निर्णय नं. ६५ – लिखत पास
निर्णय नं. ६५ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश हरिप्रसाद प्रधान न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा न्यायाधीश भैरवराज पन्त पाध्याय न्यायाधीश महेन्द्रबहादुर राउत क्षेत्री...
निर्णय नं. ६५ ने.का.प. २०१६
फुल बेञ्च
प्रधान न्यायाधीश हरिप्रसाद प्रधान
न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा
न्यायाधीश भैरवराज पन्त पाध्याय
न्यायाधीश महेन्द्रबहादुर राउत क्षेत्री
न्यायधीश भगवतीप्रसाद सिंह
सा.नं. १६५
वादी : ना.मु. हरिराम जोशी
विरुद्ध
प्रतिवादी : रा.गु. भोगेन्द्रराज पण्डितज्यू
मुद्धा : लिखत पास
(१) अ.बं. ५ नं. र ६ नं.–नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने किटानी भएमा सो बमोजिम गर्नु पर्ने–किटानी नभएमा–अघि जुन बखत जुन ऐन बहाल थियो, सो सम्मलाई सोही ऐन बमोजिमको व्यवहार सदर हुने–र अड्डाले पनि सोबमोजिम गर्नु पर्ने ।
नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने लेखिआएको भए सोही बमोजिम गर्नु । यसो गर्नु भन्ने नखुलेको भए अघि जुन बखतमा जुन ऐन सवाल बहालमा थियो, सो बखतसम्मलाई सोही एनेबमोजिम दुनियाँले गरेको व्यवहार सदर हुन्छ भन्ने अ.बं.५ नं.मा र अड्डाले पनि सोबमोजिम गर्नु पर्छ भन्ने अ.बं.६ नं.मा लेखिएबाट अर्को सूचना जारी नभएसम्म बिर्ता खरिद विक्री बकस गरेको कागज रजिष्ट्रेशन पास हुनेछैन भन्ने फार्छ्या हुने भन्दा २००८।७।२६ को र सदरपहाडमा २५ रोपनी मधेशमा २५ विगाहासम्म खरिख विक्री गर्न हुन्छ भन्ने ०८।९।१६ को गजेटले अघिको व्यवहार बदर हुन नसक्ने हुँदा सो फार्छ्या पत्र पास गरिदिने ठहराएको ईन्साफ पहिला फाँटको मनासिव छ ।
(प्रकरण नं. ४)
फैसला
१. ०८।३।३ मा मोहरू २३८०९।९६ कर्जा लिई घरसारमा फार्छा तमसुक लेखी दिएको ऐनका म्याद भित्र प्र. भोगेन्द्रराजले पास गरी नदिएकोले पास गरी पाउँ भन्ने वादी ना.सु. हरिरामम जोशीको ०८।१०।७२ मा फिराद दर्ता भएको ।
२. प्रतिवादीले ०८।१०।२५।५ मा टाँसिएको ईतलायको म्याद गुजारेको । २५ रोपनी भन्दाबढी देखिएको जग्गा २५ रोपनी भन्दा बढी बिर्ता जग्गा खरिद बिक्री नगर्नु भन्ने गजेट भएको । नयाँ भएको ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने खोली आएको भए सोही बमोजिम गर्नु । यसो गर्नु भन्ने नखुलेको भए अघि जुन बखतमा जुन ऐन सवाल बहाल थियो, सो बखतसम्मलाई सोही ऐन सावाल बमोजिम दुनियाँले गरेको व्यवहार सदर हुन्छ । नयाँ ऐन भएपछि नयाँ ऐन बमोजिम गर्नु भन्ने समेत अ.बं. ५ नं. मा लेखिएको । रजिष्ट्रेशन बुझ्दा ०८।७।२५ गतेको अर्थ मन्त्रालयको आदेशले रोक्का भएको भन्ने जावाफ आएकोल अ.बं. ५ नं. ले सो लिखत पास गरी दिनु पर्ने ठहर्छ । २५ रोपनी भन्दा बढी देखिएकोले जाहेर गरेका छौं भन्ने ०९।२।१५।४ मा रा.का.दे.अ. ले गरेको फैसला ।
३. रोक्का हुनभन्दा अगाडि नै लिखत भएको देखिनाले सो लिखत पास गरी दिनालाई जाहेर गरेको दे.दो. को साधक जाँच्दा दे.दो. ले ठहराई जाहेर गरेको मनासिवै देखिएकाले जाहेर गरेकाछौं भन्ने अपील पहिला फाँटको जाहेरी फैसला ।
४. यसमा यो साधकद्वारा पेश हुन आएको यो मुद्दामा बुझ्दा, यो फार्छेपत्र तमसुक ०८।३।३ का मितिको देखिएको । पछि लेनदेन गरी अघिको मिति पारे भन्ने अरु कसैको उजुर बाजुर परेको नदेखिएको हुनाले नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने लेखिआएको भए सोही बमोजम गर्नु । यसो गर्नु भन्ने नखुलेको भए अघि जुन बखतमा जुन ऐन सवाल बहाल थियो, सो बखतसम्मलाई सोही ऐन बमोजिम दुनियाँले गरेको व्यवहार सदर हुन्छ भन्ने अ.बंं ५ नं. मा र अड्डाले पनि सो बमोजिम गर्नु पर्छ भन्ने अ.बं. ६ नं. मा लेखिएकोबाट अर्को सूचना जारी नभएसम्म बिर्ता खरिद बिक्री बकस गरेको कागज रजिष्ट्रेशन पास हुने छैन भन्ने फार्छे हुनभन्दा ०८।७।२६ को र सदर पहाडमा २५ रोपनी मदेशमा २५ बिगाहासम्म खरिद बिक्री गर्न हुन्छ भन्ने ०८।९।१६ को गजेटले अघिको व्यवहार बदर हुन नसक्ने हुँदा सो फार्छेपत्र पास गरी दिने ठहराएको इन्साफ अपील पहिला फाँटको मनासिव छ ।
इति सम्वत् २०१२ साल भाद्र २२ गते रोज ४ शुभम् ।