November 27, 1956
Created by nepalarchives

निर्णय नं. ४८ – ठेक्काको हिस्सा मुनाफा दिलाई पाउँ

निर्णय नं. ४८       ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती न्यायाधीश श्री उपेन्द्रराज पण्डितज्यू दे.ठा.नं. ११० निवेदक, प्रतिवादी...

निर्णय नं. ४८       ने.का.प. २०१६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री अनिरुद्रप्रसाद सिंह

न्यायाधीश श्री रंगनाथ उप्रेती

न्यायाधीश श्री उपेन्द्रराज पण्डितज्यू

दे.ठा.नं. ११०

निवेदक, प्रतिवादी : नोरचन्द्र उपाध्याय

विरुद्ध

विपक्षी, वादी : नरोत्तम उपाध्याय

मुद्दा : ठेक्काको हिस्सा मुनाफा दिलाई पाउँ

(१)   श्री ५ बाट भएको हुकुम प्रमांगीबाट मुद्दा दोहर्‍याई इन्साफ जाँच गर्नलाईदोहोर्‍याई दिनु भन्ने वा इन्साफ जाँची दिनु भन्ने किटानीसाथको प्रमांगी चाहिनेसो नभए मुद्दा दोहोर्‍याई इन्साफ जाँची हेर्न नमिल्ने ।

     बक्स भई आएको हुकुम प्रमांगीमा दोहोर्‍याई दिनु भन्ने र इन्साफ जाँची दिनु भन्ने किटानीसाथको प्रमांगी नभई एक पटक फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गरीदिनु भन्नेसम्म भएकाले सो बक्स भई आएका प्रमांगीबाट मुद्दा दोहोर्‍याई इन्साफ जाँची हेर्न नमिल्ने हुँदा ऐन सवालबमोजिम गर्नु ।

 

निवेदक तर्फबाट : सिनियर एडभोकेट श्री देवनाथप्रसाद बर्मा

फैसला

            यसमा निवेदक नोरचन्द्रले दिनुभएका निवेदनपत्रमा भएका हुकुम प्रमांगीबमोजिम दायर भएको यो मुद्दा निवेदक नोरचन्द्र र निजले राख्नु भएको वकिल सिनियर एड्भोकेट देवनाथप्रसाद बर्मालाई राखी छलफल गरी बुझ्दा सो बक्स सो भई आएको हुकुम प्रमांगीमा एकपटक फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गर्नु भन्ने लेखिएको मिसिल हेर्दा प्रधान न्यायालय डिभिजन बेञ्चबाट फैसला भएको ७ महिना पछि मुद्दा दोहर्‍याई पाउँ भन्ने पाउँ भन्ने निवेदन परेकोमा म्याद नाघी परेकोले ऐन सवालबमोजिम गर्नु भन्ने डिभिजन बेञ्चबाट आदेश भईसकेको देखिएको अहिले बक्स भई आएको हुकुम प्रमांगीमा दोहोर्‍याई दिनु भन्ने र इन्साफ जाँची दिनु भन्ने किटानसथको प्रमांगी नभई माथि लेखिएबमोजिम एकपटक फुल बेञ्चबाट हेरी ऐन सवालबमोजिम किनारा गरी दिनु भन्नेसम्म भएकाले सो बक्स भई आएका प्रमांगीबाट मुद्दा दोहोर्‍याई इन्साफ जाँची हेर्न नमिल्ने हुँदा ऐन सवालबमोजिम गर्नु । मिसिल, मिसिल फाँटमा बुझाई दिनु ।

 

इति सम्वत् २०१३ साल मार्ग १२ गते रोज ३ शुभम् ।