September 15, 1961
Created by nepalarchives

निर्णय नं. १३६ – घरबाट उठाई बाहाल दिलाई पाउँ

निर्णय नं. १३६                  ने.का.प.२०१८ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री निवेदनपत्र ता. नं. ८४ निवेदक      :...

निर्णय नं. १३६                  ने.का.प.२०१८

डिभिजन बेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

निवेदनपत्र ता. नं. ८४

निवेदक      : वा. पद्मबहादुर मानन्धर

विरुद्ध

विपक्षी : अ. र. श्री हिरन्यश्वरमान प्रधान

मुद्दा : घरबाट उठाई बाहाल दिलाई पाउँ ।

(१)   अ. बं. २१८ नं. वारिसद्वारा मुद्दा सकार गराउन हुने ।

            यसमा व्यहोरा साँचो भए अ. बं. ८९ नं. ले वारिस दिन पाउने यो मुद्दा देखिएको र अ.बं. २१८ नं. मा वारिसद्वारा मुद्धा सकार गराउन हुँदैन भन्ने लेखिएको नदेखिएको । निवेदकको निवेदन पहिले ०१८।५।२१ मा र अहिले ०१८।५।२७ मा दर्ता गरेको देखिएकाले म्याद भित्रैको देखिंदा ऐन बमोजिम रीतपूर्वकको वारिसनामा दिए लिई विष्णुबहादुरको हकमा बारिसद्वारा मुद्दा सकार गराई दिई ऐन बमोजिम गर्नु ।

नोट : निवेदकको निम्नलिखित व्यहोराको निवेदनपत्र परेको (सम्पादक)

म निवेदक निम्न लिखित निवेदन गर्दछु

१.     वादी रत्नकुमारी मानन्धरनीको र प्र. रामजसनी कलवारनीको उक्त मुद्दा सर्वोच्च अदालतमा दायर रहेको र वादी रत्नकुमारी परलोक हुनु भएकोले सर्वोच्च अदालतबाट हकवाला विष्णुबहादुरका नाउँमा मुद्दा सकार गर्न आउँन म्याद गएको थियो । सो म्याद यही भाद्र २८ गते पुग्दछ ।

२.    उक्त म्यादमा सर्वोच्च अदालतमा हाजिर भई मुद्दा सकार गरी पुर्पक्ष गर्न निज विष्णुबहादुरले मलाई वारेस गरी पठाउनु भएकोले निजका तर्फबाट मुद्दा सकार गर्न पाउँ भनी मैले १८।५।२१ गते तो. नं. ७८ को निवेदनपत्र दिएको थिएँ । बिपक्षीले वारेसद्वारा मुद्दा सकार गराउन हुँदैन भनी वारेसनामा लिई मुद्दा सकार गराई दिनु भएन ।

३.    अदातली बन्दोवस्तको ८९ नम्बर र २१८ नम्बरले वारेसद्वारा सकार हुन सक्नेमा नगराई दिंदा मर्का परेकोले निवेदन गरेको हुँ । वारेसनामा लिई मुद्दा सकार गराई दिनु भन्ने आदेश गरी पाउँ ।

५.    यसमा लेखिएको व्यहोरा ठीक साँचो छ । झुट्टा ठहरे ऐन बमोजिम बुझउँला ।

                                                 निवेदक

                                                 पद्मबहादुर मानन्धर

                                                 बिराटनगर बजार ।

इतिसम्बत् २०१८ साल भाद्र ..गते रोज शुभम् ।

      उपरोक्त निवेदन पत्रमा श्री माननीय न्यायाधीश ज्यूहरूबाट भएको आदेश (सम्पादक)

 

आदेश

यसमा व्यहोरा साँचो भए अ. बं. ८९ ले वारेस दिन पाउने यो मुद्दा देखिएको र अ. व. २१८ नं. मा वारेसद्वारा मुद्दा सकार गराउन हुँदैन भन्ने लेखिएको नदेखिएको । निवेदकको निबेदन पहिले ०१८।५।२१ मा र अहिले ०१८।५।२७ मा दर्ता गरेको देखिएकाले म्याद भत्रैको देखिंदा ऐन बमोजिम रीतपूर्वकको वारेसनामा दिए लिई बिष्णुबहादुरको हकमा वारेसद्वारा मुद्दा सकार गराई दिई ऐन बमोजिम गर्नु ।

 

इति सम्बत् २०१८ साल भाद्र ३० गते रोज ६ शुभम् ।