January 29, 1996
Created by nepalarchives

निर्णय नं. ६१८० – अर्को तमसूक गराई पाऊँ ।

निर्णय नं. ६१८०                       ने.का.प. २०५३   संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५१ सालको दे.पु....

निर्णय नं. ६१८०                       ने.का.. २०५३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

सम्वत् २०५१ सालको दे.पु. नं. ……. १९२०

आदेश मितिः२०५२।१०।१५।२

 

मुद्दा: अर्को तमसूक गराई पाऊँ

 

पुनरावेदक/वादीःबर्दिया जिल्ला बेलया गा.वि.. वडा नं. ३ गोबिन्द प्रसाद चौधरी ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः.. बस्ने चमारो थारुको मु.. गर्ने पंचराम थारु 

 

लेनदेन व्यवहारको १ नं. मा एकपटक गरेको लिखत हराई वा दैवी परी अर्को लिखत गराई पाऊँ भन्ने मुद्दा गरी हक कायम गराउनु पर्ने उक्त १ नं. मा वर्णित कार्यविधि पुरा गरी लिखत हराएको प्रमाणित गरिसकेपछि असामीले अर्को लिखत गराई माग्न अदालतमा नालेश गरेको हुनुपर्ने देखिन्छ, तर प्रस्तुत मुद्दामा लेनदेन मुद्दा दिईसकेपछि मात्र यो फिराद गरेको र लिखत दैवी परेको भन्ने तथ्यको कानून बमोजिम प्रमाणित गराई राख्न सकेको समेत नदेखिंदा दैवी परेको पक्का प्रमाणको अभावमा वादी दाबी पुग्न नसक्ने ठहराई पुनरावेदन अदालत नेपालगंजबाट भएको इन्साफ मुनासिब देखिंदा सदर हुने                                                                   

(प्र.नं.)

 

पुनरावेदक वादी तर्फबाटः– ×

प्रत्यर्थी प्रतिवादी तर्फबाटः– ×

अबलम्बित नजीरः– ×

फैसला

न्या. लक्ष्मण प्रसाद अर्यालःपुनरावेदन अदालत नेपालगंजको मिति २०५०।५।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९() () बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार  छः

.    विपक्षीले म बाट पटक पटक गरी रु.३५,०००।कर्जा लिई २०४२।३।१७ मा तमसुक गरी दिएका र सो को सांवा ब्याज समेत नबुझाएकोले मैले लेनदेन मुद्दा दायर गरेको र सो मुद्दा भेरी अंचल अदालतमा विचाराधीन रहेको अवस्था सो सक्कल तमसुक हराई दैवी पर्न गएकोले अर्को तमसुक गराई पाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र 

.    वादीको सम्पूर्ण दाबी झुठा हो । मैले वादीबाट पटक पटक गरी कर्जा लिई वादीलाई घरसारमा तमसुक गरेको कुरा नठहरी वादीले म उपर दिएको लेनदेन मुद्दामा श्री बर्दीया जिल्ला अदालतबाट ठहर भै उक्त मुद्दामा यी वादीले श्री भेरी अंचल अदालतमा पुनरावेदन गरेका हुन् पुनरावेदन तहबाट पनि हार्छु कि भनी झुठा कुरा बनाइयो फिराद दायर गरेका हुन् भन्ने समेत प्रतिउत्तर पत्र ।

.    नालेश दिनु पर्ने अवस्थै नपरी दिएको तथ्यमा प्रवेश गरी इन्साफ तर्फ विचार गरी रहन परेन । प्रस्तुत मुद्दाको वादीको दावी अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत बाँके जिल्ला अदालतको फैसला  ।

.    अर्को तमसुक गराई पाउने हो वा होइन भन्ने कुराको निर्णय गर्नु पर्नेमा खारेज गर्ने गरेको शुरुको फैसला मिलेको नदेखिँदा बदर गरी दिएको छ अब जो जे बुझ्नु पर्छ बुझी पुन कानून बमोजिम इन्साफ गर्नु भनी शुरु जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत भेरी अंचल अदालतले २०४६।२।२९ मा गरेको फैसला ।

.    रु.३५,०००।को तमसुक वादीबाट हराएको देखिएकोले प्रतिवादीले वादीलाई दाबी बमोजिमको अर्को तमसुक गरी दिनु पर्ने ठहर्छ भन्ने समेत बाँके जिल्ला अदालतको फैसला ।

.    यसमा लेनदेन व्यवहारको १ नं. बमोजिम लिखत दैवी परेको पक्का प्रमाण देखाई नालिस दिएको देखिन नआएकोले सो बमोजिम गराई नराखेकोमा अर्को लिखत गराई पाउने सुविधा कानूनले नदिएकोले दाबी पुग्न सक्ने देखिन नआएकोले शुरु बाँके जिल्ला अदालतले प्रतिवादीले अर्को तमसुक गरी दिनु पर्ने ठहराई गरेको फैसला नमिलेकोले उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत नेपालगंजको मिति २०५०।५।२० को फैसला ।

.    मिसिल संलग्न फोटोकपी र अदालतमा एकपटक पेश भई सकेको तथ्यले तमसुको विद्यमानता पुष्टि गरिरहेको छ । यस्तो अवस्थामा हराएको पक्का प्रमाण नपुगेको तर्क गरी अर्को लिखत गराउने सुविधा दिन नमिल्ने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला न्यायसंगत नहुँदा बदर गरी शुरु फैसला कायम गरी पाऊँ भन्ने समेत यस अदालतमा परेको वादीको पुनरावेदन पत्र  ।

.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदक वादीको वारेसलाई रोहवरमा राखी पुनरावेदन पत्र सहितको मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत नेपालगंजको इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखियो । निर्णयतर्फ विचार गर्दा यसमा विपक्षीले मबाट पटक पटक गरी रु.३५,०००।कर्जा लिई मिति २०५२।३।१७ मा गरी दिएको तमसुक दैवी परेको र सांवा ब्याज पनि मलाई नबुझाएको हुँदा अर्को तमसुक गराई पाऊँ भन्ने फिराद दाबी भएकोमा वादी दाबी झुठ्ठा हो । मैले कर्जा लिई तमसुक गरी दिएको कुरा नठहरी बर्दिया जिल्ला अदालतबाट लेनदेन मुद्दामा फैसला समेत भई सकेको हुँदा फिराद खारेज गरी पाऊँ भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । लेनदेन व्यवहारको १ नं. मा एकपटक गरेको लिखत हराई वा दैवी परी अर्को लिखत गराई पाऊँ भन्ने मुद्दा गरी हक कायम गराउनु परेमा उक्त १ नं मा वर्णित कार्यविधि पुरा गरी लिखत हराएको प्रमाणित गरिसकेपछि असामीले अर्को लिखत गराई माग्न अदालतमा नालेश गरेको हुनु पर्ने देखिन्छ, तर प्रस्तुत मुद्दामा लेनदेन मुद्दा दिई सकेपछि मात्र यो फिराद गरेको र लिखत दैवी परेको भन्ने तथ्यको कानून बमोजिम प्रमाणित गराई राख्न सकेको समेत नदेखिंदा दैवी परेको पक्का प्रमाणको अभावमा वादी दाबी पुग्न नसक्ने ठहराई पुनरावेदन अदालत नेपालगंजबाट भएको इन्साफ मुनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्बत् २०५२ साल माघ १५ गते रोज २ शुभम् ………………………….