December 18, 1966
Created by nepalarchives

निर्णय नं. ३६८ – जग्गा विगो

निर्णय नं. ३६८            ने.का.प. २०२४ फुल वेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी...

निर्णय नं. ३६८            ने.का.प. २०२४

फुल वेञ्च

का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री वाशुदेव शर्मा

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री लोकराज जोशी

न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०१९ सालको पहिलो दे.फु.नं.२१४

निवेदक      : प.३ नं.इ.जि.का.मौं काहुँ कुडहरे बस्ने झ्यापुपाध्या र ऐ.ऐं बस्ने गोविन्दप्रसाद पाध्या

विरुद्ध

विपक्षी : ऐ.ऐ.बस्ने मकरीप्रसाद पाध्या

मुद्दा : जग्गा विगो

(१)   खोलोले काटेको निस्सा प्रमाण देखाउन नसकेमा एकै आठा चाक्लाको जग्गा सालाना एउटैको काट्ने अरु एकै आना चाक्लाको वढ्ने भन्ने तथ्य यूक्त नदेखिने । त्यस्तो परिस्थितिमा आठा चाक्लावालाले मिचेकै ठहर्ने ।

     वादिको जग्गा खोलाले खाइ नोक्सान गरेको भन्ने प्रतिवादीहरुको जिकिर भएकोमा वादि प्रतिवादि दुवै दर्ताको जग्गाको पूर्व किल्ला काहुँ खोला देखिएको । जिल्ला अदालत पोखराबाट ०१७।१२।२८।२ मा भएको नक्सा मुचुल्काबाट पनि सो जग्गाको पुर्व छेउबाट काहुँ खोलो बगेको देखिएको । सो खोलाले यहां यसरी यति जग्गा नोक्सान पारेको भन्ने केहि नजनिएको र त्यस कुराको सबुद प्रमाण पनि पेश दाखिल हुन नआएको । सालिन्दा सो खोलाले मिच्दै नोक्शान पार्दै गरेको भए एकै आठा चक्लाको प्रतिवादिहरुको जग्गा बढि हुन जानु र वादिको मात्र नोक्सान हुन नपर्ने हुनाले प्रतिवादिहरुले वादिको बखल ढुंगी बगर खेत मिचेको समेत ठहराइ बादिले आफ्नो दर्ता बमोजिमको जग्गा खान पाउँने गरि शुरु र तत्कालीन जिल्ला अदालत पोखराले गरेको इन्साफ सदर गरि ०१९।४।२४।४ मा डिभिजन बेन्चबाट भएको इन्साफ मुनासिव ठहर्छ ।

 (प्रकरण नं.१७)

विपक्षी तर्फबाट : एडभोकेट कृष्णप्रसाद घिमिरे ।

फैसला

      १.     मेरो अंश भाग मध्ये जि.मु. छबिलाल जिम्मा झुत्ता को पुर्ब वाहुँ खोलो पस्चीम भिर उत्तर झ्यापुको खेत दक्षिण भबानी पाध्याको खेत यति ४ किल्ला भित्रको तिरा रु ६।१६ लागेको बखल ढुंगा भन्ने २५।१० मुरी खेत मैले र झ्यापेका खेत देखी उत्तर २५।१० कटुने सेनिस्वारो खेत मुरी १ जिवनाथ गोबिन्दले खाने गरेकोमा दुवै खेत आधी आधी गरि दुवैले खाने सल्लाह भई सोबमोजिम भोग चलन गरेकोमा निज गोबिन्दले आफ्नो खेत को ०१४ सालको सबै धान लान लागेको रहेछ । झ्यापेका दर्ताको तिरो रु.३। लागेको बखल ढुंगा बगर भन्ने खेत मुरी ।१४।१७।४ गोपि नाथ समेतले खाएको खेतको सिरान पट्टि को गोपिनाथको खेत गोबिन्दले खाने र मेरा खेतको सिरान भाग गुनाखरकी बाहुनी समेतले हाम्रो हो भनी यही आषाढ १० गते खेत रोप्न जाँदा गुनाखरकी बाहुनी समेतले सिरान पट्टिको खेत हटक खिचोला गरेकोले र मेरो हकको पाखो जग्गा बिर्यको वारी बिजनमा ।।१ लागेको जग्गामा मार्कण्ड देवदत्तले कहिं नाप्ने र मार्कण्डले सबैमा दाबी खिचोला गरेकोले जम्मा बिगो रु.१००। मार्कण्डबाट र मुरी ९ को १८०। मार्कण्ड गोबिन्दबाट दिलाई जग्गा मेरो सदर थामी पाउँ । मेरो हकको खरवारीको खर पछि जबरजस्ती काटी लगे भने त्यस्मा पछि छुट्टै उजुर गर्ने छु, भन्ने समेत कास्की काउ बस्ने मकरीप्रसादको ०१५।५।१६।२ को फिरादपत्र ।

      २.    ६२ सालमा हाम्रा बाबुले ५४ रुपैंयामा राजिनामा गरि लिई आज तक सुफत भोग गरि आएकाछौं । हामिले खिचोला गरेका छैनौ भन्ने समेत नन्दकली, गोपिलाल, रुपा उपाध्यानी समेत जना ३ को ०१५।८।१२।५ को प्रतिउत्तरपत्र ।

      ३.    वादिको जग्गा देखी दक्षिण कमला पत्तीको पाखो र त्यस देखि दक्षिण पट्टि ९१ सालमा मेरो नाउमा दर्ता भएको कान्ला तेर्सो बाटा देखि दक्षिण वनपालेका पोखरी र तेर्सो दह देखी उत्तर टिकारामका साँध देखि पश्चीम कृष्णप्रसाद जिवनाथका पाखा देखि पुर्व यति ४ किल्ला भित्र को विर्यवारी भन्ने पाखो जग्गा मेरो हो । निजको जग्गा चापी खाएको छैन, भन्ने समेत व्यहोराको देवदत्तको ०१५।८।२६ को प्रतिवादि ।

      ४.    कान्ला बाटा देखी उत्तर कमला पतीका नाउमा विज माना ।।२ लागेको विजंवारी भन्ने पाखो जग्गा रु ९९ मा देवदत्तबाट मैले राजिनामा गरि लिई भोग गरि आएको छु । वादिको जग्गा खिचोला गरेको छैन भन्ने समेत मार्कण्ड र वादिले र म गोविन्दले सटापटा गरेको हो । यि झ्यापेका खेत देखी उत्तर पट्टि मात्र मेरो खेत छ । बादिले च्यापी खाए भन्ने समेत झुट्टा वादि गरेको हो । निजको खेत खोलाले नोक्सान पारेकोले सो नोक्सानी उठाउँन हामिहरुका नाउमा च्यापी खाए भनि भुट्टा फिराद गरेको हो भन्ने समेत मार्कण्ड गोविन्द को ०१५।९।२५ को प्रतिबादि ।

      ५.    आत्माराम देखी दक्षिण खिमलाल देरवी पुर्व आत्माराम कर्नाखर वादि मकरीप्रसाद देखि पश्चीम नरहरि कर्नाखर देखि उत्तर यति ४ किल्ला भित्रको खरवारी भन्ने पाखो जग्गा मेरो नाउमा विजमाना ।।१ लागी दर्ता भई भोग गरि आएकी । वादि झुट्टा हो भन्ने समेत अजुध्या उपाध्यायनी समेतको ०१५।१०।१६।५ को प्रतिवादि ।

      ६.    वादिको जिकिर बमोजिम खेत दर्ता पुरै देखीएको र खोलाले खाएको भनि सबुद गुजार्न प्रतिवादिले नसके बाट खेत जग्गामा प्रतिवादिले खिचोला गरेकै देखीने र बाँझो पारी दिए नदिए तर्फलाई आफ्नो जग्गा अर्काले बाँझो राख्दैमा बाँझो रहन नसक्ने हुनाले विगो रु १८०। पाउँ भन्ने वादिको जिकिर पुग्न नसक्ने । अब पाखो तर्फलाई पनि विना प्रमाण प्रतिवादिको भनाई साँचो मान्न नहुने हुँदा प्रतिवादिहरुले जग्गा मिची खिचोला गरेको ठहर्ने भन्ने समेत ०१६।१०।१०।१ को तत्कालीन पोखरा अदालतको फैसला । यो दिशा पट्टिको यहि जग्गा मिचेको भन्न वादिले नै नसकेको र हामिहरुले आफ्नु आफ्नु जग्गा भोग चलन गरि आएकोमा वादि दावी बमोजिम प्रतिवादिहरुले मिची खिचोला गरेको ठहर्छ, भनि फैसला भएको मा चित्त बुझेन भन्ने समेत गोविन्दप्रसाद समेत ७ जना प्रतिवादिहरुको ०१६।११।१४ को एउटै अपिलपत्र ।

      ७.    मार्कण्डको बा.नरहरिबाट पेश भएको मार्कण्ड साुह देवीदत्त आसमी भएको रु ९९ को ०१२।१०।१५।१ को कमला पतीको नाउमा दर्ता भएको विज माना ।।२ को तिरो रु १९।२ लागेको विर्यको वारी भन्ने पाखोको सक्कल राजिनामा र सो जग्गा को ०१४।१५ सालको रसिदहरु वादिलाई सुनाएकोमा जालसाजी हुन भनि र सरस्वतीबाट तुल्सीप्रसादले ०१।१०।५ मा रु.२५०० मा राजिनामा गरिखाएको जग्गा छुट्टै छ भनि मकरीप्रसादले र उल्लेखित लिखतहरु सद्दे हुन । रु २५००।मा राजिनामा लिएको जग्गा होइन कमला पतीका नाउमा दर्ता भएको अर्को जग्गा हो भनि मार्कण्डको वा.नरहरी देवदत्त उपाध्यायले बयान गरेका ।

      ८.    बखल ढुंगा भन्ने खेत मुरी २५।१० का हकमा प्रतिवादिहरुले पनि भोगेको भनेको समेत हुनाले शुरुको ईन्साफ मुनासिब र विर्जवारीका हकमा मार्कण्डले राजिनामा लिएकोमा वादि सावितै भएको । जग्गा अनेत्र देखाउन नसकेको समेत हुँदा नक्सा नं.२ ख.को जग्गा मार्कण्डको र २ ख.को जग्गा वादि मकरीप्रसादको ठहर्छ । शुरुले गरेको मनासिबै छ भन्ने समेत ०१८।११।३।४ को तत्कालीन जिल्ला अदालत पोखराको फैसला ।

      ९.    बादिले यस ठाउँ सम्मको यति जग्गा चापेको भन्ने खुलाई लेख्न र नक्सा हुँदा चापेको जग्गा यो हो भनि देखाउन नसकेको । बुझेका साक्षीबाट चापेको छैन भन्ने देखिएको । बादिको जग्गाको तिरैमा खोलो भई सो खोलाले जग्गा रेट्दै लगेकोले बाँकी जग्गा कमोद गर्दा खस्ती हुँदै जाला की बाँझो राखे, जमीन सारो गराए खोलाले रेट्न सकेन की भनेर हो वा अरु के कारणले हो बाँझो राखेको हुनाले सर्भे डोरबाट नक्सामा अघीको आवादी हाल पर्ति भन्ने र खोलाले रेटी रहेको देखाई नाप ठहर माटो समेत काटी लेखिएको छ । हाम्रो जग्गा हाम्रै नाउमा नाप नक्सा भएको छ । बादिको जग्गा हामिले चापेको ठहर्न नसक्नेमा नबुझी चापेको ठहराई ई.अ.पोखरा र जि.अ.पोखराले समेत हामि गोबिन्दप्रसाद झ्यापु उपरको उजुरमा अन्याय गरेकाले यथार्थ ईन्साफ पाउँ । हामि गोविन्दप्रसाद झ्यापुले र देबीदत्तबाट म मार्कण्डले राजिनामा गरि लिएको जग्गामा मार्कण्डलाई जिताई म मार्कण्डलाई सलामी लगाउँनु पर्नेमा म गोबिन्दलाई लगाउँकोमा भुल सुधार होस भनि म मार्कण्ड समेतले सर्बोच्च अदालतमा अपिल गरेकोमा जिल्ला अदालतकै ईन्साफ मुनासिब ठहराई सर्बोच्च अदालतबाट फैसला भएछ र ०१९।७।४ मा जनाउ पाएकाले निबेदक गरेका छौं । यथार्थ ईन्साफ गरि दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत गोबिन्दप्रसाद मार्कण्ड झ्यापुको वा.नरहरीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको निवेदनमा फुल बेन्चबाट हेरी दिनु दोहर्‍याई दिनु भन्ने सबैमा सर्वोच्च अदालतका ५ जना न्यायधीशको फुल बेन्च बाट हेर्न लगाउँनु भन्ने समेत हुकुम प्रमांगी बक्सी आई पेश हुँदा, बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न निमित्त लगतमा दर्ता गरि दुबै पक्ष राखी फुल बेन्चमा पेश गर्न फाँटमा बुझाई दिनु भन्ने समेत ०१९।१२।१३।३ को माननीय प्रधान न्यायाधीशको आदेश ।

      १०.    पुर्ब काहुँ खोला पश्चीम भिर पहरा दक्षिण भुवानीप्रसादको खेत उत्तर काहुँ खोलो संग भिर पहरा जोडिएको चौतारा यति ४ किल्ला भित्रमा सर्भे नापी हुँदा वादि मकरीप्रसाद प्र.झ्यापे गोबिन्दप्रसाद समेतको र अरु ककस्का नाउमा के कति माटो मुरी सर्भे भई दर्ता नाप भएको छ, ४ किल्ला समेत देखीने गरि कित्तै पिच्छेको फिल्ड बुक समेत र नक्सा ट्रेस समेतको दर्ता उतार गरि ३ दिन भित्र तुरुन्त पठाई दिनु भनि पश्चीम ३ नम्बर पोखरा सर्भे अफिसलाई लेखी पठाई आए पछि पेश गर्नु भन्ने समेत फुल बेन्चको ०२०।११।२।६ को आदेश ।

      ११.    यस्मा पुर्व काहुँ खोला पश्चीम भिर पहरा दक्षिण भवानीप्रसादको खेत उत्तर काहुँ खोला संग भिर पहरा जोडिएको चौतारा यति ४ किल्ला भित्रमा सर्भे नापी हुँदा वादि मकरीप्रसाद प्र.झ्यापे गोविन्दप्रसाद समेत र अरु समेत ककस्का नाउमा कति माटो मुरी सर्भे भई दर्ता नाप जांच भएको छ, ४ किल्ला समेत देखिने गरि कित्तै पिछेको फिल्ड बुक र नक्सा ट्रेस समेत झिकाउने ०२०।११।२।६ मा भएको आदेशानुसार झिकाई आएको नक्सा ट्रेस फिल्ड बुकबाट सिस्नेरी क.ख.मौजा देखिएको । क.मौजाको मात्र नक्सा ट्रेस आएका । त्यसबाट समुचा खेत समेतको झगडा परेको जग्गा  नदेखिएको । मिसिल सामेल रहेको पोखरा सर्भे गोश्वाराबाट खडा भएको ०१६।३।१४ को पर्चामा जग्गा खिचोला मुद्दा पोखरा अदालतमा दायर भएकाले काहुँ बेसी मौजाको कि.नं.५०।६०।६१।६२ को जग्गा फैसला नभएसम्म झगडा  जनाई हक बेहक छुट्टिएको निस्सा लिई दर्ता गर्न आउनु भनि सुनाई दिने र ३ नं.डोरलाई सूचना गर्ने भन्ने समेत उल्लेख भएको देखिँदा सो झगडा जनिएको उक्त कित्ताहरुको र सिस्नेरी ख.मौजा समेतको झगडा परेको जग्गा ट्रेसमा उल्लेखित मानिसहरुका दर्ता भएको र झगडा जनाएको समेत फिल्ड बुक उतार पठाई दिनु भनि प.३ नं.पोखरा सर्भेलाई लेखी पठाई आए पछि पेश गर्नु भन्ने फुल बेन्चको ०२१।३।२०।६ को आदेश ।

      १२.   यस्मा निवेदक गोविन्दप्रसाद, झ्यापु, मार्कण्ड समेत ३ जना मध्ये मार्कण्ड मरी सकार गर्ने नरहरीले गुजारेको तारेख थपाउँन पाउँने ऐनको अवधि समेत नाघी सकेपछि तारखेमा रहेका अरु पक्षलाई ०२१। बाट आजको पेशीको तारेखमा पेश हुन आएको प्रस्तूत मुद्दामा सो तारेख थापी पाउँ भनी नरहरिले चढाएको निवेदनपत्रमा व्यहोरा सांचो भए र पहिला पटक थामी दिने समेत श्री ५ महाराजाधिराजबाट ०२१।११।२५।३ मा हुकुम प्रमांगी बक्स भएको विशेष जाहेरी विभागराजदरवार मार्फत सर्वोच्च अदालतमा ०२१।११।२५।६ मा दाखिल भई निवेदक नरहरिका नाउमा ०२१।११।२६।५ मा जनाउ म्याद तामेल भएको । निज हाजिर भई सकेको र कानून बमोजिम हाजिर हुन पाउँने म्याद बाँकी नै देखिनाले समेत हाजिर रहेको पक्षलाई निज नरहरि पाध्याको कानून बमोजिम हाजिर हुन पाउँने म्याद पुग्ने दिन भन्दा पछिको अर्को पेशीको तारेख तोकी म्याद भित्र निज नरहरि हाजिर हुन आए तारेख थमाई निजलाई पनि सोही पेशीको तारेख मिलाई नियम बमोजिम गर्नु भन्ने समेत फुल बेन्चको ०२२।१।११।६ को आदेश ।

      १३.   यस्मा वादिका नाउमा दर्ता भएको भनेको वखल ढुंगा बगर भन्ने तिरो रु.६।१६ को खेत मुरी ।२५।१० प्रतिवादि झ्यापुका नाउमा दर्ता भएको भनेको वखल ढुंगा बगर भन्ने खेत मुरी ।१४।१७।४ र प्र.गोविन्दको बाबु जिवनाथका नाउमा दर्ता भएको भनेको वखल ढुंगा भन्ने खेत मुरी ।२५।१० समेत ९० सालको जांचमा कुन कुन ४ किल्ला रही के व्यहोराबाट दर्ता भएको र सो खोला अरुको साविक गौडा र हाल समेतको पुरै दर्ता उतार गरि पठाई दिनु भनि जिम्मा झुत्ता मौजा समेत खुलाउन पर्ने कुराहरु प्रष्ट खुलाई लगत फाँटलाई र लगत फाँटबाट पाउँन नसके पोखरा तहसिललाई समेत चाँडो लेखापढि गरि सो दर्ता उतार झिकाई आए पछि पेश गर्नु भन्ने फुल बेन्चको ०२२।२।५।३ को आदेश ।

      १४.   मिसिल समेल रहेका फा.नं.६७ को नक्सा ट्रेसमा लेखिएको ५८।५९।६०।६१।६२।६३ को जग्गाको क्षेत्रफल माटो मुरी निकाल्नु पर्ने भएकाले अमिन पठाइ दिनु होला भनी भूमि सुधार मन्त्रालय सर्भे विभाग दिल्ली बजारमा लेखी पठाई आए पछि अमिनबाट रिपोर्ट लिई नियम बमोजिम कजलिष्टमा चढाई पेश गर्नु भन्ने समेत फुल बेन्चको ०२२।९।२०।३ को आदेश ।

      १५.   साविक दर्ता र नक्सा उतारबाट चौतरा गोविन्द झ्यापु मकरी, भुवन लाल, को दर्ताको जग्गा क्रमैंसँग दक्षिण तर्फ हुनुपर्ने । पुर्व काहुँ खोलो पश्चिम भिर भएको कित्ता वादि मकरीप्रसादको देखीने । र मकरीप्रसाद को जग्गा र त्यस्को उत्तरपट्टि झ्यापुको जग्गाको विचमा यो आठौ किल्ला मिचेको हो भनि निज विपक्षी वादि मकरीप्रसादले देखाउन नसकेकोले समेत निजलाई समेत राखी छलफल गर्नु पर्ने देखिनाले अ.बं.२०२ नं.र नियम बमोजिम नोटिस पठाई आएपछि वा म्याद पुगेपछि पेश गर्नु भन्ने फुल बेन्चको ०३२।६।२१।६ को आदेश ।

      १६.    यस्मा निवेदक प्रतिवादि गोविन्द पाध्या झ्यापु पाध्याको वा.मकर मान श्रेष्ट र बिपक्षी वादि मकरीप्रसादको वा.कमल मान श्रेष्ट रोहवरमा रही गते ०२३।९।१९।३ मा पेश भई विपक्षी वादी तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद घिमिरेले गर्नु भएको वहस समेत सुनी आजको निर्णय सुनाउने तारेख तोकी पेश हुन आएको प्रस्तुत मुद्दामा पाखा तर्फ डिभिजन बेन्चको फैसला उपर कसैको जिकिर नहुनाले त्यस तर्फ विचार गर्नु परेन र मुख्यत वादि दर्ताको वखलढुंगी बगर भन्ने खेतमा प्रतिवादिहरुले मिची खिचोला गरेका हुन होईनन् यसैको निर्णय गर्नु परेको छ ।

      १७.   अर्थ मन्त्रालय मालपोत विभाग द्वारा झिकाई आएको मोठ उतारबाट चौतारा दक्षिण खोला देखी पश्चिम भिर देखी पूर्व झ्यापु पाध्याका खेत देखी उत्तर यति ४ किल्ला भित्रको बखल ढुंगा खेत मुरी ।२५।१० मोठ नं.४२६ मा गेबिन्दका बाबु जिवनाथका नाउमा । जिबनाथका खेत देखी दक्षीण काहुँ खोला देखी पश्चिम भिर देखी पूर्व मकरीका खेत देखी उत्तर यति ४ किल्ला भित्रको बखल ढुंगी बगर खेत मुरी ।१४।१७।४ मोठ नं.४२७ मा झ्यापु पाध्याका नाउमा । र झ्यापु पाध्याका खेत देखी दखिन काहुँ खोला देखी पश्चिमका भिर देखी पूर्व भबानी पाध्याका खेत देखी उत्तर यति ४ किल्ला भित्र को बखल ढुंगी बगर खेत मुरी ।२५।१० मोठ नं.४२८ मा बादि मकरी पाधयाका नाउमा दर्ता भएको देखीएको र झिकाई आएको सो बखल ढुंगी बगर खेतको नक्सा ट्रेसबाट हाल नापी भएकोमा कि.नं.५९।६१। गरि २ कित्तामा निबेदक गोबिन्दका नाउमा खेत मुरी ।२९।१८।६ कि.नं.६०।६२ गरि २ कित्ताको प्र.झ्यापुका नाउमा माटो मुरी ।१९।१६।२ र बादि मकरीप्रसादका नाउमा माटो मुरी ।१९।८।६ कायम हुन हुन आएकोबाट वादी मकरीप्रसादको ।२५।१० मा ।६।१।२ घटी र प्र.झ्यापुको ।१४।१७।४ मा ।४।११।२ गोबिन्द को ।२५।१० मा ।४।८।६ बढि हुन आएको देखिन्छ । बादिको जग्गा खोलाले खाई नोक्सान गरेको भन्ने प्रतिबादिहरुको जिकिर भएकोमा बादि प्रतिवादि दुबै दर्ताको जग्गाको पूर्ब किल्ला काहुँ खोलो देखीएको । जिल्ला अदालत पोखराबाट ०१७।१२।२८।२ मा भएको नक्सा मुचुल्काबाट पनि सो जग्गाको पुर्ब छेउबाट काहुँ खोलो बगरेको देखीएको सो खोलाले यहाँ यसरी यती जग्गा नोक्सान पारेको भन्ने केही नजनीएको र त्यस कुराको सबुद प्रमाण पनि पेश दाखिल हुन नआएको । सालीन्दा सो खोलाले मिच्दै नोक्सान पार्दै गरेको भए एकै आठा चाक्लाको प्रतिबादिहरुको जग्गा बढि हुन जानु र बादिको मात्र नोक्सान हुनु नपर्ने हुनाले प्रतिबादिहरुले बादिको बखल ढुंगी बगर खेत मिचेको समेत ठहराई बादिले आफ्नो दर्ता बमोजिमको जग्गा खान पाउँने गरि शुरु र तत्कालीन जिल्ला अदालत पोखराले गरेको ईन्साफ सदर गरि ०१९।४।२४।४ मा डिभिजन बेन्चबाट भएको ईन्साफ मुनासिब ठहर्छ । तपसिल बमोजिम गर्नु र नियम बमोजिम गरि मिसिल बुझाई दिनु ।

 

तपसिल

देहायका निबेदक प्रतिबादिहरु के मुनासिब इन्साफ दोहर्‍याय वापत डिभिजन बेन्चबाट जनही रु.५।दण्ड भएको देखीनाले अ.बं.२०४ नं. ले त्यस्को दसौंद रु ।१ जनहि दण्ड हुन्छ । बारेस हुँदा असुल उपर गर्न जि.अ.पोखरामा लेखी पठाउँन का.श्रे.अ.त.मा लगत दिनु …………..१

प.३ नं.कास्की मौजा काहुँ कुडर बस्ने गोबिन्द पाध्या

ऐ ऐ बस्ने झ्यापे पाध्या

बादि मकरीप्रसाद के निज बिद्वान वकील एडभोकेडको फिस रु २५।

उक्त निबेदक गोबिन्द झ्यापुबाट भरी पाउँछ । निजहरुको जेथा देखाई ५ वर्ष भित्र दखास्त दिए ञकोर्टफि ऐन को दफा १५(११) बमोजिम केही दस्तुर नलिई भराई दिनु भनि ऐ गर्न ऐ………..२

 

इति सम्बत् २०२३ साल पौष २६ गते रोज ३ शुभम् ।