निर्णय नं. २३४ – गोली हान्यो
निर्णय नं. २३४ ने.का.प. २०२१ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय फौ.फु.नं. ५४ निवेदक,...
निर्णय नं. २३४ ने.का.प. २०२१
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री
न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय
फौ.फु.नं. ५४
निवेदक, वादी : पदमबहादुर खत्री
बिरुद्ध
विपक्षी प्रतिवादी : डम्बरिसंह महत क्षेत्री
मुद्दा : गोली हान्यो
(१) वारदात देख्ने चस्मदिद गवाहहरूको बयानमा नै मिलान नभए र गवाह अभियुक्तको झगडियासमेत भएमा गवाहको बयानलाई अन्य सबुद प्रमाणबाट समर्थित हुन नआएमा अभियुक्तलाई शंकाको सुविधा प्राप्त हुने ।
पदमबहादुरको साथमा भारी बोकी आउने भरिया भनेको अमृतबहादुरले पदमबहादुर ८।९ गज अघि थिए । बन्दुकको ढ्याम ढ्याम आवाज आएकोले के हो भनी हेर्दा, दाहिने हातमा बन्दुक त्यर्सो पारी लिई बुट्यानको छेका गर्दै डम्बर सिंह र निजको जेठो छोरा (यज्ञमान सिं) भागी उकालोतर्फ लागेको भनी र २०।२५ गज फरक भारी बिसाइ बसेको पछि घटनास्थलमा आएको च्यूरा बोकी जाने भनेको इमान सिंले बन्दुकको ढ्याम ढ्याम आवाज आएको सुनी कसले चरा हानेछ भनी हेर्दा, डम्बर सिंह महत हेमबहादुर भाट क्षेत्री भाग्न लागेको देखे भनी बयान गरेको । घटनास्थलकै नजिक भएका भनेको उक्त व्यक्तिहरूमा १ जनाले डम्बर सिंको साथमा निजैको जेठो छोरालाई र अर्कोले हेमबहादुरलाई देखेको भनी भनेको बुझिएको सरजमिनहरूबाट प्र.डम्बर सिंलाई शंका गरे पनि निजै इमान सिं अमृतबहादुरको भनाइलाई आधार लिएको डम्बर सिंले पदमबहादुरसमेत ५ जनालाई ३ गोलीका भावी हुन भनी हिडेका भनी सरजमिनका कसैले भने पनि सो भनाइलाई खम्बिर हुने सबुद पुर्याउन सकेका देखिएन । वारदातको अगिल्लो दिन ०१४ साल बैशाख २४ गते प्रतिवादी डम्बर सिं नुवाकोट मालमा भइ लिखत पास गरेको । त्यसको भोलीपल्ट वारदात भएकै दिन नुवाकोट अदालतमा सबै भन्दा पहिले निजले फिराद दर्ता गरेको दायरी किताबसमेतबाट देखियो । घटनास्थलबाट नुवाकोट इलाका अदालत १२ माइलको टाढा भन्ने सर्भेको जवाफ आएको बैशाख २४ गते नुवाकोट मालमा भएका व्यक्ति सोही दिन घरमा गई भोलीपल्ट २५ गते पदमबहादुर सदर (काठमाण्डौ) आउने कुरो पतो लगाई आई ढुकी गोली हानी उसै बखत बर्ष ६३ को उमेर पुगेको डम्बर सिं १२ माइल टाढा अदालतमा गई सबै भन्दा पहिले फिराद दर्ता गरेको होला भन्ने कुरा सम्भव नदेखिने । डम्बर सिंलाई वारदातमा देखें भन्ने चस्मदिद भनिएको अमृतबहादुर यमान सिंको बयानलाई अन्य कुनै सबुद प्रमाणबाट समर्थित हुन नआउनेमात्र हैन कि आफू प्र.डम्बर सिंसँग मुद्दा दायर भइ झगडा परेको भनी खुदे अमृतबहादुरले बयान गरेकोबाट सबुदको अभावमा झगडिया अमृतबहादुरसमेतको भनाइ खम्वीरमानी प्र.डम्वर सिंले नै वादीलाई गोली हानेको भन्ने मिल्ने देखिएन । तसर्थ प्र.डम्वर सिंलाई शंकाको सुविधा दिने ठहराएकोसमेत नेपाल बिशेष अदालतको इन्साफ मनासिव गरी ०१८।१२।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिव
(प्रकरण नं. १६)
निवेदक तर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा, एडभोकेट कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फ : प्लिडर हेरम्भप्रसाद
फैसला
१. २०१४ साल बैशाख २५ गतेका दिन बिहान कविलाश ठाटो भंज्याङबाट शहर आउन लागेको साथमा अमृतबहादुर, इमान सिं थिए । ८।९ गज पछि अमृतबहादुर २५।३० गज पछि इमान सिं हिडेको झोर कटहरी भंज्याङ यता खोल्सीनेर काठमाडौं इलाकातर्फ आईपुगेपछि अं. १०।४५ बजेको टायममा बन्दुकको आवाज आइ मलाई गोली लागी भैमा लडें । अमृतबहादुरले समाते डम्बर सिंले मारे । हरे १ भनी चपक्क च्पापी उठाएपछि इमान सिंसमेत आई निजहरूले बोकी शहर का डि.एस.पी. मा ल्याए । म असक भएबाट पुलिस साथ आई अस्पतालमा भर्ना भएको छ र आज दखास्त दिन आएको छु घाखतको केश फाराम भराई पाउँ भन्ने पदमबहादुरले का.डि.एस.पी. मा दिएको दर्खास्त र वैशाख २४ गते घरतर्फ आउनलाई भरियाहरू मिलाई २५ गते हिड्ने भन्ने कुरा जानी डम्बर सिं कुन दिन कुन टायममा सो ठाउँमा बन्दुक लिई बसे थाहा पाइन । एकदम ढ्याम ढ्याम २ आवाज आई मेरो हात तिग्रा गोडाहरूमा गोली छर्रा लागेको डम्बर सिंले गोली चलाई यिनलाई लडाई दिए भनी मेरो भरिया अमृतबहादुरले इमान सिंहसँग कुरा गरेको मैले सुनेको । डम्बर सिंले मेरो जीउज्यानको दगासमेत गरी राखेको इवीवाला झगडियासमेत हुँदा निजले मलाई ज्यानमार्नकै उद्देश्यले गोली चलाएका हुनुपर्छ । को–को भई गोली चलाएका हुन् सजाय गरी पाउँ भन्ने निजैको मौका पुलिस कागज र ढ्याम ढ्याम आवाज आइ गोली लागी म लडे अमृतबहादुरले पानी खुवाएछन् । ५।६ मिनेट पछि होस ठेगानामा आयो अमृतबहादुरले डम्बर सिंले मारे भन्ने मेरै आखाँले देखे भनी अमृतबहादुरले इमान सिंले भने म भन्दा पछि आउनेले आवाज सुनी हेर्दा, निजहरूले देखे भनेको मलाईमार्नाका उद्देश्यले गोली हानेमा डम्बर सिंलाई र सँगसाथ मतियार हुने यज्ञमान सिं हेमबहादुर चित्रबहादुरलाई र वेपासवाला बन्दुक खरखजाना राखेमा डम्बर सिंलाईसमेत सजाय गरी पाउँ भन्नेसमेत निजै पदमबहादुरले गरेको बयान ।
२. २५ गते अं. १०।३० को टायममा अकस्मात बन्दुकको गोली लागी म मुर्छा परी भैमा लडें । अमृतबहादुर ८।९ बजेपछि र इमान सिं अलिपछि थिए । गोली लागी मुर्छा हुँदा अमृत बहादुरले समाती डम्बर सिले फायर गरी भागे । मेरै आँखाले देखे भनी इमान सिंसँग कुरा गरी मलाई निजहरूले बोकी शहरतर्फ ल्याई अस्पतालमा लगेबाट अस्पताल मै छु मर्न बाँच्नको दोसाध हुँदा छोराआदि बाहादुरलाई निवेदन गर्न पठाएको छु । डम्बर सिंको घर खानतलास भएमा बेपासवाला खरखजानासमेत छ भन्ने पद्मबहादुरको हकमा एकाघरका छोरा आदिबहादुरको निवेदनमा गोलीले हाने बेपासको बन्दुकसमेत छ भन्नेसमेत भएकाले बेइलाकाको भए पनि मौका तहकिकात र ऐनबमोजिम कारवाई गरी प्रचलित कानूनबमोजिम गर्नु भन्ने प्रधान मन्त्रीज्यूका निजी सचीवालयको आदेश पत्र ।
३. दिनको रु. ३। मा मलाई भरिया बन्दोबस्त गरी भारी मिलाई २५ गते बिहान सबेरै उठी निज पद्मबहादुर म शहर आउन लाग्दा इमान सिं पनि च्यूराको भारी लिई आएका थिए । झोर कटेरी ओरालो ओलिई खोल्सीनेर आई पुग्दा पद्मबहादुर ८।९ गज अघि थिएँ, म पछि थिएँ । एकदम बन्दुकको ढ्याम ढ्याम २ आवाज आएकोले हेर्दा । दाहिने हातले बन्दुक त्यर्सो पारी कुप्रो परी बुट्यानको छेका गर्दै डम्बर सिं र निजको जेठो छोरा भागी उकालोतर्फ लागेको देखिन । यज्ञमान सिंको हातमा बन्दुक देखिएन २०।२५ गज फरकको बुट््यान हुँदा यति नाले बन्दुक भन्ने प्रष्ट चिनिएन पद्मबहादुर लडेकोले निजलाई समाउन लाग्दा सोही ठाउँमा इमान सिं पनि आइ पुगेकाले मैले डम्बर सिंले बन्दुकले हानी यिनीलाई घाईते तुल्याई भागे भन्ने कुर इमान सिंसँग कुरा गरेर पद्यबहादुलाई बोकी जगातसम्म ल्याई तामदान बन्दोवस्त गरी शहरसम्म ल्याएको हो भन्ने मौका पुलिसमा र बैशाख २५ गते बिहान ४ बजे म पद्मबहादुरको घरमा आई भारी मिलाई बिहान ५।। बजे तिर हिडेको हुँ । डम्बर सिंसँग जग्गा मुद्दा परेको सर्वोच्च अदालतमा छ । भन्ज्याँगबाट २५।३० गज ओरालो आई संथिलो २५।३० गज हिडेपछि घुम्ति २५।३० गज आएपछि खोल्सा नतर्दै गोली लागेको हो, पूर्व पश्चिमतर्फ जंगल छ । उडी भागेका चरा पनि र मृगहरू पनि देखिदा आवाज आएपछि हेर्दा, डम्बर सिं निजको छोरा जेठोलाई देखें पद्मबहादुरले किन देखेन डम्बरबहादुरको हातमा बन्दुक थियो । ५।७ हात गएपछि निजको जेठो छोरा फुत्त निस्केर बाबुका हातको बन्दुकसमेत लिई कुप्रो हुँदै गए पद्मबहादुर छर्रा लागी लडे डम्बर सिंले हाने भनी हल्ला खल्ला गरी स्याहार गर्न लागेर पक्रन नसकेको हो भन्नेसमेत अमृतबहादुरको बयान ।
४. बैशाख २५ गते पद्मबहादुर अमृतबहादुर सरह आउन लागेकोले म पनि च्यूराको भारी लिई साथै आएको १० बजेको हुँदो हो । भोर कटेरी शहरतर्फको ओरालो बर्लो खोल्सा तर्ने बेलामा म २०।२५ गज फरक गरी भारी बिसाई बसेको थिएं, बन्दुकको ढ्याम ढ्याम आवाज बाटोदेखि माथिल्लो पट्टीबाट आएको सुनी हेर्दा, डम्बर सिंह र हेमबहादुर भाग्न लागेको देखें । भारी बोकी आउँदा खोल्सानेर पद्मबहादुरलाई बन्दुकको गोली छर्रा लागिलडेको र अमृतबहादुरले समाती राखेकोले के भयो भन्दा डम्बर सिंले बन्दुकले हानी भागे भने । भागेको मैलेसमेत दुखेको हुँ । पद्मबहादुरलाई जगातसम्म ल्याई ताम्दान बन्दोवस्त गरी शहर ल्याएको हुँ भन्नेसमेत मौका पुलिसमा गरेको कागज र बिहान ५ बजे घरबाट हिडी भेडाबारीमा ६ बजे भेट भई सँगै आएको हुँ । भज्याङबाट ओरालो अं.२० गजजति आएबाट २०।२५ गज सम्थिलो हिडेपछि २५।३० गज आएपछि खोल्सानेर गोली लागेको हो । त्यतिखेर कुनै शिकार मरे भागेको देखिन, आवाज आएतर्फ हेर्दा डम्बर सिं हेमबहादुरलाई देखें । डम्बर सिं अघि ७ गज पछि हेमबहादुर दगुरेको थिए । डम्बर सिंलाई देखि आउँदा पद्मबहादुर लडेका देखें । सो देख्नासाथ डरलाग्यो । पद्मबहादुरलाई २।३ टोपी पानी ल्याई खुवाएं । पदमबहादुर बोकी आएबाट पक्राउ गर्न नसकेको हो । उँभो पट्टीतर्फ जङ्गलै–जङ्गल जान लागेको देखेको हुँ भन्नेसमेत इमान सिंह गरेको बयान ।
५. डम्बर सिंसँग ३५००। को कागज गरी मैले घरबारी विक्रीको बैशाख २४ गते नुवाकोट मालमा गई पास गराई बेलुका तिमी घर जाउ, म चित्रबहादुर काँहा जान्छु भनी डम्बर सिंले पठाएर म घर आएं । २५ गते बिहान यज्ञमानसिंले शहर जाऊ भनेबाट ४।६ माना को के हो कुम्लो बोक्न दिए । चित्रबहादुर कहाँ आउँदा चित्रबहादुर डम्बर सिं रहेछन् । निजकै भरुवा बन्दुक १ डम्बर सिंले लिई छोरालाई दिए । बोकी शहर आउँदा साङ्ला भज्याङ पुगी ओरालो लाग्दा भज्याङ मुनिको मेलको रुखमा पुगेपछि तिमी एक छिन बस हामी त्यहाँ जान्छौं भनी गए र म सुती निदाएछु पछि बन्दुकको आजाज सुनी उठी शिकार खेलेछन् भनठानें । निज चित्रबहादुर डम्बर सिं यज्ञमान सिं फर्की आए । बन्दुक ल्याएनन् । शहर नजाउ घरतर्फ जाउँ भनी फर्के । बाटामा डम्बर सिंले पदमबहादुरलाई त इवी फेरे भनेको सुनेबाट हानेछन भन्ने लाग्यो । पछि गाउँ घरमा डम्बर सिंले पदमबहादुरलाई बन्दुकले हानी घाइते तुल्याई दिए भनी सुन्दा निजैले हानेको रहेछ भन्ने ठाने हामी आउँदा अल्लेनेर २ जना मानिस भेट भए । यै मानिस भन्न सक्तैन । फर्की आउँदा डाडै डाँडाबाट थान सिं पुगेको बेला मलाई घर जाऊ तिमी, हामी पछि आउँछौ भने । निजहरू काँहा गए भन्नेसमेत मौका पुलिसमा कागज भए गरेको । सो २५ गते म नुवाकोट अदालतमा छु पदमबहादुरलाई कसले गोली हाने डम्बर सिंले पदमबहादुरलाईउपर नालेस गर्ने दर्खास्तमा म साक्षी छु भनेपछि अम्बिकाप्रसादले धमाधम कागज लेखेर तपाईंले भनेबमोजिम लेखेको हो भनेबाट नसुनी सहीछाप गरी दिएको हुँ यस्तो लेखेका आजमात्र सुनें । सो कागज मैले भनेबमोजिम लेखेको हैन । २४ गते बिहान ९ बजे नुवाकोट पुगी डम्बर सिंको डेरा दिल्ली सिं काहाँ भात खाई ३५०० । मा मेरा घर जग्गा डम्बर सिंलाई पास गरी दिई डेरामा आइ सुती २५ गते बिहान कागज लेखाउन डम्बर सिं गएर फर्की आए । भात खाई नुवाकोट अदालतमा गयौं । दर्खास्त गरे । म साक्षी बसें । दर्ता गरेपछि ३ बजे हिंडी मलाई जग्गा किन्ने कुरा गर्न भनी २ जना अं. ५ बजे तिर थानसिं आइ त्यहाँ कडेल काँहा बसी रात २ घडी गएपछि चित्रबहादुर कहाँ गयौं । त्यही बसी २६ गते जग्गा हेरेर म शहर जान्छु भनी डम्बर सिं त्यही बसे । ९ बजे डम्बर सिंको घरपुगी कागजपत्र बुझाई घर पुगें । डम्बर सिंलाई जग्गा दियो भन्ने रिसले पद्मबहादुरले झुट्ठा पोल गरेको हो । इमान सिंहले मेरो धान लुटन आएकोमा नालेस दिन्छु भनेकोले सोही रिसले भनेको हो भन्नेसमेत हेमबहादुर भोटेले गरेको बयान ।
६. पद्मबहादुर खड्गबहादुर रत्नबहादुर मेरो झगडिया हुन् । बैशाख २१ गते ७।८ मुद्दाको तारेख भएबाट नुवाकोट गई तारेख लिई दिल्ली सिं बोगटी कहाँ बसें । भोलिपल्ट शनिवार तुप्चे सम्धी कहाँ गई वसें । २३ गते नुवाकोट आएं । २४ गते हेमबहादुरको राजिनामा मालमा पास भयो हेमबहादुर मसँगै बसे । २५ गते पद्मबहादुरसँगको लूटपिट मुद्दाको नालेस दर्ता गराई ३ बजे तारेख लिई डेरामा आइ शहर जान भनी आउँदा हेमबहादुर पनि साथै आए रातमा चित्रबहादुर काँहा बसी भोलिपल्ट हेमबहादुर घर फर्कें । चित्रबहादुर पनि जान्छु भनेबाट बसी गरुड पुराण सुनें । २७ गते शहर आउँदा क्षेत्रपाटीमा सुनी यो पद्मबहादुरलाई मैले गोली हानी घाइते गराए भन्ने सुनें । मैले हानेको होइन भनी जवाफ प्रेसमार्फत छपाई दिएं । यस्तैमा मेरो घर खान तलासी हुँदा म घरमा थिइन । सरजमिनका मानिसहरू झगडिया भएको मेरा घरबाट टोटा सिसा बारुद कसरी निस्क्यो म जान्दिन । मैले राखेको हैन । नाल पास गर्न लगेबाट कुञ्जा घोडाचापहरू घरैमा थियो सो मेरो हो । त्यस्तैमा १४।७।१ गते नेपाल आएको १६ खुट्टे ठानाबाट पक्रेको हो भन्नेसमेत मौका पुलिसमा कागज र खानतलासीमा मेरो झगडिया रामप्रसादसमेत लुगा लगाई पसे भन्ने सुनेबाट निजहरूले कसरी ल्याई राखे झगडियाकै करामतबाट राख्न लगाएको हो । यज्ञमान सिं घरमै छन् । २१ गते म नुवाकोट आएको तारेख लिने र पास गर्ने नालेस दर्ता गर्ने कामसमेत गरी २५ गते फर्केको २६ गते चित्रबहादुरको घरमा बसी २७ गते म र चित्रबहादुर शहर पुगको हौं । २६ गते हेमबहादुर घर फर्के गोली लागेको ठाउँ भनेकाबाट नुवाकोट अं.१० कोस पर्छ रत्नबहादुर पद्मबहादुरले झुट्टा आरोप लगाएको हो । इमान सिंको कुरा झुट्टा हो । इमान सिंको घर जग्गा पद्मबहादुरले लिएको खेतवारी खोस्छ भनी भनेको होला । म नुवाकोटमा छु अमृतबहादुर भरिया भई गएको छैन गोली लाग्यो भन्ने खवर आएपछि बेलुका अमृत बहादुर खड्गबहादुरसमेत ३।४ जना गएका हुन् । भरिया भइ जाने काँते तमाङ्गको छोरो माहिलो तामाङ्ग हो । आफ्नै च्यूरा बेच्न गएको जसबहादुर तामाङ्ग पनि गोली लाग्दा खोल्सामासँग छन् रे ¤ अमृतबहादुर मेरो झगडिया हो, न्यायालयमा मुद्दा छ । पद्मबहादुरसँग ५।७ सय लेनदेन भएकाले इवीबाट झुट्टा पोल गरेको हो । म नुवाकोटमा छु । सरजमिनले किन त्यसो भने म जान्दिन । हेमबहादुरका भनाईबमोजिम म गएको बन्दुक लगेकोसमेत कुनै कुरा होइन २४।२५ गते हेमबहादुर र म नुवकोट मै छौं । दर्खास्तमा हेमबहादुर साक्षी बसेको छ बन्दुकबाट कसरी चल्यो म जान्दिन । कसैउपर शंका लाग्दैन । मैले हानेको होइन वादी दावी झुट्ठा हो । जसबहादुर कान्तेको छोरा इमान सिं पद्मबहादुरसँगै हिडेको थियो भनी कान्तेको छोराले भन्दा थाहा पाएका हुँ । इमान सिं अमृतबहादुरको बयान झुट्ठा हो भन्नेसमेत डम्बर सिं महत क्षेत्रीका ततिम्बसमेतको बयान ।
७. २५ गते बेलुका डम्बर सिं हेमबहादुर मेरा घरमा नुवाकोटबाट आएको भनी बास बसे । २६ गते हेमबहादुर मेरो नाउँतर्फ गए । डम्बर सिं म कहाँ बसें । २७ गते डम्बर सिं र म शहर आयौं । किनमेल गरी गाउँ जाँदा गोली हानेको भन्ने हल्ला सुने डम्बरबहादुरको साथ गएको र मेरो घरबाट बन्दुक नलगेको किन झुट्टा आरोप हेमबहादुरले लगाएको हो भन्नेसमेत मौका पुलिस कागजमा र मौका कागजमा बेकारणबाट डम्बर सिंहले हाने भनी लेखे म अक्षर नजान्ने हुँदा पुुलिसमा र याहाँ सुनाउँदा सो कुरा मैले याद गर्न नसकेको हुँ २५ गते घरमै छु भन्नेसमेत चित्रबहादुरको बयान ।
८. २४ गते घरमै छु बाबु २१ गते घरबाट हिडेका काका छन मैले गोली हानेको छैन । अमृतबहादुर भरिया भई गएको छैन । कान्तेको छोरा माहिलो भई गएको हो । अमृतबहादुर झगडिया हो । २५ गते होमबहादुर बिरामी हेर्न गई घर आइ दिन भर घरमै छु । इमान सिं पद्मबहादुरको मोही र असामी हुँदा सिकावटमा लागी झुट्ठा पोल गरेको हो सरजमिन झगडिया र टाढाका मानिस असामी इवीवालाहरू लागी गरेको हो । मसँग चन्द्रबहादुर लालबहादुर भेट भएको छैन । बुद्धिबहादुर पद्मबहादुरसँग चैजुमा भेट भएको हैन, खगप्रसाद झगडिया हो । पद्ममबहादुरको दावी झुट्टा हो । अमृतबहादुरको बयानको झुट्टा हो भन्ने यज्ञमान सिंको बयान ।
९. बैशाख १७।१८ गते बन्दुक पास गर्न बाबुले लगेका नालका हाद टोला गोली सिसाका हकमा म भन्न सक्तिन भन्नेसमेत डम्बर बहादुर सिंको छोरा नेत्रमान सिंको कागज ।
१०. बैशाख २५ गते म घरमै छु, भरिया भई गएको छैन । पद्मबहादुरलाई डम्बर सिंले गोली हाने भनी तमाम् दुनयिाँले शंका गरेकाले मलाई पनि शंका लाग्छ । डम्बर सिंसँग भेट भएको छैन भन्नेसमेत कान्तेको छोरा माहिला तमाङ्गको बकपत्र ।
११. २५ गते बिहान भात खाई रजिष्ट्ररी गर्न त्रिशुली हुलाकमा पुग्दा ११।। बजे भएको २।,२।। बजे फर्के अं.३।। बजेको टायममा सानी पौवामा पुग्दा डम्बर सिं नुवाकोट तिर आउँदै गरेको भेट भयो । डम्बर सिंउपर शंका गरी सरजमिन मै लेखि दिएको छु छोरा माहिलो घर मै छ भन्नेसमेत कान्ते तमाङ्गको बकपत्र ।
१२. २५ गते म घरमै च्यूरा कुटी बसेको छु सो दिन पद्मबहादुरलाई गोली लाग्यो रे, भन्ने कुरा अमृतबहादुरका जाहानले मेरो लोग्नेलाई पनि गोली लाग्यो कि भनी रुदै गएको थिइन् । गाउँ घरमा डम्बर सिंले गोली पद्मबहादुरलाई हाने रे, भन्ने कुरा गरेको सुनें । डम्बर सिंको बयान झुट्टा हो भन्नेसमेत जसबहादुर तमाङ्गको बकपत्र ।
१३. गोली लागी म लडें, अमृतबहादुरले पानी खुवाएछन, अमृतबहादुरले डम्बर सिंले मारे हरे १ भने आँखाले देखें भनी अमृतबहादुर, इमान सिंले भने भन्ने बयानमा मौका दर्खास्तमा अमृतबहादुरले समाते डम्बर सिंले मारे हरे भनी चपक्क च्यापी उठाएपछि इमान सिं आई बोकी ल्याए भन्ने र कागजमा डम्बर सिंले गोलीको फायर गरी यिनलाई लागइ दिए भनी अमृतबहादुरले समाती इमान सिंसँग कुरा गरेको मैले सुनेको, मार्नको उद्देश्यले गोली चलाएको हुनुपर्छ को–को भई गोली चलाएका हुन सजाय गरी पाउँ भन्ने लेखेको भई वादी पद्मबहादुरको कागज मै कुरा नमिली फरक देखिएको, त्यस्तोमा अ.बं. ११३ नं. ले मौकाको कागजलाई नै मान्यता दिनुपर्ने । सो कागजबाट डम्बर सिंउपरकोसम्म शंकाको उजुर देखिने वारदातको भोलिपल्ट २६ गतेको दर्खास्तमा अमृतबहादुरले कसैलाई देखेको कुराको सबुदै नपरेको सो दर्खास्तको ‘मारे हरे’ भन्ने मुख्य अक्षरनै अरु भन्दा गाडा मसी भएकोमा रे भन्ने अक्षरमा रे को एक लखा अरु अक्षरको मसीसँग मिल्ने, रेको र मा साविक न पा म जस्तो अक्षरलाई रे गरेको देखिने, त्यसको फोटो लिइ इन्लार्ज गर्न लगाएकोबाट पनि सो कुरा देखिएकोले साविकमा हानेको भन्ने अक्षरलाई मारे हरे भनी सच्याई बनाई दर्खास्त गरेको अनुमान हुन आएकोबाट पहिले शुरु मै शुद्ध भावना लिई दर्खास्त गरेको भन्ने नभएको र पुलिसमा गरेका कागजमा पनि अमृतबहादुरले भने भन्ने बाहेक इमान सिंले भने भन्ने कुरै नलेखिएको, अमृतबहादुरको कागज डम्बर सिं र छोरो भागी उकालोतर्फ लागेको इमानसिं पनि आई पुगेकोले डम्बर सिंले हानी इमानसिंलाई घाइते तुल्याई भागेको कुरा गरे भन्ने लेखेको बयानमा डम्बर सिं ५।७ हात गएपछि निजको छोरा फुत्त निस्के भन्ने लेखेको भई कागज मिलान बयान नदेखिएको इमान सिंले कागजमा आवाज सुनी हेर्दा, डम्बर सिं हेमबहादुर भाग्न लागेको देखे भन्ने र बयानमा डम्बर सिंलाई देखि आउँदा पद्मबहादुर लडेको देखे भन्ने लेखेकोले सँग साथमा हुने भनेका अमृतबहादुर इमान सिंको लेखाई मिलान नदेखिएको, हेमबहादुरले चित्रबहादुरलाई पनि देखिएको एक एक जनाका कागज हुँदा एक एक जवान नयाँ मानिस थपिदै जाने गरेकोबाट साँचो व्यवहारसँग चलेको मुद्दा रहेछ भन्न नदेखिने, हेमबहादुरको पुलिसमा भएको कागज साँचो मान्नलाई २४ गते नुवाकोट माल रजिष्ट्रेशनबाट पास भएको देखिएको, २५ गते नुवाकोट अदालतमा पद्मबहादुरउपरसमेतको घा–लूटपीट गर्यो भन्ने मुद्दाको नालेस दर्ता गरेको मिसिल दायरी र डम्बर सिंको बिरामी मुचुल्कामा हेम बहादुरको ल्याप्चे सही भएको निजको पुलिस कागजको सही जचाउँदा एकै हो भनी ख.शिवबहादुरले लेखी दिएकोले २४।२५ गते नुवाकोटमा थिए भन्ने हेम बहादुरको जिकिर मिल्न आएको र पुलिसको कागजमा २५ गते आफ्ना घर गई बसेको भन्ने मिल्न नभएकोले बयानमानै मिल्न आउने चित्रबहादुरका नाउँको पासवाला बन्दुक छ भन्ने कतैबाट नदेखिएको र लगेको बन्दुक नल्याई त्यसै छोडी आउने अवस्थै नपर्ने, यज्ञमान सिं पनि थियो भन्नेतर्फ यज्ञमानले इन्कार गरेको निजका साक्षीले सफाई दिएकोबाटसमेत हेमबहादुरले पुलिसमा गरेको कागजको कुरा कुनै प्रमाण साँचो नदेखिएको, पद्मबहादुर लेडेका ठाउँमा हुने अमृतबहादुर इमान सिंको लेखाईमा पद्मबहादुरले कुनै देखे भन्ने नसकेको तिनै जनाको एक मुख हुनुु पर्ने मुख मिलेको नदेखिएको अमृतबहादुर डम्बर सिं कै झगडिया भएको इमान सिं पनि पद्मबहादुर कै मोही भई उसतर्फकै साइडको हुनाले निजहरूको कुरा प्रतितमान्न मनासिव नदेखिने, उकालोमा अगाडि देखिएका डम्बर सिं गोली हान्दा पछाडी पर्न आउने र पछाडी देखेको यज्ञमान सिं हेमबहादुर अगाडि पर्न आउनेसमेतको प्रमाणबाट निजहरूले साँचो कुरा लेखेको भन्न नहुने, कान्तेको छोरो माहिलोले भरिया गएको हैन भनेको, कान्तेले ३।। बजे सानी पौवामा भेटेको भए हेमबहादुर पनि डम्बर सिंको साथ हुनुपर्नेमा हेमबहादुरको कुरै नलेखिएको, सोही दिन र अघिल्लो दिन नुवाकोटमा बसी रहेको भन्ने दुवैको एकमुख भएको, कान्तेले रजिष्ट्ररी चलाएको कुरा मिलेकोले डम्बर सिंहले भनेकै टायममा कान्तेसँग भेट भएको रहेछ भन्ने सिद्ध हुन आउने, लेनदेनमा डम्बर सिंहले मर्का पारी राखेको भए त्यही कारणबस घुस खुवाई झुट्टा बक्यो भन्ने मुद्दामा कान्ते र पद्मबहादुका प्रतिवादी एकै जनाले लेखेको देखिएबाट पदमबहादुरसँग मेल गरी सकेको देखिने हुनाले भएको कुरा नलेखि झुट्टा लेखी दिनसक्ने भएको, सरजमिनले शंका गरेकोमा पनि अमृतबहादुर इमान सिंले देखे भनेकाले शंका गरेको थानसिंको बुद्धिबहादुरले हेमबहादुरलाई सनाखत गरे पनि थानसिँको घर हुने चित्रबहादुरलाई पनि चिन्न सक्नुपर्ने, नसकेको र निज बुद्धिबहादुरको इन्द्रबहादुरको भनोटमा लागी आएको भन्ने निजको सरजमिन लेखाईबाटै देखिने हुँदा निजको कुरा प्रतित गर्न नहुने, ठेस लागेपछि गोली लागेको भन्ने कुरा मिसिलबाट नदेखिने, केश फारामबाट तिग्रा खुट्टा पैतला पट्टी चोट भन्ने लेखिएको त्यस्तो चोट उकालोबाट हानी गैर ठाउँमा रहेको पदमबहादुरलाई कसरी लाग्न गयो होला सो विचारनीय देखिछ । सो ठाउँबाट नुवाकोट अदालत करीब १२ माइल टाढा भएको भन्न सर्भे गोश्वारका जवाफबाट देखिने त्यति टाढाको मानिस २५ गते पद्मबहादुर शहर जाने कुरा कसरी थाहा पाउने र उसै दिन नालेस दर्ता गर्ने काम छोडी गई ढुकी गोली हानी फर्की आई नालेस दर्ता कसरी गरें होला । त्यसबाटसमेत बुझिएसम्मका प्रमाण परिबन्दबाट यस्तो केशमा शंकारहितको पक्का सबुद प्रमाण बेगर डम्बरिसँले नै गोली हानेको भन्न ठहराउन नहुने हुँदा निज डम्बर सिंले गोली हानेको र यज्ञमानसिं हेमबहादुर चित्रबहादुरहरू डम्बर सिंको मतियार भन्नेसमेत पद्मबहादुरको पोल झुट्टा ठहर्ने र बेलाइसेन्स डम्बर सिंले बारुद गोलीहरू राखेकोसमेत ठर्हछ । शरीरमा लागेको चोट देखाई मौका कागजमा शंकासम्म देखाई लेखेकोले वादी पद्मबहादुरलाई केही गर्ननपर्ने । अमृतबहादुर इमान सिंलाई झुट्टा लेखेको अ.बं. का २१३ नं का ऐनले कैद । ५ महिनाका दरले र जित्ने प्रतिवादी डम्बर सिं, यज्ञमान सिं, चित्रबहादुर, हेमबहादुरलाई ज्यानसम्बन्धी ४७ नं. ले ने.रु. ५। का दरले जिताउरी लिने वादीका साक्षी बमबहादुरसमेत ४ जनालाई अं.ब. २१३ नं का ऐनले कैद ।.।७ का दरले र कान्तेलाई सोही ऐनले दिन ।.।७ झुट्टा बकेमा कैद गर्ने डम्बर सिं महतके बिना लाइसेन्सेले वारुद गोली टोटा राखेका ०१४।६।७ का गजेट अनुसार तजवीजी कैद २। हुन्छ । थुनिएको दिन रिहाई दिई बाँकी ६।२० कैद गर्ने, वादीको बयान नगराई प्रतिवादी बयान गराएको र कान्ते र निजको छोरासमेतको साक्षी सरहको बकपत्र गरी कारवाई गल्ती गरेमा अ.ब. २०९ नं. ले पश्चिम १ नं. विशेष अदालतलाई जरिवाना रु. १०। गर्न भन्नेसमेत नेपाल विशेष अदालतका श्री अध्यक्ष मा.न्या. हिरामान प्रधान सदस्य का.मु.का.मे.सु अमृतमान तथा श्री गु.प्रो. सर्वज्ञ राजबाट २०१६ साल चैत्र २६ गते ३ मा फैसला भएकोमा सो फैसलाउपर चित्त बुझेन भन्ने वादी पद्मबहादुर खत्रीको र झुट्टा पोलेमा वादीलाई सजाय हुनुपर्ने भन्ने प्र. डम्बर सिंको अपील परी आएकोमा बारदात देख्ने भनेका यस मुद्दाका मुख्य साक्षी पोलाहा अमृतबहादुर इमान सिंलाई झुट्टा बकेको भनी सजाय गरी विशेष अदालतले फैसला गरेउपर निजहरूले अपील उजुर गर्ने र निजहरूलाई सो दिन घरैमा देखे भन्ने साक्षीउपर झुट्टा बकेको भनी निजहरूले उजुर गर्न नसकेबाट र अमृतबहादुरकै कागजमा डम्बर सिं र निजको छोरा यज्ञमान सिंलाई देखे भनेको इमान सिंले डम्बर सिं र हेमबहादुरलाई देखे भनेकाले यी दुई जनाको बयान फरक परेकोबाटसमेत निजहरूको बयानलाईमान्यता दिनु भएन । सरजमिनले अमृतबहादुर इमान सिंले भनेकै भरले शंका गरेको देखियो । २४।२५ गते डम्बर सिं नुवाकोट भई गएको कुरा बुझिएको प्रमाणबाटसमेत निर्विवाद सिद्ध हुन आएको छ । वारदातको ठाउँ नुवाकोट अदालतबाट कम्तिमा पनि १२ माइल टाढा पर्ने सर्भे गोश्वराको रिपोर्टबाट देखिएको वादीको भनाईबाट गोली लागेको टायम बिहान करीब १०।५ भनेको गोली लागी मुर्छा परेका मानिसले घडी हेरे होलान भन्ने पत्यार लाग्ने कुरा नभएतापनि सो टायमै कायमै गरेपछि ६ कोसको पाहाडकोबाटो बिहान हिडी आई फेरी फर्कनलाई ६ घण्टा टायम लाग्ने स्वभाविकै कुरा हुँदा डम्बर सिं ४।४५ बजे नुवाकोट अदालतमा पुगी सबभन्दा पहिलो नालिस दर्ता गर्न सक्नु स्वाभाविक कुरा देखिदैन । उसमाथि पनि रजिष्टरी हाल्न त्रिशुली हुलाकमा जाने कान्ते तामाङ्गलाई अं.१० बजे नै नुवाकोटमा टुडिखेल परखालनेर देखे भनी डम्बर सिंले भनेको कुरा कान्ते तामाङ्गले ११।। बजे त्रिशुली हुलाकमा पुगेको हुँ भनेबाट समर्थित हुन आएको छ । वारदात भएको ठाउँबाट वादीलाई तेश्रो अवस्थामा बाँकी ल्याउँदाबाटो पर्ने पजारहरूका मानिस र जगातमा र तामदान दिने मासिले सोध्न र इमान सिं अमृतबहादुर र वादीले डम्बर सिंले गोली हनेको भए सो कुरा भन्न पर्ने थियो सो भने सुनेको कुरा मिसिलबाट नदेखिएकोले इवीवाला हुँदा शंका कै भरमा डम्बर सिंलाई पोल्ने कुरा भोलिपल्टमात्र अज्माएको देखिन आउँछ २०१४।१।२६।४ को वादी पद्मबहादुरको दर्खास्तमा “हानेको” भन्ने अक्षरलाई “मारे हरे” भनी सच्याए जस्तो देखिएकोले वादीले शंका कै भरमा पोलेको देखिन्छ । परस्परको इवी दुइ धारे तरवार जस्तो हुँदा ईवीबाट डम्बर सिंले पद्मबहादुरलाई गोली हान्ने वा आफूलाई गोली लागेको मौका पारी शत्रुमा धन वा शंकैको भरले पद्मबहादुरले डम्बर सिंलाई फसाउन सक्ने दुवै अवस्था पर्ने भएबाट इवी कै भरलेमात्र डम्बर सिंले नै पद्मबहादुरलाई गोली हानेको भनी ठहर्याउन नमिल्ने भइ यस मुद्दाबाट पनि डम्बर सिलाई शंखाको सुविधा दिनै पर्ने देखिन्छ । बारुद टोटा बिना लाइसेन्सले राखे भन्नेतर्फ डम्बर सिंका अपलिका हकमा अरुले निजको घरमा राखे होलान भनी जिकिर लिए तापनि सो कुराको सबुद प्रमाण पुर्याउन नसकेकोले निजले बिना लाइसेन्स राखेकै देखिन आयो । तसर्थउपरोक्त कारण प्रमाणहरूबाटसमेत इन्साफ नेपाल विशेष अदालतको मनासिव छ भनी २०१८।१२।८।४ को डिभिजन बेञ्चको फैसला ।
१४. सो फैसलाउपर चित्त बुझेन दोहर्याइ पाउँ भन्नेसमेत वादी पद्मबहादुरले दिएको बिन्तीपत्र पेश हुँदा बारदातको मौकामा देख्ने अमृतबहादुर इमान सिं दुई जना भएका र सरजमिनले पनि डम्बर सिंले गोली हानेको भनी लेखि दिएको छँदाछदै अलिकति बयानमा हेरफेर भयो भन्ने बुँदा लगाई विशेष अदालत र सर्वोच्च अदालत डिभिजन बेञ्चले मुद्दा हराई दिंदा चित्त बुझेन भनी निवेदकले रोहवरमा जिकिर गरेकोले व्यहोरा साँचो भए अन्याय नै भएको जस्ता देखिनाले दोहर्याउने निस्सा दिएको छ । दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न लगतमा दर्ता गरी फाँटमा बुझाई दिनु भन्ने ०१९।९।११।४ को श्री प्र.न्या.को आदेश ।
१५. तारेखमा रहेका दुवै पक्ष राखी गत २७ गते पेश भई निवेदक, वादीतर्फका विद्वान सिनियर एडभोकेट देवनाथप्रसाद बर्मा तथा विद्वान एडभोकेट कृष्णप्रसाद घिमिरेले र प्रतिवादी डम्बर सिंतर्फबाट विद्वान प्लीडर हेरम्बप्रसादले गर्नु भएको बहससमेत सुनी आएको निर्णय सुनाउने तारेख मुकरर भएको प्रस्तुत मुद्दामा निवेदक, वादी पद्मबहादुरलाई प्रतिवादी डम्बर सिंले गोली हानेको हो होइन भन्ने कुराको निर्णय गर्नुपर्ने हुन आएको छ ।
१६. डाक्टरी जाँचसमेतबाट पद्मबहादुरको शरीरबाट छर्रा निस्केको भन्ने देखिएकोबाट निजलाई गोली लागेको भन्ने कुरा शंकारहित हुनाले त्यसतर्फ विचार गरी रहन परेन । अब प्रतिवादी डम्बर सिंले गोली हानेको हो होइन भन्नेतर्फ हेर्दा, पद्मबहादुरको साथमा भारी बोकी आउने भरिया भनेको अमृतबहादुरले पद्मबहादुर ८।९ गज अघि थिए । बन्दुकको ढ्याम ढ्याम आवाज आएकोले के हो भनी हेर्दा, दाहिने हातमा बन्दुक त्यर्सो पारी लिई बुट्यानको छेका गर्दे डम्बर सिं र निजको जेठो छोरा (यज्ञमान सि) भागी उकालोतर्फ लागेको भनी र २०।२५ गज फरक भारी बिसाई बसेको पछि घटनास्थलमा आएको च्यूरा बोकी जाने भनेको इमान सिंले बन्दुकको ढ्याम ढ्याम आवाज आएको सुनी कसले चारा हानेछ भनी हेर्दा, डम्बर सिं महत हेमबहादुर भाट क्षेत्री भाग्न लागेको देखें भनी बयान गरेको घटनास्थल कै नजीक भएका भनेका उक्त व्यक्तिहरूमा १ जनाले डम्बर सिंको साथमा निजकैको जेठो छोरालाई र अर्कोले हेमबहादुरलाई देखेको भनी भनेको बुझिएको सरजमिनहरूबाट प्र.डम्बर सिंलाई शंका गरे पनि निजै इमान सिं अमृत बहादुरको भनाइलाई आधार लिएको डम्बर सिंले पद्मबहादुरसमेत ३ जनालाई ३ गोलीका भावी हुनु भनी हिडेका भनी सरजमिनका कसैले भने पनि सो भनाइलाई खविम्बर हुने सबुद पुर्याउन सकेको देखिएन । बारदातको अघिल्लो दिन ०१४ साल बैशाख २४ गते प्रतिवादी डम्बर सिं नुवाकोट मालमा भई लिखत पास गरेको । त्यसको भोलिपल्ट वारदात भएकै दिन नुवाकोट अदालतमा सबै भन्दा पहिले निजले फिराद दर्ता गरेको दायरी किताबसमेतबाट देखियो । घटनास्थलबाट नुवाकोट इलाका अदालत १२ माइलको टाढा भन्ने सर्भेको जवाफ आएको बैशाख २४ गते नुवाकोट मालमा भएका व्यक्ति सोही दिन घरमा गई भोलीपल्ट २५ गते पद्मबहादुर शहर (काठमाडौं) आउने कुरा पत्ता लगाई आई ढुकी गोली हानी उसै बखत वर्ष ६३ को उमेर पुगेको डम्बर सिं १२ माइल टाढा अदालतमा गई सबैभन्दा पहिले फिराद दर्ता गरेको होला भन्ने कुरा सम्भव नदेखिने । डम्बर सिंलाई वारदातमा देखें भन्ने चस्मदिद भनिएको अमृतबहादुर इमान सिंको बयानलाई अन्य कुनै सबुद प्रमाणबाट समर्थित हुन नआउनेमात्र हैन कि आफू प्र.डम्बर सिंसँग मुद्दा दायर भई झगडा परेको भनी खूदै अमृतबहादुरले बयान गरेकोबाट सबुदको अभावमा झगडिया अमृतबहादुरसमेतको भनाई खम्बिरमानी प्र.डम्बर सिंले नै वादीलाई गोली हानेको भन्ने मिल्ने देखिएन । तसर्थ प्र.डम्बर सिंलाई शंकाको सुविधा दिने ठहराएकोसमेत नेपाल विशेष अदालतको इन्साफ मनासिव गरी ०१८।१२।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठर्हछ, अरु तपसीलबमोजिम गर्नु ।
तपसील
निवेदक, वादी पद्मबहादुर खत्रीके इन्साफ दोहराएमा यस अघिको डिभिजन बेञ्चले गर्ने गरको दण्ड रु. १ को अ.व.२०४ नं. ले दशौंद ।१० जरिवाना हुन्छ रुजू हुँदा असूल गर्न तहसिलमा लगात दिनु……………..१
मिसिल नियमबमोजिम बुझाई दिनु ………………….. २
इति सम्वत् २०२१ साल आषाढ ३ गते रोज ३ शुभम् ।