निर्णय नं. १६३९ – लिखतपास जालसाजी
निर्णय नं. १६३९ ने.का.प. २०४० अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. ४२३...
निर्णय नं. १६३९ ने.का.प. २०४० अङ्क ३
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०३८ सालको दे.पु.नं. ४२३
फैसला भएको मिति : २०३९।९।२५।१ मा
पुनरावेदक/प्रतिवादी : जि.झापा चन्द्रगढी गा.पं.वार्ड नं.६ बस्ने भीमप्रसाद न्यौपाने
विरूद्ध
विपक्ष वादी : ऐ.हल्दिवारी गा.पं.वार्ड नं.१ बस्ने माझन मुर्मु सतार्नीसमेत
मुद्दा : लिखतपास जालसाजी
(१) लिखतको व्यहोरा अन्य अंक अक्षर अर्को फरक गरी भिन्न–भिन्न अवस्था र समयमा भिन्न–भिन्न मसीले भिन्न–भिन्न लिपि टाँकामा लेखिएको देखिन्छ । वादी दावी बमोजिम सद्दे व्यवहारबाट लेखिएको भए उक्त लिखतको रूप, प्रकृति र अवस्था त्यस किसिमको देखिन नआउने।
(प्रकरण नं. १३)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३६।१२।६ को निर्णयमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा दिएको निवेदनमा २०३८।१०।६ को डिभिजनबेञ्चको आदेशले अनुमति पाई यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको संक्षिप्त तथ्य तथा पुनरावेदन जिकिर : विपक्षले मबाट रू.१७,०००। लिई निज दर्ताको हल्दीवारी गा.पं.वा.नं.१ को कि.नं.४३८ को ज.वि.४–६–१५ जग्गा ०३१।१०।८ गते राजीनामा गरिदिएकोले सो लिखत म्यादमा पास गरी नदिएकोले पास गराई पाउँ भन्ने ०३५।५।६ को पद्मराज उप्रेतीको फिराद ।
३. वादीलाई नचिनेको हुनाले लेनदेन गरेको छैन उक्त जग्गा मैले राजीनामा गरी दिएको छैन। राजीखुशीसँग राजीनामा गरी दिएको भए रजिष्ट्रेशनको १७ नं.बमोजिम जग्गाको सक्कलै रसीद लिनुदिनु पर्ने थियो सो नभएकाले र मेरो जग्गा गङ्गाप्रसाद उप्रेतीले जबरजस्ती कमाएको हो जग्गाको ०३०।०३१ सालको ठेक्का मलाई ३ पटक गरी बुझाउँदा लेख्ने मान्छे छैन भरपाई चाहिन्छ भनी पटकै पिच्छे २।२ थानका दरले ६ थान मेरो लिफा सही र साक्षीमा लेख्नेको समेत सहिछाप गराई लिएको थियो । त्यसै मध्येको कागजबाट कल्पित थैलो हाली वादीलाई साहू बनाई यो लिखत खडा गरेका हुन्, सक्कल लिखत देख्न पाए खुलाउने छु भन्ने समेत माझन मुर्मु सतार्नीको प्रतिउत्तर ।
४. वादीबाट पेस भएको दुई प्रति राजीनामा देखाउँदा देखेँ हेरेँ सो लिखतमा लागेको ल्याप्चे सही मलाई (साविक पेज नं. १०९) वारेस दिने माझन सतार्नीकै हो, साक्षी मध्ये सोमाई सतारको नाउँमा लागेको ल्याप्चे सहिछाप पनि सोमाइकै हो, तर प्रतिउत्तरमा लेखिए बमोजिम गङ्गाप्रसादले ३ पटक ठेक्का धान बुझाउँदा भरपाई भनी तिनैपटक खाली कागजमा सही गराई लिएको लिफाबाट निज गङ्गाप्रसाद वादी पद्मराज उप्रेती मिली जालसाज लिखत खडा गरेका हुन् भन्ने समेत प्र.वा.भेषराजको बयान ।
५. प्रतिवादी र निजको लोग्नेलाई साक्षीको रोहवरमा रूपैयाँ गनी बुझाई दिएपछि सद्दे व्यवहारले राजीनामा लिखत भए गरेको हो दावा अनुसार लिफामा जालसाजबाट लिखत खडा गरे गराएको होइन, गङ्गाप्रसाद उप्रेती भन्ने को हुन् वादीले चिने जानेको छैन भन्ने वादी विष्णुप्रसादको बयान ।
६. माझन सतार्नी मेरो एकाघरको स्वास्नी हो, फिरादमा उल्लिखित जग्गा स्वास्नीले पद्मराजलाई राजीनामा गरिदिएको छैन । निजलाई चिनेको छैन, राजीनामाको सही मेरो नाउँमा लागेको ल्याप्चे सहिछाप हेर्दा मेरै हो, तर राजीनामा लिखत गरी सही गराएको होइन । गङ्गाप्रसादले हामीलाई भरपाई भनी सही गराएको थियो त्यही कागज हो भन्ने सोमाई टुडु सतारको बकपत्र ।
७. वादीबाट प्र.माझन मुर्मु सतार्नीको लोग्ने समेतले राजीनामा बमोजिमको रूपैयाँ हाम्रो रोहवरमा बुझी लिई मञ्जूरीले राजीनामा गरी दिएको र हामीले साक्षीमा सहिछाप समेत गरेका हौं । गङ्गाप्रसाद भन्ने हामीले चिन्हेको पनि छैन, दावा अनुसार लिफाबाट जालसाज गरी राजीनामा लिखत खडा गरेको होइन भन्ने समेत भीमप्रसाद, मोहनलाल समेतको वा प्रयागराजको बयान ।
८. माझनको जग्गा म जोताहा भई खेती गर्ने गरी आएको र सो जग्गाको ठेक्का धान बुझाउँदा मौकैमा भरपाई लेखाई सहिछाप गराई लिएको, लिफा लिएको छैन । उक्त ०३०।३१ सालको भरपाई मसँग छ । म समेत भई जालसाजबाट लिखत खडा गरेको होइन भन्ने समेत गङ्गाप्रसाद उप्रेतीको बयान ।
९. वादीको राजीनामा लिखत जालसाजी ठहर्दैन, रजिष्ट्रेशन पारित हुने र प्रतिवादीले झुठ्ठा जिकिर गरेको ठहर्छ भन्ने समेत ०३३।१।८ को झापा जि.अ.को फैसला ।
१०. उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादी माझन मुर्मु सतार्नीले दिएको पुनरावेदन दावीको ०३१।१०।८।३ को लिखत जालसाजी ठहर्छ । जालसाजी लिखत कानुनले पास हुन नसक्ने हुँदा, दावी लिखत पास हुने ठहराएको झापा जि.अ.को फैसला गल्ती ठहर्छ भन्ने समेत ०३६।६।३०।२ को पु.क्षे.अ.को फैसला ।
११. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत भीमप्रसाद न्यौपानेको यस अदालतमा पर्नआएको निवेदनमा कीर्ते कागजको महलमा लिखत खडा गर्नेलाई र सो कागजमा साक्षी बस्नेलाई बेगलाबेग्लै सजाय गर्ने व्यवस्था छ । त्यस्तो लिखतमा साक्षी बस्नेलाई कीर्ते कागजको १४ नं.बमोजिम सजाय गर्नुपर्नेमा ऐ.को १० नं.बमोजिम सजाय गरेको पू.क्षे.अ.को फैसला त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने समेत ०३८।१०।६ को डिभिजनबेञ्चको आदेश ।
१२. पुनरावेदक प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले लिखतमा ल्याप्चे लगाएमा विपक्षी सावित छन् । रेखा विशेषज्ञले लिखतको जाँच गर्दा व्यहोरा लेखी सकेपछि ल्याप्चे सहिछाप लगाएको हो भनी राय दिएका छन् भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतले सो रायको समेत विपरीत गरी कीर्ते कागजको १० नं.अन्तर्गत सजाय गरेको मिलेको छैन सो फैसला बदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१३. विपक्षीले मबाट रू.१७,०००। लिई निज दर्ताको ज.वि.४–६–१५ मिति २०३१।१०।८ मा (साविक पेज नं. ११०) राजीनामा गरिदिएको लिखत म्यादमा पास गरी नदिएकोले पास गराई पाउँ भन्ने वादी दावी भएकोमा दावी बमोजिम कुनै जग्गा राजीनामा गरिदिएको छैन । मेरो जग्गा कमाए बापत २०३०।०३१ सालको ठेक्का मलाई बुझाउँदा भरपाई चाहिन्छ भनी ६ थान कागजमा मेरो सही र साक्षीमा लोग्नेको समेत सहिछाप गराई लिएको थियो, त्यसै मध्येको कागजबाट कल्पित थैली हाली वादीलाई साहू बनाई लिखत खडा गरेका हुन् भन्ने प्रत्युत्तर दिई लिखत जालसाजी हो भनी बयान गरेको देखिएकोले सर्वप्रथम लिखतको रूप, प्रकृति र अवस्था हेर्दा ०३१।१०।८।३ को लिखतमा लिखितमा देखि मिति मुद्दा र सम्ममा जग्गाको पञ्चायत वार्ड नम्बर क्षेत्रफल अगाडि र मिति पुच्छारको तपसील खण्डमा २०३१ को १ अंक माघ ८ रोज ३ भन्ने अक्षर अङ्क र लिखत सही वि.प्रयागराज उपाध्याय चापागाँई वार्ड नं.८ एकपटक र लिखतको व्यहोरा अन्य अङ्क अक्षर अर्को फरक गरी भिन्न–भिन्न अवस्था र समयमा भिन्न–भिन्न मसीले भिन्न–भिन्न लिपि टाँकामा लेखिएको देखिन्छ । वादी दावी बमोजिम सद्दे व्यवहारबाट लेखिएको भए उक्त लिखतको रूप, प्रकृति र अवस्था त्यस किसिमको देखिन आउने थिएन । तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतले ०३१।१०।८।३ को लिखतलाई जालसाजी ठहराई लिखतको पटके साक्षी पुनरावेदकलाई कीर्ते कागजको १० नं.बमोजिम सजाय गरेको मनासिव छ । अरू तपसीलमा लेखिए बमोजिम गर्नु ।
तपसील
पुनरावेदक भीमप्रसाद न्यौपानेको माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ सदर भएकोले निजलाई पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति ०३६।६।३०।२ का फैसलाले गर्ने गरेको जरिवाना रू.१०,६२।५० को अ.बं.को २०३ बमोजिम पहिला पुनरावेदन हुँदा त्यसको सयकडा १०। ले हुने जरिवाना रू.१०६।५० एकसय छ रूपैयाँ पचास पैसा जरिवाना हुनेमा निज हाजिर नभई वारिस हुँदा असूल गर्नु भनी झापा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु……………………………………………………………………………………………………………….१
मिसिल नियम बमोजिम बुझाईदिनु……………………………………………………………………………………………………………….२
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०३९ साल पौष २५ गते रोज १ शुभम् ।
�्ती अनधिकृत रूपमा कागज गरायो भन्ने निवेदकको दावी छ उसैले सो कुरामा इन्कार रही लिखितजवाफ दिन्छ भने सो रू.४०,०००। को कागजको अस्तित्व छ भन्न मिल्ने कुरा होइन । तसर्थ अस्तित्वहीन कागजबाट निवेदकको हकमा (साविक पेज नं. १०८) कुनै आघात परेको भन्न मिल्दैन । तसर्थ उपरोक्त कारणहरूबाट निवेदकको हक प्रचलन गराउन पर्ने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल आषाढ ९ गते रोज ५ शुभम् ।