको रुपैंया समेत नबुझाएको । खेतीलाई कर्जा लगानी गर्न हाम्रै धानबाट गर्नु भनी दस्खत गरी दिएको भए पनि सो कर्जि पनि कायमै बेकायमी के छ केही नबुझाई भागी गई गर्न पर्ने शर्त बमोजिम काम नगरी गरेका कामको वही समेत नुझाए पछि त्यस्तो बाँकीवालालाई ठेक्का राखी छाड्न मनासिव नपर्ने भएकोले र टायममा खेती गर्न समेत नआएकोले ०८ सालको वालीमा ख.अच्यूतानन्दले काम काज गरेको हो । धान र नगद मेरो फाजिल खर्च भएको भन्ने लेखेकालाई हाम्रो मौजामा खेती गर्नलाई निजको नगदी र जिन्सी राखी काम गर्न पर्ने कारण केही नभएको । सो धान कहाँबाट खरिद गरी ल्याएको हो । त्यस कुराको पनि प्रमाण गुजारी लेख्न सक्नु पर्ने । भोजप्रसादलाई वारेस गरी गएकोमा अरु कागजपत्र केही बुझाउन नआई ०८ सालको खेती लगाउने टायमसम्ममा पनि नआई जग्गा बाझो रहने भई निजबाट असुल उपर गर्ने केही नभएकोले ख.अच्यूतानन्दले हात हाली काम गरेको हो । सेप फोरी देहाय बमोजिमको धनमाल लुटपिट गरे भन्ने दावीमा सो सेप के किसिमबाट फोरि लुटेको हो । सो लेखन नसकेकोले सेप फोरि लुटि लियो भन्ने कुरा पनि फजुल देखिएको । मौजा कामतमा भएको धान निजको वारेस भोजप्रसाद वसी तौल गराई दिएको भएपछि लुटेको भन्न नहुने । सो धान बाहेक अरु जिन्सी केही नभएकोले जालीका सिकावटमा लागि बही समेत नबुझाई मुद्दा नालिस गरेमा वादीलाई नै सजाय गरी पाउँ भन्ने व्यहोराको प्र.चौ.प्रतापविक्रम, मोहनविक्रम समेतको ०८।९।२९।१ को प्रतिउत्तर ।

      ४.    बुझिएसम्मका प्रमाण परिबन्दबाट ठेक्का तोडेको ठिकवेठीक भनी यसबाट इन्साफ गर्न नमिल्ने । ठेक्का तोडेमा म्यादभित्र आजसम्म उजुर पनि परी नसकेको र धान मन ८८७।२ पनि जबरजस्ती प्रतिवादीहरूले दिएको नदेखिई वादीको वारेसनामा बमोजिम निजकै वारेसलाई रोहवरमा राखी सरजमिन मुचुल्का गरेको र सोही मुचुल्काबाट ८८७।२ मन धान भएको देखिएकोले दावी बमोजिम लुटपिट गरेको भन्न नहुने । वैशाख २६ गतेका दिन लुटपिट गरे भएको छैन भनी प्र.साक्षीले बकेको र अर्काका हकको जग्गाको बाली नभई प्र.चौतरियाहरूको आफ्नो जग्गाको बाली भएको । आफ्ना जग्गाको बाली वा कुनै धनमाल निजहरूले लुट्नु लुटाउनु पर्ने अवस्था पनि केही नहुँदा दावी बमोजिम प्रतिवादीहरूले लुटपिट गरेको ठहर्दैन भन्ने समेत विराटनगर अमिनीको ०९।१२।२५।३ को फैसला ।

      ५.    ठेक्काको म्याद खतम नभई हात हाल्नै नपाउने । हात हालेमा सावितै भएकाले लुटपिट ठहरि लुटपिटका ऐन बमोजिम सजाय समेत हुनु पर्नेमा लुटपिट नठहराई भएको फैसलामा चित्त बुझेन भन्ने समेत वादी भगवतीप्रसादको ०८।१०।३।६को अपील ।

      ६.    प्रतिवादीका जमिनको बाली र कामतको धनमाल भए पनि प्रतिवादीले धनमाल जमिन वादीलाई जिम्मा दिई काम गर्ने कारिन्दा र जमिनको ठेक्का दिएमा प्रतिवादी सावितै भएको । वादीलाई कबुलियत गरिदिएको धनमाल समेत वादीले नबुझाई बीचमा हात हाली लिएको मनासवि भन्न नभई प्रतिवादीले दाखिल गरेको वारेसनामाबाट विदा मागी वनारस गएको देखिएको । भागेको भन्ने सबुद केही नदेखिने । वादी जिम्मको धान झिकी चलन गरेमा प्रतिवादी सावितै हैन भन्ने प्रतिवादीका साक्षीको बकाई साँचो भन्न नहुने । अरु धनमालमा प्र.इन्कार भए पनि सो कामतमा वादीले खरिद गरेको भाडा र अघि प्रतिवादीले जिम्मा दिएको भाडा गाई गोरु समेत भएको देखिएको । जमिन ठेक्का लिए पछि गाई गोरु चामल खेसारी मुसरी समेत वादीको जिम्मा कामतमा रहने होइन भन्न नहुने । सो धनमाल वादीकै मानिसले लगे भन्न प्रतिवादीले नसकेको । जिम्मा लिएको घर कामत इत्यादि कब्जा गरी लिए पछि सो माल गोरु चामल खेसरी मसुरी समेत प्रतिवादीले लिएको हो भन्न नहुने हुँदा त्यस तर्फ अरु शंकै गर्न नपर्ने ०७।११।१२ का दस्तखतले पनि वादीले अच्यूतानन्द लाई बुझाए पछि मात्र प्रतिवादीले बुझी लिनु पर्ने देखिएको दस्तखत बमोजिम वादीले बुझाएबाट बुझी लिएको हुँ भन्न प्र. ले नसकेको । दाखिल भएका मुचुल्काबाट प्रतिवादीले धान बुझी लिएको नभई जाँचि भरि वादीकै जिम्मा रहने गरी भकारिमा छाडी गएको देखिएको । ठेक्का लिएको जमिन ठेक्काको मितिसम्म ठेक्दारले बाली नलगाएको भनी ठेक्दारको धनमालमा हात हाली ऐनको रीतबाट लिन हुन्छ भन्न नहुने । आफ्नै सम्पत्ति भए पनि अर्काका जिम्मा भए पछि नदिए नालिस उजुर दिई भरी भराउ गरी लिन सक्नु पर्नेमा वादीका जिम्मा रहेको धान, धनमाल समेत प्र.प्रतापविक्रम, मोहनविक्रम समेत २ जनाले कारिन्दा अच्यूतानन्द पठाई कानूनका रोहले लिन नहुने जबरजस्ती हात हाली लिएको देखिन आउने । नदिए हात हाली लिन पाउने वादीको लिखत छ भनी प्रमाण दिन नसकेकोले समेत वादीका जिम्माको धान झिकी आफैले काम गराउने अडर दिएमा सावित हुनु हुँदा हामीले लुटपिट गराएको छैन भन्ने चौतरियाको जिकिर नपुगी सा.अ. का २४ लुटपिट का १।३ नं. का ऐनले वादीको मन्जुरी बेगर प्रतिवादीले हात हाली जवरजस्ती लिएको देखिंदा लुटपिट गरी लिएकै ठहर्छ । अरु धनमालको हकमा बढी पक्रेको भन्न प्र. को जिकिरै नभएको धान मन १००० छ भन्ने वादी र वादीकै वारेस राखी सरजमिनका रोहवरमा जाँचि तौल गराउँदा मन ८८७।२ भएको मुचुल्काबाट देखिंदा धान मन ११२क८ को हकमा वादीले बढी दावी गरेको ठहर्छ भन्ने समेत ०१०।८।४ को मोरङ विराटनगर अपीलको फैसला ।

      ७.    वादीको वारेस भोजप्रसादले मुचुल्का समेत गराई जंचाई बुझाई दिए लिएको धानलाई हात हाली जवरजस्ती लिएको भनी लुटपिट समेत ठहराई गरेको फैसलामा चित्त बुझेन भन्ने समेत ले.क.प्रतापविक्रम साहा, ले.क. मोहनविक्रम साहाको ०११।११।२७ को अपील ।

      ८.    लिन बाँकी नै भए पनि ऐनले हातहाली लिएको सदर मान्न नहुने हुनाले समेत लुटपीट ठहराई छिनेको इन्साफ विराटनगर अपीलको मनासिव छ भन्ने समेत प्रधान न्यायालय सिंगलबेञ्चको ०१२।८।२२।४ को फैसला ।

      ९.    सिंगलबेञ्चबाट भएको फैसलामा चित्त बुझेन । दोहर्‍याई हेरि दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत मोहनविक्रम शाहले दिनु भएको बिन्तीपत्रको व्यहोरा जाहेर हुँदा जो बुझ्नु पर्ने बुझी डिभिजनबाट हेरी ऐन सवाल बमोजिम गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफका प्रमुख निजी सचिवालयबाट लेखी आएको हु.प्र. को व्यहोरा पेश हुँदा हुकुम प्रमांगी बमोजिम गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूको १२।१०।८ को आदेश ।

      १०.    आफ्नै सम्पत्ति भए पनि अर्काको जिम्मामा दिएपछि निजको मन्जुर बेगर लुटपिटको १।३ नं. का ऐनले हात हाली लिन नपाउने । अरु अनाज धनमालको हकमा प्रतिवादीहरूबाट कब्जा गरेको कुनै सबुद गुज्रन नआएको भन्ने डिभिजनका आदेशमा लेखिएकोलाई जग्गा ठेक्कामा लिएको ठेकदारले खेती गराउनलाई मौजामा बस्दा खानपिन गर्नालाई भाडा कुडा चामल र खेतीको आवश्यकता निमित्त मुसरी पटुवा गाई गोरु भैसी समेत राख्नु रहनु पर्ने आवश्यकै बस्तु देखिएको अनावश्यक चिज हो भनी प्रतिवादीले भन्न नसकेको । सो मालहरू वादी र निजका मानिसहरूले लगी सकेका भन्ने प्रतिवादीको भनाई जिकिरै नभएको र सबै मौजा कामतहरू चौतरिया साहेबहरूबाटै कब्जा भएको देखिए पछि सो मौजा कामतमा रहेको वादी दावी बमोजिम अनाज मालसामान पनि उहाँहरू तर्फबाट कब्जा भएन भन्न होला भन्न नहुने हुनाले समेत मोरङ्ग विराटनगर अपीलको इन्साफ मनासिव ठहराई छिनेको सिंगलबेञ्चको इन्साफ मनासिव छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१३।८।५ को फैसला ।

      ११.    आफ्नो तहबिलमा भएको धानको रेखदेख गरी स्याहारेकोमा नलाग्ने ऐन लगाई लुटपिट ठहराई फैसला भएकोमा चित्त बुझेन । देवानीको हरहिसाब मुद्दा ऐनका म्याद भित्र छिन्न लगाई सो नछिनेसम्म यो मुद्दा मुल्तवी राखी देवानीको मुद्दा छिनिए पछि फुल बेञ्चले उक्त दुवै मुद्दाको मिसिल झिकी बुझी बाँकी फाजिल मिलाई हक इन्साफ गरिदिनु भन्ने फुल बेञ्चको नाउमा प्रमांगी पाउँ भन्ने समेत प्र. मोहनविक्रम शाहले दिनु भएको विन्तीपत्रको व्यहोरा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए यसै सम्बन्धमा देवानीमा परेको मुद्दा चाँडो किनारा लगाउन लाउनु भन्ने र डिभिजनबाट फैसला भईसकेको मुद्दाका हकमा फुल बेञ्चबाट दोहर्‍याई इन्साफ जाँचिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको भनी मौसूफका प्रमुख नीज सचिवालयबाट ०१३।४।७ मा लेखि आएको हुकुम प्रमांगीको व्यहोरा पेश हुँदा हुकुम प्रमांगी बमोजिम देवानीमा परेको मुद्दा चाँडो छिनी दिनु भनी लेखी पठाइ दिनु भनी डिभिजन बेञ्चबाट छिनिएको मुद्दा हुकुम प्रमांगी बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने समेत माननीय प्रधान न्यायाधीशज्यूको ०१३।४।१४ को आदेश ।

      १२.   भगवतीप्रसादको र मोहनविक्रम समेतको बुझबुझारथ गराई पाउँ भन्ने मुद्दा र निजहरूको बाँकी दिलाई पाउँ भन्ने मुद्दाका मिसिलहरू साथ राखी यो मुद्दा पेश गर्नु भन्ने ०१४।१०।८।३ मा फुल बेञ्चबाट आदेश भए बमोजिम देवानीमा परेको बाँकी दिलाई पाउँ भन्ने मुद्दा मिसिल आएको हेर्दा देवानीबाट फैसला भएकोमा अपील दिने म्याद बाँकी देखिनाले अपील परे अपील तहबाट र नपरे सर्वोच्च अदालतमा पठाई दिनु भनी सो मिसिल देवानीमा पठाई दिनु । बुझबुझारथ गराई पाउँ भन्ने मुद्दाका हकमा सर्वोच्च अदालत पू.डौं मा गएछ भनी फाँटवालाले निवेदन गरेकोले सो मुद्दा छिनिएको छ, छैन ? छिनिएको भए मिसिल पठाई दिनु भनी र नछिनिएको भए चाँडो छिनि पठाइ दिनु भनी सर्वोच्च अदालत पु.डौ.लाई लेखी पठाई उक्त दुवै मुद्दा यो मुद्दाको प्रमाणलाई साथ राखी पेश गर्नु भन्ने ०१४।११।२१ को र फुल बेञ्चबाट ०१४।११।२१ मा भएका आदेशानुसार डिभिजन बेञ्चको मुद्दा चाँडो पेश गरी किनारा भएपछि फुल बेञ्चमा पेश हुने मुद्दाको प्रमाण मिसिल बुझाउन ल्याउन भनी लेखी पठाई डिभिजन बेञ्चमा पेश भई किनारा भई आएपछि फुल बेञ्चका ०१४।११।२१ का आदेशानुसार पेश गर्नु भन्ने फुल बेञ्चको ०१६।५।९।३ को आदेश ।

      १३.   यसमा प्रतिवादी निवेदक वृ. ज. मोहनविक्रम शाहको वा. मोदनाथ र वादी भगवतीप्रसादको वा.प्रभातकुमार रोहवरमा रही गत चैत्र १० गते पेश भई निवेदक, प्रतिवादी तर्फका विद्वान वकिल प्लिडर ठाकुरप्रसाद खरेल प्लिडर कृष्णप्रसाद उपाध्यायले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउन तारेख तोकी पेश हुन आएकोमा निम्नाङ्कित प्रश्नहरूउपर निर्णय दिनुपर्ने हुन आयो ।

(१)    वादी भगवतीप्रसादका फिराद दावीबमोजिम प्रतिवादीहरूले लुटपिट गरे गराएका हुन      हैनन् ?

(२)   गरेको भए केकति लुटपीट गरेका हुन् ?

      १६.    पहिला प्रश्न बिचार गरी हेरिएमा निवेदक, प्रतिवादी मोहनविक्रमले ख.अच्यूतानन्दलाई दिई पठाएको भनी वादीले नै पेश गरेको ०७।११।२।५ को दस्तखतमा जिम्दारी विर्ता तर्फको पोत तहसिल गरेको वासलात साविकको लगानी र तिम्रा पालाको समेत तिमिलाई भएका दस्तखत बमोजिम ख.अच्यूतानन्दलाई बुझाई फारख लिने भन्ने समेत उल्लेख भएको देखिएको र निजै वादी भगवतीप्रसादले भोजप्रसादलाई गरिदिएको वारिसनामामा पनि मौज्दातहरूको लगानीको फाँटवारी लेखिदिएको छु । मौज्दात जिन्सी बुझाउनालाई मैले बुझाई दिनु पर्नेमा मेरो आमा बनारसमा सिकिस्त हुनु भएको खबर आएबाट मैले नगै नहुने हुँदा मेरो तर्फबाट सो मौजाहरूमा काम गर्न भोजप्रसाद उपाध्यायलाई मौज्दात जिन्सी नापतौल गरी मन्जाय गरी जँचाउनलाई खटाई अखतियारनामा समेत लेखिदिएको छु । निजले मैले यस विराटनगर जिल्लाका गभरनरको रोहवरमा छलफल भए बमोजिम मौजा मौजामा भएको धानहरू मौजा मौजामा गई भए बमोजिमको जिन्सी नापतौल गराई दिने छन् । निजले तौल जोख गराइ दिएकोमा मेरो मन्जुर छ । १५ दिनभित्र आई अरु काम गर्नेछु भन्ने समेत लेखिएको र इतहरिया कामतका मुनहरमा भएको धानको ०८।१।२।३ मा भएको मन्जाय मुलुल्कामा भगवतीप्रसादका मानिस भोजप्रसाद उपाध्यायले तौलाई जंचाई बुझाएको ठीक साँचो हो भन्ने समेत लेखिएको देखिएबाट वादीले प्रतिवादीलाई उल्लेखित दस्तखत बमोजिम बुझाउनु पर्ने ठहराई वारेसद्वारा बुझाएको देखियो ।

      १७.   यदि सो बमोजिम नबुझाएको भए मेरो यो मानिस जिम्मा यस किसिमसँग राख्ने बन्दोबस्त गरी राखेको थिएँ भनी वादीले उल्लेख गर्न र त्यस्को सबुद प्रमाण दिई गुजार्न समेत सक्नु पर्ने नसकेको र निज वादीले भोजप्रसादलाई वारिस दिंदा १५ दिनभित्र आउने भन्ने लेखेको । सो बमोजिम मौजामा आउनु त परै रहोस् खेती र मालपोत असुल तहसिलको यामसम्म पनि मौजामा नआई बनारसबाट काठमाडौं आएको भन्ने फिरादपत्रमै लेखिएको ठेक्का तोडेमा उजुर गरेको भन्ने पनि नदेखिएको । मालपोत तहसिल र खेतीको काममा यो व्यवस्था गरेको भन्ने पनि कतै उल्लेख गर्न नसकेको समेत हुनाले टाइममा वादी आफ्ना कबुलियत बमोजिम मौजाको काम सम्हाल्न नगए छोडेकाबाट प्रतिवादीहरू मजबुर भई मौजाको काम सम्हालेको देखिएकोले माथि उल्लेख भए बमोजिम बुझाईसकेको धान र कामतमा रहेको मालहरू चलन चल्ती गरेकोमा लुटेको भन्न मिलेन ।

      १८.   आफ्नो सम्पत्ति भए पनि अर्काको जिम्मा दिएपछि निजको मन्जुर बेगर लुटपिटका १।३ नं. ले हात हाली लिन नपाउने भन्ने डिभिजन बेञ्चको तर्कको हकमा तत्काल प्रचलित लुटपिटको १ नं. मा अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपाया जग्गाको बाली समेत हातहाली जबरजस्तीसँग खोसि लुटपिट समेत गरी लैजान वा कुनै किसिमसँग नोक्सान गराई दिन समेत हुँदैन भन्ने र ऐ.३ नं. मा आफ्नै हक पुग्ने धनमाल भए पनि अर्काको जिम्मा रहे भएकोमा सो जिम्मा लिने मानिसको मन्जुरी लिई वा नालिस उजुर दिई आफ्नो हक गराएपछि मात्र लैजानु पर्छ भन्ने समेत उल्लेख भएको । यस मुद्दामा सो बमोजिम हातहाली जबरजस्ती गरी लिएको नदेखिई उपरोक्त लेखिए बमोजिम बुझी लिएको देखिएकोले उक्त ऐनहरूको प्रयोग गर्न मिल्ने देखिएन । तसर्थ, लुटपिट गरेको नठहराएको ०९।१२।२५।३ को शुरु विराटनगर अमिनि (हालको मोरङ जिल्ला अदालत) को मनासिव छ ।

 

      १९.    अब अन्तिम प्रश्नको निर्णयतर्फ बिचार गर्दा, धान मन ८८७।२ लिएमा प्रतिवादी सावितै देखिएको । अरु धनमाल पनि मौजा कामतमा हुने रहने किसिमकै देखिएकोले मौजाको काम समाले पछि अरु धनमाल पनि चलन गरेकै देखिन आएको हुँदा बिगो रु.११६६७।०। प्रतिवादीले लिएको ठहर्न आउँछ । उक्त बिगोमा वादीको मुल दावी लुटपिट नठहरे पनि यो बिगो भरी भराउ गरिदिन पर्छ कि भन्नालाई धान वादीले आफ्नो वारेसद्वारा बुझाई प्रतिवादीले बुझेको हुँदा र वादीबाट पाउने हरहिसाब दिलाई पाउँ भनी प्रतिवादीले नालिस गरेको हुँदा डायरै रहेको देखिएकोले सो मुद्दामा ठहरे बमोजिम उक्त लेखिएको बिगो प्रतिवादी तर्फ आईसकेको कायम गरी हिसाब मिलाउन पर्ने हुँदा यस मुद्दाबाट तत्काल भरि भराउ गर्नु नपर्ने समेत ठहरेकोले तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

वादी सप्तरी नधौ विर्ता बस्ने भगवतीप्रसाद उपाध्याय के. मो वि अमिनी हालको मारंग जिल्ला अदालत उपर अपील गरे वापत तत्काल प्रचलित हा.क. १० नं. ले शुरु दण्ड रु.१६३।=। को दसौंद रु.१६३।।=। दण्ड हुनेमा मो.वि.अपील (हालको कोशी अञ्चल अदालत) को फैसलाले गर्ने गरेको दण्ड रु.१५५ जिताउरी ११६ । समेत जम्मा करुं २६१ नलाग्ने भएको सो रु.१६३।। । ‍= । त्यस मै कट्टा गरी बाँकी रु.९७।। को सटही दर्जे हुने रु.१५५।७५ एक सय पचपन्न रुपैंया पचहत्तर पैसा असुल भएको भए फीर्ता बाँकी भए लगत कट्टा गरी दिनु का.श्रे.अ.त. मा लगत दिनु …………………१

प्रतिवादीका.इ.ज्ञानेश्वर बस्ने बृ. ज. मोहन मोहनविक्रम साहा प्रतापविक्रम शाह जना २ के उक्त मो.वि अपीलको ०१०।८।४ को फैसलाले गर्ने गरेको दण्ड कं.रु.१७४९।।= नलाग्ने हुँदा असुल भएको भए कानूनको रीत पुर्‍याई फीर्ता दिनु असुल नभएको भए लगत काटी दिनु भनीलेखि पठाउन का क्षे अ.त. मा ऐ ऐ ………………..२

प्रतिवादी मोहनविक्रम प्रतापविक्रमहरूबाट वादी भगवतीप्रसाद उपाध्यायलाई उक्त अपीलका फैसलाले भराई दिने गरेको बिगो कं.रु.११६६७ ।।। भराई दिन नपर्ने हुँदा लगत काटी दिनु भनी ऐ ऐ …………………३

देहायका कर्मचारीहरूलाई गल्ती इन्साफ गरे वापत भनी गरेको देहाय बमोजिम जरिवाना कं.रु.२ नलाग्ने हुँदा असल भए फीर्ता दिनु बाँकी भए लगत काटी दिनु भन्ने ऐ ऐ ………४

मो.वि.अमिनिका हाकिम सुब्बा चन्द्रजं थापा क्षेत्री के कं.रु.१

ऐ का.त ख.निल पराक्रम सिं के ।।

ऐ ऐ का बिचारी लेखनाथ अधिकारी के ।

मो.वि.अपीलका हाकिम सुब्बा सारदाप्रसाद पोखरेल के गल्ती इन्साफ गरेमा रीकर्ड राख्नलाई हाल निज नोकरीमा बहाल नहुँदा केही गर्न पर्दैन ………………………..५

 

इति सम्वत् २०२१ साल चैत्र २४ गते रोज ३ शुभम् ।