April 11, 1967
Created by nepalarchives

निर्णय नं. ३६४ – उत्प्रेषणको आदेश जारी गरि पाउँ

निर्णय नं. ३६४            ने.का.प. २०२४ डिभिजन बेन्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री बाहशुदेव शर्मा सम्बत् २०१३ सालको रिट नम्बर  २४०   निवेदक :...

निर्णय नं. ३६४            ने.का.प. २०२४

डिभिजन बेन्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री बाहशुदेव शर्मा

सम्बत् २०१३ सालको रिट नम्बर  २४०

 

निवेदक : नेपालगञ्ज टोल बस्ने बुद्धिमान श्रेष्ठ १

विरूद्ध

विपक्षी : भूमि सुधार विशेष अदालत बर्दिया १

विषय : उत्प्रेषणको आदेश जारी गरि पाउँ ।

(१)   निवेदन लेखाइमा भएको फैसला आदेश बदर गरि पाउँ भन्ने भएमा र मिसिल समेतबाट कुनै फैसला आदेश भए गरेको नदेखिए निवेदनबाट कारबाइ गर्नु नपर्ने । निबेदकको निबेदमा लेखिए अनुसार यस विषयमा कुनै फैसला भएको भु.सु विशेष अदालत बर्दियाको ०२३।४।३।२ को र ०२३।९।१३ को पत्रहरुबाट देखिन नआइ वा.समेतको कनैयालाल चौधरी र लालबहादुर चौधरी समेतको उजुरी निवेदन हुलाकद्वारा यस अदालतमा आइ ०२२।५।३१ गते दर्ता भएको यसै विषय ०२२।२।२२ गतेमा नै बुद्धिमान श्रेष्ठ समेत प्रतिवादिहरु उपर लालबहादुर चौधरी समेतको उजुरी जि.भ.सु.अफिस बर्दियामा परी कारबाइ भईरहेको कुरा जि.भु.सु.अफिस बर्दियाको च.नं.२१०१ मिति ०२३।१।१४ को पत्र समेतबाट अवगत हुन आइ अ.वं. ८९ नं. बमोजिम अघि जि.भु.सु.अ.मा परी रहेको उजुरीबाटै कारवाई गर्नु पर्ने देखिंदा यस अदालतमा परेको उक्त उजुरी वातिल भई तामेलीमा रहेको देखिन्छ भन्ने लेखाइ देखिन आएकोबाट निवेदकको लेख बमोजिम भु.विशेष अदालत वर्दियाले कुनै फैसला गरेको नदेखिनाले निवेदकको निवेदनबाट केही कारवाइ गर्नु नपर्ने । 

(प्रकरण नं.४)

निवेदक तर्फबाट : प्लिडर ठाकुरप्रसाद खरेल ।

आदेश

      १.     नेपालगञ्ज बजार ईश्वरी निवास बस्ने हरिबन्सप्रसाद उपाध्यायले मलाई जि. बर्दिया तप्पे मलवारा ३३५ नं.मौजे बगेदहाको १६ आना पंक्ति जिमिदारी मा न.नं.१२.२२.३२ को शिरजग्गा विगहा १८।।४ जग्गा ०२०।।१२।२९ गते घरसारमा र ०२१।३।३२ गते रजिष्ट्रेशन पास गरि हालै देखिको बकसपत्र गरिदिएकोले मालबाट बाहाली चलन समेत पाइ भोग चलन गरि आएकोमा भूमि सम्बन्धी ऐन लागू भएपछि दिनु पर्ने जग्गाको लगत र बुझाउनु पर्ने बचत समेत बुझाई आएकोमा तपाँई समेतका नाउमा जिं.हरिबन्सले जग्गा राखि भोगे भन्ने समेत वा.समेत कनैयालालले उजुर गरेको भनि उक्त वि.अ.बाट मेरा नाउमा ७ दिने म्याद भई ०२२।८।१ गते बुझि लिई म्यादै भित्र वि.राम विलासलाई बारेस गरि पठाएको थिएँ, म्यादमा नै वारेस लाग्ने जनाएको र अ.वं ५ नं. ले समेत बारेस लाग्नेमा इन्कार गरि दरपिठ समेत नगरि बारेसनामा नै नलिई दिएको बारेसले उक्त कुरा बताएको हुँदा सम्पूर्ण कुरा खुलाई बारेसनामा समेत साथै राखि ०२२।।१० मा श्री ५ महाराजाधिराजका हजुरमा र साथै वहाँमा समेत हु.द्वारा रजिष्टरी गरि निवेदन चढाएको थिएँ । निकासा के भई आउँछ भनि बराबर विपक्षी कहाँ बुझ्न जाँदा समेत वास्तै रखेनन । सो निवेदनमा रुल नियम बमोजिम आवश्यकिय निकासा दिई जनाउ दिनु भन्ने भुमि सुधार मन्त्रालयलाई प्रमाङगी बक्स भई सो निवेदन विपक्षी कहाँ नै गएको हुन पर्छ । मैले जनाउ र यो प्रमाङगीले काम हुन सक्दैन भनि कुनै कुरा नभनि अ.वं ६७ नं.बर्खिलाप कार्य गरि नेपाल विशेष अदालत ऐन, ०१३ को दफा ४ ले थाम्न पाउँने कानूनी सुविधा सम्म पनि नदिई एकतर्फि गरि जग्गा जफत भयो भनि नक्कल समेत नदिई मौखिक जवाफ दिएको हुनाले भुमि सम्बन्धी ऐन को परिच्छेद ३।४।५।६।९ सम्वत ०२१।८।१ गते देखि लागू भएको भएपनि मैले उपरोक्त मिति मै सेवा गरेको बकस पाइ पास गराई लिई मेरो हक भएको जग्गा अ वं ६७ नं. बमोजिम कुनै रित नपुर्‍याई सो ऐन र अ.वं १३८ नं.को विपरित जफत भयो । नेपाल संविधानको धारा १० को उपदफा १ ऐ.धारा १५ ऐ.११ को उपधारा २ को खण्ड (घ) बमोजिम पाएको मेरो मौलिक हकको हनन हुन गएकोले अ वं ६५ नं. बमोजिम लिनु पर्ने बारेसनामा नलिई अवं ६७ नं. बमोजिम दरपिठ गरिदिनु पर्ने गर्न नसकेकोले बारेसनामा लिई दिनु भन्ने नेपाल संविधानको धारा ७१ बमोजिम बिपक्षीका नाउमा परमादेश समेतको आदेश जारी गरि सो एकतर्फी भयो भनेको फैसला उत्प्रेषणको आदेश जारी गरि मौलिक हकको प्रचलन गराई पाउँ भन्ने समेत बुद्धिमान श्रेष्ठको निवेदन ।

      २.    जिं. हरिवंशले निवेदकको नाउमा जग्गा राखि भोगे भन्ने समेत वा.समेत कनैया लालले उजुर गरेकोमा एकतर्फी फैसला गरेको भन्ने निवेदक लेखाइ हुनाले फैसला भएको भए सो फैसला को नक्कल १ प्रति पठाई दिनु भनि भु.सु. विशेष अदालत बर्दियालाई लेखि पठाई झिकाई आएपछि पेश गर्नु भन्ने डिभिजन बेन्चको ०२३।३।२।५ को आदेश ।

      ३.    जि.हरिवंशले निवेदकको नाउमा जग्गा राखि भोगे भन्ने समेत वा.समेत कनैयालालले उजुर गरेकोमा एकतर्फि फैसला गरेको भन्ने निवेदन लेखाई हुनाले फैसला भएको भए सो फैसलाको नक्कल १ प्रति झिकाई पेश गर्नु भन्ने डिभिजन बेन्चको ०२३।३।२ को आदेश बमोजिम लेखि गएकोमा कनैयालाल थारु समेतको उजुरीबाट यस अदालतबाट कुनै फैसला भएको नदेखिएको भन्ने सम्म जवाफ देखिनाले उल्लेखित मुद्दा दायर भएको छ, छैन भए सो मुद्दा हाल कुन स्थितिमा छ । जवाफ पठाई दिनु भनि भु.सु.विशेष अदालत बर्दियालाई लेखि पठाई जवाफ आएपछि पेश गर्नु भन्ने डिभिजन वेन्चको ०२३।८।२७।२ को आदेश ।

      ४.    यस्मा निवेदकको बारेश जगदीशप्रसाद रोहवरमा राखि पेश हुन आएको प्रस्तुत केशमा निवेदक तर्फबाट रहनु भएको विद्वान प्लिडर श्री ठाकुरप्रसाद खरेलको वहस सुनी निर्णय तर्फ विचार गरेमा निवेदकको निवेदनमा लेखिए अनुसार यस विषयमा कुनै फैसला भएको भु. सु. विशेष अदालत बर्दियाको ०२३।४।३।२ को र ०२३।९।१३ को पत्रहरुबाट देखिन नआई वा.समेतको कनैयालाल चौधरी र लालबहादुर चौधरी समेतको उजुरी निवेदन हुलाकद्वारा यस अदालतमा आई ०२२।५।३१ गते दर्ता भएको । यसै विषय ०२२।२।२२ गतेमा नै बुद्धीमान श्रेष्ठ समेत प्रतिवादीहरु उपर लालबहादुर चौधरी समेतको उजुरी जि.भु.सु.अफिस बर्दियामा परी कारवाई भई रहेको कुरा जि.भु.सु. अफिस बर्दियाको च.नं २१०१ मिति ०२३।१।१४ को पत्र समेतबाट अवगत हुन आई अ.वं ८९ नं. बमोजिम अघि जि.भु.सु.अ.मा परी रहेको उजुरीबाटै कारवाई गर्नु पर्ने देखिंदा यस अदालतमा परेको उक्त उजुरी वातिल भई तामेलीमा रहेको देखिन्छ भन्ने लेखाई देखिन आएकोबाट निवेदकको लेख बमोजिम भु.सु.विशेष अदालत बर्दियाले कुनै फैसला गरेको नदेखिनाले निवेदकको निवेदनबाट केहि कारवाई गर्नु नपर्ने हुँदा निवेदन तामेलीमा राखि फायल नियम बमोजिम बुझाई दिनु ।

     

ईति सम्बत २०२३ साल चैत्र २९ गते रोज ३ शुभम् ।

