बङ्गलादेशका सेना प्रमुखद्वारा वीर स्मारकमा माल्यापर्ण

बङ्गलादेशका सेना प्रमुख अजिज् अहमदले टँुडिखेल सैनिक मञ्चस्थित वीर स्मारकामा आज माल्यार्पण गर्नुभयो ।

उहाँको सम्मानमा जङ्गीअङ्डा परिसरमा नेपाली सेनाको एक टुकडीले आजै सम्मान गारत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बङ्गलादेशका प्रधानसेनापति अजिज् नेपालको पाँच दिने औपचारिक भ्रमणमा शुक्रबार आउनुभएको हो ।

भ्रमणका सिलसिलामा उहाँ पोखरास्थित पश्चिम पृतना हेडक्वाटर जानुभएको छ । केही समयअघि प्रधानसेनापति थापाले बङ्गलादेशको भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा यहाँ रहँदा बङ्गलादेशका सेना प्रमुख अजिज्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गर्नुहुने कार्यक्रम रहेको सेनाले जानकारी दिएको छ । उहाँले काभ्रेस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्रको पनि अवलोकन भ्रमण गर्नु हुने छ ।

दुवै देशका सेना विभिन्न तहमा हुने तालीम र प्रशिक्षणमा सहभागी हुँदै आएका छन् ।

–––