May 16, 2001
Created by nepalarchives

निर्णय नं. ७०२३ – मोही ।

ने.का.प.२०५८     अङ्क ७/८ निर्णय न.७०२३   संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत् २०५५ सालको दे.पु.नं……४३७८ फैसला मितिः...

ने.का.प.२०५८     अङ्क ७/८

निर्णय न.७०२३

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

सम्वत् २०५५ सालको दे.पु.नं……४३७८

फैसला मितिः २०५८।३।४

 

मुद्दा :मोही ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला रौतहट गा.वि.स. भेडीयाही वार्ड नं. १ बस्ने धरीछन राय यादव

विरुद्ध

प्रत्यर्थी

वादीः ऐ.वार्ड नं. बस्ने जंगली साह तेली

§  विवादको जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा नगरी जानीजानी पर्ता राखी सो सालको कुत समेत नबुझाएको हुँदा मोहीबाट निस्कासन गरी पाऊँ भन्ने दावी रहेको देखिन्छ । वादी दावीको जग्गामा ०५२ सालको वाली जोतकोड गरी लगाएको छु। ०५२ साल माघ ५२ गते कुत समेत बुझाएको छु भन्ने पुनरावेदक प्रतिवादीको भनाई रहे पनि वाली बुझाएको रीतपूर्वकको भरपाई वा सम्बन्धीत कार्यालयमा कुत वापत धरौट राखेको प्रमाण पेश गर्न सकेको अवस्था देखिंदैन । ०५२ सालको वाली लगाएको भन्ने जिकिर लिए पनि साँध संधियार समेतको रोहवरमा भएको सर्जमिनमा वाली नलगाएको भन्ने निजहरुको भनाई रहेको अवस्था समेत विद्यमान रहेका देखिंदा यसरी विनाकारण जग्गा पर्ताराखी जोतकोड गरी वाली नलगाउने मोहीको मोहियानी हकले निरन्तरता पाउने ।

(प्र.नं. ११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।८।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा (१)(ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ :

.    म वादीको नाम दर्ताको गा.वि.स. भडीयाही वार्ड नं. कि.नं. को ज.वि.०१६ र ऐ.ऐ. वार्ड नं. कि.नं. १८४ को ० समेत दुबै कित्ता जग्गाको मोही प्रतिवादी रहेकोमा उक्त जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा सो नगरी काबुभन्दा बाहिरको परिस्थिति बाहेकमा सो जग्गाहरुलाई जानी जानी ०५२ साल वैशाख १ गतेदेखि ऐ. चैत्र मसान्तसम्म पर्ता राखी मैले पाउनु पर्ने कुत नदिएको र धरौट समेत नराखेकोले साक्षी सबुद बुझी मोही निष्काशन गरी कुतको विगो रु. ५५३।४५ प्र.बाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

.    वादी दावीको जग्गा ०५२ सालको वालीमा जोतकोड गरी वाली लगाई उव्जाएको  छु । वादी दावीको जग्गाको कुत मन ०० ग्राम धान वादीलाई मैले प्रमाणको मानिसहरुको रोहवरमा २०५२ साल माघ २५ गतेका दिन तिरी बुझाई उसै बखत भरपाई माग्दा भरपाई नलिए पनि हुन्छ । वेइमानी गर्दिन भनी मलाई विश्वास पर्ने किसिमले भनी भरपाई दिनु भएन मेरो साक्षी प्रमाण सर्जमिन समेत बुझी वादीको झुठ्ठा दाबीवाट फुर्सत गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

.    दुबै कित्ता जग्गा आवाद थियो प्रति थिएन । २०५२ सालको कुत मन ५०० गहुँ ०५२ साल माघ गते बुझाएको हो भन्ने समेत व्यहोराको प्र.को साक्षी दुखा साहले गरेको बकपत्र ।

.    मोहीले दावी बमोजिम जग्गा पर्ता राखेको पुष्टि हुन नआएकोले मोही निष्काशन गरी पाऊँ भन्ने वादी दावी पुग्न सक्दैन । प्रतिवादीले कुत बुझाएको मिसिल संलग्न प्रमाणबाट प्रमाणित भएको नदेखिंदा दावी बमोजिमको कुतवालीसम्म बादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको मिति २०५४।२।१ को फैसला ।

.    प्रतिवादीका प्रमाणका मानिसहरुको भनाई नै एक आपसमा बाझीएकोमा सो तर्फ ध्यान नपुर्‍याई असम्बद्ध प्रमाणलाई आधार मानी मलाई आंशीक रुपमा हराई भएको शुरु फैसला बदर गरी फिराद दावी वमोजिम न्याय पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।

.    मोही निष्काशन गरी कुतवाली भराई पाऊँ भन्ने दावीमा मोही निष्काशन नगरी कुत मात्र भरी पाउने ठहर्‍याएको शुरु फैसला भूमि सम्बन्धी ऐन, २०१ को दफा २९() को अनुकूल नभई फरक पर्न सक्ने हुँदा विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५४।१ को आदेश ।

.    सर्जमिन मुचुल्कामा संधियारहरुले तथा वादीका साक्षीले अदालतमा आई गरेको बकपत्र समेतमा दावीको जग्गा पर्ता नै थियो भनी बकपत्र गरेबाट दावीको जग्गामा प्रतिवादीले खेती नगरी पर्ता राखेको ठहर्छ । सो ठहर्नाले मोही निष्काशन तर्फ दावी नपुग्ने ठहर्‍याएको हदसम्म शुरु फैसला उल्टी भै दावी बमोजिम मोही निष्काशन हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०५४ को फैसला ।

.    सर्जमिनका अधिकांश ( जना) व्यक्तिले जग्गा आवाद भएको भनी भनेको र जना संधियारले मात्र पर्ती छ भनी भनेको अवस्थामा ती जनाको भनाईलाई र वादीका साक्षीको भनाईलाई मात्र आधार मानी मोही निष्काशन हुने गरी शुरु इन्साफ उल्टी गरी भएको पु.वे.अ. हेटौंडाको फैसला त्रुटीपूर्ण हुंदा शुरु रौतहट जिल्ला अदालतले मोही निष्काशन नहुने गरी गरेको फैसला उल्टी गरेको हदसम्म बदर गरी रौतहट जिल्ला अदालतको इन्साफ सदर गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१०.    नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी हेर्दा पुनरावेदक धारिछन राय यादवको वारेस राधोराय यादवले पुनरावेदन अदालत हेटौंडाबाट यस अदालतको लागि तोकि पाएको मिति २०५५।२९ को तारेख गुजारी बसेको सो तारेख थाम्ने म्याद बाँकी नरहेको भए पनि पुनरावेदन उपरको सुनुवाईमा तारेख गुजारे पनि मुद्दा डिसमिस गर्न नमिल्ने हुँदा निर्णय तर्फ विचार गर्दा दावी वमोजिम मोहियानी हकबाट निस्काशन समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन सो सम्बन्धमा निर्णय दिनु पर्ने देखिन  आयो ।

११.    सो तर्फ विचार गर्दा प्रत्यर्थी वादी जंगली साहका नाम दर्ताको विवादित कि.नं. र कि.नं. १८४ समेतका दुई कित्ता जग्गाको मोही यी पुनरावेदक प्रतिवादी रहे भएकोमा विवाद छैन। त्यस्तो मोहीले भूमि सम्बन्धी ऐन, २०१ को दफा २९ को उपदफा (१) र उपदफा () को खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भने र जानी बुझी जग्गाको मोल वा उब्जा घट्ने गरी कुनै काम गरेको वा मनासिव रेखदेख नपुर्‍याएको कारणले जग्गाको मोल वा उब्जा घटेमा वा आफ्नो काबु भन्दा बाहिरको परिस्थितिमा बाहेक १ वर्षसम्म खेती नगरेमा वा खेतीमा हेलचेक्र्याईं गरेमा कानूनी कर्तव्य पालना गरेको नठहरी मोहियानी हक समाप्त हुने कानूनी व्यवस्था गरेको पाइन्छ । उल्लेखित कानूनी कर्तव्य वा दायित्व मध्ये कुनै एउटा कर्तव्य वा दायित्व मोहीले पूरा नगरेमा मोहियानी हकको निरन्तरता कायम रहन नसक्ने हुंदा त्यस अवस्थाको विद्यमानता रहे नरहेको हेर्नु पर्ने हुन आउँछ । विवादको जग्गामा ०५२ सालको खेतीमा जोतकोड गरी आवाद गर्नुपर्नेमा नगरी जानीजानी पर्ता राखी सो सालको कुत समेत नबुझाएको हुँदा मोहीबाट निस्कासन गरी पाऊँ भन्ने दावी रहेको देखिन्छ । वादी दावीको जग्गामा ०५२ सालको वाली जोतकोड गरी लगाएको छु। ०५२ साल माघ ५२ गते कुत समेत बुझाएको छु भन्ने पुनरावेदक प्रतिवादीको भनाई रहे पनि वाली बुझाएको रीतपूर्वकको भरपाई वा सम्बन्धीत कार्यालयमा कुत वापत धरौट राखेको प्रमाण पेश गर्न सकेको अवस्था देखिंदैन । ०५२ सालको वाली लगाएको भन्ने जिकिर लिए पनि साँध संधियार समेतको रोहवरमा भएको सर्जमिनमा वाली नलगाएको भन्ने निजहरुको भनाई रहेको अवस्था समेत विद्यमान रहेका देखिंदा यसरी विनाकारण जग्गा पर्ताराखी जोतकोड गरी वाली नलगाउने मोहीको मोहियानी हकले निरन्तरता पाउने देखिएन । अतः दावी बमोजिम विवादित जग्गाको मोहियानी हकबाट पुनरावेदक प्रतिवादीलाई निश्कासन समेत हुने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुन्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उपयुक्त रायमा सहमत छु ।

 

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत् २०५८ साल जेष्ठ गते रोज मा शुभम् ………………