April 22, 1954
Created by nepalarchives

निर्णय नं. ७२ – बकसपत्र बदर

निर्णय नं. ७२       ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भैरवराज पन्तोपाध्याय अ.नं १८५१ अपीलाट : सिवनारायण ग्वार विरुद्ध विपक्षी...

निर्णय नं. ७२       ने.का.प. २०१६

डिभिजन बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री भैरवराज पन्तोपाध्याय

अ.नं १८५१

अपीलाट : सिवनारायण ग्वार

विरुद्ध

विपक्षी : फेकनी ग्वारनी मसेत

मुद्दा : बकसपत्र बदर

१.    विधवा अंशधनको १ नम्बरको १ दफा र ३ दफाको व्याख्याऐनको व्याख्या गर्दा शब्दबमोजिमको अर्थ गर्नुपर्ने । २ दफाको रुल मिलाई दशौंद बाँकी राखी बकसपत्र दिएकोमा सो सदर हुने ।

     ऐनको व्याख्या गर्ने विषयको ऐनमा जुन शब्द प्रयोग भएको छ, सोही शब्दबमोजिम अर्थ गर्नु भन्ने लेखिएको र विधवा अंशधनको १ नम्बरको १ दफामा जेठाजु देवर शब्द प्रयोग भएकोमा जेठानी देवरानी भन्ने अर्थ गर्न नमिल्ने । यस मुद्दामा १ दफा लागू हुन नसक्ने र सोही ऐनको ३ दफामा पनि बाजे भन्ने शव्द लेखिएकोमा पनि ससुराको आर्जन भन्ने अर्थ गर्न नहुने । छट्टुको बाबुको आर्जन नदेखिएकोले ३ दफा पनि लागू हुन नसक्ने र प्रमाणको मिसिलबाट अघि देखि इबि अदावत परेको देखिएकोले हेरचाह गरेको भन्ने समेत देखिन नआई ४० बर्ष नाघिसकेकी प्रतिवादी फेकनीले दशौद बाँकी राखी छोरोको छोरा नाति राम विश्वासलाई सोही ऐनको २ दफाको रुल मिलाई बकसपत्र गरिदिएको देखिएकोले सोही २ दफाको ऐन यस मुद्दामा लागू हुने देखिएकोले सुरुको सदर गरी अपीलले छिनेको मनासिव छ ।

(प्रकरण नं. ७)

फैसला

      (१)   कमलीको छोरा जैसी फतैन जैसीको स्वास्नी फैकनीकी छोरी तिलही मन्टुकियाको छोरा राम विस्वाश फतैनको स्वास्नी केउली छोरा सिवनारायण भएको र अंश मुद्दा परी मलंगवाको सिवनारायणको नम्बरी जमिन मध्ये १०ऽ१,४ जग्गा र घर घडेरी आधा फेकनीले जिउनी ४ऽ१।।। ३ मा कमलीले र घर घडेरी इत्यादी आदि र मलंगवाको बाँकी विष्णुपूरको जो भएको जग्गा हामी केउली र सिवनारायणले लिने दिने गरी ९५।३।७ मा मिलापत्र भएको । सवै एकै सगोलमा बसी सिवनारायणले फेकनीलाई सेवा टहल गरी आएको । जेठी आमासँग जग्गा सट्टापट्टा समेत गरेकोबाट निजको १०ऽ।। बिगाहा जग्गा र अरु धनमाल सुना चाँदी आयस्ता समेतले खान लाउन दान धर्म गर्न समेत पुग्नेमा बेषामाया जिवित हिराकुमारी समेतलाई १।।।३।।।२ जग्गा बिक्री गरेको र हाल सासु छँदै कान्छी छोरी पट्टीको नाति रामविश्वासलाई ६।३।।१ चानचून जग्गा ०६।७।२९ गतेमा ४५ बर्षकीलाई ६३ बर्षकी भनी बकसपत्र लेखिदिएको बदर गरी १०।। बिगाहा मध्ये खुश गर्न पाउने ३ भागको १ भागको ३।१।।।३ मा अघि बेचेको १।।।३।।।ऽ२ कटाई बाँकी बकसपत्र गर्न पाउने १।३ बकसपत्रले खाएको ६।३।। मा कटाई बाँकी ५ऽ।। र हकदारले शेष पछि खान पाउने भनेको १।।३.३ समेत जम्मा ६।।३।।३ जग्गा फेकनीकै नाउँमा साविकबमोजिम कायम राखी हाम्रा मन्जूरी बेगर केही गर्न नपाउने गरी पाउँ भन्ने समेत वादी ।

      २.    अघि अंश मुद्दा प्रशादा ग्वारबाट सिदुर हलायो भन्ने मुद्दा परी आखिर आधी धनमाल जग्गा नदिई १०ऽ१.४ मात्र दिई मिलापत्र भएको अघि देखि इवि अदावत परी रहेको छोरी मुन्टुकीयाले मेरा घरमा आई बसी स्याहार सम्हार गरेकोले ३ बर्षको नाती रामविश्वासका नाउँमा बकसपत्र लेखी दिएको हो । ६३ बर्षकी भन्ने कुरा अघिका मिसिलबाट देखिएको र अड्डाबाट जाँच्दा देखिएको फेरि जाँच भएमा पनि देखिन्छ । दशौद बाँकी राखी बकसपत्र दिएको हुँदा बकसपत्र सदर थामी पाउँ भन्ने समेत फेकनी र मुन्टुकियाको प्रतिवादी ।

      ३.    सासुको स्याहार सुसार स्वास्नी मुन्टुकियाले गरेकीले दशौद बाँकी राखी बकसपत्र गरी दिएकी हुन । सो बकसपत्र कागजमा हामी बलदेव दुखित साक्षी बसेको हो । दशौद बाँकी राखी ६३ बर्षकीले दिएको बकसपत्र सदर होस भन्ने समेत दीपलाल रामस्वरुप बलदेव दुखितको प्रतिवादी ।

      ४.    सँग बसी स्याहार सम्हार गरेको नदेखिएको । ४५ बर्ष वादीले नै लेखेको । बाजेको आर्जन भन्ने नदेखिएकोले दशौद बाँकी राखी बकसपत्र दिएकोले बकसपत्र दिएको सदरै छ भन्ने समेत सर्लाही अमिनीको फैसला ।

      ५.    बाजे छट्टुको आर्जन हामीले स्याहार सम्हार गरेको । विधवा अंशधनको ३ दफाले हाम्रो मन्जूरी बेगर बकसपत्र दिन नपाउने भन्ने समेत सिवनारायण केउलीको अपील ।

      ६.    अपुताली पर्दा छोरीले खान पाउने, छोरी नातीलाई बकसपत्र लेखी दिएकोले बकसपत्र गरी दिएको बेमनासिव भन्न नहुदा सुरुको इन्साफ सदर छ भनी महोत्तरी अपीलबाट फैसला गरेको । बाजेको पालाको आर्जन हाम्रा मन्जूरी बेगर केही गर्न नपाउने । अपुतालीको ऐन लगाउनु नहुने । फेकती मर्दै नमरेको । कमली मरेको । स्याहार सम्हार हामीले गरेको भन्ने समेत केउली सिवनारायणको अपील ।

      ७.    यसमा ऐनको व्याख्या गर्ने विषयको ऐनमा जुन शब्द प्रयोग भएको छ, सोही शब्दबमोजिम अर्थ, गर्नु भन्ने लेखिएको र विधुवा अंशधनको १ नम्वरको १ दफामा जेठाजु देवर शब्द प्रयोग भएकोमा जेठानी देवरानी भन्ने अर्थ गर्न नमिल्ने हुनाले यस मुद्दामा १ दफा लागू हुन नसक्ने र सोही ऐनको ३ दफामा पनि बाजे भन्ने शब्द लेखिएकोमा पनि ससुराको आर्जन भन्ने अर्थ गर्न नहुने । छट्टुको बाबुको आर्जन नदेखिएकोले ३ दफा पनि लागू हुन नसक्ने र प्रमाणको मिसिलहरूबाट अघिदेखी इविअदावद परेको देखिएकोले हेरचाह गरेको भन्ने समेत देखिन नआई ४० बर्ष नाघिसकेकी प्रतिवादी फेकनीले दशौद बाँकी राखी छोरीको छोरा नाती रामविश्वासलाई सोही ऐनको २ दफाको रुल मिलाई बकसपत्र गरी दिएको देखिएकोले सोही २ दफाको ऐन यस मुद्दामा लागू हुने देखिएकोले सुरुको सदर गरी अपीलले छिनेको मनासिव छ । इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेमा सुरु दण्ड केउलीके कं.रु.२।। सिवनारायणके कं.रु. ५ को हा.का. १० नं. ले सयकडा ५ ले लाग्नेमा सिवनारायण के कं.रु. ।.रुजु हुँदा र केउलीके कं.रु.ऽ वारेस भई वेरुजु हुँदा असुल गर्न तहसिलमा लगत दिई मिसिल, मिसिल बिभागमा बुझाई दिनु ।

 

इति सम्वत् २०११ साल बैशाख १० गते रोज ५ शुभम् ।