निर्णय नं. १७७३ – लेनदेन
निर्णय नं. १७७३ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.पु.नं. ४२६ फैसला भएको...
निर्णय नं. १७७३ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको दे.पु.नं. ४२६
फैसला भएको मिति : २०४०।१०।२० मा
पुनरावेदक प्रतिवादी : का.जि.डिल्लीबजार बल्क नं.२१।१४० को घरमा बस्ने टोप कुमारी थापा
विरूद्ध
विपक्षीवादी : जि.मोरङ विराटनगर न.पं.वा.नं.३ बस्ने मुक्तीप्रसाद चापागाई
मुद्दा : लेनदेन
(१) फैसला नहुँदै वादी वा प्रतिवादीलाई के कति सजाय हुने भन्ने यकीन हुन नसक्ने हुँदा क्षेत्रीय अदालतबाटै पाँचहजार भन्दा बढी सजाय हुने मुद्दा डिभिजनबेञ्चबाट हेर्नु पर्छ भनी अर्थ गर्ने उक्त क्षेत्रीय अदालत नियमावली, २०३६ को दफा १८(ग) को बनौटबाट पनि मिल्ने नदेखिने ।
(प्रकरण नं. १४)
फैसला
प्र.न्या.नयनबहादुर खत्री
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विपक्षीले मबाट लिनुभएको मेरो नाउँ दर्ताको रसियन जीप र त्यसको जगेडा समानको हिसाब रु.३०,०००। आउने आषाढ १५ गते सम्ममा एकमुष्ट चुक्ता गरी बुझाउँला भनी ०३३।१।२० मा तमसुक लेखी दिनुभएको नबुझाएकोले लेनदेन व्यवहारको २ नं.ले फिराद गरेको छु । सावाँ र भराएको मिति सम्मको ब्याज समेत दिलाई पाउँ भन्ने समेत वादी । वादी दावाको रु.३०,०००। मिति ०३३।११।५ मा विपक्षीकै घरमा बुझाई भर्पाई दिएको छु दोहरो लिने उद्देश्यले दुःख दिएको हो भन्ने प्रतिवादी ।
३. प्रतिवादीबाट सक्कल भर्पाई दाखिल गराई वादीलाई सुनाउन पेश गर्नुभन्ने ओदश अनुसार ०३५।३।१२ गते सक्कल लिखत लिई आउनु भनी वादीलाई तारिख तोकिएको गुजारी बसेको ।
४. वादी दावी बमोजिम सावाँ ब्याज समेत वादीले पाउने ठहर्छ भन्ने समेत शुरू मोरङ जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
६. मुक्तिप्रसादले गरी दिएको भनी पेश गरेको भर्पाई अ.बं.७८ नं.बमोजिम सद्दे कीर्तेमा बयान गराउन पेश गर्नुभन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको आदेश ।
७. मिति ०३३।११।५।४ को रु.३०,०००। को मैले गरिदिएको भनी विपक्षीले पेश गरेको भर्पाई कीर्ते हो सो भर्पाई र भर्पाईमा लागेको सहिछाप मैले गरिदिएको होइन भन्ने समेत व्यहोराको मुक्तिप्रसादले गरेको बयान ।
८. मैले दाखिल गरेको रु.३०,०००। को ०३३।११।५।४ को मुक्तिप्रसादले गरी दिएको भर्पाई कीर्ते होइन सद्दे हो भन्ने समेत व्यहोराको टोपकुमारीको वारेस जोखनलाल चौधरीको बयान ।
९. विवादास्पद दस्तखत सहीको तुलनामा मुक्तिप्रसादको नमूना दस्तखत सहीहरू फरक अर्थात उक्त विवादास्पद दस्तखत सहीहरू सद्दे दस्तखत सही नभई कीर्ते दस्तखत सहीहरू हुन भन्ने समेत व्यहोराको रेखा विशेषज्ञको राय ।
१०. तिरी बुझाई सकेको भनिएको ०३३।११।५ को रु.३०,०००। को भर्पाई कीर्ते ठहर्छ । दावीबमोजिम सावाँ ब्याज वादीले प्रतिवादीबाट भरी पाउने ठहर्याएको इन्साफ जि.अ.को मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
११. पूर्वाञ्चल क्षेत्रीय अदालतको त्रुटिपूर्ण निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने टोप कुमारीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने डिभिजनबेञ्चको ०३९।५।२२ को आदेश ।
१२. नियमबमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीको वारेसलाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।१०।२९।५ को इन्साफ मनासिव बेमनासिव के हो निर्णय दिनुपर्ने हुनआयो ।
१३. यसमा निर्णयतर्फ हेर्दा विपक्षीले लिएको रसियन जिप मोटरको र त्यसको जगेडा सामान समेतको हिसाबबाट ठहरेको रु.३०,०००। ०३३।१।२७ मा तमसुक लेखी दिएकोले सावाँ ब्याज समेत भराई पाउँ भन्ने वादी दावी र वादी दावी बमोजिमको रूपैयाँ ०३३।११।५ गते विपक्षकै घरमा बुझाई भर्पाई गरी लिएको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिन्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादीले उल्लेख गरेको भर्पाई अ.बं.८७ नं.बमोजिम सद्दे कीर्तेमा सुनाउँदा सद्दे हो भन्ने वादीको बयान भएको देखिन्छ । विवादको ०३३।११।५ को भर्पाई जाँच गर्न पठाउँदा लिपिका गुणहरू फरक, दस्तखत गर्ने तरीका फरक वा आदत फरक दस्तखत सहीहरूको मौलिक विशेषताहरू फरक, विवादास्पद दस्तखत सहीको तुलनामा मुक्तिप्रसादको नमूना दस्तखत सहीहरू फरक अर्थात उक्त विवादास्पद सहीहरू सद्दे दस्तखत सही नभई कीर्ते दस्तखत सहीहरू देखिएको भन्ने समेत रेखा विशेषज्ञको राय देखिन्छ । भर्पाईमा लेखिएको वादीको सहिछाप कीर्ते होइन भन्ने आधारयुक्त प्रमाण प्रतिवादीबाट दाखिल हुनआएको देखिँदैन ।
१४. पूर्वाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादीलाई रु.७५००। जरिवाना भएकोले पाँचहजार भन्दा बढी जरिवाना हुने मुद्दा डिभिजनबेञ्चबाट हेरिनुपर्ने भन्ने पुनरावेदकको जिकिरको हकमा प्रतिवादीलाई शुरू जिल्ला अदालतबाट कीर्तेमा सजाय गरेको नभई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट कीर्तेमा सजाय गरेको देखिन्छ । क्षेत्रीय अदालत नियमावली, २०३६ को नियम १८(ग) मा भएको व्यवस्था अनुसार शुरू जिल्ला अदालतबाट पाँचहजार भन्दा बढी सजाय गरेको स्थितिमा त्यस्तो मुद्दा मात्र डिभिजनबेञ्चबाट हुनुपर्ने देखिन्छ । फैसला नहुँदै वादी वा प्रतिवादीलाई के कति सजाय हुने भन्ने यकीन हुन नसक्ने हुँदा क्षेत्रीय अदालतबाटै पाँचहजार भन्दा बढी सजाय हुने मुद्दा डिभिजनबेञ्चबाट हेर्नु पर्छ भनी अर्थ गर्न उक्त क्षेत्रीय अदालत नियमावली, २०३६ को दफा १८(ग) को बनौटबाट पनि मिल्ने देखिँदैन ।
१५. अतः उपर्युक्त कारणहरूबाट पुनरावेदक प्रतिवादीले दाखिल गरेको ०३३।११।५ को भर्पाईलाई कीर्ते ठहराई वादी दावी बमोजिम प्रतिवादीबाट सावाँ ब्याज समेत वादीले भरी पाउने ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।१०।२९ को इन्साफ मनासिव ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी टोपकुमारी थापाकै माथि इन्साफ खण्डमा निजबाट पेश भएको ०३३।११।५ को भर्पाई कीर्ते गरेमा रु.७५००। (सातहजार पाँचसय) जरिवाना गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहरेकोले पुनरावेदन गरेबापत अ.बं.२०३ नं.बमोजिम सयकडा पाँचको दरले हुने रु.३७५। (तीनसय पचहत्तर) प्रतिवादी टोपकुमारीलाई सजाय हुने ठहर्छ । वारेस तारेखमा हुँदा प्रतिवादीबाट असूल उपर गर्नु भनी शुरू मोरङ जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.तहसील फाँटमा लगत दिनु……………………………………………………………………………१
लेनदेन तर्फ कोर्टफी रहेकोले केही गरिरहनु परेन, मिसिल नियमबमोजिम गरी बुझाई दिनु……………………………………………………….२
उक्त रायमा मेरो सहमति छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शुभम् ।
eight:115%;font-family:Mangal’>झापाले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्ने गरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुन जाने देखिएको हुनाले भक्तमायाको नाम उक्त मोहीको नामबाट कट्टा गर्न र जग्गाधनीले मोहीमा पत्याएको मनकुमार ११ वर्षको नाबालक देखिएको हुनाले निज १६ वर्ष नपुगेसम्म निजको आमा भक्तमायालाई निज मोही मनकुमारको संरक्षिका भनी जनाउने गरी श्रेस्ता सच्याई दिनु भनी भूमिसुधार कार्यालय, झापाका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षी भूमिसुधार कार्यालय झापाको जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गर्नु ।
उक्त रायमा म सहमछ छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शुभम् ।