July 12, 2011
Created by nepalarchives

निर्णय नं. ८७२८ – लागू औषध

ने.का.प. २०६८,           अङ्क १२ निर्णय नं. ८७२८     सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की फौजदारी...

ने.का.प. २०६८,           अङ्क १२

निर्य नं. ८७२८

 

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की

फौजदारी पु. नं.०६६CR०२०५,०२६२, ०३०१

फैसला मितिः २०६८।३।२८।३

मुद्दाःलागू औषध (खैरो हेरोइन) ।

पुनरावेदक प्रतिवादीः झापा जिल्ला, लखनपुर गा.वि.स., वडा नं. ३ घर भै काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका, वडा नं. ३५ बस्ने हाल जिल्ला कारागार कार्यालय, सदरखोर, डिल्लीबजार थुनामा रहेको शेरबहादुर थापा

विरूद्ध

प्रत्यर्थी वादीः प्र.नि.किरणजंग थापासमेतको प्रतिवेदनले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला, बसेरी गा.वि.स., वडा नं. २, मंसिरे स्थायी घर भई काठमाडौँ जिल्ला, फुटुङ गा.वि.स., वडा नं. ९, टुसाल बस्ने हाल कारागार कार्यालय (सदरखोर) डिल्लीबजार, काठमाडौँमा बन्दी जीवन बिताइरहेको रामबहादुर लामा घले

विरूद्ध

प्रत्यर्थी वादीः प्र.नि.किरणजंग थापासमेतको प्रतिवेदनले नेपाल सरकार

 

पुनरावेदक प्रतिवादीः धादिङ जिल्ला, गुम्दी गा.वि.स,. वडा नं. ४ घर भई हाल जिल्ला प्रशासन कार्यालय, कारागार शाखा, काठमाडौँअन्तर्गत सदरखोर डिल्लीबजारमा थुनामा रहेको    माहिला भन्ने मिलन गुरुङ्ग

विरूद्ध

प्रत्यर्थी वादीः नेपाल सरकार

 

शुरु फैसला गर्ने :

मा.जि.न्या.श्री शिवनारायण यादव

पुनरावेदन फैसला गर्ने :

मा.न्या.श्री मोहनप्रसाद घिमिरे

मा.न्या.श्री दिनेशकुमार कार्की

 

§  ठूलो सजायबाट बच्ने उद्देश्यले अपुष्ट जिकीर लिनु नै कसूर र सजाय परिवर्तन गर्ने आधार हुन नसक्ने 

(प्रकरण नं.५)

§  फरक स्थानमा बसोबास गर्ने र वारदात समयमा सँगसाथमा नभएका साक्षीहरूको अनुमानमा आधारित बकपत्र तर्कसंगत नहुने 

§  अभियोग दावी समर्थित प्रमाण रहेको र सो प्रमाण अन्यथा भन्ने पुष्टि हुन नसकेको अवस्थामा अपुष्ट रुपमा इन्कारी बयान गर्नु मात्र कसूरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने 

(प्रकरण नं.८)

§  लागू औषधको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट मात्र लागू औषध बरामद हुनु र अन्य सँगसाथका व्यक्तिबाट बरामद नहुनुले खास असर नपार्ने 

§  लागू औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागू औषध बरामद भएको छ, निजसँग सो लागू औषधको कारोवार गर्न आफू नहिँडेको वा निजको समूहमा सामेल नभएको भन्ने तथ्य स्पष्ट रुपमा पुष्टि नभएसम्म समूहगत रुपमा पक्राउ परेको देखिए पछि प्रतिवादीहरू मध्ये कसैको सो लागू औषधको कारोवार गर्ने मनसाय थियो वा थिएन भनी विचार गरिरहनु नपर्ने 

§  लागू औषध छ भन्ने थाहा पाई लागू औषध बोक्नेसँग वा निजको समूहसँग सोको कारोवार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट लागू औषध बरामद नभएकै आधारमा सिर्जित दायित्वबाट उन्मुक्ति पाउने वा लागू औषध बरामद नभएको भन्ने आधारमा दायित्वमा भिन्नता नहुने 

(प्रकरण नं.९)

§  लागू औषध नै नभएको अवस्थामा पनि लागू औषध हो भनी विश्वासमा पारी अन्य पदार्थको कारोवार गर्नेलाई समेत अपराध गरेवापत हुने सजायको आधा सजाय हुने लागू औषध ऐन, २०३३ को दफा १७क मा व्यवस्था भैरहेको अवस्थामा लागू औषध हेरोइन भन्ने पुष्टि भएको अवस्थामा हेरोइनको अगाडि खैरो भन्ने शब्द उल्लेख गर्न छूट हुँदैमा तात्विक असर नपर्ने 

(प्रकरण नं.१२)

 

पुनरावेदक तर्फबाटः विद्वान वैतनिक अधिवक्ता बविता उप्रेती, विद्वान अधिवक्ता लवकुमार मैनाली, माधव बास्कोटा, सुरज अधिकारी र मेजर थापा

प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३, ४(घ) र (च), १४(१) (छ),र (२), १७

 

फैसला

            न्या.दामोरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, पाटनको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

            प्रतिवादी शेरबहादुर थापा समेतले अवैध लागू औषध ब्राउन सुगरको कारोवार गर्दछन् भन्ने प्राप्त सूचनाको आधारमा खोज तलास गर्दै जाने क्रममा शेरबहादुर थापा, मिलन गुरुङ्ग, रामबहादुर लामा घलेलाई ३७ ग्राम ब्राउन सुगर र सो तौल गर्ने सानो तराजुसहित प्रक्राउ गरी बरामदी मुचुल्कासहित दाखिल गरेका छौं, कानूनबमोजिम गरिपाऊँ भन्ने प्र.नि.किरणजंग थापा समेतको प्रतिवेदन 

            रामबहादुर घले र शेरबहादुर थापाको साथमा कुनै अपराधजन्य चीजवस्तु फेला नपरे तापनि निजहरूसँग बसेका मिलन गुरुङ्गको दायाँ हातमा बोकेको कालो प्लाष्टिकको पोकाभित्र सेतो कागजमा बेरिएको अवस्थामा सानो स्टील तराजु र सेतो प्लाष्टिकको मुखतर्फ रातो किनारा भएको सानो थैलीमा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको र सो पदार्थ प्लाष्टिकसहित तौल गर्दा ३७ ग्राम भएको, लागू औषध हेरोइनलाई प्लाष्टिकबाट हटाई तौल गर्दा ३४ ग्राम ३०० मिलिग्राम भएको भन्ने मुचुल्का 

            बैदेशिक रोजगारको सिलसिलामा विदेशमा जाने भनी २ वर्ष अगाडिदेखि रू.१,००,०००।लिई काठमाडौँ आएको र शेरबहादुर थापासँग चिनाजानी भयो । निजले रोजगारको लागि मानिस जर्मन पठाउने भन्ने थाहा पाई तत्काल एक लाख चाहिन्छ भनेकोले शेरबहादुर थापालाई एक लाख रूपैयाँ दिएँ । निजले विदेश पठाउन नसक्दा पटकपटक मैले दिएको रूपैयाँ माग्दा रू.५०,०००।फिर्ता दिएको र अन्य रूपैयाँ नदिई मानिस भागी हिँडेको थियो । यही २०६२।५।२० गते निजलाई भेटी रूपैयाँ माग्दा मसँग हेरोइन छ, प्रतिग्राम ७, ८ सय पर्दछ । त्यही बेची तपाईँको रूपैयाँ असूल गर्नुहोस् भनी बालाजु पुल नजिक भेट गरौंला भनेकोले अर्को दिन भेट गर्दा ४० ग्राम छ, २८ हजार पर्दछ भनी शेरबहादुरले दियो । सो हेरोइन रामबहादुर घलेलाई बिक्री गरिदेऊ भन्दा एकैचोटी हुन सक्दैन, १।१ ग्राम बिक्री गरी दिउँला, प्रति ग्रामको रू.६००।ले बिक्री हुन्छ भनी भनेकोले सोहीअनुसार बिक्री गर्ने सहमति भै रामबहादुर घलेलाई दिएँ । दुई तीन दिनपछि एक ग्राम बिक्री भयो भनी रू.६००।दिएका थिए । ठमेलको दीपक मल्ल भन्ने व्यक्तिले स्याम्पुल स्वरूप १ ग्राम लगेको र अरू पछि लिन आउँछ भनेकोले शेरबहादुरले ४० ग्राम छ भनेकोमा निजकै सामुन्नेमा रामबहादुर घले र मसमेत बसी खैरो हेरोइन बिक्री गर्ने कुराकानी गरिरहेको अवस्थामा राति गाडीमा स्याम्पुल लैजाने दिपक मल्लसहित केरकार शाखाका प्रहरी आई ३७ ग्राम हेरोइनसहित तराजु बरामद गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी मिलन गुरुङ्गले मौकामा गरेको बयान कागज 

            बरामदी लागू औषध परीक्षणको लागि प्रहरी वैज्ञानिक प्रयोगशालामा पठाएकोमा हेरोइन पाइएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको 

            मिलन गुरुङ्गबाट रू.१,००,०००।लिएको ठीक हो । सोमध्ये १७ हजार जति निजलाई दिन बाँकी छ । मैले हेरोइनको कारोवार गरेको छैन । प्रहरीले कुटपीट गरी डरत्रासमा पारी आफैँले तयार गरेको कागजमा मलाई जवर्जस्ती सहिछाप गराएका हुन् । मैले निजलाई ४० हजारमा बिक्री गरेको भन्ने कुरा सत्य होइन । निजको बाँकी पैसा नदिएको कारणबाट बरामद भएको खैरो हेरोइन मैले बिक्री गरेको भनी बयान गरेको हुनु पर्दछ भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर थापाले मौकामा गरेको बयान कागज 

            पक्राउ पर्नुभन्दा १० दिन अगाडि मिलन गुरुङ्गले मसँग खैरो हेरोइन छ, बिक्री गर्नु पर्‍यो, सबै बिक्री भए चित्त बुझाई दिउँला भनेकोले आर्थिक प्रलोभनमा परी दीपक मल्ल भन्ने व्यक्तिसँग सम्पर्क गरी पहिला स्याम्पुल स्वरूप १ ग्राम रू.६३२। मा बिक्री गरी दिएको हुँ । जसमध्ये रू.६००।मिलन गुरुङ्गलाई दिएँ रू.३२। मैले खाई मासें । मिति २०६२।५।३० गते मिलन गुरुङ्ग खैरो हेरोइन र तराजु लिई बसेको अवस्थामा पक्राउ परेको हो भन्ने समेत व्यहोराको प्र.रामबहादुर लामा घलेको अनुसन्धानको क्रममा गरेको बयान कागज 

            मिति २०६२।५।३० गते काम विशेषले चक्रपथ गएको अवस्थामा सादा पोसाकका प्रहरी कर्मचारीहरूले मिलन गुरुङ्गको साथबाट लागू औषध खैरो हेरोइन ३७ ग्राम र तौल गर्ने तराजु फेला पारेको देखेको हुँ । निजको साथमा अन्य २ जना पछि नाम थर थाहा भएको शेरबहादुर थापा र रामबहादुर घले भन्ने व्यक्ति पनि थिए । निजहरूलाई प्रहरीले नियन्त्रणमा लिई मुचुल्का लेख्दै थिएं भन्ने समेत व्यहोराको गोपाल विष्ट र लोकनाथ खतिवडाले मौकामा गरेको अलगअलग व्यहोराको कागज 

            अनुसन्धानको क्रममा संकलित प्रहरी प्रतिवेदनसहितको बरामदी मुचुल्का, पक्राउमा परेका प्रतिवादीहरूले मौकामा गरेको बयान कागज, परीक्षण प्रतिवेदन, प्रत्यक्षदर्शी गोपाल बिष्ट समेतले मौकामा लेखाई दिएको कागज समेतका मिसिल संलग्न आधार प्रमाणबाट विरूद्ध खण्डका प्रतिवादीहरू मिलन गुरुङ्ग, काले भन्ने शेरबहादुर थापा, रामबहादुर घले लामा समेतले लागू औषध खैरो हेरोइन बिक्रीसमेतको लागि आफ्नो साथमा राखी खरीद गर्ने ग्राहकको प्रतिक्षामा रहेको अवस्थामा दशी सबूदसहित पक्राउ परेकोबाट निजहरूको उक्त कार्य लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ द्वारा परिभाषित एवं ऐ. दफा ४(घ) र (च) द्वारा निषेधित कार्य गरेको पुष्टि हुँदा सो कसूर अपराधमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत व्यहोराको अभियोगपत्र 

            म ६।७ महिना अगाडिदेखि लागू औषध सेवन गर्थें । त्यही क्रममा मिति २०६२।५।२८ गते रामबहादुर लामाको घर छेउमा पक्राउ परेको हुँ । लागू औषध शेरबहादुर थापाकोबाट मैले ल्याई रामबहादुरकहाँ मोलतोल गर्न गएको बेला पक्राउ परेको हुँ । मसँग १५ ग्राम मात्र थियो, ढक तराजु थिएन । मलाई पक्राउ गरेको बेला शेरबहादुर थिएन । मैले लागू औषध कारोवार गर्ने गरेको छैन । सेवन गरेकोमा सजाय हुनपर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी मिलन गुरुङ्गले अदालतमा गरेको बयान 

            मिति २०६२।५।२९ गतेतिर आफ्नै घरमा सुतिरहेको बेलामा मलाई काले थापा भन्ने तैं होस्, सोधपुछ गर्नुछ भनी ल्याई पिटियो । मैले प्रतिवादीहरूलाई भेटेको हिरासतमा हो । म उक्त वारदातसँग सम्बन्धित छैन । मलाई केही थाहा छैन । मैले मिलन गुरुङ्गलाई जर्मन पठाई दिन्छु भनी १ लाख लिएको थिएँ । कारणबस पठाउन नसकेपछि पटकपटक गरी रू.८३ हजार फिर्ता दिई सकेको छु । बाँकी मैले दिनुपर्ने पैसा दिन नसकेको रिसईविले मिलन गुरुङ्गले मेरो नाम पोलेका हुन् । मसँग लागू औषध बरामद समेत भएको छैन । म घरमा सुतिरहेको मानिसलाई ल्याई फसाएको हुँदा मलाई अभियोग माग दावीबमोजिम सजाय हुने होइन भन्ने समेत व्यहोराको प्रतिवादी शेरबहादुर थापाले अदालतमा गरेको बयान 

            मिति २०६२।५।२८ गते विहान साना छोरासँग हिँडिरहेको बेला प्रहरीले तपाईसँग एकछिन काम छ भनी लगेका   हुन् । उक्त वारदातमा म संलग्न छैन । प्रहरीले कुटपीट गरी त्रासमा पारी आफैले तयार गरेको कागजमा सहिछाप गर्न लगाएका हुन् । मेरो कुनै किसिमको गल्ती नभएकोले अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी रामबहादुर घलेले अदालतमा गरेको बयान 

            प्रतिवेदक किरणजंग थापा, प्र.ना.नि. रामबहादुर कार्की, प्र.ह.राजु थापा र विशेषज्ञ प्र.नि.प्रभात ढुंगाना, प्रतिवादी मिलन गुरुङ्गको साक्षी सुब्बा लामा, प्रतिवादी शेरबहादुर थापाको साक्षी देवी अधिकारी र केदार आचार्य, प्रतिवादी रामबहादुर घलेको साक्षी उत्तमराज के.सी.को बकपत्र भै मिसिल सामेल रहेको 

            प्रतिवादी मिलन गुरुङ्गबाट ३७ ग्राम खैरो हेरोइन र तौल गर्ने तराजु बरामद भएको, अन्य प्रतिवादीहरूबाट बरामद नभए पनि तीनैजना सँगसाथ पक्राउ परेको देखिँदा निज मिलन गुरुङ्गले आरोपित कसूर गरेको पुष्टि हुन आएकोले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूर गरेकोमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम १० वर्षकैद र रू.१,००,०००।– (एकलाख) जरीवाना हुने ठहर्छ । प्रतिवादी रामबहादुर लामा घलेले मुख्य अभियुक्तलाई दुरूत्साहन गर्ने कार्य गरेको र प्रतिवादी शेरबहादुर थापाले मतियार भै कार्य गरेको देखिँदा निज प्रतिवादीहरूले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७ बमोजिम कसूर गरेको ठहर्छ । सो कसूरमा निजहरूलाई पाँच वर्ष कैद र रू.५०,०००।जरीवाना हुने ठहर्छ भन्ने काठमाडौँ जिल्ला अदालतको मिति २०६३।१२।२५ को फैसला 

            विवादित एवं शंकास्पद बरामदी मुचुल्कालाई आधार मानी कसूरदार ठहर गरेको काठमाडौँ जिल्ला अदालतको फैसला बदर गरिपाऊँ भन्ने प्रतिवादी माहिला भन्ने मिलन गुरुङ्गको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र 

            प्रतिवादीहरू शेरबहादुर थापा र रामबहादुर लामा घलेको हकमा माग दावी परिवर्तन गरी दफा १७ बमोजिम मात्र सजाय ठहर भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको मिति २०६४।४।८ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र 

            म निर्दोष व्यक्तिलाई कसूरदार ठहर गर्ने गरी भएको शुरु काठमाडौँ जिल्ला अदालतको गैरकानूनी तथा हचुवाको भरमा भएको फैसला बदर गरी अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भन्ने प्रतिवादी शेरबहादुर थापाको मिति २०६४।४।२२ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र 

            प्रमाणको यथोचित मूल्याङ्कन नगरी न्यायिक मनको प्रयोग नगरी ५ वर्ष कैद गर्ने गरी शुरु अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरी सफाइ दिलाई न्याय पाऊँ भन्ने प्रतिवादी रामबहादुर घलेको मिति २०६४।५।२१ मा पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र 

            यसमा यसै लगाउको स.वा. फौ.पु.नं. १३३, १९९३ र १७२ समेतको मुद्दामा नेपाल सरकारको पुनरावेदन यी प्रतिवादी रामबहादुर घलेलाई झिकाउने आदेश भएको देखिँदा प्रस्तुत मुद्दामा समेत पुनरावेदन सरकारी वकील कार्यालय, पाटनलाई छलफलको लागि झिकाई पेशीको सूचना दिई लगाउका मुद्दाहरू समेत साथै राखी नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतबाट मिति २०६५।११।१ मा भएको आदेश 

            प्रतिवादीले गरेको बयान अनुरूप नै तीनै जनाको रोहवरमा लागू औषध बरामद भएको देखिएबाट प्रतिवादीहरूको कसूर प्रमाणित भैरहेको पाइयो । प्रतिवादीहरूको रोहवरमा भएको बरामदी एवं प्रतिवेदकहरूको अदालतमा भएको बयान एवं प्र. मिलन गुरुङ्ग एवं रामबहादुरको शुरुको साविती बयान समेतको आधार प्रमाणबाट प्रतिवादीहरू समान कसूरका सहभागी देखिँदा शुरुले प्र. रामबहादुर घले र प्र. शेरबहादुर थापालाई घटी सजाय गरेको सम्म मिलेको देखिएन । काठमाडौँ जिल्ला अदालतको मिति २०६३।१२।२५ को फैसला घटी सजाय गरेको हदसम्म केही उल्टी भै प्र. शेरबहादुर थापा र प्र. रामबहादुर घलेलाई पनि लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को कसूरमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम १० वर्ष कैद र रू.१,००,