January 19, 1961
Created by nepalarchives

निर्णय नं. ११५ – हकसफा

निर्णय नं. ११५                              ने.का.प. २०१७ डिभिजन बेञ्च का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री अ. डि. नं. ६५३ अपीलाट :...

निर्णय नं. ११५                              ने.का.प. २०१७

डिभिजन बेञ्च

का. मु. प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

अ. डि. नं. ६५३

अपीलाट : शुकदेव खबास

विरुद्ध

विपक्षी : नारायणप्रसाद श्रेष्ठ

मुद्दा : हकसफा

(१)   मुख नमिलि तेरो मेरोमा इन्साफ दिन पर्ने कुरा पर्न आएमा श्रेष्ता अड्डा माल गोश्वाराले इन्साफ फैसला गर्न नहुने अदालतमा नालिस दिन जानु भनी सुनाउनु पर्ने । इन्साफ फैसला गरेमा बदर हुने ।

     मुख नमिली तेरो मेरो पर्न आएको कुरामा माललाई भएका सनद बमोजिम अदालतमा नालिस दिन जानु भनी सुनाउनु पर्नेमा श्रेस्ता अड्डा माल गोश्वाराले इन्साफ गरी फैसला गरेको मनासिब भन्ने नहुँदा उक्त माल गोश्वाराको फैसला बदर गर्ने र सो सनद बमोजिम अदालतमा नालिस गर्न जानु भनी प्र. नारायणप्रसादको वा. लाई सुनाई दिने समेत गरेको सिंगल बेञ्चको राय मनासिब छ ।

(प्रकरण नं. ४)

फैसला

            १.     यसमा मेरा माहिली आमा हरिकुमारीले जग्गा बिगाहा २ मो. रु. १२०१ मा ०१३।११ गते शुकदेबलाई राजिनामा गरी बिक्री गरेको थाहा पाएकाले धरौट राख्न ल्याएको छु । निखनाई पाउँ भन्ने समेत नारायणप्रसादले बिराटनगर मालमा दिएको दर्खास्त बयान ।

            २.    सो जग्गा लिई घर बनाई आली धुर बगैंचा समेत लगाएको देखि मैले लिएको कुरा मौकैमा वादीको बाबु धनप्रसाद पद्यप्रसादको बण्डापत्रमा यो २ बिगाहा जग्गा बाहेक भन्ने लेखिएकोले म्याद नघाई छोराबाट उजुर गरेको मात्र हो भन्ने समेत शुकदेबको बयान ।

            ३.    एकासंगोलका बाबुले कारवार गरेकोमा छोराले हकसफा गर्न पाउँछ भन्ने ऐन पनि नभए साहू असामी ९ नं. ले मुख्य मालिकलाई थाह दिई गरेको नदेखिएको कारवार सदर हुन्छ भन्ने लेखिएकोले समेत हकसफा गर्न नपाउने भन्ने समेत बिराटनगर मालले फैसला गरे उपर प्र. नारायणप्रसादको अपील पर्दा रजिष्ट्रेशन पास भएको मितिले म्याद भित्र हकवालाले हकसफा गर्न पाउने रजिष्ट्रेशनको १३ नं. हुँदा थैली बुझी लिनुपर्ने र घरको हकमा उठाई लैजन पाउँछ भन्ने समेत मो. वि. गो. को फैसला उपर शुकदेवको धरौटी अपील परी आई सिंगल बेञ्चमा पेश हुँदा निखनाई पाउँ भन्ने र निखन्न दिन नपर्ने भनी मुख नमिली तेरो मेरोमा इन्साफ दिन पर्ने कुरा पर्न आएकाले यस्तोमा सवालले मालले फैसला गर्न नभई नालिस दिनु भनी सुनाई दिनु पर्नेमा श्रेस्ता अड्डा माल गोश्वाराले इन्साफ फैसला गरेको देखिनाले सदर मान्न नहुने हुँदा सो फैसला बदर गरी अदालतमा नालिस गर्न जानु भनी सुनाई दिनु पर्ने देखिन आएकाले छलफलमा झगडिया झिकाई डिभिजन बेञ्चमा पेश गर्नु भन्ने सिंगल बेञ्चका श्री मा. न्या. मुक्तिकान्त मैनालीबाट १५।७।२४ गते आदेश भएको ।

            ४.    धरौटी अपीलद्वारा पेश हुन आएको यो मामिलामा झिकाई आएका प्र. नारायणप्रसादको वा. कृष्णप्रसाद श्रेष्ठ राखी हेर्दा मुख नमिली तेरो मेरो पर्न आएको कुरामा मालालाई भएका सनद बमोजिम अदातलमा नालिस दिन जानु भनी सुनाउनु पर्नेमा श्रेस्ता अड्डा माल गोश्वाराले इन्साफ गरी फैसला गरेको मनासिव भन्ने नहुँदा उक्त माल गोश्वाराको फैसला बदर गर्ने र सो सनद बमोजिम अदालतमा नालिस गर्न जानु भनी प्र. नारायणप्रसादको वा. लाई सुनाई दिने समेत गरेको सिंगल बेञ्चको राय मनासिब छ । माल गोश्वाराले गरेका फैसला बदर भएकाले १४।१०।१५ र १५।१।२० का फैसला बमोजिम गर्ने गरेको दण्ड जरिवाना देहाय बमोजिमको नलाग्ने हुँदा असुल भए फिर्ता र नभए लगत कट्टा दिनु भन्ने समेत देहायका कलमको देहाय बमोजिम गर्नुपर्ने लगत तहसिलमा दिई धर्रौटी अपीलाटलाई मुद्दा छिनिएको जनाउ दिई नियम बेमाजि मिसिल बुझाईदिनु ।

 

तपसिल

वि. माल र १४।१०।१५ का मो. वि. गो. का १५।१।२० का फैसलाले गर्ने गरेको दण्ड जरिवाना हाल खारेज भई नलाग्ने हुँदा असूल भए फिर्ता नभए लगत काटी दिनु भनी मो. वि. माललाई पुर्जी गर्ने देहाय कलम ……………….१

वादी नारायणप्रसाद मो. वि. बजारके मालले गरेको दण्ड कं. रु. १। को कलम १

नालिस दिनु भनी सुनाउनु पर्ने नसुनाई ऐन छाडि काम गरे वापत अ. व. २८९ को बमोजिम अड्डै पिच्छे कं. रु १। का दरले जरिवाना गर्ने ………………२

मो. वि. माललाई मो. वि. गो. बाट कं. रु १ दण्ड गरेका देखिदा त्यसैमा कट्टी मट्टी गर्ने…३

मो. वि. गो. का. मु. ब. अ. सुब्बा रामप्रसाद भद्राके जरिवाना भारु १

 

इति सम्वत् २०१७ साल माघ ६ गते रोज ५ शुभम् ।